सबैभन्दा लामो जात्राका रुपमा लिइन्छ पाटनको रातो मच्छिन्द्रनाथको जात्रा। हरेक १२ वर्षमा रातो मच्छिन्द्रनाथको मूर्ति रहने बुंगमतिको मन्दिरबाटै नयाँ रथ बनाएर जावलाखेलसम्म रथ तान्ने गरिन्छ। यो वर्ष १२ वर्षे जात्राको साइत जुरेको छ। बुधबारदेखि बुंगमतिबाट रथ तान्न सुरु गरिएको छ। पहिलो दिन रथ तान्न सुरु भएको केही समयमा नै रथको पाङ्ग्रा फँसेकोले धेरै तान्न सकिएन। हेरौँ पहिलो दिन रथ तान्दाका १५ फोटोहरु।
King of all Jatras! Miss it so much!