भूकम्पले घर भत्किएको, आफन्त खोसेको एक वर्ष नाघ्यो। वर्षायाम नजिकिन लागिसक्यो, ओत लाग्ने चिन्ताले सताइसक्यो। सरकारी सहयोगको आश आकाशको फल आँखा तरी मर जस्तो भइसक्यो। भत्किएका घरका भग्नावशेष हेरेर दिक्क मानिरहेका भूपि (भूकम्पपीडित)हरु आफूहरुको नाममा सेनाको संलग्नतामा शानदार शो गरी नाच्ने गाउने उफ्रने गरिरहेको थाहा पाउँदा के सोच्दा हुन्! शायद् यो चिन्ताको विषय हैन, किनभने शो भव्य सफल भएको छ। फोटोहरुले त्यस्तै देखाउँछ। दुई छिमेकी देशका कलाकारलाई कति खर्चमा ल्याइयो, कार्यक्रममा कूल कति खर्च भयो, टिकट बिक्रीबाट कति आम्दानी भयो र कति बचेको रकम भूकम्पपीडितका लागि खर्च गरिन्छ, के त्यो कहिल्यै सार्वजनिक होला? चिन्ता नगर्नुस् शो शानदार सफल भएको छ। फोटो हेरौँ बरु
These napangrezi people when they would realize the reality behind the scene. Instead of buying such useless tickets they should help people like Dhurmus Suntali who are going to rebuilt the community houses for earthquake victims. It doesn’t mean you shouldn’t enjoy your life but the way the concert was published to help victims was actually to fund the jobless indian actresses i think
-Eklavya
अब चिनिया नायिकाहरुलाई पनि चाइनिज गीतमा नचाउनु परो टुडिखेलमा | मेरो कुरामा सहमत हुनेले लाइक गरौ है |
आम्मामा, हाम्राका कत्रा भुंडी
बलिवुडका कलाकारहरु तिघ्रा देखाएर नाचेकोमा मलाई आपत्ति छैन| बाहिर बिरोध गरेर भित्रि हेर्न रुचाउँन भन्दा सार्बजनिक रुपमै हेरे हुन्छ| नेपाली जनतालाई पैसा तिरेर मनोरंजन चाहियो, ठिकै होला|
तर आपत्ति केमा भने
१. सेनाका जर्नेल एयरपोर्टमा स्वागत गर्न किन जानपर्यो? अरु काम छैन?
२. खर्च कति भयो र पैसा कति उठ्यो अनि त्यो रकम कसरि केमा खर्च गरिछ? नेपाली जनताले तिरेको करबाट कार्यक्रम संचालन गर्न सेनाको म्यानपावर, श्रोत र साधन कति खर्च भयो त्यो पनि हिसाब गर्न पर्यो| सेनालाई मनोरंजन चाहिएको हो कि सेनापत्नी संघलाई? जबसम्म पारदर्शी रुपमा मेडियामा खर्च र आम्दामी आउदैन तबसम्म शंकाको घेरामै रहनेछन|
अन्तमा, सेनाले वा सेनापतनी संघले सोझै भुकम्प पीडित हरुको घर र बाटो घाटो बनाईदिए बस काम पुगिहाल्छ| यो भन्दा ठुलो राहत अरु के हुनसक्छ? भुकम्प पीडितका लागि आएको अरबौ रुपिया दान त्यसै पडिरहेको बेला फेरी किन बलिवुडको नौटंकी ल्याएर नाकाबन्दीले सास बन्द गर्न खोजेको जनतामा अर्को भारी?
These napangrezi people when they would realize the reality behind the scene. Instead of buying such useless tickets they should help people like Dhurmus Suntali who are going to rebuilt the community houses for earthquake victims. It doesn’t mean you shouldn’t enjoy your life but the way the concert was published to help victims was actually to fund the jobless indian actresses i think
क्रिस ब्राउनको एउटा हिट गीत याद आयो.
के को भू पी सम्म राहत पुग्नु ? एता सोनाक्षी , रेखा , मलाइका चाक हल्लाउछन उता सेनाको अफिसर हरुको गिलास भरिन्छ |