Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिमानीको हाँसो

Posted on July 23, 2015July 24, 2015 by Salokya

Himani (22)
बिहीबार पूर्व युवराज्ञी हिमानीले आफ्नो नाममा खोलिएको एनजिओ हिमानी ट्रस्टको पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेकी थिइन्। त्यहीँ अंगद ढकालले खिचेका हिमानीका केही फोटोहरु-

Himani (17)

Himani (24)

Himani (23)
अनौपचारिक भेटघाट कार्यक्रमको संज्ञा दिइएको यो अवसरमा हिमानी उन्मुक्त हाँसो हाँसिन्।
Himani (22)

Himani (21)

Himani (20)

Himani (19)

Himani (18)

Himani (16)

Himani (15)

Himani (14)

Himani (13)

Himani (12)

Himani (11)

Himani (10)

Himani (9)

Himani (7)

Himani (6)

Himani (5)

Himani (4)

Himani (3)

Himani (2)

Himani (1)

Himani (8)
कार्यक्रम ट्रस्टकै कार्यालय बालुवाटारमा आयोजना गरिएको थियो। कार्यालयको पाहुना भेट्नेे ठाउँमा कुर्सी राखेर हिमानी आफ्ना दुई सहयोगीसहित बसेकी थिइन् भने पत्रकारहरु यसरी भूइँमा। हिमानीले राजनीतिक प्रश्नहरुको भने कुनै उत्तर दिइनन्।

३८ वर्षकी हिमानी भारतीय शेखावत राजपुत खान्दानमा जन्मिएकी हुन्। उनको जन्म भारतको राजस्थानको सिकर राज्यका राजा विक्रम सिंह र रानी विपुला सिंहको कोखबाट भएको हो। राजा विक्रम सिंह भारतीय भए पनि रानी विपुला सिंह भने नेपालको बझाङ्गी राजपरिवारसँग सम्वद्ध छिन्।

को राम्री?

kannika_himani
पूर्व युवराज पारस शाहको जीवनका दुई महिला। हिमानी, जोसँग उनको बिहे भयो। राजतन्त्रात्मक नेपालमा उनी पहिले शाहज्यादी र पछि युवराज्ञीका रुपमा रहिन्। अनि अर्की युवती कन्निका चाइयासार्न। गणतन्त्रात्मक नेपालका पूर्व युवराज प्रवासमा रहँदा नजिकिएकी युवती। थाइल्यान्डमा पारस सिकिस्त हुँदा उनैले अस्पताल पुर्‍याएकी थिइन्। उनी नभएकी भए म बाँच्दिन थिएँ भनेर पारस स्वयंले फेसबुकमा लेखेका छन्। पारस उनलाई ‘माइ वुमन’ भन्ने गर्छन्। अहिले भने पारस थाइल्यान्ड छाडेर नेपाल आएका छन् तर हिमानीसँग बस्दैनन्।

16 thoughts on “हिमानीको हाँसो”

  1. नन्दकिशोर घर्तिमगर says:
    September 9, 2015 at 2:53 pm

    हिमानी नेपालकै नम्बर १ सुन्दरी नारी हुनुपर्छ ।
    त्यस्तै भावनाहरु पनि महान छन।
    तर विडम्बना जीवन साथी चै पारसले जिन्दगीमा हरेस ख्वाएर रुनुको सातो मीठो हासो दिनु भएको हुनुपर्छ ।
    अरु केही भन्नुछैन।

    Reply
  2. G.Thapa says:
    July 26, 2015 at 5:21 pm

    ज्ञानेन्द्र र पारश ले गल्ति गर्यो भनेर हिमानी लाइ जे पायो त्यो भन्न हुदैन ल. किनकी उहा मा एउटा नेपाली राजमाता मा हुने राम्रो गुण छ. राज नीतिमा आउने हो भने सम्पुण नेपाली ले उहालाई नै भोट दिनेछन र राष्टपति ( राजमाता ) बनाएर देशलाई सुखी बनाउने छन् तर हामि नेपाली जनता को दिमाख मा बदमास नेताहरुले हर कोहीलाई न राम्रो सोच्ने बनाइ सके …!!!

    Reply
  3. Sunil, Europe says:
    July 25, 2015 at 6:42 am

    हेर त, कस्तरी हाँस्छे मोरी, मर्छु कि क्या हो म त …

    Reply
  4. suraj says:
    July 24, 2015 at 4:31 pm

    यस्तै समाजसेवा र जनताप्रति उत्तर्दायित्वो बोध बिगतमा भएको भए राज संस्था अझै जीवित नै हुन्थ्यो होला. आफ्नै लगानीमा हरेक बिकास छेत्रमा स्कूल, अस्पताल बनाएर, यस्तै दैबीप्रकोप को बेला सकेको सहयोग गर्ने तथा अन्य समाज सेवा को काम गर्ने गरेको भए कत्ति राम्रो हुन्थ्यो. के गर्नु, माइला दाइ सारै महोत्वकंछी भए……तेसैले दुख पाए.

    Reply
  5. सञ्जय बुढा says:
    July 24, 2015 at 3:11 pm

    सर्वसाधारण जनताका छोरा-छोरी सर्वोच्च पदमा पुग्न सक्ने व्यवस्थालाई सुधार्न भन्दा पनि एउटा परिवारको शासनको वकालत गर्नेलाई दास मानसिकता नभने के भन्ने।लौ राजा नै चाहिएको हो भने,५/५ वर्षमा निर्वाचित हुने कार्यकारी प्रमुखलाई ‘राजा’ नाम दिउँ न त। होइन अब माइलोकै परिवार चाहिन्छ भनिन्छ भने कि त त्यसमा आफ्नो फाइदा हेरिएको छ होइन भने दास मानसिकता नै हो। अनि सालोक्य जी,यो शाहपरिवारको बारे के सारो लेख्न मन लागेको तपाईलाई?

    Reply
  6. Rohini says:
    July 24, 2015 at 2:43 pm

    हुन् त दुइ जना नै विदेसी हुन् ! मलाई त थाई नै राम्री लाग्याछ / आ-आफ्नो विचार हो है 😀

    Reply
  7. bibek dhakal says:
    July 24, 2015 at 1:51 pm

    मेन्टेन चाही गरेकै हो, impressive !
    अनि मुहार जस्तै भविस्य पनि उज्ज्वल नहोला भन्न सकिन्न… ताल परे तल कसैले कमेन्ट गरे जस्तो देशको बागडोर सम्हाल्ने अवसर पुन नि सकिएला. अहिलेको जमानामा मध्यकाल तिर जस्तो धर्म जस्तो नितान्त व्यक्तिगत र गौण कुरालाई राज्य र संविधान संग जोड्न खोज्ने आइ क्यु (IQ ) ८० को आधा पनि नभाको ८० प्रतिशत हरु को बिगबिगी हुन्जेल त्यसो नहोला भन्न सकिन्न…

    Reply
  8. XYZ says:
    July 24, 2015 at 11:53 am

    मुर्ख हरु, केहि लेख्नु भन्दा अगाडी केहि अनुसन्धान त गर्नु पर्छ, खाली फोटो राम्रो लग्यो भन्दैमा कमेन्ट गर्ने?

    Reply
  9. भाबेस राइ says:
    July 24, 2015 at 9:00 am

    नारि प्रकृति को अनुपम छटा हुन् ! नारि बिना प्रकृति को सौन्दर्य अधुरो छ ! हिम्मत, उदार, करुणा, स्नेह, ममता, सत्चरित्र, सत्गुण, जिम्मेवारी, इमान्दारी, उत्साह, प्रेम, धर्म, सत्मार्ग नारि का चरित्र हुन् ! यी सबै ले नारि बनाउछन ! यी भएन भने नारि मात्र स्त्री हुन्छन ! स्त्री को चरित्र मात्र भोग गर्नु हो ! त्येसैले हरेक कोण बाट हिमानी नारि हुन् असल नारि हुन् ! सायद नेपाल को राज सस्था (मान्ने हरु) को असल प्रतिनिधित्व यिनै ले गर्छिन !

    Reply
  10. सुरज श्रेष्ठ says:
    July 24, 2015 at 8:26 am

    यस चित्रहरुमा हिमानी सिधासाधा देखिने र राम्री ।
    अहिले देखाएको समाज सेवा गर्ने मन र कर्म सधै होस् भन्ने कामना गर्दछु ।

    सुरज श्रेष्ठ

    Reply
  11. sushil says:
    July 24, 2015 at 7:22 am

    अनुहार अति सुन्दर, मन अति धनवान, र राजपुत खलकको संस्कार (अझै पनि साउनको हरियो साडी र मेहेन्दी)
    वाह…वाह…वाह….

    Reply
  12. Krishna Lamsal says:
    July 24, 2015 at 2:54 am

    हुन त जनजाति साथि हरु यति भन्दा पनि कुटउला झैँ गर्नु हुन्छ , तर पनि यिन लाइ संरक्छ्यक बनाइ दिएर बरु नाति राजा राख्ने तिर सोंच्ने पो हो कि … यो रास्ट्रपति उप रास्ट्रपति को झन्झट नै सकियो …. यदि अहिले सम्म कुनै रानी ले पनि आफ्ना पति लाइ धोका दिएका रहेनछन भने यी नाति पनि त पृथ्वी नारायण कै रक्त बिज हुन् नि … कि कसो साथि हो …. राजा आउ देश बचाउ

    Reply
  13. Shankar says:
    July 24, 2015 at 2:13 am

    को राम्रो को नराम्रो भन्ने कुरा हेर्ने आँखा हो | हामीलाई राम्री लागेर के गर्नु ? राम्री लाग्नु पर्ने लाइ लागेन ( पारस लाइ भनेको )त् कुरा सकिगो |
    कोइ कोइलाइ करिना मन पर्ने , कोइ कोइलाइ धनिया त् कुरा तेस्तै हो |

    Reply
  14. kamal says:
    July 24, 2015 at 1:46 am

    के लाइ के पच्दैन भन्थे नि…हो ठ्याक्कै तेही जस्तो लाग्छ…

    Reply
    1. kamal says:
      July 24, 2015 at 3:01 am

      पारस शाह केन्द्रित कमेन्ट हो है यो चाइ

      Reply
  15. manik yakha says:
    July 24, 2015 at 12:56 am

    पक्कै पनि हिमानी राम्री किनकी हिमानी अनुहार्ले मात्रै राम्री हैन मनकि पनि धनी छिन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme