Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

कोस्टा रिकामा भगुवा पठाउने स‍ंस्थाले ‘चोरको खुट्टा काट’ भन्दा खुट्टै पो उचाल्यो

Posted on September 1, 2013September 2, 2013 by Salokya

आपसी सम्बन्ध विस्तार गर्ने भन्दै युनिभर्सिटी अफ कोस्टा रिकामा National Institute of Natural Sciences का आधिकारिक व्यक्तिका रुपमा गएका चार जना बेपत्ता भएर कोस्टा रिकामा ठूलो हङ्गामा भइरहँदा सो संस्थाले भने ‘एकतर्फी, हचुवा, नियोजित र संस्थाको बदनाम गर्ने मनस्थितिबाट’ ब्लग लेखिएको आरोप लगाएको छ। फेसबुक स्टायटसमार्फत् गरिएको ‘औपचारिक खण्डन’ यति काइते छ कि त्यसमा न… Continue reading

सिङ्गो काठमाडौं जलेको त्यो दिन

Posted on September 1, 2013September 1, 2013 by Salokya

आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। नौ वर्षअगाडि (२०६१ भदौ १६ मा) आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही तस्वीर र नेटबाट संकलन गरिएका तस्वीर र मेरो व्यक्तिगत डायरीबाट निकालिएका केही अंशहरु तपाईँ यो ब्लगमा… Continue reading

काठमाडौँ बेस्कन हल्लाएको महसूस भयो

Posted on August 31, 2013August 31, 2013 by Salokya

मध्यरात हुनै लाग्दा भूकम्पले काठमाडौँ बेस्कन हल्लाइदियो। भूकम्पका कारण धेरै ठाउँमा मानिसहरु घरबाहिर निस्केर सुरक्षित ठाउँमा बसेका थिए। ठूलो भूकम्प आएको केही समयपछि हल्का केही भूकम्पका धक्का महसूस भए। अहिलेसम्म भूकम्पबाट क्षति भए/नभएको बारे केही थाहा हुन सकेको छैन। शक्तिशाली कम्पन ११ बजेर ३४ मिनेटतिर भएको थियो। भूकम्पले घरहरु मात्र हैन सोसल मिडियासमेत हल्लाएको थियो।… Continue reading

वैज्ञानिक अनुसन्धानको नाममा मानव तस्करी धन्दा

Posted on August 29, 2013September 1, 2013 by Salokya

अपडेट १: वेबसाइट अहिले सुचारु गरिएको छ। अपडेटः भगुवा पठाउने स‍ंस्थाको वेबसाइट बन्द- कोस्टा रिकामा बेपत्ता हुने गरी चार जना नेपाली पठाउने संस्थाले आज अपराह्नदेखि आफ्नो वेबसाइट बन्द गरेको छ। वेबसाइटमा अहिले ‘बन्दै गरेको छ, पछि आउनु होला’ लेखिएको छ। आज बिहान यो ब्लग लेख्नुन्जेल साइट सुचारु थियो। हत्त न पत्त वेबसाइट बन्द गरेबाट पनि… Continue reading

कोस्टा रिका हल्लाइदिने चार नेपाली

Posted on August 28, 2013August 29, 2013 by Salokya

स्थानीय एक विश्वविद्यालयको निमन्त्रणामा गएका चार नेपालीले पूरै कोस्टा रिका हल्लाइदिएका छन्। उनीहरु एकाएक बेपत्ता भएपछि उनीहरुलाई बोलाउने युनिभर्सिटी अफ कोस्टा रिकाका रेक्टर मिडियालाई जवाफ दिँदै हैरान भइरहेका छन् भने प्रहरीले उनीहरुको खोजी तीव्र पारेको छ। झण्डै ४६ लाख मात्रै जनसंख्या भएको देशमा यसरी आप्रवासी हराएपछि निकै गम्भीर रुपमा लिइने रहेछ। त्यसैले कोस्टा रिकाको सर्वोच्च… Continue reading

यसरी दुःख दियो मलाई अध्यागमनले

Posted on August 27, 2013August 27, 2013 by mysansar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा धमाधम कर्मचारी पक्राउ गरिरहेको छ। यसै क्रममा धेरै कर्मचारीहरु अध्यागमन विभागका पनि रहेका छन्। नेपालको अध्यागमन यात्रुहरुलाई अनावश्यक झण्झट दिने गरेकोमा बदनाम छ। घुस खाने मात्र हैन, इज्जत लुट्ने काम पनि अध्यागमन कै कर्मचारीहरुबाट भएको जगजाहेर छ। अहिले जुन कर्मचारी अख्तियारको हिरासतमा छ, त्यही मध्येका एकबाट पीडित भएकी थिइन्… Continue reading

वाक फर नेपाल- नेपालका लागि पदयात्रा गर्ने होइन त?

Posted on August 27, 2013September 2, 2013 by उत्तम बाबु श्रेष्ठ

अपडेट: पछिल्ला सहयोगीहरु स्याटेलाइट $१०१, शुशिल जोशी $५०, तिर्थ घले $३०, बसन्त गिरी $२०, भोला शर्मा $१५, सारा श्रेष्ठ $१५, अजय ढकाल $२५, लक्ष्मण गुरुङ्ग $२०,भाष्कर अधिकारी $२०, शशि पैाडेल $३०, नाम खुलाउन नचाहने $२५, मनि श्रेष्ठ $६५, इच्छा,आकांक्षा न्यैापाने $३०, किशेार जेाशी $५०, स्वरूपा ढकाल $२५, सागर प्रसांइ $२५, विष्णु परियार $१०, सुबेाध अधिकारी… Continue reading

इन्जिनियरपछि श्री ३ (एमाओवादी-कङ्ग्रेस-एमाले) कर्मचारी पनि अख्तियारको विरोधमा, आन्दोलनको धम्की

Posted on August 26, 2013August 26, 2013 by Salokya

देशमा वक्तव्य युद्ध चल्या छ अहिले। अख्तियार अकस्मात‌् जागेर कारबाही तीव्र बनाएर धमाधम कर्मचारी समात्न थालेपछि इन्जिनियरहरुले विज्ञापनै छापेर गरेको विरोधका बारेमा हिजो ब्लग पढिहाल्नुभयो। इन्जिनियरपछि श्री ३ दल (एमाओवादी-कङ्ग्रेस-एमाले) का कर्मचारी पनि विरोधमा उत्रिएका छन्। अरु कुरामा भए यी दलको कुरा कहिल्यै मिल्दैन। तर स्वार्थ एक भएपछि तीनै दलका कर्मचारी संगठन मिलेका छन्। एमालेको… Continue reading

अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी

Posted on August 26, 2013August 26, 2013 by Salokya

अख्तियार जागेर विद्युत प्राधिकरण, अध्यागमन र वैदेशिक रोजगार विभागमा भ्रष्टाचारको छानबिन गर्न भकाभक मान्छे पक्रन थालेपछि अध्यागमन कर्मचारीहरु र इन्जिनियरहरु रिसाएर छुट्टी! अध्यागमनका कर्मचारीहरुले ‘अख्तियारको आदेश छैन’ भन्दै विदेश जान लागेका १७० जनालाई रोकेको खबर आज अन्नपूर्णमा छापिएको छ। बिचरा अख्तियारको रिस सोझासाझा विदेश जान लागेकाहरुमाथि पोखिएछ। त्यसैगरी ट्रान्सफर्मर भ्रष्टाचार कान्डमा इन्जिनियरहरुलाई पक्रेको विरोधमा इन्जिनियरहरुले… Continue reading

पञ्चबलिमात्र हैन, उद्‌घाटन खेल अघि गोलपोस्टमा कुखुरा काटेर रगत चढाइँदो रहेछ

Posted on August 26, 2013August 26, 2013 by Salokya

साफ च्याम्पियनसिपमा भाग्यले नठगोस् र दशा टरोस् भनेर एन्फाले मध्यरात दशरथ रङ्गशालाको उत्तरी भागमा पञ्चबलि दिएको खबरले धेरै जना छक्क परेको देखियो। पञ्चबलि अर्थात् भेडा, बोका, हाँस, कुखुरा र अन्डाको भोग। दशा टार्नलाई गरिएको यो कामबाहेक हरेक जस्तो महत्त्वपूर्ण प्रतियोगिताको उद्‌घाटन खेल अगाडि दुईतिरैको गोलपोस्ट र खेल सुरु हुनुअगाडि बल जहाँ राखिन्छ, त्यहाँ कुखरा काटिन्छ… Continue reading

अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख

Posted on August 25, 2013August 25, 2013 by Salokya

कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा… Continue reading

बिएलको बर्थ थेमा सिडिओको छापा ! भोज गर्दा होस गर्नुस् है – तिर्नुपर्ला जरिवानाको डोज, जेलको कुरा अलग्गै

Posted on August 24, 2013August 24, 2013 by Salokya

शुक्रबार व्यापारी बिएल शर्मा (उही अनमोल क्याटरिङका मालिक, नेपालका बिलिनियर विनोद चौधरीका ससुरा क्या त) को बर्थ डे पार्टी राजधानीमा मनाउँदै गर्दा सिडिओको नेतृत्वमा छापा मारियो। पाँच सय जना हाइक्लासका मान्छेहरु रहेछन् भोजमा। अन्नपूर्णमा यससम्बन्धी समाचार हेर्नुस्। सिडिओले ‘सामाजिक सुधार ऐन उल्लंघन भएको छ-छैन निरीक्षण गर्न आएको, गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्छौँ’ भनेका रहेछन्। पाँच… Continue reading

लौ न के सुन्नुपर्‍यो नि – बेलायतका लागि पूर्व राजदूत नै रेफ्युजी बनेर पो बसेका रैछन्

Posted on August 24, 2013August 24, 2013 by Salokya

विदेशका विभिन्न देशमा नक्कली शरणार्थी बन्नेहरुलाई खुसीको खबर- तपाईँहरुको नेतृत्व अब उच्च पदस्थ कर्मचारीले गर्दैछन्। बेलायतका लागि नेपालका पूर्व राजदूत मुरारीराज शर्मा अहिले बेलायतमा राजनीतिक शरणार्थीको हैसियतमा छन्। त्यही उल्लेख भएको बेलायती पासपोर्टसमेत उनले लिइसकेको दि हिमालयन टाइम्सले खुलासा गरेको छ। एक्सक्लुसिभ न्युजमा टिएचटि लेख्छ– नेपाल फर्केपछि आफ्नो ज्यानमा खतरा हुन्छ भन्ने दावी गरेर उनले… Continue reading

महिलाहरुको हात-हातमा लट्ठी…तर यो आन्दोलन हैन है!

Posted on August 23, 2013August 23, 2013 by Salokya

फोटोमा हेर्नुस् त, के महिला के पुरुष सबको हातमा एउटा एउटा लट्ठी छ। झट्ट हेर्दा यो कुनै आन्दोलनको दृश्य जस्तो लाग्न सक्छ। तर होइन, यो आन्दोलन सान्दोलन केही होइन। त्यसो भए के हो त?

अख्तियार जागेपछि अफिसै खाली होला जस्तो पो भो त गाँठे ! हाकिमदेखि पिउनसम्म हिरासतमा

Posted on August 23, 2013August 23, 2013 by Salokya

पदको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने सरकारी कर्मचारीलाई कानुनको दायरामा ल्याउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग केही दिन यता सक्रिय हुँदै भकाभक कर्मचारी पक्रन थालेको छ। एकै दिन एउटै अफिसबाट यति धेरै मान्छे पक्रने काम भइरहेको छ कि काम गर्ने मान्छे नै नभएर अफिसै खाली होला कि जस्तो पो हुन थालिसक्यो। विदेश जानेहरुलाई सबैभन्दा दुःख दिने… Continue reading

स्कूलमै छात्रा असुरक्षित, भाइस प्रिन्सिपल प्रहरी हिरासतमा

Posted on August 22, 2013August 23, 2013 by Salokya

ज्ञान बाँड्ने पवित्र जिम्मेवारी बोकेका गुरुले स्कूलमै आफ्नै चेलीसँग अनुचित काम गर्न थाल्यो भने अभिभावकको हालत के होला ? यो कलियुगमा विश्वास भन्ने चिज अब कसलाई गर्ने होला ? यस्तै भएको छ सामाखुशीको फ्लुरोसेन्ट एकेडेमीमा। १० कक्षा पढ्ने एक छात्रा आफ्नै स्कूलकी भाइस प्रिन्सिपलबाट यौन दुर्व्यवहार पीडित भइन्। आफ्नै एक नजिकको साथीलाई चिट्ठी लेखेर सबै… Continue reading

मातेर खुकुरी नचाउँदा सात वर्ष बेलायती जेलमा

Posted on August 21, 2013August 21, 2013 by mysansar

रक्सीले मातेपछि झगडा हुनु ठूलो कुरा हैन। तर यस्तै झगडामा जोशमा होस गुमाउँदा २१ वर्षका एक नेपाली युवक सात वर्ष बेलायतको जेलमा कोचिने भएका छन्। झगडा भएको बेला गोर्खालीको शानको रुपमा रहेको नौ इञ्चको खुकुरी नचाएर दुई जना स्थानीयलाई घाइते बनाइदिएका थिए। यही आरोप प्रमाणित गर्दै त्यहाँको अदालतले हितेन्द्र लिम्बुले सात वर्ष जेल सजाय सुनाएको… Continue reading

विदेशी ग्रिनकार्ड लिने धोकेबाज सरकारी कर्मचारी सावधान, अब कडा कारबाही हुँदैछ

Posted on August 21, 2013August 21, 2013 by Salokya

गएको जनवरीमा बेलायती प्रहरीले नेपाली सेनाका उच्च अधिकारी कर्णेल कुमार लामालाई गिरफ्तार गरेपछि त्यहाँको वकीलले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको थियो- अभियुक्तसँग बेलायती नागरिकता छ। पछि त्यसलाई सच्याएर नागरिकता त हैन, आइएलआर अर्थात् त्यहाँको ग्रिनकार्ड जस्तै पाएको बताइयो। देशको रक्षा गर्ने जिम्मा बोकेको सेनाको उच्च पदाधिकारी विदेशी ग्रिनकार्डधारी हुन पाइन्छ कि पाइँदैन, यो विषयमा बहसै… Continue reading

के देखियो यो अचम्म! कसैलाई थाहा छ कसरी भयो यस्तो?

Posted on August 20, 2013August 20, 2013 by Salokya

आज एउटा पुस्तकमा अचम्मको पेन्टिङ भेटियो। चित्रमा बौद्ध धर्मका देवी, चैत्यबाहेक घुँडा टेकेर नमस्ते गरेका एक व्यक्ति र कुर्सीमा बसेर फूल सुँघ्दै गरेका एक व्यक्ति छन्। चित्रको क्याप्सनमा त्यो मान्छे इस्ट इन्डिया कम्पनीका क्याप्टेन भएको बताइएको छ। उही क्या त, भारतलाई वर्षौँसम्म उपनिवेश बनाउने बेलायती शासनका आधिकारिक व्यक्ति। नेपाललाई त उनीहरुले उपनिवेश बनाउन सकेका थिएनन्।… Continue reading

माइसंसारमा ब्लग किन लेखिस् भन्दै हातपात

Posted on August 20, 2013August 20, 2013 by mysansar

सन्तोष न्यौपाने नेपालको उज्यालो ९० नेटवर्क रेडियोका लागि बेल्जियमबाट रिपोर्टिङ गर्छन्। केही दिनअघि उनले आफ्नै देशका कलाकारलाई आयोजक र त्यहाँका नेपालीले बेवास्ता गरेको बारे माइसंसारमा एउटा ब्लग लेखेका थिए। त्यही ब्लग किन लेखिस् भन्दै न्यौपानेलाई तथानाम गाली गर्दै जीवन शर्मा नामका एक स्थानीयले हातपात गरेका छन्। दाहिने आँखामा ड्याम कि ड्याम हान्दै घाँटी अँठ्याएर कुटेका… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 153
  • 154
  • 155
  • 156
  • 157
  • 158
  • 159
  • …
  • 178
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme