Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुक बन्द हुने हल्ला फैलाउनेहरु सावधान !

Posted on April 8, 2013April 8, 2013 by Salokya

fakebookफेसबुकलाई ‘फेकबुक’ सिद्ध गर्न एउटा नचाहिँदो हल्ला सोमबार अकस्मात् फैलियो – विक्रम संवतको नयाँ वर्ष अर्थात् २०७० वैशाख १ गतेदेखि नेपालमा फेसबुक बन्द हुने। कारण ? नेताहरुप्रति अभद्र टिप्पणी र फोटो पोस्ट गरिएकोले रे। सामाजिक सञ्जालका साइटहरुमा हल्ला फैलन धेरै बेर लाग्दैन। अलिकति दिमाग पनि नलगाई मान्छेहरुले भटाभट सेयर र मेन्टमा गाली गर्न थाले यो हल्लामा। तर जसले यो हल्ला फैलाएको हो, ऊ स‍ंकटमा पर्ने निश्चित छ। किनभने हल्ला फैलाउनेले रमाइलोका लागि गरेको भन्न पाउने स्थिति छैन। उसले नेपाल सरकारको छाप र सूचना तथा सञ्चार मन्त्रीको दस्तखतसमेत कीर्ते गरेको छ। फेसबुकका विभिन्न पेज र व्यक्तिहरुले यसलाई सेयर गरेका छन्, उनीहरु पनि आपत्‌मा पर्न सक्छन्।
fakebook1

सरकारी छाप र दस्तखत कीर्ते गर्नेलाई एक वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ। यो त अझ नरम प्रावधान भयो। फेसबुकबाट यस्तो काम गरेकोले उसलाई विद्युतीय कारोबार ऐन अनुसार पनि कारबाही हुनसक्छ। यो ऐन अनुसार यसरी गैरकानुनी काम गर्नेलाई एक लाख जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुनसक्छ।

फेसबुकमा यस्तो हल्ला फैलिएपछि जसको कीर्ते हस्ताक्षरसहित यस्तो हल्ला फैलाइएको हो, अर्थात् सञ्चार मन्त्री माधव पौडेलका प्रेस सल्लाहकार मातृका पौडेलले फेसबुकमै यस्तो हल्ला निराधार भएको भन्दै त्यस्तो अफवाह फैलाउनेलाई साइबर अपराधमा कारवाही गरिने बताएका छन्।
matrika

तपाईँ के गर्न सक्नुहुन्छ ?
यस्ता हल्ला पहिले पनि चल्ने गर्थे, अहिले पनि चलिरहेका छन्। सामाजिक सञ्जालका साइटहरुको सदुपयोग गरेर फाइदा उठाउनुको सट्टा दुरुपयोग गरेर दुःख दिने काम गर्ने यस्ता प्रवृत्ति भएका परपीडकहरुबाट कसरी बच्ने त ?

-जुन पेज र व्यक्तिले यस्ता हल्ला फैलाएका हुन्, त्यस्तो पेजलाई अनलाइक र व्यक्तिलाई अनफ्रेन्ड गरिदिने। हरेक पेजको दायाँ छेउमा अनलाइक गर्ने विकल्प रहन्छ।

-सूचनाको स्रोतसम्म पुग्ने : यस्ता अविश्वसनीय कुरा फेसबुकमा आएमा सेयर वा कमेन्ट नगरी सूचनाको स्रोतसम्म पुग्न कोशिश गर्ने। जस्तै यो हल्लामा सूचना तथा सञ्चार मन्त्रालयको हवाला दिइएको छ। त्यसो हो भने सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक साइट moic.gov.np मा गएर यस विषयमा सूचना खोज्ने। आधिकारिक साइट थाहा नभए गुगल गर्ने वा सामाजिक सञ्जालकै प्रयोग गरी अरु साथीहरुलाई सोध्ने।

-गल्तीले यस्तो कुरा सेयर गरिहालेको भए डिलिट गरिदिने।

16 thoughts on “फेसबुक बन्द हुने हल्ला फैलाउनेहरु सावधान !”

  1. Sisir says:
    April 12, 2013 at 5:03 pm

    पहिले नागरिकता र सैचिक प्रमाद पत्र नै नक्कली बनाएर किर्ते गरि सरकारी जागिरमा उपसचिव (??) नगेन्द्र झा लगाएत अरु हजारौ नक्कली प्रमद्पत्र धारी लै कारबाही गरेर देखाऊ अनि मानौला तिम्रा कुरा ..किर्तेमा त यो झनै भयङ्कर किर्ते हो .. यी झा तिनै व्यक्ति हुन् जसले हिन्दु युवा संघक नेता काशी तिवारीका हत्यारा पर्साका भूपू माओबादी संसद प्रभु शाहलाई जोगौना उनकी बिधुवा बबिता तिवारीलाई ८ लाख घुस दिन खोजेको कुरा सार्बजनिक हुदा तत्कालिन सरकारले झनै प्रमोसन पो दिएको थियो नापी बिभागको डाइरेक्टर बनाएर ..

    Reply
  2. Deepak Aryan says:
    April 11, 2013 at 3:24 am

    Has anyone been arrested yet? What is the progress in the investigation?

    Reply
  3. Hari Krishna says:
    April 10, 2013 at 3:35 pm

    अरु कुरो उस्तै हो यो ब्लगको एउटा कुरोले के ध्यानाकर्षित गर्यो भने मन्त्रि पौडेलको सल्लाहकार पनि अर्का पौडेल रहेछन| बाजे नै बाजेले भरिपूर्ण टाउके देखिको तलैसम्मको मन्त्रि मण्डलमा सचिव सलाहकार सबै बाज्येहरु भएपछी यो देशमा समावेशी भन्ने चिज खालि भाषणमा मात्र सीमित रह्यो|
    जसले कीर्ते गरेका हुन् त्यसलाई कठोर सजाय हुनपर्छ| सरकार र राजनैतिक नेताहरुको खिल्ली उडाउन कीर्ते गरिरहन पर्दैन| चाहे जति मसला दिनोदीन उपलब्ध छन्| कीर्ते गरेको ठाउँमा कालो छाया स्पष्टै देख्दा देख्दै पनि सरकार र नेताहरु प्रति भरोसा यति कम भैसक्यो कि अब मोबाएल फोन बन्द गर्ने कीर्ते गरेर हल्ला चलायो भने पनि बिश्वास गर्नेहरुको ताँती लाग्छ | लालपुर्जा कीर्ते गरेर जनतालाई नाह्कमा पीर कष्ट दिंदा हाम्रा अदालतले नरमीपन देखाए पनि अहिले आएर (भुतपुर्ब कि काजमा खटिएका?) प्रधान न्यायधीश रेग्मी आफैलाई पर्दा झल्झली समझदा हुन् अदालतमा बिताएका ती दिनहरु |

    टाउकेले अब देखि आफ्नै जात थरको नीजी सचिव र सल्लाहकारहरु आफ्नो मातहातमा भर्ना गर्न नपाउने नियम लागु गर्नपर्यो| यसले अरुप्रति सद्भावना वृद्धि गर्छ, समावेशीपन लाई बढुवा दिन्छ| भ्रस्टचार बढाउँन र फस्टाउँन कम गर्छ| नातावादलाई निरुत्साहित गर्छ|अहिले सबै जातहरुमा योग्यता नभएका व्यक्तिहरु छैनन् भनेर भन्ने कोही छैनन्|
    माकुने पनि त्यसै गरे, झलेले पनि त्यही पहिल्याए| सरकार र पार्टी चलाउन गिरिजाको त परिवार नै सबैथोक, जनता र पार्टी भांडमे जाए| गणेशमानले एउटा दुर्गेशमानलाई नियुक्ति दिनै पर्ने जिद्दी चलाउँदा गिरिजाले उनलाई संसार देखाए| जनताको दुख बुझ्छु भन्दै बाबुरामले पनि आफ्नै ल्याए, प्रचन्डले झन् छोरोलाई तलब भत्ता खुवाए| राष्ट्रपति यादव र परमान्दको कुरै नगरे पनि भयो, पल्टनै छ| अगुवाहरु नै बाटो हगुवा भएपछी यो देश उँभो लाग्ने कुरै भएन|
    यस्तो प्रचलन भएको ठाउँमा अरु जातले कैले मौका पाउने हो? यो कुरा विचारणीय छ|

    Reply
    1. सिताराम के.सी says:
      April 12, 2013 at 7:01 am

      हो विचारणीय छ!!
      प्रजातन्त्रले न पुगेरे लोकतन्त्र लाइदिका छौ, राजतन्त्र पनि भएन भनेर उल्टाएर गणतन्त्र लाइदियेउ.., कोइ छैन बाटोमा रोकतोक लगाउने,, अगुवाले हगु गरे भए नकुल्ची आउनु होला,, खुला प्रतिश्पर्दा नै हो, खुबी भए तपाई पनि टाउके हुन सक्नु हुन्छ, अनि को कसलाई के पद दिने तपाईको टाउको दुखाईको बिषय..
      अर्को कुरा,, मन्त्रि पौडेलको सल्लाकार मेल खाएर पौडेल नै हुन पुगेको पनि हुन सक्छ,, अथवा रचित नै भए पनि म जायेज छ भन्छु किन भने पौडेल मन्त्रिको सल्लाकार अन्यथा भै गएमा एस्तो सल्लहा दिन सक्छ ” ओइए मन्त्रि तपाईको भोलि भासन छ न भुली जा है “

      Reply
  4. योगेश आदी says:
    April 10, 2013 at 9:02 am

    यो त साइबर अपराध नै हो / देश नै तमाशा बनिरहेको बेला अर्को रमिता !! कारबाही गरेर दोषीलाइ सजाय गरेको पनि माइसंसारबाटै हेर्न पाउँ !!

    Reply
  5. महेश लामिछाने says:
    April 10, 2013 at 1:05 am

    माफ पाउँ है । यो चै हो फाइनल कमेन्ट

    फेसबुकमा टाउको जोडेर फोटो सार्वजनिक गर्ने र हस्ताक्षर चोरेर विज्ञप्ति जारी गर्ने चै गलत कुरा हो । कारबाही गरेर हुन्छ या जसरी हुन्छ यो रोकिनु पर्छ । तर जहाँसम्म फेसबुकमा अनेक कुरा गरेर जादु भन्दै लाइक र कमेन्ट गर्न लगाए भन्ने कुरा छ, त्यसको नराम्रो कुरा के छ र ? मािनसहरु फेसबुक समय कटाउँन प्रयोग गर्छन् र त्यही फुर्सदिलो समयमा कतिले लाइक र कमेन्ट गराउदै पैसा कमाएका छन् । यसका नराम्रो के भयो ? लाइक नगरे टन्टै खत्तम त, के को अन्टसन्ट कारबाही गर्छु भन्दै फुर्ति लगाउँनु र । यतिमात्रै कहाँ हो र, कतिले नेपालीमा ब्लग लेखेर मार्क जुकरबर्गलाई नै पोल लाइसकेका छन् पनि यो बारेमा । फेरि प्राङ्कहरुको पनि त बेग्लै मज्जा हुन्छ नि । सबै झुटा पनि हुदैनन् ।

    यही माइसंसारको लाइक बटन हेरौै । कुनै कमेन्टमा २०० लाइक पुगे पछि गजबको रमाइलो देखिन्छ । अब यसलाई पनि नपत्याएर गाली गर्नु ? नपत्याए यही कमेन्टमा लाइक गरेर हेर्नुहोस् न, थाहा भइहाल्छ नि

    Reply
  6. Suresh Khanal says:
    April 9, 2013 at 8:40 pm

    नेपाल सरकारले पनि अब स्ट्याम्पड पेपर प्रयोग गर्ने तिर ध्यान दिने हो की ? सरकारी सरकारी सूचना हरुको प्रकाशनमा त्यस प्रकारको कागजको प्रयोगले स्क्यान गरेर काटछाट गरी किर्ते गर्न थोरै भएपनि कठिन बनाउने र यस्ता अनरगल प्रचारबाजी कम हुने थियो की ?

    Reply
  7. Deepak says:
    April 9, 2013 at 6:25 pm

    Can’t fix SUPID…60% of the facebook users are stupid specially who share, comment and like these kinds of stuffs, pictures of sick child and infants(thinking that facebook will donate them $$), pictures of half naked person written, “like the picture and comment “hot” and see what happens”,…the funny thing is there are loads of pages created just for stupid likes and they actually get million likes and million active users…I repeat can’t fix STUPID!!!

    Reply
  8. indra says:
    April 9, 2013 at 5:30 pm

    फेसबुकको दुरुपयोग गर्ने लाइ कानूनी कारवाही गर्नैपर्छ , अर्काको ईज्जत माथि खेलवाड गर्ने र गलत फोटो र समाचार प्रसारण गर्नेहरुलाई पहिचान गरि साइबर एक्ट बमोजिम कडा सजाएँ दिलाउनुपर्दछ | समाजमा भ्रम फ़ैलाउनेहरुलाइ छोड्न हुन्न |

    Reply
  9. karamkc says:
    April 9, 2013 at 2:54 pm

    यति जाबो कुरामा के कारवाही , फेसबुक प्रयोगकर्ता सचेत हुनु पर्यो । कमेन्ट गर अनि गर्लफेन्ड , बोइफ्रेन्डको नाम भन्छु भन्दा १०००० ले कमेन्ट गर्छन उल्लुहरू । लाइक गर अनि चमत्कार हुन्छ भन्दा त्यसै गर्छन ।

    Reply
  10. anand says:
    April 9, 2013 at 10:05 am

    यो पोस्टमा यति धेरै त्रुटि छन् कि पहिलो नजर मा नै थाहा हुन्छ यो fake हो । बन्द गर भनेको होइन, बन्द गरिने भनेको छ अनि आव्हान रे, ए हुनुपर्ने ठाउमा सबै य लेखेको छ, अभद्र लाई अभद्ध । अन्तमा जानाकारी गर्दछु। यो त अक्षरको त्रुटि भयो जो म जस्तो सामान्य (भाषाविद होइन) मान्छेले पनि चाल पाउने, भाषा, ब्याकरण को कुरै छोडौ । मन्त्रालयकै लेटर प्याड र मन्त्रि कै सहि fake गरिसकेपछि अलि गतिलो भाषामा लेख्नु नि । कहाको SLC फेल admin होला ।

    Reply
  11. Rabi says:
    April 9, 2013 at 5:28 am

    हाउ राजु तपाई लाई चाहिँ कसरि थाहा भयो यो सबैजनाको नाम। ल त २ , ४ जनाको नाम भनुम त साथि। हैन हाउ तपाई पनि त्यै गफै दिनेमा पर्यो कि क्या हो गाँठे ? नत्र कसरि थाह हुन्छ हाउ त्यो दुबई र काठमाण्डुको कुराहरु। अनित हाउ तपाई पनि त्यो हावा फैलाउने जस्तै भएनर हाउ, साईला? के पो गरि पठाउने होला हाउ यो केटाहरु लाई, सारै पो हावा बोल्न पो थालो हाउ।

    Reply
  12. Naresh says:
    April 9, 2013 at 3:30 am

    भुक्ने कुकुरले टोक्दैन ! तर भुकेर अरुलाई disturb गर्ने कुकुर हरु लाइ सखाब पार्नु चाही पक्का पर्छ, होइन भने बाटो हिड्न, काम गर्न गारो हुन्छ |

    Reply
  13. Raju says:
    April 9, 2013 at 12:27 am

    अनेक page छन् ! page खोल्यो उल्लु बनायो ! यो ADMIN हरु धेरै लाई मा चिन्छु ! यिनीहरु ले फलानो को SEX video भन्दै पनि हावा हल्ला गर्छन ! यिनी हरु कतार दुबई UAE तिर बेसी छन् ! काठमाडौँ मा पनि धेरै छन् !

    येदि यिनीहरु लाई कारबाही गर्न सकिन्छ भने मा यिनीहरुको सबै बताउन सक्छु !

    कहाँ सम्पर्क गर्न सकिन्छ ! मा चिन्छु सबै लाई ! तर कारबाही चै हुनु पर्यो !

    म सूचना दिन तयार छु ! अति भयो अब !

    Reply
    1. Bibek Dhakal says:
      April 9, 2013 at 9:54 am

      एस्तो काम मा चुक्न हुन्न राजु जी , गरिदिनुस सार्वजनिक… आज मिल्छ भने फोटो सहित एउटा युट्युब भीडीओ बनाएर स्लाइड शो राख्दे हुन्छ यी पाखनडिहरुको…~!

      हैन आजकल मान्छेहरुको ( केटाकेटी मात्र हैन बयस्क हरुको पनि) “सेन्स अभ हयूमर” र “सेन्स अभ इन्टरटेनमेन्ट” के बिदि खस्केर विकृत भाको? फेसबुक मा जो पायो तेइ केटीहरुको फोटो राखेर अश्लील क्याप्सन र कमेन्ट राखिएको हुन्छ…नभए पनि केटि हरु को फेक वेबसाइट बनाएर दुरुपयोग गरिएको हुन्छ ! मैले केहि दिन अगाडी यस्तै एफ.बी. पेज लाइ कम्प्लेन गरेर नेपाल प्रहरी को वेबसाइट मा फरवार्ड गरेको थिए…हेरम कारवाही हुन्छ कि ?
      यो सब अनुशासन को कमि ले , घर को उचित संस्कार नभएर हो वा कुनै सेक्सुअल रिप्रेसन वा अरु मनोबैज्ञानिक कारणले गर्दा हो त्यो आफ्नो ठाउमा छ तर डिजिटल प्रविधि को दुरुपयोग ले निकै नै ठुलो समस्या निम्ताउन सक्छ, बिशेस गरि हाम्रो जस्तो ” संस्कार, मर्यादा ” को विषयमा संबेदनसिल समाजमा !!!
      अनि किलिक गर्ने , पेज लाइक गर्ने , शेर गर्ने पनि उस्तै … wtf! हामि नेपाली हरु को “सेक्नड थट” दिने बानि नै छैन जस्तो छ! अब कुनै राम्री र हेर्दै डिसेन्ट केटि को फोटो राखेको हुन्छ क्याप्सन मा चाही ” तपाइको नम्बर छोड्नुस म बेलका फोन गर्छु 🙂 ” भनेर वाल मा लेखिएको हुन्छ ….तेस्को तल १००यौ बोकाहरू को फोन नम्बर सहित को कमेन्ट हुन्छ! अस्ति को मलेसिआ को घटना को उदाहरण लिम कुनै श्रोत बिनाको हावा को भरमा फेसबुक मा राखिएका फोटो को भरमा ” अनलाइन जिहाद” गर्न पछि परेनन् नेपालीहरु! मेरो सानो आग्रह- कुनै पनि अनलाइन कुरा ( वा जुनसुकै कुरा) मा झट्टै बिस्वास गर्नु अगि श्रोत के हो, कसले लेखेको हो एसो बुझ्ने कोसिस गरौँ ! कहिले सम्म उल्लु बनेर बस्ने
      र अन्त्यमा, राजु जी ” कल करे सो आज कर आज करे सो अभि” भन्या जस्तो शुभ कार्य मा ढिलाइ नगरम ! गर्दिनुस सार्वजनिक यदि तपाईलाई १००% श्यर छ भने

      Reply
      1. तेन्जिंग गाबा says:
        April 9, 2013 at 2:32 pm

        खै आजकाल त् बदमासी पनि कस्तो नया नया खालका आएका, अर्काको फोटो जथाभाबी राखेर फेसबुक अकाउन्ट खोलिदिने, खाल खालका edited फोटाहरु पोस्ट गरिदिने,,,
        साच्चै नै बुढो भैएछ बा !!!
        हाम्रा पालाँ त् उरनठेउला ठिटाहरुले राम्री केटीको फोटो पायो कि रंगमंच-युबामंच जस्ता पत्रिकामा “पत्र-मित्रता” मा पठाईदिन्थे तर धन्य !!! हो हाम्रो “हुलाक-सेवा” !!! त्यी केटीको नाममा पठाएको पत्र जति चाही घर-ठेगानामा सिति-मिति पुग्दैनथ्यो,
        हुन् त् अहिले पनि हाम्रो हुलाकले पत्र ठिक ठाउमा पत्र पुराउने गर्दैन क्यारे /

        जदौ

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme