Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी बन्दैछ पहाड खोपेर बाटो

Posted on March 29, 2015June 8, 2022 by Salokya

1-IMG_4206
तपाईँले यदाकदा देख्नुभएको होला विदेशतिरका फोटोमा अग्ला पहाडका बीच चिल्लो बाटो। पहाडै खोपेर बनाइएको जस्तो। रोमाञ्चित हुनुहुन्छ होला अहो हाम्रो देशमा पनि यस्तै पहाड छ, यसरी नै किन बाटो नबनाएका होलान्।

केही अघि मनाङ सदरमुकाम चामेबाट उपल्लो मनाङ जाँदै गर्दा एउटा रेगुलर बाटोमा कृपया बाटो बन्दैछ, यताबाट नजानु होला लेखिएको थियो। हामी वैकल्पिक बाटो भएर गएका थियौँ। पारीपट्टीको वैकल्पिक बाटोबाट जे देख्यौँ, त्यो गजबको थियो। यो बाटो बनिसकेपछि साँच्चिकै यो गजबको बाटो हुनेछ। किनभने यो पहाड खोपेर बनेको बाटो हो। हेर्नुस् केही फोटो-

1-IMG_4207

1-IMG_4208

1-IMG_4210

1-IMG_4211

1-IMG_4212

1-IMG_4213

1-IMG_4214

1-IMG_4215

1-IMG_4216

1-IMG_4217

1-IMG_4218

1-IMG_4219

1-IMG_4220

1-IMG_4221

1-IMG_4222

1-IMG_4223

1-IMG_4224

1-IMG_4225

1-IMG_4226

1-IMG_4228

1-IMG_4229

8 thoughts on “यसरी बन्दैछ पहाड खोपेर बाटो”

  1. नेपाली मन says:
    April 5, 2015 at 10:57 am

    नेपालमा प्रबिधिको प्रयोग कहीँ गर्न सक्दैनन् है ?
    हुन त प्रशासन पढेका मात्र मुख्य सचिब बन्न पाँउछन्, सल्लाहकार सबै अार्टस् र कमर्स पढेका ।
    बिश्वमा टनेल बोरिङ मेसिनहरूको बिकास यस्तरि भएको छ कि यीनै ४।५ जना कामदारले त्यही काम सयाैं गुना छिटो सक्काउन सक्छन ।
    के गर्नु ? दुःख लाग्छ ।

    Reply
  2. samrat~ says:
    March 31, 2015 at 7:57 am

    को हो एस्तो काम को कन्सलत्यंत? गरिब को ज्यान को कुनै सेफ्टी छैन, एस्तो पनि हुन्छ तरिका ?? तुरुन्त कारबाही गर्नु पर्ने त्यो तोरी लठक ठेकेदार र इन्जिनिएर भनाउदा मुर्ख हरु लाइ.

    Reply
  3. सिर्जने says:
    March 30, 2015 at 11:00 pm

    ए बाबै हो, येत्रो मिहिनेत गरेर पहरो खोपेर मोटरबाटो मनाङ्ग लानुसट्टा ति २-४ हज्जार मनांगे हरुलाई तराइतिर पुनर्बास गराउनु सस्तो पर्थ्यो होला (तेस्मा पनि आधाभन्दा बढी मनांगेहरु काठमान्डूको छेत्रपाटिमै बस्छन) अथवा केवलकार सस्तो हुन्थ्यो होला / यो बाटोको आर्थिक सम्भाव्यता अध्ययन गर्ने कुन तोरिलाउरे कन्सल्ट्याण्ट पर्यो? ए डि बि अथवा बिस्व ब्याङ्क ले नै हुनुपर्छ यो कन्सल्ट्याण्टलाइ काम दिएको!

    Reply
  4. राजकुमार रोक्का says:
    March 30, 2015 at 12:56 pm

    हामी नेपाली बहादुर छोउ। ४/५ जना नै काफी छोउ यो पहाड फुटाल्न। अझ हाम्रो राजेश दाइले पाय भनेत, फलामको हातले एकै छिनमा बनैदिनुहुन्छ। ।।।।।कुरो।।।।।

    Reply
  5. Alikhit says:
    March 29, 2015 at 2:18 pm

    जम्मा जनशक्ति त्यहि ५ जना मान्छे हो ? चाडै बन्ला जस्तो छ |

    Reply
  6. दिपक अधिकारी says:
    March 29, 2015 at 9:56 am

    उदेश्य सहि तर तरिका गलत !!!
    कामदार हरुको कुनै सुरक्ष्या गरेको देखिदैन ! कुनै आधुनिक स्रोत र साधनको प्रयोग गरेको देखिदैन ! बिचरा ३-४ जना कामदार हरुले गल र गैची ले खोपेर कसरि र कति बर्षमा तयार होला यो बाटो ??
    गृहमन्त्रि श्री ५ बामदेब ले भनेको जस्तै गरि बरु यो चाहि विदेशीलाई दियो भने राम्रोसंग बन्थियो कि ?
    दिपक अधिकारी
    जर्मनी

    Reply
  7. Suraj Maskey says:
    March 29, 2015 at 8:04 am

    प्रयास एकदम राम्रो छ ।
    मेरो बिचारमा अहिले बढी मिहनत र पैसा बढी खर्च भए भविश्यमा पैरो जाने डर छैन र मरम्मत सम्भारमा किफायत जस्तो छ ।
    वातावरणीय हिसावले उत्कृष्ट देखिन्छ ।

    सुरज मास्के

    Reply
    1. सिर्जने says:
      March 30, 2015 at 11:04 pm

      कत्ति न बातावरण बिग्य भैटोपलेको, किन उत्कृस्ट?
      तेत्रो पहरा खोपेको ढुंगा कता जान्छ, बातावरणमै होइन, अनि धुलो? ब्लास्टिङ्गको बातावरणिय प्रभाब कस्तो हुन्छ थाहा छ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme