Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पानीको अभावको फोटोले जित्यो पुरस्कार

Posted on June 6, 2013June 5, 2013 by Salokya

uttam इसिमोडले आयोजना गरेको हिमालय क्षेत्रमा पानीको अवस्थाबारे भएको फोटो प्रतियोगितामा एउटा नेपाली फोटोले पुरस्कार जित्न सफल भएको छ। उत्तमबाबु श्रेष्ठले डोल्पा जाँदा खिचेको स्रोतमै पानीको अभाव शीर्षकको फोटोले सेकेन्ड रनर अप अवार्ड जितेको हो।
पोहोर माझफाल गाविसमा खिचिएको यो फोटोलाई दुई व्यवसायिक फोटोग्राफर जगदीश तिवारी र रवि सायमि अनि एक जल विशेषज्ञ अदिती मुखर्जीको जुरीले उत्कृष्ट ठहराएको हो। करिब ३ हजार फोटो विभिन्न देशबाट प्रतियोगितामा सहभागी भएका थिए।

प्रतियोगितामा भारतका सामसुल हुदा पत्किरीको परम्परागत सिंचाइ प्रविधिसम्बन्धी फोटोले प्रथम, पाकिस्तानका मोहम्मद असद सलिमको गाउँको सामूहिक पिउने पानीको मुहानसम्बन्धी फोटोले दोस्रो स्थान जितेको हो।
uttam
तेस्रो स्थान जितेको उत्तमको फोटो डोल्पाको माझफाल गाविसको हो। उनी मध्याह्न यार्सागुम्बाको रिसर्चका लागि गइरहेका थिए। त्यसै क्रममा उनले एक महिला गइरहेको देखे। करिब दुई घण्टा पैदल हिँडेर उनी पानी लिन गइरहेकी थिइन्। नजिकै देखिन्थ्यो हिमाल। अर्थात् पानीको स्रोत मुहान भएको ठाउँ। यस्तो ठाउँमै पानीको अभाव छ।

उत्तम यस वर्ष पनि यार्सागुम्बाको रिसर्चका लागि मनाङमा छन्। साथमा म पनि छु। यात्राकै क्रममा उनले चामेमा इन्टरनेट भेट्टाएपछि आफ्नो फोटोले अवार्ड जितेको थाहा पाए। उनी खुसीले उफ्रिए। लाइकको आधारमा गरिने भोट गणनामा उनको अर्को फोटोले हारे पनि यो फोटोले जितेकोमा उनी दङ थिए।
मनाङ यात्राको अर्को ब्लग इन्टरनेट सुविधा भएमा पछि गर्दै जानेछु।

28 thoughts on “पानीको अभावको फोटोले जित्यो पुरस्कार”

  1. दिलिप, भक्तपुर says:
    June 9, 2013 at 11:59 am

    होईन हौ कुन चैं डहादे टाईरे रैछ यो सब कमेन्टमा डिस्लाईक गर्ने । अरुलाई बढाई दिदा सहन नसक्नेले डिस्लाईक पनि नगर्नु नि।

    डिस्लाईक गर्ने तिमी मुला त भक्तपुरकै हनुमन्ते खोला वरी परि उम्रेकै मुला त होला नी । कि कसो मुला ?

    Reply
  2. puru says:
    June 8, 2013 at 9:53 pm

    फोटो मन छुने रैछ ,

    Reply
  3. Gajen Pakhrin says:
    June 8, 2013 at 3:32 pm

    म अचम्म मान्दै छु ! धेरै साथीहरुले comments ! आएका बिचारलाई नमन
    पराएकोमा ! खै के खै के ! कुरै बुझिएन बा !

    Reply
  4. Sara says:
    June 8, 2013 at 12:27 pm

    What’s wrong with the people’s!!!
    I saw aakash’s comment too!! What u guys know about uttam dai, he’s a very good photographer, there is no doubt. We all know he’s very good at photography, I’m the eye wetness. As well they should have feel ashamed about them self……whoever hit on the unlike even tho this is only for congratulate….! If u guys feel it’s so easy to take those type of pic why don’t you do by your self, instead of criticism………
    I didn’t know still few nepali’s are moron, Specially who are the reader of mysansar.com!!!.
    Use ur little brain guys.

    Reply
  5. Rajan says:
    June 8, 2013 at 5:10 am

    उत्तम sir एक महान researcher, biologist, बिस्लेसख, journalist मात्र हैन, कुशल photographer पनि हुनुहुदो रहेछ.

    Reply
  6. Aakash says:
    June 7, 2013 at 8:43 pm

    तेत्रो डलर खर्च गरि ताम-झामका साथ गरिएको प्रतियोगिताको नतिजा हेर्दा हात्ती आयो, हात्ती आयो फुस्सा जस्तो लाग्यो मलाई त! प्रतियोगिता मा पठाइएका धेरै फोटो हरु प्राबिधिक तथा गुणात्मक दुवै हिसाबले पुरस्कृत फोटोहरु भन्दा उत्कृस्ट थिए! अझ त्यस माथि फेसबुक भोटिंग मा गरिएको सामाजिक संजाल को दुरुपयोग हेर्दा त नेपालमा फोटो प्रतियोगिता जित्न राम्रो फोटो खिच्नु भन्दा पनि राम्रो कन्ट्याक्ट हुनु पर्ने रेछ जस्तो हाम्लाई लागि राको छ!
    जे होस् ‘बिजेता’ हरुलाई बधाई छ!!!

    Reply
    1. Bibek Dhakal says:
      June 9, 2013 at 2:11 pm

      यो फोटो को बारे नेगेटिभ कमेन्ट त किन गर्नु जे जस्तो भए नि अब आर्काको मेहेनत हो तैपनि तपाइले भनेको त्यो फेसबुक को दुरुपयोग को कुरा चाही मलाई पनि चित्त बुझ्यो है! डलरौ राशिको पुरस्कार राखेपछि फेसबुक भोटिंग वा एस एम एस भोटिंग राख्नु अलि ठिक देखिएन….जसको १००० जना फेसबुक कनट्यक्त छन् उसको त जित्ने सम्भावना धेरै भो नि! यो फेसबुक भोटिंग त खालि अनुहार हेर्दा बादर र बोकाको क्रस भन्दा फरक नपर्नेहरुले पनि ” please help me win mr/ms photogenic ” भन्दै लाइक्स माग्नेहरुलाई मात्र काम लाग्छ !

      Reply
  7. सुनिल says:
    June 7, 2013 at 6:34 pm

    मानिसको स्वभाव हेर्नु है यहाँ , यदि ध्यान दिएर हेर्यो भने बदाई दिएको कमेन्टमा बदि नै नरुचाईएको पाएको छ । यो किन होला ? मन छुने फोटो भएर नै अति नै राम्रो फोटो छ यहाँ । र कसैले बधाई दिएको छ तर धेरैलाई पचेन ।
    हामी कुन दिसा तिर उन्मूख छ भनेर यसले पनि देखाउँछ । यो संकेट शिक्षितहरुको सामाजिक फस्ट्रेशन दर्शाउँछ। जो कोहिले राम्रो गरे पनि राम्रो भन्न हिचकिचाउँछ र भन्नेलाई पनि उल्टो खेदछ। बोलिमा पोजिटिभ हुनु पर्छ भन्छौं तर यसरी पर्दा पछाडि बाट नेगेटिभिटि दर्शाउने गर्दछ ।
    त्यसैले साथीहरु सोच बदलौं , यहिँ बाट आफ्नो बाटो र अन्तत देशकै बाटो बदलिन्छ ।

    Reply
  8. dev says:
    June 7, 2013 at 5:17 pm

    यो रातो क्लिक गर्ने कुन भुत हो? सबै मा रातो क्लिक गरेर मलाई हसाउदै छ . जे होस् मलाई पनि मनाङ्ग को यात्रा अनि यो फोटो राम्रो लग्यो. बधाई छ उत्तम जी

    Reply
  9. Shailendra Dhakal (म्याउ ) says:
    June 7, 2013 at 8:42 am

    मलाई त खासै केहि लागेन , नेपालमा पानीको अनिकालको फोटो ,खानलाई पानी नहुनेले नुहाउन त महिनामा एक पटक होला भनेर संसारले अनुमान गर्न के बेर! हाहाहा जलस्रोतको धनि हो भनेर नदि,खोलाहरुको फोटो पानी साथमा भाको भए कमेडी बन्ने रहेछ

    Reply
  10. योगेश आदी says:
    June 7, 2013 at 7:29 am

    फोटोग्राफी पनि कला साहित्य जस्तै विधा हो / एउटा फोटोले धेरै संदेश तथा सुचना बोकेको हुन्छ !! बधाई उत्तम सर…

    Reply
  11. Susheel says:
    June 7, 2013 at 6:52 am

    उत्तम जी, उत्तम फोटो र पुरस्कारको लागि धेरै धेरै बधाई |

    – सुशील

    Reply
  12. tulsi says:
    June 7, 2013 at 6:29 am

    फोटो प्रतियोगिता भए पनिफोटो मा प्रयोग भएका डांडा काँडा लाइ देख्दा यात्रा प्रतियोगिता जस्तो लाग्ने/ रमणीय स्थान तर पानीको अभाव / फोटो प्रतियोगितामा पुरस्कृत भएको मा उत्तमबाबुजिलाई बधाई/i

    Reply
  13. Rajan says:
    June 7, 2013 at 4:46 am

    अरुलाई बधाई दिदा पनि unlike गर्ने को होला?

    Reply
  14. Birat Pradhan says:
    June 6, 2013 at 11:48 pm

    Congratulation to the Photographer.Really Heart Touching Photo.

    Reply
  15. satish Chapagain says:
    June 6, 2013 at 8:31 pm

    उत्तम जी लाई धेरै धेरै बधाई छ.

    Reply
  16. नेपाली रमेश says:
    June 6, 2013 at 8:08 pm

    बधाई छ उत्तमबाबु श्रेष्ठ जी लाई !!
    लिंक बाट गएर अरु फोटो पनि हेरियो तर साचै भन्दा मलाई यो फोटो प्रथम अनि first runner up भएका फोटो भन्दा पनि निक्कै राम्रो लाग्यो /

    तपाई हरु को यार्सागुम्बाको रिसर्चका लागि शुभकामना !!

    Reply
  17. द्रोण says:
    June 6, 2013 at 7:25 pm

    त्याहा पानीको स्रोत सायद ति पग्लिने हिउ हरु नै होला कि ?
    पहाड मा हुने पानीको नसा देखेर अचम्म पनि लाग्छ , बिकट पहाडी इलाका मा पनि खोच मा पानि बा कतै कतै पानीको भूलका उठिरहेको देखिन्छ |

    Reply
  18. James Rajendra says:
    June 6, 2013 at 7:14 pm

    बधाई छ फोटो प्रतियोगिता विजय भएको मा

    Reply
  19. SURENDRA hongkong says:
    June 6, 2013 at 5:23 pm

    ल बधाई छ फोटो ग्राफर सर लाई/

    Reply
  20. Rajendra Adhikiar says:
    June 6, 2013 at 4:56 pm

    पहिरोले ४० मिटर तल बगाएको काठमान्डौको घरको फोटोले पनि त जितेछ नि ।
    http://www.icimod.org/v2/cms2/_files/images/09deb32cab438645c1a193df0f1b551c.jpg

    Reply
  21. उपासक उदास says:
    June 6, 2013 at 2:13 pm

    ~ बधाई छ भाईको सफलतामा ! ~
    नाम जस्तै काम रहेछ , बाबु उत्तम ;
    जोगाउन गर्नु पर्ला बढी जतन !!!
    आफूलाइ अरु भन्दा फरक देखाओस ,
    विश्व सामु नेपालको नाम चिनाओस !

    Reply
  22. दिलिप, भक्तपुर says:
    June 6, 2013 at 1:22 pm

    उत्तमबाबु श्रेष्ठ ज्यू लाई हाम्रो तर्फबाट पनि बधाई ।

    Reply
  23. बद्री पोखरेल says:
    June 6, 2013 at 9:43 am

    उत्तमबाबु श्रेष्ठ लाई मेरो हार्दिक बधाई छ /

    Reply
  24. तेन्जिंग गाबा says:
    June 6, 2013 at 8:16 am

    १ वटा फोटोले नै धेरै लामो मर्मस्पर्सी कथा भन्न भ्याएका छन्,
    उत्तमजीको उत्तम कर्मको पुरस्कृत भएकोमा खुशी लाग्यो ……बधाई !!!!!

    Reply
  25. bhumi says:
    June 6, 2013 at 7:45 am

    Congratulation Uttam Bro for your great achievement as well as good luck for your up coming days

    Reply
  26. lok nath sigdel elmhurst newyork usa. says:
    June 6, 2013 at 7:11 am

    मेरो पनि मन छोयो पत्रकार महोदय !!!

    Reply
  27. Rajan says:
    June 6, 2013 at 6:16 am

    उत्तम सर लाइ बधाई छ…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme