– राजु आचार्य –
हालसम्म बाटो नपुगेको जिल्ला। बाटोजस्तै विकास पनि। हिउँदभरि बाहिरी संसारसँग सम्बन्ध विच्छेद हुने गाविसहरु पनि यहीँ छन्। हुम्ला जिल्ला मानव सूचकांकमा ७४ र गरिब जिल्लामा ७३ औँ स्थानमा पर्दछ। जिल्ला भन्दा पनि महिलाको अवस्था झन विकराल छ यहाँ। १४–१५ वर्षमै विवाह गरेर २५ पुग्दा नपुग्दै बुढ्यौलीका चिन्हहरु अनुहार तथा शरीरमा देखा पर्दछन्। कामको बोझ, पोषणको कमी, सानै उमेरमा हुने विवाह तथा अन्य कारणहरुले गर्दा।
सानै उमेरमा विवाहित महिलाहरुले फेरि अर्को विवाह गरेमा जारी तिर्नुपर्ने चलन यथावतै छ। करिब १२ प्रतिशत महिलाहरु साक्षर रहेको यो जिल्लामा ५८ वर्ष औसत आयु रहेको छ।
तल्लो हुम्लामा क्षेत्रीहरु, ब्राह्मणहरुको बाहुल्य छ भने माथिल्ला भेगहरुमा लामाहरुको। तल्लो क्षेत्रमा महिलाहरुलाई रजस्वला हुदाँ गाउँदेखि पर राख्ने चलन छ जसलाई छाउपडी प्रथा भनिन्छ। चिसोको कारणले कतिपय महिलाहरुले छाउपडीमा ज्यान गुमाएको घट्नाहरु सुनेका छौं। कतिपय अवस्थामा त सुत्केरी हुँदासमेत गोठमा सुत्नु पर्ने बाध्यता छ।
सरकारले जिल्लाभर २५ भन्दा बढी स्वास्थ्य चौकीहरु सञ्चालन गरे पनि, औषधि तथा चिकित्सकको अभाव जहिले पनि भैरहन्छ। उपल्लो भेगका महिलाहरु चीनको ताक्लाकोटसम्म उपचारको लागि पुग्ने गर्छन्। माथिल्ला क्षेत्रहरुमा बहुपति प्रथा कायमै छ।
घरको आर्थिक कारोवार सबै पुरुषहरुले नै गर्ने गर्दछन्। तील र हाल्जी गाउंमा त नेपाली बोल्ने महिलाहरु पनि भेटिन गाह्रो पर्छ। महिलाहरुको औसत ज्याला रु १०० देखि २०० प्रतिदिन रहेको छ। केरमीका समाजसेवी मंगल लामा भन्छन् “महिलाको अवस्थामा सुधार नआएसम्म समग्र विकासमा सुधार हुँदैन। सरकारी विकासको गति र तरिका बिरालो बाँधेर श्राद्ध गरे जस्तो छ, कुनै नयाँपन र महिला केन्द्रित छैन”।
पाँच वर्ष पहिला पहिलो पटक प्रमुख जिल्ला अधिकारी लगायतका ठूला मानिसहरु हेलिकेप्टरमा जिल्लाकै लिमी गाविसको हाल्जी गाउँमा पुगेका थिए। महिला विकास अधिकृत पुगेको जानकारी प्राप्त भएन।
“जस्तो सुकै दुःख र अफ्ठयारोमा पनि हाँसीरहने यी अनुहार देख्दा लाग्छ यिनलाई कुनै समस्या नै छैन,” यादव घिमिरेले सो क्षेत्रको भ्रमण सकेपछि बताए। सरकारले यिनको हाँसोभित्रको दुःख बुझेर कहिले सम्बोधन गर्ला खै !
खै के लेखु। हुम्लाका महिला मात्र होइन नेपाल का आधिकन्स महिला हरु यसरी नै आँखा मा आसु लुकाएर आफ्नु परिवार अनी समाज लाई खुशी बढी राखेका छन बिना स्वार्थ । आफ्नु आमा लाई बिद्र आस्रम राखेर अमेरिका पलाएन भएक हरु एही आँखा ले देखेका हुन।
नुहाउने साबुन , थप फेर्ने लुगा र ओढ्ने कुरो अनि तातो पानी तताउने दाउरा नपुगेरै होला कति मैला धैला देखिएका । बिकासको नाउँमा काठमान्डुको दोहोलो काढिएको छ । हुम्ला र जुम्ला जस्ता बिकट ठाउँहरुमा कहिले पुग्ला चेतना कहिले पुग्ला बिकासको अलिकति गन्ध !!
कानै झर्ने गरी के बिधी सुन लगाएको ?
सुन हो कि पित्तल?
पित्तल हो
म २०५५ सालमा सिमिकोटबाट २ दिन कर्णालीको तिरै तिर दक्षिणतिर हिडेर गोठी सम्म पुगेर १ हप्ता गोठिमा बसेको छु टेन्टमुनि /
त्यहाको जीवन, भूगोल, इतिहास, वर्तमान सबै हेर्दा धेरै कहालीलाग्दो छ / हामी नेपाल ट्रस्टका स्वयंसेवीहरुको समूहसंग गएका थियौ / धेरैजसो यु के र केहि अमेरिकाका नागरिकहरुको त्यो टोलीमा डाक्टर, नर्स, इन्जिनियर, कोहि यु के का भेडी गोठालाहरु पनि थिए / म सरकारी कर्मचारी, त्यहाको स्थानीय गोठी खोलाबाट त्यो गाउको लागि बिजुली निकाल्न सकिन्छ कि भनेर गा’को उनीहरुसंगै /
हुम्लाका मान्छेहरु लुगा फाटो किन्न सुर्खेत जानुपर्ने, हुम्लामा लुगा किन्नै पाइदैनथ्यो सिमिकोट जाने पिलेनमा सबैले चिनी, पाउरोटी आदि नेपालगंजबाट एक एक झोला हातैमा लैजादा रहेछन / दशैँ अगाडी २ हप्ता पनि परेको परेकै भएर सिमिकोटमै अड्केर सबैको बिजोक भा’को थियो, सदरमुकामभरी एउटा मात्रै (दुरसंचारको) फोन लाइन, फोनै गर्न पनि २-३ घण्टा लाइनमा बसियो / जीवन शाही उबेला जिल्ला सभापति हुनुहुन्थ्यो, पछि उनलाई खाओबादिहरुले जिल्लाबाट लखेटे, काठमाडौँ जानुभयो / मैले चिनेका राजनीतिकर्मी हरुमध्ये उहा धेरै इमान्दार, उर्जावान र सक्षम मान्छे / नेपाल ट्रस्टका स्वयंसेवीहरुले बनाएको गोठिको स्वास्थ्य चौकी पनि उनै प्रचण्डका अजंड चेलाहरुले भत्काए रे भन्ने सुनेको छु / ठुलै काम गर्यौ केटा हो, क्याबात, मान्छे मार्ने तिमीहरुको कु-काम सफल भयो, गोठिका मान्छे उपचार नपाएर अझै कति मर्दै होलान /
potrait photos of these womens speak more
आफ्नो खुसि र हासोको मात्रै बाहुल्यता रहेको देशमा अरुको हासोभित्रको आँसु बुझेर मर्म र पीडालाई हेरिदिनको लागि यो देशमा कसको नै समय होला र खै ? सरकारलाई अब तेस्रो संबिधान सभाको चटारो छ, नेताहरुले देशलाई दशैं को खसी बनाएर भाग बनडा गर्दै छन् ! आफ्नो भागमा बोसो कम पर्ला कि भन्ने पार्टिहरु जनताका नाम मा नै बन्द र हड्ताल गर्दै छन् !!! देशको मुहार फेर्ने नाममा यहाँ हजारौ प्रचण्ड ले आफ्नो पहिचान र मुहार फेरे, तर देशले आफ्नो मुहार फेर्न सकेन, गरिब ले आफ्नो पिडा फेर्न सकेनन, देशको ढुकुडि रित्तियो, गरिब को आशा रित्तियो ………………
दिपक अधिकारी
जर्मनी