Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो वर्ष पनि खप्पर योग, नसोचेको घटना हुन्छ रे

Posted on April 17, 2013April 18, 2013 by mysansar

हाम्रा ज्योतिषहरुले वैशाख–जेठ–असार महिनामा चतुर्ग्रही तथा पञ्चग्रही योग बन्नाले अनिष्टकारी खप्परयोग परेको बताएका छन्। नेपाल भारत आदि दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना हुनसक्ने सङ्केत देखिन्छ रे।

डराउनु भयो कि के हो ? नडराउनुस् ! हुने कुरा भइहाल्छ। गत वर्ष पनि यस्तै खप्परयोग परेको थियो। पोहोरको ब्लगमा पढ्नुभएको होला ज्योतिषहरुले खप्परयोगकै कारण संविधान नबनेकोसमेत भन्न भ्याएका थिए। पोहोर त जसोतसो कटायौँ हामीले भने यो वर्ष पनि कटिहाल्छ नि। अलि सकारात्मक सोच राखौँ न- पोहोर संविधान सभा भंग हुनुअघिसम्म कस्तो उथलपुथल होला जस्तो भएको थियो। तर जेठ १४ मा संविधान सभा भंग भएपछि केही पनि भएन- शान्त! यो वर्ष पनि त्यस्तो खासै के नै होला र ! भए पनि सहौँला, बसौँला। अरु उपाय के छ र !

आज सरकारी समाचार एजेन्सी राससले नेपाल पञ्चांङ्ग निर्णायक समिति तथा राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई,संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला, नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ज्योतिष सूर्यप्रसाद ढुङ्गेललाई उद्‌धृत गर्दै दिएको समाचार अनुसार यो वर्ष
जगत् लग्न कुण्डलीमा सूर्य शनिको मध्य समसप्तक योग वैशाख सङ्क्रान्तिका दिन मेष राशिमा सूर्य–शुक्र–केतुको युती आदि कारणले नेपाल, भारत आदि देशहरूमा राजनीतिक, सामाजिक एवम् आर्थिक स्थितिमा परिवर्तन हुने योग रहेको देखिन्छ रे।

नेपालमा अब के नै पो राजनीतिक परिवर्तन हुन बाँकी छ र! हेरौँ न।

नेपालका मात्र नभई भारतीय ज्योतिषहरु पनि यस्तै भविष्यवाणी गर्छन्। शास्त्रीय मान्यता अनुसार ‘पराभव’ नामको संवतसर यो वर्ष सुरु हुन्छ रे। ११ अप्रिल २०१३ देखि ३० मार्च २०१४ सम्म कूल ३५४ दिन पराभव रहन्छ रे।

शास्त्रका अनुसार ‘पराभव’ मा राजाहरु (वर्तमान परिप्रेक्ष्यमा शासक, विभिन्न राजनैतिक दल) मा शत्रुता और शक्तिपरीक्षणको स्थिति विकट हुन्छ। सरकार कमजोर हुन्छ, कल्याणकारी कार्य कमजोर हुन्छन्। मौसमको प्रतिकूलताले उत्पादन कम हुन्छ। जनतामा अज्ञात रोगहरुको प्रकोप फैलन सक्छ।
राजनैतिक अस्थिरता बढ़्छ। भीषण अग्निकाण्ड (अग्निकाण्ड, युद्धजन्य और आतंकवादी विस्फोटबाट सर्वसाधारण भयभीत, पीडित हुनेछन्।

भारतीय ज्योतिष पनि यस वर्ष अमेरिका, अफगानिस्तान, नेपाल, कोरिया, जर्मनी, अस्ट्रिया, पाकिस्तान, इण्डोनेशिया, चीनसहित मध्य-एशियाका देशहरुमा राजनैतिक उपद्रव, आर्थिक संकट तथा अज्ञात रोगहरुका साथै आतंकवादी घटनाहरुमा वृद्धि हुने आशंका गर्छन्। विनाशकारी भूकम्पको संभावना छ रे। देशवासीको धैर्य र विवेकको परीक्षा लिनेछ रे पराभवले।

भनेर के गर्नु त, आकाश खस्छ भनेर आत्तिएर कामै नगर्न भएन, भूकम्प आउँछ भनेर बाहिरै ननिस्कन भएन। आफ्नो काम गर्नै पर्‍यो, केही भइहाले नआत्तिएर सतर्क हुने न हो। फेरि सबै भविष्यवाणी मिल्छ भन्ने छैन।

अब अलि राम्रो कुरा पनि सुनौँ न –
यस वर्ष धर्म परायण समाज यज्ञ, होम, धर्म प्रचार जस्ता शुभ कार्यमा प्रवृत्त हुने, धार्मिक एवम् सांस्कृतिक समागम हुने योग परेको छ। धान्येश चन्द्र, रमेश गुरु, फलेश शुक्र भएकाले नयाँ वर्षमा सुख वृद्धि हुनेछ। साधु सन्त, द्विजवर्गले सत्कार पाउने नेपाल पञ्चांङ्ग निर्णायक समिति तथा राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए। यस वर्ष शरदीय नवरात्रिमा विश्वघर्स पक्ष पर्न गएको छ। यस्तो घटना यस अघि २३२ वर्षमा परेको र यसपछि १५६ वर्षपछि मात्र पर्न जाने संहिताशास्त्री बास्तोला बताउँछन्।

मङ्सिर–पुस–माघ महिनामा मुलुकमा सुधारात्मक प्रक्रिया अघि बढ्नाले आर्थिक स्थितिमा सुधार हुने संभावना रहेको छ। शासकवर्गको धर्मप्रति रुची बढ्ने, चतुर्थ भावमा उच्च चन्द्र र गुरुको योगले पशु व्यवसाय, वैदेशिक व्यापार र पर्यटन उद्योग फस्टाउने तथा वर्षको उत्तरार्धमा मुलुकमा शान्ति स्थापना हुने योग परेको छ।

22 thoughts on “यो वर्ष पनि खप्पर योग, नसोचेको घटना हुन्छ रे”

  1. Rabi, London says:
    April 19, 2013 at 11:31 pm

    कहिँ नभाको जात्रा हादीगाउमा भनेको येही हो /

    Reply
  2. pratik says:
    April 19, 2013 at 11:24 pm

    लाखे हौ!! सोचेको कुरा त कैले पो भाको छ र गाठे!!

    Reply
  3. उपासक उदास says:
    April 19, 2013 at 2:09 pm

    फलफुल भन्दै फुलको अम्लेट रुचाउने ज्यो. फलित ;
    गुनगुन गर्दै भमरा जस्तो ग्राहक तान्ने ज्यो. गणित :
    यिनीहरु बिचमा छैनन् मेल , बुन्दछ झेल अनेक !
    यदि सत्यकै पक्षमा हो भने , बोलोस् बोली एक !!

    Reply
  4. बेखालाल नेपाल says:
    April 18, 2013 at 9:07 pm

    पोहर सालको खप्पर योगमा एक दुइ नेताले थप्पड भेटेको थियो! यो वर्ष क-कसको गाला थप्पड बज्रने हो त्यो पनि ज्योतिषहरुले भनेको छन् कि ?

    Reply
  5. Nabin Adhikari says:
    April 18, 2013 at 8:55 pm

    नालायक नेताहरु ले सासन गरेका छन् यो देस मा यो भन्दा ठुलो खाप्पर योग के होला र अरु ? 🙂

    Reply
  6. Pankaj says:
    April 18, 2013 at 5:21 pm

    यति सारो खेदो चै गरि हाल्नु हुन्न है / जोतिषी पनि एक प्रकार को प्राचिन बिज्ञान नै हो / हाम्रा ज्योतिषी हरुले सयौ वर्ष देखि बनाउदै आएको पात्रो मा चन्द्र ग्रहण, सुर्य ग्रहण केहि फरक भयको छ? न टेलिस्कोप चलाएका थीए न त भू उपग्रह नै / It’s a pure mathematics !

    Reply
  7. सुरेन्द्र सुबेदी हंगकंग says:
    April 18, 2013 at 4:47 pm

    खप्पर योग परो भने के नै पो हुने हो र?त्यही जाबो न बन्ने संबिधान लाई असर पर्ला नि, नेता लाई पर्ने होइन /जति हण्डर र दुख हुनु सम्म जनता लाई नभएको कहाँ हो र? सकिन्छ भने ज्योतिसे बा हरु ले नेता को भबिस्य हेरे हुन्छ अब /

    Reply
  8. Pradumna says:
    April 18, 2013 at 4:14 pm

    ९० सालको भुकम्प , कोत पर्ब , भण्डारखाल पर्ब, भीमसेन थापाको आफ्नै आँखा अगाडी सेरिएर मरेको घटना ,दरबार हत्याकाण्ड , जनयुद्ध जस्ता घटना देखेका हामीलाई यो खप्पर योग ले खासै छोला जस्तो लागेन

