नेपाल माउन्टेन बाइकिङका लागि विश्वको प्रमुख गन्तव्य बन्दैछ। उपल्लो मुस्ताङको उच्च भागमा बाइकिङ गर्ने मौका भने थोरैले पाउँछन्। यहाँ गरिने बाइकिङको तुलनाअन्य ठाउँसँग हुनै सक्दैन। यहाँको वातावरणै यस्तो छ। आफ्ना बुबाको माउन्टेन बाइकिङ टुर कम्पनीका गाइड भएर तेन्जिङ गुरुङले गएको अक्टोबरमा स्विट्जरल्यान्डबाट आएका पाहुनासँग यो क्षेत्रमा बाइकिङ गरेका थिए। थोमस नेक्टको फोटोसहित यो सामाग्री पिङ्कबाइकमा प्रकाशित भएको हो।
यात्रा सुरु हुन्छ काठमाडौँबाट पोखरासम्म। एक दिन पोखरामा साइटसिन र हाइकिङ गरेपछि अर्को दिनबाट सुरु हुन्छ मुस्ताङको यात्रा।
एकाबिहानै सुरु हुन्छ पोखराबाट जोमसोमसम्मको विमान यात्रा।
२५ मिनेटको यात्रापछि जोमसोम विमानस्थल जुन ७ हजार ६१ मिटर अग्लो निलगिरी हिमालको काखमा रहेको छ।
अनुमान गर्नुस् कति रमाइलो होला- उपल्लो मुस्ताङको झोलुङ्गे पुलबाट १२० मिटर मुनि बग्दै गरेको खोला हेर्दै बाइकिङ गर्नु।
तेस्रो रात यो टोलीले यो मुस्ताङी घरमा बितायो।
बाइकरहरुको सामान बोक्ने सहयोगीहरु।
गुडाउनै नसकिने ठाउँमा बोक्नै पर्यो ।
ताङ्ग्बे गाउँ।
नाचगान।
टेन्टमा रात।
५१ सय मिटर अग्लो भञ्ज्याङ काट्ने प्रयासमा। यो सबैभन्दा गाह्रो यात्रा रहेछ। छेउछाउमा कुनै चियापसलसमेत नरहेकोले सबले आफैले लञ्च बक्स बोकेका थिए।
मुक्तिनाथ गाउँ। यहाँबाट थोराङ ला पास जान खोजे पनि त्यहाँ भएको दुर्घटनाका कारण बाटो बन्द भएकोले उनीहरु त्यहाँ जान सकेनन्।
अप्पर मुस्ताङको यो माउन्टेन बाइक यात्रा १६ रात १७ दिनको हुने रहेछ।
truly breathtaking. MY NEPAL MY PRIDE.
beautiful pictures of my country
आहा कति सुन्दर !
साह्रै राम्रो…………..
कति राम्रो रहेछ । शाहसी पर्यटकहरुको लागि उत्तम। हामीलाई यति राम्रा राम्रा तस्विरहरु देखाइदिएकोमा धन्यवाद ।