Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोहोर भूकम्प, अहिले बाढी : कति दुःख दिएको सिन्धुपाल्चोकलाई ! पीडितहरु खोज्दैछन् कहाँ छ राज्य?

Posted on July 9, 2016July 9, 2016 by Salokya

13639921_1226314654065854_587889837_oपोहोर सिन्धुपाल्चोकलाई भूकम्पले सतायो। घरहरु अझै भत्किएकै अवस्थामा छ। यसपालि फेरि बाढीले सताएको छ उही सिन्धुपाल्चोकलाई। गएको २१ गते चीनमा भूकम्पका कारण पहिरो गएर भोटेकोशी नदी थुनिएको थियो करिब १५ मिनेट जति। चीनले त्यसबारे कुनै सूचना नेपाललाई दिएन। बिना सूचना एक्कासी त्यो खुलेपछि नदीमा ठूलो बाढी आयो र नेपालतर्फ धेरै क्षति गर्‍यो। अहिलेसम्म लिपिंगमा २१ घर र तातोपानीमा २० घर तथा कोदारीमा ५ घर र एक निजी विद्यालय बगाएको छ। एभिन्युज टेलिभिजनमा कार्यरत शुभक महतोले बाढी पीडित ठाउँको स्थलगत रिपोर्टिङ गरेर फर्किएका छन्। उनका अनुसार बाढी आएको तीन दिन बितिसक्दा पनि त्यहाँ राज्यको उपस्थिति देखिएको छैन। हेर्नुस् शुभकले खिचेका केही फोटो।

तातोपानी भन्सार कार्यालयको गोदाम, पार्किंग र क्यान्टीन बगाएको छ भने इलाका प्रहरी कार्यालय तातोपानीको आधा भन्दा बढी भाग बगाइसकेको छ। माथिल्लो भोटेकोशीको ड्याम पूर्ण रुपमा ध्वस्त भएको छ। लार्चामा ठूलो पहिरो गइरहेको छ।

लार्चादेखि माथि करिब ५/६ किलोमिटरको भाग तातोपानी, कोदारी र लिपिंगको अवस्था भूकम्पभन्दा पनि अहिले खराब रहेको छ।

13621852_1226313807399272_738131946_o
सिन्धुपाल्चोकको लिपिङ बजार

13639921_1226314654065854_587889837_o
लिपिङ बजारमा रहेको बस पार्क र त्योसंगै गरेको घरहरु भोटेकोशी नदीले कटान गरिसकेको।

13621738_1226318170732169_1586051559_o

13621388_1226318164065503_840794356_o

13647258_1226315414065778_1393224299_o

13646804_1226315024065817_1757320824_o
चीनको कस्टम अफिस पनि कटानको जोखिममा

13647209_1226318580732128_263511565_o

13639860_1226318594065460_346621037_o
सशस्त्र प्रहरी सीमा सुरक्षा बल तथा तातोपानी भन्सार कार्यालय अगाडि आएको पहिरो।

13621840_1226319354065384_1541122231_o

13616222_1226320544065265_216971312_o

13646806_1226320560731930_1387999281_o
कटानमा परेको तातोपानी भन्सार कार्यालय र भन्सार कार्यालयको गोदाम र क्यान्टिन भोटेकोशीले बगाइसकेको छ।

13621847_1226320970731889_808786327_o

13632827_1226320967398556_776483327_o
चीन र नेपाल जोड्ने मितेरी पुलसमेत कटानमा परेको छ।

3 thoughts on “पोहोर भूकम्प, अहिले बाढी : कति दुःख दिएको सिन्धुपाल्चोकलाई ! पीडितहरु खोज्दैछन् कहाँ छ राज्य?”

  1. Shankar says:
    July 9, 2016 at 5:58 pm

    नेपाल एस्तो देश छ , जहा देश मा बाढी ,पैरो , भुकम्प को खतरा जहिले पनि छ |यो प्रकृतिले ल्याउने प्रकोप भयो | तर देश लाइ त्यो भन्दा ठुलो धमिराको प्रकोप ले खत्तम पारेको छ | पहिले ठुला ठुला कुरा गरेर ,जनताको छोरा ,छोरी मर्बायेर राज्य सत्ता कब्जा गर्ने धमिरा हरु आज पद मा रहे पनि न रहेपनि राज्यकोस बाट अकुत सुबिधा लुतिराहेछान | जब जब देश मा संकट औछ्ह , तब तेस्लाई क्यास गरेर , तेसैकोनाउमा बिदेसिसग मागेर देश कै बेइज्जत गर्दै मागेको रकम समेत पार्टी भागबण्डा लगाएर घिचेका छन् यी धमिरा हरुले | भासन गर्नमा मुख २ बित्ता लामो पार्ने , काम को सिन्को न भाच्ने ओली , प्रचण्ड , बाबुराम , कांग्रेसी नेता हरु अधिकांस , माधब ,झलनाथ , भ्रस्ट पंचायती भुत हरु साब का सब का सब डाँका मात्र छन् |

    Reply
  2. Nabin says:
    July 9, 2016 at 5:07 pm

    यसरी नदीको किनार घर बनाउन हुँदैन थियो, किन बनाउन दिइयो खोइ सरकार? भनेर किन भनिएन पहिले? अहिले बाढी आएपछि बल्ल खोइ सरकार रे!

    Reply
  3. Rohini says:
    July 9, 2016 at 3:08 am

    सार्है दुखद खबर | आशा गरौ सरकारले पिडित जनतालाई राहत उपलब्ध गराउनेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme