अहिले सडक विस्तारको लहर चलेको छ। काठमाडौँका विभिन्न भागमा मापदण्डविपरीत बनेका घरटहराहरु भत्काइँदैछन्। गएको महिना मनाङ पुग्दा त्यहाँ पनि सडक विस्तार देख्न पाइयो। हुनत बेसिसहर-चामे सडकमा औपचारिक रुपमा गाडी गुड्न थालेको गएको मंसिरमा त हो। तर पनि यो दानाक्यु भन्ने ठाउँमा होटल सञ्चालकले आफै सडक साँघुरो भएको महसूस गरी आफ्नो पर्खाल आफ्नै खर्चमा भत्काएका रहेछन्।
Category: समाचार/विचार
नौ नेपाली विद्यार्थीलाई अमेरिकामा भिसा फ्रड मुद्दा
बैँक ब्यालेन्स देखाउने धन्दा नेपालमा खुबै फस्टाएको छ। नाम चलेका बैँकका जिम्मेवार मानिसहरु नै कमिसन खाएर यो धन्दामा छन्। अझ पत्रपत्रिकामा यस्तो कामको विज्ञापनसमेत छापिन्छ। त्यसैले नेपालमा अर्काको पैसा लिएर बैँक ब्यालेन्स देखाउनु खासै अपराधको विषय हैन जस्तो लाग्छ। तर जब यस्तै काम अमेरिकामा हुन्छ, तब दिनदशा बिग्रन्छ। अमेरिकामा नौ जना नेपाली विद्यार्थीलाई अहिले त्यस्तै… Continue reading
अब फेसबुकमा लाइक र सेयर गर्नेहरुलाई हत्कडी
काठमाडौँको सरस्वती क्याम्पसमा आइए पढ्दै गरेका काभ्रेका भवनाथ सापकोटा यतिखेर हनुमानढोकाको खोरमा छन्। उनको दोष ? उनले नेकपा-माओवादीकी नेतृ पम्फा भुसालविरुद्ध आपत्तिजनक कुरा लेखिएको स्टायटस आफ्नो वालमा ‘सेयर’ गरेका थिए। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही चलाउँदैछ जसमा दोष प्रमाणित भए १ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुनसक्छ। विष्णु गुरुङ नामका… Continue reading
कहाँबाट ल्याउने ३५ अर्ब रुपिया ?
काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटो मात्र ५० किलोमिटरको हुनेछ। अझ द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ। धेरै समयदेखि त्यही भएर यो सुरुङ मार्ग चर्चामा छ।… Continue reading
तीन किलो सुन दिएर अपहरणमुक्त हुने डा. भक्तमान पनि अख्तियार छानबिनमा
तपाईँहरुलाई याद होला तीन वर्ष अघिको त्यो कान्ड- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठको अपहरण। केही मिडियाले माओवादीले अपहरण गरेको दावी गरे पनि खासमा अपराधीहरुले फिरौतिका लागि अपहरण गरेको खुलेको थियो। परिवारले साढे तीन किलो सुन दिएपछि उनी अपहरणमुक्त भएको प्रहरीको अनुसन्धान टोलीले खुलासा गरेको थियो। उनै भक्तमान अहिले अख्तियार दुरुपयोग अनुसन्धान… Continue reading
कुवेतमा नौ नेपाली ‘आपत्तिजनक’ अवस्थामा पक्राउ
बेलामौकामा नेपाली मिडियामा आउने समाचार हो- फलाना फलाना होटल वा लजमा पुलिसले छापा मार्दा यति संख्यामा जोडी ‘आपत्तिजनक’ अवस्थामा पक्राउ परे। तीन वर्षअघि त झोँक चलेर सुमिनाले ब्लगै लेखेकी थिइन्- यो आपत्तिजनक अवस्था भनेको के हो भन्दै। अब यस्तो समाचार विदेशबाट नि आउन थालेछ। कुवेतबाट भर्खरै यस्तै समाचार आएको छ। त्यहाँ चाहिँ आपत्तिजनक हैन, ‘अनैतिक… Continue reading
अख्तियार लाग्यो अकूत सम्पति छानबिनतिर, कर्मचारीमा खैलाबैला
वर्षौँ पहिले अनुसन्धान सकाएर दायर मुद्दामा फैसला हुनुबाहेक भ्रष्टाचारको छानबिन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको विषयमा प्रवेश नगरेको धेरै भयो। बीचमा अख्तियारका प्रमुख नै नियुक्त गर्न सकिएन। बल्ल बल्ल विवादास्पद भए पनि अख्तियार प्रमुख नियुक्त भयो र त्यसले अहिले उच्च पदमा रहेका कर्मचारीहरुको अकूत सम्पति छानबिन… Continue reading
अध्यागमन अत्याचारको वास्ता भएन, अब के ‘अकुपाइ’ गर्ने?
विदेशबाट फर्किएकी एक युवतीलाई अध्यागमनका हाकिम भनाउँदाहरुले पैसा र इज्जत दुवै लुटेको घटना सार्वजनिक भएपछि महिनौँसम्म ‘अकुपाइ बालुवाटार’ अभियान चल्यो। अहिले त्यो घटनामा संलग्नलाई कानुनी कारबाही अघि बढेको छ। अब बालुवाटार अकुपाइ हुन छाडिसक्यो। लुटिएको इज्जत फिर्ता हुने कुरा भएन, लुटिएको पैसा फिर्ता भए हुन्थ्यो। भएन। बरु सरकारले ‘क्षतिपूर्ति’ भन्दै रकम दिने बतायो। घटना प्रकृति… Continue reading
१५ रुपियाँमा मोबाइल
तपाईँले सस्तोमा कतिसम्मको मोबाइल देख्नुभएको छ ? दुई हजार ? एक हजार ?? आउनुस्, हामी तपाईँलाई देखाउँछौँ १५ रुपियाँमा पनि मोबाइल पाइने ठाउँ। बच्चाहरुले खेलाउने टुइँटुइँ आवाज मात्रै आउने चाइनिज मोबाइल पनि ५० रुपियाँ पर्छ। कस्तो रहेछ त यो ११०४ रुपियाँमा नै ७२ वटा आउने मोबाइल ? १५ रुपियाँ ३३ पैसा पर्ने मोबाइल कस्तो रहेछ… Continue reading
मलाई पनि डिभी पर्यो रे !
इमेल चेक गर्दैगर्दा अमेरिकी विदेश मन्त्रालयले पठाएको भन्ने शीर्षक भएको एउटा इमेलमा आँखा लाग्यो। खोलेर हेर्दा त अमेरिकाको स्थायी बसोबास कार्ड (ग्रीनकार्ड वा डिभी) परेको भन्ने पो लेख्या रैछ। अमेरिकाको झण्डा र त्यहाँको विदेश मन्त्रालयको लोगोसहितको इमेल हेर्दा अरु झुक्किन्थे होलान्। तर म झुक्किनँ। किनभने मैले डिभी भरेकै थिइनँ। भर्दै नभरेको डिभी पर्ने त कुरै… Continue reading
राजा वीरेन्द्रको चिट्ठी लिलामीमा
राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा लिलामीमा राखिएको हो। १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो। अहिले लिलाम बढाबढमा भाउ ९.५० यो ब्लग तयार… Continue reading
फिल्म हेर्नेलाई दोहोरो करको मार
के तपाईँले हलमा टिकट काटेपछि त्यसमा लेखिएको विवरण हेर्नुभएको छ ? त्यसमा करमाथि कर लगाइएको तपाईँले याद गर्नुभएको छ ? आउनुस्, हेरौँ, कसरी लगाइएको छ करमाथि कर एक पटक बुझौँ। सँगैको टिकट काठमाडौँको क्युएफएक्स सिनेमा हलको हो। तपाईँले हेर्ने प्रत्येक फिल्ममा नेपाली फिल्मको विकासका लागि फिल्म विकास बोर्ड शुल्कका रुपमा १५ प्रतिशत कर लगाइएको हुन्छ।… Continue reading
ज्योतिष भन्छ- चुनाव हुँदैन
सरकारले मंसिर ४ गते संविधान सभाको अर्को चुनाव हुने मिति घोषणा गरेको छ। घोषणा कै दिन माइसंसारमा गरिएको अनलाइन सर्वेक्षणमा नतिजा विभाजित रह्यो। चुनाव हुने र नहुने भन्नेहरु झण्डै आधा आधा रहे। ५१ प्रतिशतले हुन्छ भने पनि झण्डै ४९ प्रतिशत हु्न्न भन्नेहरु थिए। तोकिएको मितिमा चुनाव हुन्न भन्नेमा एक जना ज्योतिष पनि थपिएका छन्। डा.… Continue reading
राष्ट्रपति नभएको अवस्थामा के हुन्छ ?
राष्ट्रपति डा. रामवरण यादव गम्भीर बिरामी भएका छन्। उनको आन्द्रामा दाग देखिएको छ। गम्भीर बिरामी नभएको भए विदेशमा लगेर उपचार गर्नुपर्दैन थियो। रोगको गम्भीरताका कारणै उनलाई जापान लगिँदैछ। सोमबार दिउँसो १: ५५ बजे थाइ एयरको विमानबाट जापान जाने टोलीमा छोरा चन्द्रमोहन यादव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादव भट्ट, परराष्ट्रबाट शिष्टाचार महापाल र सुरक्षा निकायका तीन… Continue reading
आहा, सगरमाथा !
यही वर्षको सगरमाथा चढ्ने सिजनमा सयौँ शिखरतिर लम्किए। केही सफल भए, केही भएनन्। अधिकांश आरोहीहरु सुतिरहेका बेला एलिया साइकली भने आफ्नो क्यानन फाइभ डि मार्क टु क्यामेरा तेर्स्याएर रातभर फोटो खिचेर बसिरहे। त्यहीँ खिचिएका हजारौँ फोटोहरुबाट एउटा गजबको राम्रो टाइमल्याप्स (समयान्तर) भिडियो बनेको छ। हेरौँ, उनको यो भिडियो।
माइसंसारको ब्लगले झण्डै देशनिकाला
कतारकी राजदूत मायाकुमारी शर्माले माइसंसारमा लेखिएको एक ब्लगका कारण दीपक भेटवाललाई झण्डै देशनिकाला गराएको खुलासा भएको छ। उनले त्यहाँको सरकारलाई भेटवाललाई देशनिकाला गर्न पत्राचार गरेकी थिइन्। गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशनपछि मात्र उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन्। कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा लेखेको पत्रमा भनिएको थियो- ‘कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र… Continue reading
होला त चुनाव मंसिर ४ मा ?
सरकारले फेरि एक पटक संविधान सभाको अर्को निर्वाचनको मिति घोषणा गरेको छ। खिरारे सरकारले निकालेको साइत हो मंसिर ४ गते। यसअघि बाबुराम भट्टराईको सरकारले घोषणा गरेका मितिहरु खेर गएका थिए। लामो समयको प्रतीक्षापछि यो सरकारले मिति घोषणा गरेको हो। के तपाईँलाई यो मितिमा चुनाव होला जस्तो लाग्छ ? आफ्नो विचार तल कमेन्टमा वा भोट गरी… Continue reading
जटामासी खोज्दै रसुवा डुल्दा
[अहिले म मनाङ यात्रामा छु। एक वर्षअघि यति नै बेला हामी एउटा जडिबुटी खोज्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र चहारिरहेका थियौँ। त्यतिबेलाको अनुभवसहितको ब्लग तपाईँहरुले नपढ्नुभएको भए-] समुद्री सतहभन्दा ३५०० मिटर उचाइमा रहेको रसुवाको चोलाङपाटीमा भेटिएकी डोल्मा र पेमा टाउको दुख्दा सदरमुकाम धुन्चेको औषधि पसलमा किनेको सिटामोल खानेगर्छिन्। जब हामीले टाउको दुख्दा प्रयोग गर्न सकिने नजिकै… Continue reading
सुन्नुभएको छ यो विनायकको नाम ?
भगवान गणेशको अर्को नाम विनायक हो। काठमाडौँका चार कुनामा रहेका चार विनायक प्रख्यात छन्- सूर्य विनायक, जल विनायक, चन्द्र विनायक र अशोक विनायक। त्यसबाहेक अरु विभिन्न विनायकका नाम पनि प्रचलित छन् जस्तै सिद्धि विनायक। गोसाँइकुण्ड जाने बाटोमा रहेको लौरी विनायक पनि प्रख्यात नै छ। तर तपाईँले सुन्नुभएको छ दही विनायक ? हजुर, रहेछ यस्तो विनायक… Continue reading
लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी
आगामी संविधान सभा निर्वाचन प्रयोजनका लागि वैद्य माओवादीले पार्टी दर्ता गरेन। तर कूल कति वटा पार्टी दर्ता भयो थाहा छ ? ५० हैन, १०० हैन। पूरै १३९। आम्मामा ! यति धेरै पार्टी। सबको पार्टी दर्ता हुने र सबले चुनाव लड्ने हो भने त चुनाव चिह्न पनि के के मात्र दिनु पर्ने होला ! अनि मतपत्र… Continue reading