Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लभ गर्ने नेपाली युवतीलाई दुबईमा एक वर्ष जेल

Posted on March 29, 2013March 29, 2013 by mysansar

dubai_courtवैदेशिक रोजगारका लागि दुबई गएकी एक २८ वर्षीया नेपाली युवती त्यहाँको जेलमा एक वर्ष सजाय भोगेर डिपोर्ट गरिने भएको छ। अवैध सम्बन्ध गाँसेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो। उनलाई डि.के. उपनामले मात्रै चिनाइएको छ। नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी दक्षिण एसियाका चार छिमेकी देशका नागरिक यो मुद्दामा संलग्न देखिएका छन्।

नेपाली महिला घरेलु कामदारका रुपमा एक भारतीयको घरमा काम गर्ने गर्थे। उनको लभ परेछ त्यही घरमा कार सफा गर्ने एक पाकिस्तानी केटासँग। भारतीय मालिक घरबाहिर गएको बेला सुटुक्क नेपाली केटीको कोठामा छिरेको बंगलादेशी वाचम्यानले देखेछ। वाचम्यानले ढोका ढकढकाउन जाँदा पाकिस्तानी केटा दुई तलामाथिको बरन्डाबाट हाम्फालेर भाग्न खोज्दा घाइते भएर अहिले ह्विलचेयरमा बस्न बाध्य रहेछ।

मुद्दा अदालतमा पुगेपछि थप कुरा प्रकाशमा आएको छ। नेपाली महिला डि.के. पाँच महिनादेखिको पाकिस्तानी केटा एम.आर.सँगको प्रेम सम्बन्धका कारण गर्भवती पनि रहिछिन्।

नेपाली महिलाले अदालतमा बयान दिँदै पाकिस्तानीसँग लभ परेको बताए। अदालतमा न्यायाधीशहरुका अगाडि उनले भनिन्, ‘हाम्रो मातापिताले पनि विवाहको लागि मञ्जुरी दिइसकेका छन्। घटनाको दिन मैले एम.आर. (पाकिस्तानी) लाई केही लुगा ल्याउन भनेको थिएँ। वाचम्यानले ढोका ढकढकाएपछि ऊ बरन्डाबाट हाम्फाल्यो किनभने ऊ एक्सपोज हुन चाहँदैन थियो।’

पाकिस्तानी केटाले नेपाली महिलासँग सहमतिमा सेक्स गरेको बयान दिए। आफूहरुले एक अर्कालाई प्रेम गर्ने र विवाहको समेत योजना भएको उनले बताए। केही लुगा लिन आफू त्यहाँ गएको र अकस्मात् वाचम्यानले ढोका ढकढकाएपछि भागेको बयान उनले अदालतमा दिए।

विवाहअघि सहमतिमै सेक्स गर्न पनि त्यहाँ वर्जित छ। त्यसैले नेपाली र पाकिस्तानीलाई त्यो अभियोग लगाइएको छ। त्यसबाहेक नेपाली महिलालाई आफ्नो मालिकको फ्ल्याटमा पाकिस्तानीलाई आउन अनुमति दिएको र पाकिस्तानीलाई गैरकानुनी रुपमा अर्काको घरमा पसेको आरोप लगाइएको छ।

भारतीय मालिकले नेपाली महिलालाई आठ महिना अघिदेखि काममा राखेको बयान दिएका थिए।
dubai_court
अदालतले हिजो दिएको यो आदेशविरुद्ध अपील गर्न उनीहरुलाई १२ दिनको समय रहेको गल्फ न्युजले जनाएको छ।

63 thoughts on “लभ गर्ने नेपाली युवतीलाई दुबईमा एक वर्ष जेल”

  1. SNEHA SINGH says:
    April 3, 2013 at 1:16 pm

    सबै ठाउंमा सबै कुरा आफुले भने जस्तो हुँदैन तर एस बाट हरेक ले शिक्षा लिनु पर्छा आफ्नो देश मा आफुले भनेको जस्तो हुँदैन भने अरु को देश को त कुरै छोडौं

    Reply
  2. JEEVAN says:
    March 31, 2013 at 6:16 pm

    LETS STOP HUMAN TRAFFICKING IN TO THE PORTUGAL.

    हामी नेपाली हरु विदेश जानु को लागि किन मरिहत्ते गर्छन. अहिले ७० जना नेपाली युवा हरु पोर्तुगलमा कृषि मा काम गर्नु को लागि SOS. ति युवा हरुलाई पोर्तुगलमा पुग्ने बितिकै RESIDENCY पाइन्छ भनेर ठुलो मात्रा मा रकम असुल्दै छ , तर यहाँ यस्तो छैन . नेपाली हरु मात्रै होइन अहिले रेसिदेंच्य नपाएर धेरै को बिचल्ली को अवस्था छ. जो कोहि पनि यदि पोर्तुगल मा आउदै छ भने सम्बंदित NRN मा सम्पर्क गर्नु होला.

    Reply
  3. kishan pariyar says:
    March 31, 2013 at 2:17 pm

    मलाई लाग्छ कुनै पनि काम गरिनु भन्दा पहिले तेस्को परिणाम को बारेमा पनि अलिकति सोच्नु पर्दछ केहि क्षणको गल्तीले अनेकौ दु:ख झेल्नु पर्दछ सेक्स एउटा प्रकृतिको देन हो ठिक समय र ठिक अवस्थामा तेस्को उपयोग गरिनु पर्दछ सेक्सकालागि प्रेम र सफल प्रेम पछि को सेक्स सधै बुझ्नु जरुरि छ नत्र भने ………………..

    Reply
  4. कमल थापा(साउदी अरब) says:
    March 31, 2013 at 1:23 pm

    पकाएर खाएको पिडालु स्वादिलो हुन्छ, तर नपकाई(काचों) खाए….के .. होला. .. ? यी दुबैले खुब मज्जाले पकाएर वादिलो गरी पटक-पटक खाए/ चाहिए भन्दा धेरै खाए के हुने भन्ने, यो नै सबै भन्दा गतिलो उदाहरण हो/

    शारीरिक आवस्यकता र चाहानाको कुरा, कुखुरीले दैनिक दिने अण्डाले चित्त नबुझेर एकै दिनमा धेरै खान “कुखुरी काटियो” भने के हात लाग्छ, सायद यस्तै भएको हो/

    नकारात्मक सोचमा मानिस ब्यस्त हुने चलन र घटना अनेकौं छन्/ यो बाहिर आएको घटनाले सबैलाई चेतना भया…..!!!..???

    कुरा कसको धेरै गल्ति थियो? फल टिपेर खाने, स्वाद दुबैले लिने,खाइसकेपछि कसलाई कति असर गर्छ, कसलाई कति असर गर्यो, यो त खानेहरुले नै जानुन्/

    जे होस, बनावटी कथा होला जस्ता लाग्ने यी घटना अब किन हामी र हाम्रा सामु सामान्य बन्दै छन्??? यसको नतिजा र भावी पिढी………… बाटो ….. कस्तो बनाउने विचार ……////

    Reply
  5. jitman says:
    March 31, 2013 at 12:38 pm

    सबैको प्रतिकृया आ आफ्नो ठाउँमा ठीक होला तर त्यो केटीले तेस्तो कार्य गर्नु भन्दा अगाडी एक्चोती सोच्नु पर्ने कि मैले के गर्दै छु तेस्को परिनाम भोली के हुन्छ भनेर अहिले परिनाम सबैको सामु आइसकेको छ कि उ गर्वबती भएको अनि आनी साथ दिने पाकिस्तानी जिबन साथी पनि व्हिल्चिएर मा चल्नु पर्ने अब्स्था मा आखिर उस्ले एकैछिन्को माज बाहेक के पायो त यस बाट सबै नेपाली चेली हरुले केहि सिक्न जरुरी छ

    Reply
  6. Hari Prasad Lamichhane says:
    March 30, 2013 at 11:23 pm

    मा पनि खाडी तिर बसेको ६-७ वर्ष भयो, नेपाली हरु ले राम्रो काम गरेर आफ्नो साख राम्रो बनाउनु भन्दा येस्तै धेरै कुरा हरु ले बेइज्यति कमाएको धेरै छन् , यो केटि प्रशंशा को पात्र चाही हैन है जसले जे भने पनि ,

    पाकिस्तानी , बंगाली इन्डियन को पछि लागेका थुप्रै केटि हरु देख्न पाहिन्छ, साथि हरु ले बहरैन तिर बस्ने नेपाली साथि हरु संग सम्पर्क राखेर सोध्नु होस् न पत्याए .

    Reply
  7. Rajan Upriti says:
    March 30, 2013 at 7:05 pm

    डल्ली कुमारी (डि. के.) र मोहम्मद रफी (एम. आर.) को प्रिती गाँसिएछ, अदालतलाई के चासो ? तर मुसलमानको देशमा त्यस्तो हुन्न | अझ संयुक्त अरब अमीरात भनेको पश्चिमी प्रभाब परेको देशमा पर्दछ, कल्पना गरौ साउदी अरब, ओमान, इरान, इजिप्ट जस्ता देश हरुमा कानुनको हालत कस्तो होला |

    Reply
  8. Ramesh says:
    March 30, 2013 at 5:38 pm

    लोउ धन्न इस्रैल आयेयेछा बेलैमा ! येह त जता जे गरे नि फ्री हो एस्तो मामला मा त!तर
    नेपाल माचै अलि कडा छ भन्नि गर्य छ

    Reply
  9. chandra says:
    March 30, 2013 at 5:03 pm

    हा हा मलाई निशा जी को कुरा मन परियो ….अनि योगेश आदि जी को पनि पढेको ठिकै छ ….सबैए को विचार राम्रो छ ..मेरो विचार येस्मा केहि छैन्न……j हुन्छा आफ्नै कर्म हो …luck पनि mixup हुनु परियो अरु त आफै अगाडी बढ्नु पर्छ सोचे र जाने र …अवुनी दिन future त कसलाई tha हुन्छा र .present perfect हुनु पर्छ !

    Reply
  10. Mahesh says:
    March 30, 2013 at 5:02 pm

    इन्डियन को घर … नेपाली केटी काम गर्ने , पाकिस्तानी केटा कार सफा गर्ने अनि बंगाली दैलो पाले … राम्रो संयोजन ..हा हा हा

    Reply
  11. कुमार राई says:
    March 30, 2013 at 4:04 pm

    “लभ गर्ने नेपाली युवतीलाई दुबईमा एक वर्ष जेल” यो लेखलाई हिजो देखि पढ्दै छु विभिन्न पत्रपत्रिकामा हेर्दैछु यसमा लेख भन्दा पनि प्रतिक्रियाहरु धेरै नै कोरिएको छ मलाई त यी नेपाली चेलीलाई बिचारा भन्नु भन्दा प्रतिक्रिया लेख्नेलाईहरु लाई बिचारा भन्न मन लाग्यो उहा हरुको सोच अनुरुप नै सयाद प्रतिक्रिया लेख्नु भएको होला मायाले न जात भन्छ न, न कानून अनि सहमति मै उनि हरु को सम्बन्ध बढेको छ खै यसलाई कसरि अनैतिक भन्ने के उनि मात्र एक्ली नारी हुन् ? जो पहिलो बिदेशी पुरुष संग बिदेशमा गएर प्रेम गर्ने ? अनि यौन सम्बन्ध राख्ने ? कसरी टिपणी गर्न सकेको “चालु केटी, नेपाली थिएनन् , नेपाली आइमाई हरुले नाकै काटे बेइजति हरु जो सग पनि सुत्न तयार, पहिला देखिको बानी होला” आदि इत्यादी यस लेखमा त एकजना संगमात्र सम्बन्ध स्थापित गरेको देखिन्छ कसरी चालु भन्ने, नेपाली संग गर्दा चै अनैतिक नहुने पाकिस्तानी गर्दा चै ब्याजत हुने खै मित्रहरु तपाईहरुको प्रतिक्रिया हैन यो तपाईहरुको दिमाग भित्रको खराब उपज हो यसलाई भन्छ लाटो देशमा गाडो तन्नेरी

    Reply
  12. Yam says:
    March 30, 2013 at 3:21 pm

    नेपाल हुदा धोति फिल्म हेर्योअनि सबै धोति लाइ हिरो देख्यो
    धोति को एक इशारामा पाउरोतिको भाउमा सरिर सुम्पिदियो
    धोतीले संग सुत्नुभन्दा बैगुन हाल्नु.

    Reply
  13. Kiran Upreti says:
    March 30, 2013 at 2:19 pm

    लब परेकोकी sex गरेको बुझ्न सकियन ! लब पनि सार्है deep परेको रहेछ , भित्रै सम्म माया बस्ने गरि | यौन तृष्णा मेटाउने छानिक आवेगको परिणाम हो यो | ठाउँ न ठहर budiko रहर भयपछि यस्तै हुन्छा | आबस्यकता एकातिर हुन्छन पूर्ति गर्ने तरिका सही हुनुपर्योनि | अरुत के नै भन्न सकिञ्छर सुख पछि दुख र दुखपछि सुख अबस्य छ , आफै भोग .

    Reply
  14. Bishwaraj says:
    March 30, 2013 at 1:44 pm

    गर्भवती भए पछी पख्राइ परेको ठीकै भयो- ज्यान त बच्यो- नत्र केही समय पछी त्येही केटाको हात बाटै मर्नु सक्थ्यो- इजीपटमा नेपाली केटी सीरीयाको केटाको गर्भ बोके पछी त्येही केटाले मारेको र येस्तै अरु धेरैले येस्तैमा ज्यान गुमाएका छन्-

    Reply
  15. Deepak kuuwar says:
    March 30, 2013 at 1:13 pm

    तिर्खा लाग्यो पानी खाया मैले के बिराय, २८ वर्ष मा तेस्तो काम नगरे ८२ वर्ष मा गरोस त I
    बंगाली र अदालत लाई केको टाउको दुखाइ I

    Reply
  16. jetha manoj says:
    March 30, 2013 at 12:15 pm

    तेस्लाई नेपाल नै आउन दिन हुन्न पाकिस्तान नै ठिक होला त्यो नाका चरी लाइ.. .

    Reply
  17. S. R. Shakya says:
    March 30, 2013 at 11:28 am

    यौन शारीरिक आवश्यकता हो, तर यसमा संयमित हुनु जरूरी छ / जुन यस घटनाले पुष्टि गरेको छ /

    Reply
    1. Raj says:
      March 30, 2013 at 12:16 pm

      अरु धर्म को मान्छ्ये संग love गरेको वई हुन्नथेयो. कि नेपाली संगै गरेको vyee हुन्नथेयो . जाबो मुसलमान संग लागेको , न नराम्रो poo होकी vnni vyo .

      Reply
  18. तेन्जिंग गाबा says:
    March 30, 2013 at 10:31 am

    पाकिस्तानी केटोले नेपाली केटी पट्याएछ
    बंगालीलाइ औडाहा भएछ
    मौका मिलेको बेलामा बंगालीले रीस फेरेछ
    ,,, कुरो खत्तम

    Reply
  19. मारुहाङ्ग says:
    March 30, 2013 at 9:22 am

    माया प्रेममा आधारित चलचित्रबाट बढी नै प्रभावित रहिछिन् भन्ने हाम्लाई ला’छ । जे होस यौवनको कुतकुती मेटाउँनै पर्ने बध्यता पनि त रह्यो अर्को पाटो डल्लै …. ।

    Reply
    1. kumar lama says:
      March 30, 2013 at 9:51 am

      योउतले बिरौने सिगो नेपलि लाई पिरोल्ने भाने को योई हो

      Reply
  20. योगेश आदी says:
    March 30, 2013 at 8:27 am

    विश्वका करिब ९५ ओटा देश भ्रमण गरिसकेका व्यक्तिलाई एउटा अन्तरवार्तामा सिधियो; “तपाईलाई खाडी मुलुक घुमी सकेपछि के कुरा राम्रो-नराम्रो लाग्यो ?” उसको जवाफ थियो, “राम्रो-नराम्रो त धेरै छन्, तर मलाई एउटा कुरो चाँही सार्है खुशी लाग्यो !” प्रश्नकर्ताले पुन: सोध्यो; “के कुरामा त्यस्तो खुशी लाग्यो ?” उसले जवाफ दियो; “यस कुरामा खुशी लाग्यो कि मेरो जन्म धन्न त्यस्तो देशमा भएनछ भनेर !” पछि उसले एउटा लेखमा लेख्यो… खाडी मुलुकमा सबै भए पनि केहि नभए बराबर छ / जहाँ मानबिय मूल्य नै हुदैन, अरु मुल्यको के अर्थ ??

    Reply
    1. पुष्प says:
      March 30, 2013 at 10:04 am

      अरुको देशमा गएर बम पड्काउनेहरूको देशमा जन्मिनुचाहिँ भाग्यमानी हुनुरहेछ है योगेशजी ।

      Reply
      1. तेन्जिंग गाबा says:
        March 30, 2013 at 12:42 pm

        ४-४ वटी बिहे गर्न पाइने देशाँ जन्मनु पो भाग्यमानी त् कि कसो?

        Reply
        1. पुष्प says:
          March 31, 2013 at 10:52 am

          सम्बन्धबिच्छेद भएपछि अर्को बिहे गर्न पाइन्छ । सम्बन्धबिच्छेद नगरीकन वा बहुबिहे गर्नेहरू महाराजबाहेक प्रायः घरका न घाटका हुन्छन भन्ने कुरो पनि त बुझ्नुभएकै हुनुपर्छ ।

          Reply
          1. Aakar Bhushan Nepali says:
            March 31, 2013 at 9:43 pm

            Mr / Ms Flower जी,
            सम्बन्धबिच्छेद भएपछी बिबाह गर्न पाईन्छ भन्ने आम रुपमा कानुनी मान्यता भएपनि सबै समाज र राष्ट्रमा यो व्यवस्था रहीआएको वा चलिआएको छैन| अधिकांश मुस्लिम राष्ट्र्रहरु, परम्परागत चलनमा आधारित समाजहरु, र कतिपय धार्मिक sects मा अर्को बिबाह गर्न सम्बन्धबिच्छेद गर्न नपर्ने मात्र होइन एकै पटक बहु बिबाह गर्ने चलन पनि छ| यहाँ मैले यो ठिक यो बेठिक भनि राखेको छैन, मात्र चलनको उल्लेख मात्र गर्ने प्रयाश गरेको हुन् | अत धर्म, जाति, संस्कृतिको आधारमा बनेको कानुन मान्नु पर्ने जीकर गरिरहदा( जुन कुरा म पनि गर्दछु), सम्बन्धबिच्छेद पछि मात्र बिहे गर्न पाईन्छ भन्ने तपाईको doctrine उक्त जीकर संग कसरि मेल खान्छ ?
            # यो पोस्टमा सम्बन्धबिच्छेदको कुरा कसरि आयो ?
            # राजिखुशिमा चाहेको कुरा गर्न नपाईने तपाईको जंगली माओबादी कानुन अब त्याग्ने बेला भएन र ?
            # उक्त युवतीले कसरि जहाँसुकै र जोसंग पनि सहबास गरिन ? तिनले त आफ्नो प्रियतमसंग कोठा भित्र सहबास गरिन | हो त्यो देशको कानुन अनुसार उक्त कार्य गैरकानुनी होला, तर त्यो कानुन प्रति असहमत हुन् पनि नपाइने ?

            Reply
            1. पुष्प says:
              April 1, 2013 at 8:17 am

              तेंजिंगजीले नेपालको बारेमा कुरा गर्नुभएकोले मैले पनि नेपालकै कुरा गर्या हुँ श्रीमान्/श्रीमती/सुश्री आकारजी । इस्लाम धर्ममा बहुविवाह गर्न पाइन्छ, तर बिहेअघि यौनसम्बन्ध दण्डनीय छ । मैले शुरुमै उल्लेख गरिसकें कि कानूनको विरुद्ध जाने हो भने सजाय भोग्न तयार पनि हुनुपर्छ । कानूनविरुद्ध जाने वा असहमति जनाउने त्यो भने सबैको व्यक्तिगत स्वतन्त्रताको कुरा हो ।

              Reply
      2. Manoj Karki says:
        April 1, 2013 at 6:53 am

        आफ्नै देशमा बम पड्काउने भन्दा त अर्काको देशमा गएर बम पड्काउनेको देशमा जन्मनु राम्रो |

        Reply
        1. योगेश आदी says:
          April 2, 2013 at 4:45 am

          मनोजजी, गहिरिएर सोचें… थोरै शब्दमा सार्है नै गहन र सोचनीय अभिव्यक्ति दिनुभयो ! बास्तवमा आफ्नै देशको माटोमा बारुद गाड्नु भन्दा अनि आफ्नै राष्ट्रको सम्पतिमाथि बम बर्साउनु भन्दा त आफ्नो राष्ट्रको स्वार्थको लागि अरुको देशमा बम हान्नै परेपनि त्यो पो जायज लाग्यो /

          Reply
    2. bibek dhakal says:
      March 30, 2013 at 11:03 am

      मानवीय मूल्यलाइ के हिसाब ले ब्याख्या गर्ने तेस्मा भर पर्छ!
      मानव बिकाश सुचाङ्कमा उत्कृष्ट ३५ भित्र यसै त परेको हैन होला, यदि बस्न लायक ठाउ नभएको भए!
      हो, यो दुखद कुरा हो २१औ सताब्दिमा यसो हुनु , तर चेन्ज एकैसाथ आउदैन र आउने एक्स्पेक्ट पनि गर्नु हुन्न…. अब कम्पेरिटिव्लि हेर्ने हो भने नेपाल मै पनि सार्वजनिक स्थलमा चुम्बन जस्ता ” डिस्प्ले अफ अफेकसन” र अति छोटो पहिरनलाइ अझै राम्रो मानिन्न , अझै पनि सहमतिमै होटेलमा रात बिताए र प्रहरी को छापा मा परियो भने ठुलो झन्झट झेल्नु पर्छ ….खाडी मुलुकहरुमा त झन् “इस्लाम कन्स्टिट्युशन” छ – हामी अरु के आस गर्न सक्छौं.
      बरु भविस्यमा एस्तो घटना नघटोस भन्नको लागि त्यहा जाने सबैलाई यो बिसयमा अवगत गराउन “orientation” चाही राख्नु पर्ने हो ! देशको आयश्रोत त्यहि खाडी मा छ , लिबरल देशमा बस्नेहरुले ” थुक्क तेस्तो देशमा के जानु? ” भनेर कमेन्ट गरेर मात्र हुन्छ र ?

      Reply
  21. bikash says:
    March 30, 2013 at 7:34 am

    यी कान्छी लाई हामी जस्ता लक्का जवान नेपाली हुदा हुदै किन पाकिस्तानी संग लव
    गर्नु परेको होला मुसल्टे मा के छ तेस्तो हँ ?

    Reply
    1. bibek dhakal says:
      March 30, 2013 at 11:05 am

      अनुहार राम्रो थियो होला नि त उसको 🙂 !

      Reply
  22. Yam says:
    March 30, 2013 at 7:29 am

    नेपाली नारी भनेको विदेश मा अरु लाई सस्तोमा मोनोरनजन दिने साधन को रुप बनेको छ

    Reply
  23. Rajan Upriti says:
    March 30, 2013 at 4:21 am

    मानब अधिकार नभएको अविकशित खाडीको देशमा गए पछी यस्तै हुन्छ | बिकशित देशमा भए यस्तो हुँदैन थ्यो | अझ इरानमा भए ढुङ्गाले हानेर मार्थे, कुरानमा तेस्तै लेखेको छ |

    Reply
  24. B. Adhikari says:
    March 30, 2013 at 3:40 am

    पूर्व जानकारी

    कुनै पनि नेपाली नागरिक विदेशमा काम गर्न जाँदा, नेपाल सरकारले त्यसरी जानेहरुलाई, जानथालेको मुलुकको बारेमा संक्षिप्त परिचय, त्यहाँको ऐन, कानून, सामाजिक व्यवस्था, धर्म,परम्परा आदि बारे बताउन (Orientation) अति आवश्य छ। यसो नगरेको हुनाले धेरै नेपालीहरु कानूनी झँझटमा पर्न थालेका छन। यस तर्फ नेपाल सरकारको तुरुन्त ध्यान जाओस। विदेश जाने नेपालीहरु समयमै सचेत हुन पाउन।

    बी अधिकारि

    Reply
  25. Rob says:
    March 30, 2013 at 2:49 am

    नेपाली आइमाई हरुले नाकै काटे बेइजति हरु जो सग पनि सुत्न तयार/ ठिक परेछ जेलखानामा/ यहाँ अमेरिका आएका नेपाली केटि हरु हब्सी सग इन्डियनहरु सग सुतेको त मैले पनि देखेको छु /

    Reply
  26. Mala G Magar says:
    March 30, 2013 at 12:34 am

    ठिक्क परेछ । खुर्सानी पानी लाउनु पर्ने, नेपालमा भए ।

    Reply
  27. prabhakar says:
    March 30, 2013 at 12:20 am

    इन्डियन को घर … नेपाली केटी काम गर्ने , पाकिस्तानी केटा कार सफा गर्ने अनि बंगाली दैलो पाले … राम्रो संयोजन ..हा हा हा

    Reply
    1. Aakar Bhushan Nepali says:
      April 1, 2013 at 12:37 am

      Yeap ! that is just a microcosm of south asian political reality not necessarily a socioeconomic.

      Reply
  28. roshan dallas says:
    March 29, 2013 at 11:54 pm

    खाडी मुलुकहरुमा नेपाली चेली सुरछित छन् जस्तो हामीलाई लागेको छैन तर पनि देश मा युवा सक्ति पलायन भय पछि महिला लाइ मात्र राख्दा देश मा ठुलो समस्या हुने साथै कुमारी आमा को पनि संख्या बढ्न सक्ने सम्भावना भयको ले अलि अलि भय पनि रेमेंत्यंस भित्रिने महिला लाइ पनि अध्यागमन को कर्मचारी लाइ घुस लियर भय पनि खाडी मुलक पठाउदा हाम्रो पार्टी को गौरोब को बिसय हो भन्ने हाम्लाई लैरको छ

    Reply
  29. Bishwaraj says:
    March 29, 2013 at 10:58 pm

    ठीकै हो- खाने मुखले भात खान्छ- नखाने मुखले के खान्छ- त्येस्तै त हो-

    Reply
  30. उपासक उदास says:
    March 29, 2013 at 10:55 pm

    यो मुद्दा मा भारत , पाकिस्तान र नेपाल को संलग्नता त बुझियो . तर बंगला देश को चाही कसरी मुछियो , यो कुरो आलेख बाट बुझ्न सकिएन !
    जे होस् , अन्य नेपाली चेलीहरुले यसबाट शिक्षा लियो भने त्यही उपलब्धि ठहरिएला !

    Reply
  31. nisha says:
    March 29, 2013 at 9:50 pm

    बाह्र बर्ष मा पोइ आको मा राडी लै जरो आको love पनि समय अवस्था ठाउँ बिचार गरेर पो गर्नुपर्ने त ………..

    Reply
  32. Gorkhali says:
    March 29, 2013 at 9:30 pm

    देस अनुसार को भेस गर्नु पर्नी नि कान्छी, मुसल्टे को देस मा बसे पछि तेस्तो घर मै गर्न त अलि नहुनी यार !!! काम बासना भन्ने कुरा नै तेस्तो छ के गंर्नी.. जोस को बेला होस् हुन्न तेस माथि गर्भवती नि भएछौ अब के अर्ति दिउए खै ..तेता तिर बनि अरु दीद बहिनि हरु ले यो देखरे केहि पाठ सिकुन अनि अरु एस्तो खबर बढ्न नपरोस तेही हो लौ मै ले भन्नि त ..
    मस्ती गर्नी अगाडी अलि होस् गर है बा !!!!

    Reply
  33. Pankaj says:
    March 29, 2013 at 8:55 pm

    बुढा पाका ले “देश अनुशार को भेष” गर्नु पर्छ भनेको सहि हो / दुबही मा त के अमेरिका मा भए पनि सजाय हुन्थ्यो अर्काको ब्यक्तिगत सम्पती मा जबर्जस्ति घुसेको मा / माया प्रेम मा भुतुकै भयको भय अलिकति पैसा खर्च गरेर होटेल मा गयको भए भै हाल्थ्यो नि अनि कन्डोम पनि महँगो त छैन होला !

    Reply
  34. Kuber lama says:
    March 29, 2013 at 8:28 pm

    तै न तुइ हातमा लग्यो दुइ

    Reply
  35. PURNA PRASAD KHATIWADA says:
    March 29, 2013 at 8:01 pm

    पहिला देखिको बानी होला | अर्काको देश मा गयर यस्तो लाजमर्दो अनैतिक योन सम्पर्क राखने कस्तो चालु केटि

    Reply
    1. Rita says:
      March 30, 2013 at 7:38 am

      पूर्ण प्रसाद खातिवादा जी,

      होइन फेरी किन केटि लाइ मात्रै दोष ? कमेन्ट लेख्नु अघि अलि विचारले काम गरेर मात्र कमेन्ट लेख्नु भय राम्रो हुने थियो |

      यो बिषयमामा के त्यो पाकिस्तानी केटाको चाही केहि दोष चाहिन? चालु केटि रे … अनि पहिला देखि को नै बानि रे .. अनि के त्यो केटा चाही पहिला देखि को बानी थियन ? अनि त्यो चाही चालु हुदैअन ?

      यस्तै वाहियात केटाहरु को गराई अनि कमेन्ट लेखाइ तरिका ले गर्दा नै त केटि हरु सबै यस्ता का शिकार हुन पुगेका छन् बिदेशमा होस् वा स्वदेशमा |

      Reply
      1. DRKhatri says:
        March 30, 2013 at 10:10 am

        अरु कस्तो छ भन्ने हैन नि , आफु चै राम्रो भएको भए साएद एस्तो दिन औदैना थियो होला, कुरा यौन को मात्र हैन . काम गर्न गएको ठाउमा मा काम गर्नु पर्चा , अन्य कार्य गरे जो पनि फस्छ.!!
        जय होस् नेपाली को.

        Reply
  36. Hari Gautam says:
    March 29, 2013 at 7:55 pm

    अब के भन्ने मति बिग्रिए पछि….. प्रेम ले वर्ग जति देश केहि नभने पनि कुन देश मा रहेको हो त्यो देश को धर्म संस्कृति, कानुन त मान्नु पर्छ नि… अब यस्तै हो भने नेपाली हरु प्रतिको बिश्वास मुलुक बाहिर तल तल हुदै जाने छ ….

    Reply
  37. Romio says:
    March 29, 2013 at 7:33 pm

    लभ गर्न पनि नपाइने देशमा किन गएकी त ति चेली हेर विचरा । मलेसिया तिर दिदी बहिनीले ४,५ वटा व्याई फ्रेण्ड बनाउदा त केही भएको छैन ।

    Reply
    1. Munna says:
      March 29, 2013 at 8:17 pm

      तर जे भए पनि पाकिस्तानी खतरनाक हुन्छन. विचार पुर्याउनु

      Reply
  38. शशांक लामा, न्युयोर्क says:
    March 29, 2013 at 6:37 pm

    ए तेरीमा लाने ! हाव! दुवैले राजीखुशिमा समागम गरेपछि के को कानुन नि !

    Reply
    1. Pankaj says:
      March 29, 2013 at 9:05 pm

      अमेरिका मा चै राजीखुसि भय पछि कानुन चाहिदैन हो? अफिस, काम गर्ने ठाउँ जता पनि?

      Reply
    2. bibek dhakal says:
      March 29, 2013 at 10:06 pm

      सशांक जी , सबै देशको आ आफ्नो कानून हुन्छ , मर्यादा हुन्छ र अरुले पनि तेस्लाई रेस्पेक्त गर्नु पर्ने हुन्छ…. ..यो भन्दा अगाडी पनि दुबै कतार बाट बिहे अगाडी सम्बन्ध राख्दा डिपोर्ट गरिएको घटना पढेको थिएँ ( कुइरेहरुलाइ समेत)! अब के ठिक हो के बेठिक हो भनि डिस्कस गर्नु भन्दा देश अनुसार को भेष गरे ठिक होला ….बरु आस गरम बिस्तारै यी नियम हरु संसोधन हुदै जाओस तर त्यसको बिद्रोह गरेर , लुकिछिपी कानून मिचेर केहि हुने वाला छैन ! उस्तै खप्न सकिएन भने बरु कानोनी रुपमा बिहे गरे हुन्छ !!!

      Reply
    3. yash says:
      March 30, 2013 at 12:19 am

      सशांक जी ,
      तपाइले बेलामा बेलामा ओकालत गर्ने माओबादिले पनि ‘सहमति’ मै गरेको समागमलाइ अनैतिक भन्दै भाटे कारबाही गर्ने गरेको बिर्सिनु भयो ? |

      Reply
    4. पुष्प says:
      March 30, 2013 at 10:02 am

      कानूनको पालना र सम्मान सबैले गर्नुपर्छ । त्यसमाथि धर्म, जाति, संस्कृति आदिका आधारमा बनाइएका यस्ता कानूनको उल्ल‌घन गर्नुपहिले दण्डको भागीदार हुन तयार हुनैपर्छ । होइन भने राजीखुशी, बिहे गर्न मनशाय वा अरु कुनैपनि बहानामा यस्ता कार्य छूट हुनुहुँदैन । के राजीखुशी भन्दैमा जोकसैसँग र जहाँसुकै यस्तो कार्य गर्न पाइन्छ र ? एकचोटि आफ्नो वरिवरिको वातावरणलाई नै राम्ररी विचार्नुस् त !

      Reply
  39. chakre says:
    March 29, 2013 at 6:35 pm

    रेमिटेन्स को लाभ मा रमाएको नेपाली रंगिन सरकार युवा युवतीलाई विदेश धपाएर येस्तै घटना को भारी बोकीराखेर ग्रिनिच बुक मा नाम लेखौना तत्पर छ /

    Reply
  40. argali maila(bam) says:
    March 29, 2013 at 6:25 pm

    वास्तबमा भन्नु पर्दा यस्ता नारीहरुले गर्दा हामी नेपाली हरुको बदनाम भैरहेको छ /आज संसारको कुनै कुनामा गया पनि नेपाली केटी
    हरु को चालामल यस्तै हुन्छा चाहे कम गर्न जानी हुन् चाहे student visa मा जानी हुन् घरमा husband भय पनि कम मा गयको बेलामा यस्तै यस्तै कामहरु गरेको हामीले देखेको अनि सुनकै हो नेपाली को नाम मा कलङ्क /मेरो मतलब सबै लड़िस लै वन्न खीजेको होइन

    Reply
    1. Aakar Bhushan Nepali says:
      March 29, 2013 at 8:56 pm

      कुनै माईला राष्ट्रिय गान रच्छन, यो माईला देशको बदनामी नारीहरुले गरेको ठोकुवा गर्छन| होइन होउ माईला, सम्भोग क्रियालाई पन्ध्रौं शताब्दीतिरको अन्धो-धार्मिक बिश्वाशले लत्पतिएको आँखाले नहेरौं न होउ | एकआपसको सहमतिमा माया साट्न पनि नपाईने ?

      Reply
    2. Gita says:
      March 31, 2013 at 8:56 pm

      अर्गली माइला जी,

      तपाइको कमेन्ट पढ्दा त तपाइँ पनि निक्कै पिडित हुनु हुदो रहेछ भन्ने बुझियो तपाइँ ले आफ्नो कति जना दिदीबहिनी हरु ले दियको बदनामी खप्नु पर्यो? अनि आफ्नो श्रीमतीलाई चाही कुन मुलुकमा पठाउनु भयको छ / वा थियो जसले गर्दा नेपाली नारीहरु ले यत्ति बिधि बेइज्जत गरे भनेर गफ हाक्न आट गर्नु भो यहाँ ?

      नेपाली केटीहरुले बिदेशमा यस्तै गरि तपाइको अनि देशको बदनामी गरे भन्ने लग्छ भनेदेखि उनीहरुलाई खाडी मुलुक जस्तो असुरक्षित ठाउमा जान बाद्ध्य गराउने नेपालका ति भलाद्मी भनौदाहरु मध्ये तपाइँ पनि एक हुनुहुन्छ रहेछ जसले ति नेपाली नारिहरुमथी औला उठाउन जान्नु भो तर उनीहरुको त्यहाको अबस्था बुझ्न जान्नु भयन | यो नाबिर्सिनुस कि देशमा तपाइँ हरु जस्ता ले गर्दा नै आज आम अशिक्षित नेपालि चेलीहरुको बिदेशी मुलुक मा यो हाल हुन पुगेको छ |

      अर्को पटक कमेन्ट लेख्दा अरुलाई होच्यार लेख्नु अघि रछान को छिटा आफ्नो मुखमा पनि पर्ला कि भनेर होस् गरेर मात्र लेख्ने प्रयास गर्नु होला |

      Reply
  41. prabin lama says:
    March 29, 2013 at 6:06 pm

    के के हो के के हो एस्तो देसमा तेस्क्तो रुल्स

    Reply
  42. SURENDRA hongkong says:
    March 29, 2013 at 5:59 pm

    सहमति मै उनि हरु को सम्बन्ध बढेको रहेछ तर अदालत भिलेन भएछ /ल खत्तम बर्बाद/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme