Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तमु ल्होछारमा इस्वी संवतको नयाँ वर्षको पो शुभकामना

Posted on December 30, 2015December 31, 2015 by Salokya

mJDXmtD
पुस १५ गते तमु अर्थात् गुरुङहरुको नयाँ वर्ष। तमु ल्होछार। यो उनीहरुको नयाँ वर्ष हो। धुमधामका साथ मनाइन्छ। काठमाडौँमा भने २०६२/६३ को आन्दोलनपछि टुँडिखेलमा भव्य रुपले यो पर्व मनाउन थालिएको हो। अरु दिन जेजस्तो पहिरन लगाए पनि यो एक दिन भने उमेर ढल्केकाहरु मात्र होइन, भर्खरका युवायुवती पनि परम्परागत र आफ्नो मौलिक पहिरनमा सजिएका हुन्छन्। तर पनि युवायुवतीलाई ग्लोबल हावा भने लागिहाल्ने रहेछ। हेर्नुस् न तमु ल्होछार मनाउन भेला भएका मध्ये एक जनाले ह्यापी न्यु इएर २०१६ पो गालामा पोतिन्। मनाउन आएको तमु ल्होछार लेख्न पुगिन् अर्कै नयाँ वर्षको शुभकामना। हेर्नुस् टुँडिखेलमा ल्होछार मनाउन भेला भएका मध्ये केही युवतीको मुहार रोजित खड्काको क्यामेराबाट।

fIxAxW2

5NvDGzN

C9yfDbd

1YYXmvc

JTHRaCF

aVOVHmi

wkHETM3

oD9Wunw

3 thoughts on “तमु ल्होछारमा इस्वी संवतको नयाँ वर्षको पो शुभकामना”

  1. Santos says:
    January 1, 2016 at 11:41 pm

    लेखक महोदय सर्बप्रथम Tamu ल्होसार हो, ल्होछार हैन. शबदको तात्पर्य उही नयाँ भएपनि Gurung हरुको चोँ क्यु अनुसार ल्हो or वर्ग संग सार अर्थात् ल्होसार लेखिन्छ. दोस्रो ल्होसार भनेकै गुरुङजतिको नयाँ वर्ष हो तेसैले होला उसले happy new year लेखेको. तर उसले happy new year English मा लेखेको भएर होला year पनि English 2016 नै लेखेको रहेछ, वास्तबमा Gurung new year ३२२६८ हो र Nepali calendar अनुसार पुस १५ २०७२.

    अनि अर्को कुरा camera man दाजुको Camera ले girls को faces लाई मात्र capcture गरेछनि ? अन्य दृश्यहरु, cultural programme भएपछि अलि Gurung culture झल्किने तस्बिर हरु राखेको भए photographer को maturity आउथ्यो कि?

    Reply
  2. जैमणि says:
    December 31, 2015 at 9:01 pm

    हिजअस्ति सम्म पनि ९० र ९०% हिन्दु भनिने र राजाले दशैंमा पनि हिन्दु मात्राको चाड भनेर सम्बोधन गर्ने अहिले कसरि ह्वात्तै ८०% मा झरेछ हँ? राज्यले झुटो बोलेकै रैछ त्? सरकारी कर्मचारी पनि ९०% भन्दा बढी भ्रष्टचारी र घुषखोरी छन्| बरु त्यो तथ्यांक ८०% मा घटाएको भए नेपाली जनताले अलिकति राहत पाउने थिए|
    गुरुङले बुद्धिस्ट भनिसके| मगरले पनि ब्याक टु मंगलमान जान्छौ भन्दैछन| नेवारमा बुद्धिस्ट छदैछन| तामांग, शेर्पा बुद्धिस्ट नै भए| किराँतीहरु काशी र चारधामे हिन्दु नभएर सांसारिक हुन् कि?
    जे पनि होस्, यो कुरोमा सहमत जनाउनै पर्छ कि राज्यले बर्षमा अधिकतम दश दिन मात्र विदा तोक्नुपर्यो| प्रदेशले ती दश दिन लगाएर १२ दिन सम्म विदा तोक्न पर्यो|
    हीप्पी निउ यियर!

    Reply
  3. ankit sharma says:
    December 31, 2015 at 12:10 am

    १,४% (सी आइ ए वोर्ल्ड फ्याक्ट बुक ) जनसंख्याले मनाउनि क्रिसमस मा छुट्टि.. कुनै सिमित जात ले मनाउनि पर्व मा छुट्टि…साचिकै काम गर्नी मान्छेको लागि नेपालमा सम्भावना कम हुदै गैराखेको जस्तो लाग्दैन ? अब शर्मा देखे पछि बाहुन ले भन्यो भन्लान…दशैं तिहार मा पनि सार्वजनिक बिदा नदिएर केवल हिन्दु अनि यो चाड मनाउनि लाइ मात्रै बिदा दिए हुन्छ ८०% ((सी आइ ए वोर्ल्ड फ्याक्ट बुक ) हिन्दु बस्नी देशलाइ धर्म निरापेक्ष्य भनि सके पछि बिदा पनि तेही अनुसारले कसैलाई पनि नदिए हुन्थ्यो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme