-सशांक लामा- एक हप्ता अगाडिनै मेरा गाउंले मित्र छाङ्वा लामाले जुन महिनाको ९ तारिख आईतवार, न्युयोर्कस्थित ज्याक्शन हाइटमा खानपान गर्नेगरी निमन्त्रणा गरेका थिए।९ तारिखको दिउंसो सम्म मेरो गाउंलेको अत्तो पत्तो थिएन।ज्याक्शन हाइटस्थित कमला गौचन कहाँ खाना खाइने भैइयो भनेर सुरिएर बसेको थिएँ। न्युयोर्कको कार्य ब्यस्तताले गर्दा उनले भुलेछ क्यार! खैर ठिकै छ्! भनेर म मध्यानहतिर… Continue reading
पैसाको पहुँच
मंगलबार एकाबिहानै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ थोरोङ्गला पास काटेर मुक्तिनाथ झर्दा मन्दिर नजिकैको हेलिप्याडमा दुई वटा हेलिकप्टर अडिएका थिए। ६ जना जति पुलिसले पनि हेलिकप्टर नजिकै पहरा दिइरहेका थिए। हामीले सोच्यौँ कुनै मन्त्री सन्त्री आएको हुनुपर्छ मुक्तिनाथ घुम्न। हामीले मन्दिर बाहिर पूजाका सामान बेच्नेलाई पनि सोध्यौँ। “खै, ठूलो मान्छे आएको रे” भनिन्। को… Continue reading
ज्ञानेन्द्रको गणतन्त्र भ्रमण
जनआन्दोलन २०६२/०६३ को जगमा स्थापित पहिलो जननिर्वाचित संविधानसभा २०६४ जसै बिना उपलब्धी स्वतः विघटन भई समाप्त भयो, त्यसले स्थापित गर्न खोजेका परिवर्तनहरुमाथि पनि प्रश्न चिन्ह लागेको छ। जनआन्दोलनलाई संस्थागत गर्ने मुलुकको अन्तरिम संविधान २०६३ अद्यापि मृत भैसकेको त छैन, तर यो आफैंमा बेकम्मा बनाइदैछ, दिनदिनै त्यसकै संस्थापक रुाजनीतिक दलहरुबाट। जनताको सार्वभौमअधिकार प्रयोग गर्ने संविधानसभाले देशलाई… Continue reading
पोखराको आकाशमा चराजस्तै उड्दा
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाएको थिएँ। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघाएको थियो। प्याराग्लाइडिङभन्दा अलि डर लाग्ने रहेछ। जहाज कै दुई पखेटामा एउटामा फोटो र अर्कोमा भिडियो गरी दुई वटा क्यामेरा हुने रहेछ। त्यसैले खिचेको भिडियो… Continue reading
किराको लोभमा माटोसमेत बेचिन्छ
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको चौथो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। एक जना व्यापारी थिए १७/१८ वर्षदेखि यार्सागुम्बाको व्यापार गर्दै गरेका। सुरक्षाको कारण उनले आफ्नो नाम खुलाउन चाहेनन्। हामीले त्यसको सम्मान गर्ने बताएपछि बल्ल उनी खुले। उनी त आफै… Continue reading
दिमागमा घाँस उम्रिएको !
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको तेस्रो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। त्यही क्रममा स्थानीयहरुसँग कुरा हुँदा यार्सागुम्बाबारे गजबका तथ्य सुन्ने मेसो मिल्यो। पेम्बा दाइले सुनाउनुभयो धार्मिक ग्रन्थ अनुसार यार्सागुम्बाको उत्पतिको कुरा। त्यसअघि साथी उत्तमले यो कसरी बन्छ भनेर वैज्ञानिक… Continue reading
एउटै गाउँमा करोडको व्यापार
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको दोस्रो ब्लग यहाँ राख्दैछु। अघिल्लो ब्लगमा पनि भनिसकेको हुँ यार्सागुम्बाबारे पिएचडी गर्दै गरेका साथी उत्तमबाबु श्रेष्ठको अध्ययनका सिलसिलामा मनाङ आइपुगेको हुँ। यात्राको दोस्रो दिन स्थानीय व्यापारी र संकलकहरुसित जानकारी लिँदैमा बित्यो। तपाईँलाई सुन्दा अचम्म लाग्ला, यहाँको विकट गाउँमा यार्सागुम्बाको व्यापारबाट प्रशस्त आम्दानी हुन्छ।… Continue reading
माछा नपाइने मनाङतिर मुन्टिँदा
मनाङ जिल्लाका थुप्रै विशेषता पढेसुनेको थिएँ। जस्तै मनाङ माछाबिनाको जिल्ला हो। यहाँका कुनै पनि नदी वा जलाशयमा माछा लगायत कुनै जीवजन्तु पाइँदैन। मनाङ कम पानी पर्ने नेपालको एउटा ठाउँ हो। बाहुन क्षेत्रीको स्थायी बसोबास नभएको जिल्ला पनि यही हो। केही अघिसम्म जेल र थुनुवा नभएको जिल्लाका रुपमा पनि मनाङ परिचित थियो। तर नार यार्सागुम्बा कान्डपछि… Continue reading
पानीको अभावको फोटोले जित्यो पुरस्कार
इसिमोडले आयोजना गरेको हिमालय क्षेत्रमा पानीको अवस्थाबारे भएको फोटो प्रतियोगितामा एउटा नेपाली फोटोले पुरस्कार जित्न सफल भएको छ। उत्तमबाबु श्रेष्ठले डोल्पा जाँदा खिचेको स्रोतमै पानीको अभाव शीर्षकको फोटोले सेकेन्ड रनर अप अवार्ड जितेको हो। पोहोर माझफाल गाविसमा खिचिएको यो फोटोलाई दुई व्यवसायिक फोटोग्राफर जगदीश तिवारी र रवि सायमि अनि एक जल विशेषज्ञ अदिती मुखर्जीको जुरीले… Continue reading
जटामासी खोज्दै रसुवा डुल्दा
[अहिले म मनाङ यात्रामा छु। एक वर्षअघि यति नै बेला हामी एउटा जडिबुटी खोज्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र चहारिरहेका थियौँ। त्यतिबेलाको अनुभवसहितको ब्लग तपाईँहरुले नपढ्नुभएको भए-] समुद्री सतहभन्दा ३५०० मिटर उचाइमा रहेको रसुवाको चोलाङपाटीमा भेटिएकी डोल्मा र पेमा टाउको दुख्दा सदरमुकाम धुन्चेको औषधि पसलमा किनेको सिटामोल खानेगर्छिन्। जब हामीले टाउको दुख्दा प्रयोग गर्न सकिने नजिकै… Continue reading
बेलायती शिक्षाले पढाएको पाठः सोह्र दुना आठ
विमल थापा बेलायती साम्राज्यवादको नयाँ शैलीको रुपमा आएको विश्वमा आफ्नो सम्प्रभूत्व कायम राख्ने र सधैझैं आफूलाई मात्रै संसारको राजनैतीक र आर्थिक शक्तिकेन्द्र बनाईराख्ने कुटिल चाल स्वरुप थापिएको टायर फोर नामको भिषा नीतीको बल्छीमा परेर उनीहरुकै साल सन् २००९ को अन्ततिर बेलायती साम्राज्यको भौगोलिक केन्द्र र आर्थिक राजधानी र अझै उनीहरुकै शब्दमा भन्दा विश्व प्रवेश गर्ने… Continue reading
सुन्नुभएको छ यो विनायकको नाम ?
भगवान गणेशको अर्को नाम विनायक हो। काठमाडौँका चार कुनामा रहेका चार विनायक प्रख्यात छन्- सूर्य विनायक, जल विनायक, चन्द्र विनायक र अशोक विनायक। त्यसबाहेक अरु विभिन्न विनायकका नाम पनि प्रचलित छन् जस्तै सिद्धि विनायक। गोसाँइकुण्ड जाने बाटोमा रहेको लौरी विनायक पनि प्रख्यात नै छ। तर तपाईँले सुन्नुभएको छ दही विनायक ? हजुर, रहेछ यस्तो विनायक… Continue reading
लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी
आगामी संविधान सभा निर्वाचन प्रयोजनका लागि वैद्य माओवादीले पार्टी दर्ता गरेन। तर कूल कति वटा पार्टी दर्ता भयो थाहा छ ? ५० हैन, १०० हैन। पूरै १३९। आम्मामा ! यति धेरै पार्टी। सबको पार्टी दर्ता हुने र सबले चुनाव लड्ने हो भने त चुनाव चिह्न पनि के के मात्र दिनु पर्ने होला ! अनि मतपत्र… Continue reading
कमरेड सुगन्धा
-दीपेन्द्र दोङ तामाङ- ढक्ढक……ढकढक……………। अचानक ढोकामा बेस्सरी कसैले ढक्ढकायो । म र साथी दाइ झल्याँस्स विउँझ्यौं । एक किसिमको डर पनि लाग्यो । को हँ ? ढोका ढक्ढक्याउँने ?? माथि चोटामा सुत्नुभएका सेते काकाले माथिबाटै सोध्नुभयो । हामी हौं काका । बाहिरबाट आवाज आयो । ए तिमीहरु पो । ल,ल एकछिन है । परिचित आवाज… Continue reading
कस्तो ‘व्यवस्थित’ एडु फेयर, धत्!
-सन्तोष चौरेल- ५ महिनाजति अघि साझा प्रकाशनले गरेको बुक एक्सपो जाँदा लागेको थियो- कति अव्यवस्थित गरेको होला छि, मान्छेले किताब कुल्चेर हिँड्दा पनि वास्ता छैन। आज नेपाल एजुकेसन एन्ड बुक फेयर गएँ भृकुटी मण्डपमा। अहिले लाग्दैछ यो व्यवस्थित भनाउँदो एक्सपो भन्दा त साझाले आयोजना गरेको एक्सपो नै राम्रो थियो। मैले यस्तो किन भन्दैछु भने यो… Continue reading
यो त सब भन्ने कुरा न हो…
रामकृष्ण ढकालको स्वरमा बज्ने एउटा गीत छ- यो त सब भन्ने कुरा न हो। कालीप्रसाद रिजालको शब्दमा यो गीतमा माया गर्नेहरुले गर्ने चिप्ला कुरामा व्यङ्ग्य गरिएको भए पनि अरु विषयमा पनि यो लागू हुन्छ। माथिको उदाहरणै लिउँ न। गएको मंसिर अन्तिम सातामा प्रधानमन्त्री नेतृत्वको केन्द्रीय अनुगमन समितिको बैठकले दुई महिनाभित्र गरिसक्ने भनिएको यो काम आज… Continue reading
१२ किलोमिटर यात्रा गर्न तीन घण्टा
१२ किलोमिटर दूरी यात्रा गर्न बसमा दुईदेखि तीन घण्टा लाग्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। प्रति घण्टा कति किलोमिटरको दरले कुद्ने रहेछ त गाडी ? लु भैगो भैगो, हिसाब गरिरहनु पर्दैन, बरु बाटो हेर्नुस्। किन लाग्दो रहेछ त्यत्रो समय विशाल श्रेष्ठले खिचेको यो भिडियो हेर्यो भने थाहा भइहाल्छ।
धरहरा साक्षी छ
जेठ १४ गते राति भद्रकालीनजिकैको आकाशे पुलबाट देखिएको दृश्य। धरहरा त तपाईँहरुले ठम्याइहाल्नुभयो, बायाँ साइडको ठूलो घर सिभिल मल हो। त्योभन्दा अलि दायाँको भवन नेपाल टेलिकमको हो। बीचमा धरहरा भइहाल्यो। दायाँ छेउको चाहिँ काठमाडौँ मल हो। कालो देखिएको टुँडिखेल हो।
आज संविधान सभाको सराद्धे
आज जेठ १४ गते हो। एक वर्षअघि आजै मध्यरात संविधानै नबनाई संविधान सभाको हत्या भएकोले आज सराद्धे हो। एक वर्ष बितिसक्यो, तर देश जहाँको तहीँ छ। एकोहोरो मेरो गोरुको बाह्रै टका नगरी इमान्दार भएर लागेको भए यतिबेलासम्म नयाँ निर्वाचन भएर नयाँ संविधान सभा बनी जनादेशप्राप्त नयाँ सरकार पनि बनिसक्थ्यो होला। बाबुरामको सरकारले चुनाव गराउनै हुन्न… Continue reading
दलको दलदल
एकदमै आशावादी हुनेहरुले साह्रै निराशावादी सोचको मान्छे भनेर गाली गर्लान्। तर खिलराज रेग्मीको सरकारले आउँदो मंसिरमा पनि चुनाव गराउने ल्याकत राख्छन् जस्तो मलाई पटक्कै लाग्दैन। भलै अहिले चुनावी प्रक्रिया स्वरुप दल दर्ताको काम सकिन लागेको छ। अहिलेसम्म कूल कति दलले निर्वाचन आयोगमा नाम दर्ता गराए थाहा छ ? ६१ वटा। अब दल दर्ता गर्न मात्र… Continue reading