Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जागिर खान गएकीलाई लुटियो

Posted on April 1, 2013April 2, 2013 by Salokya

पत्रपत्रिकामा ‘आवश्यकता’, ‘चाहियो’ लेखिएका विज्ञापनतिर नजर लगाउने गर्नुभएको छ ? बेरोजगारीले गाँजेको देशमा धेरैले आँखा लगाउने नै भए। तपाईँजस्ताले मात्र हैन, खराब व्यक्तिहरुले पनि यस्तोमा आँखा लगाउने गर्दा रहेछन्। केही अघि काठमाडौँमा यस्तै घटना भएको सुनिएको थियो। अहिले फेरि पोखरामा ठ्याक्कै त्यस्तै घटना भएछ।

पोखराको आदर्श दैनिक पत्रिकामा चैत १७ गते एउटा चाहियो विज्ञापन छापिएको रहेछ। मिडिया हाउस प्रा. लि. लाई दुई जना महिला कर्मचारी चाहियो व्यहोराको। बेरोजगारहरुको आँखा लाग्ने नै भयो।

पोखरा उपमहानगरपालिका–१६ लामाचौर बस्ने २६ वर्षकी सम्झना भण्डारीले पनि त्यो विज्ञापन हेरेकी रहिछिन्। उनले पत्रिकाको विज्ञापनमा लेखिएको नम्बरमा फोन गरिन्।

फोनमा चिल्ला कुरा गरेर उनीहरुले अन्तर्वार्ताका लागि बोलाएछन्। जागिर पाइने भइयो भन्दै उनी बोलाएको ठाउँ महेन्द्रपुलस्थित सन्तोष होटलमा पुगिन्। जागिर त के खाएर पाउनु, उनको स्वागत त छुरा बोकेकाहरुले पो गरिरहेका रहेछन्।

छुरा तेर्स्याएपछि धम्क्याएर उनीहरुले सम्झनाले लगाइरहेको दुई तोला सुनका गहना लुटेछन्। दुई तोला अर्थात् एक लाखभन्दा महँगो गहना !

गहना मात्र हैन, उनीहरुले सम्झनाले चढीआएको ग.५ प ८२६० नम्बरको स्कुटरसमेत लुटे। उनले यसबारे प्रहरीलाई उजुरी गरेपछि खटिएको प्रहरीले स्कुटर चाहिँ अमरसिंह चौरमा फेला पार्‍यो। मान्छे भने कता हो कता बेपत्ता। पुलिसले खोज्याखोज्यै छ।

केही अघि मात्रै पनि ‘पोखरा र चितवनमा लेडिज मोडल चाहियो,’ ‘अफिसमा लेडिज रिसेप्सनिस्ट र क्यासियर चाहियो,’ भन्दै राष्ट्रिय दैनिक पत्रपत्रिकामा मोबाइल नम्बरसहितको विज्ञापन छापी महिलालाई झुक्याएर बोलाई यौन दुव्र्यवहार र लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको थियो। ती थिए दैलेखका थुमबहादुर चन्द। कान्तिपुरमा उतिबेला छापिएको समाचार अनुसार काठमाडौँमा एक महिला जागिर पाउने आसमा एक्लै त्यहाँ पुगेकी थिइन्। चन्दले कलंकीको लुम्बिनी गेस्टहाउसमा बोलाएर अफिस माथिल्लो तलामा छ भन्दै लिएर गएका थिए। होटलको कोठामा पुगेपछि ढोका बन्द गरेर दुव्र्यवहारको प्रयास गरेका थिए। युवती कराउन थालेपछि जुत्ताको मोजा भित्रबाट चक्कु निकालेर आफू गुण्डा भएको बताउँदै कराएमा ज्यान मार्ने धम्की दिएका थिए । जबरजस्ती गरेपछि युवतीसँग भएका सुनका गरगहना, मोबाइल फोन सबै लुटेर बाथरुमभित्र थुनेर भागेछ। चन्दले युवतीसँग भएको एक तोलाको सुनको सिक्री, आधा तोलाको कानमा लगाउने रिङ, नगद २ हजार र मोबाइल फोन लगेको थियो। उनले पोखराको महेन्द्रपुलस्थित एक कार्यालयलाई महिला कर्मचारी चाहिएको र ७ हजार रुपैयाँ तलब दिने भन्दै विज्ञापन छापेर मोबाइल नम्बर दिएका थिए। त्यो नम्बरमा सम्पर्क गरेर जागिर खान गएकी कास्की छारेपाटनकी एक युवतीलाई पृथ्वीचोकमा बोलाएर बसपार्कको एक होटलमा लगि यौन दुव्र्यवहार गर्दै गरगहनाहरू लुटेर भागेका थिए।

फेरि पनि यस्तै घटना देखिएकोले सतर्क हुन जरुरी देखिएको छ।

साथमा यस्ता अपत्यारिला ५० हजार रुपियाँ तलब दिने भन्दै सहर भरी पर्चा टाँस्नेहरुको पनि अनुगमन गर्न जरुरी छ। कति ठगिएकाहरुले उजुरी गर्न नआउने भएकोले थाहै नभइराखेको हुनसक्छ।

50,000 Talab dinchhu bhanne thugharu bata sabadhan ! twitpic.com/cccarc

— salokya (@salokya) March 18, 2013


45 thoughts on “जागिर खान गएकीलाई लुटियो”

  1. ganga b gurung says:
    July 29, 2013 at 11:12 am

    a१/ कुनै सस्थाको कर्मचारी नियुक्ति को लागि बिज्ञापन छाप्न पर्दा
    aa क/ नागरिक को फोटो कपि
    ख/ सस्था दर्ता सटिफिकेट को फोटोकपी
    ग/ पेन नमर

    २/ घरायसी काम गर्न को लागि बिज्ञापन दिदा पनि
    क /नागरिक को फोटो कापी
    ख/ घर भए लाला पुञ्ज को फोटो कापी
    ग/ नभए मा घर बेटी को चिठी

    ३/एस्त बिज्ञापन बाहिर आउदा पुलिसले पनि एक दुइ ठाउमा फोन गरि सत्य झुठा बुज्दा

    ४/ एस्त प्रमाणहरु को आदर्मा मात्र बिज्ञापन छाप्न पाइने नियम राखे कमहुने थियोकि

    Reply
  2. nisan gurung says:
    April 9, 2013 at 6:40 pm

    नेपाल मा के के हुन बाकी छ अब …चोरी गर्न पनि पत्रिका मा बिज्ञापन दिएर ..हासो लाग्ने …तेस्तो मान्छे लाई बीच बाटोमा ल्याएर गोलि ठोक्नु पर्छ अनि बल्ल पछि कसै को आट audaina तेस्तो गर्न लाई.,.पुलिस को भर पर्न पनि गारो छ नेपाल मा तेसैले अब गाउँ सहर टोल का सम्पूर्ण मानिस हरु एक जुट हुनु जरुरि छ ……बेरोजगार युवा हरु ले तेस्तो मान्छे को नाम निसान मेटाउनु पर्छ ……कानुन मान्छे को लागि हो ….पुलिस आउला केहि गर्ला भनेर बस्ने दिन गए जहाँ गलत देखिन्छा तेही नै सजाए दिएर तेस्ता समाज का कुकुर हरु लाई सिध्याउनु पर्छ …..सफा नेपाल शान्त नेपाल ….सुन्दर नेपाल को लागि ……

    Reply
  3. Gita Adhikari says:
    April 9, 2013 at 4:44 pm

    कानुन
    ले
    दण्ड
    नदिय
    पछि
    के
    लाग्दो रहेछ

    Reply
  4. pushkar says:
    April 4, 2013 at 8:04 pm

    के गर्नु यो सबै भोकमरी र वेरोजगारको पराकाष्ट नमूना हो । आखिर कुन मानिसलाई गास वास, कपासबाट बन्चिन हुन मन लाग्छ । आखिर यो देशमा कहिले आर्थिक विकास नहुने भयो, सधै राजनीतिको वरिपरि देश घुम्ने भयो । देशलाई राजनीतिले सखाप पार्ने भयो । अनि किन नहोस यस्ता घटना । न यहा नियम कानून छ, न आर्थिक प्रगति, अनि युवाहरु सधैजसो हजारौको संख्यामा हानिरहेका छन । अनि बांकी रहेका पनि छटपटिको आगोमा जलेर यस्ता घटनातिर हिडिरहेछन् ।

    Reply
  5. ujjwal says:
    April 4, 2013 at 3:20 pm

    एस्तो advertisement news त पुलिस ले पनि पड्यो होला त पहिले नै …………….किन पुलिस पुग्न सकेन त्यहाँ चाहेको भए पहिले नै समात्न सकिन्थियो !

    Reply
  6. PPTamu says:
    April 4, 2013 at 2:52 pm

    कंगाल ले बनेको चन्दल, तेसैले जागिर पाइने भयो भन्दैमा होटेल मा ? अनि मख्ख पर्दै स्कुटर र गहन अनि पैसा को साथ मा ? त्यो प्रेस ले फोटो कोपि र उसको बिओदत छेक नगरी कन छाप्ने लै कडा भन्दा कडा सजाय हुनुइ पर्छ! dhanyabad.

    Reply
  7. Janak b Thapa says:
    April 4, 2013 at 3:19 am

    एस मा पहिलो दोस पत्रिकाको छ किन भने बिज्ञापन दिने सस्था या ब्यगती सम्बदित निकायमा दर्ता भयको छ या छैन उसको सम्पुण कागज छ छैन फोटो कापी लियर मात्र बिज्ञापन छाप्न पर्चा होइन नकली छ भने छाप्न हुदैन थियो एसको पहिलो कारबाई पत्रिका लै हुनु पर्छ र नेपाल सरकार ले पनि छिटो कानुन लियर समाज मा चोर र दलाल को राज बाट मुक्ति दिनु पर्छ

    Reply
  8. puran grg says:
    April 2, 2013 at 8:45 pm

    नेपाल मा येही त छ रक्छेक नै भक्छेक छन् , चुल्ठे मुन्द्रे सबै उही बारी का मूला हुन् ,
    गुन्डा जति नेताले पाल्छन , नियम कानुन गरिब जनता लाई मात्र लागू हुने हो ,पहुच भयका लाई के नियम कानुन , एउटा महिला बलात्कृत भयो भने पुलिश ले उजुरी लिन मान्दैन , यो भयन त्यो भयन भन्छ , हरे सिब यो देसमा के गरि बाच्ने ,बेरोजगार ले युवा शक्ति खाडी मुलुक भासिनु परेको छ . महिला को त कुरै नगरौ पराई भूमिमा आफ्नै नेपाली दाजु भाई बाटै लुटिन छन् , अब न्याया खोज्न कहाँ जाने?

    Reply
  9. Samar B. says:
    April 2, 2013 at 8:18 pm

    नेपाली मेडियाले सम्बन्धीत व्यक्ति आँफै उपस्थित भई नागरिकताको फोटोकपी लिएर मात्र बिज्ञापन प्रकाशन गरे अपराधी पत्ता लगाउन सजिलो हुन्थ्यो|

    Reply
  10. पेम दोर्जे तामांग says:
    April 2, 2013 at 8:15 pm

    कानुन छ देशमा लागु गर्ने नेता खराब छ अनि कसरि हुन्छा सु सु साशन देशमा नेता नै डाका चोर गुण्ड भएको हुनाले देश बिगीरियो अब यो बटा छुह्त्कारा पाउनु देशमा सच्चा नेता को खाँचो छ |

    Reply
  11. nbindra says:
    April 2, 2013 at 8:06 pm

    हाम्रो देशको हालत देख्दा सारै दुख लाग्छ !राम्रो कानुन छैन !कानुन दरिलो नभयपछी
    तेसो त् जागिर मिल्ने भयो भन्दैमा यकलै जानु हुने थियन !घरको गार्जेंट लाई लैजानु पर्छ
    भन्ने कुरा हाम्रा चेलीहरुले पनि बुझ्नु पर्छ जस्तो लाग्छ मलाई!

    Reply
  12. sujit says:
    April 2, 2013 at 5:50 pm

    पत्रिका को मार्फत कसले सूचना दिएको भनेर पतालागायेरा समात्नु पर्यो.

    Reply
  13. Ram says:
    April 2, 2013 at 5:40 pm

    बिज्ञापन गर्ने हरुले नचिनेको बिग्य्पंद दाता हो भने सो व्यक्तिको नागरिकताको फोटो कपि राखेर मात्र बिज्ञापन दिने व्यवस्था गर्नु पर्यो /

    Reply
  14. सन्त मान श्रेष्ठ says:
    April 2, 2013 at 4:10 pm

    पत्रिका बिज्ञापन छापिएको हुन्छ । त्यो पत्रिकावालाले प्राप्त बिज्ञापन सही झुठ नछुट्टाउने किन होला ? पुलिसले लुटेरालाई पक्रन नसकेपनि पत्रिकावालालाई त पक्रन सक्छ नि । त्यसमा ध्यान किन नदिएको होला ? मान्छे नक्कली भएपनि सम्पर्क नं. त सही नै हुन्छ । त्यसलाई आधार बनाएर पनि अपराधीलाई खोजी गर्न सकिन्थ्यो । खै चासो दिएको ।

    Reply
  15. कमल थापा(साउदी अरब) says:
    April 2, 2013 at 1:32 pm

    यस्ता पीडकलाई के कारवाही गरियो? हो, यदि यस्ता घटनाका खबरहरु बाहिर आएर कारवाहीका खबर नआउने हो भने, घटना अझ बढी रहने छन्/ आगोले पोल्छ, भन्ने भए मात्र हात लगाउदैन, तर आगो पनि समाउन सकिन्छ, भन्ने भएमा फेरी लगातार समाउन खोज्नेहरु बढ्दै जान्छन्/

    यस्ता अपराधीलाई अपराध गरे अनुसार हदै सम्मको कडा कारवाही भए, मात्र घटना कम हुने थिए की!

    Reply
  16. S. R. Shakya says:
    April 2, 2013 at 12:22 pm

    नेपालको राष्ट्रियस्तरको भनाउंदा दैनिक पत्रिकामा साधारण एस,एल,सी, पास गरेकालाई २०,०००/- देखि ३५,०००/- सम्म तलब दिने भन्ने विज्ञापन निर्विघ्न रूपमा छापेको छापेकै छ यसतर्फ न सम्बन्धित निकायको ध्यान पुगेको छ न छाप्ने पत्रिकाले नै यसतर्फ विचार पुरयाएको छ / के पैसा आयो भन्दैमा जे विज्ञापन नि छाप्न पाउँछ ?

    Reply
  17. रविन says:
    April 2, 2013 at 12:09 pm

    राजनैतिक अस्थिरता, बेरोजगारी समस्या र अभावै अभावको जिन्दगि बाँचिरहेका हामी नेपालीहरु यस्ता नक्कली विज्ञापनमा पनि तैपनि केहि भैहाल्छकि भनेर सम्पर्कमा जानु भनेको सामान्य कुरो नै हो. तर अपराधीहरुले राजनतिक दलको खोल ओढेपछी सजिलै छुटकारा पाउञ्छन. के गर्नु संधै जनताको नाममा राजनीति गर्ने ढोंगीहरुले गर्दा नै अबोध जनता पिडित हुन्छन

    Reply
  18. Hari Gautam says:
    April 2, 2013 at 12:08 pm

    चोर नै चोर हरुको देश मा सज्जनहरुलाई बाच्न गारो छ यहाँ……………….

    Reply
  19. rabin says:
    April 2, 2013 at 11:48 am

    यी भात मारा हरु लै पाता कसेर सिस्नु पानी लगाई पोखरा को चिडिया खाना मा राख्नु पर्चा….पोखरामा चिडिया खाना छ कि छैन ओ? बुर्बक कह्निका …..

    Reply
  20. किरण घिमिरे says:
    April 2, 2013 at 11:36 am

    पत्रिका को बिज्ञापन हेरर, रोजगारी पाइने आशामा ठगिएका यी महिला हरु लै तपैले खराब ब्यक्ति भन्न खोज्नु भएको हो ? हेरौ माथिको लेख को दोश्रो हरफ.

    Reply
  21. बिक्रम लोहार says:
    April 2, 2013 at 11:33 am

    राष्ट्र को चौथो अंग को रुप मा रहेको पत्रकारिता को पनि कर्तब्य हो कि बिज्ञापन कुन रुप मा आउदैछ, आधिकारिकता अनि साँचो-झुठो के कस्तो बिज्ञापन हो भनेर छुट्याउनु , तर पैसा आउने भए पछि जस्तो सुकै बिज्ञापन को लागी पनि जस्तो सुकै ठाँउमा छापिदिने पत्रिका अनि पत्रकारिता लाई भन्न मन लाग्छ कि कमसेकम तिमीहरु ले आफुलाई राष्ट्र को चौथो अंग को रुप मा चिनाउन छोडिदेउ, नत्र आफ्नो कर्तब्य लाई पैसा संग नबेच, मैखिक रुपमा, फोन बाट छापिदेउ भनेकै भर मा बिज्ञापन नछाप, बिज्ञापन गराउने को आधिकारिकता को लागी त्यसको कम्पनी, अफिस, होटल वा कुनै पनि संस्थान को सरकारी दर्ता कपी, रजिष्ट्रेशन कपी, अतवा कुनै पनि आधिकारिकता पुष्टि नभएको संस्थानहरु को बिज्ञापन बन्द गर, नबेच आफ्नो पत्रकारिता को अस्तित्व लाई पैसा संग…हैन भने पत्रकारिता राष्ट्र को कुनै पनि अंग को रुप मा नरहला…..चेतना भया !!!!!

    Reply
  22. yam pun says:
    April 2, 2013 at 11:08 am

    देशै चोर डाँकाहरुले चलाए पछि हामि निरही जनताले पाउने सेवा भनेको यस्तै त हो नि!!!!!! कम्जोर प्रहरी प्रशासन, बेरोजगारी, अभाब, महंगी, गरिबी र मत्स्य न्याय कानुन भएको देशमा दिन दहाडै लुटिनुलाई आफ्नो भाग्य भन्दा पनि “मै खाऊ, मै लाउ र देश दक्षिणका भैयाहरुलाइ सुम्पिउ” भन्ने खुरापाती आदर्श बोकेका नेताहरुको उपहार सम्झिनु उपयुक्त होला!!!

    Reply
  23. resham says:
    April 2, 2013 at 9:46 am

    लौ यी डाकाहरुको फोन नम्बर बाट खोज्दा पत्ता लाग्ला नि / लौ कडा कारबाही हुनु पर्छ भेट्टाए पछि डाका हरुलाई /

    Reply
  24. Bibek Dhakal says:
    April 2, 2013 at 8:58 am

    मासिक तलब २०,००० भन्दा कम तलबको सरकारी जागिरको लागि पदपूर्ति माग हुंदा पचासौ हाजार “ग्र्याजुएट” हरुले परिक्षा दिने देशमा दिनहु पत्रिकामा ” एस एल सी ” पास को लागि सुनौलो अवसर, मासिक ३० – ५० हजार सम्मको जागिर भनेर रास्ट्रीय दैनिकका वर्गीकृत बिज्ञापन को पेज भरिने गरेको छ ! अर्धनग्न केटीहरु राखेर खोलेको “फेक” फेसबुक वेब्साइट्मा सजिलै आआफ्नो नम्बर सार्वजनिक गर्ने बिचरा नेपालीहरुलाइ मुर्ख बनाउनु त कुनै अप्रिल फूल कुर्नु नपर्ला तर यस्तो खुलेआम ठगि गरेको थाहा पाउदा पाउदै जिम्मेवार निकाय भने किन चूप लागेर बसेको छ? के लोकतन्त्र भन्दैमा मनलाग्दो बिज्ञापन गर्न पाइन्छ? गलत सूचना प्रवाह गरेको भनेर सार्वजनिक ठगि मुद्दा लगाउन मिल्दैन र इनिहरुलाई?

    Reply
  25. kapeel says:
    April 2, 2013 at 8:55 am

    same केस धरानमा पनि भएको थियो केहि दिन अगाडी येसरी नै होटेल मा बोलाएर interview लिने तर पछि लुटेर भाग्ने….

    Reply
  26. indra pd thapa says:
    April 2, 2013 at 8:46 am

    हरेक प्रकारको अपराध समाजमा नै लुकेका हुन्छन ,फोहर बाताबरणमा कीटाणु लुके जस्तै | आफु सचेत भएमा त्येस बाट बच्न सकिन्छा | अर्को कुरा बिज्ञापन संस्थानहरुले पनि पैसाको लागि जस्ता पनि बिज्ञापन छापिदिनु भएन | मानिसहरुलाई भ्रममा पार्ने ,झुक्याउने खालका समाचार वा जागिरको बिज्ञापनहरु राम्ररी छुत्याएर मात्र छापिदिएको खण्डमा बेरोजगार ब्येक्तिहरु छक्किने थिएनन | अर्को कुरा प्रशासनले पनि त्येसमाथी कडा निगरानी राख्नु पर्यो |

    Reply
  27. madan bajracharya says:
    April 2, 2013 at 8:05 am

    यदि पार्टीका कार्यकर्ताहरुले नै यस्तो अपराध नगरेको भय समाउन त् गाह्रो हुँदैन होला नभय …../

    Reply
  28. पुष्प says:
    April 2, 2013 at 6:52 am

    ‘अनेक समस्या निवारण गर्ने’, भविस्यवाणी गर्ने भारतीय ढोंगी बाबाहरू आएर होटेलको रूम नम्बर दिंदै खुलेआम ‘नम्बर वन’ भनिने पत्रिकामा विज्ञापन दिंदा त लस्कर लाग्न पुग्छन हाम्रा दाजुभाई दिदीबहिनीहरू । जागिरै पाउने भएपछि किन नजाउन् ! तर ‘अन्तर्वार्ता’का लागि कार्यालयमा नभई होटलमा बोलाएपछि अलिकति सचेत हुनुपर्ने हो । अनि शंकास्पद विज्ञापनहरूमाथि प्रशासनले पनि ध्यान पुर्याउनु अत्यावश्यक भैसकेको छ ।

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      April 2, 2013 at 4:41 pm

      पुष्प जी ले भने जस्तै भारतीय ढोंगी बाबाहरू आएर होटेलको रूम नम्बर दिंदै खुलेआम ‘नम्बर वन’ भनिने पत्रिकामा विज्ञापन दिएर लुट्ने यो पुरानो चलन हो र यस्ता बाबाका भक्तहरु हाम्रा उच्च पदस्थ कर्मचारी, मन्त्रि, नेता, सुरक्षा निकायका प्रमुख नै बढी छन् ! अस्ति भर्खर कै घटना हेर्नोस न हाम्रा बिशिष्ठ कहलिएका नेता रामचन्द्र पौडेलले प्र.म. को लागि नामदर्ता गर्ने देखि सम्पूर्ण काम ज्योतिषको सल्लाह बमोजिम गरेका रहेछन र यसपाली पनि चुनावको दिन तोक्ने कामका लागि सहभागी सबै संग उनले उक्त जिम्मा आफुलाई दिन भनेका रहेछन यसो हुन् सके आफुले कुन साइतमा चुनाव भए आफु प्र.म. हुन् सकिन्छ भनि ज्योतिष संग सल्लाह गर्ने उनको योजना रहेछ ! यो यस्तै हो बाबु आमाको श्राद गरे क्रान्तिकारी कम्युनिष्ट नभैने भन्ने हरु पछाडिको ढोकाबाट भारत पुगेर पाइलट बाबालाई लम्पसार परेर ढोगेर आएकै छन् आज पनि ! त्यसैले यो समस्या बाट बँच्न त आफै सचेत हुने र यस्ता अपराधि लाइ कानूनी रुपमा पनि जघन्य सजायको व्यवस्था नै समाधान हो कि भन्ने हाम्लाई लाइरा’छ !

      Reply
    2. Vijay says:
      April 2, 2013 at 7:31 pm

      सहि हो पुष्प जी…मानवियताको आधारमा गरिएका हरेक कमेन्ट सहि लाग्छन तपाईं को ! पार्टीगत कुरा चाही बिचार कम जिद्दी ज्यादा हुन् कि जस्तो आभास हुन्छ !

      Reply
  29. jeevan says:
    April 2, 2013 at 6:38 am

    लाटो देशको गाण्डो तन्नेरी भनेको येही होला है / कानुन नभए पछि कसलाई के को डर?

    Reply
  30. panta says:
    April 2, 2013 at 5:43 am

    कस्तो जमाना आयो / मान्छेमा नैतिकता, इमान, धरम, लाज, शरम, घिन सबै हरायो / परिबारमा समेत प्रेम, सद्भावना, सहयोग र आदर भावनासबै केहि रहेन / खाली बिहान देखि मानिसमा एक अर्कालाई कसरि ठग्ने र पैसा धेरै बटुल्ने भन्ने विचार बाहेक केहि छैन / पैसा आउने भए मान्छे ले जेपनि गर्ने भए / गलत काम गरेर धेरै पैसा भएर केगर्नु तेस्ले न आत्मा लाई शान्ति दिन्छ न मन लाई / एकछिन लाई राम्रो भएर के गर्ने / पापको फल ढिलो चाडै भोग्नुनै पर्छ नै / हे राम कसरि सिकाउने येस्ता पापी हरुलाई /

    Reply
  31. AUS manju says:
    April 2, 2013 at 5:39 am

    तेस्तै हुन्छ बेरोज गार देश मा ….बिचार महिला हरु पनि घर बस्दा बस्दा दिक लागिरा हुन्छ …अनि यसो दुइचार पैसा कमाउन सकिन्छ कि बनेर जान्छन अनि दिउसै डाका को फेला मा ………

    Reply
  32. Ayush says:
    April 2, 2013 at 4:55 am

    किन नेपाली हरु एस्तो दानव हुदै गएको होला ! म विदेश मा अध्यन गर्दै छु, मेरा बिदेशी साथी हरु भारत जान्न बलात्कार का धेरै समाचार सुन्छु भन्छन र डर मान्छन ! अब त नेपाल पनि नआओ भन्नु पर्ने दिन आउदै छ !

    Reply
  33. योगेश आदी says:
    April 2, 2013 at 4:55 am

    मानिसको मजबुरी र समबेदनासंग खेलिएको घृणित खेल… बास्तवमा प्रहरीले चाहने हो भने प्रहरी नै नक्कली आवेदक बनेर सजिलै समात्न सकिन्छ !!

    Reply
  34. ravi budhathoki says:
    April 2, 2013 at 4:39 am

    सर्वप्रथम त आफु सजग हुनुपर्यो नि ठोस कुरा के हो त्यो थाहा नपाई एक्कासी अन्तर्वार्ता मा किन जाने ? महिलाले आफ्नो सुरक्षा को निम्ति त कोहि न कोहि त साथमा लानु पर्छ दाई वा भाई दिदि बहिनी या आफन्त / अपराधिक क्रियाकलाप ले जस्रो गदिअहेको देश मा घरबाट बाहिर निस्कनु पहिले सबै नारीले सोच्नु जरुरि छ / बल्ल चेतना ….. //

    Reply
  35. Milan K Shahi says:
    April 2, 2013 at 4:03 am

    शिक्षा को कमि र बढ्दो बेरोजगारी को कमाल हो यो !

    Reply
  36. sushi says:
    April 2, 2013 at 3:58 am

    नैतिकता र मानबियता को ठुलो खडेरी परेछ नेपाल मा / अब त सबै ले सबै तह बाट सबै लाई लुट्ने दुर ब्यबहार गर्ने भए पछि चै अब साच्चिकै कलि लागे छ / पापी हरु को राज हुने भयो/

    Reply
  37. dipak shrestha says:
    April 2, 2013 at 3:23 am

    येसरी झुक्याय्रर लुटपाट गरी हुर्मत लिनेलाई हदै सम्मको सजाय हुनु जरुरी छ |

    Reply
  38. Pankaj says:
    April 2, 2013 at 2:10 am

    “चौटा खान गयकी बुढी झोल मा डुबेर मरी” भने जस्तै भयो / मीडिया हाउसको अफिस होटेल को रूम मा हुन्छ ? अलिकति केटी ले पनि दिमाग चै नलगायको जस्तो लाग्यो / अपराधी ट जून देश मा पनि हुन्चन नि, आफु नै होसियार हुनु पर्छ /

    Reply
  39. pragyan says:
    April 2, 2013 at 1:41 am

    समाचारहरु पढदा पनि उदेक लाग्छ / नैतिकता नै नभयका मानबियता सुन्य भयका त्यस्ता मानिसहरुले गर्दा नै नेपाली महिलाहरु आफुलाई असुरक्षित महसुस गर्न बाध्य छन / यस्ता मानिसहरुको कु भावाना लाइ पतन गराउने कानुन कहिले बन्छ नेपालमा ….?

    Reply
  40. Dilli says:
    April 2, 2013 at 1:38 am

    यस्ता अबैधानिक बिज्ञापन को नियन्त्रण गर्ने कुनै निकाय छैन र नेपाल मा

    Reply
  41. Mk says:
    April 2, 2013 at 1:10 am

    कस्तो, मनै चोवास्स छुने, तनै जिरिङ्ग हुने घटना ! कहिले देखि नेपाली चेलीहरुले येस्ता कुकृत्य बाट मुक्त पाउने होला, कठैबरी !! नेपाल सरकार ले गर्नुपर्ने कामहरु धेरै छन्, बरु सुरुवात चाही गरिहाल्नु पर्यो/अग्रिम, बधाई दि हाल्ने होकी त् !

    Reply
  42. yash says:
    April 2, 2013 at 12:24 am

    यस्ता अपराधिहरुको बिज्ञापन सत्य तथ्य नबुझी २-४ पैसाको लोभले छापिदिने मेडिया हाउस पनि नैतिक रुपमा उत्तिकै जिम्मेवार छन् | यस्तो घटना , घटनासाथ् यिनीहरुलाई प्रसासनले केहि नसिहत दिएर सजग गराए अपराध नियन्त्रणमा थप सजिलो हुनेथियो |

    Reply
  43. jitu says:
    April 1, 2013 at 11:49 pm

    मान्छे हरुले पनि अतिनै गर्न थाले है. बिचरी चेलीको बेहाल भो. पिडितले तुरुन्त न्याय पाउन र ति दोषीलाई हदैसम्मको कारबाही होस्.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme