Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

ग्रहण : नेपाल फोटो प्रतियोगितामा दोस्रो भएको फोटो स्टोरी

Posted on September 2, 2016September 2, 2016 by mysansar

नेपाल फोटो प्रतियोगिताका उत्कृष्ट फोटोहरुको प्रदर्शनी अहिले काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भइरहेको छ। उत्कृष्ट फोटोहरु देखाउने क्रममा तपाईँलाई आज फोटो स्टोरीतर्फ दोस्रो भएको फोटोहरु लिएर आएको छु। सागर क्षेत्रीले मधेस आन्दोलनको पृष्ठभूमिमा क्यानन सिक्स डीले खिचेका यी फोटोहरुको शीर्षक दिएका छन्- ग्रहण। सानैदेखि मैले नेपाल दुई ढुंगाबीचको तरुल हो भन्ने उखान सुन्दै आएको थिएँ।… Continue reading

हेर्नुस् नवीन बरालले खिचेको भूतमेलाको फोटोस्टोरी जुन पिजे क्लबको फोटो प्रतियोगितामा प्रथम भयो

Posted on September 1, 2016September 2, 2016 by mysansar

पिजे क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिताका उत्कृष्ट फोटोहरुको प्रदर्शनी आजदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा सुरु भएको छ। एक हप्तासम्म नेपालका उत्कृष्ट फोटोहरु हेर्ने अवसर नछुटाउनु होला। यहाँ अहिले फोटो स्टोरी विधामा प्रथम भएको नवीन बरालको फोटो स्टोरी ‘अन्धविश्वासको पीडित’ हेर्नुस्। नेपालमा अझै पनि धेरै मानिसहरु अन्धविश्वासमा छन् र दैवी शक्तिमा विश्वास गर्छन्। शताब्दिऔँ पुराना… Continue reading

भूकम्पपीडित भक्तपुरमा दोस्रो गाईजात्रा

Posted on August 20, 2016August 20, 2016 by Salokya

उपत्यकाका तीन शहरमध्ये सबैभन्दा बढी भूकम्पले असर पारेको शहर हो भक्तपुर। यहाँ ढलेका घरहरु अझै उठिसकेका छैनन्। तर मृतआत्मालाई स्वर्गको ढोका खोल्न मनाइने गाईजात्रा दोस्रो पटक मनाइँदैछ। अघिल्लो वर्ष गाईजात्रा मनाउँदा मान्छे अझै सम्हालिसकेका थिएनन्। परकम्पहरु अझै गइरहेका नै हुन्थे। जसोतसो त्यो परम्परा धानियो। यस पटक घरहरु नउठिसकेको भए पनि पर्वमा मानिस रमाए। घिन्ताङ घिसी… Continue reading

अन्तिम साउने सोमबार : हेर्नुस् केदारनाथको शिर डोलेश्वर मन्दिर कस्तो छ, कस्तो बन्दैछ?

Posted on August 15, 2016August 15, 2016 by Salokya

आज साउन महिनाको अन्तिम सोमबार। हिन्दूहरुको पवित्र महिना हो सोमबार। देशभरका शिव मन्दिरहरुमा साउनको सोमबार दर्शनार्थीहरुको घुइँचो लाग्छ। आज तपाईँलाई साउनको अन्तिम सोमबारको दिन डोलेश्वर मन्दिरको साइबर यात्रा गराउँछु नि त। भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनामा रहेको सिपाडोल गाउँमा रहेको छ डोलेश्वर महादेव मन्दिर। पहिला यसको खासै प्रचार नभए पनि पछि भारतबाटै आएका केदारनाथ मन्दिरका पूजारीले… Continue reading

तीज फेसन सो

Posted on August 14, 2016 by mysansar

तीज भन्ने पर्व जमानामा मनाउँदा यसको नाममा फेसन सो पनि होला भन्ने कल्पना पनि गरिएको थिएन होला। तर नयाँ जमाना अनुसार चल्नै पर्‍यो। तीज सुरु हुँदा तीज महिना दिनसम्म मनाइन्छ भन्ने पनि सोचिएको थिएन होला। तर तीज महोत्सव भन्दै विभिन्न कार्यक्रम हुँदै आइरहेकै छ। साउन २७ देखि २९ गतेसम्म त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा भइरहेको तीज… Continue reading

पहिलो पटक महिला राष्ट्रप्रमुखको उपस्थितिमा भोटोजात्रा, प्रम ओली दोस्रो पटक

Posted on July 30, 2016 by Salokya

भोटोजात्राको लामो इतिहासमा पहिलो पटक महिला राष्ट्रप्रमुखको उपस्थितिमा यो समारोह सम्पन्न भएको छ। बुङमतीस्थित रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएपछि साइत हेरेर भोटो देखाउने गरिन्छ। भोटो देखाउने क्रममा पहिले राष्ट्रप्रमुखका रुपमा राजा उपस्थित हुने गर्थे। २०६२/६३ को आन्दोलनपछि राजतन्त्रलाई निलम्बनमा राखिएको बेला गिरिजाप्रसाद कोइराला, त्यसपछि राष्ट्रपति रामवरण यादव जात्रामा सहभागी भएका थिए। यस पटक राष्ट्रपति विद्या… Continue reading

पोहोर भूकम्प, अहिले बाढी : कति दुःख दिएको सिन्धुपाल्चोकलाई ! पीडितहरु खोज्दैछन् कहाँ छ राज्य?

Posted on July 9, 2016July 9, 2016 by Salokya

पोहोर सिन्धुपाल्चोकलाई भूकम्पले सतायो। घरहरु अझै भत्किएकै अवस्थामा छ। यसपालि फेरि बाढीले सताएको छ उही सिन्धुपाल्चोकलाई। गएको २१ गते चीनमा भूकम्पका कारण पहिरो गएर भोटेकोशी नदी थुनिएको थियो करिब १५ मिनेट जति। चीनले त्यसबारे कुनै सूचना नेपाललाई दिएन। बिना सूचना एक्कासी त्यो खुलेपछि नदीमा ठूलो बाढी आयो र नेपालतर्फ धेरै क्षति गर्‍यो। अहिलेसम्म लिपिंगमा २१… Continue reading

फोटो पठाएर एक लाख जित्ने हैन त?

Posted on June 30, 2016July 2, 2016 by Salokya

फोटो पत्रकारहरुको संस्था पिजे क्लबले नेपालकै सबैभन्दा बढी पुरस्कार राशी भएको फोटो प्रतियोगिता नेपाल फोटो प्रतियोगिता २०७३ का लागि फोटो दर्ता खुला गरिएको बताएको छ। फोटो पठाउने अन्तिम समय असार ३१ गते (जुलाई १५) राति १२ बजेसम्म हो। यसअघि चार पटक संस्थाले यस्तो प्रतियोगिता आयोजना गरिसकेको छ। यो नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फोटो प्रतियोगिता हो,… Continue reading

रुन्चे अनुहारको फोटोले जित्यो बेस्ट वेडिङ फोटो अवार्ड

Posted on June 13, 2016June 13, 2016 by Salokya

बिहे भन्ने बित्तिकै तपाईँ के सम्झनुहुन्छ? एउटा भव्य समारोह। दुलहा, दुलही अनि पार्टी। परम्परागत चलन। छोरी अन्माउने, बुहारी भित्र्याउने। काठमाडौँ फोटोग्राफर संघले विवाहमा खिचिएका फोटोहरुको कम्पिटिसन भर्खरै गरेको छ। ६ सयभन्दा बढी फोटोबाट छानियो सर्वोत्कृष्ट फोटो। सर्वोत्कृष्टमा पर्‌यो दुलही रुँदै गरेको फोटो। अरु कस्ता कस्ता फोटोले अवार्ड जित्यो त? हेर्नुस् टप टेन फोटो।

बाबुरामले देखाए शक्ति, घोषणा गरे नयाँ शक्ति, सभाका २० फोटो

Posted on June 13, 2016June 13, 2016 by Salokya

नयाँ शक्ति कतिको हुन्छ हुन्न पछि देखिने भए पनि बाबुराम भट्टराईले शक्ति भने आइतबार देखाएकै हुन्। काठमाडौँ पोस्ट, रिपब्लिका, गोरखापत्र, राइजिङ नेपाललाई छाडेर काठमाडौँ निस्कने सबै ब्रोडसिट दैनिकमा ज्याकेट एड छापियो नयाँ शक्तिको। ज्याकेट एड छाप्न महँगो परे पनि भ्याट मात्र तिरेर अरु रकम मिडिया मालिकहरुले छुट दिएको सुनिएको छ। आखिर बाबुराम प्रम हुँदा गरेको… Continue reading

भूपिको पिडामा सहरवासीको रमिता, यस्तो रह्यो सेनाको शानदार शो

Posted on May 15, 2016 by Salokya

भूकम्पले घर भत्किएको, आफन्त खोसेको एक वर्ष नाघ्यो। वर्षायाम नजिकिन लागिसक्यो, ओत लाग्ने चिन्ताले सताइसक्यो। सरकारी सहयोगको आश आकाशको फल आँखा तरी मर जस्तो भइसक्यो। भत्किएका घरका भग्नावशेष हेरेर दिक्क मानिरहेका भूपि (भूकम्पपीडित)हरु आफूहरुको नाममा सेनाको स‍ंलग्नतामा शानदार शो गरी नाच्ने गाउने उफ्रने गरिरहेको थाहा पाउँदा के सोच्दा हुन्! शायद् यो चिन्ताको विषय हैन, किनभने… Continue reading

कन्सर्टदेखि कोङमिङ अनि दीप प्रज्ज्वलन : यसरी मनाइयो भूकम्प उत्सव

Posted on April 25, 2016April 25, 2016 by Salokya

२०७३ को वैशाख १२ लाई उत्सवैका रुपमा मनाइयो। टुँडिखेलमा कन्सर्ट थियो आज साँझ। त्यहीँबाट कोङमिङ अर्थात् आगोसहित उड्ने Sky lantern उडाइयो काठमाडौँमा पहिलो पटक। यता वसन्तपुर, माइतीघर लगायत ठाउँठाउँमा दीप प्रज्ज्वलन थियो। वसन्तपुरमा धरहरा र काष्ठमण्डप आकारको दीप प्रज्ज्वलन गरियो। मखनमा भूकम्पका भिडियो प्रोजेक्टर राखी देखाइएका थिए। काष्ठमण्डपको भग्नावशेषमा, भत्किएका मन्दिरहरुमा दियो बलेको थियो। हेर्नुस्… Continue reading

यी फोटोले तपाईँलाई केही समयका लागि भए पनि सब दुःख बिर्सेर दङ्ग बनाउँछ

Posted on April 19, 2016 by Salokya

नेपालीहरु खुसी हुने धेरै विषय छैन। तमाम दुःख र कष्टका बावजुद नेपाली खुसी हुनुपरेको छ। सोमबार नेपालीहरुलाई खुसी हुने मौका दिए क्रिकेट खेलाडीहरुले। नामिबियासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको दोस्रो खेलमा विजयी भएपछि नेपालीहरु मख्ख परे। हो, दुई वटा खेल जित्दैमा नेपालले विश्वकप खेल्न पाउने हुँदैन। बाँकी चार चरणका आठ खेलहरुमा पनि उत्कृष्ट प्रदर्शन… Continue reading

अस्मी मिस नेपाल हुनुअघिका ३१ फोटो

Posted on April 10, 2016 by Salokya

शुक्रबार भएको मिस नेपाल २०१६ प्रतियोगितामा चितवन घर भएकी अस्मी श्रेष्ठले मिस नेपालको ताज पहिरिन्। आउँदो एक वर्षसम्म अब उनले नेपाल सुन्दरीका रुपमा आयोजकहरुको शर्तमा रही विभिन्न काम गर्नुपर्नेछ। उनले मिस वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्। एक वर्षसम्म उनले बिहे गर्न पाउने छैनन्। मिस नेपाल हुनुअघि उनको लाइफ कस्तो थियो त? उनी केही विज्ञापन… Continue reading

माघीमा मगर र थारुको उत्सव : हेर्नुस् टुँडिखेल र खुलामञ्चका फोटो

Posted on January 15, 2016 by Salokya

माघ १ गते मकर संक्रान्तिको दिन थारु र मगरले राजधानीका तीन ठाउँमा अलग अलग कार्यक्रम गरेर मनाए। थारुहरुले दुई ठाउँमा कार्यक्रम गरेका थिए- दशरथ रंगशाला र खुलामञ्च। रंगशालाको कार्यक्रममा प्रधानमन्त्री केपी ओली उपस्थित थिए भने खुलामञ्चमा बाबुराम भट्टराईलाई प्रमुख अतिथि बनाइएको थियो। टुँडिखेलमा भने मगर समुदायले मकर संक्रान्ति मनाए। हेर्नुस् केही फोटो

तमु ल्होछारमा इस्वी संवतको नयाँ वर्षको पो शुभकामना

Posted on December 30, 2015December 31, 2015 by Salokya

पुस १५ गते तमु अर्थात् गुरुङहरुको नयाँ वर्ष। तमु ल्होछार। यो उनीहरुको नयाँ वर्ष हो। धुमधामका साथ मनाइन्छ। काठमाडौँमा भने २०६२/६३ को आन्दोलनपछि टुँडिखेलमा भव्य रुपले यो पर्व मनाउन थालिएको हो। अरु दिन जेजस्तो पहिरन लगाए पनि यो एक दिन भने उमेर ढल्केकाहरु मात्र होइन, भर्खरका युवायुवती पनि परम्परागत र आफ्नो मौलिक पहिरनमा सजिएका हुन्छन्।… Continue reading

उधौलीको उमङ्गले धपक्क बलेका १५ अनुहार

Posted on December 26, 2015December 26, 2015 by mysansar

किरात समुदायले उधौली १५ दिनसम्म मनाउँछन्। शनिबार उधौली मनाउन राजधानीको टुँडिखेलमा परम्परागत पहिरनमा यो समुदायका युवायुवती भेला भएका थिए। रोजित खड्काले खिचेका उधौलीको उमङ्गले धपक्क बलेका १५ किशोरी, युवती र वृद्धका अनुहार हेरौँ-

छठमा यस्तो देखियो रानीपोखरी

Posted on November 17, 2015November 18, 2015 by Salokya

पहिले तराईमा मात्र मनाइने छठ पर्व अहिले काठमाडौँमा पनि भव्य रुपमा मनाइन्छ। आज रानीपोखरीमा छठ मनाउने क्रममा यसरी सजाइएको थियो रानीपोखरी। रानीपोखरी छठका लागि खुला गर्न थालिएको २०६२/६३ को आन्दोलनपछि हो। हरेक वर्ष यहाँ राष्ट्रपति पनि आउने गर्नुहुन्थ्यो। यसपटक राष्ट्रपति परिवर्तन भएसँगै नयाँ राष्ट्रपति रानीपोखरीमा देखिनु भएन। नयाँ राष्ट्रपति कमलपोखरी र गुह्येश्वरीमा आयोजना गरिएको छठ… Continue reading

नेपाल संवत्‌ ११३६ को शुभकामना !

Posted on November 12, 2015 by Salokya

नेपाल स‍ंवत्‌को नयाँ वर्ष ११३६ को अवसरमा सँधै झैँ यस वर्ष पनि वसन्तपुरबाट सांस्कृतिक र्‍यालीको आयोजना गरियो। भूकम्पका कारण वसन्तपुरको धेरै भागमा डोरी टाँगेर पैदल यात्रु निषेधित गरिएको छ। र्‍याली निकाल्नका लागि यो दायरा अलि फराकिलो पारिएको थियो। सँधै नव आदर्श स्कूलको अगाडि पट्टी हुने र्‍यालीपछिको सभा भने यसपालि दमकलको कार्यालयअगाडि मञ्च बनाएर गरियो। सँधै… Continue reading

डेभिड दाइको नेपाल यात्रा

Posted on November 7, 2015November 7, 2015 by Salokya

स्टार फुटबल खेलाडी डेभिड बेकह्याम नेपालमा फुटबल खेल्न आउने भन्ने समाचार केही अघि आउँदा सोचेको थिएँ हाम्रा प्रधानमन्त्री र नेताहरुले अस्ति नै खेलेको च्यारिटी म्याच जस्तो रंगशालामा कुनै गेम खेल्ने होला। आज डेभिड दाइ नेपाल आउँदा पो थाहा पाइयो, त्यस्तो होइन भक्तपुरको न्यातपोल मन्दिर अगाडि जिन्स प्यान्ट लगाएर फुटबल खेलेको जस्तो पो गर्ने रहेछन्। सात… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme