Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पण्डितहरुको टुप्पी र जनै अनिवार्य हुनै पर्ने !

Posted on April 7, 2013April 7, 2013 by mysansar

pandit1 हिजो र अस्ति काठमाडौँमा देशभरबाट ५ सय पण्डित भेला भए। हिन्दु धर्मको कर्मकान्डका लागि नभई नहुने पण्डितहरुले यजमान र पुरोहित पण्डितका लागि २७ बुँदे आचार संहिता पनि पारित गर्‍यो। पारित आचार संहिता मध्येको एउटा बुँदा हो- पण्डितहरुको टुप्पी र जनै अनिवार्य हुनै पर्ने! अर्को एउटा महत्त्वपूर्ण आचार संहिता पारित गर्दै घोषणा गरिएको छ- जाँडरक्सी र चुरोट खानेलाई पण्डितको मान्यता नदिने!

लामालामा कपाल पालेका, जनै नभिर्ने पण्डितहरुलाई यसले आपत् पार्ने भएको छ। त्यत्तिकै आपत चुरोटको धुँवा फुस् फुस् उडाउने पण्डितहरुलाई पनि हुनेछ यदि यो आचार संहिता पूर्ण रुपले पालना भएमा। आचार संहिताको एउटा अर्को बुँदामा सामूहिक ब्रतबन्धलाई निरुत्साहित पार्ने भनिएको छ। एक्लाएक्लै ब्रतबन्ध गर्दा खर्च बढ्ने भएकोले अहिले सामूहिक व्रतबन्धको प्रचलन बढ्दै थियो। पण्डितहरुले निरुत्साहित गर्ने भनेपछि अब सामूहिक व्रतबन्ध एकादेशको कथा हुने हो त ?

आचार संहितामा पण्डितहरुले आफ्ना छोराछोरीलाई पनि धर्म संस्कार र संस्कृतिको शिक्षा दिनुपर्ने, गौहत्या र भ्रुणहत्या जस्ता महाअपराध नगर्न जजमानहरुलाई निर्देशन दिनुपर्ने, शास्त्रका मर्यादाविपरीतका दिनमा हुने विवाह, व्रतबन्ध, पुराणमा सहभागी नहुने, पण्डित बनेर नजाने पनि उल्लेख छ।

त्यसैगरी पण्डित पुरोहितको एव‌ं धर्मको खण्डन र विरोध गर्ने, अपमान गर्नेलाई पण्डितहरुले बहिस्कार गर्ने भएका छन्। आचार संहितामा त्यस्ताका घरमा पुरोहितको काम नगर्ने उल्लेख छ।

यस्तै फिल्म सुटिङ जस्ता अभिनयमूलक काममा मन्त्र शक्तिको दुरुपयोग हुने गरी संलग्न नहुने पनि आचार संहितामा उल्लेख छ। फिल्म टेलिफिल्ममा पण्डितहरुलाई खेलाउन अब गाह्रो पर्ने हुनसक्छ।

आफ्नो आयको १० भागमा १ भाग दान दिन, सामाजिक कार्यमा लगाउन प्रोत्साहित गर्ने पनि आचार संहितामा उल्लेख छ।

आचार संहिताबारे प्रेस विज्ञप्ति यस्तो छ-

Pandit

79 thoughts on “पण्डितहरुको टुप्पी र जनै अनिवार्य हुनै पर्ने !”

  1. योगेश आदी says:
    April 10, 2013 at 9:17 am

    मैले बुझे अनुसार त; अरुको स्त्रीलाइ आमा समान, अरुको सम्पतिलाई ढुङ्गो समान, सबै धर्मलाई समान सम्मान, कर्मलाई धर्म समान… जसले देख्छ; त्यो पण्डित हो /
    सामाजिक अनुसासन र मर्यादा कायम राखी समाजलाई असल बाटोमा लैजाने संस्कृतिको सम्बर्धन गर्लेलाई पण्डीत भन्न रुचाउछु !

    Reply
    1. kaji saab says:
      April 10, 2013 at 9:04 pm

      यो माग लिएर घर गए आफ्नै बुढी र छोराहरुले लघार्नेछन् यी पण्डितहरुलाई सामूहिक व्रतबन्ध मात्र होइन यस्तो काम न काजको कुरा किन गर्ने भनेर जजमानले भन्न थाले भने पण्डितहरु आफै नै एकादेशको कथा पो हुन्छन कि?

      Reply
  2. cRIS says:
    April 10, 2013 at 8:38 am

    हिन्दु धर्मलाई अगाडी लाने हो भने, यसलाई institutionalise गरिनु पर्दछ| रोमन क्याथोलिकका चर्चहरुमा पादरी र नन हुन्छन, तिनीहरुको आफ्नो परिवार तिलाञ्जली दिएर, धर्ममा लाग्ने गर्छन| त्यसैले दह्रो अस्तित्वमा छन्| जुन christianity ले बिहे र परिवार हुने छुट दिएको छ, त्यहा प्राय: धर्मलाई एक ब्यबसाय बनाई जीविकोपार्जन गरिरेहेको देखिन्छ|

    त्यसैले पबित्र मनले धर्ममा लाग्नेहरुले आफ्नो परिवार नहुने गरी, बिहे गर्न नपाउने बनाउन जरुरी छ| अनि मन्दिरहरुलाई ब्यबस्थित गरी, प्रणालीमा ढाली, पारदर्सी transactions गरी लानु पर्दछ| यसलाई संस्थागत गरी, नकारात्मक कुराहरु जस्तै छुवाछुत हटाउने ई. गर्दै लागेमा, यो धर्मका धेरै राम्रा पक्षहरु हाम्रा भविष्यका सन्तानहरूका लागी साँची राख्न सकिएला, नत्र उही हो, अरु पुराना धारमा जस्तै विलोप भएर जानेछ| तालिबान त हाम्रै आँखाको सामुन्ने जादैछ!

    Reply
    1. रविन says:
      April 10, 2013 at 9:34 pm

      cRIS जी नियम र मर्यादाको कुरो गर्नु ठिक हो तर अरु धर्म जस्तो धर्म प्रमुख राख्ने भन्ने कुरो हिन्दुमा हुँदैन. हिन्दु धर्म भनेको सनातन धर्म हो सनातन भनेको जसरि प्रकृतिको शृष्टि भयो तेसरिनै हिन्दु धर्मको सुरुवात भयो यो कुनै व्यक्ति बिशेषबाट प्रतिपादन गरेको राजनीतिक पार्टी जस्तो होइन ताकी अरु धर्म भनेको कुनै एक व्यक्ति बिशेषको सिद्दान्त प्रतिपादित हो र अझै भन्नु पर्दा हिन्दु धर्मकै सिद्दान्तको खण्डन र बिखण्डनको रुप हुन्. तेसैले यसको सुरुवात र अन्त्य पनि प्रकृति संगै हुन्छ. अरु धर्मको बारेमा क्रिया प्रतिक्रिया को अन्तरक्रिया गरियो भने धर्म बिरोधि भनिन्छ तर हिन्दु धर्ममा जति पनि अन्तरक्रिया गर्न सकिन्छ र यसमा धेरै बैज्ञानिक आविष्कारको प्रयोग कुरो पनि उल्लेख गरिएको छ जुन अन्य कुनै पनि धर्ममा पाईन्न. यी सबै कुरो विभिन्न खण्डको बेद मा र हामीले सबैले बुझेको महाभारतमा उल्लेख छ.

      Reply
  3. madan bajracharya says:
    April 10, 2013 at 5:11 am

    आमाको पेट बात लियर आयको कुरा त् बदलिने समयमा जनै र तुप्पिको कुरा बदलिनु नहुने भन्ने ई पण्डितहरु बिस्वको नबिनतम आश्चर्य हुन् भनेमा केहि फरक पर्ला? फरक परे ई सब्दहरु मैले फिर्ता लियको मान्नुस है मित्रहरु/

    Reply
  4. Achaju says:
    April 10, 2013 at 4:53 am

    अन्त्यमा १/१० पाउनु पर्छ भन्दै खानको लागि मरेछन! अब यी खन्चुवाहरुलाई पण्डित्याई बाहेक अरु केहि सिप तालिम लिन लगाउन भएन. कि कसो? मेरो पण्डित त्यस्तै होस् गाइ खाने भाषा अंग्रेजी नसिकेको कुनै प्राबिधिक तालिम नलिएको. हेरुम यिनीहरुको चुरीफुरी कतिदिन सम्म टिक्छन.

    Reply
  5. raghubir says:
    April 9, 2013 at 11:49 pm

    पारिश्रमिक – वा दान – वा दक्षिणा – वा सर्भिस चार्ज – जे भन्नुस, त्यो चाहिं पुरोहित-पण्डितहरुको कति हो वा कति हुनु पर्ने हो ? मलाई खट्केको कुरा यही हो।

    पुरोहित वा पण्डितको पेशा जसले अंगाल्छ र जसले फुल टाइम यहि काम गर्छ – उसले पनि त आफु र आफ्नो परिवारलाई पुग्ने कमाइ गर्नु जरुरी छ – हामीले सेवा – नोकरी वा ब्यापार गरेर कमाई गरे जस्तै । नत्र , पुरेत बाजेहरुले , जहाँ जहिले जति हात पार्न सकिन्छ त्यति हात पारिरहने -जति धेरै सकिन्छ कसेरै लिने- अवस्था हुन्छ – किनभने उनीहरुलाई भोलिको कमाइको ग्यारेन्टि हुन्न। भोलि भोकै पो परिनेपो हो कि भनेर आज पाएजति हसुर्ने प्रवित्ति मौलाउँछ।

    पण्डित पुरोहित भनेको हिन्दू सनातन वैदिक धर्मका अनुयायीहरुका लागि आवश्यक पर्ने मानिस हुन्। भोली पण्डित पुरेत नै भेटिन छाडे भने कयौं कुरामा गाह्रो पर्छ – जन्म देखि मृत्यु संसकार गर्न वा विवाह ब्रतवन्ध गर्न । तर आचार संहितामा हुन पर्ने जस्तो लागेको कुराहरु निः

    १. कमाई व्यवस्थित हुनु पर्ने। मनपरि असुल्न नि नपाउने तर भोकै मर्नुपर्ने स्थिती पनि आउन दिन नमिल्ने गरी केहि व्यवस्था हुन जरुरी छ ।करको दायरामा ल्याउने कुरा पनि जायज हो – आम्दानि गर्ने कर नतिर्ने भन्ने हुन्न।

    २. धार्मिक श्लोक लगायत विधी विधान संस्कृतमा लेखिएको हुन्छ – त्यसलाई पुर्ण रुपले नेपालीमा अनुवाद गरी पढ्ने व्यवस्था गर्ने। जस्तो, भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरे। हैन भने, कुनै श्लोक संस्कृतमा नै पढ्ने हो भने, कमसेकम त्यो बाहुन पुरेतलाई संस्कृतको गहिरो ज्ञान आवश्क हुन्छ ।

    यहाँ प्रसंग जोडिहालौंः नेपालमा कर्मकाण्ड गर्ने बाहुन पुरेतहरुमा, मेरो बिचारमा, ९० प्रतिशत भन्दा बढीमा संस्कृत भाषाको खासै ज्ञान नै हुँदैन, तर पनि महापण्डित बनी संस्कृत भाषाका श्लोक र मन्त्र पढी त्यसको ब्याख्या गर्न तम्सिरहेका हुन्छन्। मेरो कुरो विश्वास नलागे – अर्को पटक घरमा वा मन्दिरमा वा अन्त कहिं पण्डित बाट पुजा गराउन छ भने, ती पण्डित बाको संस्कृतको ज्ञानको टेस्ट लिइ हेर्नुस त – अरु केहि गर्नु पर्दैन, मन्त्र श्लोक बाहेकका हाम्रा दैनिक जीवनका बोलिचालीका कुराहरुलाई संस्कृतमा उल्था गर्न लगाउनु त – अधिकांसले पटक्कै सक्दैनन् वा यो प्रश्न सोध्नेले के संस्कृत जान्या होला र भनेर जे पायो त्यही संस्कृत बोल्दिन नि बेर लाउन्नन्।

    जे होस, पण्डितले जसो तसो बुझे पनि जजमानले त पक्कै बुझ्दैनन् संस्कृत – त्यसैले सबै चीज नेपालीमा अनुवाद गरे कसो होला ?

    नेपालमा चलनचल्तिमा रहेको हिन्दु भनिने धर्म मा धेरै विरोधाभासहरु छन् – कति गम्भिर प्रकृतिका समस्याहरु पनि छन् , जस्तै छुवाछुत – र कतिपय चलनहरु कहिले कहाँबाट आएको हो र हामीले के का लागि गरिरहेका छौं भन्ने नै थाहा नभएको स्थिती छ। यस विषयमा समय भएमा र मुड चलेमा पछि यहि ब्लग मार्फत कुरा गरौंला – अहिले यति चाहिं भनिरहुँ – हाम्रा कतिपय चलनहरु यसो नियालेर हेर्‍यो भने हाम्रा बाजे बज्यैका पाला सम्म पनि थिएनन् – कति त हाम्रै जीवनकालमा अंगालेका चलन छन् र त्यो पनि विशेष गरी भारतिय टि भी च्यानल हरु हेरेर त्यसैको अन्धो अनुशरण गरेर- तर धेरैलाई के भ्रम छ भने यी सबै चीजहरु परापूर्व कालदेखि चलिआएका हुन् – अज्ञानताको कारणले।

    जे होस, बाहुन पुरेतको आचारसंहिता निस्केको देखेर नेपालको हिन्दु भनिने गरेको धर्मका विरोधाभासहरु, यसका ऐतिहासिकता, यसका evolutionary history आदि कुराहरु मनमा आए – मुड चले र समयले साथ दिए बिस्तारै यी बिषयमा कुराहरु राख्दै जाऔंला।

    Reply
  6. indra says:
    April 9, 2013 at 6:32 pm

    लामो कपाल र कानमा मुन्द्रा लगाउनेहरुलाई पुलिसले अपराधि भनेर बुझे जस्तै लामो टुप्पी र मोटो जनै भिर्नेहरुलाई सुद्ध पण्डित भनेर चिन्न पर्ने भो ,होइन त ? अनि यी पण्डित हरुले सामाजिक बिकृतिहरु हटाउन सहयोग गर्ने हो कि सामाजिक व्यवहार [सुधार ] ऐन बिपरित जान थालेका हुन् ?खोइ बुझ्नै सकिएन | समय अनुसार चल्न नसक्दा हिन्दु धर्म मान्नेहरुको संख्या दिन पर दिन घट्दै गैरहेको कुरा प्रति ध्यान दिने कि नदिने ?

    Reply
  7. suman p says:
    April 9, 2013 at 9:12 am

    मम तुम्बा को त केहि देखिन , हसुर्न पाउने कि नपाउने ?

    Reply
  8. शिव says:
    April 9, 2013 at 1:06 am

    एऊटा संकल्प शुद्धसंग ऊच्चारण गर्न नजान्ने बाजेहरूको दिन जाने भो..
    मन्दिरमा घण्टा हल्लाएर बस बाहुन हो… आचार संहितामा कुनै तुक छैन… सस्तो लोकप्रियता… बिहान चोखो भनेर दालभात लतारेर एकाहा पढ्न जाने बाजेले बनाको संहिता कुनै ईतिहासको कालखण्डमा अट्न सक्दैन… माऊरी भुनभुनाए जस्तो आवाजले नबुझ्ने गरी पढ्न नि नपाउने भनेको खै? जे गरेनि गोदान गर्नुस् रे १०० को नोट दुनामा १० को डबल भूँईमारे…हाहाहाहहाहा

    हाम्ले पढेको बल्ल काम आऊला जस्तो छ । 🙂

    Reply
  9. SASANG LAMA says:
    April 8, 2013 at 11:00 pm

    पण्डीतहरुले राजनीति गर्न नपाउने आचार संहिता भए पो क्या खासा हुन्थ्यो भन्ने द्रोणजिको कमेन्ट चाहिं साह्रै चित्त बुझ्यो !!!

    Reply
  10. b.r.lama says:
    April 8, 2013 at 10:46 pm

    धर्म जुन सुकै होस्, धर्मले मानिसलाई अनुशासित बनाउछ, आजको यो अनुशाशन बिहिन बन्दै गएको समाजमा धार्मिक गुरुहरुले आफुलाई अनुशासित बनाउन गरेको राम्रो प्रयाशको थालनीको रुपमा मान्दछु. भलै सामुहिक ब्रताबन्धलाई निरुत्साहित गर्ने जस्ता कुराहरु धार्मिक रुपमा सहि भए पनि समय सापेक्ष नहुन सक्छ.

    Reply
  11. Bishwaraj says:
    April 8, 2013 at 8:15 pm

    लोग्ने स्वास्नीको झगडा पर्दा स्वास्नीले लामो टुप्पीमा तानेर पण्डीत जीलाई पछार्न सजिलो-

    Reply
  12. jogee says:
    April 8, 2013 at 7:37 pm

    दोर्ण जी को कमेन्ट मन पर्यो हे मले पनि हेहेहेह
    बाहुनहरुले राजनीति गर्न नपाउने आचार संहिता बनाएर पालना गर्ने वाए त सारै राम्रो हुन्थियो सछिकै वन्नु पर्दा नेपाल बिग्रेको ने सधै भरि बाहुन हरुको हात मा राज्य सत्ता भएर हो अब को पालो आंग काजी हरुको हुनेथियो बिचार हरु को पालो कहिले औछ खै ehehhehheh

    Reply
  13. Gaurab Nepali "Oodaaseen" says:
    April 8, 2013 at 6:58 pm

    पण्डीत जसले भगबत गीता सुनाउछन जस्तै, इत्यादी ! बाहुन जसले जजमान गर्छन जस्तै, ईत्यादी !
    प्रचंडे, झले, माकुने, सुसिले बैद्य यी जैसी हुन् जसलाई mix भनिन्छ जस्तै, ईत्यादी !
    पण्डितले अचार संहिता पालन गरेकै हुनु पर्छ पण्डित हुनलाई, छन्!

    Reply
  14. A.T. says:
    April 8, 2013 at 6:31 pm

    जब सम्म ,
    हिन्दु धर्ममा पुरोहित बन्न , निश्चित जाति भित्र जन्मनु पर्ने प्रावधान रहिरहांचा
    तब सम्म यी बाजेहरुको हाली मुहाली रही रहने छ

    अब हेर्नु त , कस्तो मापदण्ड ,
    पुरोहित हुन कुनै औपचरिक शिक्षा चाहिदैन
    मात्र बाहुन भए पुग्छ , अक्षर चिन्न जान्ने बाहुन पनि पुरोहित
    संस्कृतको बिध्वान भए पनि , गैर- बाहुन पुरोहित हुन नपाउने

    तेही भयर होला , प्राचिन कालका अधिकांस धर्म सुधाकरहरु गैर- बाहुन
    बिसेष गरि क्षत्रीयहरु भएका जस्तै
    महाबिर (जैन धर्म क प्रवर्तक , जसले बाहुन हरुको supremecy लाई मानेनन् )
    गौतम बुद्ध
    गुरु नानक (सिख धर्मका प्रवर्तक , जसले जनै लाउन मानेनन् र बर्त्बन्ध जस्ता पर्वलाई बाहुन पोस्ने चाड भने, र १ त नया धर्म को प्रदुवाव गरे जसमा जो कोहि जाति को मान्छे पनि पुरोहित बन्न पौथेओ, )
    उत्तर भारत बिसेस गरि पुन्जबलाई मुसलमान करण बाट जोगौना , सिख हरुले ठुलो भूमिका खेले

    तर दुखको को कुरा , यी तिनैजना महापुरुसहरुले , आफ्ना स-जाति (क्षत्रीयहरु) बाट सहयोग पाएनन्

    यदि, हामी हिन्दु हरु आफ्नो संस्कृति को रक्षा पनि गर्न चाहन्छौ, साथै प्रगति पनि
    भने हामीहरुले यी बाजेहरुको चंगुलबाट छुट्न आवस्यक छ

    Reply
    1. Raj says:
      April 9, 2013 at 7:56 am

      हिन्दु धर्म भनेको छेत्री हरुले आफ्नो रगत बगाएर बचाएको धर्म हो जसलाई बाजे हरु ले आफ्नो पेवा/ पेशा बनाएका छन् | यदि भारतबर्ष मा छेत्रीय वा राजपुत हरुले मुसलमान हरु संग मुकाबिला गरेका थिएनन् भने यो पुरै दक्षिण एशिया लाई मुसलमानीकरन गर्न बाट कसैले रोक्न सक्दैन थियो |

      Reply
      1. जयराम says:
        April 9, 2013 at 7:28 pm

        यो कुरो साँचो हो| अहिले क्षेत्रीहरुलाई बाजेहरुले लछार पछार पारेको छ| राजनीति र निजामति अनि न्यायसेवामा बाजे हरुको हालीमुहाली छ सेनामा पनि छाइसक्यो| हामी क्षेत्री अलि उदार भएर हो, बाजेले जे भन्यो त्यही मानेर हो| क्षेत्री हरुले अरु जातसंग निश्फिकरी बिबाह गर्यो र मद्पान गर्यो भनेर लान्छना लाउछन बाजेहरु| अब हामी पनि टुप्पी राख्नेछौ|

        Reply
  15. Rabi, London says:
    April 8, 2013 at 6:27 pm

    एस को मतलब पण्डित हरु लै त लोकतन्त्र र सोतन्त्रता भयन / अब पण्डितहरु पनि अर्को पार्टी खोल अनि अधिकार को लागि लड/ कही नभयको जात्रा हाडी गाउमा येही हो /

    Reply
  16. Sudarshan Ghimire says:
    April 8, 2013 at 5:37 pm

    यो आचार संहिता केहि मात्रा मा ठिक राम्रो र समय बद्ध छ तर कुनै कुरा भने ठिक छैन
    जस्तै: – सामुहिक कर्म काण्ड , आफ्नो आयको १० भाग को १ भाग दिनुपर्ने जस्ता कुरा
    बिल्कुलै अशोभनीय छ यसमा सम्बन्धित सरकारी निकाय को पूर्ण नियन्त्रण हुनु अति अति नै जरुरि छ भने पण्डित – पुरेताई गर्ने को सम्पूर्ण आयको केहि प्रतिशत कर तिर्न पनि आब्श्याक हुनुपर्छ कर तिरे बापत सरकार मार्फत केहि सोसियल सेकुरिटी को पनि बय्बस्था हुनुपर्छ अनि पण्डित – पुरेताई गर्न कम्तिमा पनि संस्कृतमा आइ ए सरह उत्रिण हुनुपर्ने वा स्न्नाक्तोर सम्म को शैक्षिक योग्यता हुनु जरुरि हुनुपर्छ अनि मात्र यी पारित भएका आच्हर संगीता लागु गर्दा सबै राम्रो हुन्छ

    Reply
  17. Rajendra Shrestha says:
    April 8, 2013 at 5:07 pm

    हाम्रो राम्रो नया नेपालमा बाहुन भनौंदा दाहाल, पौडेल, कोइराला, नेपाल, शर्मा, खनाल जस्ता जे मुख मा आयो तेही बोल्दै हिड्ने, ब्राह्मण धर्म को पालना नगरी झुठो बोलेर जनता लाई मुर्ख ठानेर आफ्नो हातमा भएको डाडु पन्युको दुरूपयोग गरि देस को ढुकुटी लुट्ने, जनता को पसिना चुस्ने बाहुनहरु लाई बहिस्कार गर्ने कि नगर्ने त्?

    Reply
  18. ACHARYA says:
    April 8, 2013 at 4:49 pm

    राजनितिक खुर्पाहरुले देशबिगारे तेस्मा दुइमत छैन तरपनि खुर्पा बिग्रियो भनेर भुत्ते खुर्पा तिर लग्नु भन्दा भएको खुर्पालाई तह लगाउनु राम्रो होला मलाई याद छ मेरो बुबा गाउको मुखिया हुदा तल्लो जातको मेरो साथी आउदा आखा तरेर हेर्नुहुन्थियो उ कलासमा प्रथम हुदा पनि उसका कुरा सुनिदैनथ्यो मेरो बुबाले आचार्य गर्नुभएकोछ तर….
    .
    मलाई आज पनि याद छ घरभित्र जुत्ता नखोली पस्दा,ब्रतबन्ध गरेपछि लुगा नाफेर्दा हिन्दुधर्मको बिरोध हुने गर्दथियो तर मेरो बुबाले कहिल्ये एस्लाई HELTH मा लगेर जोडदिनुभायन एसको फाइदा अहिले CHRISTAN हरुले उठाएका छन्. जुद्ध शमशेरलाई जस्तो उनीहरुलाई यो डर छ कि कतै नेपालीलाई शिक्षित बनायो भने धर्म प्रचारगर्न गाह्रोहोला तेही भएर त उनीहरु गरिबीमा धर्म प्रचार गर्छन. हामीलाई धर्म पर्चार गरेर देखाउन तिनीहरुले ….
    एस्मा उनीहरुको भन्दा पनि हिन्दु भनाउदा हामी जस्ता भुत्ते खुर्पा हरुको हात छ
    र समाज बिग्रेको त्येही ठाउबाट हो

    Reply
  19. रविन says:
    April 8, 2013 at 3:31 pm

    हिन्दु सभ्यता भनेको सनातन सभ्यता हो यो अतिनै बैज्ञानिक, आधुनिक र ज्ञानमूलक पनि छ. संसारमा हिन्दु धर्म मात्रै यस्तो धर्म हो जसमा अनेक क्रिया प्रतिक्रिया को अन्तरक्रिया गर्न सकिन्छ. तेसैले यस्ता बकम्फुसे नियम को कुनै औचित्य छैन. केहि नियम भने अवस्य पनि मर्यादित छन् तेस्को पालना गर्नु आफ्नो सभ्यता पनि हो.

    कृष्ण अतिनै बैज्ञानिक, रसिक, fashionable थिय तर तिनका अनुयायी चाहिं धेरैनै बन्देज र कुण्ठामा बाच्छन. सम्पूर्ण मानव तथा जीव को सेवा गर र आफ्नो आजको जिन्दगि पनि बिन्दास पाराले बाँच.उ नै कृष्ण हो.

    एउटा पण्डित हुन समय सान्धर्भिक हिन्दु सभ्यताको बिज्ञा हुनु जरुरि छ तर कुनै पोशाक र भेषको जरुरि छैन.

    Reply
  20. siddhartha says:
    April 8, 2013 at 2:35 pm

    love गर्न पाउने कि नाई यो पनि भन्नु पर्यो , न love गर्न नि नदिने हुन् बा :p

    Reply
  21. yam says:
    April 8, 2013 at 12:31 pm

    सत्य र तथ्य कुरो कुनै पनि पण्डित ले कुनै पनि बिधि गरेर अरुलाई सुद्ध गर्न कहिले पनि सक्दैन यो एउटा बाहुनको आफ्नै खाने मेलो मात्र हो कसैले कसैलाई वा मानिसले मानिस लै सुद्ध र पबित्र बनाउन सक्दैन हिन्दुमा धेरै असुद्ध विचार र स्वभाब हरु आफ्नै विचार मा छन् कुनै मानिस नत सानो जात वा ठुलो जात हुन्दैन यो कसले बनायो त्यहि पंडित हरुले बनायो कामीले बनाएको मुर्ति लाई भने पुज्ने तर त्यहि बनाउने लाई भने घरमा पस्न पनि नदिने
    जसले यो कुरा लाइ स्वीकार गर्छ रामरी विचार पुर्याएर यो बाहुन ले बनाएको धर्म मा लाग्नु होला हुन् सके यो धर्म मा नगए अति राम्रो

    Reply
  22. मन says:
    April 8, 2013 at 12:02 pm

    हाम्रा यी पण्डित गुरुहरुले देशमा जातपातको नाउँमा विद्यमान छुवाछुतरुपी सामाजिक कलंकलाई कसरी हटाउदै लैजाने भनेर पनि केही पहल गरेको भए समयोचित र आचार संहिताको केही अर्थ हुने थियो| सामुहिक ब्रतवन्ध मात्र होइन सामुहिक विवाह आदि लाई पनि प्रोत्साहन दिएर फजुल खर्ची र समयको नाश घटाउन पर्नेमा त्यसको बिपरित जानु समयको मांग होइन|
    जनै लाउन, टुप्पी पालूंन, चुल्ठो बांधुंन, जतिसुकै चोटी पशुपति धाऊन त्यसमा केही भन्नु छैन तर धर्मको नाउँमा गरिखाने युक्तिलाई अब जजमानहरुले स्वीकार गर्ने छैनन्| यँहा अरु टिप्पणीकारहरुले उल्लेख गरे झैं जसले पायो त्यसले आचार संहिता बनाएर मात्र केही हुँदैन जब त्यसको पालना हुँदैन भने| भोलि आएर जजमानहरुले पनि आचार संहिता बनाए कसो होला?
    राजनीतिमा खेल्नेहरुले त् आचार संहितालाई अचार बनाएर खाईपचाई आएको हामीले देखेका छौ|
    गणतन्त्र पश्चात पनि पशुपतिमा दान चन्दा स्वरुप भट्टले कति पैसा उठाउँछ त्यसलाई पारदर्शी बनाउन समेत अस्वीकार गर्नेहरुलाई धर्म भन्ने पवित्र सोचको जिम्मेवारी वहन गर्ने अभिभारा दिईनु उचित छैन| टुप्पी र जनैले शुद्धिकरण गरने होइन| जजमानमा धर्म र धर्मगुरु प्रतिको श्रद्धामा ह्रास भएको गुरुहरुको बढ्दो लालचीपनले हो|

    Reply
  23. rubi says:
    April 8, 2013 at 11:42 am

    बाजेहरूले के खाने र के लाउने भन्ने तिर मात्र लाग्ने होइन कि, दान दक्षिणा कति सम्म लिन पाउने हो त्यसको पनि दायरा तोकी दिए राम्रो हुने थियो / पशुपति क्रियापुत्री घरमा गएर हेर्नुस् त १३ दिनको शैयादानमा यिनीहरुले के के माग्दा रहेछन, त्यो लिस्ट हेर्दा त ढाड नै खुस्किन्छ / जुन सामान्य मानिसहरुका लागि निक्कै गाह्रो छ / येस्ता कुसंस्कारहरु हटाउनु पर्यो / येही परम्परा कायम रहिरह्यो भने हिन्दु धर्म नै लोप हुन बेर लाग्दैन/

    Reply
  24. Roshan Sharma, Australia says:
    April 8, 2013 at 9:20 am

    पुर्बिय सभ्यता मा जन्मी हुर्केका नीति निर्माता हरुले आधुनीक र विद्वान बन्ने रहरमा परम्परा देखि चलि आएको ‘पेशागत’ नीतिनियमलाई ‘अबैज्ञानिक’ र ‘अब्यबाहरिक’ भन्दै कुल्चदै हिडेको ले आज पुर्बिय सभ्यताको महत्व ‘पचिमा’ हरुले बाहेक अन्यले महत्व बिर्शी सक्न लागेका छन् र पुर्बिया हरु न भुइँ न भाडा का भएका छन्
    हुनत,
    अंग्रजी भाषामा ‘आइ एन जी ओ’ संचालक ले Professional Code of Conduct खै त भन्यो भने बल्ल हातमोल्न थाल्छन/
    आज भोलि साना नानि हरु ले गल्ति गरे भने Nutty Corner मा राख्ने गरिन्छा भने पण्डित हरु भनेको नीति नियम र अध्यात्मिक ज्ञान का प्रबर्दक जस्तै भएर प्रतेक नागरिक को मन मस्तिस्क मा पुग्ने हरु लाई ‘नीति नियममा’ राख्ने काम
    धेरै राम्रो ढिलै भए अति राम्रो हो !
    तर, नीति नियम ले समाज लाई राम्रो दिशा निर्देश गर्न सकोस !
    सुभकामना !

    Reply
  25. mukta gurung says:
    April 8, 2013 at 9:18 am

    अनि अनुबांशिक खुइले बाहुन बाजे हरु को टुप्पी कहाँ बाट लाउने त ?

    Reply
  26. बेखालाल नेपाल says:
    April 8, 2013 at 8:34 am

    “:पण्डित पुरोहितको एव‌ं धर्मको खण्डन र विरोध गर्ने, अपमान गर्नेलाई पण्डितहरुले बहिस्कार गर्ने भएका छन्।”

    यो एकदम ठिक हो| धर्मलाई अफिम ठान्ने कम्युनिस्टहरुको घर, समारोह, बिबाह, ब्रतबन्ध आदिमा कोहि पण्डित मन्त्र सक्ति फुक्न नजाउन……..

    Reply
    1. Bibek Dhakal says:
      April 8, 2013 at 11:32 am

      धर्म नमान्नलाई कम्युनिस्ट नै हुनु पर्दैन – नास्तिक , एक्जिस्टेन्तिअलिस्ट वा भगवान / अलौकिक शक्ति मानेपनि रुढिबादी तरिकाले नमान्ने agnostic हरु पनि सबै कम्युनिस्ट अन्तर्गत पर्दैनन् !
      जहासम्म बहिस्कार गर्ने कुरा छ, ठिकै छ, उनीहरुको आफ्नो कुरा हो ~! तर पण्डित न आउलान भनेर समय अनुसार को रिति रिवाज मा परिवर्तन लेराउन र रुढिवादी र दुख दिने किसिमको चलन लाइ त्याग्न बाट हिच्किचाउने मा चाही परिन्न!!!

      Reply
  27. Manoj Karki says:
    April 8, 2013 at 8:14 am

    यहाँ पण्डितले सबैलाई टुपी पाल्नू, जनै लगाउनू भनेका छैनन् | यो उनीहरुको अन्तरिक कुरा हो त्यसैले अरुको भावनालाई खिल्ली उडाउने अधिकार कसैलाई पनि छैन | केही कुरा यजमान सम्म जोडिएका छन् तर बाध्यात्मक रुपमा छैनन् | मित्रहरु सके अर्काको आस्थाको सम्मान गरौँ , नसके अपमान नगरौं |

    Reply
  28. पुष्प says:
    April 8, 2013 at 8:12 am

    नियम भनेको समयानुकूल पनि हुनुपर्छ । यी आचारसंहिता कतिको समयानुकूल छ भन्ने कुरा त पण्डितजीहरू नै जानून् । तर नियम बनाइसकेपछि त्यसको पालना र कार्यान्वयन पनि गर्नु गराउनुपर्छ । तोड्न बाध्य हुनैपर्ने नियम बनाउनु भनेको भाँडभैलो मच्चाउनु हो ।

    Reply
  29. Jeevan Thapa says:
    April 8, 2013 at 7:21 am

    दिन भरि ऋषि मुनि, रात भएपछी शिशि मुनि
    लौ तिम्रा दिनहरु गए जस्तो छ हाहा हाहा

    Reply
  30. तेन्जिंग गाबा says:
    April 8, 2013 at 7:05 am

    ” भौतिक आवरण” लाई हिन्दु धर्मले त्यति धेरै महत्व दिदैन
    यो हिन्दुत्वको सौन्दर्य हो
    तर यहा हाम्रा पण्डित भनाउदा केहि “कर्मकाण्डी-मनुवा” हरुले “पण्डित” जस्तो गहन अर्थ बोकेको गरिमामय पदको दुरुपयोग गरेको देखेर दुख लाग्यो साथै “भौतिक आवरण” लाई नै मुख्य महत्वको साथमा १ न. बुदामा राखी प्रेस बिज्ञप्ति समेत छाप्ने यी “ढोंगी” तत्व देखि सबै साबधान….. यी धर्म बिरोधी अबुझ-भड्काउबादी घोर-नास्तिकहरु हुन् !

    Reply
  31. razen says:
    April 8, 2013 at 6:55 am

    धत्तेरिका अब नियम पालना गर्न पर्यो भने त गर्लफ्रेन्ड बिच्किने भो बा |

    Reply
  32. Neel Paudel says:
    April 8, 2013 at 6:43 am

    युग अनुसारको आचार संहिता बने मात्र सर्बमान्य हुन्छ . दक्षिणा अहिलेको नियम उहिलेको .यसले त झन अन्य धर्मतिर जानलाई सामुहिक रुपमा प्रेरित गर्छ .स्वतन्त्रता ,सहजता आधुनिकता मुलमन्त्र हुनुपर्छ .जसले सर्ब सम्पन्न हिन्दू संस्कृतिको बिकासमा टेवा दिनेछ .

    Reply
  33. T Dhakal says:
    April 8, 2013 at 6:23 am

    लौ अचम्म हुन्छ कि के हो/ आशा गरौ, यो अचम्म नहोस / यो आचार संहिता नेताहरुको आचार संहिता जस्तै हुन बेर छैन/ जे होस हामीले जड्याहा, चुरोटे, बाहुनलाइ पण्डित बनाउन नपरोस/ पशुपतिनाथले हामी सबैको कल्याण गरुन…………

    Reply
  34. द्रोण says:
    April 8, 2013 at 4:34 am

    अरु भन्दा पनि बाहुन बाजे ले राजनीति गर्न न पाइने भनेको भए देश लाइ सायद फाइदा पुग्थ्यो |

    Reply
  35. bishnu adhikari says:
    April 8, 2013 at 4:14 am

    म पनि हिन्दु धर्मको अनुयायी हुँ/ र प्रसङ्ग रह्यो पण्डित हरुको आचार संहिताको / आंचार संहितामा लेखिएका केहि कुराहरुमा नै केहि तुष भएको देखिन्छ / जब कुनै तागाधारी हरुले आफ्नो छोरा भतिज तथा अरु कुनैको सामुहिक ब्रतबन्ध गर्न चाहन्छन भने किन पण्डित हरुले निरुत्साही गर्ने / यदि उनीहरुलाई दक्षिणा कम हुन्छा जस्तो लग्छ भने प्रस्ट भन्नु पर्दछ/ नत्र त फजुल खर्च लाई कटौती गर्न प्रोत्साहित गर्नु पर्ने होइन र ? र म पनि एउटा पण्डितको छोरा हुँ र आबस्यक परे अड्को पदको तेलको धुप भने झैँ गर्न पनि सक्छु तर टुप्पी पाल्दैमा, दाम्ले जनै लागौदैमा , एक लोटा पानीले नुहाउदई मा, फोहर धोति फेर्दैमा स्वच्छ भैन्छा भन्ने कुरा भने मा मान्दिन / हो केहि आधारभूत कुरहरु मान्नु पर्दछ / बाहिर मात्र होइन मनको पनि सफा हुनु पर्दछ येदि आफुलाई एउटा सच्चा पण्डित भनौन चाहने हो भने/ कसो हो त ?
    बिष्णु अधिकारी

    Reply
  36. abhi says:
    April 8, 2013 at 3:23 am

    जन्मजात सुद्रयेते … अर्थात् जन्मँदा साब जना सुद्रा हुन्छन./ ब्राम्हण को कोख बाट जन्मदै मा वा छेत्री वा सुद्रा वा बैस्य को कोख मा जन्मदै को पनि ब्राह्मण ,छेत्री ,शुद्र/

    भगवान कृष्ण ले भनेको छन् …. चातुर वर्ण माया सृस्तम ( अध्ये ४, श्लोक १३) अर्थात् चार वटा वर्ण मैले रचेको हो तर के को आधार मा गुना कर्म भिभागाषा अर्थात् मान्छे को कर्म अनुसार/ अर्थात् जसले ब्राम्हण को कर्म गर्छ तर त्यो किन शुद्र नै होश त्यो ब्राम्हण हो/ जो ब्राह्मण भएर शुद्र जस्तो छ त्यो शुद्र हो /
    ब्राम्हण को अर्थात् सत्यम ज्ञानम अन्नत ब्रम्ह ……… अर्थात् जसले सत्य जानेको छ त्यो नै ब्रम्ह अर्थात् ब्राम्हण हो/
    जनै लागौन्दै मा / धोति लागौन्दै मा ब्राम्हण हुन्दैन/ सत्य ब्राम्हण त त्यो जसले त्रिसंध्य गर्छ अर्थात् जो दिन मा ३ चोटी नुहौंचा, जो मासु लसुन प्याज बाट पर छ/
    तर आअज्काल को आडम्बर समाज ले बाहुन को छोरा बाहुन हुनु पर्चा ठंचन जुन असत्य हो /

    Reply
  37. pooja says:
    April 8, 2013 at 2:01 am

    पण्डित हरुको र सास्त्रको खण्डन गर्न नापयिने रे ??? गलत भएमा गलत भन्न त पाउनु पर्यो नि आफ्नो गल्ति ढाक्न आचार संहिता को खोल ओड्न तम्सेका?? सामुहिक ब्रतबन्द गर्न नापयिने भन्नु को मतलब ?? धर्मका ब्यापारी त हुन् पण्डित भंवान्को नाम मा व्यापार … नत्र तेत्रो शास्त्र को वकालत गर्ने हरुलाई त सास्त्रमा लेखे झैँ धन को मोह त नहुनुपर्ने हो >> खै के के हो …

    Reply
  38. samrat~ says:
    April 8, 2013 at 1:37 am

    पहिले पहिले को ऋषि मुनि रुख मुनि !
    अहिले को ऋषि मुनि सिशी मुनि ! अनि
    जसो जसो बाजे तेसो तेसो स्वह्हा ओम नामः
    यो सम्भब छ र ?

    अहिले को ६ जना पण्डित हरु प्रचण्ड, बाबुराम, माकुने, झले, सुशिले, बैद्य (पण्डित बैध्ये) जसले देश लाइ दरिद्र ता को नो. १ तिर पुर्याई सक्यो यिनी हरु लाइ रिसोर्ट मा मिटिंग गर्न नपाउने प्राडो चड्न नपाउने , आलिशान बंगला ठोक्न न पाउने , हवाई जाहाज़ चार्टर गर्न न पाउने प्राबधान राख्ने हो भने चाइ कुछ होला जस्तो छ बरु.

    Reply
  39. prem says:
    April 8, 2013 at 12:10 am

    सुरबीर पण्डित ( धुर्मुशे को बाउ ) का दिन गय …………

    Reply
  40. Basanta Thapa,Maryland,USA says:
    April 8, 2013 at 12:09 am

    हरेक पेशामा आचारसहिंता भन्ने मूल कुरो हुन्छ यो नमान्दा देश ,राज्य ,समाज ,व्यक्ति अराजकता र पछौटेपन मा जादो रहेछ भन्ने कुरा आजको नेपाल लाइ हेरे पुग्छ \
    नियम ,आचारसहिंता बनाउदा समय ,चेतना ,समाज र बिस्व परिवेशलाइ पनि ध्यान दिनु जरुरि छ \ आफ्नो पेशा बचाई राख्ने हो भने पेशा अनुसारको ब्यबहार गरिनु पर्छ यसको लागि पण्डितज्यु हरुले बनाएको आचारसहिंता ठिक छ तर सामुहिक ,बिबाह ,ब्रतबन्द जस्ता कम खर्च र सरल तरिकालाइ निरुत्साहित गर्ने र जजमानी नगर्ने निर्णय पण्डीतज्यु हरुलाई फाइदाजनक भए पनि जजमानहरुलाई अन्याय पर्न जाने निर्णय हो \ साथै बिजुली, पानी,यातायात ,सुरक्षा जस्ता समस्याले टाउको उठाइरहेको ठाउमा सामाजिक कार्य दिउसो नगरी रात मा मात्रै गरिने निर्णयले दिउसै रात पार्न खोजिएको जस्तो लाग्छ \ अब हेरु पण्डितज्यु हरुको निर्णय संग जजमान हरुको कस्तो प्रतिक्रिया र निर्णय आउने हो भोलि को दिन ले देखाउला \ साथै देश बिदेशमा बिदेशी भाषा ,रहनसहन ,खाना ,अम्बल ,पिय पदार्थ उपभोग गरि रहेका पण्डितज्यु हरु को परिबार मा कस्तो बिचार उठ्ने हो बहुत चाख लाग्दो स्थिति बनिरहेको छ \

    Reply
  41. thule says:
    April 7, 2013 at 11:45 pm

    होइन हो के लाउने र के खाने भन्ने कुरोको आचार संहिता पो रहेछ /
    कुन बिधि, पुजा पाठ कर्म काण्ड गरेको कति रुपैया भनेर डाक्टरहरुको फी तोके जस्तै दर रेट पनि तोकिनु पर्छ – यहाँ त मनोमानी अशुल गर्ने गर्छन ग्राहकको औकात हेरेर / कसै ले त ब्यापारीलाइ नि सजिलै पछारछन् //
    अनि कसले कति कमाए भन्ने नै थाहा हुदैन के को आलु जस्तो १०% सामाजिक कार्यमा खर्चने हो- यसको अनुगमन कसले गर्ने ??
    नेपाल सरकार लाइ tax तिर्नु पर्ने हो कि होइन – यसबारे केहि उलेख भएको छैन /
    को नकाल्ली को सकल्ली पुरेत भनेर कसरि चिन्ने – टुपी पाल्दै र जनै लाउदै मा हुने भए त भै गो नि / यिनको स्तरको परिक्छन कसले गर्ने हो ??
    यो आचार संहिता पड्दा त नेपालको गौरवशाली राजनैतिक पार्टीको घोसना पत्र लाई माथ दिने रहेछ / बिहा भोज जादाके लाउने भनेर एक महिना अघि देखि महिलाहरुको थागने गफ जस्तो पो लग्यो मलाई त यो के जाति हो //

    म बुझ्दछु यो कसैको पुर्ख्योली पेशा हो / यसलाई मर्यादित र सुब्यस्तित राख्नको लागि बिज्ञप्तिमा उल्लेख भएका बुदाहरु उचित होला तर पूर्ण रुपमा न्याय दिलौदैना // मेरो सुझाब – बोकेदारी पालेर आउनुहोस कि जनै बिनै आउनुहोस मनोमानी ढंगले पैसा नअशुली, ग्राहकलाइ जे पायो तेही गर्न नलगाई ( ग्राहक को खर्च कसरि कम गर्ने यस्तो महंगी भन्ने तिर पनि चेतनशिल हुन् उतिकै जरुरि छ ) अशल तन मन र बिचारले पुरै रित-बिधि पुराएर कर्म काण्ड पूजा पाठ गरे निश्चय पनि यो भेलाको उदेस्य पुरा हुनेछ /
    धन्यबाद //

    Reply
  42. Ram Raj says:
    April 7, 2013 at 11:13 pm

    सकारात्मक कुरा हो | पण्डित को काम पुरुत्याई मात्र सिमित नराखेर हिन्दु (बैदिक सनातन) धर्म को सहि व्याख्या र सम्बर्धन गर्नु पनि हो | धर्म संग जोडिएका कतिपय कथा साहित्य र अन्धबिस्वास लाइ मात्र ध्यान नदि बैदिक सनातन धर्म को मूल बेदका मानब जिबन उपयोगी तथ्य र सिद्धान्त हरु को प्रभावकारी व्याख्या र प्रबर्धन हुनु पर्यो |

    १. सामुहिक ब्रतबन्धले धेरै गरिब हरु को आर्थिक भार कम हुने र सामाजिक कार्य पनि बिधि सम्बत हुने भएको ले यो उपयोगी लाग्छ मलाई त तर के कारण ले गर्न प्रोत्साहन गर्न नहुने हो प्रस्ट पार्नु पर्यो |
    २. पण्डित हरु दक्षिणा केन्द्रित भएको देखिन थालेको छन अचेल यसलाई कसरि निरुत्साहित गर्ने प्रस्ट धारणा चाहियो |
    ३. कतिपय सिकारु र अर्धग्यानी पण्डित हरु ले कर्मकाण्ड लाइ गरिखाने माध्यम बनाएका छन् तेस्लाई नियन्त्रण गर्नुपर्यो |
    ४. कर्मकाण्ड सामान्य सामाजिक बिधि मात्र हो धर्म को मूल रुप हैन | प्राय पण्डित हरु कर्मकाण्ड को कार्य भन्दा माथि उठ्न सकेका छैनन् | त्यो सुधार हुनुपर्यो |
    ५. जात पात बिभेद , छुवा छुत जस्ता कुरा बन्द हुनु पर्यो |

    Reply
  43. gobinda says:
    April 7, 2013 at 11:12 pm

    पण्डित हरुको आचार समहिता पालना गर्ने नगर्ने कुरा उनीहरुमा निहित छ नमान्नेहरुलाई समाजले बहिस्कार गर्ने कुरा पनि अलग छ , सामुहिक ब्रतबन्ध रोक लगाउने कुरा अति भयो जस्तो छ , समाजले यो कुरा मा रोक लगाउनु दिनु हुन्दैन | बस

    Reply
  44. resham says:
    April 7, 2013 at 10:42 pm

    हा हा हा बाहुन को टुपिले नि गर्नु गर्ने भो. २१ औ सताब्दिमा नि कस्तो कुरा हो यो?

    Reply
  45. madan bajracharya says:
    April 7, 2013 at 10:15 pm

    धुम्रपान गर्नेलाई पण्डित नभनिने!!!!; गाँजा बाहेक भने मात्र ईनिहरु शिवजिको क्रोध बात बच्न सक्ला नभय त्रिसुल खाने हुन्छ ईनिहरुले/ ईनिहरुको यो निर्देशन पशुपति कैलाशकुट सम्म नपुगुन/

    अर्को कुरा ई पण्डितबादीहरु अंग्रेज र पस्चिमेलिलाई “म्लेच्छ” मानेर उनीहरुलाई छुन्दैनन र उनीहरुको कुरा मान्दैन पनि/ तसर्थ अब ई पण्डितहरुले आफु र आफ्ना छोरा छोरीहरु चेला चेलीहरुलाई स्कुल कलेजमा अंग्रेजी पढ्न पढाउन नपाईने हिन्दु पुराण मात्रै पधाईने गुरुकुलमै पढाउनु पर्ने र पण्डित समुदायलाई अंग्रेजी उत्पादन उपभोग गर्न नपाईने निर्देशन पनि यथासिघ्र दिय हुन्थ्यो/

    फेरी ई पण्डितहरुको पण्डित्याईको मौलिकता अछ्युन राख्न सहयोग गर्न यातायात ब्यबसाईहरुले ईनिहरुको निमित गोरुगाडा र कोल्ड स्टोरहरुमा चिसो “गोमुत्र-कोला” को पनि ब्यबस्था गर्ने पर्ने देखिन्छ/ मासु बेचिने पसलमा मुस्लिम समुदायको निमित “हलाल” गरियको मासुको अलग्ग ब्यबस्था गरिने जस्तै अब नेपालको कुनै पनि ग्रोसरी स्टोरहरुमा ई पण्डितहरुको निमित “पण्डित भोजन योग्य” भनेर सर्तिफ़ाईद गरियको बस्तुको ब्यबस्था गरे नगरेको अनुगमन गरिनु पर्छ/

    ई पण्डितहरु हाम्रा गुरुहरु पनि हुन्/ तसर्थ ईनिहरुको निर्देशनको पालना गर्न गराउन सहयोग गर्नु हाम्रो पनि कर्तब्य हो/ तेसैले अब नाई-हजामहरुले आआफ्नो पसलमा कपाल काट्न आउनेहरुले अनिवार्य रुपमा गन्जी फुकालेर जनै भयको नभयको देखाउनै पर्ने र जनै हुनेको कुनैले टुप्पी छोत्याउन बा काट्न भनेमा ई पण्डित-कुटीमा खवर गरिने नोटिश पनि तास्नु पर्ने देखिन्छ/

    अन्तमा ई पण्डितहरु बात पनि समानुपातिक कोटामा संबिधान सभामा नियुक्त गरेर ऎनिहरुको निर्देशनलाई संविधानमै उल्लेख हुने ब्यबस्था गर्न ई नेताहरुलाई आव्हान पनि गर्ने पर्ने देखिन्छ/

    Reply
    1. Ram Raj says:
      April 7, 2013 at 11:24 pm

      मदन जी,
      तपाई को स्तर संग आज को व्यंगात्मक कमेन्ट निकै सस्तो र असुहाउदो लाग्यो |

      Reply
      1. madan bajracharya says:
        April 10, 2013 at 12:52 am

        रामज्यु
        व्यंगलाई ठट्टाको रुपमा लिनु पर्छ मित्र/

        Reply
    2. rabina says:
      April 8, 2013 at 3:39 am

      के कुरा बोल्न हुन्छ के हुदैन भन्ने पनि थाहा छैन यो मदने लाई नेपाल अखण्ड हिन्दु राष्ट्र सधै हो र रहिरहनेछ

      Reply
      1. Ganesh says:
        April 8, 2013 at 11:36 am

        खोइ कंहा गयो तपाईको बिष्णु अवतार महाराज? उँहाको स्वामित्व भएको सोल्टी होटेलमा बीफको परिकार पनि पाइन्छ भन्ने थाहा छ कि छैन? लौ राख्दै जानुस अक्षुण्ण र अखण्ड यही तालले|

        Reply
      2. madan bajracharya says:
        April 10, 2013 at 5:06 am

        रबिनाज्यु
        मैले मात्र तुप्पिको कुरा उठायर आफ्नो पेशाको अधिकत लाभ आफ्नै समुहको झोलामा भर्ने प्रयास गर्ने ई पुरातन बादी पण्डितहरुलाई व्यंग गरेकोहो/ हिन्दु धर्ममा ठेस पुर्याउने मेरो कुनै मनशाय थियन/

        जन्मले मात्रै कोहि हिन्दु बन्छ/ शास्त्र पढेर मानेर मात्रै कोहि हिन्दु बन्दैन/ जन्मले हिन्दुले हिन्दु आचरण नगरे दानव बन्न सक्छ; तर क्रिस्चियन मुस्लिम बुद्धिस्ट बन्न सक्दैन/ बशिस्थ मुनिकै सहोदर भाईहरुकै सन्तान त् हुन् रावन आदि दानवहरु/ जन्मले हिन्दुले जिजस बा अलाह बुद्ध मान्न थाले पनि उनीहरु हिन्दुनै रही रहन्छ/ हिन्दु र हिन्दु धर्म अनि हिन्दु संस्कार र सोच अपरिबर्तानिय छ/ यो पृथ्बीमा प्राणीको अस्तित्वो रही हिन्दु धर्म कहिले पनि खण्डित हुँदैन/ यसैले म रबिनाज्युको कुरामा पूर्ण समर्थन गर्छु/

        Reply
    3. Naresh says:
      April 8, 2013 at 3:41 am

      साह्रै चित्त बुझ्दो लेख्नु भएछ मदनजी| घतमा गयो|
      धुम्रपान नगर्नु राम्रो हो, मद्पान नगर्नु पनि झन् राम्रो| गाँजापान पनि धुम्रपान नै हो|
      हाम्रो देश बिगारेकै पण्डित हरुले हो| पहिले पण्डित भएर पस्छन घर गाउँ र जिल्लामा अनि पछि अर्कै करामत देखाउञ्छन| धर्मको नाउँमा शोषण पनि गर्न नपाउने भनेर बक्तब्य निकाल्नु पर्ने यी बाजेहरुले|
      लौ बाजे हरुले पंच्तान्त्र कथा मात्र पढ्नु पर्ने भयो| बाजे र पण्डित कै छोरा भएको आधारमा तीनधारा पाकशाला र संस्कृत विश्वविद्यालयमा निशुल्क पढ्न र खान बस्नपाई रहेका छन्|
      यो बेला देशलाई forward लैजाने योजना गर्नु पर्ने बेलामा तालिबाने बिचार राखेर backward र आफुलाई मात्र हुने सोच्नु भनेको यी धर्मका ठेका लिएका गुरुहरुले जनतामा धर्म प्रति बितृष्णा उब्जाउनु मात्र हो|
      बाजे पण्डित नभएका ठाउँमा र राख्न नसकिने वा विकल्पका रुपमा टेप वा भिडियो बात पनि कर्म काण्ड गर्न हुने नियम बनाउनु छैन झन् भारी माथि सुपारी थप्न खोज्छन यी बाजेहरु| पण्डित बाजेका दुई तीन जना छोरा हरु प्रधान मन्त्रि बनिसके र देशलाई खलास पनि पारे|
      कम्युनिस्ट भए पनि पण्डीत्याईको मन्त्र चलाई रहेका छन् र देशलाई स्वाहा स्वाहा पारि रहेका छन्|

      Reply
    4. Naresh says:
      April 8, 2013 at 3:43 am

      हरे… पण्डित बाजेहरुका रहल पहल चहल पहल बन्धुहरुले कस्तो संगले मदनजीका मन्तब्यमा रातो टीको पनि धमाधम धस्न भ्याएका रहेछन|

      Reply
      1. madan bajracharya says:
        April 10, 2013 at 5:34 am

        नरेशज्यु/
        मैले गन्दै छु रातोमा टिक/ लगभग ६०% मात्रै रहेछ/ तर यो मात्र प्रारम्भिक सर्वेछ्यन ले देखायको जनमत हो/ ई जनै टुप्पी जिन्दावाद गर्ने पण्डितहरु त् पण्डित समुदायले नै पसुपतिको भट्ट बन्न अयोग्य घोसना गरियका पण्डितहरु हुन्/ तेसैले धन्दा मान्नु पर्दैन/

        Reply
  46. dhan says:
    April 7, 2013 at 9:47 pm

    नियम बनाएर मात्रै भो लागु गराउने कसले? अनि सामुहिक ब्रतबन्ध गराउदा दक्षिणा कम आए जस्तो छ नि बाजेहरुलाई!! तेही भएर तेस्लाई हटौना खोजेको? अनि चुरोट रक्सि देख्ने गरि नै खान्छ भन्ने छैन नि, नदेखिने गरि ठुलो खसीको भुटुवा र खोयाबिर्के रित्याउने हरु धोति बेरेर प्रसिद्ध धार्मिक स्थलमा बसेर दक्षिणा हसुरेको देखेकै छु( येति चै भन्दिउकि पोखराको धेरै प्रसिद्ध मध्यको एक हिन्दु मन्दिरको पण्डित हो). अनि स्व. पण्डित नारायण पोखरेलको छोराको(नाम थाहा भएन ) तेसो भए पण्डित पद खोसिने भो त? उनि त खुल्लम खुल्ला जिन्स र कपाल पालेर हिद्चन त? यो सब भन्ने कुरा हो, गरेर देखाओस अनि विश्वास गरौला. मुख्य कुरा हिन्दु धर्मको पण्डित पुरेत हरुमा भएको पाखण्ड पन मेटाउनु पर्यो, टुप्पीको साटो जगल्टा नै पाले पनि बालै भएन.

    Reply
  47. सन्तोश संकल्प 'पान्थरे' says:
    April 7, 2013 at 9:45 pm

    यो कार्य धेरै राम्रो हो। कुनै पनि धर्मले एकअर्कालाई अपमान, हेय दृष्टीको नजरलाई हेर्ने गर्नु हुँदैन। मानिसले जुनसुकै धर्म मानोस तर अरु धर्म मान्नेहरुलाई नराम्रो नभनुन। तर नेपालमा एक धर्मले अर्काको धर्मलाई राम्रो दृष्टिले हेर्दैनन्। जस्तो की हिन्दुहरुले क्रिष्चियन, बुद्दिष्ट, किराँत धर्म मान्नेहरुलाई देखि सहँदैनन् र नानाभातीको लाञ्छना लगाउछ जस्तो की पैसा खाएर, डलर दिएर त्यो धर्ममा लाग्यो भनेर बारम्बार भनिरहन्छ। यो कार्य कति पनि उचित होईन। मानबजाती भएपछि आफ्नो ईच्छाअनुसार धर्म अपनाउने अधिकार छ त्यसर्थ जुनसुकै धर्म मानोस तर सबैलाई समान दृष्टिले हेर्नुपर्छ। र सबै धर्ममा आचारसंहिता हुनुपर्छ, नितिनियम र शास्त्रको पालना गर्न सक्नुपर्छ।

    यो जुन आचारसंहिता लागु गरेको छ यो एकदम सर्हानिय कार्य हो। सबै धर्मले सम्मान गरौ, अनि बल्ल शान्ति आउछ। एकअर्काको धर्ममाथि चोट पर्ने, हेलचेक्र्याई गर्ने बानी हटाऔ।

    नेपाल भनेको बहुभाषा, बहुजातिय र बहुधर्म भएको देश हो। सबै धर्म नेपालमा अटाउन सक्छ। अब नेपाल पहिलेको शाहहरु र राणाहरुले गरेको जस्तोर रहेन। धर्म निरपेक्ष भईसकेको देशमा सबै धर्म मान्न पाउने अधिकार हुन्छ।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

    Reply
    1. Devendra Basnet says:
      April 7, 2013 at 10:36 pm

      मलाई जहाँ सम्म लग्छ हिन्दु धर्म शास्त्रले अरु धर्मप्रति केहि बोलेको जस्तो लाग्दैन.\
      जसले अरु धर्म लै नराम्रो भन्छन तिनीहरुले जस्तालाई तसै गरेको मात्रै हो. क्रिस्टियन को धर्म सस्त्रले नै हिन्दु धर्म क देवी देवताहरु शैतान हुन् भान्छा र हाम्रो मन्दिर हरुलाई सैतान बस्ने घर भान्छा. मलाई लाग्दैन हाम्रो धर्मले अरु लै एस्तो केहि भान्छा. जहासम्म रह्यो डलरमा धर्म परिवोर्तन भन्ने कुरा . यो कुरा चै साचो हो. नेपाल धर्म निरपेक्षे भए पछि येति मान्छेलाई धर्म परिव्रोतन गरिएको छ यो कहाली लाग्दो छ. अरु त अरु भंखर भर्खर क्रिस्टियन बन्ने ढोंगी हरुले दशैँ तिहार जस्ता चाडपर्ब मा रातो टिका लगाउन पनि नमानेको देख्दा अचम्म लग्छ.
      साथीहरु चित्त नाधुकौनु होला नेपाल बिग्रिएको मुखे कारण यो हो कि नेपाली हरु आफ्नो फाइदा हुन्न्चा भने धर्म, रस्त्रियेता र नागरिकता पास्स्पोर्ट बेच्न पनि पछि पर्दैनन्.

      Reply
      1. Gemmi says:
        April 8, 2013 at 11:08 am

        कुरा केही हदसम्म सही हो जस्तो लाग्छ | केही महिना पहिले एउटा पास्टर, चन्द्र प्रकाश कि त्यस्तै कसैको लेक्चर हेरेको थिएँ युट्युबमा, चौध भुवन सम्बन्धी | धर्म प्रचार गर्ने शैली पनि गज़बको भै सकेछ, जे भने पनि हुने | अनेक बेद उपनिषद्को ज्ञान भएको देखाउदै हिन्दु प्यान्थियनको माथि लगेर जिससलाई राखेर अनेक दाबी गर्ने रहेछ | मान्छेलाई आफ्नो इच्छा अनुसारको धर्म लिने अधिकार त छ तर यस्तो प्रचारमुखी धर्मका धनी संस्थाले अर्काको धर्मलाई मिक्स-अप गरेर र तल देखाएर धर्म प्रचार गर्ने सम्बन्धमा चाहिँ आचार संहिता ल्याउन जरुरी भैसकेको जस्तो लाग्दैछ |

        धर्म सबै एउटै क्याट्यागोरीका अवैज्ञानिक विश्वास हुन्, एउटा भन्दा अर्को राम्रो हुन्छ या हुन सक्छ भन्ने कुरा नै वकवास हो | कुनै व्यक्तिले आफैले भित्री रूपमा मनन गरेर कुनै धार्मिक दर्शन अर्को भन्दा उपयुक्त पाउन सक्छ र अपनाउन पनि सक्छ र त्यो साधारण देखिन्छ | तर प्रचार (या अन्य कुनै प्रलोभन) बाट परिवर्तित हुनेहरूले सारा सांस्कृतिक सम्बन्ध त्याग्नु पर्ने या तिनलाई घृणा गर्नु पर्ने जुन स्थिति देखिन्छ नव प्रवेशीहरूमा, त्यसले समस्या बाहेक केही निम्त्याउदैन पछि गएर |

        Reply
      2. सन्तोश संकल्प 'पान्थरे' says:
        April 9, 2013 at 12:15 am

        देवेन्द्रजी

        तपाईको प्रश्न को उत्तर
        १, मलाई जहाँ सम्म लग्छ हिन्दु धर्म शास्त्रले अरु धर्मप्रति केहि बोलेको जस्तो लाग्दैन.\
        उत्तर: कुरा ठिक गर्नु भो। हिन्दु धर्म ले मात्रै होईन जुनसुकैको धर्मशास्त्रहरुले अरु धर्मप्रति कहिले पनि नराम्रो भनेको छैन। सबै धर्मको धर्मशास्त्रमा अरुको चित्त नदुखाउनु, अरुको भावनामा माथि चोट नपुर्याउनु। अरुको धर्मलाई पनि सम्मान गर्नु जान्नुपर्छ भनेर धर्मशास्तरहरुले भनेको छ। तर यहा धर्मको नाम ढोंगीहरुले आफ्नो धर्म मात्रै राम्रो अरुको धर्म नराम्रो भनेर प्रचारप्रसार गरिरहेको छ। पण्डित भनाउदा धर्मका अनुयायीहरुले चाही यस्ता अरुको धर्म प्रति अफवाह फैलाउने, वितृष्ण र घृणा जगाउने कुराहरुको प्रचार प्रसार गरिरहेको छन जुन कार्य जुनसुकै धर्मको मर्म र आचारसंहिता विपरीत हो।

        २, क्रिस्टियन को धर्म सस्त्रले नै हिन्दु धर्म क देवी देवताहरु शैतान हुन् भान्छा र हाम्रो मन्दिर हरुलाई सैतान बस्ने घर भान्छा

        उतर: क्रिश्चियन को कुन धर्मशास्त्रले भनेको थियो केही जानकारी पाउन सकिन्छ की?? कुन बाईबल को कुन श्लोकमा यस्तो उल्लेख छ। तपाईलाई थाहा छ भने यहा लिंक अथवा श्लोक संख्या उपलब्ध गराउनु भए आभारी हुने छौ। यो व्यक्तिको अभिव्यक्तिहरु हुन सक्छ तर बाईबल अथवा धर्मशास्त्रमा उल्लेख गरेको छैन।

        ३, जहासम्म रह्यो डलरमा धर्म परिवोर्तन भन्ने कुरा . यो कुरा चै साचो हो.

        उतर: अहिले विश्वमा बुद्द धर्म मान्ने मानिस दिन गुणा चौ गुणा रात बढिरहेको छ। अब के भन्नुहुन्छ यसलाई। के बुद्दिष्टहरुले ति खैरै अथवा बिदेशीहरुलाई डलर को सट्टा नेपाली रुँपैया ख्वाएर तिनीहरुले क्रिश्चियन अथवा कुनै धर्मबाट बुद्दिष्ट भएको हुन त?????? कति खैरैहरु क्रिश्चियन छोडेर हिन्दु भएका छन, के ति खैरे भारु खाएर हिन्दू भएको हुन त????

        ४, नेपाल धर्म निरपेक्षे भए पछि येति मान्छेलाई धर्म परिव्रोतन गरिएको छ यो कहाली लाग्दो छ. अरु त अरु भंखर भर्खर क्रिस्टियन बन्ने ढोंगी हरुले दशैँ तिहार जस्ता चाडपर्ब मा रातो टिका लगाउन पनि नमानेको देख्दा अचम्म लग्छ.
        उतर: के नेपालीहरुले धर्म परिवर्तन गर्नु नहुने हो??? के नेपालीहरु चाही आम मानव जाति होईन??? के नेपालीहरुले आफ्नो ईच्छा अनुसार आफ्नो मन र जिवन रोज्न पाउदैन??? के रातो टिका लगाउनेहरु मात्रै नेपाली हो?? किन रातो टिका लगाउने भारतियहरु नेपाली भएनन??? नेपालमा हिन्दु धर्म मान्नेहरुले मात्रै रातो टिका लगाउछन। तर अरु धर्म मान्ने जस्तो की बु्द्द धर्म, किराँत, मुसलमान, क्रिश्चियन हरुले कदापि रातो टिका लगाउदैनन्। के ति धर्म मान्नेहरु नेपालीहरु होईनन्??? के तिनीहरु पनि डलर खाएर हिन्दु धर्म छोडेको हो???

        ५, साथीहरु चित्त नाधुकौनु होला नेपाल बिग्रिएको मुखे कारण यो हो कि नेपाली हरु आफ्नो फाइदा हुन्न्चा भने धर्म, रस्त्रियेता र नागरिकता पास्स्पोर्ट बेच्न पनि पछि पर्दैनन्.
        उतर: ठिक भन्नु भो नेपाल बिग्रेकै हो किनकी नेपाल एक धर्म, एक भाषा र एक संस्कृति जस्ता कठोर नियमको चरम शोषणमा परेर नेपाल बिग्रेकै हो। भाषा, धर्म र संस्कृतिलाई एकिकरण गरेर नेपाली मानिसहरुको भावना एकिकरण गर्न सकिन्दैन। मानिसको भावनालाई एकिकरण गर्न सक्यो भने मात्रै सिंङो देश भावानात्मक र भौगोलिकरुपले एकिकरण हुन सक्छ। अहिले नेपाल जुन प्रदेशको कुरा आएको छ सबै यी पहिलेको राजाराणाहरुको जबरजस्तीको हुकुमीप्रमाङी नियमले गर्दा आज देश यो स्थितिमा आईपुगेको हो।

        पहिलेदेखिनै सबै भाषा, भेष, संस्कृति र धर्मलाई समान तवरले बिभेद नगरी सबैलाई मान्दै आएको भए अहिले यो देश यस्तो जटिल अवस्थामा आउने थिएन।

        “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

        Reply
        1. Ghanashyam says:
          April 11, 2013 at 10:00 am

          आनी सनिबार सनिबार घर घरै निच्च परेर च्रिस्तियन धर्मको प्रचार गर्न आउने को बारेमा चै के विचार छ नि तपाई को? आहिले त यो नेत्वोर्किंग business जस्तै भैसकेओ| अमेरिका र युरोप बलियेओ हुने खेल हो यो अरब भन्दा| अरु की हैन|

          Reply
  48. शशांक लामा, न्युयोर्क says:
    April 7, 2013 at 9:42 pm

    मेरा एकजना मित्र हुनुहुन्छ -उहाँको थरै पण्डित हो | हरि पण्डित,लुजास्त, नामै भन्दिन्छु | हाम्रा हरिजिले टुप्पी राख्नुपर्छ कि पर्दैन ? लु भन्दिनु पर्यो !

    Reply
    1. mahesh says:
      April 7, 2013 at 10:01 pm

      शासंक जी
      तपाई को साथि को पण्डित थर हो भने यहाँ आचार संहिता लागु गरिने भने पेसागत रुप मा पण्डित काम गर्ने लाइ इंगित गरिएको हो जस्तो लाग्दछ.

      Reply
    2. Ram Raj says:
      April 7, 2013 at 11:21 pm

      शासंक जी,

      तपाई को मित्र प्रतिको लगाब र चासो निकै सराहनीय छ | थर पण्डित र पेशा/पद पण्डित अलग कुरा हुन् | माथि उल्लेख गरिएको पेशा पण्डित हुने हरु को हो |

      Reply
    3. kailash chuwan says:
      April 8, 2013 at 1:04 am

      थर पण्डित हुने बितिकै बाल भयो र ??

      पण्डित थर हुने बितिकै पण्डित गर्छ भन्ने पनि त हैन

      Reply
    4. Bikalpa says:
      April 8, 2013 at 3:51 am

      अब काम परे वा बिगारे एन्टेनामा समाउन सजिलो हुने भयो|
      उसो भए ढोल बजाएर धोति लाएर लामो टुप्पी राख्ने श्वेत बर्णका हरे राम हरे कृष्णवाला अध्येताहरुलाई पनि पशुपतिमा प्रवेश गर्न दिन पर्ने भयो हैन?
      यी पण्डित हरुले बुद्धि पुर्याएको भए छुवाछुत निर्मुल गरिन पर्छ भनेर पनि कदम हरु चाल्न पर्ने थियो, किन त्यो सद्बुद्धि आएन?

      Reply
  49. Jenish says:
    April 7, 2013 at 9:16 pm

    हसाउछ यार! नेपाल मा मान्छेहरुलाइ के के को tesnsion बाहुन बजे हरु आफनो टुप्पी को TENSION.
    Grow up get a life!

    Reply
  50. binata says:
    April 7, 2013 at 9:14 pm

    मान्छे ले आफु लाई सस्कार सिकाउनु धेरै राम्रो हो, राम्रो सग पालना भयो भने त अति सुन्दर, हामी मा आचर समिता बनाउने को दुख छैन, तर पालना गर्नी को दुख छ

    Reply
  51. Aakar Bhushan Nepali says:
    April 7, 2013 at 8:52 pm

    सबै जना आ- आफ्नो पुरानो संस्कृति (उहाँहरुको शब्दमा native , original ,) बचाउने भन्दै ओडारतिर लाग्न शुरु गरे पछि हाम्रा पण्डितजी हरु पनि के कम ! दिउँसो दिउँसो टुपी ठडाएर, खराउ लगाएर, चन्दन घसेर, पोकोमा पोस्तक(पुस्तक) च्यापी हातमा मोबाइल र आईप्याड बोकेका remix र hybrid पण्डितहरु देखिने भए त देशै भरि अब !

    Reply
  52. BIBEK SHARMA says:
    April 7, 2013 at 8:35 pm

    हरेक क्षेत्रमा आचार र अनुशासनको कमि हुदै गैरहेको बेलामा यो क्षेत्र जसले समाजमा असल आचारविचार मार्गदर्शन गर्छ पनि अछुत रहन नसकेकै भन्ने सुन्न मा आउदा सभ्य समाजको कडी- अनुशासन को गिर्दो स्थितिले अझ कति बिकृति ल्याउने हो भन्ने पिर सबैले लिएर आ-आफ्नो क्षेत्र मा अनुसाशन कायम गर्न सके सबैको लागि राम्रो हुने थियोकि ?

    Reply
  53. rakesh says:
    April 7, 2013 at 8:28 pm

    आप्पई अब त टुप्पी बाजेहरुलाई त गाह्रो पर्ला जस्तो छ है .
    हेहेह्हेह
    राकेश

    Reply
  54. Surendra Chaudhary(CRS) says:
    April 7, 2013 at 8:10 pm

    माइसंसारज्यु, धर्मप्रति किन यस्तो हल्कापन? जनै, टुप्पी, कर्मकाण्डको महत्व कसैलाई थाहा नहुनुको मतलब उसलाई यसको उपहास गर्ने अधिकार छ भने हैन. सम्मानित पण्डितलाइ हास्यपात्रको रुपमा प्रस्तुत गर्ने, कसैका पादरी, मुल्लाका बारेमा केहि बोल्नुअघि हजारपल्ट सोच्ने तर आफ्नै बाउ-बाजे, आमा-बजैले मानिआएका पुरोहित, लामा, झाँक्रीलाई सधै ठग, छट्टुका रुपमा प्रस्तुत गर्ने मानसिक दरिद्रपनबाट सबै सतर्क हुन जरुरि छ, त्यो एउटा मनोरोग नै हो, आफु र आफ्ना सबै कुरा तुछ्छा लाग्ने, अरुका ढुङ्गा पनि सुन सम्झिने यो पागलपनबाट हामि मुक्त हुन नसकेसम्म हामी सधै हात थापेर नै बांचिरहनेछौँ .

    Reply
  55. बेखालाल नेपाल says:
    April 7, 2013 at 8:01 pm

    घुस खाने र घुस दिने मात्री सचिब तथा ब्यापारीको मा कर्मकाण्ड नगर्ने गरि मन्त्र शक्तिको दुरुपयोग नगर्ने भन्ने बुदा कहिँ देखेन त!

    Reply
  56. Shanker says:
    April 7, 2013 at 7:49 pm

    बल्ल राम्रो कार्य को थालनी हुनलागे को मा खुसि लग्यो अझ परि मार्जन हुदै जावोस. जदौ जदौ …..

    Reply
  57. Abhinav says:
    April 7, 2013 at 7:29 pm

    पण्डित बन्ने Minimum क्राइटेरिया तोकेका रहेनछन शास्त्री ( बेचलर ) आचार्य ( मास्टर्स )
    अथवा के ?
    गृह कार्य नगरिकन हतार हतार मा पण्डित जी हरुले १६ श्राध मा धेरै श्राध भेट्टाउन खोजे जस्तो लाग्यो
    पण्डित जी आए टपरी खेल्याए जस्तो आचार संहिता बनाएछन

    Reply
  58. Chandra says:
    April 7, 2013 at 7:14 pm

    जसो जसो बाहुन उसो उसो स्वाहा…………!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme