Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुवेत प्रहरीको हिरासतमा फेरि दुई नेपाली महिला

Posted on April 12, 2013April 12, 2013 by mysansar

handcuffedकुवेतमा फेरि दुई नेपाली युवती प्रहरी हिरासतमा परेका छन्। दुवैलाई अनैतिक काम गरेको अभियोग लागेको छ। दुवै घरेलु कामदारका रुपमा कुवेतमा आएकी रहिछिन्।

पहिलो घटनामा एक २३ वर्षकी युवती परेकी छिन्। त्यसो त अहिले ३० वर्ष नपुगी खाडी मुलुकमा काम गर्न जान दिइँदैन। तर पहिले गएकाहरुहरुको हकमा यो लागू हुँदैन। नाम नखुलाइएकी ती नेपाली चेलीलाई धेरै वटा अभियोग लगाइएको छ। साद अल अब्दुल्लाहस्थित उनी काम गर्ने घरका मालिकहरुले उनलाई साह्रै पेट दुखेपछि जाहरा अस्पताल पुर्‍याएका थिए।

तर अस्पतालमा चिकित्सकीय परीक्षण गरी हेरेपछि त गर्भपातका कारण पो यस्तो ब्लिडिङ भएको पत्ता लाग्यो। लौ अब पुलिस केस ! पुलिस उनी काम गर्ने घर पुग्यो। घरको बाथरुममा ब्ल्याङ्केटमा बेरेको अवस्थामा नवजात शिशुको शव!

पछि प्रहरीसँग उनले ‘अवैध’ यौन सम्बन्धबाट उनी गर्भवती भएको बताइछिन्। अब प्रहरीले उनले बच्चा जन्मिसकेपछि मारेको कि मरिसकेको बच्चा जन्मेको भन्ने बारे अनुसन्धान गर्दै रहेको कुवेत टाइम्स दैनिकले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट चाहिँ उनले अवैध सम्बन्धबाट गर्भ रहेको कुरा लुकाउन बाथरुमभित्र बच्चा जन्माएको देखिएको बताइएको छ। प्रहरी अहिले उनलाई गर्भवती बनाउने केटाको खोजीमा पनि रहेको छ।

काम गर्ने घरमै केटासँग..

अर्को घटना पनि अचम्म कै छ। घरेलु कामदारका रुपमा कुवेतको एउटा घरमा काम गर्ने युवती र उनका ‘प्रेमी’ रङ्गेहात पक्राउ परेछन्। त्यो पनि ‘आपत्तिजनक’ अवस्थामा। खासमा परिवारका सबै सदस्य सुतिसकेको बेलामा सुटुक्क आएको रहेछ केटा।

‘कुवेत टाइम्स’का अनुसार घरकी मालिक्नीको निद्रा बीचमै खुलेछ। काम गर्ने केटीको कोठाबाट आएको ठूल्ठूलो आवाजले निद्रा खुलेको रहेछ। उनले आफ्नो लोग्नेलाई के रहेछ हेर्न जाऊ त भनेर पठाइन्। हेर्न जाँदा त….रङ्गे हात पक्राउ।

अनि उनले पुलिसलाई बोलाएर दुवैलाई पक्राइदिएछन्।

ती दुवै नेपाली महिलाको परिचय खुलाइएको छैन। कुवेतमा नेपाली दूतावास खोलेर वैधानिक रूपमा श्रमका लागि जान पाइने भएपछि हाउसमेडमा जानेको पहिलो गन्तव्य कुवेत हुन थालेको छ। यससँगै यस्ता घटना पनि कुवेती मिडियामा लगातार छाउन थालेको छ।

30 thoughts on “कुवेत प्रहरीको हिरासतमा फेरि दुई नेपाली महिला”

  1. argali maila(bam) says:
    April 14, 2013 at 4:41 pm

    एस अगाडिको कुबेतको घटनामा मैले एउटा कमेन्ट गरेको थिय तेती बेला धेरै जनालाई मन परेन तर एक महिना नाबित्द्दै फरे कुबेत मै तेही घटना तो पनि २/२ जना महिलाको /बस्ताब मा अहिले प्रमाणित भयो मैले गरेको कमेन्ट अस्ती हुन् विदेश मा बस्नी चेली

    Reply
    1. shyam says:
      April 19, 2013 at 3:17 pm

      मलाई एति मात्र थाहा छ कि, काम गर्न गएकोले आफ्नो परिवार अनि बाल बच्चा प्रति जिम्मेवार भएर काम मा लाग्नु पर्छ l तेस्तै प्रकार को काम मा मजा आउने अनि समाज र परिवार प्रति गैर-जिम्मेवार हुने हो भने त नेपाल मै बसेर सडक सडक चाहर्दै यौन धन्दा गरे भै हाल्यो नि किन बित्था मा बाहिर गएर अरु काम गरेर खाने दिदि बहिनि हरु को पनि मुख मा कालो मोसो दल्नु ? यस्ता हरु प्रति दया माया जाग्नु भनेको अर्को फेरी यस्तै दुर्गति को लागि कामना गर्नु हो l

      Reply
  2. B Rai says:
    April 13, 2013 at 10:24 pm

    यो कुरा सधै नारीहरुको हकमा मात्रै हुनेगरेको छ किनकि केटा मान्छेहरु धोकेबाज हुन्छन … स्वार्थ पुरा गर्न नानाकिसिमको कसम र बाचा गर्छन, आफ्नो अभिष्ट पुरा भएसी नाना थरिको आरोप लगाएर आफ्नो कर्तुत ढाक छोप गरेर चोखिन्छ्न तर दुर्भाग्य नारीहरु प्राकृतिक रुपमा जननी हुन् गर्भ त नारीले नै हो बोक्ने, नारी पुरुष कै मिलेमतोमा भएको सम्बन्ध अबैध घोषित हुन्छ र प्रेमी भनाउदो धोकेबाज ले दिएको धोका संगै कानुनी र सामाजिक बेईज्जतिको सामना सिर्फ नारीले गर्नु पर्छ ! त्यसैले नारीहरु आफै सचेत हुन जरुरि छ, जस्तो सहमतिमा यौन सम्पर्ग गर्दा सुरक्षित उपाय अपनाउने सम्झौता गर्ने, यदि कुनै कारणबस गर्भ रहेमा त्यसको समाधानको लागि दुबैको भूमिका बराबरी हुने गरेर सम्झौता गर्ने ! यो सम्झौता तोडेमा केटीले सिधै केटालाई बलात्कारको अभियोग लगाउने भनेर सम्झौता गरे धेरै हद सम्म केहि समाधान हुन्छ !
    सकभर स्थिति आफ्नो अधिन मा राख्नु नै सर्बोत्तम उपाय र बुद्दिमानी हो ! जसका लागि अस्थायी कृतिम यौन सामाग्रीहरुको प्रयोग गरे गोपनियता र कानुनी सजाय वा सामाजिक बेइज्जतको पनि समाधान हुने छ! बिशेस गरेर यौन जन्य प्राणघातक रोगहरु बाट पनि सुरक्षा मिल्ने छ !

    Reply
  3. Bishwaraj says:
    April 13, 2013 at 12:43 pm

    खाने मुखले भात खान्छ – नखाने मुखले त्येस्तै खान माग्छ त-…. These young ladies need to know how to play safe….

    Reply
  4. indra says:
    April 13, 2013 at 11:36 am

    मनोरन्जनका लागि कमेन्ट गर्न भन्दा पनि नेपाली महिलाहरुलाई तल्लो स्तरको कामका लागि बाहिरी मुलुकहरुमा राज्यले नै पठाउन हुदैन |

    Reply
  5. Toyannath Dahal says:
    April 13, 2013 at 9:58 am

    माई संसारको आँखा कुवेतमा भरखर पुग्न थालेर मात्र हो घटना बढे जस्तो भएको तर यहाँ हुने नेपालीले त यस्ता घटनालाई सामान्य रुपमा लिन्छन । किनकी जति चासो देखाए पनि यो एउटा अन्त्यहिन समस्या जस्तो लाग्छ । सरकारले तीस बर्षे मापदण्ड कुवेतका लागि तोकेको पनि घरेलु कामदारका लागि मात्र हो । संगठित क्षेत्रमा रोक छैन । जहाँ सम्म गल्ती कसको भन्ने कुरा खोज्ने हो भने धेरै कारणहरु छन । जहाँ घरेलु महिला कामदारलाई बाहिरी दुनियासँग घुलमिल गर्ने छुट दिईन्न त्यहाँ उनीहरुले करकापले वा राजीखुशीले समाचारमा भनिए झै वा घरेलु हाउस व्वाई, ड्राईभर र घर मालिक समेतबाट राखेका यौन सम्बन्ध र त्यसबाट हुने गर्वधानलाई रोक्ने र छेक्ने पहुच हुन्न तव के गरुन जसैतसै पर्खने नजन्मिए सम्म अनि फ्याक्ने । यसवीच घरबेटीले चालपाई हाले कसैले डिर्पोट त कसैले जेल हालिदिन्छन । यसर्थ घरेलु महिला कामदारलाई या त बन्दै गर्न सक्नु पर्छ या त उनीहरुको आधारभूत मानवधिकारको रक्षा र लेबर ल मा उनीहरुका अधिकार समेट्न सक्नु पर्छ स्मरण रहोस कुवेतमा काम गर्ने घरेलु कामदार यहाँको श्रम कानून अन्र्तगत उपचार पाउने हक राख्दैनन । यसर्थ सरकारले सोच्न पर्छ या त उनीहरुका लागि सुरक्षित रोजगारको ग्यारेन्टी गर्न सक्नु परयो या त बन्दै ।

    Reply
  6. योगेश आदी says:
    April 13, 2013 at 9:42 am

    जुन देशको धर्म परम्परा र कानूनले समेत महिलालाइ बस्तु सरह व्यवहार गरेको छ / त्यस्तो देशमा व्यक्तिगत स्वच्छन्दताको के मूल्य ? ज्वाज्वल्यमान दिव्यरूप समेत कालो पर्दाले ढाकेर आफुले पुरुषार्थको दम्भपान गर्नेहरूले किन नारी हीतमा निर्णय गर्छन र ?

    Reply
  7. lavesh says:
    April 12, 2013 at 11:13 pm

    SEX is basic human need and it cant be compared with Morality Only ……….

    Reply
  8. Kusum says:
    April 12, 2013 at 7:51 pm

    यहाँ जति कमेन्ट हेरियो सबैले कुवेतमा काम गर्न जाने केटीहरुलाई नै दोष दिएको जस्तो लाग्यो । यस घटनामा केटी मात्र दोषी त पक्कै छैन । तर सजाय नेपाली चेलीले भोगिरहेका छन् । मोजमस्ती गर्नको लागि कोही पनि विदेश गएको हुँदैन । कुनै न कुनै समस्या, बाध्यता र परिस्थितिले कुवेत जस्तो देशमा त्यही पनि हाउसमेडको जागिर खाएका छन हाम्रा दिदी बहिनीहरुले । यस्ता घटनाहरु घट्नु पक्कै राम्रो होइन यस तर्फ सबै सचेत हुनु पर्छ । तर दोष जति अरुलाई लाउनेको केही दायित्व छैन र हाम्रा दिदीबहिनीलाई प्रति ? कसरी यस्तो नर्कबाट हटाउने भन्ने बारेमा सोच्न सकिन्न ? आईमाईले फलानोथोक जोगाउनु भन्नेले आफ्ना घरका दिदी बहिनी कति सुरक्षित छन सोच्ने कि नसोच्ने ? उनीहरुको इज्जत बचाउने कि नबचाउने त ?

    Reply
  9. P.R Baral says:
    April 12, 2013 at 7:19 pm

    होइन आवजचाई किन निकालेर मरिछन?बिस्तारै मजा लुट्दा पनि त् हुन्थियो नि !

    Reply
    1. Saru says:
      April 12, 2013 at 11:56 pm

      बराल,
      तपाइको लेखाइ “आवाज चाही किन निकालेर मरिछन?” तपाइँ ले त त्यो आवाज केटी बाटै आयको भनेर ठोकुवा दिनुभो नि जबकि खबर मा आवाज कोठा बाट मात्र आयको भनियको छ | चोरको खुट्टा काट भन्दा थुत्त थूते जस्तै आफ्नै परिचय दिदै दोष सबै केटि माथि थोपर्नु भो | कतै त्यो केटा तपाई नै त पर्नु भयन ?
      म त यो बुझ्न सक्दिन कि यसरि कुनै केटि माथि चिन्दै नचिनी खास कुरै नबुझी दोस सब केटि माथि थुपारि यहाँ नराम्रा शब्द लेख्ने बेलामा आफना श्रीमती र दिदीबहिनीलाई किन सम्झादैनन यी ढोंगी लोग्नेमान्छेहरू ?

      Reply
      1. B Rai says:
        April 13, 2013 at 10:28 pm

        लोग्ने मान्छेहरु भनेर सप्पैलाई दोष दिन मिल्दैन, मैले आफ्नो कमेन्ट लेखिसकेर मात्रै तपाईंको कमेन्ट देखे तर मन परेन !

        Reply
      2. Bishwaraj says:
        April 14, 2013 at 4:56 pm

        सरु जी को कमेन्ट संग म सहमत छु- हो केटाले पनी त्यो आवाज निकाल्न सक्छ नी… !!

        Reply
    2. bibek dhakal says:
      April 13, 2013 at 3:11 pm

      not all are as \experienced as you in “keeping silence” while getting penetrated ! congratulations for your stamina of “taking inside” without uttering anything !~ what a perv

      Reply
  10. Shankar says:
    April 12, 2013 at 7:08 pm

    खाने मुख लै जुँगा ले छेक्दैन साथि हो, केटि जात भनेको त्रियाचरित्र हुन्छ मौका पौने बितिकै आफ्नो रुप देखाउछ तेसैले कुनै पनि नियम कानुन उनीहरुको लागि कम गर्दैन

    Reply
    1. Vijay says:
      April 12, 2013 at 9:20 pm

      त्यहा केटीको मात्र दोष देख्नुभयो? माने मैले तपाइको नजरलाई !

      Reply
    2. Saru says:
      April 12, 2013 at 11:59 pm

      तपाइको श्रीमती र दिदि बहिनि ले कतिवटा त्रिया चरित्र देखाई सकेकी छन्? बडो अनुभवी हुनुहुदो रहेछ |

      Reply
    3. SANAM says:
      April 13, 2013 at 6:34 pm

      शंकर भन्ने सरको श्रीमतीको व्यवहारबाट सबै कुरा जाने बुझे जस्तो छ .. लेखाइ तेस्तै आशयको छ …

      Reply
  11. resham says:
    April 12, 2013 at 5:23 pm

    होइन हउ सब भन्दा अब आफ्नो यौन चाहनालाई नियन्त्रण गर्न सके सबै भन्दा राम्रो होला/ होइन भने त जहाँ बसे पनि एस्त घटना त घटी नै रहन्छन / बुडा पाकाहरु भन्थे , कि थुतुना जोगाउनु कि ……….जोगाउनु / अब यी दुबै जोगौना सके राम्रो / ठिक ठाउमा सहि तरिकाले चले राम्रो / कि कसो?

    Reply
  12. Subhav, London says:
    April 12, 2013 at 3:16 pm

    आइमाई ले थुतुनो र मुतुनो जोगाउनु भन्छन ! “थुतुनो” त अरबी भाषा बोल्न नजानेर नै जोगियो, तर “मुतुनो” जोगाउने कला पनि सिकेर कुबेत तिर जानु है नेपाली दिदि बहिनि हरु, नत्र ठुलो समस्या मा पर्ने निश्चित छ !!!!!

    Reply
    1. Vijay says:
      April 12, 2013 at 9:24 pm

      अनि पुरुष ले नि? पुरुष चै जति नै छाडा साँढे बनेर हिंडे पनि केहि नहुने?

      Reply
    2. Kusum says:
      April 13, 2013 at 12:06 am

      यी छाडा साढे जस्ता लोग्ने मान्छेहरु ले चाही आफु नियन्त्रित् हुने कला सिकेर जानु खाडी मुलुक तिर नत्र भने छाडा साढेको जुरो रेटियला भान्छामा काम गर्ने केटीहरुको छुराले | होश गरेर जानु |

      Reply
  13. द्रोण says:
    April 12, 2013 at 2:13 pm

    घर को मालिक पनि पापी रहेछ , आफु चै बुढा बुढी सुत्ने बिचरा काम गर्ने हरुले येसो सरिर हल्का गरे पुलिस मा बुझाउने ? बरु गर्व निरोधक प्रयोग गर्नु र आबाज अलि कम गर्नु भनेर
    भनेर पो सिकाउनु पर्ने |

    Reply
  14. Mohan Subba says:
    April 12, 2013 at 2:11 pm

    अब बिदेस जाने एकल महिला सबै जनाले परिवारनियोजन (फेमिली प्लानींग) गरेर मात्र जानु पाउने नियम बनायो भने लंठाई साफ हुन्छ /लठ्ठी पनि नभाच्ने साँप पनि नमर्ने!

    Reply
  15. तेन्जिंग गाबा says:
    April 12, 2013 at 1:57 pm

    रोजगारी वा अन्य कामले परदेश जानेहरुलाई वा राहदानी लिने सबै १६ बर्ष माथिकालाई अझ “यौन-शिक्ष्या” अनिबार्य दिने गर्नु पर्यो / त्यो “यौन-शिक्ष्या” कोर्स पुरा नगरे सम्म राहदानी नै लिन नपाउने ब्यबस्था मिलाउने हो भने यो समस्या अलिक कम हुन्छ कि ?

    सोचौ है बिधि बिधाताहरु हो ,,,,,,,, “लाजले काज चल्दैन” भनेर बुढापाकाले त्येतिकै JPT हान्या मात्र होइन नि कि कसो? ,,,,,,,,,,,,,,,,,जदौ !!!

    Reply
  16. sushi says:
    April 12, 2013 at 1:22 pm

    जो केटि कुबेत मा गरेलु कामदार को राप जान्छन ति सबै बिबाहित हुनुपर्ने अनि श्रीमान पनि उ संगै जान पर्ने नियम बनाए देखि सायद यो समस्या बाट मुक्त हुन्छ होला/

    Reply
  17. राम राम says:
    April 12, 2013 at 12:35 pm

    मेरो विचार मा अब कुवेत जान प्रतिबन्ध होइन कुवेत जाने महिला लाई सुरक्षित यौन शिक्षा दिएर पठाउनु पर्छ जस्तो छ खासगरी गर्ववति हुन बाट जोगिन.

    दैबो नजनती कुतौ मनुश्याह: !!

    Reply
    1. तेन्जिंग गाबा says:
      April 12, 2013 at 2:07 pm

      ठिक हो
      तर
      “कुवेत जाने महिलालाई” मात्र किन ?
      मेरो बिचारां त् सबै तिर जाने महिला-पुरुष-तेश्रोलिंगी सबैलाई दिनु पर्छ यस्तो शिक्ष्या, अस्ति भर्खरमात्र क्यानाडा-अम्रिकामा हाम्रा पुरुषहरुपनि यौन दुराचारको अभियोग खेप्दै गरेको कुरो त् यसै ब्लगमा पढ्या थिए, फेरी तिनले उनीहरुलाई छुटाएकोमा नियमापत्ति गर्लान नि ,,,,,,,,,,जदौ !!!

      Reply
    2. बेखालाल नेपाल says:
      April 12, 2013 at 5:18 pm

      अनि कुबेत जाने महिलालाई सुरक्षित यौन शिक्षा अन्तर्गत “ठूल्ठूलो” आवाजमा मालिकको निन्द्रा नखोल्ने गरि “गर्ने” पनि समाबेश गर्दा ठिक होला|

      Reply
  18. Janak b Thapa says:
    April 12, 2013 at 11:46 am

    नेपाली महिला लै खाडी मुलुक मा घर मा काम गर्न वीसा वोर्क परमिट नेपाल सरकार ले तुरुन्त बन्द गर्नु पर्छ हाम्रो देस नेपाल को इजात li लागि नत्र बिदेसमा नेपाल को नाम को बदनाम हुदै जाने छ
    नत्र बिदेसमा काम गर्न जाने महिला मा के गर्नु हुन्छ र के गर्न हुदैन बिदेसमा सबै कुरा को राम्रो खयाल गर्नु पर्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme