१२ गतेको विनाशकारी भूकम्प आएको पनि १३ दिन भएछ। हाम्रो परम्परा अनुसार मृत्युको १३ औँ दिनमा काजकिरियाको संस्कार सकिन्छ। बिहीबार १३ औँ दिन विभिन्न श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम आयोजना गरिए। बिहान सबेरै सेतो लुगा र हातमा फूल बोकेका मानिसहरुले काठमाडौँ परिक्रमा गरी काष्ठमण्डपमा श्रद्धाञ्जलि अर्पण गरे। काष्ठमण्डपमात्रै काठमाडौँको नाम रहेको मानिन्छ। यो धरोहर पूरै भत्किएको छ। भूकम्प आउँदा त्यहाँ रक्तदान शिविर चलिरहेको थियो। भाग्न नभ्याउनेहरुले त्यहीँ ज्यान गुमाए। हेरौँ अंगद ढकालले खिचेका केही फोटो
१३ औँ दिनको पुण्य तिथीमा समस्त दिबंगत आत्माहरु लगायत सम्पूर्ण भत्किएका मठ-मन्दिर, पाटि-पौवा, देवालय, अनि मान्छेहरुले पसिना सिंचेर बनाएका घरहरुमा मेरो भावपुर्ण श्रद्धाञ्जली
RIP ……………………………..
हार्दिक श्रदान्जली!