Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा

Posted on April 13, 2013April 20, 2013 by Salokya

sajhabus
एउटा कम्पनीले काठमाडौँका दुई वटा रुटमा जाबो १६ वटा बस चलाउँदा देश विदेशमा ठूलै चासो हुनुपर्छ? पक्कै पनि पर्दैन। यो सामान्य हो। तर जब त्यहाँ साझाको नाम जोडिन पुग्छ, त्यो ‘असामान्य’ हुन पुग्नु अस्वभाविक हैन। र त, ठूलै चासो छ अहिले देशमा अनि विदेशिएकाहरु माझ पनि। हो, यो साझाप्रतिको विश्वास र यसले दिएको सेवा कै कारण हो। यदि निजी क्षेत्रले साझाले दिएको जस्तै सेवा दिन सकेको भए आज साझा आउटडेटेड भइसक्थ्यो, कसैले वास्ता पनि गर्ने थिएन। तर साझालाई अहिलेसम्म बिर्सन सकेका रहेनछन् कसैले। त्यसैले राजनीतिक हस्तक्षेपले जर्जर बनाएर विघटन भइसकेको साझा यातायातले १२ वर्षपछि आज पुनः सेवा सुरु गर्न लाग्दा खुसीको एउटा सानो अंश सबैमा सञ्चार भएको छ।

सन् १९६५ मा साझा बस।
सन् १९६५ मा साझा बस।


आज साझा यातायातले आफ्नो सेवाको उद्‌घाटन मुख्य सचिवबाट गराउँदैछ। अनि टिकट काट्ने ‘किलिन्डर’ बन्दैछन् मदनकृष्ण र हरिवंश। अहिलेलाई साझा यातायातले काठमाडौँका दुई रुटमा ८/८ गरी १६ वटा बस चलाउनेछ।

साझा यातायातले आफ्नो सेवा जुलाई १६, १९६२ (साउन १, २०१९) मा सुरु गरेको हो। लामो समयसम्म यसले सेवा दिइरह्यो। काठमाडौँ उपत्यकामात्रै हैन, देशका विभिन्न भागमा यसले सेवा पुर्‍यायो। त्यतिमात्र हैन, भारतको दिल्ली र चीनको ल्हासासम्म पनि यसले सेवा विस्तार गरेको थियो कुनै ताका।

साझाको जगजगी हुँदा यातायात व्यवस्था अहिलेको जस्तो अव्यवस्थित थिएन। अहिले जस्तो बस जहाँ पायो त्यहीँ घ्याच्च यात्रु पाउने बित्तिकै रोकिँदैन थियो। निश्चित बिसौनी बाहेक यताउता बस रोकिँदैन थियो। बस चढ्नेहरु पनि बिसौनीसम्म पुग्न अल्छी गर्दैन थिए। झर्नेहरु पनि बिसौनीमै पुगी झर्न गाह्रो मान्दैन थिए।

साझाको पहिलेको निलो जापानी बस
साझाको पहिलेको निलो जापानी बस

काठमाडौँमा यात्रु र सवारी साधनको चाप बढ्दै जाँदा ठूला बस हैन, मिनी र माइक्रो गर्दै झन् झन् साना सार्वजनिक सवारी साधन आयात गर्दै चलाउन अनुमति दिने महान् विचारक र नीति निर्माताहरु यहाँ भेटिए। २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि सरकारले आफ्ना मान्छे भर्ती गर्ने र विपक्षीले गर्ने बन्दमा तोडफोड गर्ने – दुईवटैको मारमा पर्‍यो र अन्ततः धराशायी भयो २०५८ सालमा। २०६७ सालमा सहकारीको रुपमा पुनःस्थापित भएको साझा यातायातले कनकमणि दीक्षितको अध्यक्षतामा नयाँ जोशजाँगरका साथ काम सुरु गर्‍यो।

निश्चित समयमा सेवा दिने, भरपर्दो, दुर्घटना कम हुने आदि ट्रेडमार्क थिए साझाका। त्यसैले निजी क्षेत्रका जति सेवा आए पनि साझालाई कसैले बिर्सन सकेनन्। त्यसैले आज १२ वर्षपछि सेवा सुरु गर्दा सबै पुरानो दिन सम्झिएर रमाएका छन्।

३३ लाख परेको अहिलेको गाडी भारतको टाटा कम्पनीको हो। पहिले निलो जापानी बसले सेवा दिने गर्थ्यो। बिहान ५ देखि राति ११ बजेसम्म यसले सेवा दिनेछ। विद्युतीय टिकट र मोबाइल पे सिस्टमको बारेमा यसले सोधिखोजी गरिरहेको छ। यो सेवा सुरु गरे नेपालको यातायात क्षेत्रमा एउटा नौलो आयाम भने हुनेछ। अहिले नै केही मलहरुको फूडकोर्टमा भइरहेको शैलिको कार्ड सिस्टमको भुक्तानी यसले पनि सुरु गर्न सके साझाले एउटा फरक अनुभूति दिलाउन सक्नेछ।

साझालाई स्वागत ! शुभकामना !!

अहिलेको साझा बस

Glad to see Sajha bus on kalimati today. Want to ride this soon ! twitpic.com/ciusaa

— salokya (@salokya) April 12, 2013

sajha11

91 thoughts on “१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा”

  1. Sushma Manandhar says:
    April 17, 2013 at 10:47 pm

    लन्डनको मेट्रो सय बर्ष भन्दा बढी अहिले चलि राख्यो lपुरानो ट्रलीबस बनाएको बिगारे जुद्द समशेर रुप लाइन बिगारे जनकपुर चुरोट कारखाना बाँसबारी जुत्ता सिमेन्ट कारखाना बेची बेची खाएl

    Reply
  2. Ashes says:
    April 17, 2013 at 2:43 pm

    Congratulation. Glad to read that it goes into Tribhuwan International Airport. I hope Sajha will soon operate all around the country.

    Reply
  3. सार्थक says:
    April 16, 2013 at 8:06 pm

    साझा सबैको साझा होस्, सफलताको शुभकामना ।

    Reply
  4. raj says:
    April 16, 2013 at 4:52 pm

    साझा यातायात फेरि सडकमा देखिएको देख्दा ख”शी लाग्यो . तर, एउता तितो अनुभव नया वर्षकै दिनको एउटा तितो अन”भव . लगनखेलमा पुगेको साझा यातायातमा चढ्न भनेर यात्र”ह? घन्टौदेखि क”रेर बसेका थिए . तर, आइपुगेको साझा बसका चालकले ६ बजे ड्युटी सकिएको भन्दै अर्को गाडी पखिर्न भने . सडकमा उभिएकाह?ह? कराउन थाले . त्यसपछि चालकले फोन गरे गरेर सम्भवत: कार्यालयका हाकिमसाग कुरा होलान् . त्यसपछि भने उनी यात्रु चढाउन तयार भए . उक्त घटनाले साझाका कर्मचारीहरुमा सर्वसाधारणलाई सेवा दिनेभन्दा पनि आफ्नो जागिर र ड्युटीको नै बढी चिन्ता रहेछ भन्ने पुष्टि भयो . यसतर्फ व्यवस्थापनका ध्यान जाओस् . अर्को कुरा, लगनखेलमा साझा बसको छेउमा उभिएका केही व्यक्तिहरुको टिप्पणी सुन्दा आगामी दिनमा त्यसले थुप्रै अवरोधह?को सामनना गनुपर्ने पक्का छ . ती व्यक्तिको कुराले माइक्रोका चालहरुको रहेको जनाउा दिन्थ्यो .
    उनीहरुको टिप्पणी यस्तो थियो: यसले टाफिक जाम नै गराउने भयो . मोड नै पुग्दैन . विदाको दिन भएर पो चल्न सकेको हो . अरु बेला त अरु गाडीले साइड नै पाउदैनन् . बाटो नै छेक्ने गरी चलाउन पाइन्छ र यी भनाईले साझा कासेको आगामी दिनको यात्रा चुनौतीपुर्ण र सहज छैन भन्ने देखाउछ .

    Reply
  5. Prakash PM says:
    April 16, 2013 at 3:27 pm

    राम्रो कुरा हो र फेरी पहिले जस्तै निश्चित बस बिसौनीमा मात्र बस अनि अरु गाडी हरु पनि रोक्ने गर्नु पर्यो , जथाभावी रोने र मान्छे चडाउने अनि झार्ने गर्नेलाई कडा कारवाही हुनु पर्यो र साझा पहिले जस्तै देश का कुना कुना मा पुगोस भन्ने कामना ….

    Reply
  6. asha says:
    April 15, 2013 at 3:34 pm

    साझा आयो ठिक भयो………अब रास्ट्र ब्यापी हुनु पर्छ///////////////

    Reply
  7. Bala Ram Thapa says:
    April 15, 2013 at 12:39 pm

    अब्यबस्थित र अनियमित रुपमा गुड्ने ब्रम्हलूट ( जथा भाबी रुपमा ) भाडा असुल्ने मनमा जे आयो त्यहि बोल्ने हुलिया जस्ता पैसाउठाउन राखिएका कन्डक्टर हरु र साना ठुला आकारका विभिन्न ब्यबसाइहरुले चलाएको गाडी चड्दा चड्दा वाक्क भै रहेका समयमा साझा बसको सुरुवातले हामीजस्ता स्वाभिमानी हरुकोलागी गौरब बढे जस्तो लाग्छ | किन कि तोकिएकोनिश्चित गन्तब्य स्थानमा निश्चित भाडा दर र टिकट लिइ बस चढ़न पाउनु अहोभाग्य ठाँनद छौं |
    २०१९ साल तिर साझा बस चल्दा महाराज गंज प्रहरी प्रज्ञा प्रतिसठाँन देखि लैनचौर सम्म को भाडा १० पैसा थियो | भने कन्सेसन मा साहेद ६ वा ७ पैसा तिरेर स्कुल जान पाइन्थियो , त्यो दिन लाइ साजाको सुरुवातले सारै खुशी तुल्यायो | साझा ले जनता लाइ निश्चित रुपमा सुबिधा दिलाएको थियो तर ब्यबस्थापन को घोटालाको कारण कदक्टर र ब्यबस्थापन ( बस साहु) हुन पुगे साझा टाठ उल्टियो | त्यो कुरा लाइ मनन गरेर जनताको सेवा को साथै मुनाफा च्लोश यहि शुभ कामना |

    Reply
  8. Bijaya says:
    April 15, 2013 at 11:06 am

    सहकारीको रुपमा स्थापित साझाको प्रगतिको कामना गर्दछु| नेपाल बन्दको दिनमा समेत सबै नेपालीले साझालाई ढुंगामुढा नगर्ने प्रण गरौँ|

    Reply
  9. Jeevan Thapa says:
    April 15, 2013 at 10:51 am

    साझा बसलाई ढुंगा हान्नेहरुलाई नेपालको कानुनले त सजाय दिन्दैन सो नेपाली जनताले नै अन दि स्पट सजाए दिनु पर्छ!
    यो भनेको देश मात्र होइन हामी सबैको साझा सम्पति हो!

    Reply
    1. बिनोद says:
      April 24, 2013 at 7:52 pm

      जे होस् जनताले सुबिधा पाउने भए. जसले फेरी यो सोच ल्यायो उस्लाई धन्यवाद . साझा सबैको हो भन्ने सबै जनताले बुझुन श्री पशुपतिनाथले सबै भ्रष्टहरुमा साझा हामी सबैको हो यसलाई जोगाउनु पर्छ भन्ने सद्बबुद्धि दिउन . साझा लै सफलता को कामना .
      बिनोद

      Reply
  10. Tek Bhandari says:
    April 15, 2013 at 10:30 am

    नेपालको समानुपातिको कुरा नारा नै लगाइन्छ तर वास्तविकतामा रित्तो हुन्छ ! मेरो देशका प्राबिधिक, समाजसेवी, नागरिक समाज, राजनैतिक वैक्ति भनिने, वाकिन – न्यायालय कहिँ पनि आशा राख्ने ठाउँ पाएको छैन ! सार्वजनिक ठाउँ (भवन, विश्राम स्थल, मनोरंजन स्थल, धार्किन स्थान { चर्चहरु, मठ -मन्दिरहरु }, सडक पेटी, पसल पुग्ने ठाउँहरु कहाँ छन् !) ? हाम्रो नियम बनाउनेहरुका दृस्टी कहाँ हुन्छन, इञ्जिनिएर्हरुले के पढे ? सार्वजनिक यातायातमा कहाँ कसरि ?? धन्य मेरा नेता, कानुन्विध, प्राविधिक, नागरिक समाज !!!!!!!

    Reply
  11. Madhu Rijal says:
    April 15, 2013 at 2:10 am

    शुभकामना साझा यातायातलाइ….जनता को इच्छाअनुसार को सेवा दिन सकोस….र पहिले झैं गुनास्तारिये र भरपर्दो बनोस……

    Reply
  12. ramesh shrestha says:
    April 14, 2013 at 11:46 pm

    कुनै पनि सहर को standard त्यो सहर को सार्बजनिक यातायात ले देखाऊ छ ……यो मेरो experience हो

    Reply
  13. Maharjan Raman says:
    April 14, 2013 at 10:39 pm

    धेरै धेरै शुभ मंगलमय कामना छ र हार्दिक स्वागत छ शाझा यातायातलाई अनि पुनर जीवित दिनु हुने समस्त कर्येकर्ताहरुलाई भित्रि मन देखि dhanyebad !

    Reply
  14. Tika Ram Pokharel says:
    April 14, 2013 at 10:17 pm

    “यो एउटा ठिक निर्णय हो एस्लाई कुनै पनि राजनैतिक हस्तछेप , बन्द र दंगाले छुनु हुदैन”

    मेरो डर के भने कनक मणि को नाम देखेको भर मा नेपालका माओबादी ले साझा मा अनाबस्यक अटक (आक्रमण ) गर्ने त होइनन ? बैद्य समूह ले त प्लान पनि बनिसक्यो होला नि. कनक संग को रीश साझा माथि नापोखियोश त्यहि मेरो सुवाकमाना छ. अब यो सहकारी भाको ले नाम र इज्जत मात्र Inherit गरेको भन्ने बुझेर यसले राम्रो काम गरोस सेबा पुरावोस . सुवाकमाना
    .

    Reply
  15. Binod says:
    April 14, 2013 at 9:30 pm

    हो साँची साझा बस फेरी पनि तेही बाडर को हात मा हरियो (निलो) नरिवल हुने पक्का पक्कि छ . / येस्तै ताल हो भने आर्को एकबर्ष मा फेरी हाम्रा सन्तति हरु लाई राम्रा साझा बस को बारे मा कथा सुनाउन पर्ने छ. / मेरो आज को बस यात्रा को अनुभब यंह सेयर गरु है त / लगनखेल बाट जावलाखेल सम्म जाँदा किलिण्डर ले पैसा लिने काम नै गरेनन या गर्ने जाँगर देखाएनन. / पहिलो स्टप मा पैसा नतिरी जाने ४ जना भए / तेस्पछि शुरु भयो यहि प्रक्रिया. डैभर, खलाशी र अर्को को हो तीनजना स्टाफ तर यात्रु ले पैसा लिउन न भन्दा कसै लाई मतलब छैन / मैले नमिठो गरि सत्य कुरा गर्ने पर्छ/ त्यो आज को २.३० बजे को बस का सबै स्टाफ लाई तुरुन्तै कारबाही गर्नु पर्छ अनि एकजना ले नै सबै जिम्मेवारी लिने गरि प्रभिदी को प्रयोग गरि साझा बस लाई नेपाली को बस बनाउन पर्छ. / म naya बसपार्क सम्म पुग्दा lagbhag २० जना यात्रु ले चाहेर पनि बस भाडा बुझौन पाएनन्. / तेस को अशुली तिनै स्टाफ बाट गरि भबिष्य म सरकारी काम मा अयोग्य घोषित गरि तिनी हरु लाई निकल्दिनु पर्छ. / नत्र बादर को हात मा हरियो नरिवल हुञ्छ साझा बस/ सबै लाई चेतना भया…….

    Reply
  16. गगने says:
    April 14, 2013 at 8:13 pm

    चालक र संचालकको मात्र होइनकि सम्पुर्ण नेपालीको साझा बनेर यातायात क्षेत्रमा राजा बन्न सकोस यो साझा यातायात भन्ने मेरो नया बर्षको दिब्य शुभ-कामना!

    पछाडि बाट चडेर अगाडिबाट झर्ने नभैकन बरु अगाडिबाट चडेर पछाडिबाट झर्ने पो हुनुपर्ने हो कि त?

    Reply
  17. kaji,hk says:
    April 14, 2013 at 7:49 pm

    कतिको ढुंगा मुडा र भ्रस्टाचार प्रुफ छ नया गाडीहरु त्यसैमा छ साझाको आयु

    Reply
  18. robin (Aus) says:
    April 14, 2013 at 6:51 pm

    अर्काको देश बाट किनेर ल्याई नेपाली नाम दिइएको, भ्रस्टाचार ले बर्सौ सम्म थला परेको साझा बस बिउझियो रे भनेर देश नै थर्कमान हुने गरि पत्रिकाले खबर छापेको छ ,, एस्लाई दुखको भनु या खुसीको खबर ! साझा बस ले रंग परिबर्तन गरे जस्तै यसको व्यवस्थापन मा पनि परिबर्तन भाको हो कि पुरानै भाइरस झन् छिप्पिएर आउने हो त्यो हेर्न बाँकि छ …

    Reply
  19. Santosh Karki says:
    April 14, 2013 at 5:12 pm

    साझा यातयात लाई उत्तर उत्तर प्रगतिको कामना,

    Reply
  20. तेन्जिंग गाबा says:
    April 14, 2013 at 3:48 pm

    निजि बिमान-सेवाको पाइलटले भन्दा साझा बसको ड्राइभरले बढी सुको कमाएर टाट पल्टेको साझा यातायतमा अब चाही त्येस्तो अन्यथा हुदैन होला भन्ने आशा सहित शुभकामना

    Reply
    1. बिश्व says:
      April 14, 2013 at 8:10 pm

      आज यो समाचारले सानो हुँदा पश्चिम बाट (सायद नेपालगंज बाट काठमांडू ) हुङ्किएर सधै एकै समयमा आउने साझा बस र त्यसमा चढ्ने रहरलाई पुन: ताजा गरायो ! हाम्रा नीति नराम्रा छैनन्, कार्वान्वयनका प्रयास नहुने पनि होइनन तर अधिकारका नाममा च्याउ सरी गठन गरीने विभिन्न दलका संगठन नै अहिलेका बिकाशका बाधक हुन् ! आजभोली त संगठन मार्फत खुलेआम ठग्न पाउनु पर्छ भनेर देशै ठप्प पार्ने धम्कि दिन्छन ! अब यो समाचार पछि ट्याक्सी ब्यबसायीको छाता ‘अघोषित डन’ संगठन बाट धम्कि आउन कति समय लाग्ला ? ********** त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै साझा बस पुग्ने भएपछि हवाई यात्रुलाई सहज भएको छ । साझा बस विमानस्थल भित्रै पुग्ने भएपछि हवाई यात्रुले अब ट्याक्सी नचढे पनि हुने भएको छ ।
      कलंकी–कालिमाटी–त्रिपुरेश्वर–माइतीघर–बानेश्वर–तीनकुने–सिनामंगल हुँदैचल्ने साझा बस विमानस्थलभित्र ट्याक्सी पार्किङस्थलसम्म पुगेर फर्कने गर्छ ।*************

      Reply
  21. kamal says:
    April 14, 2013 at 2:16 pm

    हाम्रो देश को सिस्टम कति अगाडी पुगेको थियो! फेरी पनि सुरु भयो धेरै खुशी को कुरा , साझा बसका संचालक लै सुभकामना !!!!!!!!!!!!!!

    Reply
    1. Sushil Pradhan says:
      April 14, 2013 at 11:10 pm

      यसै गरि ट्रली बस पनि शुरु होस् !!!

      Reply
  22. Anup Bastakoti says:
    April 14, 2013 at 12:01 pm

    देश को कुना कुना मा पनी साझा यातायात को पहुच हुनुपर्छ । सफलताको हार्दिक शुभकामना …………….

    Reply
  23. shyam pandey (sydney) says:
    April 14, 2013 at 11:43 am

    शत्रु पनि मित्र बनुन
    मित्र संग अझै घनिष्ठ सम्बन्ध बनोस
    दाजु हरु ले भाई लाई धेरै माया गरुन
    भाई ले दाई को आदर गरोस
    बितेको पुरानो कथा हरु सम्झदै
    बर्तमान लाई सुनौलो बनाउने कसम सबै ले लिनु
    भविष्य को सुन्दर सपना पुरा गर्ने संकल्प लिनु
    भगवान को पूजा पाठ गर्दै नव बर्ष २०७० लाई स्वागत गर्नु
    नव बर्ष २०७० सबै लाई सम्पूर्ण मानव लाई सुभ होस्

    Reply
  24. Suman bhote says:
    April 14, 2013 at 10:58 am

    tata bus लाई साझा bus बनाएको मा…… अलि नमिले जस्तो लग्यो….. ठिकै छ….. repair गर्न सजिलो हुन्छ…….

    Reply
  25. binod says:
    April 14, 2013 at 10:02 am

    सफलताको शुभकामना साझा यातायात लाई

    Reply
  26. tulasi timsina says:
    April 14, 2013 at 7:32 am

    साझा बसले नेपालको यातायातको पर्खालमा ईट्टा थप्ने काम गरेको छ / अब चाही साझा यातायात भ्रस्टचारी हरुको नजर र मुख मा नपरोस / साझा यातायात को उत्तरोत्तर सफलताको कामना/

    Reply
  27. shyam says:
    April 14, 2013 at 4:25 am

    अरु त त्येस्तै हो, तर गौतम बुद्ध अंकित चित्र राखेर बुद्ध हाम्रै नेपालका हुन् भनेर चिनारी राख्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो कि!!!

    Reply
  28. Raj says:
    April 14, 2013 at 4:03 am

    आहा नया साल मा प्रगति को र उन्नतिको समाचार अति मिठो लग्यो, सुन्दा पनि आनन्द आउने, हामी सबै को साझा,हाम्रो र राम्रो सबैको साझा बन्न सकोस बधाई छ, भबिष्य मा सफलता को चुली चुम्न सफल होस् भन्ने कामना गर्दछु,

    Reply
  29. BK Thapa says:
    April 14, 2013 at 2:36 am

    सायद साझा बसको नाम “साझा” भएरनै होला सबैले साझा सम्झेर खाजा खाए जस्तो छ बिगतमा / तेसैले अब एसको नाम बदलेर चलाए कसो होला /

    Reply
  30. P.R Baral says:
    April 14, 2013 at 2:08 am

    यो एउटा बिकासको उदाहरन हो | अब नेपाल एअरले पनि साझा यातायातको सिको गरे कसो होला ?

    Reply
  31. Prakash Tiwari says:
    April 14, 2013 at 12:13 am

    बादरको हातमा निलो नरिवल भनेको के हो ? भन्ने गाउ खाने प्रश्नको उत्तर नेपाली हातमा साझाको निलो बस भनि गजबको कुरा गरेका थिय आजभन्दा करिब २५ वर्ष अघि महजोडीले / हाम्रो पुस्ताको लागि येही तितो सत्य भयो / हाम्रा छोराछोरि भतिजाभतिजीको लागि चै बादरको हातमा हरियो नरिवल भनेको साझाको हरियो बस चै नहोस येही सुभकामना छ /

    Reply
  32. Birendra says:
    April 13, 2013 at 10:32 pm

    wow very glad to hear this good new of the reincarnation of Our Sajha Bus

    Reply
  33. birkhe says:
    April 13, 2013 at 10:17 pm

    साझा बसको पुनर्जन्म भएकोमा म हर्षित भएको छु | प्रजान्त्रको पुनर बहाली पछि नेपालबाट धेरै सस्थान्हारू प्रधन्मंत्रिकी छोरीले बेचेर खाएकी छे | कसैको आँट छैन येस्तिलाई जेल कोज्ने | नेपाल बायुसेवा निगमका दुइवटा जेट झ्वोम परिन | बाँसबारी छाला जुत्ता कारखाना,बिर्गज्को चिनी मिल, हर्शिद्धि इँटा कर्खारना,चोवर्को सिमेन्ट कारखाना, जनकपुर चुरोट कारखाना, हेतौंडा कबाडा उद्योग, गोरख काली रवाद उद्योग, थुप्रै थुप्रै देशका उद्योग धन्दा सबै चपाएर बसेकी छिन देस्खा प्रधान मन्त्रि पुत्री | नेपाल देखि जापान सम्म, जापान देखि बेलायत सम्म उड्ने नेपाली वायुसेवा निगमले हालै आएर दिल्ही सेवापनि बन्दा भएको खबर सुन्दा कुन नेपालीको मन नरुला | येस्तहरुलाई कुन मनले पुन मतदान गर्ने?

    Reply
  34. बासु श्रेष्ठ says:
    April 13, 2013 at 9:07 pm

    साझाले पाएको यो पुनर्जीवनमा म पनि अति हर्षित छुँ, हाललाई चढ्न नपाए पनि | पक्कै कुनै दिन चढिने छ |
    विगतमा भएका गल्ती र कुप्रवृत्तिहरुबाट अहिलेको व्यवस्थापनले पक्कै शिक्षा लिएको हुनुपर्छ | जीएम देखि कन्डक्टर अनि यात्रुहरुको मनोमानीप्रति पक्कै नियन्त्रण हुनेछ र यो दीर्घकालसम्म चल्ने छ र पहिलेको जस्तै भारत र चीनमा यसको सेवा विस्तार हुनेछ भन्ने कुरामा म आशावादी छु |
    साझाका व्यवस्थापन समुह, कर्मचारी र हामी यात्रुहरु सबैलाई बधाई भन्दै नयाँ वर्षको शुभकामनापनि |

    Reply
  35. dipak shrestha says:
    April 13, 2013 at 9:00 pm

    साझा बस पुन संचालन हुनु भनेको हामी हाम्रो सर्बोपरी हीतको लागि कहिलेइ पछि पर्न चाहन्नौ भन्ने बुझाई हो |परि आयको खण्ड मा हाम्रो सासन बेबस्था लाई साझ बस संग दाज्दै अगाडी बढने पनि प्रतिबद्दता हो भन्ने आम नेपाली को धारणा हो | आउनु होस् साझा बस जस्तै अगडी बद्न मा सबै ले सहयोग गरौ |

    Reply
  36. Anuj says:
    April 13, 2013 at 8:34 pm

    I hope no one tears the seats this time 🙂

    Reply
  37. dambar says:
    April 13, 2013 at 8:19 pm

    सालोक्यजीले दिनु हुने सूचना र लेखहरु उच्चकोटिका र स्तरिय हुन्छन तर प्रतिक्रिया दिने केहि साथीहरुले भने निकै तल्लो र घटिया खालका प्रतिक्रिया दिने गरेको देख्दा अलि दुख लाग्छ/
    साझा बस सुरु भएकोमा हार्दिक सुभकामना/ मलाई त नया बर्षको पहिलो दिनमा सुभारम्भ गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने लागेको थियो/ उद्घाटन कुनै विशिष्ट समाजसेवीबाट वा जेठो चालक बाट गराएको भए राम्रो हुन्थ्यो./ दिक्षितजी ले हेक्का राख्नु भएनछ/ साझा बस सबैको प्यारो बस हो अबका दिनमा त्यहाको ब्यबस्थापनले राजनीतिक हस्तछेप र ट्रेड union को दादागिरी बाट सुरछित राखी उच्च कोटीको बेबस्थापन कायम राख्न सफल हुनुहुनेछ भन्ने आशा गर्दछु/ दिक्षित जी लाई बधाई!

    Reply
  38. DRKhatri says:
    April 13, 2013 at 8:10 pm

    Rs १ को तिच्केट काटेर छाडेको त मलाई नि ठ छ.!!!! welcome साझा.!!

    Reply
  39. dil bahadur dhital says:
    April 13, 2013 at 7:58 pm

    this is good news for all nepali peoples that sajha came back after 12 years later. but we have to request to our political leader that please don’t make any dominant to its operating team and specially to Mr. Kanak Madi Dixit’s hope and further good steps.

    dil dhital
    Kathmandu
    nepal

    Reply
  40. chiranjibi gautam says:
    April 13, 2013 at 7:39 pm

    यो एउटा ठिक निर्णय हो एस्लाई कुनै पनि राजनैतिक हस्तछेप , बन्द र दंगाले छुनु हुदैन . अमेरिकामा गुरुले बस चलाउदा येदि बाटोको दिलमा छोयोभाने पनि जरिबाना
    तिर्नु पर्छ .

    Reply
  41. dil dhital says:
    April 13, 2013 at 7:37 pm

    this is good news for all nepali peoples that sajha came back after 12 years later. but we have to request to our political leader that please don’t make any dominant to its operating team and specially to Mr. Kanak Madi Dixit’s hope and further good steps.

    Reply
  42. pradeep says:
    April 13, 2013 at 7:24 pm

    साझा यातायात लाई शुभकामना ! २०४६ सालमा प्रजातन्त्रको आगमन पछि नेता, कर्मचारीको कोप भाजनमा परेर बन्द भयको साझा फेरी सुरु भएको छ ! अब फेरी यसले निजि यातायात कम्पनि लगायतको दुस्मनीको सामना गर्नु पर्नेछ, बिद्यार्थी भनाउदाहरुको ढुंगा मुढा खेप्नुपर्नेछ !

    Reply
  43. puran grg says:
    April 13, 2013 at 7:19 pm

    साझा यातयात लाई उत्तर उत्तर प्रगतिको कामना फेरी पनि नेता हरुको पेवा नबनोस

    Reply
  44. prashanti623 says:
    April 13, 2013 at 7:10 pm

    साझाबस को यो नौलो प्रयाश ले मन लाग्दो भाडा प्रणाली लाई अन्त अनि नया वेबसथित
    मोबाइल पे (mobile pay ) सिस्टम ले यात्रु हरु र बस कर्मचारी बीच हुने भनआभन अन्त्य
    हुन्छ भन्ने लागेको छ ! साझा बस लाई अग्रिम सुभकामना !!!!!

    Reply
  45. Dev Shrestha says:
    April 13, 2013 at 6:49 pm

    एकदम खुसि लाग्यो साझा पुनः संचालनमा आउदा आशा छ यसले पुरानो गुमेको साख पुनर्स्थापित गर्नेछ . सरकारले यस्तै ठुला बसहरुलाई प्राथमिकतामा पार्नुपर्छ र साना गाडीहरुलाई निरुत्शाहित पार्नुपर्छ. अब बिस्तारै लामोदूरिमा पनि संचालन गर्नेछ भन्ने आशा गरौँ

    Reply
  46. Abhinav says:
    April 13, 2013 at 6:30 pm

    उमेश जी
    यो लेखमा उहिलेको साझा र अहिलेको साझामा व्यबस्थापिकीय परिवर्तित आधार हरु के के रहेछन ? जान्न पाएमा असल हुनेय्थियो
    किनकि प्राइवेट सेक्टरले कमाई गर्दै गर्दा साझा किन डुब्यो ??
    र ऐले तिनै कुरा हरु ,तिनै भ्रष्टाचार हरु अब यस कारणले दोहोरिदैन भन्ने कुराहरु के-के बनाइएको छ ?
    अन्यथा पुनः साझा driver र कंडकटर को कमाउनि भाँडो र बिअरले मुख धुने भाड़ो नबन्ला भन्न सक्किन
    सबै लाइ चेतनाभया

    Reply
  47. Rabi, London says:
    April 13, 2013 at 6:13 pm

    राम्रो काम को सबै मिलेर स्वागत गरौ/ सफलता को लागि सुभकामना /

    Reply
  48. Pramesh says:
    April 13, 2013 at 6:07 pm

    अहिलेको अव्यवस्थित र अनैतिक तरिकाले चल्ने यातायात कम्पनीहरुलाई यसले एउटा पाठ सिकाउन सके ठुलो उपलब्धि हुन्थ्यो| बिशेष गरि जबर्जस्ति यात्रु कोचेर, जहासुकै घ्याच्च रोकेर, मनपरी भाडा लिएर, यात्रुलाई जथाभावी व्यवहार गरेर अहिलेका सार्बजनिक यातायातले बदनाम नै गरेका छन्| नेपालमा सार्बजनिक सवारीमा यात्रा गर्नु भनेको ठुलो शास्ती नै हुन्छ अचेल| साझाले समान भाडादर, ब्यबस्थित संचालन, र यात्रुहरुलाई स-सम्मानपूर्ण व्यवहार गरेर आफ्नो नाम अझै उच्च राख्न सक्यो र अन्य यातायात कम्पनीहरुलाई पनि यो तरिका अपनाउन प्रोत्साहित गर्यो भने ठुलो सफलता हुन्थ्यो|

    Reply
  49. SURENDRA hongkong says:
    April 13, 2013 at 6:00 pm

    नेता हरु को आउरे ,भौरे हरु ले खाने परे जागिर / कति दिन चल्ला कोनि बिचरा साझा बस / शुभकामना छ निरन्तरता होस् /

    Reply
  50. Damodar Dhungel says:
    April 13, 2013 at 5:41 pm

    मैले पनि काठमाडौँ बाट बाई रोड को बाटो हुदै हेटौडा जादा र काठमाडौँ बाट त्रसुली जादा धेरै पटक साझा बस चढेको थिए . एसले फेरि आफ्नो यात्रा काठमाडौँ मा सुरु गरो भन्दा धेरै खुसि लाग्यो.
    अब अहिले आएर बन्द को बेला नरपसुहरुको ढुंगा/इटा को सिकार नबनोश, सताका पिपासु हरुका कायेकर्ता हरुको भर्ति केन्द्र नबनोश, जुन उदेस्येले शुरु गरेको छ आफ्नो सेवा मा निरन्तर रही रहोश येही छ नया वर्ष को साझा बस लाइ शुभकामना .

    Reply
  51. indra says:
    April 13, 2013 at 5:33 pm

    साझा बस फेरी शुरु गरेको राम्रो लाग्यो तर साझा बसको रंग फेरेर हरियो बनाएको मन परेन | बसको रंग निलो नै गराएको भए यसको इतिहास कायेम रहन्थ्यो | मह जोडीबाट यसको पुन शुरुवात गर्न लागेकाले ब्यावसायिकतालाई ध्यान दिन लागेको पाइन्छ | सार्वजनिक सेवाको बिषय भएकोले त्येस प्रति बढी सचेत हुनुपर्ला |

    Reply
    1. mahesh says:
      April 14, 2013 at 4:53 am

      साझा सुरु गर्दा हरियो नै थियो..निलो बस जापान बाट आएपछि दुर्दासा सुरु भएको …

      Reply
  52. bimala says:
    April 13, 2013 at 5:02 pm

    अलि अग्लो हुनु पर्छ है नत्र त मान्छेहरु पहिला जस्तै झ्याल बाटै चडदिन्छन् !!!!!!!!!!!!

    Reply
  53. Vijay says:
    April 13, 2013 at 5:02 pm

    अब पनि यसमा राजनीतिक हस्तक्षेप भएर बन्द र तोडफोड को अवस्था बाट गुज्रनु पर्यो भने हामीजस्तो गैरजिम्मेवार र लाचार जनता संसार भरिमा कोहि हुने छैन !!
    साझा यातायात लाइ सफलताको शुभकामना !

    Reply
  54. Munna says:
    April 13, 2013 at 4:19 pm

    त्यहि निलो रंगको भए राम्रो हुने थियो

    Reply
  55. nisha says:
    April 13, 2013 at 3:54 pm

    राम्रो समाचार , साझा हामी सबै को साझा सम्पति बनोस तोडफोड नहोस निरन्तर राम्रो सेवा प्रदान गरोस तर ट्राफिक अस्तव्यस्त भएर झन् राजधानी को मूल सडक मा अझै बढी जाम नबनोस ट्राफिक मामाहरु साझा को सफलता मा हजुरहरु को पनि ठुलो हात छ सबै मिलेर ट्राफिक नियम को पालना गरौ सभ्य नागरिक को कर्तब्य निभाउ राजधानी को मुहार कतै फेरिन्छ कि ,,,,,,,,,,,,

    Reply
  56. kedar says:
    April 13, 2013 at 3:32 pm

    साझा बस तिमीलाई उत्तरोत्तर प्रगतिको कामना सहित नायाँ जीवनको लागी शुभकामना छ / बल्ल तन्ग्रियेकी तिमीलाई आउँदा बर्सहरुमा फेरी पनि भाँड राजनिती, हड्ताल र तोडफोड क्यान्सरले फेरी नछोओस मेरो येही कामना छ /

    Reply
  57. Ram Thapa Magar says:
    April 13, 2013 at 3:31 pm

    निर्दलीय ब्यबस्थामा स्थापमा भएको साझा बस नाङ्गा भोकाहरू ४६ साल पछि आएर खाए/अहिले फेरि निर्दलीय सरकारको पालामा साझा बस चल्यो/फेरि आउने लुटेराहरुले यसलाई बचाउलान त?

    Reply
  58. Dhaula Bir Rai says:
    April 13, 2013 at 3:17 pm

    साझाको स्तरीय सेवाले माइक्रोमा गुन्द्रुक झैँ कोचिएर यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ कि त ?

    Reply
  59. Vishesh says:
    April 13, 2013 at 2:47 pm

    बधाई संग संगै सफलताको शुभकामना!!!

    Reply
  60. bibek dhakal says:
    April 13, 2013 at 2:44 pm

    सर्वसाधारण हरु चढ्ने ( टेम्पो बाहेक) सबै बस र माइक्रोबसहरु यहि साझा बस को ” सिग्नेचर” गीतमा भनेको जस्तो कोचमकोच , ठेलमठेल , रक्सि, चुरोट, खैनी को गन्ध, पाकेटमारको पर्याय भैराखेको बेला सार्वजनिक यातायात को क्षेत्रमा एउटा नया फड्को मार्न सकोस, शुभकामना! यात्रुहरु को सुबिधा र समय को महत्व साथै सुरक्षा लाइ पनि ध्यान दियियोस, बरु एक दुइ रुपैया बढी नै भए पनि लिएर! जहाँ पायो तेही ओराल्ने चढाउने नहोस ! जे होस् साझा बस अब चाही पक्का “साझा” (सबैको) भनेर महसूस गर्न सकियोस!
    ***************
    अनि आज उद्घाटन मा त मंत्रिसाब र सचिब साब हरु चढेर गर्ने रे! के गर्नु, उहाहरुले यो बस चढ्ने पहिलो र अन्तिम पटक भनेको यहि होला! यातायात का ठुला हाकिम र सचिबलाइ कम्तिमा हप्ता को २ दिन सार्वजनिक यातायात मा कार्यालय ओहोर दोहोर गर्नु पर्ने व्यवस्था राखे सायद यो क्षेत्रमा केहि सुधार आउथ्यो कि . एउटा लेम्यान को सुझाव ~.^

    Reply
  61. Ram Babu Shrestha says:
    April 13, 2013 at 2:18 pm

    साझाको ‘झ’ मन पर्यो, लोगो पुरानोसंग अ़़िल मेल खाएन, बांदरको हातमा ह़़िरयो ऩ़़िरवल नहोस, शुभ कामना ।

    Reply
  62. Kabir says:
    April 13, 2013 at 2:12 pm

    Best of Luck to Sajha Yatayat. I hope you will bring positive changes to our public transportation system and teach some discipline to other private operators and drivers. You are the oldest and the best transport service and we all love you!!!

    Reply
  63. Anjan says:
    April 13, 2013 at 2:01 pm

    साझा बस मेरो तर्फा बाट पनि धेरै धेरै शुभकामना

    Reply
  64. narendra sing says:
    April 13, 2013 at 1:51 pm

    नया युग मा साझा को सफलता प्रति को कामना

    Reply
  65. बिनोद तिमिल्सिना says:
    April 13, 2013 at 12:55 pm

    पहिलेका जापानीज बसहरु चाही नेताहरुले नै खाई सकेछन,नयालाई स्वागत साझा बस सबैको साझा बनोस र अनन्त काल सम्म बाँचिरहोस शुभकामना।

    Reply
  66. BIBEK SHARMA says:
    April 13, 2013 at 12:44 pm

    नया बर्ष संगै साझा बस लाई नि स्वागत / १२ बर्ष पछि खोलो फर्किन्छ भने झैं पुन संचालन खुसि को कुरा हो /अपेछा छ कि- लामो दुरीको सेवा पनि दिन सके सुनमा सुगन्ध हुनेथियो /कार्ड सिस्टम बाट पैसो तिर्ने सिस्टम भैदे झनै राम्रो /बिगतको निलो साझाको जस्तै यो हरियो साझाको स्वाद लिन पाइयोस/

    Reply
  67. Raju Rana - Mahendra says:
    April 13, 2013 at 12:32 pm

    साझा बसले आफ्नो सेवा फेरी संचालन गरेको मा हामी आम जनतामा एउटा खुसि को अनिभुत नहुने कुरै भयन तर –यसले कति र कहिले सम्म आफ्नो सेवा लाई निरन्तरता दिने यस मा अहिलेको परिस्थितिमा गम्भीर चुनौती हो…तथापी यसको सफलताको लागि अग्रिम सुभकामना

    Reply
  68. Siyan says:
    April 13, 2013 at 11:59 am

    सफलताको हार्दिक शुभकामना, साझाको डल्लो हरियो बस याद आयो…..

    Reply
  69. कमल थापा(साउदी अरब) says:
    April 13, 2013 at 11:34 am

    साझा बसले, सबैको साझा भएर सेवा शुविधा दिन सकोस, नयाँ नेपाली संवत २०७० मा यस्तै सेवामुखी कामहरु अघि बढुन्, मेरो हार्दिक शुभकामना!!!

    Reply
  70. indra says:
    April 13, 2013 at 11:18 am

    साझा बसको रंग नीलोनै राखेको भए राम्रो हुन्थ्योहोला | तै पनि हेरौं …येसले बिगतका जत्तिकै सेवा दिन्छ वा दिन सक्दैन !

    Reply
  71. Sagar says:
    April 13, 2013 at 11:10 am

    साझा बस भनेपछि त्रिशुलीबाट तल खस्दैन जस्तो लागेर चढिन्थ्यो उसताका, यसमा दुईवटा इन्जिन छन् भन्ने सुनाइदिएको थियो मलाई कसैले र म पनि सिट नपाए पनि त्यह्ी बसमा काठमाडौं ओहोर दोहोर गर्न आफूला्ई सुरक्षित ठान्थे । समय र चक्रले साझा बस भए पछि साझा शौचालय भन्दा कम भएन र सबैको गिद्धे नजरबाट यसले आफ्नो सतित्व जोगाउन सकेन । बाह्र वर्ष माइती नेपालको शरणमा परेकी चेलीले आत्मविश्वासका साथ अब त समाजमा केही गर्छु भन्ने हिम्मत लिएर बाहिर निस्कँदा बाटो, चौघाटो कुरेर बस्ने मुन्द्रे, झाम्टेले कागले विरालो ठुंगेजस्तै चारैतिरबाट ठुँगेर फेरि ग्यारेजमै थन्क्याउने बनाउने हुन् कि चिन्ता लागेको छ । जेहोस् अहिले नयाँ धोती पाटा फेरेर राजमार्गमा निस्कँदा भने विदेशी पाहुनाझै फूलमाला र अविर लिएर स्वागत गर्नैपर्छ । बाँकी दिनमा यसका कन्डक्टर र खलासीले पनि दुई वर्षमा काठमाडौंमा घर किने भन्ने सुन्न नपरोस् । हामी पनि हुइँकिउ बहिनी साझा बसैमा……

    Reply
  72. anurodh says:
    April 13, 2013 at 11:08 am

    नयाँ खुशीको सञ्चार भयो । सिण्डिकेटका नाममा यात्रुलाई सास्ती दिने गाडी मालिक चालक र खलासीको दुर्व्यवहारबाट वाक्क भएका सार्वजनिक यातायातका यात्रुले केही भए पनि राहत पाउने भए । धन्यवाद साझा यातायात ।

    Reply
  73. BT Malla says:
    April 13, 2013 at 10:32 am

    शुभकामना !!!

    Reply
  74. rajendra khanal says:
    April 13, 2013 at 10:24 am

    सफलताको सुभकामना

    Reply
  75. mankajee shrestha says:
    April 13, 2013 at 10:04 am

    विसं २०७० को र साझा बससेवाको पुन: संचालन को हार्दिक एबम मंगलमय सुभकामना /

    Reply
  76. योगेश आदी says:
    April 13, 2013 at 9:59 am

    सराहनीय समाचार !! राम्रोलाइ राम्रो भन्न सक्नुपर्छ, राम्रो हो भने हाम्रो भन्न दिनुपर्छ /
    राम्रो अभियानको अभियन्ता कनकमणि दीक्षितजीलाइ धन्यबाद… कुरा भन्दा यस्तै उल्लेख्य कार्य गरेर देखाउदै जानुस… तालि माग्नु पर्दैन, आफै बज्न थाल्छ !!
    न्यूयोर्क शहरको बस सेवाको आधुनिक पद्दति तथा चुस्त सेवाको अनुकरण गरे हुन्थ्यो भन्ने अभिलाषा… सरकारले पहल गरे प्राबिधिक र पद्दति भित्र्याउन गाह्रो छैन /

    Reply
  77. indra chhantyal usa says:
    April 13, 2013 at 9:49 am

    खुसि लाग्यो ,

    Reply
  78. Raju says:
    April 13, 2013 at 9:11 am

    बादरको हातमा निलो नरिवल जस्तो न होस यही शुभकामना़़़़़़ ़़़़़़़़……

    Reply
  79. Raman says:
    April 13, 2013 at 9:03 am

    साझासंग धरै सम्झना जोडिएको छ /
    पहिलो प्राथमिकताको बस हुन्थ्यो – ४० तिर पोखरा – काठमाडौँ गर्दा /
    सेवा राम्रै थियो / साझा भन्दा हामी सबैको साझा हो जस्तो लाग्थ्यो /

    त्यस्तै वा त्यो भन्दा बढी होस् /

    Reply
  80. himal sharma says:
    April 13, 2013 at 8:52 am

    साझा बस साच्चै नै समय संग संगै हिड्ने गरेको थ्यो तर २०४९ पछि क भयो क भयो बौलायो . तर पुन सुरुवात गरेको मा बधाई र सुभकामना . एउटा सुझाव किलिंदर नराख .. गुरु जी बाटै सप्पै हुन्छा . सुरुमै टिकेट काट्ने सिस्टम बनाउ . सकिन्छा भने स्मार्ट कार्ड को प्रयोग सुरू गर . दुइ वोटा ढोका भए पछि धेरै कामदार चाहिन्न गुरु जी बाटै हुन्छ . पैसा नतिर्ने गुरु जी ले चिनिहाल्छां . जरिवाना तिराउने गर . अनि सस्तो मा यात्रा हुन्छा . साझा लाइ असफल बनाउन निजि बस ले चै खेला गर्छन … सानो बाटो छ आगाडी बाट छेकी दिन्छन बस बिसौनी मा रोक्न दिदैनन // सो जनता को साझा भएर अगाडी बढाउनु नै चुनौती हुनेछ ..

    Reply
  81. ANEAL KHADGI says:
    April 13, 2013 at 8:48 am

    हाम्रो टिचिंग तिर पनि आउने रे साझा ..अब हामी पनि हुइँकिने हो साझा बसैमा…साझालाई स्वागत … शुभकामना …

    Reply
  82. sushi says:
    April 13, 2013 at 8:36 am

    साझा बस संचालन मा आएको खबर ले मेरो मन अतिनै प्रफुल्ल र गौरब नै महसुश गरेको छु/ बधाई तथा भबिष्य मा सफलता को चुली चुम्न सफल होस् भन्ने कामना गर्दछु/ अब यी बन्दकर्ताहरु को शिकार बाट कसरि जोगिएला यो साझाबस सेवा / यो चै ठुलो चिन्ता को मार चै हामी जस्ता चिन्तनशिल जनता लाई छ / अनि पुरोनो साझा बस को फोटो ले चै मेरो मन चै सार्है चसक्क छोयो र मलाई बाल्यकाल को सम्झना गरायो त्यसमा थापाथली बाट पद्मोदय स्कूल पढ्न जादा १० पैसा जान र १० पैसा आउन तिरेको सम्झना आई रह्यो/ धन्यवाद छ सालोक्य जी लाई /पुराना कुरा सम्झाई दिनु भएकोमा /

    Reply
  83. प्रबल / अस्ट्रेलिया says:
    April 13, 2013 at 7:57 am

    सधै नेपाल सम्बन्धि नकारात्मक समाचार पढ्न बानी परेका हामी प्रबाशी नेपालीलाई
    एउटा/ दुइटा सकारात्मक खबर पढ्न/ सुन्न पाउदा पनि मन
    कति प्रफुल्लित हुने 🙂 !
    साझा बसको पुनः संचालन र काठमाडौँ – तराई द्रुत मार्गको
    ट्रैक खन्ने कम सम्पन्न सम्बन्धि समाचार यसका पछिल्ला उदाहरणहरु हुन् |

    आखिर तन जहाँ भए पनि मन त नेपालमै न जो छ !

    Reply
  84. mahendra poudel says:
    April 13, 2013 at 7:36 am

    पहिला मानिसहरु सिधा सोझा थिए साझा वसमा चढदथे अहिले मानिसहरु आफ्नै गाडी छ र फेरी मानिस वढी सुविधाभोगी भाका छन् अव यो साझा वस घाटामा जाने बेर पनि छैन । लामो रुटमा चलायो भने लुटिने पिटिने जलाइने डर पनि हुन्छ ।

    Reply
  85. द्रोण says:
    April 13, 2013 at 7:32 am

    नेपालि राजनीतिज्ञ ले आफ्नो राजनीतिक अभिस्ट पूर्ति गर्न आफै आफ्नो देश को बिकास संरचना ध्वस्त बनाए, न चाहिदो प्रोपोगान्डा मचाए र आज देश को बागडोर बिदेसीलाई सुम्पे |

    मध्य युगिन परम्परा कायम रहेको ठाउमा एकैचोटी अमेरिकी जस्तो स्वतन्त्रता र सिंगापुरे बिकाश लाद्न खोजे , अपच भएर आज हैजा को लक्ष्यण देखापरेको छ |

    ”येस्पालिको हैजा गिरिजा लाइ लैजा ”भन्थे बामे हरु , आज गिरिजा लाइ येमराज ले लिएर गए , हैजा ले देश लाइ सतायो |

    श्री ३ जैसी बाहुन (प्रचण्ड ,रामचन्द्र ,झलनाथ ) को सरकार बन्दा माथिको संरचना
    के हो ?

    Reply
  86. मदनमणि says:
    April 13, 2013 at 7:23 am

    साझा बस भएपछि र्सार्वजनिक यातायात सहज हुने आशा गर्न सकिन्छ। नेपालमा र्सार्वजनिक सेवाको अवस्था खत्तम रहेको अवस्थामा यो उदाहरणिय थियो र हुनेछ।

    Reply
  87. romeo says:
    April 13, 2013 at 7:19 am

    काठमाडौँमा भरपर्दो,सुरक्षित अनि सहज सार्वजनिक यातायात को टड्कारो आवश्यकता परेको बेला ढिलै भएपनि साझा यातायात पुनः संचालन हुने खबर सुन्दा खुसी लाग्यो,मेट्रो रेल जस्ता प्रणालीहरु अहिलेको नेपाली अर्थतन्त्रले निर्माण गर्न पनि सकिदैन,धान्न पनि सकिदैन,त्यसैले हालको उत्तम विकल्प भनेको साझा बस जस्तो सार्वजनिक यातायात नै हो,यसको सिको गरेर थप यस्तै सेवाहरु संचालन भए कति राम्रो हुन्थ्यो ? साझा सबैको साझा बन्न सकोस, सफलताको लागि शुभकामना !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme