Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

आहा, हिमाल : काठमाडौँबाट देखिएको दृश्य

Posted on March 10, 2015 by Salokya

आज काठमाडौँको दृश्य एकदमै गजब थियो। सफा आकाश र खुलेको हिमाल। आफ्नै घरको छतबाट खिचेका केही फोटोहरु हेर्नुस्।

शाहरुखसित को नेपाली सुन्दरी?

Posted on March 9, 2015 by Salokya

सोमबार शाहरुख खान आकाशमा आठ जहाजलाई होल्ड राख्दै विशेष विमानबाट त्रिभुवन विमानस्थल उत्रिए। आउन त हिजै पर्ने हो। तर टर्किस एयरलाइन्सको विमान दुर्घटनाले हैरान बनायो। एक दिन ढिला भए पनि आउन चाहिँ आए। यसअघि आमिर खान जस्तो सोसल कजका लागि आएका भने हैनन् उनी। पेन्ट्सको ब्रान्ड एम्बेसडर भएकोले त्यसैको प्रवर्द्धनका लागि आएका हुन्। एयरपोर्टबाट उनी… Continue reading

होलीमा हेर्नुस् को-को रंगिए

Posted on March 5, 2015 by Salokya

होली तराईका केही जिल्लामा शुक्रबार मनाइन्छ। राजधानी लगायत बाँकी भागमा बिहीबार मनाइयो। होलीको दिन काठमाडौँको दरबारमार्गस्थित केएफसी रेस्टुरेन्टबाहिर यसरी म्युजिक घन्काउँदै नाचिरहेका थिए। केही फोटो हेर्नुस्

होलीमा विदेशी रमाएका १० फोटो

Posted on March 5, 2015 by Salokya

बिहीबार राजधानीमा होली मनाइयो। नेपाली चाड भए पनि होलीमा विदेशीहरु पनि उत्तिकै रमाएका देखिन्थे। काठमाडौँको वसन्तपुर त पूरै चिनियाँ पर्यटकले ढाकेका थिए। उनीहरु एकअर्कालाई रङ्ग दल्दै होली मज्जासँग मनाइरहेका थिए। हेर्नुस् होलीमा विदेशी रमाएका १० फोटो।

यस्तो थियो खुलामञ्चमा ३० दलको सभा

Posted on March 1, 2015March 1, 2015 by Salokya

३० दलले काठमाडौँको टुँडिखेलमा गरेको सभाका केही फोटोहरु हेर्नुस्-

खुल्लामञ्चमा खासमा मान्छे अट्ने चाहिँ कति हो?

Posted on February 28, 2015March 1, 2015 by Salokya

काठमाडौँको खुलामञ्चमा आमसभा हुँदा सँधै प्रश्न उठ्ने गर्छ, खासमा मान्छे चैँ कति आएका थिए? पत्रिकाहरुले दिने फोटोमा पनि खासै भर पर्नु हुन्न। किनभने मान्छे धेरै भएको ठाउँमा खिच्यो भने धेरै देखिन्छ, कम भएको ठाउँतिर खिच्यो भने कम। आज एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनको आमसभामा खुलामञ्च भरिएको थियो। पक्कै पनि अरु आमसभाहरुभन्दा धेरै उपस्थिति थियो। तर… Continue reading

अख्तियारको आँगनमा जन्ती नाचे छमछमी – यसरी खिचियो फोटो

Posted on February 27, 2015February 27, 2015 by Salokya

बिहीबार एकाबिहानैदेखि आकाश धुम्म थियो। पानी पर्ला पर्ला जस्तो थियो। अरु बेला हुँदो हो त छिटो उठ्न पनि अल्छी गरिन्थ्यो। तर केही दिनदेखिको योजना अनुसार आज बिहान जसरी पनि अफिस पुग्नै पर्ने थियो। नौ बजेको साइत भन्ने जानकारी पाइएको थियो अख्तियार प्रमुख लोकमान सिंह कार्कीकी छोरीको बिहे। अख्तियार परिसरस्थित निवासबाटै अन्माउने र होइन, बाहिरकै निवासबाट… Continue reading

बिहे लोकमानकी छोरीको, सास्ती सर्वसाधारणलाई

Posted on February 26, 2015February 26, 2015 by Salokya

अख्तियार प्रमुख लोकमानसिंह कार्कीकी छोरीको बिहेमा बित्थामा दुःख पाएका मोटरसाइकल चालकहरु। टंगालस्थित अख्तियार भवन नजिकैको यो गल्लीमा मोटरसाइकल छिर्न किन नदिइएको हो कुन्नि। त्यहाँभित्र छिर्दैमा कसैलाई केही असुरक्षा हुनेवाला थिएन। किनभने छतछतमा हतियारधारी सुरक्षाकर्मी बसेकै थिए। त्यहाँ पार्किङ पनि थियो। तर महामहिमको आदेश थियो होला। र त सादा पोशाकका एक सुरक्षाकर्मी र एक जना ट्राफिक… Continue reading

माओवादी वाइसिएल ब्युँताएर लट्ठी बोक्दै सडकमा

Posted on February 24, 2015 by Salokya

अब संविधान सभाभित्रको द्वन्द्व सडकमा विस्तार हुने भएको छ। प्रश्न स्रस्न बनाएर रेडी भए पनि सत्ताधारीहरुले बहुमतको शक्ति देखाउन हिच्किचाइरहेको बेला माओवादी सडकमा शक्ति देखाउन लागिपरेको हो। खास कार्यक्रम त फागुन १६ गते हो। प्रचण्डको भनाई अनुसार ‘राजनीतिको कोर्स बदल्ने प्रदर्शन’। तर आजै यसो तर्साउन वाइसिएल स्वयंसेवकको रातो टोपी लाएर हातमा बाँसको भाटा बोकेर उनीहरु… Continue reading

तेजाब आक्रमण पीडित : बिचरीको के दोष?

Posted on February 24, 2015February 24, 2015 by mysansar

आइतबार वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरमा एउटा केटाले तेजाब छ्याप्दा दुई जना स्कूले छात्रा घाइते भएकी थिइन्। ती मध्ये एक जनाको अवस्था गम्भीर छ। अहिलेसम्म केटाको पहिचान हुन सकेको छैन। केएमसीमा उपचार गरिरहेका संगीताको आँखामा समेत तेजाब लागेको छ। आँखाबाट आँसु झार्दै गरेको ह्रदयविदारक फोटो खिचेका छन् नवीन बरालले। हेर्नुस् तेजाब आक्रमणबारे बरालका फोटो-

यस्ता छन् विश्वका उत्कृष्ट फोटो, तपाईँलाई कुन फोटो राम्रो लाग्यो?

Posted on February 23, 2015February 23, 2015 by Salokya

यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२… Continue reading

यस्ता छन् विश्वका उत्कृष्ट ६ फोटो, तपाईँलाई कुन फोटो राम्रो लाग्यो?

Posted on February 18, 2015February 19, 2015 by Salokya

यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२… Continue reading

शिवरात्रिको रात पशुपति

Posted on February 18, 2015February 18, 2015 by mysansar

शिवरात्रिको रात पशुपति परिसर कस्तो देखियो? हेर्नुस् अंगद ढकालले खिचेका फोटोहरु।

माघको जाडोमा भुँडी देखाउँदै स‍ंविधान माग्नेहरु

Posted on January 17, 2015January 17, 2015 by Salokya

माघ ८ मा एक थान संविधान जसरी पनि चाहियो चाहियो भन्दै प्रदर्शन गर्ने क्रममा युवाको एउटा समूहले आज नयाँ उपाय निकाले। कम्मरमाथिका सबै लुगा खोल्ने। माघको जाडोले पनि छोएन उनीहरुलाई। यस्तो ‘साहसी’ काम गर्ने चाहिँ सत्तारुढ एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताहरु। युवा संघका अध्यक्ष महेश बस्नेत त मन्त्री भइगए। त्यसैले उनी नाङ्गिनु परेन।… Continue reading

टेबलको असहमति सडकमा पोखिएपछि..

Posted on January 13, 2015January 13, 2015 by mysansar

स‍ंविधान बनाउनका लागि भइरहेको कचकच दलहरुको वार्ताको टेबलबाट सडकमा पोखिन सुरु भएको छ। गएको सातादेखि क्षेत्रीय बन्दहरुको रुपमा असहमति सडकमा देखिन थालेको हो। आज राजधानी काठमाडौँमै बन्द भएपछि यसमा धेरैको ध्यान गयो। माघ ८ मा संविधान बन्नु पर्छ भनेर जनताले नभने पनि र कानुनमा कुनै व्यवस्था नभए पनि दलहरु आफैले यो मितिलाई समय सीमाका रुपमा… Continue reading

हब्बलले खिचेका २० गजबका ब्रह्माण्ड फोटोहरु

Posted on January 7, 2015January 7, 2015 by mysansar

हब्बल अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको स्पेस टेलिस्कोप हो। यसलाई पृथ्वीको तल्लो कक्षमा स्थापित गरेको २५ वर्ष पुग्न लागेको छ। यसै अवसरमा यो साता भएको अमेरिकी खगोलविद्हरुको सम्मेलनमा नासाले केही हाइ डेफिनेसनका फोटोहरु सार्वजनिक गरेको छ। हामी रहेको ब्रह्माण्ड यस्तो होला उस्तो होला भन्ने कल्पना गर्नु र टेलिस्कोपले खिचेका यी फोटोहरु हेरेर कल्पना गर्नु पक्कै पनि… Continue reading

जति हेर्‍यो त्यति हेरुँ झैँ लाग्ने नेपालका १० फोटो

Posted on January 2, 2015January 2, 2015 by Salokya

निराशाजनक कुरा गर्नका लागि प्रशस्तै विषय छन् नेपालमा। तर सिक्काको अर्को पाटोलाई भुल्न भएन। नेपाल प्राकृतिक रुपले धनी देश हो। यहाँका दृश्यले मन्त्रमुग्ध नबन्ने कमै होलान्। युक्रेनी प्रोफेसनल ट्राभल फोटोग्राफर एन्टोन जान्कोभोइले खिचेका केही फोटो हेर्नुस्, दङ्ग पर्नुहुनेछ।

विप्लव ब्रो, स्कूले विद्यार्थीलाई जबर्जस्ती भाषण सुनाउन ल्याउने? यस्तो पाराले चल्दैन है !

Posted on December 26, 2014December 27, 2014 by Salokya

त्यहाँ ठूलो ब्यानरमा हेर्नुस् के लेख्या छ? राजनीतिक सभा। अनि मुन्तिर दर्शकहरु हेर्नुस् को छन्? स्कूले विद्यार्थी! तीन वर्ष नपुग्दै तीन टुक्रा भएको माओवादीको पछिल्लो टुक्रा विप्लव चर्को कुरा गर्ने ‘क्रान्तिकारिता’का कारण चासो र चर्चाका विषय बनेका छन्। माओ दिवसका दिन एमाओवादी पेरिसडाँडामा, बि माओवादी (वैद्य) पार्टी प्यालेसमा सीमित भएको बेला यो सि (चन्द) माओवादीले… Continue reading

गढिमाई बलि समर्थकले हेर्नै पर्ने पाँच फोटो, हेर्नुस् र ‘गर्व’ गर्दै भन्नुस् ‘ठीकै हो’

Posted on December 1, 2014December 2, 2014 by Salokya

गढिमाई बलिका समर्थकहरुका लागि केही फोटो राखेको छु। बलि मन नपर्नेहरुले कृपया नहेर्नु भए पनि हुन्छ। तर बलि समर्थकले हेर्नै पर्छ। एउटा गोरु कसैले काट्दा रगत उम्लने गरी रिस उठाउने तर हजारौँ राँगालाई काट्दा ‘हाम्रो धर्म’, ‘हाम्रो परम्परा’को दुहाई दिँदै ठीकै हो भन्नेहरुले पनि हेर्दा हुन्छ यी फोटोहरु।

आलोकको अन्तिम विदाइ

Posted on November 8, 2014 by mysansar

निर्देशक आलोक नेम्वाङबारे बिहीबार राति आएको खबरले धेरै स्तब्ध भए। उनको शव झुण्डिएको अवस्थामा उनी एक्लै बस्ने गरेको अपार्टमेन्टमा भेटियो। शवको प्रकृति, साथमा भेटिएका नोटहरुले उनले आत्महत्या गरेको ठानिएको छ। आलोक नेपाली संगीत र टेलिभिजनका लागि एउटा विशिष्ट नाम थियो। उनले निर्देशन गरेका दर्जनौँ म्युजिक भिडियोहरु फरक खालको भएकोले अझै हेरिरहुँ लाग्ने खालका छन्। कयौँ… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme