धुलिखेलमा वैद्य माओवादीका कार्यकर्ताले देखाएको बर्बर व्यवहारको आलोचना आइतबार दिनभर भयो। गर्न पनि अति नै गरेका हुन्। चुनावको विरोधमा यो माओवादीले अस्ति काठमाडौँ बन्द गर्यो, अब किस्ताबन्दीमा क्षेत्रक्षेत्र बन्द गर्दै हिँड्दैछ। यसै क्रममा आज त्यो ठाउँमा बन्द रहेछ। यसै क्रममा काठमाडौँबाट मेलम्ची जाँदै गरेको एउटा यात्रुवाहक बसलाई रोकेर भित्र छिरी यात्रु हुँदाहुँदै पेट्रोल छर्केर जलाइदिएछन्।… Continue reading
Category: समाचार/विचार
हे दैव, कस्तो कलियुग लागेको- के के मात्र देख्नु परेको!
देशमा रोजगार छैन। त्यसैले धेरै विदेश हान्निएका छन्। उताबाट रेमिट्यान्सको पोको मात्र आउँदैन, अनेक थरि प्रत्यक्ष/अप्रत्यक्ष सामाजिक समस्या पनि निम्त्याउँछ। प्रमाणका रुपमा त्यस्ता समाचारहरु हामीले हेर्दै आएकै हौँ। तर स्याङ्जामा यो महिना भएको एउटा घटनाले भने हदै नाघेको छ। यौन विकृतिका अहिलेसम्म सुन्दै आएका खबर भन्दा बिल्कुल फरक! सभ्य समाजमा सोच्न पनि नसकिने घटना कान्डका… Continue reading
वाइवाइ – आखिर भएको के हो दाइ?
भर्खरै बेस्ट ब्रान्डको अवार्ड थापेको चौधरी ग्रुपको सिजी फुड्सले उत्पादन गर्ने वाइवाइ चाउचाउबारे पछिल्ला केही दिनमा निकै कुरा सुनिएको छ। ‘नयाँ पत्रिका’ र ‘कान्तिपुर’ दैनिकले यसबारे समाचारसमेत छापे। वाइवाइ उत्पादक सिजी फूड्स आफैले पनि आजको पत्रिकामा विज्ञप्ति छापेरै यसबारे सार्वजनिक जानकारी गराएको छ। खासमा वाइवाइमा भएको चाहिँ के हो त ?
कोस्टा रिकामा गिरफ्तार आठ नेपाली अझै थुनामा
‘एनी हाउ पैसा कमाऊ, पैसा कमाउन एनी हाउ, अमेरिका जाऊ’ लाई जीवनको आदर्श वाक्य ठान्नेहरु र त्यसैको शोषण गर्ने मानव तस्करहरुको जालमा जानी जानी फँसेका आठ नेपालीको बारेमा केही जानकारी माइसंसारले पाएको छ। उनीहरु दुई महिनादेखि कोस्टा रिकाको जेलमा छन्। गएको जुलाई २० मा कोस्टा रिकाका दलालहरुले अमेरिका जाने अवैध बाटोमा पर्ने त्यो देशको सीमा… Continue reading
सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य
यो फोटो सम्झनुभएको छ ? १२ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति… Continue reading
एनसेलको माउ कम्पनीलाई ४० करोड क्रोनर घाटा, सुमार्गीको हेलो नेपालको सेयर बेच्ने
निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको माउ कम्पनी युरोपको टेलिया सोनेराले ४० करोड स्विडिस क्रोनर घाटा खाएर अजय सुमार्गीसँग किनेको ‘हेलो नेपाल’को कम्पनी नेपाल स्याटेलाइटको सेयर बेच्ने भएको छ। बुधबार टेलिया सोनेराले यो घोषणा गरेको हो। टेलिया सोनेराले नेपाल स्याटेलाइटको सेयर झोदर इन्भेस्टमेन्ट नामको कम्पनीलाई बेचेको हो।
कार्टुन- सुशील कार्की
शैक्षिक दलालले फँसाएका पीडित विद्यार्थीहरुको मौरिससबाट करुण पुकार- सुनिदिने कोही छ कि छैन ?
नेपालीको समर्थनमा मौरिससका बासिन्दाको अनसन तपाईँहरुले पत्रपत्रिकामा मौरिससमा पढ्ने, काम पाइने भन्दै लोभ्याउने खालका विज्ञापन प्रशस्तै देख्नुभएको होला। यस्तै विज्ञापनबाट आकर्षित हुनेहरुलाई शैक्षिक दलालहरुले भएका नभएका आश्वासन दिएर मोटो रकम कुम्ल्याएर मौरिसस पठाउँछन्। तर त्यहाँ पुगेपछि विद्यार्थीहरुको हालत कस्तो हुन्छ? सोच्नै नसकिने कहालिलाग्दो ! अहिले थुप्रै नेपालीहरु त्यहाँको एउटा सार्वजनिक पाटीमा र त्यहाँ नअटाएर बाहिर… Continue reading
कालजयी गीतमा बाँचिरहनेछन् फत्तेमान
गायक फत्तेमान राजभण्डारी साह्रै बिरामी परेको खबर आएको धेरै दिन नबित्दै आज एकाबिहानै उनको मृत्युको खबर आयो। क्यान्सर तेस्रो चरणमा पुगेपछि मात्रै पत्ता लागेका कारण ७७ वर्षको उमेरमै उनको भौतिक देहको अन्त्य भयो। तर गायक फत्तेमान र उनको सुमधुर स्वर कहिल्यै मर्नेछैन। कालजयी गीतमा अझै सदियौँसम्म बाँचिरहनेछन् फत्तेमान।
यसरी हार्यो नेपाल
नेपालको पोस्टमा छिरेको यही एकमात्र गोलले नेपाल अफगानिस्तानसँग साफ च्याम्पियनसिपको सेमिफाइनलमा १-० ले पराजित भयो। हेर्नुस् अफगान खेलाडीले यसरी हानेको फ्रि किक किरण चेम्जोङले समाते पनि बल फुत्किएको थियो। अनि छेउमै भएको गोल गर्ने खेलाडी अहमदीलाई रोक्ने/छेक्ने कोही थिएन।
बुद्ध जन्मभूमि विवादमा जिटिभी बन्द केबलवालाको सनकमा, नेपालको जवाफ १०० रुपियाँको नोटमा !
भारतको जिटिभीमा बुद्ध सम्बन्धी सिरियल आज आइतबारदेखि सुरु भयो। तर कार्यक्रमको प्रचारका क्रममा बुद्ध भारतमा जन्मिएको भन्ने अन्तर्वार्ताको भिडियो सार्वजनिक भएपछि नेपालीहरुले विरोध गरे। त्यसै पनि पत्रकार चिरन्जीवी पौडेलले व्यङ्ग्य हाने जस्तो- ‘एउटा औसत नेपालीको आधा उमेर गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर चिच्याउँदैमा बित्छ।’ सिरियलका कलाकार कबिर बेदीले हिजै माफी पनि मागे। सिरियलमा के… Continue reading
क्यास माओवादीविरुद्ध ‘शहरी विद्रोह’
सवा ११ बजेतिर कलंकी चोक पुग्दा त्यहाँको स्थिति अचम्मको थियो। कलंकीको भ्रष्टाचारी पुल (चीनले बाटो फराकिलो पारिदिन्छ भनेर थाहा हुँदाहुँदै बनाएको भएर) मुनि निन्याउरो अनुहारमा क्यास माओवादीका एक लोकल नेता भाषण गर्दै थिए। ‘परिआए रगतको बलिदान गर्न पनि पछि हट्नु हुन्न’ भन्ने शब्दमात्र जोशिलो भएर के गर्नु, त्यो शब्द उच्चारणको शैलि हारेको सिपाहीको जस्तो थियो।… Continue reading
विज्ञापन हेर्दा पैसा पाइने !
मोबाइलमा एसएमएसबाट ताइँ न तुइँका विज्ञापनहरु आएको देखेर दिक्क हुनुहुन्छ भने तपाईँलाई एउटा खराब खबर- अब तपाईँको मोबाइलमाथि उद्योगी/व्यापारीहरुको आक्रमण हुँदैछ। कम्पनीहरुले छानी-छानी तपाईँको मोबाइलमा कसैले फोन गर्ने बित्तिकै भिडियो विज्ञापन बजाइदिने छन्। तर, एउटा राम्रो खबर पनि छ- ती विज्ञापन हेरिदिएवापत् तपाईँले पैसा पनि पाउनु हुनेछ। अडियन्सलाई लोभ्याएर, फकाएर, सम्झाएर कुनै कुरामा आकर्षित बनाई… Continue reading
बेलबारी बर्बरता बिर्साउने व्यवहार
मोरङको बेलबारीको जुन ठाउँमा एउटी दलित महिलामाथि समाजै खनिएर दुर्व्यवहार गरिएको थियो, ठीक त्यही ठाउँमा छ हप्तापछि हिजो फूलमाला र अबिर दलेर स्वागत गरियो। गएको जुलाई २३ मा बलात्कार प्रयासको गलत आरोप लगाएको भन्दै माया सार्की र उनलाई सहयोग गर्ने मनोज विश्वकर्मालाई कुटपिट गर्दै जुत्ताको माला लगाएर मोसो दलिएको थियो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी… Continue reading
भारतले नेपाल सामु घुँडा टेक्यो, नेपाल २ भारत १
अनिल गुरुङ र जुमानु राईको गोलले २० वर्षपछि साफमा नेपालले चीर प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन भारतलाई फुटबलमा पराजित गर्ने गौरव प्राप्त गरेको छ। (पछिल्लो पटक सार्क देशमात्र सम्मिलित क्षेत्रीय प्रतियोगितामा नेपालले १९९३ मा भारतलाई हराएको थियो। साफ प्रतियोगिताबाहेक पनि नेपालले पछिल्लो पटक भारतलाई हराएको सात वर्षअघि अर्थात् २००६ को एएफसी च्यालेन्ज कपमा हो। त्यतिबेला नेपालले… Continue reading
विमल घर्ती मगरको गोलले पाकिस्तानलाई रोक्न नेपाल सफल, सेमिफाइनल प्रवेश अझै सुनिश्चित छैन
१६ वर्षीय विमल घर्ती मगर नेपालको हिरो बनेका छन्। उनकै गोलले ९० मिनेटसम्म अग्रता लिएको पाकिस्तानलाई नेपालले बराबरीमा रोक्न सफल भयो। ६६ औँ मिनेटमा टङ्क बस्नेतको ठाउँमा मैदानमा छिरेका विमलले इन्जुरी टाइममा गोल गरी नेपालको नाक जोगाए। रङ्गशालामा उपस्थित हजारौँ दर्शक बराबरीलाई पनि जित नै जस्तो ठानी घर फर्किए। यद्यपि यो खेलले नेपालको वास्तविक स्थिति… Continue reading
विदेशमा काम गरिरहेकाहरु छुट्टीमा नेपाल आएर फर्कनु पर्दा के-के गर्नुपर्छ ?
अख्तियारको कारबाहीपछि विदेश जाने नेपालीहरुले पाइरहेको दुःखबारेको ब्लगमा माइसंसारका पाठक डिल्ली, जीवन थापा र पारस ठकुरीले छुट्टीमा नेपाल आएर विदेश फर्कनेहरु वा नयाँ जान चाहनेहरुका लागि के कस्ता कागजात आवश्यक पर्छन्, त्यसबारे माइसंसारमा नै उल्लेख गरिदिए राम्रो हुन्थ्यो भनेर सुझाव दिएका थिए। दशैँमा नेपाल आउन चाहिरहेका अन्य धेरैको मनमा पनि यस्तै खुल्दुली लागेको हुनसक्छ। त्यसैले… Continue reading
पोखरामा २५ वटा क्यासिनो छ रे !
भएको एउटा क्यासिनो पोखरा ग्रान्ड त सरकारले बजेटमा शतप्रतिशत ‘रोयल्टी’ बढाएपछि खर्च धान्न नसक्ने भन्दै गत साउनदेखि बन्द भएको बेला पोखरामा २५ वटा क्यासिनो छ भनेपछि कसलाई हाँसो नउठ्ला। कसैले जोक गरेर भनेको भए त लौ त नि भन्न हुन्थ्यो। ‘आपको रखे आगे’ भन्दै समाचार बजाउने एबिपी न्युज (पहिलेको स्टार न्युज) को वेबसाइटमा राखिएको समाचारमा… Continue reading
कोस्टा रिकामा भगुवा पठाउने संस्थाले ‘चोरको खुट्टा काट’ भन्दा खुट्टै पो उचाल्यो
आपसी सम्बन्ध विस्तार गर्ने भन्दै युनिभर्सिटी अफ कोस्टा रिकामा National Institute of Natural Sciences का आधिकारिक व्यक्तिका रुपमा गएका चार जना बेपत्ता भएर कोस्टा रिकामा ठूलो हङ्गामा भइरहँदा सो संस्थाले भने ‘एकतर्फी, हचुवा, नियोजित र संस्थाको बदनाम गर्ने मनस्थितिबाट’ ब्लग लेखिएको आरोप लगाएको छ। फेसबुक स्टायटसमार्फत् गरिएको ‘औपचारिक खण्डन’ यति काइते छ कि त्यसमा न… Continue reading
सिङ्गो काठमाडौं जलेको त्यो दिन
आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। नौ वर्षअगाडि (२०६१ भदौ १६ मा) आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही तस्वीर र नेटबाट संकलन गरिएका तस्वीर र मेरो व्यक्तिगत डायरीबाट निकालिएका केही अंशहरु तपाईँ यो ब्लगमा… Continue reading