Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ग्रहण : नेपाल फोटो प्रतियोगितामा दोस्रो भएको फोटो स्टोरी

Posted on September 2, 2016September 2, 2016 by mysansar

नेपाल फोटो प्रतियोगिताका उत्कृष्ट फोटोहरुको प्रदर्शनी अहिले काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भइरहेको छ। उत्कृष्ट फोटोहरु देखाउने क्रममा तपाईँलाई आज फोटो स्टोरीतर्फ दोस्रो भएको फोटोहरु लिएर आएको छु। सागर क्षेत्रीले मधेस आन्दोलनको पृष्ठभूमिमा क्यानन सिक्स डीले खिचेका यी फोटोहरुको शीर्षक दिएका छन्- ग्रहण।

सानैदेखि मैले नेपाल दुई ढुंगाबीचको तरुल हो भन्ने उखान सुन्दै आएको थिएँ। थाहा थिएन दुई आर्थिक रुपले समृद्ध हुँदै गरेका देशहरुको बीचमा एउटा भूपरिवेष्ठित राष्ट्र हुनुमा के नराम्रो छ? भारतसितको सीमा जोडिएको झापाको सानो गाउँमा जन्मेर हुर्केको मसित सीमा पार गएर मेलामा सहभागी भएको वा किनमेल गर्न गएको कयौँ सम्झना छन्। म वीरगञ्जमा मेरो जन्मदिनको अघिल्लो दिन डिसेम्बरको एउटा चीसो रात पुगेको थिएँ। टाङ्गाको टुकटुक सुन्दा यस्तो लाग्थ्यो मानौँ पूरै विश्वमा यही एउटा आवाज छ। वीरगञ्जको पहिलो छाप मैले मेरो क्यामेरामा यसरी उतारेँ। तर यो धेरै समयसम्म रहेन। छिट्टै नै मधेसी आन्दोलनकारीहरुको एउटा समूहले हाम्रो बाटो छेक्यो र तोडफोड गर्न खोज्दै जहाँबाट आएको हो त्यहीँ फर्कन भन्यो। त्यतिबेला बिहानको ४ बजेको थियो। चारैतिर सून्यता थियो र मसँगै बसेको एउटा केटाले व्यङ्ग्यात्मक रुपमा भन्यो- स्वागत छ !!

Ecplise
नेपाल र भारतबीच इन्धन लगायतका अत्यावश्यक वस्तुको व्यापारको सबैभन्दा ठूलो नाका हो वीरगञ्ज। तर म त्यहाँ प्रत्यक्षदर्शी बन्दै थिएँ मधेसी समुदायको कडा प्रदर्शनको। उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु सीमाको नो म्यान्स ल्यान्डमा बस्न बाध्य भएका थिए। उनीहरु त्यसरी बसेपछि दुई देशबीच हुने भन्सारको बाटो अवरुद्ध भएको थियो। चार महिनासम्म यो नाकाबन्दी कायम रहँदा देश संकटमा रह्यो। यो मेरो वीरगञ्जको भिजुअल डकुमेन्टेसन हो।

PJCNPC073-PST-547
वीरगञ्जको घण्टाघरमा मधेसी प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तपछि सडकमा छरिएका ढुंगाहरु।

Caption
Caption

Had a very brief conversation with him about his shiny black jacket.
उनको चम्किलो कालो ज्याकेटबारे छोटो कुराकानी गरेको थिएँ।

Red flower blossom across the fence.
काँडेतार र फूलिरहेका राता फूल।

Isha's was in her home while her school was closed until further notice.
स्कूल अर्को सूचना नभएसम्म बन्द भएपछि ईशा घरैमा थिइन्।

Ghantaghar.
घण्टाघर

PJCNPC073-PST-553
मैले उनलाई घण्टाघर वरपरको एउटा चिया पसलमा भेटेको थिएँ। भेटेका सबै वर्तमान राजनीतिक घटनाक्रम प्रति सचेत थिए। आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गर्न चाहने थुप्रै गम्भीर मानिसहरु मैले त्यहाँ भेटेँ।

That night in Birgunj when Rajendra Mahato, a high-ranking leader of Terai-Madeshi movement was injured by police during a border stand-off in Biratnagar.
That night in Birgunj when Rajendra Mahato, a high-ranking leader of Terai-Madeshi movement was injured by police during a border stand-off in Biratnagar.

राजेन्द्र महतो विराटनगरमा घाइते हुँदाको रात वीरगञ्जको स्थिति।

Caption

A huge chunk of cobweb in the electricity wire.
विद्युतको तारमा माकुराको जालो।

A branch of a tree coming out of a ventilation of a building.
घरको भेन्टिलेसनबाट रुखको शाखा निस्किरहेको।

1 thought on “ग्रहण : नेपाल फोटो प्रतियोगितामा दोस्रो भएको फोटो स्टोरी”

  1. Ranjan Dhungel says:
    September 2, 2016 at 10:52 am

    Blockade of country by its own citizen is a treason against nation and are traitors of the country. Jay nepal.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme