Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

आधा दर्जन उपप्रधानमन्त्री भएको ऐतिहासिक मन्त्रिमण्डलको शपथ ग्रहण फोटोमा हेर्नुस्

Posted on November 5, 2015 by Salokya

आज ७ जना मन्त्रीले शपथ लिँदा ३ जना त उपप्रधानमन्त्री नै थिए। यसअघि नै ओली मन्त्रिमण्डलमा ३ जना उपप्रधानमन्त्री भइसकेका थिए। नेपालको इतिहासमा नै पहिलो पटक आधा दर्जन उपप्रम बनाएर ओली मन्त्रिमण्डलले राष्ट्रिय कीर्तिमान कायम गरिसकेको छ। थोरै ‘मन्त्रिमण्डल’ शब्दबारे पनि भनिहालौँ है। खासमा राजाको पालामा मात्र मन्त्रिमण्डल भन्ने गरिन्थ्यो। पछि मन्त्रिपरिषद् भन्ने गरिएको थियो।… Continue reading

भर्खरै उपराष्ट्रपति चुनिएका नन्दबहादुर पुनलाई नजिकबाट चिन्न सघाउने १७ फोटो

Posted on October 31, 2015October 31, 2015 by Salokya

व्यवस्थापिका संसदमा कात्तिक १४ गते शनिबार भएको मतदानमा ३२५ मतका साथ बहुमतले उपराष्ट्रपति निर्वाचित नन्दबहादुर पुनलाई नजिकबाट चिन्न सघाउने केही फोटो हेर्नुस्। भूमिगत उपनाम पासाङले चिनिने उनी जनसेनाका डेपुटी कमान्डर थिए। डोल्पाको दुनै जाँदा आफैले बनाएको एसएमजी हतियार बोक्दै।

फोटोमा हेर्नुस् एउटा राष्ट्रपतिको विदाइ, अर्कोको स्वागत

Posted on October 30, 2015October 30, 2015 by Salokya

२०७२ कात्तिक १२ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको विदाइ र नेपालका प्रथम महिला राष्ट्रपति विद्या भण्डारीलाई स्वागत गर्ने दिन थियो। शपथ ग्रहणसँगै राष्ट्रपतिले आफ्नो कुर्सी नयाँ राष्ट्रपतिलाई छाडिदिए। हेरौँ यो ऐतिहासिक क्षणका केही फोटोहरु अंगद ढकालको क्यामेराबाट।

महिला राष्ट्रपति निर्वाचित भएको ऐतिहासिक क्षणलाई फोटोमा हेरौँ

Posted on October 28, 2015October 29, 2015 by Salokya

महिला राष्ट्रपति निर्वाचित भएको ऐतिहासिक क्षणलाई फोटोमा हेरौँ।

राष्ट्रपति : इतिहास भएको र इतिहास बनेको क्षण

Posted on October 28, 2015October 28, 2015 by Salokya

जुलाई २२, २००८ मा पहिलो राष्ट्रपति निर्वाचित हुँदा रामवरण यादव र अक्टोबर २८, २०१५ मा दोस्रो राष्ट्रपति निर्वाचित हुँदा विद्या भण्डारी। उही ठाउँमा उही शैली। एउटा इतिहास भएको बेला एउटा इतिहास बनेको क्षण।

फोटोमा हेरम् ह्यान्डसम प्रधानमन्त्री अनि राष्ट्रपतिका उम्मेदवारहरु

Posted on October 27, 2015October 27, 2015 by Salokya

म‍ंगलबार राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता गर्ने दिन थियो। समय थियो बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म। सबैभन्दा पहिला उम्मेदवारी दर्ता गर्न आए सत्ता गठबन्धनका उम्मेदवार विद्या भण्डारी। एमाले उपाध्यक्ष विद्या भण्डारीका प्रस्तावक थिए एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक थिए राजतन्त्रको नाममा भोट माग्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा। सत्ता गठबन्धनका अरु सदस्यहरु पनि समर्थकमा भए… Continue reading

ए, एम्बेसीलाई पेट्रोल चाहियो? दान दिन भेला भए ट्विटेहरु

Posted on October 8, 2015 by mysansar

बिहानै पत्रपत्रिकामा समाचार छापियो- इन्डियन एम्बेसीले त आयल निगमसित पेट्रोल मागेर पो पत्र लेखेछ। जसको त कम्पाउन्ड मै हजारौँ लिटर स्टोर गर्न मिल्ने पेट्रोल पम्प छ, जसले निहुँ खोजेर भारतबाट पेट्रोलियम पदार्थ छिर्न दिइरहेको छैन, उसैले यस्तो गरेपछि कसको पारो नतात्ला त? ट्विटेहरुले #DonateOiltoIndianEmbassy सुरु गरे। र छोटो समयमा नै दूतावासअगाडि भेला भएर प्रदर्शन गरे।… Continue reading

राष्ट्रिय झण्डा बोकेर विदेशी हस्तक्षेपको विरोध, तपाईँ पनि झण्डा बोकेको फोटो पठाउनुस्, हामी राख्छौँ

Posted on October 3, 2015October 3, 2015 by Salokya

शुक्रबार दिउँसो काठमाडौँको रत्नपार्कमा राष्ट्रिय झण्डा बोकेर थुप्रै आए। उनीहरुले त्यहाँ राष्ट्रिय आवाज घन्काए। विदेशी हस्तक्षेपको विरोध गरे। अनि नेपालले पाउनु पर्ने पारवहन अधिकारबारे आवाज राखे। भारतले नाकाबन्दी लगाएपछि जनजीवन कष्टकर भइरहेको छ। तर सँगै उम्लिएको छ राष्ट्रियताको भावना पनि। त्यसैको प्रमाण आज देखिएको हो। यसअघि कुनै खेल भएमा समर्थनका लागि पुग्नेहरुले मात्र अनुहारमा झण्डा… Continue reading

भूकम्पपछि अन्यौलमा रहेको इन्द्रजात्रा बिना व्यवधान सकियो, हेर्नुस् अन्तिम दिनका फोटोहरु

Posted on October 2, 2015 by Salokya

भूकम्पपछि अन्यौलमै थियो इन्द्रजात्रा। तर धन्न नाकाबन्दीको स‍ंकट र भूकम्पका कारण भत्किएका मन्दिर र कमजोर स‍‍ंरचनाबीच नै काठमाडौँको महत्त्वपूर्ण जात्रा इन्द्रजात्रा बिना व्यवधान सम्पन्न भयो। जात्राको अन्तिम दिन बिहीबार महिलाले रथ ताने। यसको पनि रोचक प्रस‍ंग छ- इन्द्रजात्रा त कहिलेदेखि मनाइयो भन्ने नै थाहा छैन। मल्ल कालमा कुमारी, गणेश र भैरवको रथ तान्ने चलन चलाइयो।… Continue reading

पोखरामा पहिलो पटक एयर सो : हेर्नुस् फोटोहरु

Posted on October 1, 2015October 1, 2015 by mysansar

-सुभक महतो- प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर) लगायतका साहासिक खेलहरुले पोखरालाई सिंगारिरहेको छ। तर वैशाख १२ र त्यसपछि आएका भूकम्प र देशको पछिल्लो राजनीतिक परिस्थितिका कारण यहाँको पर्यटन व्यवसाय सुकेको छ। यही मेसोमा पर्यटनसँग आवद्ध संघ संस्था र पर्यटन व्यवसायीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पोखराको पर्यटनलाई पूर्ववत फर्काउने प्रयास गरिरहेका छन्। त्यसैका लागि… Continue reading

भूकम्पपछिको इन्द्रजात्रा

Posted on September 28, 2015September 28, 2015 by Salokya

इन्द्रजात्रा आउनु अघि एउटा अन्यौल थियो- के होला यसपालिको जात्रा? इन्द्रजात्राका क्रममा रथ काठमाडौँका भित्री भागमा तान्नुपर्छ, जहाँ भूकम्पले प्रभाव पारेको छ। अधिकांश घरहरु भत्काइसकिएका छन्। तर केही घरहरुमा अझै टेको लगाएर राखिएको छ। के रथ तान्न संभव होला? कि खटमा राखेर यात्रा चलाउनु पर्ने हो? तर सबै आशंकाहरु चिर्दै रथयात्रा इन्द्रजात्राको प्रमुख दिन आइतबार… Continue reading

सरकारको संविधान स्वागत सभाका नदेखिएका २० दृश्य

Posted on September 22, 2015September 22, 2015 by Salokya

संविधान जारी भएको खुसियालीमा दुई दिन विदा दिएको सरकारले जारी भएको भोलिपल्ट टुँडिखेलमा सभा गर्‍यो। ऐतिहासिक स्वागत समारोह भनिएको यो सभामा प्रमुख तीन दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। अधिकांश राजनीतिक सभा पल्लोतिरको खुलामञ्चमा हुन्छ। तर सैनिक मञ्च अगाडितिर मञ्च बनाई गरिएको थियो यो सभा। सभाका केही फोटो तपाईँले मिडियामा देखिसक्नुभयो होला। ती फोटो मुख्य… Continue reading

संविधान जारी हुँदाको रमझम [फोटोहरु]

Posted on September 21, 2015September 21, 2015 by Salokya

असोज ३ गते संविधान जारी हुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन गजबले सिँगारिएको थियो। प्रशस्त अतिथि बोलाइएका थिए। सभासद्हरु आफ्नो पहिचान झल्कने पोशाक लगाएर उपस्थित भएका थिए। नेपालको इतिहासका लागि यो एउटा महत्त्वपूर्ण दिन थियो। २००७ सालदेखि संविधानसभा मार्फत् आफ्नो संविधान आफै बनाउने चाहना पूरा हुने दिन। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो

संविधान आएको खुसियालीमा आतसबाजी

Posted on September 21, 2015 by Salokya

तिहार नजिकिँदैछ। तर पटाका पड्काउन र आतसबाजी गर्न पाइँदैन। सरकारले नै सूचना निकालेर नगर्नू है भनी सचेत गराउँछ। तर आज तिहार हैन संविधान आएको खुसियाली। त्यसैले सरकारले नै संविधानसभा परिसरमा भव्य आतसबाजी गर्‍यो। पटक पटकको म्याद थप गर्दा पनि बन्न नसकेको संविधान यसपालि बन्यो। त्यही खुसियालीमा भयो आतसबाजी। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो

तीजमा सजिएकी सुन्दरीहरु

Posted on September 16, 2015September 17, 2015 by Salokya

हिन्दु नारीहरुले मनाउने तीज पर्वको अवसरमा पशुपतिमा थुप्रै भक्तजनहरु पुगे। तीजका लागि सजिएकी सुन्दरीहरु धार्मिक त हुन्छन् नै, आकर्षणको केन्द्र पनि बन्छन्। रातो सारी र गहनामा सजिएर पाशुपत क्षेत्रमा पुगेका सुन्दरीहरु क्यामेरामा यसरी कैद भएका छन्। सुन्दरीमात्र होइन वृद्धा पनि समेटिएका छन्। थप फोटो हेर्न भित्र क्लिक गर्नुस्।

सेलिब्रिटीको तीज

Posted on September 16, 2015 by Salokya

आज तीज। रातो सारीमा सजिएर नाच्ने दिन। व्रत बस्ने दिन। सेलिब्रिटीहरु पनि यो चाडमा रमाएका छन्। आफ्ना फोटो उनीहरुले सोसल मिडियामा राखिरहेका छन्। हेर्नुस् केही सेलिब्रिटीका तीज फोटो

आफ्नै सभासद्ले साथ दिएनन् कमल थापालाई, उग्र हिन्दुवादीले बानेश्वरमा दिएको तनाव

Posted on September 15, 2015September 15, 2015 by mysansar

धर्म निरपेक्ष भन्ने शब्द पनि नहटाउने, त्यसको व्याख्यामा सनातन धर्मको संरक्षण गर्ने हो भनेर पनि लेख्ने संशोधन प्रस्ताव संविधानसभाले पारित गरेकै दिन कमल थापाले हामी एक्लो भयौँ हामीले हिन्दु राष्ट्र राख्न सकेनौँ भनेर ट्विट गरेको केही समयमै उग्र हिन्दुवादीले नयाँ बानेश्वरमा तनाव दिए। उनीहरुले निषेधित क्षेत्रको घेरा तोड्न त्यहाँ राखिएको काँडे तारको बार हटाएपछि पानीको… Continue reading

भक्तपुरमा बाढीको विनाश

Posted on August 27, 2015August 28, 2015 by mysansar

भक्तपुरलाई वैशाख १२ को भूकम्पले पिरोलेकै थियो, बुधबार रातभरको वर्षाका कारण बिहीबार बिहानै बाढीले फेरि सतायो। हनुमन्ते खोलामा जलस्तर बढ्दा भूकम्पपीडितहरु बसिरहेको ठाउँ, सिद्धी स्मृति अस्पतालसमेत डुबानमा परे। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो

कैलालीमा मारिएका एसएसपीको काठमाडौँमा भावपूर्ण विदाइ

Posted on August 25, 2015August 25, 2015 by mysansar

देशकै लागि कालो दिनका रुपमा रहेको भदौ ७ गतेको कैलाली घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेको शव आज सैनिक हेलिकप्टरमा राखी काठमाडौँ ल्याइयो। पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि शव गौशाला चौकीमा राखिएको थियो। त्यहाँ गृहमन्त्रीदेखि प्रधानसेनापति, प्रहरी महानिरीक्षक, मन्त्री र नेताहरुले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। न्यौपानेको पार्थिव शरीरमा छोरा सन्देशले दागबत्ती दिए। गौशालादेखि आर्यघाटसम्म शवयात्रा गरिएको… Continue reading

विरोधका लागि : आफैले बनाउने, आफैले जलाउने

Posted on August 23, 2015August 23, 2015 by Salokya

संविधान आइसकेकै छैन, जल्न सुरु भइसक्यो। कम्तिमा चार जनाको ज्यान गइसक्यो। संविधानसभा भित्रै मस्यौदा च्यात्न थालिसक्यो। आज यसै क्रममा नेपालको नक्सा जलेको छ। सात प्रदेशवाला नक्सा। थारुहरुको निरन्तर विरोध भइरहे पनि त्यसलाई बेवास्ता गर्दै तीन दलले सात प्रदेशमा सहमति गरी परिमार्जित विधेयक तयार पार्ने निधो गरेपछि थारुहरु आगो भएका छन्। खासमा कुरा थारुहरुको बाहुल्य भएको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme