नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्र सँधै उपेक्षित रहँदै आएको छ। गठबन्धन सरकार बनाउँदा अरु मन्त्रालयको लागि हानाथा हुन्छ, तर विज्ञान मन्त्रालयमा कसैको ध्यान जाँदैन। कुकुरलाई हड्डी फाले जस्तै मन्त्री हुन चाहनेलाई पदका लागि पद दिने हिसाबले यसमा मन्त्री बनाइन्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट) को… Continue reading
Category: समाचार/विचार
रीमाले भनिन्- ‘त्यो हल्ला हो’, त्यसो भए यो के हो त ? सुन्नुस् अडियो प्रमाण
बेल्जियममा कार्यक्रमका लागि बोलाएर हाम्रा कलाकारहरुलाई आयोजक र त्यहाँका नेपाली दर्शकहरुले बेवास्ता गरेर हरिबिजोग बनाइदिएको सुनेपछि चिन्ता लागेर ‘तोइत्, त्यस्तो नि गर्ने? कलाकार भन्या त देशका गहना पो त। त्यसरी अपमान नगरौँ न’ भनेर हिजो ब्लग माइसंसारमा राखेका थियौँ। कलाकारकै भलो होस् भनेर घटना विवरण राख्दा उल्टै कलाकारहरुले त माइसंसारलाई नै पो गलत भने बा!… Continue reading
टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ !
हिजो साँझ पाँच बजेपछि नेपाल टेलिकमको जिएसएम मोबाइलमा एसएमएस आएको जनाउ दिँदै आवाज बज्यो। के जरुरी मेसेज आएछ हँ भनी हत्त न पत्त हेर्दा त उही व्यापारीहरुको उनीहरुले नोबल प्राइजभन्दा बढी ठान्ने गरेको नेसनल एक्सिलेन्स अवार्डको लागि भोट मगाई रहेछ। झनक्कै रिस उठ्यो। मेरो व्यक्तिगत मोबाइल नम्बर व्यापारीलाई विज्ञापनका लागि बाँड्ने अधिकार नेपाल टेलिकमलाई कसले… Continue reading
सुशील दा साइड लाग्दा…(क्याप्सन लेख्नुस्, लाइक जित्नुस्)
कसैकसैले नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले राजकीय सम्मान पाएको विश्लेषण गरिरहँदा ऋषि धमला स्वयंले दिल्लीबाट फेसबुकमा अपलोड गरेको यो फोटो सामाजिक सञ्जालमा खुबै ठट्टाको विषय बनेको छ। अब तपाईँको पालो, यो फोटो हेरेर तपाईँको दिमागमा फुर्ने सिर्जनात्मक व्यङ्ग्यमिश्रित क्याप्सन लेख्नुस्। सबभन्दा बढी लाइक पाएको क्याप्सनलाई फोटोमुनि राखिनेछ। गालीगलौजका कमेन्ट त जसले नि गर्छन्, त्यस्ता कमेन्ट… Continue reading
माइसंसारलाई धम्की कायमै, सहयोगको अपील
‘विदेशमा बसेर देशको बदनाम गर्नेहरु’ शीर्षकको ब्लगमा नक्कली शरणार्थी बन्ने बढ्दो प्रवृत्तिबारे रिपोर्ट छापिएपछि लन्डननजिकैको सहर कोलचेस्टर बस्ने नेपाली नारायण तिमल्सिनाले धम्की जारी राखेका छन्। सुरुमा २४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्की दिने यिनले पछि ठमेलमा (गुन्डासित) कुरा गरिसकेको, काठमाडौँमा एक फोन गरेर अस्पताल पुर्याइदिने धम्कीसम्म दिएका थिए। मेरो संसार नामको अर्कै साइट बनाई त्यसमा… Continue reading
बुद्ध मूर्ति विवाद अब अदालतमा
बुद्ध मूर्ति र अदालत फेरि एक पटक समाचार बन्न पुगेको छ। नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा बुद्ध मूर्ति प्रतिस्थापन गरिएको समाचारको केही महिनामै सुर्खेतको कांक्रेविहारको बुद्ध मूर्ति विवाद अदालतमा पुगेको छ। त्यो ठाउँमा बुद्ध मूर्ति राख्न पाइने कि नपाइने फैसला अब अदालतले गर्नेछ। बुद्ध मूर्ति राख्न पाउनु पर्ने भन्दै ठूलो संख्यामा बौद्ध धर्मावलम्बीहरुले सिंहदरबार घेरे लगत्तै… Continue reading
बुद्ध मूर्ति राख्न नदिन बन्द; साई, इसाई र मुस्लिम पनि आन्दोलनमा
सुर्खेतको कांक्रेविहारमा सम्पूर्ण कागजी प्रक्रिया मिलाएर अनुमति लिएरै संरक्षित क्षेत्रभन्दा बाहिर पुरातात्विक महत्वका वस्तुलाई कुनै असर नपर्ने गरी बुद्ध मूर्ति स्थापना गर्ने कार्य थालिएको बारे प्रमाणसहितको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। बुद्ध नेपालमा जन्मिएको भनेर गर्व गर्ने, अमिताभ बच्चनले बुद्ध नेपालमा जन्मेको भन्दियो भनेर उफ्रने नेपालीहरुलाई संरक्षित वनको एउटा कुनामा… Continue reading
बाहुनको थकाली भान्छाघर- कति इमान्दार व्यापारी !
सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली। हरेक फूल (जाति) का आ-आफ्नै विशेषता छन्। थकाली मुस्ताङको थाकखोलामा गढ भएको एउटा जाति हो। यो जातिको खाना नेपाल भर प्रख्यात छ। थकाली खाना भनेपछि मान्छे यसै हुरुक्कै। यही प्रतिष्ठा कै कारण थकाली भान्सा घर खोल्ने क्रम देशभर बढ्दो छ। तर यो यो विशेषता भएको खानालाई मात्र थकाली… Continue reading
मैत्री दिवसको शुभकामना ! पत्र मित्रको सम्झना
दिवसहरुको भीडमा आज एउटा दिवस छ- अन्तर्राष्ट्रिय मित्रता दिवस अर्थात् फ्रेन्डसिप डे। अगस्त महिनाको पहिलो आइतबार मनाइने यो दिवसमा कार्ड बाँडिन्छ, फ्रेन्डसिप ब्यान्ड साटासाट गरिन्छ अनि आजभोलि त अनलाइन सन्देश लेखिन्छ। तर म सम्झँदैछु पुरानो एउटा मित्रताको माध्यम जतिबेला यस्तो फ्रेन्डसिप डेको खासै चलन थिएन। ट्विटर र फेसबुकमा रम्ने पुस्तालाई च्याट त पुरानो लागिसक्यो। कम्प्युटरमा… Continue reading
ढुकुटीले रुवायो बेल्जियमका नेपालीलाई
डेढ वर्ष जतिअघि राजधानी काठमाडौँमा एक महिलाले प्रहरी हिरासतभित्रै आत्महत्या गरिन्। उनको सुसाइड नोटमा लेखिएको थियो- ‘६ लाखको ढुकुटी खेलेको थिएँ। ढुकुटी समूहका सदस्यले व्याज र पैसा नफर्काउँदा ऋणमा डुबेँ। साथीहरू किस्ता बुझाउँदैनन्। माग्न गयो, पछि दिन्छु भन्छन्, व्याज तिर्दातिर्दा हैरान भइसकेँ, अब मर्नुको विकल्प छैन।’ राजधानीका प्रहरी चौकीहरुमा दिनहुँजसो ढुकुटीबाट ठगिएको उजुरी पर्छ। कलाकारहरु… Continue reading
बुद्ध मूर्ति कांक्रे विहार संरक्षण क्षेत्र बाहिर राख्न खोजिएको हो, कसको स्वार्थले रोकिएछ?
सुर्खेतको कांक्रे विहारमा बुद्ध मूर्ति राख्ने विषयमा अहिले विवाद चर्किएको छ। मूर्ति राख्न र नराख्न दुवै पक्षले आन्दोलन गरिरहेका छन्। मूर्ति नराख्न ‘संयुक्त जातीय तथा धार्मिक संगठन समिति’ नामको एउटा समितिले आज मसाल जुलुस र भोलि शनिबार सुर्खेत बन्द गर्ने घोषणा गरिसकेको छ। माइसंसारलाई प्राप्त कागजात अनुसार त्यहाँ बुद्ध मूर्ति राख्न सबै प्रक्रिया पूरा गरिएको… Continue reading
बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न
बेलबारी बर्बरताबारे छानबिन गर्न गएका टोलीहरुले स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने क्रम जारी छ। यसअघि प्रहरी र दलित आयोगको प्रतिवेदन आइसकेको छ। आज भने महिला आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। महिला आयोगको प्रतिवेदनले घटना घटना दबाउनमा एमाले र एमाओवादीका जिल्ला सदस्यहरु संलग्न भएको खुलासा गरेको छ। प्रहरीबाट प्राप्त कागजातमा उनीहरुको हस्ताक्षरसहितको संलग्नता स्पष्ट भएको भन्दै… Continue reading
यस्तो छ कांक्रे विहार
बुद्ध मूर्ति राख्न दिने कि नदिने भन्ने विवाद भएर अहिले चर्चामा रहेको सुर्खेतको कांक्रे विहार खास कस्तो छ त ? आउनुस् हेरौँ केही भिडियो र फोटोहरु-
‘बोक बम’देखि ‘बोल बम’सम्म
माओवादी अध्यक्ष प्रचण्डले आइतबार धेरै पटक बम उच्चारण गरे। तर यो बम युद्धकालको बम नभएर अर्कै खालको बम थियो- ‘बोल बम’। त्यही देखेर कार्टुनिस्ट रविन सायमि दाइले एउटा गज्जबको कार्टुन बनाए, जसमा एक छेउमा ‘उहिले’ भन्दै कम्ब्याट ड्रेसमा प्रचण्ड बोक बम भन्दै बम बोकिरहेका देखिन्छन् भने ‘अहिले’ लेखिएको ठाउँमा पुक्क पेट बढेको, जनै लगाएका प्रचण्ड… Continue reading
बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!
धार्मिक द्वन्द्वमा देशलाई फँसाउने खतरनाक षड्यन्त्रको आभास हुने गरी घटनाक्रम अघि बढेको छ। सुर्खेतको काँक्रेविहारमा बुद्ध मूर्ति राख्न बौद्ध धर्मावलम्बीहरुले आन्दोलन अघि बढाइरहेका बेला त्यसको प्रतिकारमा बुद्ध मूर्ति नराख्न पनि आन्दोलनको घोषणा भएको छ। हिन्दु र बौद्ध धर्मावलम्बीहरु सदियौँदेखि मिलेर बसिरहेका छन्, कयौँ मन्दिर र विहारहरुमा हिन्दु र बौद्ध दुवैको आस्थाका प्रतीकहरु रहेका छन्। कुनै… Continue reading
बेलबारी बर्बरताः छानबिन आयोगले के देख्यो?
बेलबारी घटनाबारे छानबिन गर्न घटनास्थल पुगेको राष्ट्रिय दलित आयोगको छानबिन टोलीले प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा बलात्कारको प्रयास हुँदा पीडित महिला जोडले चिच्याउँदा कराउँदा पनि कसैले वास्ता नगरेको, पछि केही व्यक्तिहरु आए पनि उनीहरुले त्यो मान्छेलाई तत्काल पक्राउ गर्न स्वयं तथा प्रहरीलाई खवर गरी पहल गर्नु पर्नेमा सो नगरेको उल्लेख छ। त्यसैगरी पीडित… Continue reading
किन मुछियो महिला हिंसामा राष्ट्रपति कार्यालयको नाम?
नेपालमा राष्ट्रपति राष्ट्र प्रमुख र संविधानका संरक्षक हुन्। कार्यकारी नभई सेरेमोनियल पद भएकोले राष्ट्रपति विवादमा आउनु हुने संस्था नै होइन। तर राष्ट्रपति कार्यालयमाथि नै एउटा गम्भीर आरोप लगाइएको छ। बीबीसी मिडिया एक्सनले बनाउने साझा सवालको पछिल्लो कार्यक्रममा एक महिलाले आफूमाथि भएको हिंसाको उजुरी दर्ता गराउन जाँदा राष्ट्रपति कार्यालयबाट दबाब दिएर रोक्न लगाइएको आरोप लगाएकी छिन्।… Continue reading
बेलबारी बर्बरताः बलात्कार प्रयास गर्ने पक्राउ
बेलबारी बर्बरताको मुख्य कारण थियो महिलामाथि बलात्कार प्रयास। त्यसो गरेको शंका ती महिलाले अर्कै पुरुषलाई गरिन्। शंका गलत ठहरियो। किनभने उनले दावी गरे अनुसार ती पुरुषको हातमा रगत आउने गरी टोकेको चिह्न केही थिएन। भोलिपल्ट गलत आरोप लगाउने भन्दै समाज बसेको ठाउँमा महिलालाई दुर्व्यवहार गरियो। बलात्कार प्रयास चाहिँ कसले गरेको थियो त ? प्रश्न अनुत्तरित… Continue reading
बुद्ध मूर्ति विवादले काठमाडौँ जाम
मंगलबार बिहान अफिस टाइममा राजधानीका मुख्य मुख्य सडकमा ठूलै जाम भयो। कतिलाई जामको कारणसमेत थाहा थिएन। खासमा आज बौद्ध धर्मावलम्वीहरुले भद्रकाली, माईतिघर, हनुमानथान र पद्यमोदय मोडमा भेला भई बिहान नौदेखि ११ बजेसम्म सिंहदरबार घेर्ने कार्यक्रम राखेका थिए। पिक आवर भएकोले दुई घण्टामै राजधानी अस्तव्यस्त बन्न पुग्यो। ट्राफिकले जाम घटाउन रिङरोडबाट रत्नपार्क आउने गाडीलाई रिङरोडमै रोकिदियो।… Continue reading
बेलबारी बर्बरताः एउटै घटनामा चार अपराध
बेलबारी घटनाका पीडकहरुलाई बचाउने षड्यन्त्र भइरहेको भन्दै राष्ट्रिय दलित आयोगले आपत्ति जनाएको छ। आज राजधानीको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष सुशीला सिरपानी ठकुरीले घटनालाई अर्कै ढंगले मोड्ने र दुर्व्यवहार गर्नेहरुलाई यत्तिकै छाड्ने षड्यन्त्र भइरहेको बताएकी हुन्। उनले प्रशासनले घटनालाई छुवाछुत कसुर ऐन अनुसार मुद्दा चलाउन आनाकानी गरिरहेको भन्दै पीडितले न्याय नपाउने अवस्था सिर्जना… Continue reading