दिवसहरुको भीडमा आज एउटा दिवस छ- अन्तर्राष्ट्रिय मित्रता दिवस अर्थात् फ्रेन्डसिप डे। अगस्त महिनाको पहिलो आइतबार मनाइने यो दिवसमा कार्ड बाँडिन्छ, फ्रेन्डसिप ब्यान्ड साटासाट गरिन्छ अनि आजभोलि त अनलाइन सन्देश लेखिन्छ। तर म सम्झँदैछु पुरानो एउटा मित्रताको माध्यम जतिबेला यस्तो फ्रेन्डसिप डेको खासै चलन थिएन। ट्विटर र फेसबुकमा रम्ने पुस्तालाई च्याट त पुरानो लागिसक्यो। कम्प्युटरमा… Continue reading
Category: समाचार/विचार
ढुकुटीले रुवायो बेल्जियमका नेपालीलाई
डेढ वर्ष जतिअघि राजधानी काठमाडौँमा एक महिलाले प्रहरी हिरासतभित्रै आत्महत्या गरिन्। उनको सुसाइड नोटमा लेखिएको थियो- ‘६ लाखको ढुकुटी खेलेको थिएँ। ढुकुटी समूहका सदस्यले व्याज र पैसा नफर्काउँदा ऋणमा डुबेँ। साथीहरू किस्ता बुझाउँदैनन्। माग्न गयो, पछि दिन्छु भन्छन्, व्याज तिर्दातिर्दा हैरान भइसकेँ, अब मर्नुको विकल्प छैन।’ राजधानीका प्रहरी चौकीहरुमा दिनहुँजसो ढुकुटीबाट ठगिएको उजुरी पर्छ। कलाकारहरु… Continue reading
बुद्ध मूर्ति कांक्रे विहार संरक्षण क्षेत्र बाहिर राख्न खोजिएको हो, कसको स्वार्थले रोकिएछ?
सुर्खेतको कांक्रे विहारमा बुद्ध मूर्ति राख्ने विषयमा अहिले विवाद चर्किएको छ। मूर्ति राख्न र नराख्न दुवै पक्षले आन्दोलन गरिरहेका छन्। मूर्ति नराख्न ‘संयुक्त जातीय तथा धार्मिक संगठन समिति’ नामको एउटा समितिले आज मसाल जुलुस र भोलि शनिबार सुर्खेत बन्द गर्ने घोषणा गरिसकेको छ। माइसंसारलाई प्राप्त कागजात अनुसार त्यहाँ बुद्ध मूर्ति राख्न सबै प्रक्रिया पूरा गरिएको… Continue reading
बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न
बेलबारी बर्बरताबारे छानबिन गर्न गएका टोलीहरुले स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने क्रम जारी छ। यसअघि प्रहरी र दलित आयोगको प्रतिवेदन आइसकेको छ। आज भने महिला आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। महिला आयोगको प्रतिवेदनले घटना घटना दबाउनमा एमाले र एमाओवादीका जिल्ला सदस्यहरु संलग्न भएको खुलासा गरेको छ। प्रहरीबाट प्राप्त कागजातमा उनीहरुको हस्ताक्षरसहितको संलग्नता स्पष्ट भएको भन्दै… Continue reading
यस्तो छ कांक्रे विहार
बुद्ध मूर्ति राख्न दिने कि नदिने भन्ने विवाद भएर अहिले चर्चामा रहेको सुर्खेतको कांक्रे विहार खास कस्तो छ त ? आउनुस् हेरौँ केही भिडियो र फोटोहरु-
‘बोक बम’देखि ‘बोल बम’सम्म
माओवादी अध्यक्ष प्रचण्डले आइतबार धेरै पटक बम उच्चारण गरे। तर यो बम युद्धकालको बम नभएर अर्कै खालको बम थियो- ‘बोल बम’। त्यही देखेर कार्टुनिस्ट रविन सायमि दाइले एउटा गज्जबको कार्टुन बनाए, जसमा एक छेउमा ‘उहिले’ भन्दै कम्ब्याट ड्रेसमा प्रचण्ड बोक बम भन्दै बम बोकिरहेका देखिन्छन् भने ‘अहिले’ लेखिएको ठाउँमा पुक्क पेट बढेको, जनै लगाएका प्रचण्ड… Continue reading
बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!
धार्मिक द्वन्द्वमा देशलाई फँसाउने खतरनाक षड्यन्त्रको आभास हुने गरी घटनाक्रम अघि बढेको छ। सुर्खेतको काँक्रेविहारमा बुद्ध मूर्ति राख्न बौद्ध धर्मावलम्बीहरुले आन्दोलन अघि बढाइरहेका बेला त्यसको प्रतिकारमा बुद्ध मूर्ति नराख्न पनि आन्दोलनको घोषणा भएको छ। हिन्दु र बौद्ध धर्मावलम्बीहरु सदियौँदेखि मिलेर बसिरहेका छन्, कयौँ मन्दिर र विहारहरुमा हिन्दु र बौद्ध दुवैको आस्थाका प्रतीकहरु रहेका छन्। कुनै… Continue reading
बेलबारी बर्बरताः छानबिन आयोगले के देख्यो?
बेलबारी घटनाबारे छानबिन गर्न घटनास्थल पुगेको राष्ट्रिय दलित आयोगको छानबिन टोलीले प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा बलात्कारको प्रयास हुँदा पीडित महिला जोडले चिच्याउँदा कराउँदा पनि कसैले वास्ता नगरेको, पछि केही व्यक्तिहरु आए पनि उनीहरुले त्यो मान्छेलाई तत्काल पक्राउ गर्न स्वयं तथा प्रहरीलाई खवर गरी पहल गर्नु पर्नेमा सो नगरेको उल्लेख छ। त्यसैगरी पीडित… Continue reading
किन मुछियो महिला हिंसामा राष्ट्रपति कार्यालयको नाम?
नेपालमा राष्ट्रपति राष्ट्र प्रमुख र संविधानका संरक्षक हुन्। कार्यकारी नभई सेरेमोनियल पद भएकोले राष्ट्रपति विवादमा आउनु हुने संस्था नै होइन। तर राष्ट्रपति कार्यालयमाथि नै एउटा गम्भीर आरोप लगाइएको छ। बीबीसी मिडिया एक्सनले बनाउने साझा सवालको पछिल्लो कार्यक्रममा एक महिलाले आफूमाथि भएको हिंसाको उजुरी दर्ता गराउन जाँदा राष्ट्रपति कार्यालयबाट दबाब दिएर रोक्न लगाइएको आरोप लगाएकी छिन्।… Continue reading
बेलबारी बर्बरताः बलात्कार प्रयास गर्ने पक्राउ
बेलबारी बर्बरताको मुख्य कारण थियो महिलामाथि बलात्कार प्रयास। त्यसो गरेको शंका ती महिलाले अर्कै पुरुषलाई गरिन्। शंका गलत ठहरियो। किनभने उनले दावी गरे अनुसार ती पुरुषको हातमा रगत आउने गरी टोकेको चिह्न केही थिएन। भोलिपल्ट गलत आरोप लगाउने भन्दै समाज बसेको ठाउँमा महिलालाई दुर्व्यवहार गरियो। बलात्कार प्रयास चाहिँ कसले गरेको थियो त ? प्रश्न अनुत्तरित… Continue reading
बुद्ध मूर्ति विवादले काठमाडौँ जाम
मंगलबार बिहान अफिस टाइममा राजधानीका मुख्य मुख्य सडकमा ठूलै जाम भयो। कतिलाई जामको कारणसमेत थाहा थिएन। खासमा आज बौद्ध धर्मावलम्वीहरुले भद्रकाली, माईतिघर, हनुमानथान र पद्यमोदय मोडमा भेला भई बिहान नौदेखि ११ बजेसम्म सिंहदरबार घेर्ने कार्यक्रम राखेका थिए। पिक आवर भएकोले दुई घण्टामै राजधानी अस्तव्यस्त बन्न पुग्यो। ट्राफिकले जाम घटाउन रिङरोडबाट रत्नपार्क आउने गाडीलाई रिङरोडमै रोकिदियो।… Continue reading
बेलबारी बर्बरताः एउटै घटनामा चार अपराध
बेलबारी घटनाका पीडकहरुलाई बचाउने षड्यन्त्र भइरहेको भन्दै राष्ट्रिय दलित आयोगले आपत्ति जनाएको छ। आज राजधानीको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष सुशीला सिरपानी ठकुरीले घटनालाई अर्कै ढंगले मोड्ने र दुर्व्यवहार गर्नेहरुलाई यत्तिकै छाड्ने षड्यन्त्र भइरहेको बताएकी हुन्। उनले प्रशासनले घटनालाई छुवाछुत कसुर ऐन अनुसार मुद्दा चलाउन आनाकानी गरिरहेको भन्दै पीडितले न्याय नपाउने अवस्था सिर्जना… Continue reading
२४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्की
‘विदेशमा बसेर देशको बदनाम गर्नेहरु’ शीर्षकको ब्लग छापिएपछि एक उपबुज्रुकले २४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्कीसहितको इमेल पठाएका छन्। यी तिनै व्यक्ति हुन् जसले असाइलमका लागि सरकारविरोधी देखिने दुई वटा आर्टिकल पुरानो मितिमा छाप्ने ‘अनएथिकल’ कामका लागि पैसाको लोभ देखाएका थिए। त्यो ब्लगमा कसैको नाम र ठेगाना खुलाइएको थिएन किनभने व्यक्तिभन्दा पनि प्रवृत्ति उजागर गर्ने… Continue reading
‘रञ्जना’ हल त यस्तो पो भएछ गाँठे!
न्युरोड। हुनत ‘ओल्ड’ भइसक्यो। तैपनि नामैलेमात्र भए नि ‘न्यु’रोड। काठमाडौँको मुख्य ठाउँमध्ये एक। यहीँ छ पिपलबोट। फेसबुक र ट्विटर नहुँदा उहिलेका मानिस आफ्नो कुरा राख्न र अरुको कुरा सुन्न आउने ठाउँ। अर्थात् त्यतिबेलाको ‘सोसल नेटवर्किङ’ गर्ने ठाउँ। त्यही पिपलबोटलाई पिठ्ँयुतिर पारेर अनुहार न्युरोडको सडकतिर पारेर उभिँदा एउटा गल्ली देखिन्छ फसिकेवको- जसलाई रञ्जना गल्ली पनि भनिन्छ।… Continue reading
बेलबारी बर्बरताः संवेदनाहीनहरुमा पश्चात्ताप नै भेटिएन
बेलबारी बर्बरताबारे स्थानीय पत्रिका र राष्ट्रिय दैनिकहरुमा भइरहेको फलोअप यस्तो छ- -गोकुल पराजुली/ब्लास्ट टाइम्स (धरान)– ‘मुखमा लागेको मोसो धुँदा गइहाल्छ, जुत्ताको माला फुकाल्दा भइहाल्छ तर मेरो छोरोको जीवनमा लागेको दाग कसरी जान्छ ?’ मोरङको बेलबारी–३ करमडाँडाका रामचन्द्र भेटवालले भने। एक महिलासहित दुईजना ‘दलित’ अगुवामाथि भएको दुर्व्यवहारपछि सम्पूर्ण क्षेत्रबाट विरोध भइरहे पनि घटनामा संलग्न स्थानीय गाउँलेहरुमा… Continue reading
विदेशमा बसेर देशको बदनाम गर्नेहरु
केही दिनअघि फेसबुकमा अपरिचित एक जनाको सन्देश आयो। त्यसमा उनले आफू …. (युरोपको कुनै एउटा सहर) मा रहेको र ब्लगमा दुई वटा आर्टिकल छाप्नु परेको उल्लेख थियो। अझ अचम्म ती ‘लेख’ छापेवापत् पैसा पनि दिउँला भनिएको थियो। विशेष कारणवश त्यो छाप्नुपरेको भन्दै ठूलो सहयोगको आशा गरेको लेखिएको थियो। विस्तृत जानकारी जवाफ आएपछि दिउँला लेखिएको रहेछ।… Continue reading
माइसंसारमा मुख्य सचिवको कमेन्ट
सन् २००५ मा ब्लगिङ थालेयता आफूले लेखेको ब्लगको विषयमा चासो देखाएर उच्च सरकारी अधिकारीले फोन गरेको मात्र नभई सम्बन्धित ब्लगमा कमेन्ट समेत गरेको पहिलो संयोग बेलबारी बर्बरता कान्डमा परेको छ। मुख्य सचिव लीलामणि पौड्यालले आज बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ? शीर्षकको ब्लगमा कमेन्ट गर्दै मूलधारे मिडियामा यो खबर आउनुअगाडि नै माइसंसारमा ब्लग… Continue reading
बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न ?
अपडेटः ती दुई पत्रकारविरुद्ध मोसो दलिएका पीडित मनोज विकले किटानी जाहेरी दिएका छन्। उनले ती पत्रकारविरूद्धअनुमतिविना भिडियो अपलोड गरी बेइज्जत गरेको भन्दै जाहेरी दिएका हुन्। यससम्बन्धमा जागरण मिडिया सेन्टरले गरेको कुराकानीको अडियो सुन्न क्लिक गर्नुस्। ********************************************************* बेलबारी बर्बरता अहिले राष्ट्रिय मुद्दा भइसकेको छ। यही घटनाको चुरो कुरो बुझ्न आज ‘साझा सवाल’को टिम बेलबारी पुग्यो। ‘साझा… Continue reading
चार दिनपछि बल्ल देख्यो मिडियाले बेलबारी बर्बरता
सोमबार मोरङको बेलबारी जस्तो सुगम ठाउँमा भएको घटना देशका सबैजसो प्रमुख मिडियाले चार दिनपछि बिहीबार बल्ल देखेको छ। कथित साना जातिका दलितहरुमाथि भएको यो अत्याचारलाई अझै पनि नेपाली समाजका प्रभावशाली भनिने ‘एलिट’हरुले देख्या नदेख्यै गरिरहेका छन्। कनकमणि दीक्षित, रवीन्द्र मिश्र जस्ता ‘अगुवा’ सञ्चारकर्मीहरुलाई पनि यो घटनाले नछोएकैले त होला यो ब्लग लेखिँदासम्म एउटा स्टायटस र… Continue reading
बेलबारी बर्बरताः दर्जन दलित संस्था आजदेखि देशव्यापी आन्दोलनमा
मोरङको बेलबारी जस्तो सुगम ठाउँमा सोमबार भएको घटनालाई देशका सबैजसो प्रमुख मिडियाले तीन दिनपछि आज बिहीबार बल्ल सुसूचित गर्न भ्याएका छन्। सबैजसो राष्ट्रिय पत्रिकाले यसबारे समाचार बनाएका छन्। तर जनताका लागि राजनीति गर्ने भन्ने दल र त्यसका नेताहरुले अहिलेसम्म एक शब्द खर्च गर्न आवश्यक ठानेका छैनन्। यसैबीच दलित अधिकारका लागि कार्यरत एक दर्जन संघसंस्थाले आजदेखि… Continue reading