Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेलियासोनेरा (एनसेल) ले नेपालीलाई मूर्ख सम्झेको?

Posted on April 8, 2013April 8, 2013 by mysansar

-विरोध कट्टेल-

निश्कासित हेलो नेपालका कर्मचारीहरुको आन्दोलनले उग्र रुप लिन थालेपछि एनसेल प्रशासनले यही चैत १७ गते प्रेस विज्ञप्ती जारी गरी हेलो नेपालसँग आफ्नो सम्वन्ध नरहेकोले भौतिक आक्रमणमा नउत्रिन आग्रह गरेको छ। आन्दोलनरत कर्मचारीहरु भने यो समस्यालाई सम्वोधन गर्नु पर्ने भन्दै हेलो नेपाल र एनसेलको कार्यलय अगाडी निरन्तर धर्ना तथा जुलुस गरिरहेका छन्।

टेलियासोनेराको नेपाल स्याटलाइट टेलिकम(हेलो नेपाल)मा लगानी
एनसेलले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ “हालको अवस्थामा टेलियासोनेराले नेपाल स्याटलाइटसँग व्यवसायिक अवसरको मुल्यांकन गर्न यसका शेयर होल्डरहरुसँग वार्ता गरिरहेको छ। उक्त मूल्यांकनको आधारमा टेलियासोनेराले भविष्यमा नेपाल स्याटलाइटमा पूँजी लगानी गर्नसक्छ”।
नेपालीहरुलाई सरासर मुर्ख र बेवकुफ सम्झेर यस्ता कुरा एनसेलले जारी गरिरहेको छ।

जबकि टेलियासोनराका अधिकारीहरु नेपाल आएर नेपाल स्याटलाइट टेलिकममा लगानी गरिसकेको भनेर पत्रकार सम्मेलन नै गरिसकेका छन्। लगानी गरिसकेको अवस्थामा भविष्यमा पूँजी लगानी गर्नसक्छ भन्नु कहाँ सम्मको पत्यार लाग्दो कुरा हो? आखिर किन गरिँदैछ झुटको खेती ?
टेलियासोनेराले नेपाल स्याटलाइट टेलिकममा लगानी गरीसकेको प्रसस्त प्रमाणहरु छन्।

गत २०६९ भाद्र ११ गते टेलियासोनेराका अध्यक्ष लार्सनाइवर्ग र कम्पनीका युरेसीयाका अध्यक्ष टेरो किभिसारीले काठमाण्डौमा पत्रकार सम्मेलन गरी टेलियासोनेराले नेपाल स्याटलाईट टेलिकममा लगानी गरीसकेको र नेपाल स्याटलाईट टेलिकमलाई गाउँमुखी सेवा दिने वनाउन खोजीएको जनाएका थिए। भोलिपल्टका सवै मिडियाहरुले प्राथामीकताका साथ छापेका थिए। तर जव निष्कासीत कर्मचारीहरुको दवाव आउन थाल्यो चैत १७ गते फेरी एनसेल र टेलियासोनेराको सँयुक्त विज्ञप्ती भनि टेलियासोनेराको नेपाल स्याटलाईट टेलिकममा कुनै लगानी नभएको जनाएको छ। उक्त समाचार चैत १८ गतेको प्राय सवै मुलधारे पत्रिकाहरुमा छापिएका छन्।

हेर्नुहोस् कान्तिपुर दैनिकको अनलाइनमा छापिएका दुई समाचारहरु,
ncell_nst_kantipur
पत्रकार सम्मेलनको फोटो हेर्नुहोस यो लिङ्कमा

टेलियासोनेराद्वारा जारी हुने वार्षिक प्रतिवेदनमा TeliaSonera Annual Report 2011 को पेज नम्वर ५४ मा प्रष्ट उल्लेख गरीएको छ की नेपाल स्याटलाईट टेलिकममा अप्रत्यक्ष लगानि रहेको एयरवेल सर्भिस लिमिटेड वाट ५०% सेयर टेलियासोनेरा द्दारा खरीद गरीएको छ। त्यस्तै टेलियासोनेराको युरेसीया को प्रतिवेदनको पेज नँ २६ मा नेपालमा टेलियासोनेराको लगानीको परिवर्तनहरु वारेमा एनसेलमा र नेपाल स्याटलाईट टेलिकममा गरेको लगानीको वारेमा प्रष्ट पारेको छ। जहाँ प्रष्ट लेखिएको छ, सन् २०११ को जुनमा र २०१२ को मे मा गरेर नेपाल स्याटलाईट टेलिकममा ७५% सेयर रहेको एयरवेल सर्भिस को १००% सेयर टेलियासोनेराले खरीद गरेको छ। टेलियासोनेराले जव मे २०१२ मा एयरवेलको १००% सेयर खरिद गर्यो त्यस पछी सन् २०१२ को जुनमा नेपाल स्याटलाइट टेलिकमका सँपुर्ण कर्मचारीहरुलाई वलजफती निष्कासन गर्न सुरु गर्यो, जुन आजका मिति सम्म पनि निरन्तर छ। तसर्थ यो समस्यालाई अव टेलियासोनेरा (एनसेल/नेपाल स्याटलाईट टेलिकम) ले नै सम्वोधन गर्नु पर्छ।

हेर्नुहोस् टेलियासोनेराद्वारा जारी गरिएका रिपोर्टहरु
Annual report_2011

Euresia_Report

टेलियासोनेराले चलाइरहेको एनसेलले आँफु र हेलो नेपाल नितान्त फरक भएको जनाएता पनि भित्र भित्र भने एकै तरीकाले चलाइरहेको छ। एनसेलले नेपाल विद्धुत प्राधिकरणलाई थ्री फेज विद्दुत (ट्रान्सफर्मर) जडानका लागी सिफारीस गरी दिन दिइएको निवेदनमा प्रष्ट लेखिएको छ कि एनसेल प्रा.लि (हेलो मोवाइल) ले …………………… नाममा रहेको …………………जिल्ला …………..गा.वि.स ………..वडा नं. कित्ता नं ………………….. मा टावर निर्माण तथा सँचालन गर्नको लागेको हुनाले। यसरी कानुनी सम्झौता गर्नु पर्ने ठाँउमा चाहीँ एउटै देखाउनु तर जव समस्या आउछ त्यसमा चाहीँ छुट्टै हो भन्नु सरासर नेपालीहरु लाई मुर्ख वनाउन खोज्नु वाहेक केही होइन।

हेर्नुहोस् एनसेलले तयार पारेको कानुनी सम्झौताको कागज जहाँ प्रष्ट लेखेको छ एनसेल (हेलो मोवाइल)

ncell legal contract paper
आन्दोलन र एनसेल
टेलियासोनेराको लगानी एनसेलमा छ भन्ने कुरा को कुनै प्रमाण दिइरहनु पर्छ जस्तो लाग्दैन, हेलो नेपालमा टेलियासोनेराको लगानीको प्रमाण माथी उल्लेख गरीसकियो। हेलो नेपाल र एनसेल टेलियासोनेरा सँग प्रत्यक्ष जोडीएका छन्। अव आउछ कुरा हेलो नेपालको समस्या एनसेलले किन सुन्ने ? यो आन्दोलन वास्तवमा एनसेल विरुद्दको आन्दोलन होइन तर टेलियासोनेरा विरुद्दको चाहीँ पक्कै हो। हेलो नेपालको कर्मचारी निकालेको टेलियासोनेराले नै हो किनकि उसको हेलो नेपालमा लगानी सन् २०११ देखी नै रहेको प्रष्ट नै छ। हेलो नेपालका कर्मचारीहरु कम्पनी वाट निस्कनु पर्दाको पीडा भन्दा निकालीएको प्रकृयाले गर्दा वढी रुष्ट भएका हुन्। त्यत्रो वहुराष्ट्रिय कम्पनीले धम्की दिएर विना सुचना र विना प्रकृया अचानक निकाल्नु गलत हो। कर्मचारीहरु लाई वलजफती निकालिएको हो भन्ने कुरा कर्मचारीहरुलाई हस्ताक्षर गराइएको अपुर्ण राजिनामा पत्र वाट नै प्रष्ट हुन्छ। कोहि कसैले पनि मिति तथा पद लाई खाली छोडेर स्वेक्षीक राजिनामा गर्दैन। फेरी प्रश्न आउछ हेलो नेपालको समस्याले एनसेललाई किन अवरोध ? यो आन्दोलन हो कुनै प्राईभेट प्रोजेक्ट होइन। शान्तिपुर्ण तरीकाले राखीएको मागलाई वेवास्ता गरे पछि आन्दोलनका स्वरुप फेरीएको हो। आन्दोलन जहाँ पनि जहिले पनि यस्तै हुन्छ।

जसका विरुद्द आन्दोलन गरीएको हुन्छ त्यो सँग जोडीएका सवै वस्तु तथा प्रकृयाहरु प्रभावित हुन्छन् नै। हिजो धर्ना वस्न लागेकालाई प्रहरी लगाएर धरपकड गर्न खोज्दा एनसेल तोडफोड हुन पुग्यो। तसर्थ यो टेलियासोनेराले गरेको अन्यायको विरुद्दको आन्दोलन हो जसले गर्दा टेलियासोनेरा सँग जोडिएका सवै नेटवर्कहरु आन्दोलनको लक्ष हुन्छ। जव एउटा परिवारको घर मुलीले वजार वाट सडेको/कुहिएको तरकारी लेराएर खुवाउछ त्यसको असर उसका घरका सवै सदश्यहरुलाई पर्छ। टेलियासोनेराले विवादित कम्पनी नेपाल स्याटलाईट किन्नु भन्दा पहिले नै प्रष्ट हुन सक्नु पर्थ्यो। होइन भने कम्पनी सँगै आएका समस्यालाई नि समाधान गर्न सक्नु पर्छ। तसर्थ हेलो नेपालको आन्दोलनको प्रकरणले एनसेलाई असर पर्न जानु नौलो कुरा होइन। फेरी स्वेडेन र फिनल्याण्डको कम्पनी टेलियासोनेरा लाई दवाव दिनको लागी कर्मचारीहरु विदेश जाने कुरा नि भएन। यदि टेलियासोनेराको नेपालमा कुनै छुट्टै कार्यलय थियो भने आन्दोनरत कर्मचारी दवाव दिनको लागी उक्त कार्यलयमा जान्थे होला तर टेलियासोनेरालाई दवाव दिनको लागी एनसेल भन्दा उपयुक्त अरु कुनै नभएकोले पनि एनसेलले अवरोधको झेल्नु परेको सत्य हो जुन अवरोध कर्मचारीहरुको मागलाई सम्वोधन नगरे सम्म जारीरहन सक्छ।

हेर्नुहोस् वलजफती गराइएको राजिनामा पत्रको स्क्यान कपी
forcefully resigned paper without date and post
एनसेलको भुमिका के हुन सक्छ ?
आन्दोलनरत कर्मचारी तथा ट्रेड युनियन महासँघले आन्दोलन अगाडी वढाइ सकेको अवस्था र अझ मागलाई सुनुवाई नगरेको भन्दै तोडफोडमा नै उत्रीसकेको अबस्थामा यसरी सामान्य तथा झुट प्रेश विज्ञप्ती जारी गर्दैमा आन्दोलन मत्थर हुन्छ भन्ने सोचाई राख्नु एनसेलको अवुझ पन हो। सिङ्गो माओवादी पार्टी नै लागी सकेको अवश्थामा अव कर्मचारीहरुलाई वार्ताको माध्यम द्दारा कुनै न कुनै कोणवाट सम्वोधन नगरे सम्म आन्दोलन रोकिन्छ जस्तो लाग्दैन। आन्दोलन जति लामो हुदै गयो त्यती ठुलो क्षेती एनसेलले मात्र व्यहोर्नु पर्ने देखिन्छ। चुनाव वहिस्कार गर्ने भनेर मतदाता नामावली सँकलनमा नै रोक लगाउन थालेको माओवादी पार्टीलाई वार्तामा डाक्न नेपाल सरकार त वाध्य भईसकेको अवस्थामा एउटा निजि कम्पनीको सामान्य विज्ञप्तीले विना वार्ता र विना सम्वोधन यो प्रकरणलाई टुङ्ग्यउछु भन्ने सोच्नु ज्यादै गलत हो। मरे तुल्य रहेको हेलो नेपाल वाट सम्वन्धीत निकायले कुनै दवाव महसुस नगर्ने भए पछि अव आन्दोन एनसेल भन्दा बाहिर जान्छ जस्तो लाग्दैन। तसर्थ अवको भुमिका भनेको एनसेलकै हुने छ। यदि यो प्रकरण आफुले समाधान गर्न नसक्ने हो भने एनसेलले आफ्नो माउ कम्पनी टेलियासोनेरालाई दवाव तथा अनुरोध दिनु पर्छ। अथवा पहिलेको व्यावस्थापनले नै सुल्झाउनु पर्ने हो भने बाँकी २५% सेयर रहेका नेपाली व्यापारी साझेदारी अजय सुमार्गीलाई दवाव दिन सक्नु पर्छ। यता अजय सुमार्गी आफुले वेचीसकेको कम्पनी भएको ले आफ्नो क्षेत्रमा नपर्ने भनेर आन्दोलनरत कर्मचारीहरुलाई भन्ने उता टेलियासोनेराले आफुले किनेको होईन भन्ने जस्ता भ्रामक कुरा गर्ने हो भने आन्दोलन अवस्य एनसेल लक्षीत हुने छ। जसको प्रत्यक्ष असर एनसेललाई नै पर्न जाने देखिन्छ।

(कट्टेल हेलो नेपालबाट निश्कासित इन्जिनियर हुन्।)

15 thoughts on “टेलियासोनेरा (एनसेल) ले नेपालीलाई मूर्ख सम्झेको?”

  1. Abhishek Neupane says:
    April 9, 2013 at 4:05 pm

    गत साता टेलिकम सेवा प्रदायक कम्पनी एनसेलमाथि नेकपा-माओवादी -वैद्य) समूहका कार्यकर्ता भौतिक आक्रमणमा उत्रिए । एनसेलमा ८० प्रतिशत शेयर रहेको स्वीडिस कम्पनी टेलियासोनेराले केही महिना अगाडि अर्को टेलिकम कम्पनी नेपाल स्याटलाइट अन्तगर्तको हेलो नेपालको ७५ प्रतिशत शेयर खरिद गरेको थियो । त्यसपछि हेलो नेपालमा कार्यरत ८७ जना कर्मचारी निकालिएपछि आन्दोलित कर्मचारीहरुको अगुवाई गर्दै माओवादी कार्यकर्ताले एनसेलमाथि आक्रमण गरेका हुन् ।
    हेलो नेपालका सबै प्रशासनिक काम एनसेल मुख्यालय रहेको नयाँ बानेश्वरस्थित कृष्ण टावरबाटै हुने गरेको र लगानी कर्ता कम्पनी समेत एउटै रहेको दाबी गर्दै आक्रमण गरेको उनीहरुले जिकिर गरेका थिए । त्यस्तै, आक्रमण पश्चात माइसंसार.कममा प्रकाशित लेखमा माओवादीका कार्यकर्तासमेत रहेका हेलो नेपालका पूर्व कर्मचारी इन्जिनियर विरोध कट्टेलले एनसेलकी कम्युनिकेशन म्यानेजर सञ्जु कोइरालाले हेलो नेपालको समेत काम गर्ने उल्लेख गरे । बुझ्नुपर्ने कुरा के छ भने टेलिया सोनेरा र हेलो नेपालबीचको सेयर किनबेच अझै टुंगिएकै छैन । २०६९ भदौ ११ मा आयोजित पत्रकार सम्मेलनमा टेलिया सोनेराका अध्यक्ष लाइनाइबर्ग र कम्पनीका युरेसिया अध्यक्ष टेरो किभिसारीले प्रष्ट भनेका थिए कि टेलिया सोनेराले केही निश्चित सर्तको अधीनमा रही नेपाल स्याटेलाइटको सेयर खरिद गर्न इच्छुक हुनेछ । उनीहरुले सेयर खरिद गरिसकेको कुरा बताएका थिएनन् । विरोधजीले खरिद गरिसकेको भन्ने सन्दर्भ लिनुभएको छ, जुन सत्य होइन ।

    एनसेलकै कर्मचारी, प्राविधिकहरुले नै हेलो नेपालको सबै काम गर्ने उद्देश्यले हेलो नेपालबाट कर्मचारी बर्खास्त गरिएको तर्क लेखमा उल्लेख छ । जबकि एनसेलले हेलो नेपालसँग कुनै पनि सम्बन्ध छैन भनेर स्पष्ट पारिसकेको छ । त्यस्तै, हेलो नेपालका सबै प्राशासनिक र प्राविधिक काम एनसेलबाट हुने भन्ने छ । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने अर्बौं लगानी भएका दुई कम्पनीको सम्पूर्ण काम एउटै कम्पनीले कसरी गर्न सक्छ ? त्यो पनि एउटै जनशक्ति र व्यवस्थापनले ?

    टेलिया सोनेराले हेलो नेपालको सम्पूर्ण सेयर लिइसकेको कुरा पनि खण्डन भइसकेको छ, केही दिनअघि टेलिया सोनेराले विज्ञप्तिमार्फत यो प्रक्रिया अझै टुंगिनसकेको स्पष्ट पारेको छ । यस्तो अवस्थामा टेलिया सोनेराको एउटा हाँगो एनसेलले एकैपटक ८७ जना कर्मचारीको व्ययभार सम्हाल्न सक्छ ? एनसेलले केही समय अघिमात्रै आफ्ना कर्मचारी कटौति गरेको पृष्ठभूमिमा राजनीतिक आस्थाका आधारमा हेलो नेपालमा भर्ती गरिएका ८७ कर्मचारीको अतिरिक्त जिम्मेवारी लिने अवस्था देखिँदैन ।

    अर्को कुरा कम्पनीले जबर्जस्ती राजीनामापत्रमा हस्ताक्षर गर्न लगाएको भनिएको छ । त्यो पनि ८७ जना कर्मचारीलाई, खाली कागजमा । एक दुई जनालाई भएको भए मान्न पनि सकिन्थ्यो तर ८७ जना कर्मचारीलाई एकै पटक जबर्जस्ती राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाउन सकिन्छ ? किन त्यसै बेला कसैले खाली कागजमा हस्ताक्षर नगरी त्यसको विरोध गर्न सकेनन् ? हस्ताक्षर गरेपछि मात्रै विरोध किन ? यसको एउटामात्रै तर्क हो, हेलो नेपालबाट जति पनि कर्मचारी निकालिएका छन्, ती सबै राजनीतिक पहुँचका भरमा जागिर खान गएका थिए ।

    विरोधजीकै लेखलाई आधार मान्दा पनि कर्मचारीको आन्दोलन एनसेल छिर्नुभन्दा मोटो रकम लिनुमा केन्दि्रत देखिन्छ । एनसेलबाट कर्मचारीले अवकाश पाउँदा ४१ लाख रुपैयाँसम्म बुझेको खबरले उहाँहरु झस्किनुभएको हो । तरल राजनीतिक अवस्थामा मजदुर अधिकारको नाम लिएर विरोध गर्दा छिटो सुनुवाइ हुन्छ र मोटो रकम हात पार्न सकिन्छ भन्ने कुत्सित उद्देश्यले उनीहरु ढुंगामुढा गर्न तम्सिएका हुन् । यो कुरा प्रष्ट भइसकेको छ ।
    अर्कातिर, यो आक्रमण सतहमा सतहमा हेलो नेपालका पूर्वकर्मचारीको आन्दोलनजस्तो देखिए पनि अन्तर्यमा यो राजनीतिक शक्तिबीचको लडाइँ हो । प्रचण्डनिकट व्यापारी अजय सुमार्गीबाट टेलिया सोनेरा -एनसेलको माउ कम्पनी)ले नेपाल स्याटेलाइट -हेलो नेपाल)को सेयर खरिद गरेपछि यो विषय राजनीतिक बन्दै आएको हो । एनसेलकै पछिल्लो विज्ञप्तिअनुसार हेलो नेपालको सेयर खरिद प्रक्रिया अझै टुंगिसकेको छैन । कम्पनी हस्तान्तरण नहुँदै ती कर्मचारी निकालिएका कारण उनीहरुको जिम्मेवारी लिने नैतिक र कानुनी बाध्यता टेलिया सोनेरालाई अहिले छैन । तर, यो विषय टेलिया सोनेरासँग जोडिएको हो, एनसेलमाथि आक्रमण किन त ? कारण हो- प्रचण्ड र वैद्यबीचको लडाइँ । अजय सुमार्गी प्रचण्डका दाहिने हात भएकाले वैद्य पक्ष जसरी पनि हेलो नेपालको मुद्दालाई उठाएर लड्न चाहन्छ, अर्को अर्थमा यो अस्तित्वको लडाइँ पनि हो । कर्मचारीहरु बिनाआधार निकालिएका हुन् भने श्रम अदालत पुग्ने कानुनी बाटो खुला छ । ‘मिडिया अटेन्सन’ पाउन गरिने यस्ता गैरआर्थिक, गैरराजनीतिक गतिविधिले नेपालमा बाहृयसँगसँगै आन्तरिक लगानीको वातावरण धुमिल हुँदै जान्छ र यसले अन्ततोगत्वा आर्थिक विकासमा नकारात्मक असर पुर्‍याउँछ ।
    राष्ट्रिय स्वाधीन अर्थतन्त्रको विकास गर्ने नारा बोक्ने र त्यही अर्थतन्त्रका पिलरमाथि आक्रमण गर्ने उसको द्वैध चरित्रले गर्दा मुलुक आहत छ । शक्ति प्रदर्शनको नाममा उसले मच्चाएको आतंक कुनै कोणबाट पनि न्यायोचित देखिँदैन । त्यसमाथि उरेन्ठेउला माग गर्दै देशै बन्द गर्नेसम्मका कर्तुतमा यो झुन्ड क्रियाशील छ ।

    विरोधजीको विरोधप्रति केही प्रश्नः

    ­- तपाईंले लेख्नुभएअनुसार पनि यो प्रष्ट हुन्छ कि टेलियासोनेराले अजय सुर्मागीबाट हेलो नेपालको सेयर किनेको हो । मलाई यहाँनेर स्पष्ट पारिदिनुस कि संसारमा त्यस्तो व्यवस्था कहाँ छ, जहाँ मूल कम्पनीको व्यवस्थापन उसका सहायक वा भगिनी संस्थाले सम्हाल्छन् ? हेलो नेपालमा अजय सुर्मागीको लगानी हुँदा तपाईंहरुले कहिल्यै उनका अरु कम्पनी वा उद्योगको व्यवस्थापनमा मारमुग्री गर्न जानुभयो ? वा, उनका अरु कम्पनीका कर्मचारी तलब खोज्दै हेलो नेपालको दैलोमा आए ? टेलिया सोनेराको मुद्दामा लागू हुने पनि यही कुरा हो । टेलियासोनेराका एनसेलजस्ता थुप्रै कम्पनी छन् विश्वभरि । अब केही व्यवस्थापनका अप्ठ्यारा आए भने एनसेल टेलिया सोनेराका अरु कम्पनी चहार्दै हिँड्ने सुहाउँछ ?

    – तपाईंले लेख्नुभएको छ, हामीलाई जर्बजस्ती, बलजफ्ती राजीनामा गर्न लगाइयो, त्यही पनि मिति नराखेको लेटर प्याडमा । तपाईंहरुजस्ता त्यस्ता शिक्षित, पढेलेखेका मान्छेले त्यसरी बलजफ्ती कसरी राजीनामापत्रमा हस्ताक्षर गर्न सक्छ ? कि अजय सुमार्गीले प्रचण्डको पेस्तोल लिएर कन्चटमा र्तेसाएका थिए ? तपाईंले धम्की भन्नुभएको छ, धम्की कसले दियो ? के भनेर दियो ? अर्को कुरा, तपाईंहरुलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको कसले ? अजय सुर्मागीले ? वा एनसेल व्यवस्थापनले ? एक-दुई जनाको कुरा भए फरक हुन्थ्यो, त्यत्रो ८७ जना र्कमचारीलाई एक-दुई जना व्यक्तिले जबर्जस्ती गर्न सक्छन् ?

    – तपाईंले कानुनी बाटोको कुरा पनि गर्नु भएको छ । श्रम अदालत जानुका व्यवधान लेख्नुभएको छ । मलाई अचम्म लागेको चाहिँ तपाईंहरु हेलो नेपालमै कार्यरत हुँदा किन युनियनमा जोड गर्नु भएन ? कर्मचारी युनियनमार्फत सामुहिक सौदाबाजी गर्न कुन तत्वले रोकेको थियो ? तपाईंहरुले त्यसो गर्न सक्नु हुन्थेन किनकि तत्कालीन हेलो नेपालमा जति पनि कर्मचारी नियुक्त भएका थिए, सबै अजय सुमार्गी वा प्रचण्ड निकट मान्छे नै थिए । सबै नातावात, कृपावादका आधारमा नियुक्त भए पछि केको नियुक्ती पत्र र केको कर्मचारी युनियन ? आफ्नै मालिकविरुद्ध कसरी लड्नु ? हैन ?

    – हेलो नेपाल र एनसेलको कुरा कमर्चारीको बहालीमा मात्रै केन्दि्रत छैन । यसको पछाडि राजनीतिक अभिष्ट पनि लुकेको छ । अजय सुमार्गी र प्रचण्डको विरोधी मोहन वैद्यसमूहले हेलो नेपालबाट निस्कासित कर्मचारीलाई आफू अनुकुल प्रयोग गरिरहेको छ । जसरी पनि एनसेलभित्र छिर्ने र त्यहाँभित्र गएर राजनीतिको बलमा अनेक सौदाबाजी गर्ने । यो कुरा तपाईंजस्ता विज्ञले बुझ्नुपर्ने हो ।

    Reply
    1. विरोध says:
      April 9, 2013 at 10:24 pm

      अभिषेक जी,
      जिज्ञासाको लागी धन्यवाद, एनसेलको प्रवक्ता नै हो जसरी प्रश्नहरु राख्नु भएको रहेछ तपाईलाई प्रष्ट पार्न चाहन्छु,
      तपाईको यो कमेन्ट सायद मेरो लेख प्रकासीत हुनु भन्दा पहिले नै लेख्नु भएको हो जस्तो छ किनकी तपाईका कति पय दावीहरुलाई प्रमाण सहितको ब्याख्या लेखमा गरीईसकेो छ । जहाँ सम्म सँन्जु कोइरालाको कुरा छ, टेलियासोनेराले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर हेलो नेपालको सेयर खरीद गरेको कुरा प्रष्ट पारेको केहि दिन पछि नै पत्र पत्रीका मा आएका कुरा हुन साथै एनसेलका कर्मचारी साथीहरु वाटै आएको खवर हो । तपाईको लेख पढ्दा लाग्छ एनसेल सँग नजिक हुनुहुन्छ तसर्थ पनि थाहा पाइसक्नु भएको छ होला कि सँन्जु कोइरालालाई हेलो नेपालको प्रवक्ता नवन्न एनसेल कर्मचारी युनियन वाट कत्तिको दवाव गएको थियो भन्ने कुरा ।
      अव तपाईको वुदागत जिज्ञासालाई प्रष्ट पार्न चाहन्छु ,
      १. मैले लेखमा नै उल्लेख गरीसकेको छु कि यो आन्दोलन हो कुनै प्राइभेट प्रोजेक्ट होइन जसको सिमाना एकदमै निष्चित र समयको लिमिटेसन हुन्छ । अधिकार र न्यायको लागी थालिएको आन्दोलनको स्वरुप र क्षेत्र आवश्यकता हेरी भिन्ना भिन्नै हुन्छ नै । टेलियासोनेराले हेलो नेपाल किनेको २०११ मा हो प्रमाण हरु हेर्नुस, व्यक्ति जो सँलग्न भएता पनि निर्णय टेलियासोनेरा कै हो तसर्थ टेलियासोनेरालाई दवाव दिनु आन्दोलनको उद्देश्य हो त्यसैले नै एनसेल प्रति लक्षित हुन पुगेको हो । जहाँ सम्म मोटो रकमको कुरा छ आन्दोलनको एक सुत्रीय माग पुनर्वाहली हो । यदि कम्पनीलाई कर्मचारी नचाहिने नै हो भने दुई पक्षको सँबादमा उचित क्षति पुर्तिको व्यवस्था हुन पर्थ्यो । कम्पनी टाट पल्टिएको होइन वेचिएको थियो ।
      २.जहाँ सम्म जवर्जस्तीको कुरा छ अलि वुझेर र वास्तवीकता था पाएर लेख्नु भएको भए राम्रो हुन्थ्यो । धम्की दिन पेस्तोल नै तेर्स्याउनु पर्दैन, गेट वाहिर डनहरु राखेर हस्ताक्षर नगरी कार्यलय भित्र वाट वाहिर निस्कन दिन्न भने पछि त्यसलाई के भन्ने? स्वेक्षीक? तपाईलाई एउटा घटना पनि सुनाम् अजय सुमार्गीले कार्यलयमा थुनेर वाहिर निष्कन नदिएर धम्क्याउन थाले पछि एकजान कर्मचारी कार्यलयमा वेहोस भएर ढलेका थिए अव भन्नुहोस् यो धम्की हो कि स्वेक्षीक?
      ३.अव आयो युनियनको कुरा, ५ वर्ष देखी हामी नेपाल सरकारको श्रम ऐनले तोकेको न्युनतम पारिश्रमीक र नियुक्ति पत्रको माग गरीरहेका थियौ । तर व्यवस्थापन पक्षले विदेशी साझेदारी आए पछि सवै कुरा दिने आश्वासन दिइरहेको थियो । तर जव टेलियासोनेराले हेलो नेपालको सेयर खरिद गर्यो त्यस पछि पनि हामीलाई नियुक्ति पत्र दिईएन । अव चाहिँ केहि गडवड छ भनेर युनियन दर्ताको लागी श्रमकार्यलयमा निवेदन दिन जाने दिनमा नै कार्यलयमा थुनेर हस्ताक्षर गराईयो । सुमार्गी र प्रचण्ड सँगको रिलेसन भन्दा बढि आफ्नो क्यारीयर र भविश्यको चिन्ता थियो । आफ्नै मालिक सम्झेको भए आन्दोलन गरीरहनु पर्दैनथियो । सवैले सुन्दर भविश्यको आशामा नै कर्णालीका अनकन्टार ठाउँमा पशीना वगाएका थिए।
      ४.अव आयो राजनितिको कुरा, नेपालको कुन चाही क्षेत्र र स्थान छ देखाउनुस् जहाँ राजनितिले प्रत्यक्ष असर नगरेको होस् । देशको राजनितिमा नै समग्र देशको भविश्य अल्झेको हुन्छ । हिजो वलजफति निष्कासन गर्दा पनि राजनितिको आडमा नै गरीएको थियो र आज पुनर्वाहलीको लागी पनि राजनितिकै आड छ । राजनितिलाई गलत तरिकाले मात्र विश्लेषण गर्नु हुदैन । नेता गलत हुन सक्छन् तर राजनिति गलत कहिले पनि हुदैन । जो जस्को लडाँइ भएता पनि पिडीत कर्मचारीहरुले न्याय पाउनु पर्यो वस् त्यति हो ।

      अन्तमा धर्म जीको लागी,
      धर्म जी, यसरी सवै जनतालाई अन्यायमा पार्दै जनताहरुलाई शोषण गर्दै जाने हो भने एक दिन पक्कै पनि त्यो दिन आउने छ । सँचार क्षेत्रमा भइरहेको लुट र ठगीको वारेमा तपाई हामी सचेत र जागरुक हुनु पर्ने वेला आइसकेको छ ।

      Reply
  2. santosh says:
    April 9, 2013 at 9:48 am

    सुमार्मागीले धोका दिएर वैध्यको सरणमा पुगेका विचरा पीडित कर्मचारीहरुलाई मओवादीले पनि धोका नदेला भन्ने के ज्ञारेन्टी छ ? यो सवै पैसा खाने मेलो हो । कर्मचारीको नाममा पैसा खाने सुरसार हो । विचरा कर्मचारी जाता पनि पिडित हुन्छन् । केहि होला कि भन्ने आसामा पार्टिको सरणमा जान्छन् र माओवादीलाई पैसा जम्मा गर्ने वाटो देखाइदिन्छन् । हेर्दै जानुहोस् माओवादीले कर्मचारीहरुलाई जिल्लै पार्दिन्छ ।

    Reply
  3. Karbir says:
    April 9, 2013 at 7:38 am

    अति जान्ने सुन्नेहरुको देश नेपाल |

    Reply
  4. jitman Rai 'sabin" says:
    April 8, 2013 at 9:01 pm

    हरेक ठाउँमा राजनीति हाबी भए पछि हाम्रो के लाग्दो रहेछ र ? आफ्नो गुमेको अधिकार पाउन पनि गन्धे फोहोरी नेता र दलहरु कै भर पर्नु पर्ने । थुक्क हामी नेपाली जनताहरु…स्वतन्त्र रुपमा लडेर अधिकार पाउन केहि नयाँ पहल पो गर्ने हो कि मित्रहरु…

    Reply
  5. Saru says:
    April 8, 2013 at 8:58 pm

    Aba जागिर कही पनि नपाउने भए पछि पाटि को पुछर समाएर धम्कि दिएर काम बनाउन खोजेको होला….तर के गर्नु र? Ncell लाइ काग कराउदै गर्छ पिना सुक्दै गर्छ भने जस्तै…आफुले पनि काम गर्ने बेलामा बिचार पुर्याउनु पर्थ्यो नित…किन टेलियासोनेरालाई मात्र सिकाउन खोज्या…? कानुनि बाटो खोज्नु…पेरिस डाडामा धर्ना दिनु…Mater minded हरु त्यहि छन् थाहा होलानी? कि हिम्मत छैन?

    Reply
  6. Pratik says:
    April 8, 2013 at 7:20 pm

    I am sorry that you have lost your job but why did you involve a political party to support your protest and agitation? Why involve political party?

    Reply
  7. पुष्प says:
    April 8, 2013 at 6:35 pm

    एनसेल महाठग हो भन्ने कुरामा दुइमत छैन, तर एउटा राजनीतिक दललाई अघि सारेर तोडफोड गर्नुको साटो सम्बन्धित ठाउँहरूमा मुद्दा हाले हुन्न ?

    Reply
  8. Nabin says:
    April 8, 2013 at 5:18 pm

    घर मुली ले बजार बाट सडेको तरकारी लाएर खुवायो भनेर अरु सदस्य लाई पिटे जस्तो भएन र ??

    Reply
  9. Dharma says:
    April 8, 2013 at 5:09 pm

    Dear Birodh

    There is no confusion that the Ncell is the sister concern of Nepal Satellite Telecom. Go ahead, our moral support is with you.

    However, we heard many times that leader of Maoist party was among the promoter of the company. Possibly you are well aware of that. Why don’t you extend your protest to perishdanda as well.

    Best regards
    Dharma

    Reply
  10. romeo says:
    April 8, 2013 at 4:40 pm

    अजय सुमार्गी को हो र उसले कसको पैसा लगानी गरिरा’छ भन्ने त सबैलाई थाहा भएकै कुरो हो, अनि विरोध गर्ने मजदूरहरु कुन पार्टीसंग सम्बन्धित हुन् भन्नेपनि सबलाइ थाहा नै छ. जुन दिन बार्गेनिंग मिल्छ,त्यो दिनदेखि विरोध गर्ने मजदुर नेता को मुख बन्द हुनेछ अनि पीडित मजदूरहरु चाहिं हेरेको हेरेइ हुनेछन भनेर भनिराख्नु पर्छ र ?

    Reply
  11. tulasi timsina says:
    April 8, 2013 at 2:30 pm

    जनता लाइ मुर्ख बनाएर एन सेलले समस्या चर्काउन खोजेको देखिन्छ/

    Reply
  12. Jeevan Thapa says:
    April 8, 2013 at 2:10 pm

    जुन देशमा कानुन छैन त्यहि देशका जनता हरु किन न्याय को कुरा गर्छन मैले त बुझ्न नै सक्दिन/ बाहिर बाहिर तथा नाम गाली गरे पनि आखिर तिनै नेता भनौदा हरुलाई माननीय भन्दै आगाडी पछाडी लाग्ने हरु पनि हाम्रै समाजका जान्ने सुन्ने हरु न हुन्/
    कुरो गरो कुरो को दुख!
    अस्ति सम्म बाबुराम बाबुराम भन्दै थिए जनता हरु … बाबुराम ले राम्रै संग देखाइदिए , अब को को ले नेपाली जनतालाई धोका दिने हुन् त्यो त समय ले नै देखाउला!
    जय होस् नेपाल अनि नेपाली जनताको!

    Reply
  13. raman says:
    April 8, 2013 at 12:17 pm

    आन्दोलनको कुनै तुक देखिन / अनाबश्यक कर्मचारी निकालिएको मात्र हो र यो संसार भरि चलेको चलन पनि येही हो/

    Reply
  14. sambhu says:
    April 8, 2013 at 10:44 am

    फटाहा एनसेल !!! त्येसरी नेपाली लाइ झुक्याउने ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme