Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी

Posted on June 2, 2013June 1, 2013 by Salokya

आगामी संविधान सभा निर्वाचन प्रयोजनका लागि वैद्य माओवादीले पार्टी दर्ता गरेन। तर कूल कति वटा पार्टी दर्ता भयो थाहा छ ? ५० हैन, १०० हैन। पूरै १३९। आम्मामा ! यति धेरै पार्टी। सबको पार्टी दर्ता हुने र सबले चुनाव लड्ने हो भने त चुनाव चिह्न पनि के के मात्र दिनु पर्ने होला ! अनि मतपत्र कति लामो हुने होला ! लामो मतपत्रमा चुनाव चिह्न खोज्न कति झ्याउ हुने होला !

त्योभन्दा अहिले त म यी पार्टीहरुको नाम पढेरै दङ्ग परिराछु। कति रमाइला रमाइला नाम पनि रैछन् त। हुँदाहुँदा लुम्बिनीका सिद्धार्थ गौतमले समेत पार्टी दर्ता गर्न भ्याएका रहेछन्।


के रहेछ त उनको पार्टीको नाम चाहिँ ?

नेपाल रिपब्लिक पार्टी रे। यो पार्टीको कार्यालय लुम्बिनी २, रुपदेन्ही भनिएको छ। जेठ १६ गते यो पार्टी दर्ता गर्न आउनेले नाम सिद्धार्थ गौतम (लुम्बिनी) लेखाएका छन्। पहिलो पटक पार्टी दर्ता गर्न आएकोले १० हजार मतदाताको समर्थन रहेको हस्ताक्षर पनि उनीहरुले बुझाएका छन्।

नामै गजबका !
बिजुलीप्रसाद तिम्सिनाले युनाइटेड ग्रीन अर्गनाइजेसन नामको पार्टी दर्ता गराएका छन्। स्वाभिमानी एकता समाज नामको अर्को पार्टी पनि दर्ता भएको छ।

त्यस्तै कीर्तिपुर कार्यालय भएको अर्को पार्टीको नाम नेपाल श्रमजीवी दल रे। राष्ट्रिय एकता पार्टी पनि रैछ बुढानिलकण्ठमा। देशभक्त समाज नामको दल रहेछ जमलमा। अनि कोटेश्वरमा चाहिँ युवा नेपाल पार्टी रे। युवा महिला जनता पार्टी रैछ पुतली सडकमा। एउटा पार्टीले चाहिँ नामैले विकास गर्ने भो। संघीय विकासवादी पार्टी नेपाल रे नाम पनि। नयाँ नेपालको नाम पनि भजाएको छ एउटा नयाँ नेपाल राष्ट्रिय पार्टीले।

बेलायतको जस्तो लेबर पार्टी रहेछ फेरि नेपाल लेबर पार्टी। अफि चाहिँ पेरिस डाँडा कोटेश्वरमा रे। नयाँ बानेश्वरमा लोक दल खुलेको रैछ। ओम सेना नेपाल भन्ने अर्को पार्टी रैछ सोह्रखुट्टेमा। नेपाल आमा पार्टी नि रैछ। एउटा अर्को क्रान्तिकारी पार्टीको नाम चाहिँ गरिब जनताको क्रान्ति पार्टी रे।

सबै पार्टीको नाम हेर्नुस्-

33 thoughts on “लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी”

  1. Bishwobandhu tiwari says:
    June 13, 2013 at 7:04 pm

    they can make party name of the buddha but then need to work like buddha.

    Reply
  2. Rabi, London says:
    June 9, 2013 at 10:07 pm

    अब सबै घर पार्टी मा परिवर्तन हुन्छ /

    Reply
  3. शिव says:
    June 6, 2013 at 7:38 am

    अनि एत्रो पार्टी भित्र नेपाल बन्द पार्टी रहेनछ ?नेपाल डन पार्टी ,नेपाल चन्दा पार्टी ,नेपाल हत्या पार्टी ………………अब कि दिन मा यो चै चल्छ

    Reply
  4. nisan gurung says:
    June 6, 2013 at 12:40 am

    अब नसकिने भो नेपाल मा…नेपाल मा अब पार्टी दर्ता गरौदा ..दर्ता सुल्क लगभग ५०००० लाख गराउने अनि एउटा पनि सभासद ले जितेना भने त्यो सोतः नेपाल सरकार लाई हुने बेबस्था गर्यो भने येस्ता चौउ उम्रेको जसरि पार्टी त खोल्ने थिएन …..अबत गर्दा गर्दै एउटा परिवार ले मात्र नि पार्टी खोल्ने बेला आयो……..लौ गरि खवो …जय सबिधान सभा चुनाब ………….

    Reply
  5. simit gauchan says:
    June 5, 2013 at 2:54 pm

    सब भन्दा ठिक चाहि १९१ जनाको संबिधान सभा सांसद चुन्ने जसमा
    एमाओबादी बाट २५ जना
    कांगेस बाट २५ जना
    एमाले बाट २५ जना
    माओबादि ड्यास बाट २५ जना
    मधेश बादी दल सम्पूर्ण बाट ३५ जना
    राप्रपा बाट १० जना
    राप्रपा नेपाल बाट ५ जना
    माले बाट ५ जना
    मजदुर किसान बाट ५ जना
    मसाल बाट ५ जना
    नागरिक समाज र बुद्दिजिवि बाट १० जना
    जम्मा भए १८०
    ११ जना स साना पार्टी बाट पार्टीको जनमत हेरी नियुक्त गर्ने गरि !!!
    जम्मा भए १९१ जनाको संबिधान सभा सदस्य बनाउने जसमा प्रत्येक पार्टीले ४०% महिला, जनजाति र दलित बाट चुन्ने गरि सहमत गरे चुनावको झमेला पनि नहुने राष्ट्रको ढिकुटी पनि बच्ने कसो साथि हो ??????????
    सिमित
    सिड्नी बाट

    Reply
  6. Mohan Subba says:
    June 5, 2013 at 11:57 am

    “नेपाल बेरोजगारी एकता पार्टी” दर्ता गर्नु पर्ला म पनि!

    Reply
    1. Kusal Nepali says:
      June 6, 2013 at 12:20 pm

      डुकाटी र R15 जस्ता महंगा मोटरबाइकमा चढ्ने तिमीहरुजस्ताले “नेपाल बेरोजगारी एकता पार्टी” दर्तागर्नु विचित्रकै कुराहो!

      Reply
  7. Mohan Subba says:
    June 5, 2013 at 11:54 am

    सबैले पार्टी दर्ता गरेछ तर खोइ त बेरोजगारी हरुको पार्टी?

    Reply
  8. sur en says:
    June 5, 2013 at 10:39 am

    कहिँ नभा को जात्रा हाडी गाउ मा रे

    Reply
  9. Biswash says:
    June 5, 2013 at 7:30 am

    भएका पार्टीहरु गतिलो नभए सम्म नया-नया पार्टी खुली रहन्छन / यसलाई व्यक्ति स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यास भनेर बुझौ / आखिर कालान्तरमा रहने केहि मूख्य पार्टी मात्रै त हो नि / सबैको सांझा देश र पार्टीलाई बनाउन नसक्दा यस्तै हुन्छ भनेर बुझ्ने मानसिकताको खाँचो छ देशमा /

    Reply
  10. Tulasi Ram Wosti says:
    June 5, 2013 at 7:06 am

    सबै चोर हरु, देश लुट्न पल्केका हरु लुटेरा हरु !

    Reply
  11. bharat says:
    June 5, 2013 at 6:20 am

    म पनि एउटा पार्टी दर्ता गर्नुपर्ला नेपाल गएको बेला मा एसो सुझाब पाउँ न साथी हो नाम चाहिं के राख्दा ठिक होला “!!!!”

    Reply
  12. Deepak GC says:
    June 5, 2013 at 5:26 am

    चुनाबमा समानुपातिकतर्फ थ्रसहोल्डको व्यवस्था गरेपछि यी दल हरु त्यतिकै हराएर जान्छन | चुनाबमा कागताली परिहाल्छकि भन्ने लालचा मात्र हो यिनीहरुको नया दल खोल्ने नाटक |

    Reply
  13. pattu says:
    June 5, 2013 at 4:23 am

    अति राम्रो! खुशी लग्यो नेपाल मा येत्रो पार्टी भएको देखेर. के गर्ने एक जमाना मा जति NGO खोल्यो उत्ति डलर खान पाउने हुनाले NGO नै NGO दर्ता गर्ने बिग बिगी थियो अब सबै पार्टी हरुले डलर खान पाउने भएको ले पार्टी खोलेको होला.! जस्तै कि नर्वे र डेनमार्क को सहयोग ले देस लै के नै विकास मा टेवा पुग्यो र नेता हरु को खल्ती अनि पार्टी को नाम मा पैसा बाँडी चुडी खानु बाहेक.
    जे हो. येत्रो पार्टी हरुको भिड बाट कुन देश भक्त आउने हो हेर्नु बाँकि नै छ. जंगी शासन लिएर.

    Reply
  14. gorkhali says:
    June 5, 2013 at 3:34 am

    यो सब सोझा जनता लै धम्काएर खाने बाटो हो ..येस्ता मोरा चौऊ उम्रे जस्तो उम्रेको पार्टी को केहि काम छैन !!!

    Reply
  15. madan bajracharya says:
    June 5, 2013 at 3:26 am

    थ्रेसहोल्ड जिरो बनाउने अनि तुच्चे फुच्चे लुच्चे निकम्मा बेकम्मा जमातले पनि पार्टी दर्ता गरेर समानुपातिक कोटामा सभासद बन्ने अनि बस सभासद भत्ता पकाउने; बस यहि मात्रै हो इनिहरुको उद्ध्य्स्य/ लथालिङ्ग देसमा भताभुङ्ग चाला जजसले सक्छ उसले लुतिखाने/

    मधेशबादी संगठित नेपाली विभाजित भयर यसरि तुच्चे फुच्चे दलहरु दर्ता हुँदै गयमा भोट घट्ने त् कांग्रेस यमाले लगायत मध्यम आकारको दलहरुकै भयकोले मधेश-मावोबादीदलहरु थ्रेश होल्ड हटाउनु पर्ने; फौजदारी अभियोग लागेका, जेल भित्र रहेका; प्रहरीको वान्टेड लिस्टमा रहेकाले समेत चुनावमा उम्मेद्वारी दिन पाउनु पर्ने भन्दै आयको हो/

    यदि मधेसी-मावोले भने जस्तै थ्रेसहोल्ड पनि हटायर’ अपराधि समेत चुनावमा उठ्ने भय यसपालिको संबिधान सभा संबिधान सभा भन्न समेत लायक हुँदैन/

    Reply
  16. sam says:
    June 2, 2013 at 11:57 am

    बिबेकशील नेपाली पार्टी छैन कि के ho ??

    Reply
  17. resham says:
    June 2, 2013 at 11:48 am

    धेरै बिरालोहरुले मुसो चाही पट्टक्कै मार्दैनन / जति धेरै दल खोल्यो झन् देशमा समस्या बढेर जान्छ /

    Reply
  18. xyz says:
    June 2, 2013 at 11:00 am

    How is it possible to register 78 political parties within a single day, that too, on the last extended day? Something fishy happening inside EC. EC is playing politics, it must have deliberately encouraged political parties to register so that Baidya faction can be humilated. It is sheer impossible for 78 political parties to come up with at least 10,000 signatures per party. This guy called Nil Kantha Upreti, a chamcha of CPN-UML is ruining the country.

    Reply
  19. Ram Sampang says:
    June 2, 2013 at 10:21 am

    अनि बिरेन्द्र राज दहालले जनयुनिटि को-अपरेटिभ पार्टी नेपाल पनि त खोलेका रैछन नि, यसले चाँही बचत तथा ऋणको काम गर्ने हो कि? पहिले नै धेरैजनाको पैसा डुबाएको भएर अब चुनाव जितेर फिर्ता गर्दिन्छु भन्या हुन कि?

    Reply
  20. Madhav says:
    June 2, 2013 at 10:12 am

    सबैलाई सत्ता र पद चाहिएको छ

    Reply
  21. Govinda says:
    June 2, 2013 at 9:34 am

    सबई गुन्डा-नेता हरु ले थाहा पाए कि यो नी पुस्तो -पुस्ता लाई पुग्ने कमाउने सजिलो माध्यम हो . तेसॆले चोर फटाहा को हुलमा यो त के हो ल / ६०१ त हुन पर्नेहो ती सबई लाई कसरी कमाउन – लुट्न सकिन्छ थाहा छ .६०१ पार्टी दर्ता हुन पर्ने के गल्तिभायेछा ?

    Reply
  22. Radheshyam Bogati says:
    June 2, 2013 at 8:42 am

    आफु र श्रीमती छोराछोरी पाल्न पैसा नभए पछि के गर्ने त ? चुनाब लडे नाम पनि कमाइने दाम पनि कमाइने होइन त साथीहरु ? सरकारले रोजगार दिन सक्दैन. आफै गरि खानेलाई पनि विभिन्न टेन्सन छ | न पानी छ ? न बत्ति छ ? न ग्यास छ? न पेट्रोल छ ? न बाटोघाटो राम्रो छ? युवापुस्ता विदेश लखेटिने ठाउँ भाको छ देश | त्यस्तोमा अलि बाठा टाठा बलियाहरुले गरि खाने भनेको राजनितिनै हो जस्तो लागेकाले होला, हाम्रो देशमा यति धेरै नया राजनीतिक पार्टीहरु खुलेका |
    गुण्डा र हुन्डाहरुले भरिएको राजनीतिक पार्टी जसले देश होइन आफु र आफ्नो आसे पासेहरुलाई गरि खाने भाडोको रुपमा राजनीति गरि राखेका छन् |

    Reply
  23. पुष्प says:
    June 2, 2013 at 8:00 am

    यी दलहरू दर्ता गर्न पेश गरिएका मतदाताहरूको समर्थन सक्कली हो कि होइन भन्ने छानबिन हुनुपर्छ । लौ है अख्तियार !

    Reply
    1. sahanshil shrestha says:
      June 5, 2013 at 2:51 am

      गर्छ अख्तियार ले छानबिन …त्यो पनि भित्ते राष्टपतिलाई भ्रस्टाचार बाट बचाउन नियुक्ति गरेको लोकमान ले …मत हसेरै मर्ने भए कति हास्नु र ….

      Reply
    2. Nabin Adhikari says:
      June 5, 2013 at 6:59 pm

      नक्कली सक्कली छानबिन गर्ने जिम्मा छबिलाल लाइ नै दिनु पर्छ की कसो पुष्प? नक्कली सक्कली रामरी पहीचान हुन्छः- मावोंबादी लडाकु जस्तो 🙂

      Reply
  24. राम चन्द्र says:
    June 2, 2013 at 7:54 am

    १३ हजार सोजा नेपालीको हत्या हिम्सा गरेर जन्मेको पार्टीले त ३ करोड नेपाली को पेटमा लात हान्दै छ अब किर्तेहस्ताक्षेर बाट दल दर्ता भएको पार्टीको के अस्तित्ब होलार खोइ ?

    Reply
  25. द्रोण says:
    June 2, 2013 at 7:27 am

    पार्टी दर्ता गराएर पार्टीको नाउमा पाउने सुबिधा लिने दाउ जस्तो लाग्यो |
    जे जसो भएपनि पार्टी खोल्ने ले सपनामा चै आफ्नो पार्टीले बहुमत ल्याएको , सरकार बनाएको बा आफु प्रधानमन्त्री भएको देख्दो हो |

    Reply
  26. Ekraj says:
    June 2, 2013 at 7:22 am

    यी सब गर्ने केहि होइनन, गिद्दले सिनो ओगट्ने भनौ या गनाउने किराहरु सलबलाएका मात्र हुन्|
    यी देश बनाउने होइनन देश भाड्ने चै पक्कै हुन्|
    यिनलाई पार्टी भन्दा पनि बिहिन्न “फटाहा हरुको जमात” चै भन्न मिल्छ होला|

    Reply
  27. Neel Paudel says:
    June 2, 2013 at 6:58 am

    धन्न ‘मेरो संसार’ भन्ने पार्टी खुलेनछ.

    Reply
  28. fulmaya says:
    June 2, 2013 at 6:46 am

    OMG …… १३९ यति धेरै पार्टी, हुँदाहुँदा लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी मत पार्टी हरुको नाम सुन्दा सुन्दा हास्दा हास्दा आखा बाट आशु नै आइसक्यो…

    Reply
  29. kailash says:
    June 2, 2013 at 6:22 am

    माईसंसार मुक्ति मोर्चा पनि खोलम न ! एउटा vote ल जा !

    Reply
  30. radheshyam thapa says:
    June 2, 2013 at 6:02 am

    अझ 602 पार्टी भयको भय झनै राम्रो हुने थियो .तोरीलाहुरे चोर नेताहरु /
    देस त् खाने नै भय /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme