Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

हेर्दै हाँसो लाग्ने कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका सहभागी फोटो

Posted on March 29, 2017 by Salokya

बर्न फ्री फाउन्डेसन नामको एउटा संस्थाले वर्षेनी एउटा फरक खालको फोटो प्रतियोगिता आयोजना गर्छ जसको नाम हो कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डस। यसमा हेर्दै हाँसो उठ्ने खालका फोटोहरु सहभागी हुन्छन्। यो वर्षको प्रतियोगितामा सहभागी फोटो पनि निकै रमाइला छन्। हेरौँ केही फोटो।

३० देशका सैनिकले काठमाडौँमा गर्दैछन् अभ्यास

Posted on March 21, 2017March 21, 2017 by mysansar

नेपाल र अमेरिकी सेनाको सहआयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा शान्ति प्रयास III अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार उद्घाटन गरे। अभ्यासमा ३० देशका १०२४ जना सैनिक सहभागी छन्। कार्यक्रमका क्रममा ब्यान्ड डिस्प्ले, खुकुरी ड्रिल, सांस्कृतिक कार्यक्रम लगायत अनआर्म कम्ब्याटको समेत प्रस्तुति गरिएको थियो। हेरौँ अमेरिकी सेनाले सार्वजनिक गरेका केही फोटो।

कीर्तिपुरमा क्रेजी फ्यानका ३७ फोटो

Posted on March 14, 2017March 14, 2017 by Salokya

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालमा हुने अन्तिम खेलमा सोमबार कीर्तिपुर मैदानमा उपस्थित भएर फ्यानहरुको फोटो खिच्न रमाइलो भयो। हेर्नुस् क्रिकेट क्रेजी फ्यानका केही फोटो। २ सय रुपैयाँको टिकट काटेर मात्र हैन, पर्खाल बाहिर र रुखमा चढेरसमेत क्रिकेटको मजा लिनेहरु थिए।

कीर्तिपुर मैदानको सुरक्षाको जिम्मा जसले लिएका थिए

Posted on March 14, 2017 by Salokya

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरमा केन्या र नेपालको खेल हुँदा घरेलु दर्शक ठूलो संख्यामा उपस्थित थिए। त्यसैले सुरक्षा चासोको विषय हुने नै भयो। मैदानभर पुरुष र महिला दुवै सुरक्षाकर्मी खेल अवधिभर खटिएका थिए। दर्शकहरु खेलमा रमाएर चिच्याइरहँदा उनीहरु भने शान्त बसिरहेका हुन्थे। दर्शक संयमित भएका कारण नेपाल हार्दा र जित्दा कुनै उपद्रो गरेनन्। त्यसैले… Continue reading

कीर्तिपुर मैदानमा दर्शकले बोकेका गजबका १४ प्लेकार्ड

Posted on March 14, 2017March 14, 2017 by Salokya

केन्याविरुद्धको पहिलो खेल शनिबार थियो। त्यो दिन प्यारापिट पूरै भरिएको थियो। सोमबारको खेलमा पनि दर्शकको कमि भएन। दुई सय रुपैयाँको टिकट काट्नेहरु मात्र हैन, पर्खाल बाहिर र रुखमा समेत टिकट नकाट्ने दर्शकहरुले पनि खेलको मजा लिए, खेलाडीलाई हौस्याए। जब जब नेपालले विकेट लिन्थ्यो वा चौका वा छक्का प्रहार गर्थ्यो तब मैदान फ्यानका लयवद्ध आवाजले गुन्जिन्थ्यो।… Continue reading

नेपालले केन्यालाई सात विकेटले हराउँदाको ४१ एक्सन फोटोमा हेर्दाको मजा

Posted on March 13, 2017March 14, 2017 by Salokya

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले घरेलु मैदानमा खेलेको तेस्रो खेल थियो शनिबार केन्याविरुद्ध। वर्षाले प्रभावित खेलमा नेपालले पाँच विकेटको नमीठो पराजय भोग्यो। तर सोमबार भने सात विकेटको विजय हात पार्‍यो। नेपाल शीर्ष ४ मा पर्दै वर्ल्ड कप क्वालिफायर्समा पुग्ने सम्भावना अब गणितीय मात्रै छ। अर्थात् युएई र हङकङसितका बाँकी सबै खेल जितेर मात्र पुग्दैन, आफू… Continue reading

कालिञ्चोकमा फागुन सकिन लाग्दा हिमपात, २४ फोटोमा हेर्नुस् जताततै हिउँ

Posted on March 13, 2017March 13, 2017 by mysansar

-शुभक महतो- दोलखा जिल्लाको कालिञ्चोक लगायतको क्षेत्रमा गएको तीन दिनदेखि लगातार हिमपात हुँदा घुम्न आउने पर्यटकको संंख्यामा वृद्धि भएको छ। गएको शुक्रबारदेखि त्यस क्षेत्रमा लगातार हिमपात जारी रहेको छ। त्यस क्षेत्रमा राजधानी काठमाडौं लगायत देशको विभिन्न स्थानबाट हिउँ खेल्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो। कालिञ्चोकमा भारी हिमपात भएपछि शुक्रबारदेखि नै त्यसतर्फ जान सक्ने अवस्था… Continue reading

दर्शकले जितेको खेल : हेर्नुस् क्रेजी दर्शकका ४२ फोटो

Posted on March 12, 2017March 12, 2017 by Salokya

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल नेपालले पाँच विकेटले हार्‍यो। तर दर्शकले भने खेल जिते। शनिबार कीर्तिपुर मैदानमा निकै चीसो हावा चलेको थियो। फागुन भए पनि पुस माघ सम्झाइदिने जाडो थियो। तर पटक पटकको झरीले पनि दर्शकलाई विचलित बनाएन। छाता हुनेहरु छाता ओढेरै र छाता नहुनेहरु रुझेर पनि टिम नेपाललाई हौस्याइरहे। टिकट काटेर भित्र… Continue reading

कञ्चनपुरमा सहिद भएका गोविन्द गौतमलाई कीर्तिपुर मैदानबाट श्रद्धाञ्जलि

Posted on March 11, 2017 by Salokya

कञ्चनपुरको नेपाल-भारत सीमामा फागुन २६ गते भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी ज्यान गुमाएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ। उनको राष्ट्रिय सम्मानका साथ भोलि आइतबार अन्तिम संस्कार गरिँदैछ। गोविन्दलाई आज कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र केन्याबीच भइरहेको खेलमा दर्शकले श्रद्धाञ्जलि दिए। उनीहरुले गोविन्दलाई श्रद्धाञ्जलि दिइएको ब्यानरका साथ ब्याक अफ इन्डिया नारा लेखेको ब्यानर पनि… Continue reading

अवार्ड जित्न सफल फोटोहरु जुन देखेपछि तपाईँले पनि भन्नुहुनेछ ‘अहो !’

Posted on February 17, 2017February 18, 2017 by Salokya

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। यो अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले जित्न सकेको छैन। भर्खरै घोषणा गरिएको अवार्ड अन्तर्गत विभिन्न विधाका सिङ्गल्सतर्फका विजयी फोटोहरु माइसंसारमा राखिसकिएको छ। आज भने स्टोरिजतर्फको पालो। यसमा विभिन्न विधातर्फ स्टोरिज र सिङ्गल्स गरी दुई किसिम छुट्याइएको हुन्छ। 

वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट फोटोहरु

Posted on February 15, 2017 by Salokya

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। यो अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले जित्न सकेको छैन। गत वर्ष भूकम्प आउँदा नेपालीको कुनै फोटोले यो अवार्ड जित्ने आशा गरिएको थियो। भूकम्पको फोटोले अवार्ड जित्यो पनि तर नेपालीले हैन विदेशीले। यो वर्षको अवार्ड सोमबार घोषणा गरिएको छ। हेरौँ विभिन्न विधामा पुरस्कार जित्न सफल… Continue reading

घ्याम्पे डाँडाबाट देखिएको काठमाडौँ उपत्यका र हिमाल

Posted on January 31, 2017 by Salokya

शुक्रबार बिहानदेखि पानी परिरह्यो। यो क्रम राति अबेरसम्म जारी रह्यो। अनि शनिबार बिहानैदेखि नखुलेको आकाश खुलेर आयो। भक्तपुरको गुन्डुमा रहेको घ्याम्पे डाँडा। कहाँ रहेछ भनेर कन्फ्युज भएछ भने यहाँ क्लिक गरी गुगल म्यापमा हेर्न सक्नुहुन्छ। त्यहीँ तपाईँले पत्रपत्रिकामा खुब सुनेको पाइलट बाबाको आश्रम र ध्यान केन्द्र पनि छ। अहिले घ्याम्पे डाँडा पिकनिक स्पट पनि भएको… Continue reading

स्पेनको राजधानी मेड्रिड जहाँ कारको बाटो भत्काएर पैदल र साइकलयात्रीको लागि लेन बनाइएको छ, हेर्नुस् ३५ फोटो

Posted on January 27, 2017 by उत्तम बाबु श्रेष्ठ

गएको हप्ता स्पेनको राजधानी मेड्रिड शहरमा झोले पर्यटक (नेपालमा अहिले चलेको परिभाषा अनुसार एयरबीएनबीमार्फत् होम स्टेमा बस्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने र स्थानीय खाने) को रुपमा पुगेको थिएँ। लन्डन र पेरिसपछिको युरोपियन युनियनको ठूलो शहर मेड्रिड कला संस्कृतिको केन्द्र पनि रहेछ। विशेष गरी यहाँका कतिपय घर, दरवार र चर्चहरु सोह्रौं शताब्दीमा निर्माण भएका। तर अहिले… Continue reading

स्वस्थानी व्रत : १९ फोटो, १९ रोचक तथ्य

Posted on January 12, 2017January 12, 2017 by Salokya

स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। यो व्रतबारे केही रोचक तथ्य यस्ता छन्- तथ्य १ : यो हिन्दू नेपाली समाजको मौलिक व्रत हो। भारतीय हिन्दूहरूमा स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने प्रचलन छैन। यो व्रत पहिलेपहिले नेवार समाजमा मात्र लिइने चलन थियो।

वनस्पतिले रङ फेर्दाका २२ फोटो, जुन हेरेपछि तपाईँलाई लाग्नेछ प्रकृतिको सौन्दर्य साँच्चै गजबको

Posted on November 5, 2016November 5, 2016 by उत्तम बाबु श्रेष्ठ

यतिखेर उत्तर अमेरिका लगायतका उत्तरी गोलार्द्धका धेरैजसो भूभागमा पाइने अधिकांश वनस्पतिहरुले आफ्नो मौलिक रङ हरियोलाई फेरेर रातो, सुन्तले, खैरो, पहेंलो आदि रंगिचङ्गी बनाएका छन्। माइसंसारका पुराना पाठकहरुलाइ हेक्का हुनपर्दछ, मैले विगत केही वर्षदेखि नै शरद् ऋतुमा वनस्पतिहरुले रङ फेरेको फोटोहरु राख्दै आइरहेको छु। यसपालि पनि अमेरिकाको बोष्टन वरपर खिचिएका २२ फोटोहरु।

फ्रान्सको झण्डामा रङ्गिन सक्ने तर तिहारमा झिलिमिली हुन नसक्ने घण्टाघर

Posted on October 31, 2016October 31, 2016 by Salokya

वैशाख १२ को भूकम्पले धरहरा लग्यो। घण्टाघर बाँकी रह्यो। यो घण्टाघरमा गएको वर्ष नोभेम्बरमा फ्रान्सको झण्डाको रङ्गले रङ्ग्याइयो। पेरिसमा भएको आतंकवादी आक्रमणको विरोधमा ऐक्यवद्धता देखाउन त्यसो गरिएको थियो, राम्रै काम थियो। अचम्म त आज लक्ष्मीपूजाको दिन घण्टाघर हेर्दा लाग्यो। सात समुद्रपारको देशलाई ऐक्यवद्धता जनाउन झिलिमिली पार्न सक्ने घण्टाघर आफ्नै देशको चाडमा भने वरपरका बत्तीले उज्यालिएको… Continue reading

देउताको मुखबाट जाँडको प्रसाद, खानलाई युवतीहरुको हानथाप

Posted on September 18, 2016September 18, 2016 by Salokya

शनिबार हनुमानढोका दरबार क्षेत्रमा सयौँ महिला आफूहरुमात्र रमाउन पाउने एउटा भर्खरै सुरु गरिएको चलनको प्रतीक्षामा थिए। साताव्यापी इन्द्रजात्रा पर्वको अवसरमा मात्र खोलिने हाथु द्यः (श्वेत भैरव) को विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट थ्व‍ं (राइस बियर) बगाउने गरिन्छ। त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै दिन त्यो चलनमा पुरुषमात्रै रमाउँथे। तर… Continue reading

नेपाल नआएको एक वर्ष भइसकेको छ भने यो ठाउँ कहाँ हो तपाईँलाई थाहा नहुन सक्छ

Posted on September 11, 2016 by Salokya

नेपाल नआउनुभएको एक वर्ष भइसकेको छ भने तपाईँलाई यो कुन ठाउँ हो थाहा नहुन सक्छ। नेपालबारे समाचार पढ्नु हुन्छ र फोटोहरु ध्यान दिएर हेर्नुहुन्छ भने चाहिँ तपाईँले यो कुन ठाउँ हो शायद् अनुमान गर्न सक्नुहुन्छ। २०७२ साल वैशाख १२ को भूकम्पका कारण यस्तो बनाउनु परेको हो। नत्र पहिले यो ठाउँमा यस्तो थिएन। अनुमान लगाउनु भयो… Continue reading

यी हुन् कल्चर एन्ड टुरिजममा उत्कृष्ट ठहरिएका १६ फोटो, तपाईँलाई कुन राम्रो लाग्यो?

Posted on September 6, 2016September 6, 2016 by Salokya

पीजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७३ का उत्कृष्ट फोटोहरुको प्रदर्शनीको आज मंगलबार अन्तिम दिन हो। काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी भइरहेको छ। काठमाडौँपछि नेपालका मुख्य सहरहरुमा पनि यो प्रदर्शनी गरिनेछ। प्रदर्शनीमा जान नभ्याउनुभएकाहरुका लागि उत्कृष्ट फोटोहरु माइसंसारमा राख्दै आएको छु। यस पटक हेरौँ ‘कल्चर एन्ड टुरिजम’मा उत्कृष्ट ठहरिएका १६ फोटो। तपाईँलाई… Continue reading

वर्ष ६८, कक्षा १० – हजुरबुबाको पढ्ने रहर : नेपाल फोटो प्रतियोगितामा तेस्रो भएको फोटो स्टोरी

Posted on September 3, 2016 by Salokya

नेपाल फोटो प्रतियोगितामा नभेष चित्रकारको फोटो स्टोरी तेस्रो भएको छ। रोयटर्समा काम गर्ने चित्रकारका यी फोटो केही अघि विभिन्न विदेशी मिडियाले पनि छापेका थिए। यो कथा हो ६८ वर्षका हजुरबुबा दुर्गा कामीको। हरेक बिहान सेतो दाह्रीलाई मिलाउँदै स्कूल युनिफर्म लगाएर लौरो टेक्दै एक घण्टा हिँडेर उनी क्लासमा पुग्छन्। गरिबीका कारण उनले सानोमा पढाइ पूरा गरेर… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme