Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा हार्वर्ड स्कूल !

Posted on March 24, 2013March 24, 2013 by Salokya

harvard
कुनै बच्चाले म हार्वर्डमा पढ्छु भनेर भन्यो भने अचम्म नमान्नुहोला। उसले सही बोलेको हुनसक्छ। हार्वर्ड अमेरिकाको पुरानो र प्रतिष्ठित विश्वविद्यालयको नाम हो। तर हार्वर्ड नामको स्कूल पनि काठमाडौँमा खुलेको छ। हार्वर्ड मात्र किन, नासा, पेन्टागन, ह्वाइट हाउस, टेक्सस, फ्लोरिडा, लिभरपुल, चेल्सी आदि नामका स्कूलहरु पनि यहाँ छन्। सरकारले विदेशी नाममा कडाइ गर्ने निर्देशिका लागू गरिसकेको भए पनि निजी विद्यालयहरु यसलाई मान्दैनौँ भन्दै विरोधमा उत्रिएका छन्।

हुनत जेसुकै नाम राखे पनि शिक्षा राम्रो दिए हुने हो। तर यसरी मान्छे झुक्याउने गरी नाम राख्नु त अति नै भयो नि। हेरौँ के छ विदेशी नाम सम्बन्धी व्यवस्था निर्देशिकामा ?

२.२) नामाकरण सम्वन्धमा
२.२.१ संस्थागत विद्यालयको नामाकरण गर्दा शिक्षा नियमावली, २०५९ (संशोधन सहित)
को नियम १५४ बमोजिम गर्नुपर्नेछ,
२.२.२. यो निर्देशिका जारी हुनु पूर्व विदेशी नामबाट नामाकरण भएका विद्यालय पहिचान
गरी औचित्यपूर्ण र सान्दर्भिक नदेखिएमा छ (६) महिनाभित्र बुँदा नं. २.२.१ बमोजिम
अनिवार्य रुपमा नाम परिवर्तन गर्नु पर्नेछ,
२.२.३ विद्यालयको नाममा अन्तराष्ट्रिय (International) जोड्नका लागि क वर्गमा वर्गिकृत
विद्यालय वा अन्तराष्ट्रिय गुणस्तर मापदण्ड प्राप्त (ISO certified) भएको र भर्ना
विद्यार्थी मध्ये कम्तिमा १% विद्यार्थी अन्य राष्ट्रको भर्ना भएको हुनु पर्नेछ,
२.२.४ विद्यालयको नाम नियमावलीको नियम १५४ को आशय विपरित नहुने गरी अंग्रजीमा
पनि हुन सक्नेछ,
२.२.५ कानुनी हैसियत प्राप्त भएका संस्थाद्वारा प्राप्त संस्थागत सहयोग वा गुठीबाट
विद्यालय सञ्चालन हुने अवस्थामा मात्र प्रसिद्ध धर्मगुरु, साहित्यकार, वैज्ञानिक र
शिक्षाविद्को नामबाट विद्यालय सञ्चालन गर्न सकिनेछ ,
स्पष्टिकरण : संस्कृतका प्रकाण्ड विद्धान, ऋषिमहर्षि, स्वदेशी विद्वान, साहित्यकार, बैज्ञानिक,
ऐतिहासिक व्यक्तित्वका नाममा विद्यालय खोल्न वा नामाकरण गर्न यसले बाधा
पुर्‍याउने छैन

निर्देशिका पूरै पढ्न क्लिक गर्नुस्

54 thoughts on “नेपालमा हार्वर्ड स्कूल !”

  1. prabin says:
    April 2, 2013 at 2:36 pm

    य सर के सोच्नु भयको छ . धर्म गर्ने हो भने त काशी जानु होला याहा कोहिपनि आफ्नो र बालबच्चा को पेट मा लात हानेर समाज सेवा गर्दैन आजको जबनामा आफु खायर अरु लाइ खुवाउने हो आफै मैन बत्ति भयर बालेर उजेलो दिनु मुर्खता हो बत्ति सकियापछी कोहि अधेरो मा बस्दैन सबै लाई चेतना भया

    Reply
  2. योगेश आदी says:
    March 27, 2013 at 8:42 am

    हाम्रा अभिभावकहरुको मानसिकता नापेर नै व्यापारिक प्रयाजनले खोलेका स्कुलहरुले मौका छोपेको हो / नदिनु सरकारले अनुमति दिइ सकेपछि अब किन पुर्पुरो दुखाउनु, यसै पनि लोकतन्त्रमा मनपरेको नाम समेत छान्न नपाउनु त !?
    छोरा छोरीको नाम त फिडेल, क्यास्ट्रो, माओ, जिम्मी, फ्रिडम, लेलिन, क्रिस्टिना, हिलारी… आदि राख्न थालिसके स्कुल, संस्थाको त के कुरा भो र !!

    Reply
  3. उपासक उदास says:
    March 27, 2013 at 7:45 am

    एक शेर नै खान सक्ने को नाम शेर सिंह अथवा खरायो बहादुर राखे पनि के फरक पर्छ र ?
    तर , केवल नाम मात्र ‘सम शेर ‘ खाने बेला भने चौथाई १/४ शेर (१ पाउ) भए देखि त्यो नामको असली काम संग के सम्वन्ध रह्यो , मात्र ‘नया जोगीको बाक्लो खरानी’ बाहेक !

    Reply
  4. chandra says:
    March 27, 2013 at 3:19 am

    सबैलाई सबै कुराहरु थाहा रैछ, तर त्यो फोटोमा देखिएको तार कसरी मिलाउनु पर्ला भन्ने कसैलाई थाहा रैनछ. थुक्क त्यो देसमा बस्ने मुर्ख हो ! कुरा गर्छौ आकासको तारा झार्ने तर तिमीहरुको एउटा माखो मार्न पनि अरुको गुहार चाहिन्छा.

    Reply
  5. Dinesh says:
    March 26, 2013 at 10:30 pm

    नाम किन हेर्नु परयो र काम राम्रो गरुन तथास्तु…………………………….

    Reply
    1. Basant says:
      March 27, 2013 at 2:25 am

      यहाको पनि शेयर लगानी छ जस्तो छ नि हार्वर्ड स्कुलमा

      Reply
  6. Bala Ram Thapa says:
    March 26, 2013 at 11:26 am

    नेपाली कुकुरको बेदेशी भुकाइ भनेको यै हो | स्कुल कलेज हरु स्थापित भएको स्थान र त्यस क्षत्र हरुको वाताबरण हेर्दा तेस्तो स्थानमा पनि स्कुल कलेज स्थापन हुन सक्ला र भने जस्तो भान हुने स्कुल कलेज को नाम भने हार्डबर्ड – बर्न हार्ड ,पेन्टागन आदि इत्यादी | यस्ता त्यस्ता नाम दिने र स्वीकृति गर्ने गराउने हरु मध्ये उछ शिक्षा बोर्ड का अधेक्ष तिर्थ खनिया जस्ता हरुपनि पर्छन | नेपाल सरकारले त्यस्ता नाम हरु किन र कसरि दर्ता गरे ? सिकक्षयन संस्थाना भन्ना साथ
    शिक्षित र बुद्दिजिले प्राय स्थापना गर्ने सस्था भएको कारण सस्था ले त्यस्तो नाम लाना पर्ने थियो ,र दर्तागर्ने ले पनि यति यति कारणले दर्ता हुन सक्दैन भनि दर्ता न गर्नु पर्ने साथ थियो |

    Reply
  7. raj says:
    March 26, 2013 at 2:04 am

    बाबुराम र प्रचण्डले नया नेपाल बनाएर गए !! अब नया नेपाल बनाउछु भन्दै बैदे आएको छ!! खै के के हुने हो !!! यै त होला नि नया नेपाल को चाला माला !!नेपाल मा जे गरे पनि हुने वाक्क लागेर आउछ ..होइन बिद्यालय दर्ता गराउदा …तेस्को बाउ हरु ले किन नाम ठिक छ भनेर दर्ता गरेको होला …हुन्न नाम फेरेर मात्र दर्ता हुन्छा भनेत नेपाली नाम राख्थ्यो होला …सबै चोर नै चोर ….घुस खोरी हरु त पर्यो

    Reply
  8. Rajan Upriti says:
    March 25, 2013 at 9:45 pm

    नेपालको कानुनको कस्ले नै खिल्ली उडाएको छैन र ? राजनैतिक नेता हुन् की, ब्यापारी हुन्, कर्मचारी हुन् की शिक्षाविद सब उही ड्याङ्ग्का मुला, सबै अपराधि |

    Reply
  9. sandip kharel says:
    March 25, 2013 at 6:21 pm

    एङ्ग्लिश पढाउने स्कुल को नाम अंग्रेजी मा राख्दैमा ,मान्छेहरु को टाउको किन दुखेको होला ?

    Reply
  10. Rob says:
    March 25, 2013 at 6:16 pm

    HARVARD SCHOOL र HARVARD UNIVERSITY मा फरक छ मित्र. HARVARD SCHOOL भन्ने कतै पनि छैन. येही नेपाल मा मात्र हो. Moreover what ‘s there in a name ?

    Reply
  11. rohit says:
    March 25, 2013 at 1:21 pm

    मलाई mo mo पसल खोल्न मन पर्या छ त्यसो भए नाम चै hollywood mo mo राख्नु पर्ला !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  12. तेजिंग गाबा says:
    March 25, 2013 at 11:28 am

    गज्जप रहेछ
    Harvard School पढेको प्राबिधिकहरुले नै गरेको Networking को नमुना हो त्यो खम्बा माथिको तारको गुजुल्टो चाही ?

    Reply
  13. Manoj Karki says:
    March 25, 2013 at 9:56 am

    साला देश अनुसारको नाम पनि राख्न नचाहने या नजान्नेले के स्कुल खोल्नु ?

    Reply
  14. Basanta Thapa,Maryland,USA says:
    March 25, 2013 at 7:39 am

    खै नेपाल मा के कुरामा नेपालीत्व छ र बिबाद गर्नु ? नेपाली सोच र ब्यबहार सयौ बर्ष पुरानो भेदभाब र उचनीच कै घेरा भित्र छ भने ! ठुला हौ भन्ने नाम ,जात ,धर्म ,बिचारले अरु लाइ अपमान ,हेला र दुखि बनाउनु ,घृणा गर्नु र बिद्रोह जन्माउनु बाहेक के नै लछारेको छ र नाम र जात को कुरा गर्नु ? यो सब पाखण्डीपन हो \

    Reply
  15. indra pd thapa says:
    March 25, 2013 at 7:00 am

    नेपालमा बसेर बिदेसी भएको र बिदेसी हुने सपना बुन्ने नेपाली ,बिदेसी चिन्तन बोक्ने र आफ्ना छोराछोरीहरुलाई पनि बिदेस पलायेन हुने वाताबरण तयार गरिदिने नेपालीहरुलाई ठग्न त इन्टरनेसनल नाम नै चाहियो नि ! नेपाली नाम राखेर त धेरै गांठ झार्न सकिन्न ,त्येसैले बिदेसी नाम राखेका हुन् /

    Reply
  16. Satik says:
    March 25, 2013 at 6:56 am

    नामले काम झल्काउदैन है | झुक्याउने काम बन्द गरौ | पाठशाला, गुरुकुल जस्ता ठेट नेपाली नाम राखेर खोलिएका नेपाली संस्थाहरु चम्किएकै थिए |

    Reply
  17. nisan gurung says:
    March 25, 2013 at 3:41 am

    नेपाल मा जे गरे पनि हुने वाक्क लागेर आउछ ..होइन बिद्यालय दर्ता गराउदा …तेस्को बाउ हरु ले किन नाम ठिक छ भनेर दर्ता गरेको होला …हुन्न नाम फेरेर मात्र दर्ता हुन्छा भनेत नेपाली नाम राख्थ्यो होला …सबै चोर नै चोर ….घुस खोरी हरु त पर्यो …..

    Reply
  18. Yam says:
    March 25, 2013 at 3:28 am

    नेपालको नामपनि अमेरिका राखे कसो होला कमसे कम इंडियाले त हेप्नेथिएँ

    Reply
  19. Krishna Rai says:
    March 24, 2013 at 11:21 pm

    यो हाम्रो आत्मा-स्वाविमान को अभाव अनि दास मनोवृत्ति को पराकास्टा को परिणाम हो!
    यो “गोरेको गु पनि राम्रो” भन्ने हामि नेपालि हरुको भ्रम, कु-प्रवित्ति र कु-संस्कार को परिणाम हो!

    Reply
  20. BK Thapa says:
    March 24, 2013 at 10:54 pm

    एस्तो प्रख्यात बिस्वबिध्यालय तथा अरु प्रसिद्ध ठाउँको नामबाट नेपालमा साधारण स्कूलहरुको नाम राखेको देख्दा मलाई पो कुरीकुरी लगेर आउछ / लाज मर्दो /

    Reply
  21. द्रोण says:
    March 24, 2013 at 10:01 pm

    तेसो भए मोज गरम ,नेपाल मै बसी बसी हबार्ड मा पढ्ने ,के यफ सी ,बर्गर खाने ,इन्गील्स संगस सुन्ने भाड मा जाए अमेरिका ,अस्ट्रेलिया ,इंग्ल्याण्ड |

    Reply
  22. Lalit Narayan says:
    March 24, 2013 at 9:07 pm

    HARVARD हैन HADBADH , CHELSI हैन CHULESI राख्यो भने पढाई अनुसारको नाम सुहाउँछ kathmnadu मा च्याउ झैँ उम्रेका बिदेशी नामधारी स्कुलहरुलाई l शुल्क चाही HARVARD पढाइ सब GADBADH l

    Reply
  23. kul bahadur shrestha says:
    March 24, 2013 at 8:53 pm

    किन हो नेपाली लाई बिदेशी कुराले सार्है नै मोहित पारेको छ जुन कुरा नेपाली को कुनै सिस्टम मा पर्न सक्दैन हैनर?

    Reply
  24. indra pd thapa says:
    March 24, 2013 at 8:30 pm

    बढी भएको पैसा के गर्ने त ? तेस्तै ठगहरुको स्कूलमा पढाएर खर्च गर्ने /

    Reply
  25. dharmendra says:
    March 24, 2013 at 8:24 pm

    कबाद लेख्दा झुक्किएर हार्वर्ड भयो होला……..

    Reply
  26. RamHimal says:
    March 24, 2013 at 8:03 pm

    खाँबो भन्दा झुपडी नै देखाए हुने नि /

    Reply
  27. dharmendra says:
    March 24, 2013 at 7:50 pm

    पार्टी को नाम पनि त बिदेसी छन् नि
    १ माओ
    २ लेनिन
    ३ मार्क्स
    यसपालिको चुनाबमा नेता हरुले पनि येस्तै राख्ने रे
    १ शुसिल क्यामरून (बेलायेत)
    २ शुजाता मेर्कल (जर्मन )
    ३ माधब गान्धी (भारत )
    ४ पर्चंद लिंकन (अमेरिका )
    ५ बाबुराम बुश (“)
    ६ हिसिला क्लिन्टन )” आदि…..

    Reply
  28. nisha says:
    March 24, 2013 at 7:04 pm

    शिक्षा को नाम मा व्यापार गर्न पल्केका धनबहादुरहरुले अब स्कूल को नाम डलरविद्या मन्दिर , पौण्डउच्यामाबि , यूरोमध्यमिक बिद्यालय राखेपनि भयो नि आफ्नै हात जगनाथ .

    Reply
  29. kushal says:
    March 24, 2013 at 6:28 pm

    यी नामहरु सुन्दा मलाई सधै एउटा कुरा खुल्दुल लाग्छ। प्रायजसो बिदेशी नाम भएको स्कुलहरुमा हुनेखानेकै छोरा छोरी पढ्न जान्छन। अनि उनीहरु मध्ये प्रायजसो +2 पछि पढ्न विदेश जान्छन। बिदेशी शिक्षाको गन्तब्य पनि प्रायजसो अमेरिका , अस्ट्रेलिया हुन्छ। एक पटक कल्पना गरौ त्यो असजिलो (उस्तै परे लाजमर्दो) क्षण , येस्तो बिदेशी नाम भएको स्कुलमा पढेका बिद्यार्थी बिदेशमा पढ्न जादा Texas कलेजमा पढेको, whitehouse मा पढेको, pentagon मा पढेको, अझै भएन भनेर Havard मा पढेको जस्तो certificate देखाएर आफ्नो परिचय दिदा कस्तो होला !!
    बिदेशी वा अंग्रेजी नाम राख्नुमा मलाई कुनै समस्या छैन, तर येसरी सुन्दै हासो उठ्ने नाम राख्नुले खाली बिद्यार्थी तान्नलाइ हो भन्ने अनुभूति गराउछ। अनि फेरी बिद्यार्थी र अभिभावकहरुमा पनि येस्ता स्कुल तेतिकै राम्रो हुन्छ भन्ने छाप परेको छ।
    मलाई खासमा थाहा भएन तर येसरी प्रतिस्टिथ शैक्षिक संस्थाको नाम हुबहु नक्कल गर्नु एक किसिमले ठगि र कानुनी रुपमा पनि प्रतिबन्धित कुरा हो जस्तो लाग्छ।

    Reply
  30. Tek Raj Timalsina says:
    March 24, 2013 at 5:11 pm

    मेरो आँखा त त्यो स्कूल को बोर्ड को माथि को तारहरुमा पुग्यो | तेसरी बिजुली फोन को तार हरु राख्नु खतरा लाई निम्त्याउनु हैन र | कुन तार केको हो भनेर कसरि छुटाउने होला 🙂 |

    Reply
    1. pramod says:
      March 24, 2013 at 7:57 pm

      ति बिजुलीका तर होइनन टेलिफोन का हुन् जुन तेती खतरा हुदैनन्

      Reply
      1. Tek Raj Timalsina says:
        March 25, 2013 at 7:31 am

        फोन कै तार होला तर..तेसरी गाँठो परेको गुज्मुजिएको तार मिलाउन त धेरै गार्हो होला नि | यदि तार लामो छ, चाहिन्दैना भने काटे पनि हुने हो नि, गुज्मुजयेरा राख्नु पर्दैन थियो जस्तो लाग्छ | एक त हेर्दा पनि नराम्रो देखिने, अनि हेर्नुस त त्यो लठ्ठा नै बांगो देखिन्छा है |

        Reply
    2. बिनोद तिमिल्सिना says:
      March 24, 2013 at 9:06 pm

      बिदेशी खाना बिदेशी सिरियल बिदेशी संगीत बिदेशी रक्शी बिदेशी स्कुल अनि गाली नेपाललाई हाम्रो राष्ट्रियता हैन त कि कसो !!!!!??????????????????

      Reply
    3. Harke says:
      March 24, 2013 at 11:06 pm

      तिमिल्सिना जी,
      गरिबी र खतरा एक अर्काका परिपुरक हुन् तेसैले देश गरिब रहुन्जेल येस्ता खतरा यत्र तत्र सर्बत्र देख्न पाइन्छ…!
      कुरो आयो कुन-तार के को हो भन्ने, तेस्को जानकारी त बिजुली अड्डा र दुरसंचारका प्राविधिकले राखेका छन्…हामीलाई त त्यो पोलमा चड्ने अधिकार पनि हुदैन !

      Reply
      1. Tek Raj Timalsina says:
        March 25, 2013 at 7:32 am

        हामी नचढे नि फोन बनौन आउने हाम्रा दाजु भै हरु त चद्लन नि त्यो पोल मा | खतरा भनेको हामी लै मात्र हैन सबै लै हेर्नु पर्छ |

        Reply
        1. Harke says:
          March 30, 2013 at 1:36 am

          १००% सहि….!

          तर खरता कम गर्न खर्च लाग्छ क्या…..त्यो खर्च गर्ने पैसा नेता, डन र राजीनितिक ढलहरु संग मात्रै छ…के गर्नी…!

          Reply
    4. Himmat says:
      March 24, 2013 at 11:15 pm

      तपाई र मा उस्तै परे छौ दुवै जना को आँखा तार मा hi

      Reply
    5. Basant says:
      March 27, 2013 at 2:30 am

      अब देश नै खतरामा परेको बेला कसले पो हेर्छ बिजुलीको तार को खतरा ?

      Reply
  31. S. R. Shakya says:
    March 24, 2013 at 4:27 pm

    नाम त जे राखे नि भैहाल्छ तर काम कस्तो हुन्छ थाहा पाउनु पर्यो, यसमा अभिभावकहरू आफै सचेत हुनुपर्यो

    Reply
  32. अनोज शाक्य says:
    March 24, 2013 at 4:24 pm

    स्कुलको साइनवोर्ड भन्दा लट्ठाको तार पो देखे मैले । यस्तै हुन्छ अन्तररास्ट्रिय नामको स्कुलहरु ।

    Reply
  33. raja says:
    March 24, 2013 at 4:16 pm

    नाम त attraction को लागि हो नि !!!जस्तो नेपालका सबै communist party !!!!!

    Reply
  34. yam pun says:
    March 24, 2013 at 2:42 pm

    राज्यले सरकारी जागिरमा योग्य हुनको लागि कम्तिमा पनि सरकारी स्कुलमा १० कक्षा अर्थात् एस. एल. सी. सम्म पढेको हुनु पर्ने भनि नियम कानुन बनाई दिने हो भने ” न रह्यो बाँस, न बज्यो बासुरी” भने झैँ हुन्थ्यो होला! तर जाबो नाम मात्तरै परिवर्तन गर्नु पर्ने नियम त लागु गराउन नसक्ने नामर्द हुतिहाराहरुबाट यत्रो ठुलो कामको आशा गर्नु भनेको त उही “कुन्नि के को झर्ला र, खाउला” भने झैँ हो! यहि चाला हो भने शिक्षाको नाममा ब्यापार गर्ने यिनीहरुले स्कुल फि पनि डलरमा नै माग्न के बेर लाग्छर???

    Reply
    1. राजेन्द्र अधिकारी says:
      March 24, 2013 at 4:29 pm

      कार्यलय प्रमूख वा व्यवस्थापन वा नियम कानुन बनाउने जिम्मा पाउने सरकारी कर्मचारीले लोगसेवा आयोगको नयमअनुसार निश्चयपनि तोकिएको उच्च शिक्षा हासिल गरेकै हुनुपर्छ । पिउन वा अल्ली सानो दर्जाको पदलाई मात्र ८ कक्षा वा ५ कक्षाले पुग्ने हो ।
      बरू देशको प्रधान मन्त्री, सभासद वा मन्त्री हुनचाहिँ कुनै शैक्षिक योग्यता तोकिएको छैन । तथापि, एकाध घटनालाई छोड्ने हो, आजसम्मको स्थितिमा भने मन्त्री , प्रधानमन्त्री पढेलेखेकै मान्छेहरू भएका छन् ।
      तसर्थ पढेर मात्र पुग्दैन रे छ । डाक्टर राष्ट्रपति र डाक्टरै प्रधानमन्त्री हुँदा पनि जनता सन्तुष्ट हुन सकेका थिएनन् ।

      Reply
  35. Bishwaraj says:
    March 24, 2013 at 2:12 pm

    यी अंग्रेजी नामहरु बीना अनुमती सजीलै राख्न पाउने हो की अनुमती लीएर राख्छन यी विद्वानहरुले –

    Reply
  36. कमल थापा(साउदी अरब) says:
    March 24, 2013 at 1:26 pm

    बाबुको नामले छोरो वा परिवारको एकको नामले अर्को चिनीए जस्तो चिनिन खोजेर शैक्षिक सस्थाहरुले ठीक गरेका छैनन्/ एकसँग अर्को नाम जोडिएको होइन, काम र भविस्यसंग जोडिएको कुरा हो/

    अरुकै नामबाट चिनिन खोज्नु, बालकले आर्मी ड्रेस लगाएर आर्मी हुँ भने जस्तै मात्रै हो/ तर ऊ आर्मी होइन/ यस्ता केटाकेटी खेल नगरेकै राम्रो/

    Reply
  37. पुष्प says:
    March 24, 2013 at 12:09 pm

    ‘नियमकानून मान्दैनौं’ भन्ने असल र योग्य नागरिक उत्पादनको जिम्मा पाएका शैक्षिक संस्थाहरूले कस्तो नागरिक उत्पादन गर्ने हुन् कुन्नि ! नियमकानून व्यवहारिक छैन भने त सम्बन्धित निकायलाई सुझाव दिएर व्यवहारिक बनाउन जोड पो दिने; त्यतिले नपुगे अदालत छ देशमा । सिधै ‘मान्दैनौं’ भन्नु जस्तो नकचरोपना अरू के हुन सक्छ ? यो त ‘ठग्न’ पाउनुपर्छ भन्दै ट्याक्सीवालाहरूले गरेको विरोधभन्दा चर्को भो त ! हुन त
    सहमति जनाइसकेको नियमलाई पनि लात मारेर शुल्क बढाउनेहरू ‘लातको भूत’ हुन् भन्ने कुरा सबैले बुझ्नु जरूरी छ ।

    Reply
    1. Krishna Rai says:
      March 24, 2013 at 11:30 pm

      ये पुष्प जी तपाइले के सोचेको? ति संस्था हरु असल र योग्य नागरिक उत्पादन गर्न बनेका हुन् र? तिनी हरु सोझा-साझा जनता लाइ मुर्गा बनाएर छोटो समयमा नै टन्न पैसा कमाएर मालामाल हुने ब्यापारी धन्दा पो हुन् त!

      Reply
    2. sanu says:
      March 25, 2013 at 4:07 am

      हिजो नियम, सम्भिधान मान्दैनौ भन्दै जनता मार्दै हिड्ने कालान्तरमा क्रान्तिकारी कहलियेरा निस्के !! त्यहि भएर हो सबैले नियम मिच्न खोज्ने !! यी पनि एक किसिम का क्रान्तिकारी नै हुन् !! पार्टीहरु को नाम ‘माओवादी’ ‘लेनिनवादी’ आदि भनेर चिन बाट राख्न मिले स्कुल को नाम हार्वर्ड राख्दै मा के बिग्रेला र ?? कानुन सम्मत बाटो हिजोका आतंककारी (क्रान्तिकारी) ले नि मानेनन् त्यहि सिको गरेका हुन् अइलेका क्रान्तिकारी (हार्वर्ड-करी ) ले

      Reply
      1. पुष्प says:
        March 25, 2013 at 9:01 am

        त्यो क्रान्ति र यो ‘क्रान्ति’मा बीच फरक पनि त देख्नुभएकै होला नि सानुजी । मने गु र गोबर छुट्याउन त सक्नुहुन्छ होला क्यार !

        Reply
  38. बेखालाल नेपाल says:
    March 24, 2013 at 11:46 am

    अनि यस्ता स्कुलमा गुरुबा गुरुआमा चाही म्यादम क्युरी राना, न्युटन आचार्य, आइनस्तैन शर्मा आदि त होला नि ?

    Reply
    1. द्रोण says:
      March 25, 2013 at 3:34 am

      हो टिचर क्रमश
      १) मेन्डल महर्जन
      २) न्युटन आचार्य
      ३) एन्जेलिना श्रेष्ठ
      ४)आइन्स्टाइन सर्मा
      ५) फिलिप यादब
      ६) पिटर नेउपाने
      ७) माइकल लामा
      ८)नेपालि टिचर गोबिन्द मणि कुइकेल
      ९) पाले- दिलिप कुमार
      १०) लेखापाल -सुनिल दत्त सुबेदी

      Reply
  39. bibek dhakal says:
    March 24, 2013 at 11:35 am

    खै भएभरको अंग्रेजी नाम चेन्ज गर्ने भन्थ्यो सरकारले, कहाँ पुग्यो त्यो कुरो? नियममा भाको कुरा लागु गराउन के सक्थ्यो र सरकारले! अनि त्यो एक दुइ दिन के के न नाटक देखाउने बिधार्थी संगठन हरु पनि आखिर चुप लागे….चुप नलागुन पनि किन, कांग्रेस एमाले देखि झन्डा परिवर्तन गर्नु पर्छ भन्ने माओवादी का नेताहरुको शेर छ यी स्कूल कलेजमा, नाम परिवर्तन गरेर ब्यापारमा नोक्शानी झेल्नु छ र?

    Reply
  40. Sarthak Sharma says:
    March 24, 2013 at 11:00 am

    गुदी भन्दा खोक्रो नामले राम्रो देखिन यस्तै गर्छन, Havard नामले भन्दा कामले लोकप्रिय र उत्कृष्ट भाको यिनलाइ कल्ले पढाम्नी होला ……………कठै….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme