Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटो पठाएर एक लाख जित्ने हैन त?

Posted on June 30, 2016July 2, 2016 by Salokya


फोटो पत्रकारहरुको संस्था पिजे क्लबले नेपालकै सबैभन्दा बढी पुरस्कार राशी भएको फोटो प्रतियोगिता नेपाल फोटो प्रतियोगिता २०७३ का लागि फोटो दर्ता खुला गरिएको बताएको छ। फोटो पठाउने अन्तिम समय असार ३१ गते (जुलाई १५) राति १२ बजेसम्म हो। यसअघि चार पटक संस्थाले यस्तो प्रतियोगिता आयोजना गरिसकेको छ। यो नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फोटो प्रतियोगिता हो, जहाँ व्यावसायिक फोटो पत्रकार, पत्रकार र सौखिन फोटोग्राफरका हजारौं फोटो एउटै मञ्चमा भेला हुन्छन्। नेपालभित्र खिचिएका फोटो विश्वका जुनसुकै देशबाट नेपाली नागरिकले पठाएर सहभागी हुनसक्छन्। यसमा ७ वटा विभिन्न विधामा फोटो पठाउने व्यवस्था गरिएको छ।
‘फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेलेे नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

कस्ता कस्ता विधा छन् र अघिल्लो प्रतियोगितामा ती विधामा कस्ता फोटो सबमिट भएका थिए, नमूना हेरौँ-

घुमफिर कल्चर एन्ड टुरिजम

सभ्यता र संस्कृतिको धनी गौरवमय नेपाल उत्सुक पर्यटकहरुको आकर्षणको केन्द्र हो। नेपाललाई संस्कृति, सुन्दर स्थान, प्राकृतिक बिविधता वा अन्य विषयमार्फत पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सहयोग पुर्‍याउने खालका फोटोहरु यो विधाका लागि उपयुक्त हुन सक्छन्।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

लामो समयदेखि पुरुषमात्र सहभागी हुने परम्परा तोड्दै इन्द्रजात्राका बेला हनुमानढोकास्थित श्वेत भैरव (हाथु द्य:) को मूर्तिबाट बगाइने पवित्र थ्वं (जाँड) महिलाहरुले खाँदै गर्दाको यो फोटो उमा विष्टले खिचेकी हुन्।
लामो समयदेखि पुरुषमात्र सहभागी हुने परम्परा तोड्दै इन्द्रजात्राका बेला हनुमानढोकास्थित श्वेत भैरव (हाथु द्य:) को मूर्तिबाट बगाइने पवित्र थ्वं (जाँड) महिलाहरुले खाँदै गर्दाको यो फोटो उमा विष्टले खिचेकी हुन्।
योमरी पुन्हिका दिन नेवार समुदायका एक महिला काली देवीको भेषमा परेडमा भाग लिन ओठ र अनुहारमा रंग लगाउँदै गर्दाको यो फोटो नभेष चित्रकारले खिचेका हुन्।
योमरी पुन्हिका दिन नेवार समुदायका एक महिला काली देवीको भेषमा परेडमा भाग लिन ओठ र अनुहारमा रंग लगाउँदै गर्दाको यो फोटो नभेष चित्रकारले खिचेका हुन्।
विवश कर्मचार्यले खिचेको यो फोटो मुस्ताङ जाने बाटोको हो।
विवश कर्मचार्यले खिचेको यो फोटो मुस्ताङ जाने बाटोको हो।

नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर

वन्यजन्तुको सुन्दर पक्षलाई उजागर गर्न यस्तो फोटोग्राफी उपयोगी हुने गर्छ। प्रकृति र वन्यजन्तुको सुन्दरता मात्र नभई त्यसका अन्य सुक्ष्म विषयलाई यस्तो फोटोग्राफीले प्रस्तुत गर्दछ। प्रकृति र वन्यजन्तु विधामा वनस्पति र जनावर, भौगर्भिक प्रकृया, मौसमको अवस्था, पानी, वन्यजन्तु, चट्टान, जंगल वा अन्य प्रकारका प्राकृतिक गतिविधि क्याप्चर हुन सक्छ।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

Two elephant calves play with each other. Photo: Subash Bahadur  Bista
Two elephant calves play with each other.
Photo: Subash Bahadur Bista
Annapurna Base Camp is one of the most sought after trekking route in Nepal and offers visitors a unique opportunity to experience Gurung culture and nature’s splendid splendors.  Photo: Santosh Manandhar
Annapurna Base Camp is one of the most sought after trekking route in Nepal and offers visitors a unique opportunity to experience Gurung culture and nature’s splendid splendors.
Photo: Santosh Manandhar
A spider weaves a trap. Photo: Bikash  Dware
A spider weaves a trap.
Photo: Bikash Dware

आइएमएस डेली लाइफ

दैनिक जीवनसम्बन्धी फोटोले मानिसको दैनिकीलाई क्याप्चर गर्छ र समसामयिक विषयलाई उजागर गर्दछ। यस्ता फोटोले सम्झना र मानवीय जीवनका कथाहरुलाई जिवन्त राख्नुका साथै फोटोग्राफी कलालाई प्रस्तुत गर्दछ।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

A fisherman returns home with his catch after spending a long day in the Sapta Koshi River in Sundari, where fishing is supplementary to traditional agriculture. Photo: Bijay Gajmer
A fisherman returns home with his catch after spending a long day in the Sapta Koshi River in Sundari, where fishing is supplementary to traditional agriculture.
Photo: Bijay Gajmer
A porter carries a massive load on his back as he makes his way to the Everest Base Camp.  Photo: Birendra Raj Bajracharya
A porter carries a massive load on his back as he makes his way to the Everest Base Camp.
Photo: Birendra Raj Bajracharya
Despite restrictions to bathe and wash laundry in Phewa Taal, awareness to safeguard the ecological sanctity of the lake seems to have made no progress. Photo: Samir Baral
Despite restrictions to bathe and wash laundry in Phewa Taal, awareness to safeguard the ecological sanctity of the lake seems to have made no progress.
Photo: Samir Baral

अर्घाखाची सिमेन्ट न्यूज फोटो

फोटो, जसले समाचार भनुन। राजनीति, समाज गतिविधि, अर्थ वा खेलकुदका समसामयिक विषयमा आम जनतालाई सुसुचित गर्ने खालका फोटो समाचार फोटोको विधामा समेटिन्छन्। यो विधाका लागि वर्ष २०७० मा क्याप्चर गरिएका फोटो मात्र लायक हुनेछन्। कुनै सञ्चार माध्यममा प्रकासित वा अप्रकासित सबैखाले फोटो स्वीकार्य हुनेछन्।

हेर्नुस् पोहोरका सबमिसन-

Family members use airport trolleys to transport the dead body of a Nepali migrant worker Pradip Bhandari, who according to his brother was killed in a workplace mishap in Malaysia. As per Department of Foreign Employment, some 3015 Nepali migrant workers died between mid-2006 to April 2014 with the highest number of deaths in Malaysia, Qatar and Saudi Arabia. Fifty-three Nepali workers died in Qatar between January and April 13 this year alone according to The Guardian. October 2013. Photo: Navesh Chitrakar
Family members use airport trolleys to transport the dead body of a Nepali migrant worker Pradip Bhandari, who according to his brother was killed in a workplace mishap in Malaysia. As per Department of Foreign Employment, some 3015 Nepali migrant workers died between mid-2006 to April 2014 with the highest number of deaths in Malaysia, Qatar and Saudi Arabia. Fifty-three Nepali workers died in Qatar between January and April 13 this year alone according to The Guardian. October 2013.
Photo: Navesh Chitrakar
Supporters of Khum Bahadur Khadka celebrate his release from prison with a garland weighing 111 kg. Khadka had served 14 months in prison after he was found guilty of abusing his power as the minister for Physical Planning and Works by embezzling a huge amount of state fund. October 2013. Photo: Prakash Lama
Supporters of Khum Bahadur Khadka celebrate his release from prison with a garland weighing 111 kg. Khadka had served 14 months in prison after he was found guilty of abusing his power as the minister for Physical Planning and Works by embezzling a huge amount of state fund. October 2013.
Photo: Prakash Lama
Members of the Senior Citizens Struggle Committee occupy the Min Bhawan junction to pressurize the government to ensure the 50% discount on transport fares as per the Senior Citizen Act 2006. Their other demands include a monthly social security allowance of Rs 3000 from the current allowance of Rs 500. Five senior citizens have died in the protests that started on March 7, 2013. April 2014. Photo: Prakash Timilsena
Members of the Senior Citizens Struggle Committee occupy the Min Bhawan junction to pressurize the government to ensure the 50% discount on transport fares as per the Senior Citizen Act 2006. Their other demands include a monthly social security allowance of Rs 3000 from the current allowance of Rs 500. Five senior citizens have died in the protests that started on March 7, 2013. April 2014.
Photo: Prakash Timilsena

शिखर इन्स्योरेन्स नेपाल स्माइल

रमाइलो अनुभुति समेटेका फोटोहरु, जसले खुसी र मानिसका लागि सुखद भविश्यको आशा जगाउन सकोस्- यस्ता फोटोहरुलाई लक्षित गरी यो विधा समावेश गरिएको हो। खासगरी जस्तोसुकै परिस्थितिमा भएपनि हँसिला बालबालिका यसको आकर्षण हुन सक्छन्। यो विधा खासमा समाजमा संघर्ष गरिरहेकाका लागि उपकारी अभियान चलाउने उदेश्यका साथ समावेश गरिएको हो। विपन्न वर्गका वालवालिकाको सहयोगार्थ राखिएको हो। यो विधामा फोटो सबमिट गर्नका लागि छुट्टै सर्तहरु लागू हुनेछन्।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

Two boys play in the mud during Asar 15 celebrations. Photo: Aaditya Chand
Two boys play in the mud during Asar 15 celebrations.
Photo: Aaditya Chand
A boy smiles for the camera. Photo: Probin K
A boy smiles for the camera.
Photo: Probin K
A lady smiles through her veil as she sorts hay. Photo: Angad  Dhakal
A lady smiles through her veil as she sorts hay.
Photo: Angad Dhakal

मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस

खेलकुदको कुनै प्रतियोगिता वा घटनाको मुख्य क्षणलाई क्याप्चर गरेको फोटो यो विधाका लागि उपयुक्त हुन सक्छ। यो विधामा फोटोले खेलकुदसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने खेलाडी, प्रशिक्षक, समर्थक, अधिकारीहरु समेट्न सक्नेछ।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

Football fans take shelter from the rain as they watch the final match of the Under 16 SAFF Championship between Nepal and India in Dasarath Rangasala. Photo: Surya Sunuwar
Football fans take shelter from the rain as they watch the final match of the Under 16 SAFF Championship between Nepal and India in Dasarath Rangasala.
Photo: Surya Sunuwar
A Korean cyclist attempts an extreme downhill in an international downhill challenge hosted by Nepal. Photo: Shankar Bir Byanjankar
A Korean cyclist attempts an extreme downhill in an international downhill challenge hosted by Nepal.
Photo: Shankar Bir Byanjankar
A participant takes her time before taking a dive in the Begnas Taal during the Himalayan Rush International Triathlon Championship. Photo: Nischal Oli
A participant takes her time before taking a dive in the Begnas Taal during the Himalayan Rush International Triathlon Championship.
Photo: Nischal Oli

फोटो स्टोरी

फोटोहरु जीवनका खुसी र घटनाक्रमहरुको साक्षी हुनेछन्। …सभ्य’ दुनियाको नजरमा नपरेका विषयलाई उजागर गर्ने फोटोग्राफरको धैर्य र मेहनतलाई यो विधाले मान्यता प्रदान गर्नुका साथै सम्मान गर्नेछ। फोटोग्राफरले कुनैपनि घटनाको निर्दयीपना तथा वियोगका कथा यो विधामा खुलेर प्रस्तुत गर्न सक्छन्। यसले आवस्यकता र अभाव, मानिसको असुरक्षित अवस्था, शिक्षाको अवसर अभाव तथा अन्य विषयको विकासक्रम उजागर गर्नेछ ।

अघिल्लो फोटो स्टोरीको विजेता हेर्न यहाँ क्लिक गर्नुस्

न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्विरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्य विधामा जहिलेसुकै खिचिएका तस्विरहरू पठाउन सकिने छ। अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटोलाई सहभागी गराउन पाइने छैन।

जजहरु को त?

गत वर्षको वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डल सदस्य भारतका वरिष्ठ फोटोपत्रकार प्रशान्त पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारद्धय नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा छन्।

साथै विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, आइएफजे दक्षिण एसियाका संयोजक उज्जवल आचार्य, वरिष्ठ फोटोपत्रकार देवेन्द्रमान सिंह र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य रहेका छन् । विज्ञहरु पहिलो चरणको विधागत जजिङ राउन्डमा सहभागी हुनेछन् ।

तपाईँ पनि भाग लिने हो त ?

  • नियमहरु थाहा पाउनुस्-
  • फोटो सबमिट गर्न दर्ता शुल्क लाग्नेछैन ।
  • सहभागी फोटोग्राफर नेपाली नागरिक हुनुपर्नेछ ।
  • प्रतिस्पर्धामा सहभागी फोटो नेपालमा खिचिएको हुनुपर्नेछ र फोटोग्राफरले आफै खिचेको हुनुपर्नेछ ।
  • यस प्रतिस्पर्धामा यसअघि सबमिट गरिसकिएका फोटो पुन : सबमिट गर्न पाइनेछैन ।
  • प्रतिस्पर्धीले सबै बिधामा भाग लिन पाउनेछ र हरेक बिधामा बढिमा तीनका दरले सम्म फोटो दर्ता गर्न पाउनेछ । एक प्रतिस्पर्धीले बढिमा १८ सम्म (फोटो स्टोरीबाहेक) फोटो दर्ता गराउन सक्नेछ । हरेक विधामा सुरुमा दर्ता गराइएका तीन फोटोमात्र प्रतिस्र्धामा सामेल हुनेछन् । कसैले कुनै विधामा तीनभन्दा बढि फोटो दर्ता गराए पछिल्ला फोटोहरु स्वत अयोग्य हुनेछन् ।
  • फोटो कथा : एक सहभागीले दुईसम्म फोटो कथा दर्ता गराउन पाउनेछ । हरेक फोटो कथामा कम्तिमा दुई र बढिमा १२ सम्म फोटो समावेश गर्न पाइनेछ।
  • समाचार : यो विधामा दर्ता गराइएका फोटोहरु विक्रम सम्बत २०७१ – २०७२ सालमा खिचिएको हुनुपर्नेछ । अन्य विधामा भने समयसिमा लागु हुनेछैन ।
  • नेपाल मुस्कान : यो विधामा दर्ता गराइएका फोटोहरु उपकारी कामका लागि रकम संकलनार्थ प्रदर्शनीमा विक्रीका लागि राख्न सकिनेछ ।
  • स्पोर्टस बिधामा खिचिएको फोटो नेपाल बाहिर खिचिएको हुन सक्नेछन। तर फोटो एकल तथा सामुहिक रुप मा नेपाल लाई प्रतिनिधि गर्ने खेल सम्बन्धी गतिबिधीको हुनु पर्नेछ।
  • विगतमा यही प्रतिस्पर्धा वा देशभित्रका अन्य प्रतिस्पर्धामा पुरस्कार जितिसकेका फोटोहरु प्रतिस्पर्धाका लागि योग्य हुनेछैनन् ।
    फोटोको कन्टेन्टमा कुनै परिवर्तन गर्न पाइनेछैन । थोरै क्रपिङ भने गर्न पाइनेछ । डडजिङ, बर्निङ, सार्पेनिङ, कन्ट्रास्ट र थोरै कलर एड्जस्टमेन्टजस्ता विषयमा सामान्य एडिटिङ गर्न पाइनेछ । तर, त्यसले फोटोको वास्तविकतामा कुनै परिवर्तन ल्याएमा भने त्यो अयोग्य हुनेछ । फोटोका यस्ता सबै प्राविधिक विषयको निक्र्यौल गर्ने सम्पूर्ण अधिकार जुरीमा नीहित हुनेछ ।
  • हाई डाइनामिक रेन्ज तस्विर (एचडिआर) र वाटरमार्क स्विकार गरिनेछैन । पानोरामिक इमेजका लागि धेरै तस्विरको स्ििटचिङ मान्य हुनेछ, तर त्यसको विस्त्रित विवरण पेश गर्नुपर्नेछ ।
  • फोटो २००० पिक्सल (वाइडर साइड)  हुनुपर्नेछ । फोटोको फाइल साइज ३०० केबी – २ एमबी हुनुपर्नेछ । फोटो जेपिजी/जेपेग फाइल फम्र्याटमा हुनुपर्नेछ ।
  • विजेता फोटो र प्रदर्शनीमा राखिने फोटो जुरी प्यानलले छनोट गर्नेछ ।
  • प्रदर्शनीका लागि योग्य भएका तथा विजेता घोषित फोटोहरुका कपि राइट एक वर्षका लागि फोटोपत्रकार क्लबमा नीहित हुनेछ । तर, फोटोको सम्पूर्ण क्रेडिट फोटोग्राफरलाई नै दिइनेछ ।
  • प्रायोजकहरुले आफ्नो विज्ञापन वा अन्य प्रवर्दनात्मक कामका लागि विजयी फोटोहरु फोटोग्राफरलाई क्रेडिट दिएर एक वर्षका लागि उपयोग गर्न पाउनेछन् ।
  • फोटोमा सम्पूर्ण अधिकार सहभागीको हुने भएपनि फोटो पत्रकार क्लब र क्लबका मिडिया सहयात्रीलाई प्रदर्शनी, पुनउत्पादन, लेखनलगायतका प्रयोजनका लागि उपलब्ध गराउन सकिनेछ । मिडिया सहयात्रीमा प्रकाशन, वेबसाइट र सामाजिक सञ्जाल पर्न सक्नेछन् । साथमा क्लबले शैक्षिक, प्रवर्दन, प्रचार, प्रदर्शनी र आर्काइबजस्ता प्रयोजनमा पनि फोटोग्राफरलाई क्रेडिट दिएर फोटो प्रयोग गर्न सक्नेछ ।
  • सहभागीले आफ्नो फोटो फोटो पत्रकार क्लबले प्रकाशन गर्ने फोटो पुश्तकमा प्रयोग गर्ने अनुमति दिनुपर्नेछ । फोटो पत्रकार क्लबले फोटो पुश्तकमा फोटो प्रयोग गरेवापत फोटोग्राफरलाई क्रेडिट दिनेछ । त्यसबाहेक सर्बाधिकार फोटोपत्रकार क्लबमै रहनेछ ।
  • विजेता वा छनौट भएको फोटोमा कुनै किसीमको दावी वा बिरोध भएको वा आयोजक समक्ष उजुरी परेको खण्डमा आयोजकले छानबिन गरी निर्णयदिने अन्तिम अधिकार आयोजक कमिटी र कार्यक्रम संयोजकमा निहित रहने छ । यसको निर्णयनै अन्तिम हुनेछ ।
  • यस फोटोपत्रकार क्लब का कार्यकारी समिती का सदस्यहरुले यस प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।
  • जजिङ राउन्ड सकिएपछि सहभागिले प्रकासनका लागि हाई रिजोलुसन फोटो उपलब्ध गराउनुपर्नेछ ।
  • अनलाइन दर्ताका लागि २०७३ असार ३१ मध्यरातसम्मको (जुलाई १५ , २०१६) समयसिमा तोकिएको छ ।
  • विजेताको घोषणा क्लबले आफ्नो वेबसाइट www.pjclub.com.np बाट गर्नेछ ।

फोटो पठाउन यहाँ क्लिक गर्नुस‌्

[Disclaimer: माइस‍ंसार यो प्रतियोगिताको अनलाइन पार्टनर हो। यसवापत् कुनै आर्थिक कारोबार भएको छैन]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme