Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेर्नुस् नवीन बरालले खिचेको भूतमेलाको फोटोस्टोरी जुन पिजे क्लबको फोटो प्रतियोगितामा प्रथम भयो

Posted on September 1, 2016September 2, 2016 by mysansar

12_Blured पिजे क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिताका उत्कृष्ट फोटोहरुको प्रदर्शनी आजदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा सुरु भएको छ। एक हप्तासम्म नेपालका उत्कृष्ट फोटोहरु हेर्ने अवसर नछुटाउनु होला। यहाँ अहिले फोटो स्टोरी विधामा प्रथम भएको नवीन बरालको फोटो स्टोरी ‘अन्धविश्वासको पीडित’ हेर्नुस्।

नेपालमा अझै पनि धेरै मानिसहरु अन्धविश्वासमा छन् र दैवी शक्तिमा विश्वास गर्छन्। शताब्दिऔँ पुराना रुढिवादी विश्वास अझै पनि सामजिक र सांस्कृतिक संरचनामा जरा गाडेर बसेका छन्। यस्ता विश्वासहरु सांस्कृतिक गतिविधिसँग जोडिएका छन्। यस्ता विश्वासहरुले कहिलेकाहीँ समाजमा मानिसलाई हिंसातिर डोर्‍याउँछ। चाहे त्यो मानसिक होस् या भौतिक। धेरैजसो यस्ता विश्वासबाट उत्प्रेरित हिंसाका पीडितहरु महिला हु्न्छन् जो समाजमा कमजोर, दु:खी, गरिब र एकल हुन्छन्।

यस्तै अन्धविश्वासको एउटा उदहारण हो कथित भूत मेला जुन सांस्कृतिक तथा धार्मिक उत्सवसँग जोडिएको छ। यो मेला प्रत्येक कार्तिक पूर्णिमाको दिन कमला नदीको किनारमा मनाइन्छ। धामीहरुले नेतृत्व गरेका हजारौँ भक्तजनहरुका टोलीहरु कार्तिक पूर्णिमाको अघिल्लो रात कमला नदीको किनारमा जम्मा हुन्छन्। आफूमा भएका रोगहारु र अन्य पारिवरिक समस्याहरु जुन भुतप्रेत, आफ्ना कूलदेवता र गाउँ समाजका नराम्रो दैवीशक्ति भएका मानिसबाट भएको विश्वास गर्ने यी हजारौ भक्तजनहरुका टोलीहरु धामीको सहयोगबाट कमला नदीमा स्नान गरेपाछि उक्त समस्याहरुबाट पार पाउने आशामा त्यहाँ पुग्छन्।

यो मेलामा यी हजारौ भक्तजनहरुको धामीप्रतिको झुकावले भक्तजनहरुमा भ़़एको अन्धविश्वास र दैवीशक्तिप्रतिको विश्वास प्रत्येक वर्ष पुनर्जीवित हुन्छ। अनि शताब्दिऔँ पुराना रुढिवादी विश्वास समाजको एउटा अंग बन्छ र यसलाई धामीहरुबाट आफ्नो स्थानमाथि राख्नको लागि सांस्कृतिक कृयाकलापमा एकीकृत गारिन्छ जसबाट तिनीहरुको विचारमा खेल्न सकिन्छ। ती भक्तजनहरु अन्धविश्वासी हुन्छन र यो अन्धविश्वासले कहिलेकाहीँ समाजमा मानिसलाई हिंसातिर डोर्‍याउँछ चाहे त्यो मानसिक होस् या भौतिक।

नेपाली समाजमा यस्ता हिंसाका पीडित धेरै महिलाहरुमध्ये कान्ति यादव पनि एक हुन्। यस्ता हिंसा कानुनी रुपमा पनि दण्डनीय छन तर अन्धविश्वास र दैवीशक्ति विश्वासको नाममा यस्ता घटना नेपाली समाज घटिरहेका छन् चाहे त्यो भक्तजनहरुको सांस्कृतिक कमला नदी कार्तिक स्नान यात्रामा किन नहोस्।

A women visits a Dhami, the night before attending the “Ghost Festival” to eradicate evil spirits or problems created by family god "kul deveta"  supposedly afflicting some of the villagers in Janakpur, a district in Terai region of Nepal. November 4 2014. Janakpur, Nepal.
A women visits a Dhami, the night before attending the “Ghost Festival” to eradicate evil spirits or problems created by family god “kul deveta” supposedly afflicting some of the villagers in Janakpur, a district in Terai region of Nepal. November 4 2014. Janakpur, Nepal.

१) भूत मेलामा जानु अघिल्लो रात एक महिला धामीकहाँ जाँदै। जनकपुर वरपरका केही गाउँलेहरुलाई सताएको खराब आत्मा वा कुल देवताका कारण उत्पन्न समस्यालाई हटाउन नोभेम्बर ४, २०१४ का दिन उनी त्यहाँ पुगिन्।

Another woman believes that she is ill because of a hex placed on her by a evil person or family god "kul deveta"  in her village. After visiting a Dhami on the morning of the “Ghost Festival” she is found in a trance state the morning of the banishing ritual festival.  November 5 2014. Janakpur, Nepal.
Another woman believes that she is ill because of a hex placed on her by a evil person or family god “kul deveta” in her village. After visiting a Dhami on the morning of the “Ghost Festival” she is found in a trance state the morning of the banishing ritual festival. November 5 2014. Janakpur, Nepal.

२) अर्की महिलाको विश्वास थियो कि उनी बिरामी हुनुको कारण खराब आत्मा वा कूल देवताका कारण हो। भूत मेलाको बिहान धामी कहाँ गएपछि उनी समाधि मुद्रामा भेटिए। नोभेम्बर ५, २०१४ जनकपुर।

Kanti Yadav, a 103 year old widow from a village of Janakpur  Dristrict prays to sun from tractor before starting the pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits or to get rid of problems created by family god "kul deveta"
Kanti Yadav, a 103 year old widow from a village of Janakpur Dristrict prays to sun from tractor before starting the pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits or to get rid of problems created by family god “kul deveta”

३) जनकपुरको एउटा गाउँकी १०३ वर्षीया एकल महिला कान्ति यादव भूत मेलाका लागि कमला नदीमा जानु अघि ट्रयाक्टरबाट सूर्यलाई प्रार्थना गर्द।

People reach Kamala River on the eve of Kartik Full Moon to attend  the “Ghost Festival” for the supposed clearing of evil spirits or to get rid of problems created by family god "kul deveta"
People reach Kamala River on the eve of Kartik Full Moon to attend the “Ghost Festival” for the supposed clearing of evil spirits or to get rid of problems created by family god “kul deveta”

४) कात्तिक पूर्णिमाको अघिल्लो रात मानिसहरु कमला नदीमा पुग्दै। भूत मेलामा सहभागी हुन उनीहरु त्यहाँ पुगेका हुन्।

A Dhami,  practices divination to determine the reason of 18 year old Brikeah Yadav ‘s headaches, body pain and fainting.  The Dhami accuses Kanti Yadev, 103 year old widow villager, of witchcraft practiced on the young man.  November 5 ,2014, Janakpur, Nepal.
A Dhami, practices divination to determine the reason of 18 year old Brikeah Yadav ‘s headaches, body pain and fainting. The Dhami accuses Kanti Yadev, 103 year old widow villager, of witchcraft practiced on the young man. November 5 ,2014, Janakpur, Nepal.

५) कमला नदीको किनारमा कात्तिक पूर्णिमाको अघिल्लो रात एक धामी १८ वर्षको केटोको टाउको, जिउ दुख्ने र बेहोस हुनुको कारण खोज्दै। धामीले १०३ वर्षकी एकल महिला कान्ति यादवलाई डायनको आरोप लगाइन्।

A Dhami humiliates Kanti Yadav as he accuses her being a witch. November  5 2014, Janakpur, Nepal.
A Dhami humiliates Kanti Yadav as he accuses her being a witch. November 5 2014, Janakpur, Nepal.

६) कात्तिक पूर्णिमाको बिहान धामीले कमला नदीको किनारमा कान्ति यादवलाई डायन (बोक्सी) को आरोप लगाए।

Kanti Yadav, a 103 year old widow from a village of Janakpur  Dristrict. The Dhami of the same village blames Brikeah Yadav’s illness on her.  November 5 2014, Janakpur, Nepal.
Kanti Yadav, a 103 year old widow from a village of Janakpur Dristrict. The Dhami of the same village blames Brikeah Yadav’s illness on her. November 5 2014, Janakpur, Nepal.

७) कान्ति यादव कमला नदीको किनारमा कात्तिक पूर्णिमाको दिन।

Kanti Yadav, a 103 year old widow from a village of Janakpur  Dristrict, hit herself with as stick as she felt the humilation due to the accusion of being a witch. The Dhami of the same village blames Brikeah Yadav’s illness on her.  November 5 2014, Janakpur, Nepal.
Kanti Yadav, a 103 year old widow from a village of Janakpur Dristrict, hit herself with as stick as she felt the humilation due to the accusion of being a witch. The Dhami of the same village blames Brikeah Yadav’s illness on her. November 5 2014, Janakpur, Nepal.

८) आफूलाई डायनको आरोप लगाइएपछि कान्ति यादवले आफैलाई लौरोले हिर्काइन्। उनकै गाउँको धामीले उनलाई एक १८ वर्षको केटोको बिरामीको कारण उनी भएको आरोप लगाएका थिए।

Kanti Yadav a is scorned and ridiculed by a group of people led by dhamis during a pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits.  Kanti is accused for the fainting of a woman and force Kanti to bring her back to normal.
Kanti Yadav a is scorned and ridiculed by a group of people led by dhamis during a pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits. Kanti is accused for the fainting of a woman and force Kanti to bring her back to normal.

९) भूत मेलामा आएका तिर्थालुहरुले कान्ति यादवलाई सताए। बेहोस भएकी एक महिला उनकै कारण भएको आरोप लगाउँदै उनीहरुले ती महिलालाई सामान्य बनाउन दबाब दिए।

Kanti Yadav a is scorned  and ridiculed by a group of people led by dhamis during a pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits.
Kanti Yadav a is scorned and ridiculed by a group of people led by dhamis during a pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits.

१०) भूत मेलामा आएका तिर्थालुहरुले कान्ति यादवलाई सताए। बेहोस भएकी एक महिला उनकै कारण भएको आरोप लगाउँदै उनीहरुले ती महिलालाई सामान्य बनाउन दबाब दिए।

Kanti Yadav tries to defend the accusion as a group of people led by dhamis accuses her for the reason of fainting of a woman during a pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits.
Kanti Yadav tries to defend the accusion as a group of people led by dhamis accuses her for the reason of fainting of a woman during a pilgrimage to Kamala River for the “Ghost Festival” for the supposed clearing of evil spirits.

११) कान्ति यादव आफ्नो बचाउको प्रयास गर्दै। धामीहरुको नेतृत्वमा एक समूहले कमला नदीमा आएकी एक महिला बेहोस हुनुको कारण उनलाई लगाए।

Kanti Yadav is exploited as a social outcast by the Dhamis of the village.  She is discriminated against for being an old woman with a physical disability (difference) who has been  alone since her husband’s death and is powerless to defend herself.  The Dhami is using her to suggest that he has superior power with his methods to remove supposed evil spirits from her.  November  6 2014, Janakpur, Nepal.
Kanti Yadav is exploited as a social outcast by the Dhamis of the village. She is discriminated against for being an old woman with a physical disability (difference) who has been alone since her husband’s death and is powerless to defend herself. The Dhami is using her to suggest that he has superior power with his methods to remove supposed evil spirits from her. November 6 2014, Janakpur, Nepal.

१२)कान्ति यादवलाई गाउँका धामीहरुले दुर्व्यवहार र सामाजिक बहिस्कार गर्दै। पतिको मृत्युपछि एक्लै बस्दै आएकी असहाय यी महिला आफ्नो रक्षा गर्न असमर्थ थिइन्। लौरोको प्रयोग गर्दै (पिटेको चाहिँ हैन है) धामी उनीमा रहेको खराब आत्मा निकाल्ने प्रयास गर्दै। नोभेम्बर ६, २०१४।

[नवीन बराललाई इमेल [email protected] मा सम्पर्क गर्न सकिन्छ। उनको बारेमा थप जानकारी उनको पर्सनल वेबसाइट www.nabinbaral.com मा छ।]

7 thoughts on “हेर्नुस् नवीन बरालले खिचेको भूतमेलाको फोटोस्टोरी जुन पिजे क्लबको फोटो प्रतियोगितामा प्रथम भयो”

  1. नारायण पौड्याल says:
    September 2, 2016 at 7:44 pm

    तराईमा पहाडिया ले सतायो, समानता भएन भनेर अधिकारको कुरोगर्ने कुकुर जस्ता नेता भनाउँदाहरु कता मरेछन त? यस्तो संवेदनशील बिषयमा बोल्ने कुनै मधेसी नेता, नागरिक समाज वा समाजिक सञ्जालमा छाउने तराईका ठेकेदारहरु (नाम सबेैलाई थाहै होला!) कोही छ? छैन! सालाहरू!

    Reply
  2. chandra says:
    September 2, 2016 at 3:39 am

    एस्तो अन्धबिस्वास, कुरिती र अमानबिय ब्यबहार बिध्यमान हुनु मा के के कारण होला??? मेरो बिचार मा यी कारण हरु जिम्मेवार होलान जस्तो लाग्छ:
    १) ज्ञान-बिज्ञान सुन्य, तर, धर्म/जाति मा आधारित समाज र देश! उदाहरण को लागि, जन्मदै कोहि उचो कोहि निचो!
    २) हिंशात्मक समाज उदाहरण को लागि “बलि” प्रथा! गढ़िमाइ मेला मा १० लाख जनाबार को बलि दिदा भगवान खुसि हुन्छन भन्ने समाज र त्यहाको मासु प्रसाद को रुपमा बिदेस निर्यात गरि dollar कमाउनु पर्छ भन्ने भूपू उद्योग मन्त्रि महेश बस्नेत!
    ३) मान्छे लाइ “बिष्णु को अवतार” भनि पुज्ने समाज! ——-etc. etc.

    Reply
  3. Sudhir says:
    September 1, 2016 at 10:32 pm

    यस्तो सुन्दा पनि आंग सिरिङ्ग भएर आउछ I ति १०३ वर्ष कि ब्रिधा लाई कस्तो भएको होला I जसलाई जीवन को उत्तरार्ध तिर माया र सम्मान गर्नु पर्ने हो त्यसलाई अन्धविस्वास को आडमा अनेकन आरोप लगाई चरम दुख: र सास्ती दिएका छन् I यस्तो क्रुर चलन तथा रितिरिवाज कहिले पो नेपाल बाट हट्नेहो I यस्तो समाचार लाई अगाडी ल्याएर जनचेतना बढाउन सहयोग गर्नु भएको मा नबिन बराल लाई सक्दो जस दिनुपर्छ I

    फोटो को caption मा अलिकति न मिलेको छ I सकिन्छ भने बराल जी र उमेश जी दुवै लाई जनकपुर जिल्ला को ठाउं मा धनुषा लेख्न सल्लाह दिन्छु I जनकपुर त अंचल वा नगरपालिका पो हो, जिल्ला होइन I

    Reply
  4. सिर्जने says:
    September 1, 2016 at 10:24 pm

    कस्तो बिजोक? सहारा दिने कोइ छैन भन्ने थाहा भए’सी धामीले पनि हेप्ने, ए राता मकै!
    ती मानब अधिकारबादी अनि महिला अधिकारबादीहरु कुन मुसाको दुलामा छन्? सरकार / प्रशासन / प्रहरी कसको उजुरी पर्खेर बसेको छ? तराई आन्दोलनमा ढुंगा हान्नेहरु कसको भतेर खान गए? दुताबासका डलर खाने पत्रकारहरु कुन राजदुतको पछि पछि लगिराका छन्, झर्ला र खाउला भनेर? राज्य माग्नेहरू के थापेर बसेका छन्?
    यो देशको बेइज्जत कति सहनु?

    Reply
  5. bharat says:
    September 1, 2016 at 2:49 pm

    हाम्रो देश एस्तो छ भनेर बोल्न नि गार्हो हुने भो. ब्रिद्द आमालाई येति दुख दिन सक्ने कस्तो संस्कार भएको समाज हो हाम्रो ?

    Reply
  6. premji says:
    September 1, 2016 at 6:48 am

    सार्है दुख लाग्यो यो देखेर | सरकारले यस्ता गरीब र पिडितलाइ देख्न गार्हो होला — नबिन जी लाइ सम्पर्क गरेर केहि भए पनि सहयोग गरौँ साथी हो |

    Reply
  7. sushil says:
    September 1, 2016 at 4:54 am

    कठै ती एक्ली बुढी, कस्तो हृदय विदारक….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme