Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वाग्मतीको पानी सङ्ग्लो कहिले बन्ला, सुन्दरीजलदेखि चोभारसम्म मानव साङ्ग्लो चैँ बन्यो

Posted on April 11, 2015April 11, 2015 by Salokya

Bagmati_drone23
मुख्य सचिव लीलामणि पौड्यालको विशेष चासो र अग्रसरतामा सुरु भएको वाग्मती सफाइ अभियानलाई १०० हप्तासम्म सबै क्षेत्रबाट साथ रह्यो। १०० औँ हप्ताको दिन आज भव्य कार्यक्रम थियो- वाग्मतीको पानी बग्ने सुन्दरीजलदेखि काठमाडौँबाट बाहिरिने चोभारसम्म मानव साङ्ग्लो बनाउने। पानी सङ्ग्लो त अहिले भइसकेको छैन तर साङ्ग्लो चैँ बन्यो। प्रहरी र सेना उतारेरै भए पनि, सरकारी कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएरै भए पनि जे होस् एउटा गजबको चेतना चैँ जगाइएकै हो। तर सहरको बीचबाट बग्ने वाग्मती नदीमा सफा पानी बगेको हेर्न त्यति सजिलो भने छैन। अहिले पनि ढल सीधै यसमा जोडिएकै छ। हेरौँ आकाशबाट हेर्दा मानव साङ्ग्लो कस्तो देखियो, केही फोटोहरु।

Bagmati_drone16

यो सुन्दरीजलको पुलमुनिको दृश्य हो। मानव साङ्ग्लोको सुरुवात यहीँबाट भएको हो। यो ठाउँको नेतृत्व मुख्य सचिव लीलामणि पौड्याल आफैले गरेका थिए। एक चोटी उनी उभिएको जमिनमुनि हेर्नुस् त। कति फोहर। भनेपछि वाग्मती यहीँबाट फोहर हुँदो रहेछ। सहर पस्नुअघि नै। यहाँका स्थानीय बासिन्दाहरु वाग्मती सफाइ अभियानमा खासै उत्रिएका थिएनन्। त्यसैले मुख्य सचिव आफैले यहाँको नेतृत्‍व गरेका थिए।

Bagmati_drone21

सुन्दरीजल अलि मुनिको फोटो हो यो। पानी बगेको त छ यहाँ तर सङ्ग्लो छैन। पानी पनि धेरै छैन तपाईँले देखिहाल्नुहुन्छ।

Bagmati_drone20

Bagmati_drone19

Bagmati_drone18

प्रहरी र सेनालाई ट्रक ट्रकबाट ओसारिएको थियो आजको साङ्ग्ले अभियानका लागि।

Bagmati_drone1-001

यो फोटो चाहिँ गोकर्णको ड्याममुनिको हो। यहाँसम्म आइपुग्दा पानी झन् धमिलिएको ५।

Bagmati_drone25

यो पनि मुख्य सचिव भएकै ठाउँ सुन्दरीजलको फोटो हो।

Bagmati_drone24

सुन्दरीजल।

Bagmati_drone22

Bagmati_drone15

Bagmati_drone13

Bagmati_drone12

Bagmati_drone11

Bagmati_drone10

गोकर्णको फोटो। यतिबेला साङ्ग्‍लो बनाउन सकिएर सफाइ चलिरहेको थियो।

Bagmati_drone9

सफाइमा सेना।

Bagmati_drone8

माकलबारी। नदीको छेउछाउमा पहिले फोहर फालिन्थ्यो। अहिले मान्छेले खेती गर्न थालेका छन्। हरियाली भएको छ त्यसैले। हुन चाहिँ सार्वजनिक जग्गा हो यो।

Bagmati_drone7

Bagmati_drone6

जोरपाटीको दृश्य।

Bagmati_drone5

Bagmati_drone4

Bagmati_drone3

Bagmati_drone2

हेर्नुस् भिडियो रिपोर्ट

अर्को भिडियो रिपोर्ट

24 thoughts on “वाग्मतीको पानी सङ्ग्लो कहिले बन्ला, सुन्दरीजलदेखि चोभारसम्म मानव साङ्ग्लो चैँ बन्यो”

  1. HarataraH says:
    April 14, 2015 at 8:38 pm

    “मुख्य कुरा शिक्षा हो, नियम हो ! यो साङ्ग्लोले सफा हुने होर??? स्थानिय-सरकार बीच काम| १०० हप्ते प्रो. भन्दा, १ काम चै गरुन हौँ! के को खर्च हो यो?!! लाज लाग्दैन भन्या? फोटो चै बबाल छ ‘सालोक्य’!

    Reply
  2. Rajendra Shrestha says:
    April 14, 2015 at 7:33 am

    काठमाडौँ मा घर घरको ढल प्रसोधन गर्ने वेस्ट वाटर त्रितमेन्ट प्लान्ट नभए सम्म नदि हरु सफा हुना सक्दैन.

    Reply
  3. सिर्जने says:
    April 13, 2015 at 10:32 pm

    सालोक्यजीको फोटोग्राफी राम्रो छ, यो पालि पनि ड्रोन कै कमाल हो?
    येस्सो तेसबारेमा पनि चर्चा गर्ने कि?

    Reply
  4. सिर्जने says:
    April 13, 2015 at 10:29 pm

    ए बाबै,
    बिरोध मात्रै नगरम न हाउ / सबैले सकेको गर्दै गए त सफा पनि होला नि १-२ बर्षमा /
    समाचार दिनेले पनि अलि सबै कुरा बुझेर दिनु पर्यो नि!
    बागमती, विष्णुमति, हनुमन्ते लगायत नदीका किनारमा दुवैतिर ढलका पाइपहरु हालिदैछन, चोभारमा नया ढल प्रसोधन केन्द्र बनाउने चाजोपाजो मिलेको छ रे भनेको पनि सुनेको छु, त्यो दुवै भयो भने ढलको समस्या त समाधान हुन्छ / फोहोरमैलाको ब्यबस्थापन पनि हुदै जाला, कम्पोस्ट गर्ने, रिसाइकल गर्ने, त्यो पनि नहुनेलाइ बालेर त्यसको इन्धनबाट बिजुली निकाल्ने प्रविधिहरु छन्, नभाका होइनन, गर्दै जादा हुदै जाला, बिरोध मात्रै नगरम, काम गर्दै जाउ न साथीभाई हो ……

    Reply
  5. Pratap says:
    April 13, 2015 at 10:37 am

    यो राम्रो थालनी हो, येदापी फोहर गरेर सफा गर्नु भन्दा चै फोहर नै नगर्नु बेश, रोकथाम गर्नु नै उत्तम सर्बप्रथम, नदि मा मिसिने ढल को निकाश छुटै हुनु पर्छ प्लास्टिक कागज सिसा कपडा लाई पुन प्रयोग र कुहिने बस्तु हरुलाई मलको व्यवस्था गर्नु पर्छ येदि फोहर गरे १ लाख जरिवाना र १ वर्षा जेल हाल्नु पर्छ येसो गरे बागमती मा सफा गरि राख्नु पर्दै न होला….

    Reply
  6. डिल्ली says:
    April 13, 2015 at 7:17 am

    दरिद्र र नीच सोच हाम्रो घर भित्रैबाट शुरू हुन्छ । मल बनाउन सकिने पनि फोहोरकै रुपमा फ्याँकि दिन्छौँ । आफ्नो घर सफा राख्न राति राति फोहर अरुको आँगन आँगनमा राखि दिन्छौँ । कुकुर जस्ता मरेको जनावर त झन एकान्त परेको कान्लामुनीको घरमा जाकि दिन्छौँ । हामीलाई हाम्रो घरमात्र सफा चाहिएको छ अर्काको फोहोर भए पनि पुग्छ ।

    सेफ्टी ट्याङ्क भएको घरले पनि ढल निकासको शुल्क तिर्छ । घर घर श्रमदान र चन्दा उठाएर बनाएकाले पनि खानेपानी र ढल निकास (हाल केयुकेएल अन्तरगत छ क्यारे)ले शुल्क असुल्छ । अहिले घर घरले शुल्क तिर्छ । शुल्क नतिर्ने घरले अरुको आँगनमा फोहोर थुपारी दिन्छन् । तिर्नेले तिर रहेछ नतिर्नेले छिमेकीको आँगन सार्वजनिक ठाउँमा फालिरहेछन् । तर शुल्क उठाएर पनि सरकारले न त ढलको उचित व्यवस्थापन गर्छ न इन्धनमा बदल्न कोशिस गरेको छ । सबैले गर्नै पर्ने सबैलाई चाहिने सार्वजनिक शौचालय भुस्तिग्रेलाई ठेक्कामा लगाएर नागरिकलाई बाटो हगाइरहेको छ सरकार । फोहोर व्यस्थापन गरेर व्यवसाय गर्न इच्छुकहरूलाई पन्साएर राजनीति गरिरहेछन् फोहरी राजनीतिक दलहरू अनि कसरी बन्न सक्छ बाग्मति सफा ?

    मुख्य सचिवज्युले चाल्नु भएको अभियान ठीक हुँदा हुँदै पनि बेठीक लागिरहेको छ । यो आचिमा हात हालेर बाग्मति सफा गर्नु भन्दा ढललाई मलमा बदल्ने नीति पास गरिदिनुस् किनकि राज्यशक्तिको पहुँचमा कमसेकम तपाई जस्ता इमान्दार एक जना भए पनि हुनुहुन्छ । मल कारखाना स्थापना गर्ने पहल गरिदिनुस् । फोहोरलाई इन्धन बनाउने योजनाको थालनी गरिदिनुस् । तपाईले बोलिमात्रै दिँदा पनि जनता जागरुक बन्न सक्छन् मिडिया तपाईले भनेको धेरथोर केही सुन्छन् । बाग्मतिमा बगेको ढल फोहोर हैन ठूलो इन्धन र कृषिकालागि महङ्गो तिरेर आयात गरिएको भन्दा सस्तो सर्वसुलभ मल हो । मलमा दिने अनुदान कटाउनुहोस् । मलकारखाना त्यसैले खोल्न पुग्छ । मल नि:शुल्कमा बाँड्नु होस् । भरपेट खाने मृगतृष्णामा अरबमा गधा जोतिरहेका नेपालीले भरपेट आफ्नै कमाइले खाने छन् । २७ किलोमिटर सुरुङ खनेर मेलम्ची हैन एकपाटो थुनेर राणाले बनाएको जस्तो कैयौँ सुन्दरी जल बन्न सक्छन् । वर्षाको भल रोकेर फाँटहरू सुरक्षित हुन सक्छन् । आकासबाट वर्षेको वर्षाको नि:शुल्क पानी थुन्ने योजना ल्याउनु होस् लेक लडाउँदै बेँसी पखाल्न छोड्छन् । त्यसले पिउने मात्र हैन वाग्मति विष्णुमति इछुमति मात्र पनि हैन धेरैका श्रीमतीहरू पखालिन पनि पुग्छ ।

    Reply
  7. Shankar says:
    April 13, 2015 at 12:43 am

    बागमतिमा पानि बग्नु पर्छ , नाली हैन |
    देशलाई काम गर्ने नेता चाहिएको छ , जाली हैन |

    Reply
  8. BS says:
    April 13, 2015 at 12:06 am

    Unless there is a permanent solution for recycling the waste materials (including toilet feces) by preventing them to drain in the river like Bagmati and Bishnumati, nothing gonna happen. It’s like treating the recurring disease every year admitting to the hospital. Dear Mr. Poudel (chief secretary), please show your leadership to urge the government to invest few billions of rupees for a waste (materials) recycling industry so that the country (Kathmandu valley) can produce electricity, fertilizers, etc. from waste materials. Please make a bigger goal.

    Reply
    1. Ananta says:
      April 13, 2015 at 12:18 am

      But what is the real solution? Any practical solution to manage the wastes no matter how small scale is it. We do not have it yet. still we do not have the aware mass of people for it………..We are still missing the small steps ………….This campaign is the small step that may lead to the solution we are seeking for………..

      Reply
  9. Shankar says:
    April 12, 2015 at 9:59 pm

    सफाइको लागि जन चेतना बढाउने नाउमा येत्रो मानब संसाधन , समय को खति किन ? देशलाई कुरा हैन काम चाहिएको छ |
    जथाभाबी फोहोर फाल्दा कारबाही गर्ने , जरिवाना गर्ने , फोहोर फाल्ने ठाउको ब्यबस्था गर्ने काम लिलामणि र सरकार को हो |
    गर्नुपर्ने काम चैन न गर्ने अब खालि नौटंकी मात्र गर्ने ?

    Reply
  10. madan bajracharya says:
    April 12, 2015 at 8:28 pm

    बागमती सफा हुनु पर्छ र यसो गर्न हामि सबै लाग्नु पर्छ/ तर हामीले यो पनि भुल्नु हुँदैन कि बागमती जत्तिकै महत्व भयको काथ्मंदुको अर्को नदि बिस्नुमतिको हालत बागमतीको भन्दा खराव छ/ उपत्यकाको अधिकास घना बस्ति माझ बात बग्ने र बागमतीको किनारमा भन्दा ईतिहासिक र धार्मिक महत्व भयको बिस्नुमतिको इनारमा बागमतीको किनारमा भन्दा बढी नागरिकहरुको आवास छ/ तर बिस्नुमति नदि सफा गर्नमा कमैको ध्यान गयको देखिन्छ/ काठमान्डू म्युनिस्पल्तिका सफाई कर्मचारीहरु र फोहर फाल्ने ठेक्का लियाकाहरु ले सहरको फोहर सिधै बिस्नुमतिमा फाल्दै आयको छ/२०४८ पछि कांग्रेसको सरकार बन्दा महाराज्गंग देखिको बर्साद्को पानि बिस्नुमतिमा मिलाउने भनेर बिस्नुमति को शोभाभगबती मा ४ फिटको ढल बनायको थियो/ त्यो ढलमा महाराज गंग देखि बर्षादको पानि होइन घरको चर्विको फोहर जोदेकोछ र तेस्ले बिस्नुमतिलाई ढलमती बनायो/ बागमती र बिस्नुमति उपत्यकाको अनुहारको दुई गालाहरु हुन्/ त् बागमती र बिस्नुमति दुवै सफा हुनु पर्छ तव उपत्यकाको अनुहार राम्रो हुन्छ/

    नदीको फोहर मात्रै हताउन्दैमा दिगो काल सम्म नदि सफा रहँदैन/ नदि कसरि किन फोहर भयो तेसैको निदान पहिला गर्नु पर्छ/ माथि चित्रमा देखायको नदि को हालतले स्पस्ट गर्छ कि जथाभावी बालुवा निकाल्नु र नदि किनारको जग्गामा बाटो बनाउन नदीको किनार मिच्नु नै नदीहरु फोहर हुनुको मूल कारणहरु हुन्/ अचेल बागमती र बिस्नुमतिमा बलुवा नै देखिंदैन/ नदीहरुको उद्गम स्थल बात बगेर आउने बालुवाहरु नदीमा ठेग्रिन दिन जव सम्म कुनै राम्रो ब्यबस्था गरिंदैन नदीहरु सफा हुन् सक्दैन/ यसो गर्न कुनै थलो परियोजना पनि चाहिंदैन/ प्रथम कार्य नदि बात बालुवा निकाल्न पुरै रोक्नु पर्छ/ अनि हर्यक पुलहरू मुनि ४/५ फुट अग्लो दयाम बनायो भने माथि बग्दै आयको बालुवाहरु नदीमा जम्मा हुँदै जान्छ/ यति गर्न त् यति लामो मानव संग्लो समेत बनाउनु पर्दैन मात्र टोलको वडा कार्यालय र टोल बसी मिले पनि गर्न सकिन्छ/

    Reply
  11. T Lama says:
    April 12, 2015 at 4:04 pm

    This is just a publicity stunt from the Chief Secretary. I went there myself, but was shocked to see everyone make a human chain instead of doing some cleaning. All the government officials and poor policemen. The chief secretary wants to be the new Kejriwal. All these power hungry monsters playing with the sentiments of valley residents. Cleaning Bagmati is all about proper waste water management. There is no sense when one group is polluting everyday and the other is cleaning once a week.

    Reply
  12. Anuradha poudel says:
    April 12, 2015 at 1:44 pm

    राम्रो कार्य हो चाहे एनजि‌ओ चाहे सरकारका सचिव र मन्त्री । कमसेकम नदीलाई सकेसम्म प्रदुशित नपारौँ । यदि सकिनन् भने फोहर पनि नफालौँ भन्ने सन्देश गएको छ । बरु कति टन फोहर उठ्यो होला त्यो दिन बाग्मति सफाइ गर्दा ? कतै रेकर्ड छ कि उमेश जी ।

    Reply
  13. xyz says:
    April 12, 2015 at 1:15 pm

    If I oppose to this idea, many will regard me as a deviant or simply a negative. But I do not see a slightest hope and confidence in this Clean Bagmati Campaign. I am even more shocked to find some people taking it as a part of Corporate Social Responsibility. I did not see an iota of volunteer-ism other than salaried staff members and students being forced to join the campaign. I once saw the picture of former PM Dr Babu Ram Bhattarai, in the front page of Kantipur Daily, cleaning the river while thousands of onlookers were standing at the Kupandol Bridge watching him cleaning the river. A true leader should be doing other way round, he should be standing on the Bridge while thousands of people should be cleaning the river. This time, like Babu Ram, Mr Lila Mani may be sentimental guy, you may see thousands and thousands coming up to clean the river once a week. But is this the right method, right approach to clean the river? I see more an NGOist approach – making all events festive, to draw media attraction. Even EU Mission Team being fooled by the campaign. It is shocking to see Comrade Prachanda, Makune and Oli ostensibly joining the campaign. If only these political figures come to realize that the population of Kathmadu has been double during every political movements in Nepal – it would have been a great respite for us. When Kathmandu did not moved out, invariably, all people moved in to Kathmandu. Earlier, Nepal was meant for Kathmandu, now Kathmandu is meant for Nepal. So what is the difference these clowns have made in our life?

    Recently, a foreigner complained to me about building retention wall at the banks of the river. The walls will simply help to drain out water more easily, more quickly. What Kathmandu need is a building of series of dams, like at Kupandol section, to retain water in the river. It will also help percolate the water to increase underground water level. To retain water you need to spread the breath of the river. The retention walls will only helps to deepen the river flow. The foreigner warned me of impending danger in kathmandu during heavy monsoon period when water will be gushing out of the valley.

    Reply
  14. Bharat says:
    April 12, 2015 at 12:06 pm

    बिहान जुरुक्क उठ्याे मलमुत्र त्यहि बागमतिमा मिसिने ढलमा बिसर्जन गर्ने । भान्सामा जाने पाउराेटि र चिया खाने अनि फेरि बागमति सफा गर्न जाने भनेर हि‌ड्ने कति रार्माे शुभ कार्य !!!! ए गाेबर मिसिएका दिमाग भएका मुख्य भनाउँदा हाे पहिला ढलकाे व्यवस्थापन गर अनि सफा गर्ने कार्यत्रःम बनाउ । कमसेकम सफा गर्ने नाउमा अनावश्यक खर्च त हुँदेनथ्याे …. ।

    सस्ताे पर्चारबाजिकाे ज्वलन्त उदाहरणा हाे याे ।

    Reply
  15. Durga Adhikari says:
    April 12, 2015 at 8:29 am

    यो सांगलोमा सहवगिता जनाउन पयाकोमा आफुलाई भाग्यमानी ठानेको छु/ त्यहाँ भयको फोहर सफा गर्ने कुरा त् ठिक छ/ तर अब बागमतिमा फोहर फाल्ने काम बन्द गर्न सके धेरै राम्रो हुने थियो/ सायद यो मानब साङ्ग्लोले यहि संदेश बोकेको छ/

    Reply
  16. Suraj Maskey says:
    April 12, 2015 at 4:17 am

    मेरो विचारमा बाग्मतिको १०० सप्ताह सम्मको सफ़ाई अभियानले समाजमा एकदम सकारात्मक प्रभाव परेको छ ।
    काठमान्डो उपत्यका वासीहरु निकै उत्साहित भएको लाग्द छ । यो काम सराहनीय छ ।

    अब बैज्ञानिक र प्राकृतिक हिसावले यो अभियानलाई अगाडी बनाउनु पर्ने आवश्यकता देख्द छु ।
    प्रदुषणका बिन्दु र अबिन्दु श्रोतहरुलाई पहिल्याएर कडाईका साथ नियन्त्रण गर्ने लागु गर्नु पर्ने बेला आएको देख्द छु ।
    उधोग धन्दा, मानव र पशुहरुको फोहरमैला, कृषिको अति मल र किट नाशक औषधिको प्रयोगबाट हुने प्रदुषण र अन्य प्राक्रितिमा बिलिन न हुने सामान नियन्त्रण गर्न अति आवश्यक छ ।

    सफ़ा पानी बहावका लागी बार्है महिना बाग्मतिमा पानीको बहाव नितान्त आवश्यक छ । यसो गर्नेकालागी दीर्घकालीन बैज्ञानिक प्रविधि अपनाउनु पर्दछ ।
    स्वच्छ बाग्मति पुनः अनुभव गर्ने बेला नजिक होला भन्ने आशा छ ।

    नया बर्ष २०७२ मा राम्रो कामको शुभकामना र बधाई ज्ञापन गर्न चाहन्छु ।

    सुरज मास्के
    नेपालगंज

    Reply
  17. drona shrestha says:
    April 12, 2015 at 4:09 am

    सक्नु सके सरकारी सम्पती, बागमती सफाइको नाममा !
    अलिकति अघि सर्या, देखिन्दैन सफाई गर्ने काममा !!

    जता ततै फोहोर नै छ, सुरु देखि अन्त्य सम्म
    जता छोयो उतै हात पुग्छ, मानब बिस्टी जाममा !!

    यस्तो कर्तुत देखाएर, हुन्छ आखिर के नै त्याहा
    कसलाई के देखाका हुन्, मानब साङ्ग्लो लाममा !!

    सफाइको नाम गरी, पाचको सामान पचास बनाइ
    भित्र भित्रै भरे होलान, कती रुपैया खाममा !!

    दिउसै रात पार्ने अनि, हिड्दा हिड्दै बलात्कार
    जाली फटाहा मात्र बस्ने, सुन्छु काठमाण्डौ ठाममा !!

    Reply
  18. Rajendra Singh says:
    April 12, 2015 at 4:03 am

    काठमाडौँ महानगर पालिकाले नदीको दुवै तिर सात फीट को ढल बनाउनु पर्छ

    Reply
  19. JB Gurung says:
    April 12, 2015 at 12:54 am

    मेलाम्ची त commission को खेल मा बगेर गयो l Chinese कम्पनी ले आफ्नो भाग लिएर गयो, अब इटालियन कम्पनी ले आफ्नो भाग बटुल्दै छ l उसको भाग पुरा भए पछि उ पनि जान्छ l कुन कुन नेता, पार्टी, र हाकिम हरु धनि भए र हुदै छन्, तर नेपाली जनता चाही काकाकुल हुदै ऋणको भरि माथि थप भरि बोक्दै छन् l

    Reply
  20. Nirab Nirakar says:
    April 11, 2015 at 3:00 pm

    Amazing views of Bagmati, and I guess drone was used to shoot the docu, which is a very new concept and experimentation in online news. Good job umesh g and hope to see more vids, and photos.

    Reply
  21. kancha says:
    April 11, 2015 at 7:22 pm

    सरकारी पैसा र समयको कत्रो ठुलो दुरुपयोग .१०० हफ्ताको काम अब १०० दिन पछि बागमती पहिलेको जस्तै फोहर हुनेछ .जबसम्म स्थानीय र उद्योगीहरुको घैटोमा घाम लाग्दैन , एसको अर्को उपाय छैन

    Reply
  22. Shankar says:
    April 11, 2015 at 6:12 pm

    बागमती मा मेलाम्ची मिसाउने कुरो चै कहाँ पुग्यो अहिले | तेसो भएमा , र् सुन्दरिजाल देखी चोभार सम्म सफा पानी बगेको दिन कती खुशीको दिन हुन्थ्यो |छोरा ,नाती को पाला सम्म होलाकी ?

    Reply
    1. bibek dhakal says:
      April 11, 2015 at 8:06 pm

      छोरा को उमेर कति पुग्यो तेस्मा भर पर्ला :p

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme