२०७३ को वैशाख १२ लाई उत्सवैका रुपमा मनाइयो। टुँडिखेलमा कन्सर्ट थियो आज साँझ। त्यहीँबाट कोङमिङ अर्थात् आगोसहित उड्ने Sky lantern उडाइयो काठमाडौँमा पहिलो पटक। यता वसन्तपुर, माइतीघर लगायत ठाउँठाउँमा दीप प्रज्ज्वलन थियो। वसन्तपुरमा धरहरा र काष्ठमण्डप आकारको दीप प्रज्ज्वलन गरियो। मखनमा भूकम्पका भिडियो प्रोजेक्टर राखी देखाइएका थिए। काष्ठमण्डपको भग्नावशेषमा, भत्किएका मन्दिरहरुमा दियो बलेको थियो। हेर्नुस् भूकम्प उत्सवमा खिचेका केही फोटोहरु
“भुकम्प उत्सव” भनेनी “भुकम्प बार्षिकी” भनेनी “भूकम्पको सराद्धे” भनेनी भुकम्प पिडितको पीडा जस्ताको तस्तै छ र पो ………… मनाउनु र?