नेपाल संवत्को नयाँ वर्ष ११३६ को अवसरमा सँधै झैँ यस वर्ष पनि वसन्तपुरबाट सांस्कृतिक र्यालीको आयोजना गरियो। भूकम्पका कारण वसन्तपुरको धेरै भागमा डोरी टाँगेर पैदल यात्रु निषेधित गरिएको छ। र्याली निकाल्नका लागि यो दायरा अलि फराकिलो पारिएको थियो। सँधै नव आदर्श स्कूलको अगाडि पट्टी हुने र्यालीपछिको सभा भने यसपालि दमकलको कार्यालयअगाडि मञ्च बनाएर गरियो। सँधै झैँ बहालवाला प्रधानमन्त्रीले नै त्यसमा सम्बोधन गरे। हेर्नुस् र्यालीका केही फोटोहरु
यस बर्ष पनि नेपालभर धुमधामकासाथ पहिले जस्तो नेवारले मात्रै होइन गैर नेवारहरुले पनि नेपाल सम्बतलाई बडो उत्साहसाथ नयाँ बर्ष मनाएको खबर उपत्यका बाहिरका नातेदारहरुले खबर गरेको छ । उपत्यकामा पनि गैर नेवारहरुले उत्साहकासाथ शुभकामना -यालीमा भाग िलए । साथै िबदेशीहरु पनि संलग्न भएको देखियो । यस बर्ष भारतले गरेको नाकाबन्दीको कारणले पनि नेपालको आफ्नै मौलिक नेपाल देशको नामले प्रचलन भएको नेपाल सम्बतलाई स्वीकार गर्ने लहर आएको हो कि ?
लेडिज फोटो मात्र भएन र भन्या ..? तर पनि हिस्सी परेकी छे ..नेपाल संवतको लाखौ लाख शुभ कामना …