माघ १ गते मकर संक्रान्तिको दिन थारु र मगरले राजधानीका तीन ठाउँमा अलग अलग कार्यक्रम गरेर मनाए। थारुहरुले दुई ठाउँमा कार्यक्रम गरेका थिए- दशरथ रंगशाला र खुलामञ्च। रंगशालाको कार्यक्रममा प्रधानमन्त्री केपी ओली उपस्थित थिए भने खुलामञ्चमा बाबुराम भट्टराईलाई प्रमुख अतिथि बनाइएको थियो। टुँडिखेलमा भने मगर समुदायले मकर संक्रान्ति मनाए। हेर्नुस् केही फोटो
मगरहरु हिन्दुको चाड माघेसक्रांन्तिलाइ आफ्नो मगरदिवस भन्ने र गुरूङको भांग्रा र
घलेक पोशाक लगाएर मगरको भन्ने अर्काको संस्कृतिमाथि टेक्ने ।आफ्नो धर्म
रितिरिवाज हिन्दुकरणले माँस्यो गुरुङमाथि चढने लाज छैन ।
सारै राम्रो फोटो माघी को धन्यवाद
अहा ! सुन्दरता यत्र तत्र छरपस्ट छ ! साच्ची नै नेपाल को हरेक जातजाति को आफ्नै र एकै खाले सुन्दरता छ ! फरक भैकन पनि एक खाले समानता छ !ल्होसार – माघी – उधौली उभौली – दशैँ तिहार – विभिन्न खाले जात्रा – जस्ता पर्ब ले एकता को सुत्र मा सबै लाइ उनेर राखेको छ ! त्येसैले त भारत ले खरबोउ खर्च गर्दा र ठुला अनि जातिय नेता किन्दा पनि यो एकता मा दरार सम्म गराउन नसकेको कारण विस्मित र हैरान छ !
म बाहुन भै कन पनि थारु गाउ – परिबेस मा हुर्केको कारण – थारु सस्कृति – थारु समाज – थारु खाध परिकार प्रति आगाध सम्मान छ ! ढिक्रि, चिचर, परेवा को मासु, गंगटा, घोंघी, मुसा (बनचरि), माछा, जाड सम्झिदा मुख बाट पानि निस्किन्छ !! अब को छुट्टी मा चाहि थारु होम स्टे मै गएर धित मरुन्जेल खाने बिचार मा छु !