नेपालकै लागि भन्दै एक करोड ग्राहक बनाएको प्रचार गर्ने मोबाइल कम्पनी एनसेल प्याजको भाउ बढिरहेको बेला ब्याज कान्डमा फँसेको छ। ब्याज कान्ड सर्वोच्च अदालत पुगेपछि अदालतले उसलाई कारण देखाऊ आदेश जारी गरेको छ। एनसेलले आफ्ना प्रयोगकर्ता ग्राहकलाई २० रुपियाँ सापटी दिन्छ। तर रिचार्ज गर्ने बित्तिकै तुरुन्त ब्याज वा सेवा शुल्कभन्दै दुई रूपैयाँ ४८ पैसा असुल… Continue reading
Category: समाचार/विचार
एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टको बेहाल- ठूला जहाज नल्याइदिन गुहार
रनवे भत्क्याभत्क्यै गरेर प्लेनलाई आकाशमै केही समय रोकिराख्न बाध्य हुने घटना विगत १५ दिनमा मात्रै पाँच पटक भयो। यस्तो क्रम बढेपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले सबै एयरलाइन्स कम्पनीहरुलाई आग्रह गरेको छ- प्लिज, अहिलेलाई ठूला (वाइड बडी) जहाज नल्याइदिनुस्! एयरलाइन्स सञ्चालन समितिका अध्यक्ष भरतकुमार श्रेष्ठले सबै एयरलाइन्स कम्पनीहरुलाई यसबारे औपचारिक सूचना पठाइसकेको बताएको दि हिमालयन… Continue reading
यी युनिभर्सिटीमा पढेको होइन भने नेपालमा इन्जिनियरिङ काम गर्न पाइँदैन रे
के तपाईँ विदेशमा इन्जिनियरिङ पढ्दै हुनुहुन्छ र पढाइ सकेर नेपालमा आउने सोचमा आउनु हुन्छ ? नेपालमा इन्जिनियरिङ काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स लिनुपर्छ। तपाईँले विदेशमा पढेको युनिभर्सिटीलाई काउन्सिलमा दर्ता भएको हुनुपर्छ। काउन्सिलमा दर्ता नभएको युनिभर्सिटीमा पढेको भए तपाईँले लाइसेन्स पाउनु हुन्न। आज नागरिकमा छापिएको यो समाचारले विदेशमा पढिरहेका नेपालीहरुमा हल्लीखल्ली मच्चिएको छ। समाचारमा काउन्सिल… Continue reading
स्कूल पढाउने मास्टरको तलब कति?
सामुदायिक स्कूलहरुको एसएलसीको नतिजा कति निराशाजनक भयो, तपाईँहरुले हेरिहाल्नुभयो। के स्कूल पढाउनेहरुलाई राम्रो तलब दिइँदैन? सामुदायिक स्कूलमा पढाउने मास्टर मास्टर्नीहरुको तलब कति छ? हेर्नुस् यो साउन महिनादेखि लागू भएको तलबमानको व्यवस्था अनि भन्नुस्- तलबमान अनुसार माध्यमिक स्तरमा पढाउनेले बढीमा ३१ हजार ७३० रुपियाँ तलब पाउँछ। यो सेनामा महासेनानीभन्दा बढी र प्रहरीमा वरिष्ठ उपरीक्षकभन्दा बढी हो।… Continue reading
प्रधानमन्त्रीको पशुपंक्षीका लागि चार लाख बजेट
हाम्रो सरकारले मान्छेलाई मात्र ध्यानमा राख्छ, मान्छेकै लागि मात्र बजेट छुट्याउँछ भन्ने सोच्नुभएको भए कृपया आफ्नो ‘छोटो बुद्धि’लाई धिक्कार्नुहोला। हाम्रो देशको सरकार जनावरमैत्री पनि छ। त्यसैले त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटमा ‘पशुपंक्षीहरुको आहारा’ शीर्षकमा पनि बजेट छुट्याइएको छ। मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०६९/७० को असार महिनाको खर्चको फाँटवारीमा यो शीर्षकमा ४ लाख बजेट… Continue reading
फेसबुक छिरेको अख्तियारले ‘Lunch’ पो गर्न थाल्यो
गएको शुक्रबार पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेलाई तह लगाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेसबुक पेज खोलेको खबर मिडियामा आयो। तर अख्तियारको नाममा फेसबुकमा पेज नै तीन वटा रहेछ। मिडियाले समेत गलत पेजलाई आधिकारिक ठान्दिएछ। र त, आधिकारिक भनिएको अख्तियारको पेजमा यो ब्लग लेख्दासम्म एक हजार पनि लाइक पुगेको छैन। उता फेक पेजमा भने लाइक गर्नेको… Continue reading
सावधान अत्याचारी केटाहरु, अब तिमीहरुलाई एमालेको फिमेल युथ फोर्सले तह लाउने रे !
बलात्कार, यौन दुर्व्यवहार जस्ता महिला हिंसा गर्ने केटाहरु सावधान है। तपाईँहरुलाई तह लाउन अब भारतको गुलाबी ग्याङ पाराको एमालेको फिमेल युथ फोर्स गठन भएको छ। युथ भनेको त युथ हो नि, युथ पनि मेल र फिमेल हुन्छ र भन्नुहोला फेरि। मैले भन्या हैन, सुनसरीको धरानमा भएको राष्ट्रिय युवा महिला भेलाले आज फिमेल युथ फोर्स गठन… Continue reading
फर्कन नपाउने भन्दाभन्दै पनि मंगल ग्रह जाने लाइनमा देखिए चार नेपाली पनि
लगिदिने मात्र हामीले हो, फर्काउन चाहिँ फर्काउँदैनौँ, वन वे टिकट मात्र हो भन्दाभन्दै मंगल ग्रहमा जाने पहिलो मानव बन्नका लागि आतुर विश्वभरका करिब एक लाख जनाको भिडमा चार जना नेपाली पनि रहेछन्। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वन फाउन्डेसनले दरखास्त आह्वान गरेको दुई सातामै एक नेपाली प्रकाश पी. सुवेदीले नाम दर्ता गराएका थिए। निवेदन दिने म्याद… Continue reading
मध्यरात साढे १२ बजेसम्मको वार्तापछि ९४ सदस्य थप्ने सहमति, संविधान सभामा अब ५८५ सदस्य हुने
वैद्य बाको ड्यास माओवादी बहिस्कारकै अडानमा कायम रहे पनि आज मध्यरात साढे १२ बजेसम्म भएको वार्तापछि चुनाव होला होला जस्तो पारा आयो है। उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग चार दलका टाउके नेताहरुको उच्चस्तरीय समितिबीच भएको छ बूँदे सहमतिले संविधान सभाको समानुपातिक सदस्य संख्या थप्ने सहमति गरेको छ। यसअनुसार अब संविधान सभामा ५८५ सदस्य हुनेछन्।… Continue reading
यस्तै रहेछ यहाँको चलन- सर्वसाधारण मरिरहन्छन्, दोषीहरु हिरो बनिरहन्छन्
गरिबको चमेली बोल्दिने कोही छैन! सँगैको फोटो २०४६ सालको जनआन्दोलनका क्रममा गोली हानेर मारिएका एक सर्वसाधारणको हो। उनलाई गोली हान्दा गृहमन्त्री निरन्जन थापा थिए, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए र कार्यकारी अधिकारसहितको राजा वीरेन्द्र थिए। राजा गोलीकान्डमा मारिए। मरिचमान ‘हिरो’ बनाइएर हिजो बिते। सर्वसाधारणको त यहाँ कुनै गन्ती नै हुँदैन। नेताहरु आफ्नो स्वार्थका लागि उनै… Continue reading
श्रद्धाञ्जलि मरिचमान : बाँचुन्जेल बहुदलवादीहरुले मात्र हैन, पञ्चहरुले पनि सरापेका थिए उनलाई
अङ्ग्रेजीमा एउटा उखान छ- turn the tables on । मानौँ तपाईँ चेस खेल्दै हुनुहुन्छ। तपाईँ हारको संघारमा हुनुहुन्छ। अब कसैले टेबल परिवर्तन गरेर तपाईँलाई अर्को स्थानमा राखिदियो भने? पूरै परिस्थिति बदलिन्छ। ठीक त्यस्तै भयो मरिचमान सिंह श्रेष्ठको जीवनमा पनि। राजनीतिक जीवनको उत्कर्षमा जनघृणाको पात्र देखिएका मरिचमान मृत्युशैय्यामा पुग्दा एकाएक नायक देखिए। टेबल परिवर्तनको यो स्थिति… Continue reading
खुट्टा भए जुत्ता कति-कति, यस्तो जुत्ता भइदिए त हुन्थ्यो राम्रो अति
हाम्रो एउटा उखान छ- खुट्टा भए जुत्ता कति-कति! जुत्ता त धेरै किसिमको देख्नुभएको होला। यो जुत्ताको उपयोगिताबारे थाहा पाउनु भएपछि चाहिँ तपाईँले पनि भन्नुहुनेछ- आहा, राम्रो रहेछ अति। हेर्दा त त्यस्तो खास केही देखिन्न माथिको जुत्ता। के छ त विशेषता यसमा ?
प्लस टुका विद्यार्थीहरुलाई यसरी ठगिँदैछ एसएमएसबाट
एसएमएसको भ्यालु एडेड सर्भिस सर्वसाधारणलाई ठग्ने एउटा नराम्रो माध्यम बनिरहेको छ। आज १२ कक्षाको विज्ञान विषयको रिजल्ट आएको छ। रिजल्ट एसएमएसबाट हेर्न सकिने भनी विभिन्न विज्ञापन आएका छन्। तर ती विज्ञापनहरुमा शुल्क उल्लेख गरिएको छैन। शुल्क उल्लेख गरेको भए विद्यार्थीले कुन सेवा सस्तो छ, त्यसबाट छान्न सक्थे। खुला प्रतिस्पर्धाको जमानामा शुल्क उल्लेख गरेर व्यापार गर्ने… Continue reading
मनकामना बनाउन आठ करोड, एक किलो त सुनमात्रै
मुक्तिनाथ बनाउन एक करोड मात्रै लागेको थियो, अहिले महँगी कति बढेछ ! गोरखाको एकदम नाम चलेको मन्दिर हो मनकामना। केही दिनपछि यो मन्दिर पूरै भत्काएर जिर्णोद्वार गरिँदैछ। यसका लागि खर्च लाग्ने अनुमान गरिएको छ आठ करोड। हालसालै मनकामना जानुभएको भए तपाईँले याद गर्नुभएको होला मन्दिर र मूलढोका ढल्किएको छ। मन्दिर दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्केको… Continue reading
वाहियात एसएमएस पठाउनेलाई कारबाहीको तयारी
माइसंसारले कुरा उठाएपछि प्राधिकरण तात्तियो, अझै दबाब जरुरी व्यापारीहरुले नोबल पुरस्कार झैँ ठान्ने गरेको बेस्ट ब्रान्ड अवार्डका लागि भोट माग्दै एसएमएस आएपछि गएको बिहीबार टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ ! शीर्षकमा एउटा ब्लग लेखेको थिएँ। त्यसमा तपाईँहरुलाई पनि यस्ता एसएमएस आउँदा दिक्क लाग्छ भने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी गर्न अनुरोध गरिएको थियो। यसले… Continue reading
सचिवलाई देखाइयो यस्ता फोटो
यो पहेँलो चिज के होला ? के अनुमान लगाउनु भयो कुन्नि, यो भुजिया फ्याक्ट्रीको दृश्य हो।
‘मेरा इन्डिया’ भन्दै माछापुच्छ्रे हिमाल !
डिस्कभरी नेटवर्क्स एसियाको स्वामित्वमा रहेको भारतीय टेलिभिजन च्यानल ‘एनिमल प्लानेट इन्डिया’ ले नेपालको माछापुच्छ्रे हिमाललाई ‘ये मेरा इन्डिया’ बोलको गीतमा देखाइरहेको छ। भारतको स्वतन्त्रता दिवस आउँदो अगस्त १५ तारिखदेखि सुरु हुने नयाँ कार्यक्रम ‘ये मेरा इन्डिया’को प्रचार गर्न बनाइएको सामाग्रीमा हाम्रो शान माछापुच्छ्रे हिमाललाई देखाइएको हो। अङ्ग्रेजी र हिन्दी भाषामा प्रसारण हुने यो च्यानल भारत… Continue reading
विज्ञानको विकास गर्न नास्टले पायो दिव्य ज्ञान- नारा लगाएपछि हुने रैछ सबैले जान
नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्र सँधै उपेक्षित रहँदै आएको छ। गठबन्धन सरकार बनाउँदा अरु मन्त्रालयको लागि हानाथा हुन्छ, तर विज्ञान मन्त्रालयमा कसैको ध्यान जाँदैन। कुकुरलाई हड्डी फाले जस्तै मन्त्री हुन चाहनेलाई पदका लागि पद दिने हिसाबले यसमा मन्त्री बनाइन्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट) को… Continue reading
रीमाले भनिन्- ‘त्यो हल्ला हो’, त्यसो भए यो के हो त ? सुन्नुस् अडियो प्रमाण
बेल्जियममा कार्यक्रमका लागि बोलाएर हाम्रा कलाकारहरुलाई आयोजक र त्यहाँका नेपाली दर्शकहरुले बेवास्ता गरेर हरिबिजोग बनाइदिएको सुनेपछि चिन्ता लागेर ‘तोइत्, त्यस्तो नि गर्ने? कलाकार भन्या त देशका गहना पो त। त्यसरी अपमान नगरौँ न’ भनेर हिजो ब्लग माइसंसारमा राखेका थियौँ। कलाकारकै भलो होस् भनेर घटना विवरण राख्दा उल्टै कलाकारहरुले त माइसंसारलाई नै पो गलत भने बा!… Continue reading
टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ !
हिजो साँझ पाँच बजेपछि नेपाल टेलिकमको जिएसएम मोबाइलमा एसएमएस आएको जनाउ दिँदै आवाज बज्यो। के जरुरी मेसेज आएछ हँ भनी हत्त न पत्त हेर्दा त उही व्यापारीहरुको उनीहरुले नोबल प्राइजभन्दा बढी ठान्ने गरेको नेसनल एक्सिलेन्स अवार्डको लागि भोट मगाई रहेछ। झनक्कै रिस उठ्यो। मेरो व्यक्तिगत मोबाइल नम्बर व्यापारीलाई विज्ञापनका लागि बाँड्ने अधिकार नेपाल टेलिकमलाई कसले… Continue reading