    Reply
  9. pradeep says:
    April 18, 2013 at 4:05 pm

    झिंगा ले सरापेर दिङ्गा मर्दैनरे , फेरी नेताहरु लाई जति सराप्यो उनीहरुकै फलिफाप भयको देखिन्छ बरु सराप्ने जनता र नेपाल आमा को अधोगति भईरहेको छ ! त्यसैले नेताहरु लाई सराप्ने को सट्टाआसिर्बाद तथा सुभकामना दिनु बेस होला ! कतै बुद्धि फिर्छ र देस र जनता को भलो हुने काम गर्छन कि

    Reply
  10. bibek dhakal says:
    April 18, 2013 at 1:58 pm

    तेस्का बाजेको खप्पर , हैन राम्रो हुन्छ भनेर त भाविस्यवानी कहिले गर्दैनन् बा! खाली अनिस्ट, अनिकाल, दुर्घटना, अशान्ति …..

    Reply
  11. Raju Rana - Mahendra says:
    April 18, 2013 at 1:53 pm

    अरु केहि होइन अहिले का सबै बुढो नेता हरु को तालु मज्जाले फोरिन पर्छ.
    यो योग अलि चाडो आउने पर्ने हाम्रो नेपाल मा – कमसेकम अहिले सम्म त केहि राहत पाइएन्थो कि ??–जे भय पनि साच्ची नै खापर योग ले हाम्रा भ्रस्ट नेताहरुको खप्पर मज्जाले फ़ोरिओस —

    Reply
  12. resham says:
    April 18, 2013 at 10:56 am

    यो खाप्पर्लाई के को दोष ? दोषी त बेकामे नेताहरु हुन्/ जसले देश र जनताको भबिष्य लाई खेलबाड गर्छन/ जब सम्म नेताहरुको खप्पर भित्र बुद्धि र बिबेक घुस्दैन तबसम्म भिविन्ना अनिस्ट र नसोचेको कुराहरु देशमा भैरहनछन /

    Reply
  13. Prakash says:
    April 18, 2013 at 9:57 am

    फूलको आँखामा फूलै संसार, कांडाको आँखामा काँदै संसार …..
    के को खप्पर योग हुनु ?

    Reply
  14. Karbir Thapa says:
    April 18, 2013 at 9:36 am

    अरु त केहि होइन, कता कता नेपालमा ठुलो भुकुम्प आउला जस्तो लाग्छ | धेरै वर्ष भयो नेपालमा ठुलो भुकुम्प नगएको | नेपाल युरेसिया र इन्डियन टेकटोनिक पलेट्माको साँधमा बसेको छ | हाम्रो जमिनमुनि पर्त्येक सेकेन्ड भुकुम्पिय दबाब जम्मा हुँदैछ/बढ्दैछ | जति ढिलो भयो त्यति नै खतरनाक बन्दैछ स्थिति | कंक्रिट ले बनेका असुरछित घरहरु, साँघुरो सडक, एउटा मात्र थोत्रो विमानस्थल, राजधानी जोड्ने एउटा मात्र सडक, राजनैतिक अस्थिरता र उदासिन सरकार,……………..सोच्दै डरलाग्दो छ स्थिति……………….अरु यी भतुवा, आउटडेटेड, चोर नेताहरुको अरु के कुरा गर्नु र खै !!!! भोट माग्न आउनेलाई खोलेर देखाउन तयार छु……

    Reply
  15. Ram Babu Shrestha says:
    April 18, 2013 at 7:40 am

    नेताहरुको खप्पर फुटेको हेर्ने रहर कसलाई नहोला तर के गर्ने खप्पर फुट्ने बेलामा उही सोझा जनता कै फुट्छ ।

    Reply
  16. radheshyam thapa says:
    April 18, 2013 at 7:30 am

    आ सिदै चुनाब हुन्दैन भने भाइहल्योनि किन त्यो खप्पर सप्पर भनिराख्या/

    Reply
  17. Suraj Shrestha says:
    April 18, 2013 at 6:52 am

    खै जति खप्पर योग परेपनि नेपालका नेताहरुको खप्पर म ठिक ठाक देक्दछु

    नेपालका नेताहरुको खप्पर फुटाउने योग हेर्न धेरै जसो नेपालीहरु कुरेर बसेका छन्
    हेरौं २०७० ले के गर्दो रहेछ यी नेताहरुलाई ?

    नेताहरु बाहेक सबै नेपालीहरुमा “नयाँ बर्ष २०७० को शुभकामना”

    सुरज श्रेष्ठ

    Reply
  18. harikrishna says:
    April 18, 2013 at 2:21 am

    खाप्परै योग परेछ गाँठे ……यी नेताहरु को खप्पर चिरा परेनी हुने नि यो खप्पर योगमा ……येही खप्पर योग मा भ्रस्टचारी लाई किरा पर्ने छ, आफ्नो उत्तरदाइत्व पुरा नगर्ने नेता हरुको टाउको चिरा पर्ने छ नेपाली जनताको रगत मा होलि खेल्ने र पसिना मा पौडी खेल्ने सम्पूर्ण नेताहरुको सर्बनाश हुने छ ……पिण्ड खाने उमेरका सबै पितृ नेतृत्व को मिर्त्यु भै नेपाल नगरी बिकाश को बाटो मा आगाडी बढ्ने छ …….नेपाल धर्म शभा

    Reply
  19. dharmendra says:
    April 18, 2013 at 12:45 am

    भबिष्य कसैलाई थाहा हुदैन यो सत्य हो:/ माथि लेखिए जस्तै यो बर्ष अनिस्ट छ भनेर कोहि पनि घरभित्र बसी राख्दैन र सबै अ आफ्नो काम कर्ममा निस्कनछन नै ,,,अब आयो खप्पर योगको कुरा, म जोतिशी त होइन तर पनि म एउटा भबिष्य बाणी गर्न चाहन्छु ;;;;;;
    जब सम्म देशले खप्पर भित्र गुदी भाको नेता पाउदैन (हाल जस्तै ) तब सम्म खप्पर योग्नै रहन्छ /

    Reply
  20. P.R Baral(UK) says:
    April 18, 2013 at 12:14 am

    आफ्नै भबिस्य थाहा नहुने ज्योतिसीले के देशको भबिस्य हेर्छन | ज्योतिसीको भर पर्न थालो भने त झन् भाको भाग्य पनि जान्छ |

    Reply
    1. तेन्जिंग गाबा says:
      April 18, 2013 at 8:22 am

      येस्तै हो बराल जी
      कागे लागेर मिल्यो भने मिल्यो मिलेन भने पनि बालै भएन
      अनि त् जे खोके पनि भो नि / म पनि भबिष्यबाणी ठोक्दिन्छु मिले पनि नमिले पनि कसले के लछार्न सक्छ लू जा त्

      १. अषार भित्रमा चुनाब हुन्छ
      २. श्रावण भित्रमा संबिधान बन्छ
      ३. भदौ भित्रमा देशको बिकाशले गति लिन्छ
      ४. २ बर्ष भित्रमा अपार आर्थिक उन्नती गर्छ
      ५.३ बर्ष भित्रमा Singapore – Switzerland लाई उछिन्छ
      ६. ४ बर्ष भित्रमा संसारकै सबै भन्दा ठुलो अर्थतन्त्र बन्छ
      ७. ५ बर्षभित्रमा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,हुन्छ

      Reply
      1. madan bajracharya says:
        April 19, 2013 at 3:30 am

        तेञ्जिङ्गज्यु/
        तपाईंको भबिस्यबाणीमा अलिकति थप्न मनलाग्यो/

        ०१. अषार महिना भित्र चुनाव हुन्छ; ईनै कपुतहरु हारे पनि जित्ने/
        ०२. श्रावन भित्र संबिधान बन्छ; ई ४ ठुला दलका ५ ठुला नेताहरु महाराजा बन्ने/
        ०३. भदौ भित्रमा देसको बिकाशले गति लिन्छ; उल्टोबाट प्रथममा प्रथम हुने गरि/
        ०४. २ बर्ष भित्र अपार आर्थिक उन्नति हुन्छ; लुते-खोसेको सबै आफ्नै बनाउनेको/
        ०५. ३ बर्ष भित्रमा सिंगापुर- स्विट्जरलैंडलाई उछिन्छ; अँध्यारोमा बाटोमा दोड़नेमा/
        ०६. ४ बर्ष भित्रमा संसारकै सबै भन्दा ठुलो अर्थतन्त्र बन्छ; ईनैको प्रभुको देसको/
        ०७. ५ बर्ष भित्रमा सबै तन्नेरी नेपाली नन रेसिदेंत नेपाली बन्छ/
        ०८. ६ बर्ष भित्र नेपाल अनागरिक बात मतदान हुने देस बन्छ/ यस पछि नेपालको
        सिंहदरवार पनि अर्को पशुपति बन्छ र ई नेताहरु पनि पशुपतिमा नेपाली भट्ट
        जस्तै भुईं-भट्ट बन्छ/

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme