इमेल चेक गर्दैगर्दा अमेरिकी विदेश मन्त्रालयले पठाएको भन्ने शीर्षक भएको एउटा इमेलमा आँखा लाग्यो। खोलेर हेर्दा त अमेरिकाको स्थायी बसोबास कार्ड (ग्रीनकार्ड वा डिभी) परेको भन्ने पो लेख्या रैछ। अमेरिकाको झण्डा र त्यहाँको विदेश मन्त्रालयको लोगोसहितको इमेल हेर्दा अरु झुक्किन्थे होलान्। तर म झुक्किनँ। किनभने मैले डिभी भरेकै थिइनँ। भर्दै नभरेको डिभी पर्ने त कुरै… Continue reading
Category: समाचार/विचार
राजा वीरेन्द्रको चिट्ठी लिलामीमा
राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा लिलामीमा राखिएको हो। १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो। अहिले लिलाम बढाबढमा भाउ ९.५० यो ब्लग तयार… Continue reading
फिल्म हेर्नेलाई दोहोरो करको मार
के तपाईँले हलमा टिकट काटेपछि त्यसमा लेखिएको विवरण हेर्नुभएको छ ? त्यसमा करमाथि कर लगाइएको तपाईँले याद गर्नुभएको छ ? आउनुस्, हेरौँ, कसरी लगाइएको छ करमाथि कर एक पटक बुझौँ। सँगैको टिकट काठमाडौँको क्युएफएक्स सिनेमा हलको हो। तपाईँले हेर्ने प्रत्येक फिल्ममा नेपाली फिल्मको विकासका लागि फिल्म विकास बोर्ड शुल्कका रुपमा १५ प्रतिशत कर लगाइएको हुन्छ।… Continue reading
ज्योतिष भन्छ- चुनाव हुँदैन
सरकारले मंसिर ४ गते संविधान सभाको अर्को चुनाव हुने मिति घोषणा गरेको छ। घोषणा कै दिन माइसंसारमा गरिएको अनलाइन सर्वेक्षणमा नतिजा विभाजित रह्यो। चुनाव हुने र नहुने भन्नेहरु झण्डै आधा आधा रहे। ५१ प्रतिशतले हुन्छ भने पनि झण्डै ४९ प्रतिशत हु्न्न भन्नेहरु थिए। तोकिएको मितिमा चुनाव हुन्न भन्नेमा एक जना ज्योतिष पनि थपिएका छन्। डा.… Continue reading
राष्ट्रपति नभएको अवस्थामा के हुन्छ ?
राष्ट्रपति डा. रामवरण यादव गम्भीर बिरामी भएका छन्। उनको आन्द्रामा दाग देखिएको छ। गम्भीर बिरामी नभएको भए विदेशमा लगेर उपचार गर्नुपर्दैन थियो। रोगको गम्भीरताका कारणै उनलाई जापान लगिँदैछ। सोमबार दिउँसो १: ५५ बजे थाइ एयरको विमानबाट जापान जाने टोलीमा छोरा चन्द्रमोहन यादव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादव भट्ट, परराष्ट्रबाट शिष्टाचार महापाल र सुरक्षा निकायका तीन… Continue reading
आहा, सगरमाथा !
यही वर्षको सगरमाथा चढ्ने सिजनमा सयौँ शिखरतिर लम्किए। केही सफल भए, केही भएनन्। अधिकांश आरोहीहरु सुतिरहेका बेला एलिया साइकली भने आफ्नो क्यानन फाइभ डि मार्क टु क्यामेरा तेर्स्याएर रातभर फोटो खिचेर बसिरहे। त्यहीँ खिचिएका हजारौँ फोटोहरुबाट एउटा गजबको राम्रो टाइमल्याप्स (समयान्तर) भिडियो बनेको छ। हेरौँ, उनको यो भिडियो।
माइसंसारको ब्लगले झण्डै देशनिकाला
कतारकी राजदूत मायाकुमारी शर्माले माइसंसारमा लेखिएको एक ब्लगका कारण दीपक भेटवाललाई झण्डै देशनिकाला गराएको खुलासा भएको छ। उनले त्यहाँको सरकारलाई भेटवाललाई देशनिकाला गर्न पत्राचार गरेकी थिइन्। गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशनपछि मात्र उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन्। कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा लेखेको पत्रमा भनिएको थियो- ‘कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र… Continue reading
होला त चुनाव मंसिर ४ मा ?
सरकारले फेरि एक पटक संविधान सभाको अर्को निर्वाचनको मिति घोषणा गरेको छ। खिरारे सरकारले निकालेको साइत हो मंसिर ४ गते। यसअघि बाबुराम भट्टराईको सरकारले घोषणा गरेका मितिहरु खेर गएका थिए। लामो समयको प्रतीक्षापछि यो सरकारले मिति घोषणा गरेको हो। के तपाईँलाई यो मितिमा चुनाव होला जस्तो लाग्छ ? आफ्नो विचार तल कमेन्टमा वा भोट गरी… Continue reading
जटामासी खोज्दै रसुवा डुल्दा
[अहिले म मनाङ यात्रामा छु। एक वर्षअघि यति नै बेला हामी एउटा जडिबुटी खोज्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र चहारिरहेका थियौँ। त्यतिबेलाको अनुभवसहितको ब्लग तपाईँहरुले नपढ्नुभएको भए-] समुद्री सतहभन्दा ३५०० मिटर उचाइमा रहेको रसुवाको चोलाङपाटीमा भेटिएकी डोल्मा र पेमा टाउको दुख्दा सदरमुकाम धुन्चेको औषधि पसलमा किनेको सिटामोल खानेगर्छिन्। जब हामीले टाउको दुख्दा प्रयोग गर्न सकिने नजिकै… Continue reading
सुन्नुभएको छ यो विनायकको नाम ?
भगवान गणेशको अर्को नाम विनायक हो। काठमाडौँका चार कुनामा रहेका चार विनायक प्रख्यात छन्- सूर्य विनायक, जल विनायक, चन्द्र विनायक र अशोक विनायक। त्यसबाहेक अरु विभिन्न विनायकका नाम पनि प्रचलित छन् जस्तै सिद्धि विनायक। गोसाँइकुण्ड जाने बाटोमा रहेको लौरी विनायक पनि प्रख्यात नै छ। तर तपाईँले सुन्नुभएको छ दही विनायक ? हजुर, रहेछ यस्तो विनायक… Continue reading
लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी
आगामी संविधान सभा निर्वाचन प्रयोजनका लागि वैद्य माओवादीले पार्टी दर्ता गरेन। तर कूल कति वटा पार्टी दर्ता भयो थाहा छ ? ५० हैन, १०० हैन। पूरै १३९। आम्मामा ! यति धेरै पार्टी। सबको पार्टी दर्ता हुने र सबले चुनाव लड्ने हो भने त चुनाव चिह्न पनि के के मात्र दिनु पर्ने होला ! अनि मतपत्र… Continue reading
यो त सब भन्ने कुरा न हो…
रामकृष्ण ढकालको स्वरमा बज्ने एउटा गीत छ- यो त सब भन्ने कुरा न हो। कालीप्रसाद रिजालको शब्दमा यो गीतमा माया गर्नेहरुले गर्ने चिप्ला कुरामा व्यङ्ग्य गरिएको भए पनि अरु विषयमा पनि यो लागू हुन्छ। माथिको उदाहरणै लिउँ न। गएको मंसिर अन्तिम सातामा प्रधानमन्त्री नेतृत्वको केन्द्रीय अनुगमन समितिको बैठकले दुई महिनाभित्र गरिसक्ने भनिएको यो काम आज… Continue reading
१२ किलोमिटर यात्रा गर्न तीन घण्टा
१२ किलोमिटर दूरी यात्रा गर्न बसमा दुईदेखि तीन घण्टा लाग्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। प्रति घण्टा कति किलोमिटरको दरले कुद्ने रहेछ त गाडी ? लु भैगो भैगो, हिसाब गरिरहनु पर्दैन, बरु बाटो हेर्नुस्। किन लाग्दो रहेछ त्यत्रो समय विशाल श्रेष्ठले खिचेको यो भिडियो हेर्यो भने थाहा भइहाल्छ।
आज संविधान सभाको सराद्धे
आज जेठ १४ गते हो। एक वर्षअघि आजै मध्यरात संविधानै नबनाई संविधान सभाको हत्या भएकोले आज सराद्धे हो। एक वर्ष बितिसक्यो, तर देश जहाँको तहीँ छ। एकोहोरो मेरो गोरुको बाह्रै टका नगरी इमान्दार भएर लागेको भए यतिबेलासम्म नयाँ निर्वाचन भएर नयाँ संविधान सभा बनी जनादेशप्राप्त नयाँ सरकार पनि बनिसक्थ्यो होला। बाबुरामको सरकारले चुनाव गराउनै हुन्न… Continue reading
दलको दलदल
एकदमै आशावादी हुनेहरुले साह्रै निराशावादी सोचको मान्छे भनेर गाली गर्लान्। तर खिलराज रेग्मीको सरकारले आउँदो मंसिरमा पनि चुनाव गराउने ल्याकत राख्छन् जस्तो मलाई पटक्कै लाग्दैन। भलै अहिले चुनावी प्रक्रिया स्वरुप दल दर्ताको काम सकिन लागेको छ। अहिलेसम्म कूल कति दलले निर्वाचन आयोगमा नाम दर्ता गराए थाहा छ ? ६१ वटा। अब दल दर्ता गर्न मात्र… Continue reading
‘डन’ लाई पक्रने आँट कसको ?
केही दिनअघि स्रोत नखुलेको सम्पति राखेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएका पाँच जना ‘डन’ मध्येका एक डन गणेश लामा पक्राउ परेको बारे टेलिभिजनमा समेत यसरी समाचार आयो- टेलिभिजनमात्र हैन, विभिन्न एफएम र अनलाइनहरुले पनि वास्तविकता केही नबुझी हावा तालमा यो समाचार दिए। पछि पो भयो, समाचार त झुटो रहेछ।
दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ?
अपडेटः चार दिनसम्म हाइवे जाम गरेपछि शुक्रबारबाट जाम खोलिएको छ। ‘तिमीहरु पत्रकारहरु भएर केही गर्न सक्दैनौँ ?’ एक्कासी फोनमा आक्रोशित आवाज सुनियो। कुरा के हो ठम्याउनै सकिनँ सुरुमा त। आफन्तको आवाज रहेछ। ‘मसित बन्दूक भएको भए त हाइवे जाम गर्ने सबलाई गोली हानेर बरु जेल जान्थेँ होला’, आम्मै नि। कहिले हिंसाको कुरा नगर्ने यी दिदीलाई… Continue reading
रेखा थापाले हतियार उठाउने रे !
ए राता मकै ! के सुन्नु पर्या हो। रेखा थापाले हतियार उठाउने रे ! भर्खरै एमाओवादी प्रवेश गरेकी देखा थापा नामले समेत जिस्क्याइने हिरोइन रेखाले अन्तर्वार्ता दिँदै आवश्यक परे हतियार उठाउन तयार छु भनेकी रहिछिन्। यो अन्तर्वार्ता द्वन्द्वकालमा ललितपुरको भट्टेडाँडामा पुलिस मारेर ‘भट्टेडाँडामा साहसिक आक्रमण’ भन्दै भङ्गेरा टाउके अक्षरमा हेडलाइन छाप्ने ‘जनादेश’ साप्ताहिकमा छापिएको हो।… Continue reading
५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम
नेपालको नम्बर वन बैँक भनिने नबिल बैँकको एसएमएस बैँकिङबाट किनेको ५ सय रुपियाँको एनटिसीको रिचार्ज पिन नचल्ने भएपछि ठगिएको महसूस गरेको थिएँ। त्यसको तीन दिनपछि मंगलबार राति बल्ल नयाँ पिन हात पर्यो। त्यो पनि नबिल बैँकबाट हैन, बुटवलबाट! यसबीच नबिलले ग्राहकलाई गैर जिम्मेवारपूर्ण व्यवहार गरेवापत् माफी पनि माग्यो, फोन गर्छु भनेर फोन नगर्ने र कम्प्लेन… Continue reading
धमला पत्नीसहित टिभीमा देखिँदा..
-रुपक खतिवडा- दुर्गाप्रसाद धमलालाई खासै कसैले चिन्दैनन्। तर उनैको अर्को नाम ऋषि धमलालाई भने नचिन्ने को होला र ! कतिलाई त उनको अनुहार टिभीमा देखिँदा रिसै उठ्ने भयो भन्छन्। उनै धमला भर्खरै बिहे गरेपछि पत्नीसहित टिभीमा देखा पर्न थालेका छन्। हिमालय टिभीमा अस्ति भर्खरै श्रीमान् श्रीमतीको अन्तर्वार्ता लिने कार्यक्रम जीवन साथीमा धमला जोडीको अन्तर्वार्ता प्रसारण… Continue reading