Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पहिलो पटक महिला राष्ट्रप्रमुखको उपस्थितिमा भोटोजात्रा, प्रम ओली दोस्रो पटक

Posted on July 30, 2016 by Salokya

BhotoJatra_Elite (3)
भोटोजात्राको लामो इतिहासमा पहिलो पटक महिला राष्ट्रप्रमुखको उपस्थितिमा यो समारोह सम्पन्न भएको छ। बुङमतीस्थित रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएपछि साइत हेरेर भोटो देखाउने गरिन्छ। भोटो देखाउने क्रममा पहिले राष्ट्रप्रमुखका रुपमा राजा उपस्थित हुने गर्थे। २०६२/६३ को आन्दोलनपछि राजतन्त्रलाई निलम्बनमा राखिएको बेला गिरिजाप्रसाद कोइराला, त्यसपछि राष्ट्रपति रामवरण यादव जात्रामा सहभागी भएका थिए। यस पटक राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा भोटोजात्रा सम्पन्न भयो।

भोटोजात्रा वर्षेनी हुने जात्रा हो। तर नौ महिनामा राजीनामा दिन बाध्य भएका प्रधानमन्त्री केपी शर्मा ओली भने दोस्रो पटक भोटो जात्रामा सहभाागी हुन पाए।

पोहोर भूकम्पका कारण भोटोजात्रा सरेर असोजमा पुगेको थियो। असोज २५ गते भोटोजात्रा हुँदा ओली प्रधानमन्त्री निर्वाचित भएको एक दिनमात्रै पुगेको थियो। संसदले बहुमतबाट प्रधानमन्त्री निर्वाचित गरेको भोलिपल्टै उनी भोटोजात्रामा सहभागी भएका थिए। यस पटक भने राजीनामा दिइसके पनि कामचलाउ प्रधानमन्त्रीका हैसियतमा उनी भोटोजात्रामा सहभागी भए।

हेर्नुस् इलिट जोशीका केही फोटो-
BhotoJatra_Elite (6)

BhotoJatra_Elite (5)

BhotoJatra_Elite (4)

BhotoJatra_Elite (3)

BhotoJatra_Elite (2)

BhotoJatra_Elite (1)

2 thoughts on “पहिलो पटक महिला राष्ट्रप्रमुखको उपस्थितिमा भोटोजात्रा, प्रम ओली दोस्रो पटक”

  1. sushil says:
    July 30, 2016 at 3:41 pm

    राज्यको ढुकुटी दोहन गर्नेले डुप्लिकेट भोटो अवलोकन गरेछन… अर्थ न वर्थ गोविन्द गाई

    Reply
  2. Shankar says:
    July 30, 2016 at 8:24 am

    कुन दिन मछिन्द्रनाथ ले फू त्ता रथ बात् भोटो देखाउनेलाई लाइ नै लात हानेर तेरीमा बजिया हो , अब पनि यो भोटो कसको भनेर देखाउछौ ? मोदीले ये त्यो त् मेरो भोटो पोपरेछ , भन्यो भने के तिमीहरु सुटुक्क दिन्छौ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme