
हिन्दुहरु मानिसको रचना ब्रह्माले गरेको मान्छन्। कुनै राम्री वा राम्रा मानिस देख्यौँ भने भगवानले फूर्सदमा बनाएको होला पनि भन्छौँ। माथिका दुई फोटो भने ब्रह्माले बनाएका हैनन्, मान्छेले नै बनाएका हुन्। यस्तो मान्छे खोज्न जानुभयो भने पृथ्वीमा कतै पनि पाइने छैन। किनभने यस्तो अनुहारका मानिस छँदैछैन। यो त काल्पनिक मानिसको चित्र पो हो। डेभियन आर्टका एकजना युजर Pedro Berg Johnsen (उर्फ ThatNordicGuy) ले दुई तीन जना सेलिब्रिटीका राम्रा राम्रा अङ्गहरुलाई मिक्स गरेर एक जनाको अनुहार बनाउँदा यस्तो देखिएको हो।
फोटो म्यानिपुलेसनका एक्सपर्ट उनले बनाएका केही रचना डेभियन आर्टमा राखेका छन्। हेरौँ मान्छे ब्रह्मा भएर गरिएका केही रचना

Taylor Swift / Emma Watson

Angelina Jolie, Taylor Swift, Amanda Seyfried, and Rose Hungtinton-Whiteley

Emma Watson / Kristen Stewart

Arnold Schwarzenegger / Colin Farrell

Brad Pitt / Ethan Hawke

Natalie Dormer / Emma Watson

Megan Fox / Angelina Jolie

स्पाइडरम्यान फिल्मका सबै हिरोइन Emma Stone / Bryce Dallas Howard / Kirsten Dunst
भगवानले यसरि सबै जनावरको राम्रो राम्रो अंग राखेर श्रिस्ट्रिको सबैभन्दा राम्रो जनावर बनाउछु भन्दा उँट बन्यो रे यो चाहि मान्छेले बनायाकोले यस्तो बनेको होला!
अरु अंगहरु पनि मिलायार्को थियोकि बज्याले त्यो पनि हेर्न पाय हुनेनी कस्तो थ्यो होला !
यो त एकताका कुन चाही हो हिन्दि च्यानल मा दुइटा हिरो अथवा हिरोनिहरुको अनुहार जोडेर को को हो पत्ता लगाउ भन्ने कार्यक्रम जस्तो लाग्यो
राम्रो पोष्ट… टाइम पास
लौ त् सु को ,प्रचण्ड , ओली , बाबुराम ,झल् मल नाथ को फोटो मिलाएर एउटा फोटो बनाम |
त्यो पनि ब्रम्हाजिले न बनाएको नमुना बन्नेछ | हिन्ट्स
१) झलनाथ को आँखा ( अर्जुन दृस्टी )
२) ओलीको थुतुनो
३) बाबुराम को नाक
४) प्रचण्ड को कान
४) सु को को घाटी