Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिप पर्पलको कन्सर्ट नहुनुको रहस्य खुल्यो, टिकटको पैसा फिर्ता कहिले ?

Posted on April 7, 2013April 7, 2013 by Salokya

deep बेलायती रक ब्यान्ड डिप पर्पलको कन्सर्ट गत चैत २ गते शुक्रबारका दिन हुने भनी कम्ता प्रचार गरिएको थिएन। पत्रपत्रिकामा यसैका कुरा छापिन्थे, सहरमा होर्डिङ बोर्ड, पोस्टर यसैका छाएका थिए। तर कन्सर्ट हुने दुई दिन अघि अचानक कन्सर्ट स्थगित भो भनियो। ५ सयदेखि १० हजार रुपियाँसम्मको टिकट काटेर पर्खिबसेकाहरु हिस्सै परे। किन हुन नसकेको त कन्सर्ट ? आयोजक ओडिसी इन्टरनेसनलका सिइओ सिमान्त गुरुङले मिडियालाई भने- ‘पछिल्ला दिनमा बन्द-हड्ताल भैरहेकाले पनि कार्यक्रम स्थगित हुन पुगेको हो।’

हामीले पनि हो भन्ठान्यौँ। तर उनीहरुले त ढाँटेका पो रहेछन्। कन्सर्ट नहुनुको कारण त अर्कै पो रहेछ। डिप पर्पल आफैले वक्तव्य निकालेपछि पो कन्सर्ट हुन नसक्नुको रहस्य खुल्यो त।

बन्द हड्तालका कारण डिप पर्पल आउन नमानेको भन्ने आयोजकको भनाईलाई खण्डन गरे फ्रन्टम्यान इयान गिलानले। डिप पर्पलले आँधी, हुरी, भूकम्प दङ्गा कुनै पनि कठिनाईलाई सामना गर्दै कन्सर्ट गर्न सक्षम रहेको बताए उनले।

उनका अनुसार कार्यक्रम गर्नका लागि जुन एजेन्सीले उनीहरुको व्यवस्थापनसँग कुरा गरेको थियो, उसले सबै वचन तोडे। अन्तिम समयसम्म पनि उनीहरुले वचन पूरा गरेनन्।

खासमा एजेन्सी दुबईको ट्यालेन्ट ब्रोकरले उनीहरुलाई पैसा दिएका रहेनछन्। खाली पैसा दिन्छु दिन्छु भनेर आश्वासन मात्रै दिएर बसेछन्। सो हुनुअघि नै रकम डिपोजिट गर्न नसकेपछि उनीहरु नेपाल नआएका रहेछन्। तर यहाँ भने आयोजकहरुले बन्दहड्तालका कारण नआएको भनेर ढाँट्दै बसे। अझ वैशाख १३ गते हुने भन्दै ढाँट्दै पनि बसे।

डिप पर्पलको विज्ञप्तिले उनीहरुको ढाँटको खुलासा भइसकेको छ। अब कन्सर्ट हेर्न टिकट किनिसकेकाहरुलाई आयोजकले क्षतिपूर्ति दिन्छ कि त्यसमा पनि कुनै कुराले ढाँटको व्यापार गर्दै बस्छ, हेर्न बाँकी छ।

डिप पर्पलको विज्ञप्तिको अंश-

“Deep Purple are deeply concerned that fans may feel that the band have let them down, and that those who bought tickets may not have been refunded. The band wish to make it abundantly clear they were ready, willing and able to come to Nepal. Nevertheless, in view of Talent Brokers’ failure to comply with its payment obligations under the contract, the band had had no alternative but to withdraw from the performance.”

विज्ञप्तिबारे समाचार यहाँ छ

17 thoughts on “डिप पर्पलको कन्सर्ट नहुनुको रहस्य खुल्यो, टिकटको पैसा फिर्ता कहिले ?”

  1. Sasa says:
    April 11, 2013 at 9:08 am

    लौ ठगि को दुनिया मा एउटा नया समूह को प्रवेश.

    Reply
  2. indra says:
    April 9, 2013 at 6:45 pm

    अरे ! संगीतको नसा लागे पछि के गर्ने त ? पैसा खर्च गर्ने ठाउँ पनि त हुनु पर्यो नि | नसा लागे पछि खर्च गर्ने पर्यो केरे | आफ्नो सुद्ध कमाइ भए पो चिन्ता ,बाउको सम्पत्ति मा के नै फरक पर्छ र ?हुन दिनुस ……….

    Reply
    1. Bibek Dhakal says:
      April 11, 2013 at 11:47 am

      संगीत भनेको- ” सित्तैमा डाउनलोड गर्ने , सित्तैमा मोबाइलमा कपि गर्ने , साथी भाइ संग सी डि मागेर मात्र सुन्ने कुरा हो , पैसा खर्च गर्ने कुरा हैन ” भन्नु भाको हो भने त मेरो भन्नु केहि छैन ! तपाइको मितव्ययी सोचलाई मा कदर गर्छु 🙂
      तर के नेपाल मा संगीत मा पैसा खर्च गर्ने सबैले “बाउ” कै पैसा खर्च गर्दा रहेछन त?

      Reply
  3. pushpa says:
    April 9, 2013 at 4:26 pm

    अब barcelona vs real madrid फूटबल गेम गर्न लाग्दै छु दशरथ रंगशाला मा
    ticket मात्र ५०० र १०००
    सस्तो राम्रो भर-पर्दो
    आजै बुक गरम

    Reply
  4. कोमल, लस एन्जलस says:
    April 9, 2013 at 7:05 am

    पैसा ठगी हुनु नराम्रो कुरा हो तर नेपाली कलाकारको कार्यक्रम भएको भए नाक खुम्च्याउने र बिदेशिको कार्यक्रम भने पछी चै पैसाका बिटा रित्याउने फेसन गर्नीहरुलाई भने खुच्चिङ भन्न मन लागेको छ। पछिल्ला समयमा बिदेशिको कार्यक्रम को बढी लागेको तर नेपाली कलाकार तन्नम हुँदै गएको मा यो कार्यक्रम क्यान्सिल भएको खासै दु:ख लगेन है साथी हो।

    Reply
  5. janak man dangol says:
    April 8, 2013 at 2:27 pm

    पैसो कमाउने गतिलै मुर्गा भेट्टाए ! कसले कारबाही गर्ने ? भाग शान्ति बराबर गरेका होलान त ढुक्कले हिंडेका छन ! कानुन नभाको देसा यस्तै हुन्छ !

    Reply
  6. Sabin Chapagain says:
    April 8, 2013 at 9:05 am

    बिदेशी ब्याण्डलाइ त झूक्क्यायो भने नेपाली ब्याण्डको के गति होला हरे,,

    Reply
  7. samrat~ says:
    April 8, 2013 at 1:45 am

    अब टिकस को पैसा फिर्ता नआएको हरु मिलेर एउटा पार्टी खोल्ने अनि सडक आन्दोलन गर्ने ! काम बाकी छ. न भए बैध्ये बा छदै छ नि . उसको पार्टी मा लागे पछि तोड फोद गरेर पैसा असुली दि हाल्छ नि.

    Reply
  8. najar says:
    April 7, 2013 at 11:23 pm

    अब ticket को पैसा फिर्ता लिन नि नेपाल बन्द गर्ने होकि साथी हो ….

    Reply
  9. resham says:
    April 7, 2013 at 10:37 pm

    लौ यहाँ त टिकट काट्ने साथीहरुलाई त भेडा बनाएर पो राखेको रछ त. / लौ कुन र को चाही समस्याको जड हुन्? तेयो त समयले बताउला अब यो आयोजकले पैसा पचाउने हुन् कि फिर्ता दिने हुन्? प्रोग्राम गर्ने कुरा पनि हावा नै पो बनाएछन् /

    Reply
  10. kisnaji says:
    April 7, 2013 at 10:24 pm

    नेपाल का फटाहा हरु ले लुट्न जानेका छन् …..

    Reply
  11. rajaram giri says:
    April 7, 2013 at 9:10 pm

    ब्रोकेर्हरुको कारणले गर्दा दीप पर्पल ब्याण्ड को इज्जत मा धक्का पुगेको छ …उनीहरु निर्दोस छन् ! दोसी त उनीहरुलाई नेपाल लिएर कन्सर्ट गराउछु भन्ने ब्रोकर हरु हून जसले सर नेपाली हरुलाई उदाश र निराश बनाएका छन्…

    Reply
  12. Amar says:
    April 7, 2013 at 8:38 pm

    पचाए अब टिकटको पैसा..

    Reply
    1. Karbir says:
      April 9, 2013 at 7:59 am

      कसरि पचाए ? के हाम्रो सित्तैमा आएको हो र ? यी ठगहरुलाई कानुनअनुसार ठगि मुद्दामा कारवाही हुन्छ !

      Reply
  13. kedar says:
    April 7, 2013 at 7:38 pm

    ठगेर र ढाटेर मात्रै नेपालमा पैसा कमाउन सकिन्छ भन्ने नेपालि डन, र नेताहरुको करामत हो यो /

    Reply
  14. bibek dhakal says:
    April 7, 2013 at 6:59 pm

    यस्ता चोर हरु छन् , टिकट फिर्ता दिने हो कि हैन….
    चुना लग्यो जस्तो छ ५०० ! 🙁

    Reply
  15. मदनमणि says:
    April 7, 2013 at 6:24 pm

    नेपालमा अनेकन हल्ला चलाउने र त्यसबाटै दाम कमाउनेको राम्रै बिजनेस चलेको छ। त्यसै यो हल्लै हल्लाको देश भन्या हो र ? यताबाट उठाएसी त पैसा दिनु नि। दोब्बर फिर्ता गर्न पर्छ टिकट किन्नेलाई। जाम टिकट किन्नेहरु जिल्ला प्रशासन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme