Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल हेर्नुस्, क-कसले मिलाउनु भयो यो फोटो कहाँको हो भनेर

Posted on March 23, 2015March 22, 2015 by Salokya

1-photo (22)
हिजो सोधिएको यो फोटो कहाँको हो प्रश्नमा धेरैले जवाफ पठाए। अधिकांशले यसलाई कुनै मन्दिर ठाने। तर यो मन्दिर हुँदै होइन। मन्दिर भए त भित्र एउटा देउता हुन्छ। यसमा त वेटर पो बस्छन्। हिजै भनेको थिएँ यो फोटोको पूरा स्वरुप होइन। यो फोटोको पूरा स्वरुप हेर्नुभयो भने चाहिँ तपाईँले एक किसिमको अनुमान लगाउन सक्नुहुन्थ्यो होला।

1-photo (22)-001
यति देख्नुभयो भने चाहिँ अब धेरैलाई अनुमान लगाउन सहज भयो होला। काठमाडौँमा हुने वा काठमाडौँमा आएका बखत कतिजना यहाँ जानुभएको होला।

फोटोबाटै थाहा हुन्छ यो एउटा रेस्टुराँको फोटो हो।

हो, यो दरबारमार्गको चर्चित नाङ्ग्लो रेस्टुरेन्टको छतको फोटो हो। अहिले यो रेस्टुरेन्ट दाजुभाइको कुरा नमिलेर बन्द भइसकेको छ। ३८ वर्ष पुरानो यो रेस्टुरेन्टसँग धेरैको याद जोडिएका छन्।

डिसेम्बर २१ देखि यो बन्द छ। तर पनि यो मन्दिर जस्तो स‍ंरचना भने अझै दरबारमार्गबाट देख्न सकिन्छ यसरी
1-IMG_5086

पहिले यो यस्तो थियो
DSC_0220

क-कसले मिलाउनु भयो त? सहभागी हुने सबैलाई धन्यवाद। अर्को साता फेरि अर्कै कुनै ठाउँको प्रश्न सोध्नेछौँ।

2 thoughts on “ल हेर्नुस्, क-कसले मिलाउनु भयो यो फोटो कहाँको हो भनेर”

  1. Shankar says:
    March 24, 2015 at 2:21 pm

    आर्को साता लै सजिलो लेउनुहोला | यो पालि जिरो आयो , कमसे कम पास त् हुनुपर्यो नि |

    Reply
  2. Alikhit says:
    March 24, 2015 at 2:19 am

    ह्या सर, काठमाडौँको धेरै घरहरुको छतमा यस्तो मन्दिरको आकार देख्न सकिन्छ | कुनै दिन तिनीहरुकै फोटो खिचेर “लौ यो कहाको मन्दिर हो चिन्नुस” भनेर सोध्ने ? यसो धार्मिक वा पुरातात्विक महत्व को मन्दिरको फोटो हालेर प्रश्न सोध्नु पर्यो सर |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme