Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

नेपाल संवत् नयाँ वर्षको शुभकामना

Posted on October 24, 2014October 28, 2014 by Salokya

नेपाल संवतको नयाँ वर्ष ११३५ शुक्रबारदेखि सुरु भयो। हरेक वर्ष झैँ यसपालि पनि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाइयो। हेरौँ केही फोटो

लक्ष्मीपूजामा काठमाडौँ !

Posted on October 23, 2014October 23, 2014 by Salokya

यसपालि विद्युत प्राधिकरणले खबरदार झिलिमिली बत्ती बाल्लास्, लाइन काटिदिउँला भनेर धम्क्याउने शैलिको सूचना गोरखापत्रमा छापे पनि काठमाडौँवासीले त्यसलाई बाल दिएनन्। लक्ष्मीपूजामा लोडसेडिङ नभएको ठाउँमा गजबले अघिपछि जस्तै बत्ती बल्यो।

अष्ट्रेलियाबाट देखिएको चन्द्रग्रहण

Posted on October 8, 2014October 8, 2014 by उत्तम बाबु श्रेष्ठ

नेपालमा ग्रहणलाई हेर्न खासै पाइएन। थाहा पाएसम्म ग्रहणको बेला बादलले पनि ढाकेको हुन्थ्यो। पहिलो पटक चन्द्रगह्रणलाई यति नजिकबाट नियालेँ र केही फोटोहरु पनि खिच्न भ्याए। अष्टेलियाको टुओम्वा शहरमा साँझ ७.१५ देखि ८.४५ सम्मको अवधिमा चन्द्रग्रहणको विभिन्न अवस्थाको फोटोहरु खिचेर त्यसलाई एउटा कोलाजमा फोटोसप प्रयोग गरी जोडिएको हो।

इन्द्रजात्रामा महिला मात्र रमाउने क्षण

Posted on September 11, 2014September 11, 2014 by Salokya

बुधबार राति झम्‌झम् पानी परिरहेको थियो। तर हनुमानढोका दरबार क्षेत्रमा सयौँ महिला आफूहरुमात्र रमाउन पाउने एउटा भर्खरै सुरु गरिएको चलनको प्रतीक्षामा थिए। साताव्यापी इन्द्रजात्रा पर्वको अवसरमा मात्र खोलिने हाथु द्यः (श्वेत भैरव) को विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट थ्व‍ं (राइस बियर) बगाउने गरिन्छ। त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै… Continue reading

हिरोइनका फेसन गजब-गजबका

Posted on September 7, 2014September 7, 2014 by Salokya

अभिनयमा भलै नेपाली कलाकारहरु पछि परुन्, फेसनमा कम छैनन्। तपाईँ हामीले हलमा फिल्म हेर्दा नेपाली फिल्म विकासको लागि भनेर टिकटमा जुन कर काटेको हुन्छ नि, त्यही पैसाबाट बन्ने फिल्म विकास बोर्डले एउटा अवार्ड समारोह समेत गर्न सक्दैन रहेछ। अवार्ड दिनलाई भाडामा गोपीकृष्ण इन्टरटेनमेन्टलाई लगाइएको छ। त्यही अवार्डका क्रममा देखिएका कुरालाई क्यामेरामा कैद गरेका छन् पहिलोपोस्टका… Continue reading

खेल विधाका उत्कृष्ट फोटो यस्ता छन्

Posted on September 3, 2014August 30, 2014 by Salokya

पिजे क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा छानिएका १५० वटा फोटोको प्रदर्शनी काठमाडौँमा भइसकेको छ। प्रदर्शनी अब काठमाडौँ बाहिर आयोजना हुँदैछ। प्रदर्शनी पुग्न नभ्याएकाहरुका लागि माइसंसारले उत्कृष्ट फोटोहरुको संग्रह राख्दै आएको छ। आज ‘स्पोर्टस्’ विधामा छानिएका फोटोहरु हेर्नुस्। पुरस्कार जितेका सर्वोत्कृष्ट फोटोहरु हेर्ने भए यहाँ छन् यी चाहिँ उत्कृष्ट ठहरिएर प्रदर्शनीका भित्तामा झुण्डिन छानिएका तर… Continue reading

नेपालको प्राकृतिक सौन्दर्य र वन्यजन्तु झल्काउने उत्कृष्ट फोटो यस्ता छन्

Posted on September 2, 2014August 30, 2014 by Salokya

पिजे क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा छानिएका १५० वटा फोटोको प्रदर्शनी काठमाडौँमा भइसकेको छ। प्रदर्शनी अब काठमाडौँ बाहिर आयोजना हुँदैछ। प्रदर्शनी पुग्न नभ्याएकाहरुका लागि माइसंसारले उत्कृष्ट फोटोहरुको संग्रह राख्दै आएको छ। आज ‘नेचर एन्ड वाइल्ड लाइफ’ विधामा छानिएका फोटोहरु हेर्नुस्। पुरस्कार जितेका सर्वोत्कृष्ट फोटोहरु हेर्ने भए यहाँ छन् यी चाहिँ उत्कृष्ट ठहरिएर प्रदर्शनीका भित्तामा… Continue reading

नेपालीको दैनिक जीवन झल्काउने उत्कृष्ट फोटो यस्ता छन्

Posted on September 1, 2014August 30, 2014 by Salokya

पिजे क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा छानिएका १५० वटा फोटोको प्रदर्शनी काठमाडौँमा भइसकेको छ। प्रदर्शनी अब काठमाडौँ बाहिर आयोजना हुँदैछ। प्रदर्शनी पुग्न नभ्याएकाहरुका लागि माइसंसारले उत्कृष्ट फोटोहरुको संग्रह राख्दै आएको छ। आज ‘डेली लाइफ’ विधामा छानिएका फोटोहरु हेर्नुस्। माथिका तीन फोटोहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका फोटोहरु हुन्। पुरस्कार जितेका सर्वोत्कृष्ट फोटोहरु हेर्ने… Continue reading

तीजको फेसन

Posted on August 28, 2014August 28, 2014 by Salokya

तीजमा नाचगान र शिवजीको पूजामात्र हुँदैन। अचेल त फेसन सो पनि हुन्छ। पशुपतिमा पुगेर अंगद ढकालले खिचेका थप केही फोटो यता छन्।

पुरानो नेपालका केही दृश्य

Posted on August 24, 2014August 24, 2014 by Salokya

नयाँ नेपालका गफ हामीले धेरै सुन्यौँ। नेपाल कतिको नयाँ बन्यो त तपाईँहरुलाई थाहै होला, अहिले चाहिँ हामी एक पटक पुरानो नेपालतिर लागौँ। पुरानो नेपाल कस्तो देखिन्थ्यो? धेरैले बिर्सिसके। हेरौँ न सन् १९८८ का केही दृश्य। त्यतिबेला जस्तो अहिले साइकल चल्दैन काठमाडौँमा। माथिको फोटोको ठाउँ चाहिँ कहाँको हो, ठ्याक्कै थाहा भएन। कसैलाई थाहा होला कि !

वामदेव पथमा हिँड्ने महान मानवहरु

Posted on August 22, 2014 by Salokya

कसैले बिर्सेका छैनन् होला- वामदेवले सडक डिभाइडरमा राखेको डोरी नाघेको फोटो छापिएको। देशैभर चर्चा भएको थियो त्यसको। मान्छेहरुले अब ट्राफिक प्रहरीले वामदेवले नाघेको फोटो नै प्रचार सामाग्रीमा राखेर ‘बाटो जेब्रा क्रस र आकाशे पुलबाट मात्र काटौँ, डोरी त वामदेवले पनि नाघ्छ’ लेख्नुपर्ने सुझाव दिए। केही दिनअघि कल‍ंकीमा १० मिनेट बस्दा वामदेव पथमा लाग्नेहरु टन्नै देखिए।

बाढीले प्रमको गृहजिल्लाको यो गति

Posted on August 16, 2014August 16, 2014 by Salokya

केही दिनदेखिको अविरल वर्षाले नेपालगन्ज नगरपालिका डुबानमा परेको छ। यहाँका मुख्य मुख्य बजारका सडकमा कम्मरसम्म पानी आएको छ। हेर्नुस् अनुज श्रेष्ठले खिचेका केही फोटोहरु।

के भइरहेको छ सुनकोशीमा?

Posted on August 8, 2014August 8, 2014 by Salokya

अहिले देश चरीमय भए पनि खासमा हुनुपर्ने जुरेमय हो। सिन्धुपाल्चोकको राम्चे गाविसस्थित जुरेमा गएको पहिरोमा गाउँका गाउँ सोत्तर भए। सुनकोशी थुनिएर अझै खतरा कायमै छ। सेनाले आज शुक्रबार नौ पटक र हिजो बिहीबार पाँच पटक विस्फोट गर्‍यो। अब अझै विस्फोट गर्ने तयारी छ। पहिरोले पानी थुनिएर बनेको फेवाताल जत्रो कृत्रिम तालको पानीको भित्री बहाव आज… Continue reading

मोदी यात्रा : रमाइलो जात्रा

Posted on August 4, 2014August 5, 2014 by mysansar

भारतीय प्रधानमन्त्री दुई दिने नेपाल यात्रा सकाएर फर्किसके। यो यात्रा केहीका लागि भने रमाइलो जात्रा जस्तै भयो। पटक पटक आयोजना गरिएका भोजहरुमा सहभागी हुन पाए उनीहरु। हेरौँ दुई दिने यात्राका क्रममा आयोजित केही भोजहरुका फोटो। माथिको फोटो प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी नरेन्द्र मोदीको सम्मानमा सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजको हो। 

यस्तो छ सुनकोशी आतंक

Posted on August 2, 2014August 3, 2014 by mysansar

आज दिनभर सुनकोशी आतंक छायो। बिहान करिब साढे दुई बजे सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे इलाकामा पहिरो गई सुनकोशी नदी थुनिएछ। पहिरोबाट नदीको करिब २०० मिटर लम्बाई र करिब १५० मिटर उचाईको क्षेत्र पुरिएको थियो। यसले सुनकोशी नदीको पानीको बहाव अवरुद्ध भयो। अनि त्यो ठाउँभन्दा मुनिका क्षेत्र खतरापूर्ण क्षेत्र बन्न गए। उद्धार कार्य जारी… Continue reading

छानिएका हँसिला फोटोहरु हेर्नुस्

Posted on July 30, 2014July 30, 2014 by mysansar

पिजे क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा छानिएका १५० वटा फोटोको प्रदर्शनी हालै सकियो। प्रदर्शनी अब काठमाडौँ बाहिर आयोजना हुनेछ। प्रदर्शनी पुग्न नभ्याएकाहरुले यहीँ हेर्न सक्नुहुन्छ। आज ‘नेपाल स्माइल्स’ विधामा छानिएका फोटोहरु हेर्नुस्। माथिका तीन फोटोहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका फोटोहरु हुन्। प्रदर्शनीका भित्तामा झुण्डिन छानिएका तर पुरस्कार नपाएका फोटोहरुको संग्रह भित्र हेर्नुस्।

यस्ता छन् पुरस्कार जित्ने फोटोहरु

Posted on July 24, 2014July 24, 2014 by Salokya

पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा उत्कृष्ट ठहरिएका प्रत्येक श्रेणीका फोटोहर यहाँ हेर्नुस्। हरेक श्रेणीमा पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पुरस्कार पाए। नेचर एन्ड वाइल्ड लाइफमा तेस्रो भएको यो फोटो इलामको कन्याम चिया बगानमा सन्तोष मानन्धरले खिचेका हुन्।

एक लाख पुरस्कार जित्ने फोटो र फोटो खिच्ने विजय गजमेरको कथा यस्तो छ

Posted on July 23, 2014July 27, 2014 by Salokya

माथिको फोटो एक लाख पुरस्कार जित्ने फोटो हो। विजय गजमेरले खिचेको यो फोटोले पिजे क्लबले आयोजना गरेको राष्ट्रव्यापी फोटो प्रतियोगितामा वर्ष फोटो अर्थात् ‘फोटो अफ दि इयर’ पुरस्कार जितेको हो। फोटोले एउटा सिङ्गो कथा बोकेको छ। मोटरसाइकल र भैँसी दाइजो नपाएको निहुँमा फोटोमा देखिएकी रिहाना सेख ढपालीलाई पति र सासुले जिउँदै जलाइदिएकी थिइन्। शरीरको तल्लो… Continue reading

‘मुगुकी मेस्सी’को नयाँ रेकर्ड, हेर्नुस् मुगुको फुटबल क्रेजका थप फोटो र त्यहाँको ‘गोललाइन टेक्नोलोजी’

Posted on July 13, 2014July 13, 2014 by Salokya

अर्जेन्टिनाका मेस्सीले आइतबार मध्यरातमा हुने फाइनल जितेर तीन पटक विश्वकप जित्ने देशको रेकर्ड राख्लान्/नराख्लान् तर हाम्रै ‘मुगुकी मेस्सी’ सुनकलीले भने माइसंसारमा नयाँ रेकर्ड राखेकी छिन्। उनको नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ? शीर्षकको ब्लग माइसंसारमा अहिलेसम्मकै सबैभन्दा बढी पढिएको ब्लग भएको छ। शुक्रबार राति यसले एक लाख… Continue reading

प्रकृति

Posted on July 8, 2014July 9, 2014 by mysansar

प्रवीण बज्राचार्यले खिचेका प्रकृतिका केही फोटोहरु। यो फोटो माछापुच्छ्रे हिमालको हो।

Posts pagination

  • Previous
  • 1
  • …
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme