Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

फोटो पठाएर एक लाख जित्ने हैन त?

Posted on July 2, 2014July 2, 2014 by mysansar

फोटो पत्रकारहरुको संस्था पिजे क्लबले नेपालकै सबैभन्दा बढी पुरस्कार राशी भएको फोटो प्रतियोगिता नेपाल फोटो प्रतियोगिता २०७१ का लागि फोटो आउने क्रम जारी रहेको बताएको छ। फोटो पठाउने अन्तिम समय असार २३ गते (जुलाई ७) राति १२ बजेसम्म हो। यसअघि तीन पटक संस्थाले यस्तो प्रतियोगिता आयोजना गरिसकेको छ। यो नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फोटो प्रतियोगिता… Continue reading

नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?

Posted on June 28, 2014June 29, 2014 by Salokya

दुई वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए– नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ रंगशालामा भएको एएफसी कपको उद्‌घाटन खेल हेरेपछि उनको त्यस्तो प्रतिक्रिया आएको थियो। ब्लाटरले भलै नेपालमा मेस्सीको कमि देखे होलान्, तर नेपालको सबैभन्दा गरिब जिल्ला मुगुलाई भने मेस्सीको अभाव महसूस भएको छैन।… Continue reading

३० सेकेन्ड बाँकी छँदा भएको बराबरी खेलमा फ्यानहरु

Posted on June 23, 2014June 24, 2014 by mysansar

अमेरिका र पोर्चुगलबीच नेपाली समय अनुसार सोमबार बिहान भएको खेल निकै रोमाञ्चक रह्यो। ९० मिनेटको खेलमा अमेरिका २-१ ले अगाडि रहेर पोर्चुगल घर फर्कने टिकट काट्ने निश्चित झैँ भइसकेको थियो। तर इन्जुरी टाइम सकिन ३० सेकेन्ड बाँकी छँदा क्रिस्टियानो रोनाल्डोको पासमा भारेलाले गोल गरेपछि खेल बराबरीमा टुङ्गियो। पोर्चुगलको झिनो आशा कायमै रहे पनि गोल अन्तर… Continue reading

विश्वकपको लहर चलिरहेको बेला नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुको फुटबलका केही दृश्य हेर्ने कि !

Posted on June 13, 2014June 13, 2014 by Salokya

गएरातिदेखि विश्वभर एउटा नयाँ उत्सव सुरु भएको छ- विश्वकप फुटबलको। ब्राजिलमा भइरहेको विश्वकपले सारा दुनियाँलाई जोडेको छ। ब्राजिल, अर्जेन्टिना, इटाली, जर्मनी, इंग्ल्यान्ड आदि देशका समर्थनमा टोलटोलमा झण्डा फहराइँदैछ। जर्सी लगाइँदैछ। अरु विषयलाई एकछिन पर राखेर चिया गफमा समेत विश्वकपकै कुरा हुन्छ। विश्वकपको यस्तो ज्वरो दुनियाँभर फैलनुको कारण हो फुटबलको लोकप्रियता। जुनसुकै देशको जस्तोसुकै भौगोलिक स्थितिमा… Continue reading

नेपालमा रमाएकी सेलेना गोमेज

Posted on May 30, 2014May 30, 2014 by Salokya

अमेरिकी नायिका तथा गायिका सेलेना गोमेज अहिले २२ वर्षकी भइन्। ७ वर्षको कलिलो उमेरदेखि नै उनी ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी हुन्। सानै उमेरमा सफलताको शिखरमा पुगेकी सेलेनालाई व्यक्तिगत जीवन भनेकै नहुने जस्तो गरी हरेक गतिविधिलाई पापाराजीहरुले पछ्याइरहेका हुन्छन्। यो चमकदमकले दिक्क पार्दो हो नि उनलाई। शायद् त्यसैले यस पटक उनी छुट्टी मनाउन नेपाल आइपुगिन्। तारतम्य… Continue reading

विश्वकै अग्लो ठाउँमा हिउँदेखि नडराई दौड्नेहरुको फोटो हेर्नुस्

Posted on May 30, 2014 by mysansar

दौड्ने काम त्यसै पनि सजिलो हैन। गोरखामा त्यही भएर दौड जित्नेलाई राजा बनाइन्थ्यो। अहिले राजा त बन्न पाइँदैन, तर पुरस्कार भने पाइन्छ। अहिले यहाँ गर्न लागेको चर्चा कुनै चानचुने दौडको होइन। यस्तो दौड संसारमै कहीँ हुन्न। अर्थात् सबैभन्दा उचाइमा हुने म्याराथन। यत्तिकै दौड्दा त गाह्रो हुन्छ भने हिउँ नै हिउँ भएको सगरमाथाको फेदमा दौड्दा कस्तो… Continue reading

अन्तरिक्षमा फहरियो नेपाली झण्डा, बज्यो ‘सयौँ थुङ्गा…’

Posted on May 6, 2014May 6, 2014 by Salokya

वैशाख १७ गते बुधबारको दिन पृथ्वीबाट ७० हजार फिटमाथि अन्तरिक्षमा नेपालको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी…’ बज्यो। नेपालको राष्ट्रिय झण्डा चन्द्रसूर्य त्योभन्दा माथि ८० हजार फिटसम्म पुग्यो। बानेश्वर घर भएका २१ वर्षीय क्षितिजराज लोहनीको प्रयासले यो संभव भएको हो। हेलियम बेलुनमा राखेर उडाइएको थियो झण्डा र राष्ट्रिय गान बजाउने स्पिकर। बेलुनमा राखिएका क्यामेराहरुले भिडियो… Continue reading

पत्रकारको चुनाव कति अव्यवस्थित !

Posted on May 4, 2014May 5, 2014 by Salokya

देशभरका पत्रकारहरुको छाता सं‍गठन नेपाल पत्रकार महास‍ंघको नयाँ नेतृत्व चयनका लागि मतदान आइतबार निर्धारित समयभन्दा करिब ५ घण्टा ढिला सुरु भयो। मतदान सुरु हुँदा राति अबेर भइसकेको थियो। पत्रकारहरु भेडाबाख्रा झैँ भर्‍याङमा अव्यवस्थित रुपमा लाइन लागिरहेका थिए। अनि भनिरहेका थिए- जिन्दगी मै भोट हाल्न यति लामो लाइन बस्नुपरेको थिएन। होहल्ला उत्तिकै ! साढे दुई बजे… Continue reading

परदेशको काम

Posted on April 17, 2014 by mysansar

कतारको राजधानी दोहा नजिकै रहेको कतार टेलीकम(OOREDOO) टावर सफाइ गर्दै नेपाली कामदारहरु। अन्य कामको तुलनामा अलि धेरै रकम पाइने हुनाले धेरै जोखिम मोलेर नेपालीहरु यस्तो काम गर्छन्। यहाँका धेरै टावरहरु यसरी नेपालीहरुले नै सफाई गर्दै आइरहेका छन्। हेर्नुस् गोपाल निरौलाले खिचेका केही फोटोहरु-

मच्छिन्द्रनाथको रथयात्रा (प्यानोरामा फोटो)

Posted on April 10, 2014April 10, 2014 by Salokya

काठमाडौँ कंक्रिटको जंगलमात्र हैन, आधुनिकताले गाँजिसक्दा पनि संस्कृतिलाई जीवन्त रुपमा जोगाएर राख्‍न सक्षम थोरै ठाउँहरुमध्ये एक हो। मच्छिन्द्रनाथको रथयात्रा त्यस्तै एउटा परम्परा हो, जुन वर्षौँदेखि जारी छ। यहाँ मैले केही फोटो र प्यानोरामा पनि खिच्ने प्रयास गरेको थिएँ, त्यही राखेको छु।

ह्यापी होली

Posted on March 16, 2014March 16, 2014 by Salokya

आज रङ्गहरुको पर्व होली मनाइँदैछ। हेरौँ मैले अघिल्ला वर्षहरुमा खिचेका केही फोटोहरु

यसरी गरियो आमाघरबाट बालबालिकाको उद्दार

Posted on February 26, 2014February 27, 2014 by mysansar

आमाघरमा शंकास्पद गतिविधि भएको, अनुमति नलिई खराब अवस्थामा बालबालिकाहरुलाई राखेको जस्ता गम्भीर आरोपहरुसहितको उजुरीमा छानबिन अगाडि बढाएको प्रशासनले तत्काल त्यहाँ आश्रित बालबालिकालाई उद्धार गर्नुपर्ने अवस्था देखेपछि आज बिहान एक टोलीले उद्दार गर्‍यो। ३४ बालबालिका र एक सुस्त मनस्थितिकी बालिका गरी ३५ जनालाई केन्द्रीय बाल कल्याण समितिले उद्दार गरी गोदावरीको उद्दार गृहमा राखेको छ। त्यहाँ बालबालिकाको… Continue reading

यस्तो छ मुस्ताङ

Posted on February 21, 2014February 21, 2014 by mysansar

कुञ्जन श्रेष्ठले आइफोनबाट खिचेका अप्पर मुस्ताङका २० फोटो। थप फोटो अर्को साता राख्नेछौँ।

यस्तो ठाउँमा भएको थियो दुर्घटना [फोटो]

Posted on February 17, 2014February 18, 2014 by Salokya

आखिर चमत्कार होला कि भनेर सोच्नेहरु आज बिहान निराश भए। ४३ वर्ष पुरानो त्यो ऐतिहासिक विमान क्षतविक्षत अवस्थामा अर्घाखाँचीमा भेटियो। विमानै टुक्राटुक्रा भएपछि विमानमा बस्नेहरुको हालत के भयो होला ? सम्झँदा पनि जिउ सिरिङ्ग हुन्छ। आइतबार मौसम खराब थियो। तर के त्यही कारण थियो दुर्घटना हुनुमा ? पोखराबाट जुम्लातर्फ उडेको बेला मौसम खराब भएपछि भैरहवा… Continue reading

यस्ता छन् विश्वका उत्कृष्ट फोटोहरु

Posted on February 14, 2014February 15, 2014 by Salokya

विश्वका फोटो पत्रकारहरु माझ एकदमै प्रतिष्ठाको मानिने वर्ल्ड प्रेस फोटो अवार्ड शुक्रबार घोषणा भएको छ। प्रतियोगितामा विश्वभरका १३२ देशका ५ हजार ७५४ फोटो पत्रकारहरुले पठाएका ९८ हजारभन्दा बढी फोटोमध्येबाट अमेरिकाका जोन स्टानमेयरको माथिको फोटोलाई वर्षको उत्कृष्ट फोटो अर्थात् फोटो अफ दि इयर २०१३ घोषणा गरिएको छ। सिग्नल शीर्षकको यो फोटोमा अफ्रिकी आप्रवासीहरु Djibouti सहरमा मोबाइल… Continue reading

सरस्वती माता भित्ता फोहर पार्नेलाई सद्‌बुद्धि देऊ !

Posted on February 4, 2014February 4, 2014 by Salokya

आज सरस्वती पूजा, बसन्त पञ्चमि, श्रीपञ्चमि। स्कूले जीवनमा यो पर्वको महत्त्व नै बेग्लै हुन्थ्यो। घरनजिकैको मन्दिरमा पूजा गर्न जान्थ्यौँ। त्यहाँको सरस्वती मन्दिरमा चकले आफ्नो नाम लेख्‍थे मानिसहरु। मैले पनि आजभोलिका मान्छेहरुले बोक्ने आइप्याड जत्रो कालो सिलोटमा सेतो चकले कोरेर पहिलो पटक अक्षर लेखेको अलिअलि सम्झना छ। कहिलेकाहीँ हामी स्वयम्भूको मञ्जुश्री मन्दिरमा पनि पुग्थ्यौँ। त्यहाँ पनि… Continue reading

ल्होछार ज्याबा तकाई !

Posted on January 31, 2014February 1, 2014 by Salokya

आज तामाङहरुले मनाउने नयाँ वर्ष सोनाम ल्होछार काठमाडौँमा पनि मनाइयो। एक ठाउँमा हैन दुई दुई ठाउँमा- खुल्लामञ्चको आमसभा हुने स्थान र टुँडिखेलमा पनि। ससुराली नाता पर्ने भएकोले यो ल्होछारसँग मेरो भावनात्मक साइनो पनि जोडिएमो छ। टुँडिखेलका केही फोटोहरु।

पोखराको बाग्लुङ बसपार्कमा बद्‍नाम बजार

Posted on January 28, 2014January 28, 2014 by Salokya

पोखरा नेपालकै एउटा सुन्दर सहर हो। यही सुन्दर नगरमा एउटा बद्‍‍नाम बजार पनि छ। धेरै भएको थियो यहाँको बदनाम बाग्लुङ बसपार्क बजारको चर्चा सुनेको। तर त्यहाँ के देखिन्छ, हेर्न भने पाएको थिइनँ। बद्‍नाम बजार भएकोले त्यहाँ हतपत साथीहरु जान पनि मान्दैनन्। यस पटक पोखरामा रहँदा भने मौका जुर्‍यो। मोटरसाइकलबाट एकछिन त्यहाँको दृश्य बाहिरबाट सर्सर्ती हेर्दा… Continue reading

सराङकोटैमा, कति धेरै ग्लाइडर उड्यो एकै पटकमा…

Posted on January 26, 2014January 26, 2014 by Salokya

छेउको फोटोमा तपाईँले रङ्गीबिरङ्गी थोप्लाहरु याद गर्नुभयो ? के हुन् ती ? बेलुन ? अहँ, हैन। त्यो हरेक थोप्लोमा दुई जना मान्छे छन्। ती पोखराको आकाशमा प्याराग्लाइडिङ गरिरहेका हुन्। मौसम राम्रो हुँदा सराङकोटबाट स्वदेशी र विदेशी गरी दिनमा एकै पटक यति धेरै उड्छन्। हेर्नुस् ठूला फोटोहरु भित्र।

टुँडिखेलमा माघीको मज्जा (फोटो)

Posted on January 16, 2014January 16, 2014 by Salokya

माघ १ देशका विभिन्न भागमा बेग्लाबेग्लै किसिमले मनाइन्छ। काठमाडौँ उपत्यकाका नेवारहरुले यसलाई घ्यः चाकु संल्हूका रुपमा मनाउँछन्। थारुहरुले यसलाई माघीका रुपमा धुमधामका साथ मनाउँछन्। त्यस्तै मगरहरुका लागि पनि यो चाडलाई ठूलो उत्सवका रुपमा मनाउँछन्। मकर संक्रान्ति, माघे संक्रान्ति आदि विभिन्न नाममा यो पर्व देशभर मनाइन्छ। जनआन्दोलन २०६२/६३ को परिवर्तनपछि उपत्यकामा रहेका थारुहरुले टुँडिखेलमा माघीको अवसरमा… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme