वैशाख १२ को विनाशकारी भूकम्प गएको पनि हेर्दाहेर्दै एक महिना पुगिसक्यो। आज जेठ १२ गते। एक महिनाअघि ११ बजेर ५६ मिनेटमा आएको त्यो शक्तिशाली भूकम्पले गाउँका अधिकांश घरहरु ध्वस्त भएका छन्। भूकम्पको कति दिनसम्म त सरकार आफैलाई सम्हालिन समय लाग्यो। जताततै पालै पालको कुरामात्र सुनियो। बिस्तारै समयसँगै जनता सम्हालिए। नेपालीहरु आपतविपतमा परेका नेपालीहरुलाई सहयोग गर्न तम्सिए। सहरका युवा गाउँ गाउँ पसेर अस्थायी घर बनाउन स्वस्फूर्त लागेका छन्। ‘हामी भत्किएका हौँ, सकिएका हैनौँ’, ‘देशलाई हाम्रो आवश्यकता छ’ जस्ता नाराहरुले अरुलाई उत्प्रेरित गर्दै उनीहरु स्वयंसेवामा लागेका छन्। हेर्नुस् केही फोटोहरु
यी फोटोहरु द कन्ट्री निड अस पेजमा राखिएका हुन्। यस्ता कयौँ समूह औपचारिक/अनौपचारिक रुपमा खुलेका छन् र पीडितकहाँ पुगिरहेका छन्। नेपाललाई आवश्यकता पर्दा जुट्ने यो लगायत सबै समूहका नेपालीलाई सलाम!
युबा यसरि लाग्नु सकारात्मक कुरो हो ! बिस्तारै चेन्ज हुदै छ ! भात खाएर भुडी मुसार्दै दांत कोट्ट्याउदै मेरो छोरो अमेरिका छ, नेपाल को फलानो कमाइ हुने जागिर मा छ ! फलानो को छोरो खत्तम रक्सि को डिलर लिएर बाउबाजेको नाक काट्यो, फलानो को छोरो डिग्री गरेर गाइ पालेर बसेको छ अज्ञानी मुर्ख रैछ भनि कुरा काटेर मुत को न्यानो मा रमाउने बनारसी पण्डा जमात नसकिदा सम्म खासै केहि होला भन्ने लाग्दैन ! हाम्रा अहिले का नेता त्येही बनारसी पण्डा कै कोटा मा पर्ने भएको ले खासै फरक पर्ला जस्तो चाही लाग्दैन !
great job!!!!!!!! keep it up.
यस्तो गर्मिमा कहिल्यै श्रम नगरेका हातहरुले ईटा माटो उठाउन जानु ठुलो कुरा हो फोटो खिचेर पोष्ट गर्नेलाई गाली होइन प्रशंसा गरौ । प्रविधिको उपभोग र भुकम्प पिडितको उद्दार दुवै कुरा सँगसँगै ।
Thanks Naniharu, Our country hopes on you!!!!!
फोटो सेसन मात्र गरेको हो कि ? ठोस काम पनि , त्यो चै परिणाम ले देखाउछ | अहिले लाइ जाँगर देखाएको मा युवा ,युवती लाइ धन्यबाद |