Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै बाइक/गाडीले ट्रायल दिन नपाइने

Posted on April 21, 2013April 22, 2013 by Salokya

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ। क्रान्तिकारी परिवर्तन भन्दा हुन्छ। मोटरसाइकल, स्कूटरको लाइसेन्स लिनलाई पहिला नागबेली आकारमा पाँच वटा डण्डी घुमाउनु पर्थ्यो। कुन चाहिँ विद्वानको बुद्धि हो कुन्नि, त्यस्तो नागबेली बाटो वास्तविक जीवनमा कहाँ हुन्छ कुन्नि- वर्षौँदेखि यस्तै ट्रायल हुँदै आउँदै थियो। त्यस्तो बाटो त वास्तविक जीवनमा कतै हुन्न थियो, तर कहिलेकाहीँ केटाहरुले पछाडि केटी राखेर त्यस्तै नागबेली आकारमा बाइक कुदाएको भने देखिन्थ्यो। अब भने नागबेली आकार हैन, अंग्रेजीको 8 आकारमा मोटरसाइकल, स्कूटर घुमाउनु पर्नेछ। अझ त्योभन्दा फरक त, आफ्नै गाडी वा बाइकले ट्रायल दिन्छु भन्दा पनि तपाईँ पाउनु हुन्न अब। त्यहाँ भएकै गाडी/बाइक चलाएर तपाईँले ट्रायल दिनुपर्नेछ। आफ्नो सवारी साधन लैजानै निषेध छ।

yatayat

अब त ट्रायल दिने ठाउँमा जाने, पैसा तिर्ने, अनि त्यहीँ भएको बाइक वा गाडी चलाउने। मोटरसाइकल लिन ४७ रुपियाँ तिर्नु पर्नेछ। स्कूटरलाई ४६ रुपियाँ तिरे पुग्छ। कार चलाउन ९३ रुपियाँ तिर्नुपर्छ भने सबैभन्दा बढी बस चलाउन २११ रुपियाँ तिर्नुपर्छ।

आफ्नै सवारी साधन चलाएर ट्रायल दिन नपाउने नौलो व्यवस्था धेरैका लागि अप्ठेरो लाग्न सक्छ। यातायात व्यवस्था विभागका ‘दले’हरुलाई भने यो कमाइको विषय हुनसक्छ। भोलिपर्सि अहिले चलनमा रहेको जस्तो सेटिङ मिलाएको गाडी/बाइक अलि बढी पैसा तिरेर चलाउन पाइने बनाइने पो हो कि भन्ने पनि डर छ। अहिले त्यस्तै हुन्छ। उदाहरण हेर्नुस् दुई वर्षअघि बालकृष्ण दाहालले लेखेको ब्लगमा–

पुल्चोक पेट्रोल पम्पसँगै जोडिएको एउटा बाइक मात्र छिर्ने ढोका छ र त्यहीँबाट ठेलमठेल गर्दै बाइक छिराएपछि देब्रेपट्टी बाहिरबाट नदेखिने ठाउँमा लाइन बस्नु पर्ने हुन्छ। ट्रायल दिने दुइटा स्टयान्डहरु बाहिरबाट मुस्किलले देख्न सकिन्छ। ९०% भन्दा बढी बाइकहरु थोत्रा र रोडमा विरलै देखिने हिरो होन्डा सीडी- १०० हुन्छन् जुन बाइक दलालीबाट ट्रायल दिनेले भाडामा लिने गर्छन् रु ५०० देखि १००० सम्ममा। बाइक दलालले ग्राहकहरु फारम भर्न जाँदा वा लिखित परीक्षा दिन जाँदा भेटाउँछन्। त्यस्ता बाइक ह्यान्डिल मात्र समाएर चलाउने गरी मिलाइएका हुन्छन्, लाइसेन्स पाइसक्दा पनि गियर, एक्सिलेटर, क्लचको बारेमा केही ज्ञान हुन्न चालकलाई। सेफ्टी र ट्राफिक नियम पालना त धेरै परको कुरो भयो।

यस बाहेक पहिलेको अवैज्ञानिक ट्रायललाई अहिले धेरै हदसम्म सुधार गरिएको देखिन्छ। तर विकसित देशमा जस्तो सडकमै गाडी चलाएर ट्रायल दिने व्यवस्था लागू गर्न सके वास्तविक ट्रायल हुन्थ्यो।

अबको ट्रायल यस्तो हुनेछ हेर्नुस्-
trial
चित्रमा देखाइए जस्तै मोटरसाइकल चालकले 8 आकारमा घुमाउनु पर्नेछ। अनि ठाउँ ठाउँमा राखिएका स्पीड ब्रेकरमा स्टार्ट बन्द नगरी खुट्टाले नटेकी पार गर्नुपर्छ। उकालो र ओरालोमा पनि खुट्टाले टेक्न पाइन्न। परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ। चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ। ‘यू’ टर्नमा साइड लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ। माथिको पूरै कुरा चार पाङ्ग्रेलाई १० मिनेटमा र दुई पाङ्ग्रेलाई पाँच मिनेटमा पार गर्नुपर्नेछ।

दुई पाङ्ग्रेमा ट्रायल दिँदा के के हेरिन्छ ?
चलाउनुअघिको सावधानी र सुरक्षा परीक्षण
8 मा चलाउने परीक्षण
साँघुरो काठमा परीक्षण
ट्राफिक संकेतको परीक्षण
उबड खाबडको परीक्षण
र्‍याम्प परीक्षण
सवारीको गति, गियर परिवर्तन र समयको परीक्षण

चार पाङ्ग्रेमा माथिको बाहेक साँघुरो काठ र उबडखाबडको साटो स्पिड ब्रेकर परीक्षण, ग्यारेज पार्किङ परीक्षण पनि गरिनेछ।

के-के गरे फेल ?
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै फेल हुनसक्ने अवस्थाबारे पनि बताएको छ। हेर्नुस्-

    दुई पाङग्रे

-हेलमेट नलगाइ, ऐना नमिलाई र साइट लाइटको प्रयोग नगरी स्टार्ट गरे

-आठ आकारको लाइन भन्दा बाहिर सवारी लगे

– साँघुरो फलेकबाट सवारी साधन बाहिर पुर्‍याए

-यू टर्नमा साइड लाइट प्रयोग नगरे

-ट्राफिक संकेत पालना नगरे

– उबड खाबड परीक्षणमा रोकेर गोडा टेकेमा

-दुई वा बढी पल्ट स्टार्ट रोकिएमा

– ट्रायलका सबै तरिका पूरा गर्न पाँच मिनेटभन्दा बढी समय लगाएमा।

    चार पाङग्रे

-सिट बेल्ट नबाँधे, पछाडि दाँयाबाँया हेर्न सिसाको परीक्षण नगरे, साइडलाइट नबाली स्टार्ट गरे

-आठ आकारको लाइन भन्दा बाहिर गए

-स्पिड ब्रेकरमा रोकिए वा स्टार्ट बन्द भए

-यू टर्नमा साइड लाइटको प्रयोग नगरे

-ट्राफिक संकेत पालना नगरे

– र्‍याम्पको चढाइमा रोकेर अगाडि बढाउँदा सवारी साधन ६ इन्चभन्दा बढी पछाडि फर्किएमा

-ग्यारेज पार्किङ गर्दा लाइन भन्दा बाहिर परे

-दुई वा बढी पल्ट सवारीको स्टार्ट बन्द भए

– ट्रायल सबै तरिका पूरा गर्न १० मिनेटभन्दा बढी समय लगाए।

उपत्यकामा बागमती अञ्चल यातायात व्यवस्था कार्यालयले वैशाख १ देखि नयाँ व्यवस्था अनुसार परीक्षा लिने भने पनि पूर्वाधार तयार नभएको भन्दै १० गतेदेखि मात्रै लागू गर्ने जनाएको छ। अरु ठाउँमा भने असारभित्र लागू गर्ने तयारी भइरहेको छ। ट्रायल दिने ठाउँ मोटरसाइकल र स्कुटरका लागि मीनभवनको ट्रलिबसको कम्पाउन्ड हुनेछ भने अरु साना-ठूला गाडीका लागि बग्गीखानामा ट्रायल लिइनेछ।

[ट्रायलको नयाँ व्यवस्था तपाईँलाई कस्तो लाग्यो ? तपाईँ विदेशमा हुनुहुन्छ भने त्यहाँ कस्तो किसिमको ट्रायलको व्यवस्था छ ? आफ्नो विचार र अनुभव बाँड्नुहोस् तल कमेन्टमार्फत्]

यो पनि काम लाग्ला-
गाडी नम्बर राखेर कर कति तिर्न बाँकी छ हेर्ने
अनलाइन सवारी दर्ता र नामसारी
लाइसेन्स सक्कली कि नक्कली जाँच गर्ने

52 thoughts on “आफ्नै बाइक/गाडीले ट्रायल दिन नपाइने”

  1. om bikram pandey says:
    May 4, 2013 at 11:31 am

    लाइसेन्स नै नभयका हरु को आफ्नो गाडी वा मोटर साइकल हुने कुरै भयन / ट्रायल को नया बिधि पहिला भन्दा उत्तम छ तर अझै प्रयाप्त छैन/ सैदान्तिक ज्ञान को अझै अध्यन गराउनु जरुरि छ /

    Reply
  2. Anand says:
    April 28, 2013 at 9:24 am

    मेरो लाइसेन्स २००४ मा एक्स्पाएर भएछ मैले लाइसेन्स १९८२ मा हो निकालेको नेपाल मा छ्दां सम्म रिन्यु गर्थें २००१ मा नेपाल बाट बिदेश गएं र एक्कै चोटि २०१२ मा नेपाल फर्कें रिन्यु गर्न यातयात बिभाक गएको त एक्स्पाईर भएको मिति बाट ५ बर्ष नाघ्यो भने रिन्यु हुदैन तपाई को त ८ बर्ष बढि भएछ भन्यो बरु निबेदन अनि जांच पास गरेर नयां लाइसेन्स निकाल्नुस भन्यो मैले ट्राएल पास गरेर आज भन्दा ३०बर्ष अघि हेबि लाइट अनि बाईक को सवारि अनुमति पत्र निकालेको हुं राजस्व कति लाग्छ बरु जरिवाना सहित तिर्छु भन्दा पनि कानुन ले ५ बर्ष नाघे पछि मिल्दैन भन्यो ! अनि मेरो मन ले २०६९ साल को नया सवारी साधन चलाउने अनुमति पत्र लिन मानेन अनि फर्किएर आएँ एक पल्ट निकालेको सवारी अनुमति पत्र को म्याद जति बर्ष नाघे पनि राजश्व तिरेर रिन्यु गरि दिने कानुन बनाए राम्रो हुने थियो कि ?

    Reply
  3. Pravat says:
    April 26, 2013 at 4:16 pm

    हेडलाइट को पनि टेस्ट राख्न पर्ने / आजकल जथाभाबी हेड डिम गरेर हैरान पार्ने गरेको छ /

    Reply
  4. rohit says:
    April 24, 2013 at 6:58 pm

    अझ कति उमेर भाको ले कुन गाडी चलाउन पाउनि भनेर तोकिदेया सुन मा सुगंदा हुनी तेयो की.

    Reply
  5. Manish says:
    April 24, 2013 at 6:27 am

    Why should not take a final licence test on the road. I mean have to make certain criteria before getting the full licence. Certain hour of course have to be completed in driving book and then have to pass the exam and traffic rule. Then appear in final licence test if the get passed following the rules on the road without any mistake why dare to give the licence? why we scared to give the licence test, if you know how to drive.

    Reply
  6. subba basanta says:
    April 23, 2013 at 8:28 pm

    आफनै सवारी साधनले ट्रायल दिनु नपाउनु यो चाही हदै नहुने नियम भो l किनकी जिन्दगि भरि आफ्नै सवारी साधनको प्रयोग काम को सिलसिलामा गरिरहनु पर्ने हुन्छ l चालकलाई उसको सवारीमा हात बसिसकेको हुन्छ र उसलाई सवारीसाधन को हरेक कनडीसनको बारे थाहा हुन्छ र उसले सवारी साधन सहज तरिकाले चलाउनु सक्छ l यसको अलावा उसले अरुले चलाए सवारी पनि चलाउनु सक्छ किनकि सबै सवारी साधनमा लाग -भाग एक कै किसिमको सिस्टम [कल्लाज , ब्रेअक , अक्षिलेतेर ]हुन्छ l फरक यो मात्र हो अरु ले चलाएको सवारी साधन पहिलो पटक चलाउदा केहि थोरै समयको लागि असहज हुनेमात्र हो तर केहि समय तेश्मा पनि सहजता हुन्छ l येअदि ट्रायल दिनाआउने मान्छे हरुले ट्रायल पास हुनको लागि आफु अनुकुल सवारी साधनको कन्दिशन बनाएर आएको वा आउनु सक्ने शकामा यो नियम लागुगरेको हो भने हरेक सवारी साधनको कन्दिशन राम्रो सग चेक गरेर मात्र ट्रायल दिने बेवास्था हुनुपरो l नत्र भने यो नियम जनतालाई दुख दिनु र यातायात कर्मचारी ले पैसा कमाउने नया तरिका हुनु पर्छ l किनभने ट्रायल दिने ठाउमा कस्तो कस्तो किसिमको सवारी साधन हरु ट्रायल को लागि भाडामा पाहिन्छ हामीलाई पनि थाहा छ

    Reply
  7. बसन्त says:
    April 23, 2013 at 5:21 pm

    एक्सपायर भइसकेको लाइसेन्स लाई रि-न्यु गर्न मिल्छ की मिल्दैन होला मिल्छ भने एक्सपायर भएको कति अबधि भित्र सम्म मिल्छ या फेरि ट्रायल दिनु पर्ने हो?

    Reply
    1. Anil says:
      April 25, 2013 at 10:38 am

      मिल्छ. मेरो ३ बर्ष भाको थियो license expire भएको, ३ बर्षको २१०० जरिवाना र ७०० को नविकरण दस्तुर जम्मा जम्मी २८२२ रुपिया तिरेपछि नया license आयो.

      Reply
  8. aashish says:
    April 23, 2013 at 2:31 pm

    Just look at the list of things which can fail you! With that list, even Rossi can’t clear this test!

    Reply
  9. Sunil, London says:
    April 23, 2013 at 2:41 am

    माथिका कुरा पढेर मलाई पनि केहि लेखौ जस्तो लाग्यो ! अर्को कुरा UK को बारेमा कुनै साथि हरुले पनि लेख्न भ्याउनु भएको रहेन छ ! यहाँ licence लिन धेरै गाह्रो छ र खर्चिलो पनि ! पहिला त Provisional licence लिनु पर्यो !तेसपछी Theory test दिनु पर्छ, जुन कम्प्युटर मा बसेर गर्नु पर्छ , हरेक प्रश्न को २ वा ४ वटा सम्भावित उत्तर हुन्छन तेस्मा सहि उत्तरमा चिन्ह लगाउने ! तेस पछि Hazard Perception test हुन्छ, यो टेस्टमा कम्प्युटर screen मा सडक को video clip देखाइन्छ जहाँ निर आफु लाइ केहि खतरा लाग्छ त्यहाँ click गर्दै जानु पर्छ २० वटा जति clip test हुन्छ , यो दुवै test पास भयो भने त्यहाँ नै theory test pass certificate दिन्छ, test computer मा हुने हुनाले fail भएको मान्छे लाई pass गर्न सम्भव छैन र pass भएको मान्छे लाई Fail गर्न ! अब Practical test को लागि online booking गर्नु पर्छ !Practical test मा पहिलो १० मिनट Self Driving को हुन्छ जसमा एउटा Map हेरेर गाडी Drive गर्नु पर्छ, बिस्तारै २० mile ,३० mile , ४० mile र ५० mile speed को सडक मा Drive गर्नु पर्छ Three point turning . corner parking , र parallel parking अर्को महत्वपूर्ण कुरा हो! यी सबै गरेपछि Emergency stop को test गरिन्छ यी सबैमा pass भैयो भने Licence हात पर्छ !१०० अंक को test मा कम्तिमा ८५ अंक ल्याउनु पर्छ pass हुन ! कुल मिलाएर UK को test संसार कै सबभन्दा गाह्रो मानिन्छ ! तेसैले होला यहाँ Accident को घटना निकै कम छ !

    Reply
  10. Alina says:
    April 22, 2013 at 11:43 pm

    नियम परिबर्तन भएको राम्रै हो तर यस्तो गर्नु भन्दा बाटो मा traffic को बीच मा चलाउन लगाएर trial लिनु बेश हुन्थ्यो.

    Reply
  11. Rajan kaka says:
    April 22, 2013 at 9:50 pm

    त्यो मात्र होर ! पैला त्यो नियम बनाउने मान्छेलाई ट्रयल दिन लगाउन पर्छ ……. !!!!!

    Reply
  12. suman says:
    April 22, 2013 at 9:04 pm

    Jonny Ji
    शंकर जी को अंग्रेजी मा, कुन ठाउमा के सुधार्नु पर्ने त्यो पनि प्रस्ट पारिदिनु भय राम्रो हुन्थ्यो कि?

    Reply
  13. kiranrai says:
    April 22, 2013 at 8:57 pm

    साथी हो म त अस्ति २ हप्ता अघि मात्र फेल भाको गाडीको ट्राइलमा अब ३ महिना पछि मात्र दिन पाइन्छ भन्ने सुनियो तर यो कुरा कत्तिको साचो हो थाहा भएन । कसैलाइ थाहा भए जानकारी पाउ , कि नया नियममा चाहि सामेल हुन पाउने छ कि ?

    Reply
  14. bibek dhakal says:
    April 22, 2013 at 8:34 pm

    यहाँ कमेन्ट हरु पढेर अरु भन्दा नि संसारभरी लाइसेन्स लिनको लागि कस्तो कस्तो ट्राफिक नियमहरु छ भन्ने कुरा बुझ्न पाइयो 😀 धन्यबाद मित्रहरुलाई 🙂

    Reply
  15. Suman says:
    April 22, 2013 at 8:26 pm

    जस्तो सुकै नियम बनाए पनि, सुटुक्क ४००० दाम हात मा दियो भने योसब झमेला गर्ने पर्दैन.

    Reply
  16. Ngwang says:
    April 22, 2013 at 6:56 pm

    यु एस ए मा ब्रोकन यु टर्न गरिन्छ त्यो पनि आवश्यक परे मात्र अनि पारालल पार्किङ्ग गर्न लागौछ हल्का रेड लाइट्मा कसरि कुदाउछ छेक गरिन्छ होईन नेपालमा चाहि के हो कहिँ नभाको जात्र हाडिगाउमा लाईसेन्स पास हुनसाथ गजिर पनि दिने जस्तो ? काडा गर्नु राम्रो हो तर लेनदेनको बाटो नबनोस. अलि हेरेर गर्ने गरोस. लाइसेन्स सबै नागरिकको पहुचमा हुनु पर्छ त्यसको लागि इन्स्टिच्युट पनि राम्रो होस् जसमा राज्यको लागनी निगरानी होस्.

    Reply
  17. Kiran says:
    April 22, 2013 at 6:26 pm

    Here in sydney , you have to give written test on computer and need to get 99% to get learner license ,during this learning phase u have to drive at least one year (if u are under 25) and their designated minimum hour around 100 (day and night) with full license holder , next to your driving seat.

    After that u have to give driving test where you have to drive in road for approximately 45 minutes and need to follow each and every instruction from your instructor. After passing this u get red P (provisional) license with 3 points and have to drive at least one year with many restriction .then again u have to give computer test and need to get green P and need to drive at least for 2 years with 7 points . At last,you have to give another computer test and need to pass again to get NSW full license with 13 points .
    these above rules are little different for overseas license holder .

    Reply
  18. Nabin Adhikari says:
    April 22, 2013 at 5:52 pm

    पासाहरु ली दिमाग लगाकै हो, गाडी र बाईक त् भाडा मा उपलब्द गराउने अनि कमीसन लीने? नसकीने भयो येनिहरुलाई 🙁

    Reply
  19. Paras Dahal says:
    April 22, 2013 at 5:17 pm

    अरु कुरा त ठिकै होला नहोला तर गाडी स्टार्ट गर्न पनि साइड लाइट बल्नु पर्ने कुरा चाही अचम्मा लग्यो.

    Reply
    1. sulav khadka says:
      April 23, 2013 at 5:58 pm

      its called the inspection of the vehicle you are about to drive for your safety sir!!

      Reply
      1. Paras Dahal says:
        April 25, 2013 at 2:51 pm

        सिट बेल्ट नबाँधे, पछाडि दाँयाबाँया हेर्न सिसाको परीक्षण नगरे, साइडलाइट नबाली स्टार्ट गरे.
        Inspection of vehicle is the first thing but If you read the above text, it gives something different meaning. You need some one else for inspection, because you cannot see the light is working or not. In real practice MISS system is used to leave the kerb.
        M Mirror
        I Indicator
        S Shoulder Check
        S Steer.

        Reply
    2. Yadav Gaire says:
      April 24, 2013 at 6:39 pm

      Its mandatory to check every things on our vehicle before we drive, actually good for us.

      Reply
  20. Jeevan says:
    April 22, 2013 at 4:57 pm

    नियम राम्रो हो कदाइकासाथ सबैको लागि लागु हुनुपर्छ | जहासम्म सवारी साधनको कुरा छ, त्यसमा सडकमा गुदाउन योग्य र न्युनतम चाहिने सबै आधार शिलाहरु गाडीमा छ भने आफ्नो वा ट्रायल सेन्टरमा भाडामा पाउने कुनै सवारी साधन चलाउनु पाउनु पर्ने हो | आफ्नो गाडीमा ट्रायल दिन नपाइने नियम त कतै छैन जस्तो लाग्छ |

    Reply
  21. Raju Rana - Mahendra says:
    April 22, 2013 at 4:17 pm

    नियम मुनासिब छ – परिबर्तन गर्नु जरुरि पनि हो . यहाँ कतार मा लाइसेन्स निकाल्न को लागि पैसा को त कुरै नगर्नुस फेरी झन्झट कति हो कति . सुरुमा फर्म भर्यो – ड्राईभिङ्ग स्कुल जानै पर्ने – ट्राफिक नियम मा निपुर्ण हुनै पर्ने – र भित्र बक्स पार्किंग/अल आकारको पार्किंग मा पास हुनै पर्ने अनि त्यसपछि पोलिस को साथ मा बसेर ड्राईभिङ्ग गरेर रोड टेस्ट मा पास भैसके पछि मात्र लाइसेन्स हात पर्छ ..अरुको त कुरै जोस नेपाल मा पोलिस देख्दा खासै डर अनुभूति नहुने हामी नेपाली यहाँ को पोलिस संग संगै बसेर टेस्ट दिदा त त्यसै त्यसै आतियारा कति साथी हरु फेल हुनु भयको उदहारण छन् –बढीमा ४ पटक सम्म को चान्स नत्र फेरी ड्राईभिङ्ग स्कुल गयर सिक्नु पर्ने बाध्यता —त्यसैले अहिले हार्मो मा लागियको नियम खासै केहि होइन झैँ लाग्छ जुन जरुरि पनि छ .

    Reply
  22. Pavan says:
    April 22, 2013 at 1:45 pm

    कोरियामा लाईसेन्स लिन तेती सजिलो छैन ! ५- ६ घण्टा ट्राफिक नियमबारे कक्षा लिएपछि कम्पुर बाट लिने लिखित पास गर्नु पर्छ, (७० %) . तेस्पछि दोस्रो चरणमा, दया बया सिग्नल दिने आदि, सिधा लाने, रोक्ने, एमरजेंसी बेरेक लगाउने आदि टेस्ट हुन्छ। त्यो पास गरेपछि गाडी सहयोगी सहित रोडमा अभ्यास गर्न पाईञ्छ। अन्तिम परिक्ष्या अतेन्त कठिन रोडमा करिब १० कि मि जति सम्पूर्ण नियम पालन गरि चलाउनु पर्दछ। गाडी मा राखेको जडित कमारा र ट्राफिक पुलिसले सबैले पास गरेमा मात्र लाईसेन्स दीइञ्छ !

    Reply
  23. Ashok says:
    April 22, 2013 at 1:38 pm

    लाइसेन्स लिन कानुन बनायर मात्र पुग्ने भय ! उहिल्यै पनि कानुन थियो, आफुले ध्याउन्न गरेर बल्ल बल्ल लाइसेन्स लियो, अर्को ले रेस्टुरेन्ट मा बियर पिउदै नसाको भरमा दिएको पैसाले लाइसेन्स लिन्छ/ आखिर उसको कमजोडी ले म पनि दुर्घटनामा पर्न सक्छु! आफ्नै साथी, जसले कार सडकमा देखेको मात्र छ, उ संग लाइसेन्स छ, नेपालमा लाइसेन्स लियर चलाउन भन्दा, पुरानो बस मा चढ्न बेस, कमसेकम चालक ले तेस्ता मान्छेहरु त भोगेका हुन्छन.

    Reply
  24. ajay says:
    April 22, 2013 at 12:19 pm

    ओहो पैसा खानु लै के के बुढी ल्यौंच यी भ्रस्ट हरु ले ..देस विकास मा लगाउनु नि भाको बुद्दि त . pollution test fail भाको सवारी साधन ले trial दिनु पर्यो अब . airport ma भाको गाडी हरु अब यातायात मा ल्याउनु लागेको जस्तो छ.मरेको मान्छ लै license दिने मान्छे हरु नाटक नै धेरै गर्छ (आज को कान्तिपुर मा लेखेको छ ), कसिल केहि गर्नु सक्दैन यिनी हरु लै .

    Reply
  25. pradeep says:
    April 22, 2013 at 10:22 am

    येसो हेर्दा त केहि सुधार हुने हो कि जस्तो लाग्छ ! तर यो सबै कर्माचारीको नियत मा भर पर्छ ! म आफ्नु गाडीको नामसारी गर्न र प्रदुसन टेस्ट को लागि यातायात कार्यालय गए ! बहिरदेखी नै दलाल हरु को अन्तरबार्ता मा परि हालें ! तै पनि आफै गर्छु भनेर तम्सिएको त कर्मचारी हरु ले हेर्दा पनि नहेर्ने रहेछन ! आखिर यौटा पछि लागि रहेको दलाल संग रु२७५ राजस्वो तिरे पुग्ने काम को लागि रु१५०० तिरे पछि सब काम फटाफट, न कागज पुरा नभयको कुरा न प्रदुसन टेस्ट नै ! दलाल नलगाउने हो भने सायद तपाई को काम नहुन सक्छ किन कि कर्मचारी न त पोसाक लगायका हुन्छन, न परिचय पत्र झुन्द्यका हुन्छा, न कुर्सि मा नै हुन्छन ! लाइसेन्स लिने कुरा पनि यस्तै त होला नि !

    Reply
  26. Nirmal says:
    April 22, 2013 at 10:09 am

    मैले trial दिने बेलामा मोटर साइकल नपाएर कम्ता आपत परेको थिएन/ बल्ल बल्ल एउटा लाई request गर्दा गर्दा बल्ल मोटर साइकल दिएको थियो/ त्यस्तो आपत अब चाही नपर्ने भयेछ/

    Reply
  27. पुष्प says:
    April 22, 2013 at 9:57 am

    नागबेलीभन्दा यो पद्धति अलिकति उचित लाग्यो । तर अाफ्नो सवारीले परीक्षण दिन नपाइने नियमले कताकता नमीठो गन्ध अाइरहेको भान हुन्छ ।

    Reply
  28. Bibek Dhakal says:
    April 22, 2013 at 9:22 am

    अरु कुरा सबै ठिकै होला अब त्यो भविस्यमा थाहा होला तर यो ट्रायल दिदा त्यहिको गाडी प्रयोग गर्नु पर्ने भन्ने अलि चित्त बुझेन मलाइ!
    आफ्नो हात सिकेको गाडी मा बसिराको हुन्छ अब त्यहाँ ट्रायल दिंदा पिकअप मिल्दैन, ब्रेक मिल्दैन, क्लच र अक्सिलरेटर को तालमेल मिल्दैन – अनि ट्रायल दिने बेला बिचरा ५०% त नर्वस भएरै फेल भैसकेको “सिकारु” चालक ले हात नबसेको गाडी बाट कसरि पास गर्ला? अनि अन्तिममा दलाल भरोसे??
    बरु रिन्यु गर्ने बेला पनि ट्रायल दिएर मात्र रिनु हुने सिस्टम राख्ने हो भने चाही त्यहि भाको गाडीमा दिन लगाउदा ठिक होला किन कि ५ वर्ष सम्ममा त हात बसिसकेको हुनु पर्यो नि!

    Reply
  29. krishna says:
    April 22, 2013 at 9:04 am

    New Zealand मा licence लिन को लागि भने सजिलो नै छ है / सुरु मा लिखित परिक्षा मा पास भए पछि सिकारु को licence मिल्छ जुन लिएर आफु एक्लै ले भने सवारी चलाउन सकिदैन साथ मा कम्ति मा २ वर्ष पुरानो पुरा licence सहित को कोइ अनिबर्ये छ . यो लिएको ६ महिना मा फेरि प्रयोगात्मक परिक्षा दिन सकिन्छ जस मा आफ्नो वा अरु को सवारी मा ३० देखि ४५ मिनेट सम्म कम गति देखि राजमार्ग को तिब्र गति को बाटो मा सबै सवारी नियेम पालना का साथ तोकिएको व्यक्ति संगै सवारी चलाए पछि पास भए मा restricted licence प्राप्त हुन्छ जसले बिहान ५ बजे देखि बेलुका १० बजे सम्म मात्र सवारी चलाउन सकिन्छ तर यात्रु बोक्न भने सकिदैन / यो प्राप्त भएको ३ महिना मा पुरा licence को परिक्षा दिन सकिन्छ जुन ३०-४५ मिनेट सम्म को कम गति देखि तिब्र गति को बाटो मा चलाएर पास भए मा पुरा licence प्राप्त हुन्छ . तर यो भनेको कार को लागि मात्र हो त्यो भन्दा माथि को लागि फेरि तोकिएको सस्था बाट लिखित परिक्षा को तयारी गरि सोहि अनुसार नै गर्नु पर्छ .

    Reply
    1. ajay says:
      April 22, 2013 at 12:24 pm

      नेपाल मा त experience भए पछि मात्र काम पौंचा अनि license पनि तेस्तै हो……..license बिना बाटो मा perfect हुने अनि बल्ल license को लागि apply गर्ने lol

      Reply
  30. isor says:
    April 22, 2013 at 8:15 am

    मेरो driving test को अनुभब रमाईलो छ/ मैले california को san francisco मा टेस्ट दिनु गय को थिय टेस्ट लीने मान्छे fizi को indian रै छ . सुरु मा उसले एङ्ग्लिश मा कुरा गरे को थ्यो पछि हिन्दि मा कुरा गर्नु थाल्यो / उसले कार चलाउनु भन्यो उसले जता भन्यो उतै लगे/ बाटो मा नेपाल को बारे मा धेरै कुरा सोध्यो / उसले उसको नातेदार को मा लगी म संग परिचय गरायो र DMV office फर्की साधारण traffic rules भनि मलाई पास भन्यो म त नेपाल मा छु कि इंडिया आफै दङ्ग परे/ एस्तो tryle त नेपाल मा पनि भा theyana /

    Reply
    1. dhan says:
      April 22, 2013 at 12:39 pm

      हामी एसियन मुलको मान्छेहरु नाताबाद र कृपाबादलाई प्राथमिकता दिन्छौ नियम कानुन लाई भन्दा तेसैले त पछाडी परेका छौ. उसको ठाउमा खैरे हुन्थ्यो भने उसको भाई छोरा नै आएनी नियमपुर्बक नै पास या फेल हुन्थ्यो. के गर्ने भगवान भरोसा चलेको देशका मानिसहरु जता गयेनी बानी चै छोडदैनन्, यो पनि कारण हो खैरे हरुले हामीलाई हेयको दृष्टिले हेर्ने.

      Reply
  31. sagar mohan says:
    April 22, 2013 at 7:22 am

    उत्तम…… अति उत्तम …हुनु पर्ने यस्तै हो । License लिनेले जस्को साधन पनि चलाउन सक्नु पर्यो नि। एकदम ठिक हो।

    Reply
  32. Surya says:
    April 22, 2013 at 7:07 am

    मैले motorcycle को license लिदा,३ दिनको कलास लिएको थिए, २० घण्टा जतिको. लिखित र trial दुबैको टेस्ट पनि दिए, जहाँ कलास लिए. पास भएपछि certificate दिन्छ अनि त्यो DMV मा देखाएर लिएको थिए

    Reply
  33. Bardan says:
    April 22, 2013 at 4:38 am

    यहाँ अमेरिकामा ठाउँ हेरिकन फरक हुन्छ. जस्तै कुनै ठाउँमा बाटोमा चलाउन पर्छ भने कुनै ठाउँमा उनीहरुको आफ्नै ट्रयाक हुन्छ. तर खै यहाँ धेरै जस्तो गाडी अटोम्यटिक हुने भएकोले सजिलो हुन्छ जस्तो लाग्छ. तर येदि कसैको गाडी अटोम्यटिक छ भने उसलाई गेअरको के मतलब?? टेस्ट अलि फ्लेक्सिबल हुनु पर्छ जस्तो लाग्छ.

    Reply
  34. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    April 22, 2013 at 2:53 am

    मेरो नेपाली सबारी लाइसन एक्सपायर भएको 3 महिना बड़ी भयो, म ऑस्ट्रेलिया म छू, नेपाल नागईकाना कसरी रिनू गर्ने ? कसैलाई जानकारी भए बतईदिन अनुरोध गर्दछु !

    Reply
    1. Tanke Nepali says:
      April 22, 2013 at 10:00 am

      नेपाल नगईकन License renew गर्ने हो भने आफै मिति सचच्याउने || तेही हो सब भन्दा सजिलो उपाए ………

      येसो रमाइलो गर्नु पर्यो नि कहिले काही ||

      Sydney , Canada

      Reply
  35. कुसुम ज्ञवाली says:
    April 22, 2013 at 2:07 am

    म क्यानडामा छु, क्यानडियन ड्राइभिङ टेस्ट प्रणाली निकै प्रभावकारी र बैज्ञानिक खालको रहेछ ।
    अाफ्नै गाडीमा जाँच दिन पाउने कुरा ज्यादा बैज्ञानिक हो किनकी उसले वास्तवमै चलाउने भनेको चालककै अाफ्नो गाडी हो । बरू त्यो गाडीको मेकानिकल अबस्था जाँच गरी सेफ्टी स्टेस्ट पास गरेको हुनुपर्ने भन्ने राख्ने र गैरनाफामुलक क्वालिफाइड संस्थाले त्यसलाइ परिक्षण गर्ने ब्यबस्था अझ राम्रो हो । राम्रो त १ घण्टा गाडीमा वा मोटर साइकलमा परिक्षकलाइ नै राखेर सहरमा घुम्ने र बास्तविक रूपमा चालकको फिल्डमा कस्तो ढंगले चलाउँछ भनेर चेक गर्ने गर्दा अझ बढी बैज्ञानिक हुन जान्छ ।

    Reply
  36. resham says:
    April 22, 2013 at 1:07 am

    लौ आफ्नो सवारी साधनबाट टेस्ट दिन नपाइने नै भो? ओहो लौ मेरो पनि लाइसेन्स निकाल्नु बाकी छ गाठे/ निकै कडा परिश्रम गर्नु पर्ने भएछ /. लौ ठिकै छ. /आफ्नो लागि नै हो अब कम्मर कसेर प्राक्टिसमा लाग्नु पर्ने भो लाइसेन्स निकाल्नुलाई /

    Reply
  37. madan bajracharya says:
    April 22, 2013 at 12:21 am

    टेस्ट कडा भयको मा भन्नु केहि छैन/ सडकमा आफ्नै गाडी र बाईक कुदाउने भयकोले तेही चलाउन दिनु पर्ने हो/तेसैले टेस्ट त् व्यक्तिले चलाउने नै गाडी र बाईकमा दिन लगाउनु नै ठिक छ/ लाईसेन्स लिन चाहने सबै नै नया चालकहरु हुन्छ/ तिनीहरुलाई सरकारले उपलब्ध गरेको गाडी बा बाईक चलाउन अप्ठ्यारो पर्न सक्छ/

    सरकारले उपलब्ध गराउने गाडी र बाईक त् भाडा बा ठेक्कामा लियको हुन्छ/ यस्तो गाडी बाईक प्रयोग गर्नु रास्ट्र र व्यक्तिलाई अनाबस्यक तरिकाले अतिरिक्त खर्चको गर्नु पर्ने हुन्छ/ फेरी भ्रस्टाचारको सम्भावना पनि तेतिकै छ/ टेस्ट फेल भयकालाई पास गरेर रकम कुम्ल्याउन अप्ठ्यारो परेको कारण गाडी र बाईक ठेक्कामा उपलब्ध गर्ने सिट रकम उठाउन पनि यस्तो गरेको हुन् सक्छ/ यो नियम ठिक छैन/

    Reply
  38. yash ghimire says:
    April 22, 2013 at 12:16 am

    म इजरेलमा छु | यहा लाइसन्स लिनुपर्दा नेपालको लाइसन्स भए लिखित दीइरहनु पर्दैन तर ड्राईभिङ्ग इन्स्टिच्युटबाट अनिबार्य रुपमा दैनिक ४०-४५ मिनेट जति गाडी सिक्नु पर्छ | जब सम्म ट्रेनर , गाडी / बाइक हकाईबाट सन्तुस्ट हुन्न ट्रायलको लागी सिफारिस गर्दैन | नेपालमा राम्रै गाडी चलाउनेले पनि १८ -२० दिन जति साइड बत्तिको प्रयोग , ट्राफिक बत्ति र संकेत चिन्हहरु अनुसारको चलाउन सिक्नुमै लाग्छ | त्यसपछि एउटा ट्राफिक इन्स्पेक्टरको रोहबरमा व्यस्त सडकमा चलाउनु पर्छ | पार्किंग गरेको अवस्था , उकालो ओरालोमा रोक्न लाउदा स्टार्ट बन्द भएको/ नभएको अवस्था , टर्निंगमा साइड लाइटको प्रयोग गरेको अवस्था , संकेत चिन्हहरुको पालन भएको / नभएको आदि अवस्था करिब २० मिनेट भित्रको अवलोकन पश्चात २ दिन भित्रमा लाइसन्स दिन्छ | आफुले जुन गाडी / बाइक सिकेको हो त्यसबाटै ट्रायल दिन सकिन्छ | मलाइ लाग्छ यो नै बढी ब्यबहारिक हो | किनकी गाडी रोडमै कुदाउने भएपछि रोडबाटै लाइसेन्सको सुनिस्चितता गर्नु बढी बैज्ञानिक हुन्छ |

    Reply
  39. madan dawadi says:
    April 22, 2013 at 12:12 am

    म बेल्जियम म बस्छु. मलाई लाग्छ सबै बिकसित मुलुकमा एउतै सिस्टम हुन्छ. ४५ मिनेट देखि १ घण्टा सम्म road म चलाउनु पर्छ र तेस्मा एउटा मात्र नियम पालना नगरेमा फेल हुन्छ.

    Reply
  40. chirinjeebi says:
    April 22, 2013 at 12:10 am

    अहिले बनायको त्रिल दिने बेबस्था भने अन्तरास्ट्रिय स्तर को भयछ बल्ल चित्त बुझ्यो जुन कुरा पहिला नै हुन पर्ने थियो त्यो ढिलाई भय पनि आज आयर चित्त बुझ्ने भयो तर यहाँ यौटा कुरा चै छुट्यो त्यो के भने खाली ८ मा घुमौदै मा कोहि सवारी चालक हुदैन तेस्को लागि यौटा अस्सिस्मेंट टेस्ट हुन्छा जुन सडक मा चलाउन पर्ने हुन्छा है स्पीड लोव स्पीड त्रफ्फिक फ्लोव {village Area town area स्कुल अफिस मा कुन गतिमा हाक्ने service road र मैन road मा कतिको स्पीड मा चलाउने अचानक बाटो मा गाडी खराब भयो frist एड गरेर कसरि गाडी लै service स्टेशन सम्म लैजाने गाडी को tire कसरि चंगे गर्ने मोबिल कसरि टेस्ट गर्ने सबै सडक मा टेस्ट हुन्छा त्यो पनि गरौन पर्छ अनि बल्ल international मान्यता हुन्छ नेपाल को license छ तर k गर्ने गाडी अगाडी र पछाडी अनि spped मा चलाउन बाहेक केहि थाहा छैअन.

    Reply
  41. shankar says:
    April 21, 2013 at 11:38 pm

    I would say still it not sufficient rules versus to the rate of accidents and number of motor vehicles that we have in Nepal.
    What they will test in 5 minutes? What a big joke. Driving test shall be carried out minimum 45 minutes in real trafik environment and test if the driver is mature enough to handle all the risks or not like in Sweden http://www.korkortsportalen.se/andra-sprak/

    Reply
    1. jonny says:
      April 22, 2013 at 1:19 pm

      शंखर भाई, अंग्रेजी त ध्वस्त रहेछ नि, पहिला त्यसलाई पो सुधार्ने कि? अनि नेपालको ट्रायल को नियम सुधारौला .. कि कसो?

      Reply
      1. sumanu says:
        April 22, 2013 at 6:45 pm

        उसले के भनेको भनेर बुझ्नु भयो हैन, खिसी गर्नु पर्ने जरुरि छ, भलै तपाई को नेपाली कसले सुधार गरि दिन्छ नि ? नेपाली को बानि अरुको खिसी गर्ने कहिले नै जादैन ?

        Reply
        1. jonny says:
          April 23, 2013 at 9:27 am

          i state me to say why not his english? is enough good..reading time! playing marble?? or what think his father money spend why?……..
          सुमनु जी,
          मैले माथि लेखेको अंग्रेजी बुझ्नु भयो? तिरिमिरी भयो होला , मलाई पनि शंकर जी को अंग्रेजी देखेर त्यस्तै भयो..मैले कसैको खिशी गरेको हैन तर नेपाली भएको हैसियत ले सुधार्न अनुरोध मात्र गरेको हु ..श्री पशुपतिनाथले तपाइको कल्याण गरुन !

          Reply
          1. Deep says:
            April 28, 2013 at 1:32 am

            जोनी,
            अलिकति एङ्ग्लिशको ज्ञान भएको मान्छे ले शंकरले लेखेको प्रस्टै बुजिहल्छा. हजुरलाई अलि बढी ज्ञान भएर तिरिमिरी भाको होकी ?

            Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme