यस पटकको मिस नेपाल सौन्दर्य प्रतियोगिता इशानी श्रेष्ठले जितेकी छिन्।
२१ वर्षकी इशानीको उचाइ ५ फिट ८ इञ्च छ। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्।
अहिले सरकारमा पूर्व मुख्य सचिव/सचिवहरुको बोलबाला भइरहेको बेला यस पटकको मिस नेपालका मुख्य निर्णायक पनि पूर्व मुख्य सचिव तीर्थमान शाक्य थिए।
एकल परिवार कि संयुक्त परिवार रुचाउनु हुन्छ भन्ने शाक्यको फाइनल प्रश्नको जवाफमा संयुक्त परिवारबारे दरिलो तर्क दिई उनले उपाधि हात पारेकी हुन्।
फर्स्ट रनर अप भई मिस अर्थमा रोजिशा शाही ठकुरी जाने भएकी छिन् भने सेकेन्ड रनरअप भई मिस इन्टरन्यासनलमा श्रीतिमा शाह जाने छिन्।
मिस वर्ल्ड नेपाल २०१३ इशानी श्रेष्ठ
फर्स्ट रनर अप रोजिशा शाही ठकुरी
सेकेन्ड रनर अप श्रीतिमा शाह
भिडियो हेर्नुस्-
CONGRATULATION to You…..
यो Miss नेपाल भनेको त हाम्रा चेलीहरुलाई मुर्ख बनाउने काम मात्र हो जस्तो लाग्छ मलाई त नेपालमा /
मिस नेपाल ,बिस जना बिचको २० नेपाल , नेपाली समाजमा फेशन को बिकृति फैलाउने ‘बिष ‘ नेपाल नबन /
छुच्चो हुन खोज्या हैन तर ” ब्युटी कन्टेस्ट” भनेपछि अलि अलि ब्युटी त हुनुपर्ने हो नि !! यदि ट्यालेन्ट शो हो भने बरु त्यहि अनुरुप गर्नुपर्यो – मिस वर्ल्ड मा ट्यालेन्ट को साथ् फिगर पनि हेरिन्छ ( अझ बढी यसैलाई प्राथमीकता दिइन्छ) ….खै बेकारमा मिस वर्ल्ड मा पठाएर पैसा मात्र बर्बाद गर्दैछन जस्तो लाग्छ आयोजकहरुले !
कुनै महान काम गरेको भए पो बधाई दिनु नाथे कस्तो परिवार मन पर्छ को उत्तर दिदा मीस नेपाल रे हाहाहा…. कस्तो अचम्म ?
मीस नेपाल भएकोमा इशानीलाई बधाई छ …….. तर मीस नेपाल बनेर केही गरेर देखाउनु नै ठुलो कुरा हो | बिगतका सुन्दरीजस्तै मोडालिङ्ग क्षेत्रमा मात्रै लाग्नेहो भनेत ……………., अ अनुराधा कोईराला र पुस्पा बस्नेत जस्तै बनेर विश्व सामु चिनाउनु पर्छ / चिनाउनु हुन्छ भन्ने आशा राख्दछु !
अनी के सिपोरा गुरुङ को सुन्दरता कम थ्यो र ? …
यसपाली बाहिरी रुपलाई भन्दा भित्रि सुन्दरतालाई प्राथमिक पायो होला भन्ने आशा राख्दछु !
बधाई छ इशानी !!!
इशानी; -Your sincere efforts deserve this success, Congratulations…!!
धेरै धेरै बधाई छ इशानी नेपाल मात्र नभएर usa को समेत इज्जत राखेको मा we proud of you from lafayatte colorado
यो सोल्टी को पहाड घर हो क्या कोलोराडो || नेपाली हरु पनि क्या उदेक लाग्दा छन् यार ||
अझै USA को इज्ज़त राखेको रे || सहि हसायो यार || अहिले त मा मुस्कान पासा जस्तै हास्न मान्न लग्यो || एकदम USA को इज्ज़त सगरमाथा को चुली सम्मै पुरायो होला मिस नेपाल भएर || अमेरिका मा अमेरिका को इज्ज़त राख्ने मान्छे को कमि थियो || तेती मात्रै हो र इज्ज़त राख्न को लागि पनि सार्है प्रख्यात, अनि संसार ले चिन्ने ठाउँ बाट नै इज्ज़त राखेछन इशानी हो कि सिरानी बहिनि ले || मिस नेपाल को उपाधि ले अमेरिका लाइ चिनाउने भयो, हाम्रो कोलोराडो पहाड घर भएका मित्र ले भन्नु भएको ||
मुस्कान पासा
मरे म त हासेर मिलन कार्की जी को उत्तर पढेर | बडो ठिक उत्तर दिनुभो उहा साथि लाइ | जति यो उत्तर जति पढ्यो उति हासो थाम्न गारो हुन्छ |
सोल्टा पक्कै पनि डिभी परेर अमेरिका पुगेको जस्तो छ
थुक्क तिम्रो जीवन देखि.
बधाई नया मिस नेपाललाइ तर उनको ट्यालेन्ट र संदौर्य हेर्दा मिस नेपाल हुनको लागि योग्य भएजस्तो लाग्दैन साथमा जज हरुले कुन आधारलाइ टार्गेट गरेर निर्णय गर्छन ? त्यो उनीहरुलाई नै जानकारी होला येस्ता खालका मिस नेपाल ले मिस वोर्ल्ड मा भाग लिने मात्रै हो उपाधि को लागि आसै नगरे हुन्छ /
समाज सेवाका लागि – एक नया सदस्य थपियो क्या हो ?
गर्यो समाज सेवा, एउटा साथी ले भनि हाल्नु भयो नि कल कान्तिपुर, धेरै भए नेपाली फिल्म नत्र भने उही हो fashion show को नाटक मा काम गर्ने || अहिले सम्म को मिस नेपाल त निल नै भयो नि professional career मा त ||
है न के भानिछिं यिनले हँ? के प्रश्न थियो के जवाफ दियिछिं र यिनीले जितिन!
मान्छेचाही तेत्ति मिस नेपाल नै भन्न मिल्ने रुप छेककी छैन रहिछ तर जवाफले बनायाछ! के रैछ त्यो जवाफ थापाउन पाय हुने हामीले पनि!
भाउ बढ्यो / उनको लागि राम्रो भो /
सिपोरा गुरुङ मिस्स नेपाल नभएको मा चित्त दुख्यो…..इशानी लै धेरै धेरै बधाई!!!!!!!
मिस नेपाल को अनुहार हर्दात सबै नीयोजित जस्तो पो लागो है मलाई त 🙂
मीस नेपाल बनेकोमा मीस इसानी लाई बधाई …. तर आयोजक ले येत्रो ठुलो प्रोग्राम गर्यो तर लास्ट मा prize दिदा एउटा फूल पनि नदेको मा चै प्रोग्राम संचालक संग पैसा नपुग भएको जस्तो लाग्यो खाली खाम मात्र थमायो अलि खल्लो लाग्यो……..
Before miss nepal – social service
After miss nepal – chapli height , ATM !
Call Kantipur को लागि अर्को प्रेसेंतातोर बनेर न बस्नु .. मिस नेपाल को अर्थ हो नेपाल को विश्व समू प्रतिनिधि गर्ने … हार्दिक बधाई !
यो मिस नेपाल नाम को सर्कस त काम छैन || अहिले नेपाल को इस्थिती भनेको एस्तो नाटक, सर्कस तिर लाग्ने होइन || यी सब सर्कस देखाउने हो भने पहिला आफ्नो देश मा भएको तमासा लाइ राम्रो गरौन पर्यो || अब खिसिक्क हासेको फोटो देखाएर, देखावोटी काम गरेर देश भन्दैन || सब एस्त नाटक हरु छोडेर देश लै कम्मर कसेर विकास गर्न तिर लग्न पर्छ || तेसैले एस्त नाटक चाहे त्यो सुन्दरी हरु को प्रतियोगिता होस् या अरु नाटक हरु होस् सब रोकेर, देश विकास, देश लाइ बनौन तिर लग्न पर्छ || पहिला को सुन्दरी हरु को प्रगति हेरे पुग्छ कति ठुला मान्छे भाको छ भनेर || देखा पनि लाज लगेर आउच यार || यो जस्तो लाज को मर्नु त केहि होइन || कोइ कपाल काट्ने, कोइ हिड्न बाटो कतै नभए जस्तै ramp खोज्दै modelling को नाम मा तमासा गर्ने || यो सब वैहात हो || मलाई त दिन छैन सुभकामना एस्तो हरु लाइ || यिनी हरु को सट्टा बरु फेरि एकपटक पुस्पा, अनुराधा, आदि लाइ दिन्छु बधाई ||
मन मा लागेको कुरो लेख्नु भयो सर … असली मिस / म्याडम नेपाल त पुष्पा जी हुनहुन्छ …उहा हरु ले हाम्रो देश को प्रथिनिधि गर्नु भाको छ 🙂
सोधिएको प्रश्न सधैं जसो दर्है रैछ …जवाफ पनि दर्है दीईन होलिन र जितिन …ल बधाई छ
कथाले मागुस या नमागुस अंग प्रदर्शन जारी राख्नु होला ..
धन्यवाद सुन्दरी
यी बैनी पनि दंताचिकित्सा तिरकै परिछिन . ल यिनलाई बधाई छ . दन्त चिकित्साको लागि पनि क्यै गरुन यिनले . शुभकामना छ इशानी .
सायद… इसानी भन्दा धेरै फराकिलो बौद्धिकता र भित्रि सौन्दर्य भएका हजारौं नेपाली दिदीबहिनीहरु उचाई नपुगेर, जिउ नमिलेर, खाप्चो (अनुहार) राम्रो नभएकाले टिभीमै ‘सुन्दरी’ हरुको प्रतियोगीता हेर्न बाध्य भएका होलान्…
तैपनि बधाई छ इसानी लाई….
~~~ उपाधि जित्न सफल भएको मा लस-हना !~~~
उमेर कच्चा भए पनि , विचार पक्का को निशानी ,
आउँदो चुनौती पुरा गर्न शुभेच्छा छ , मैंया इशानी !!!
बधाई छ इशानी!
CONGRATULATION इशानी !! BUT WHAT HAPPENED TO रोजिशा शाही ठकुरी SHE WOULD DESERVE THE TITLE FOR THE YEAR, LOOK AT HER BEAUTY AND इशानी श्रेष्ठ’s. Well, I am not convinced with the judgment,
मिस नेपाल जित्नु र फुटबल मा वर्ल्ड कप जित्नु उस्तै उस्तै हो/कहिले राम्रो टिम हुँदा हुँदै वर्ल्ड कप हर्छ भने कहिले ब्युटी हुदा हुदै पनि कन्टेस्ट मा हार्छन/जो भाग्यमानी छ उसैले जित्छ/
ल बधाई! त्यो तर्क, जसले मीस नेपाल बनायो, लेखिदिएको भए राम्रो हुने थियो/
मिस नेपाल २०१३ बन्न सफल भएकोमा इशानिलाई बधाई/