Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो ‘व्यवस्थित’ एडु फेयर, धत्!

Posted on June 1, 2013June 1, 2013 by mysansar

-सन्तोष चौरेल-

५ महिनाजति अघि साझा प्रकाशनले गरेको बुक एक्सपो जाँदा लागेको थियो- कति अव्यवस्थित गरेको होला छि, मान्छेले किताब कुल्चेर हिँड्दा पनि वास्ता छैन। आज नेपाल एजुकेसन एन्ड बुक फेयर गएँ भृकुटी मण्डपमा। अहिले लाग्दैछ यो व्यवस्थित भनाउँदो एक्सपो भन्दा त साझाले आयोजना गरेको एक्सपो नै राम्रो थियो।

मैले यस्तो किन भन्दैछु भने यो एक्सपो किताब छान्न त व्यवस्थित छ तर साझाको एक्सपोमा जस्तो सजिलो छैन। सबै बुक हाउस र पसलले छुट्टाछुट्टै स्टल राखेर व्यापार गर्दैछन्।

एउटा किताब एउटा स्टलमा किन्नुभो भने अर्को किन्न अर्को स्टल चहार्नु पर्छ त्ययो स्टलमा बिल काटेर मात्र। साझाको एक्सपोमा त सबै बुक छान्दै गर्दै जान पाइन्थ्यो। अनि एकै पल्ट बिल काटेर पैसा तिर्ने व्यवस्था थियो त्यहाँ।

बुक एक्सपोमा मान्छे किन जान्छ भन्दा सबैको उत्तर शायद एउटै आउँछ- सबै खालका किताब एकै ठाउँमा र ठूलो छुटमा पाइन्छ भनेर। तर नेपाल एडुकेसन एन्ड बुक फेयर २०१३ मा त्यो नहुने रैछ।

मयुर टाइम्स र विनोद चौधरीको पुस्तक छुट मूल्यमा विद्यार्थी संस्करण भनेर बेचिएको छ तर तपाईँ अरु कुनै पनि पुस्तक यो बेच्ने एडुकेशनल बुक हाउसमा पाउनु हुन्न। त्यो स्टलमा त एक पैसा नि डिस्काउन्ट छैन रे। मैले अरु दुई वटा किताब पनि त्यही किनेको नो डिस्काउन्टमा। बिल बनाइसकेपछि पुस्तक फिर्ता हुन्न रे। Goods Once Sold Will not Be Taken Back रे।

एक्सपो बिहान ११ मा सुरु हुने भने पनि साढे ११ सम्म रित्तै थिए कुनै स्टल। कुनै चाहिँ भर्खर बुक मिलाएर राख्ने क्रममा देखिन्थे।

साझाले आयोजना गरेको एक्सपोमा ३० प्रतिशतसम्म डिस्काउन्ट पाइन्थ्यो। तर यो एक्सपोमा मुश्किलले १५ प्रतिशत डिस्काउन्ट हुन्छ। १५ प्रतिशत त जुन पसलमा पनि पाइन्छ आजकल।

एक्सपो पस्न ३० रुपैयाँको टिकट काट्नु पर्छ, विद्यार्थीलाई आधा छुट छ। यो एक्सपो जेठ १९ सम्म चल्नेछ।

तपाईँ पनि एक्सपोमा जानुभएको भए आफ्नो अनुभव तल कमेन्टमा राख्नुहोला है।

11 thoughts on “कस्तो ‘व्यवस्थित’ एडु फेयर, धत्!”

  1. shailen says:
    June 2, 2013 at 11:37 am

    खोइ, मैले त किताबमा डिस्काउन्ट पाएँ। लेखकले चाहिं किन नपाका होलान् खोइ। तर प्रवेश शुल्क रु.३० पहिले नै तिरेर भित्र छिरेपछि चाहिं के को डिस्काउन्ट हुनु नि। डिस्काउन्ट पाएजति सब प्रवेश शुल्क मै थुतिहाल्यो नि। आयोजकलाई त क्या मोज, स्टल राख्नेहरुसंग पनि पैसा भुट्ने, अनि प्रदर्शन हेर्न आएकाहरुसंग पनि पैसा भुट्ने।

    Reply
  2. बिश्वम says:
    June 1, 2013 at 9:53 pm

    शायद सन्तोष जीले बुक फेयरको बारेमा भन्दा पनि छुट नपाउनु भएकोले अफ्नो मनको अमिलो मात्र पोख्नु भएको जस्तो लाग्यो. हो पक्कै पनि केहि समस्या थिए त्यहाँ तर म पनि गएको थिए र मैले ५ वटा बुक स्टल बाट करिब २००० को किताब किने त त्यो पनि सब्बै २० प्रतिशत छुटमा र यो स्टल हरुमा Education Book House को स्टल पनि पर्छ. यदि छुट ले नै किताब को मुल्क्यांकन गर्ने हो भने छुट नपाउने किताब कहिल्यै नपढ्ने त ! हे यहाँ त छुट नै छैन भनेर किताबै नकिन्ने त ? म सन्तोषजी लाई प्रश्न गर्न चाहन्छु?
    र अर्को कुरा “बिल बनाइसकेपछि पुस्तक फिर्ता हुन्न रे। Goods Once Sold Will not Be Taken Back रे ” जब तपाई किताब किनेर बिल लिनु हुन्छ फेरी किन र के कारण ले तो किताब फिर्ता गर्न चाहानुहुन्छ? किताब मात्र होइन जब तपाई केहि पनि सामान किनेर बिल लिनु हुन्छ त्यो सामान कुनै हालत मा फिर्ता गर्न सक्नु हुन्न. बिल मानै लेखिएको हुन्छ नि Goods Once Sold Will not be returned” भनेर होइन र?

    Reply
    1. Sisir says:
      June 5, 2013 at 1:22 pm

      विभिन्न पन्ना हरुलाई बाइन्द गरेर एउटा पुस्तक तयार हुन्छ र यो क्रममा कहिले काही कति पए पन्नाहरु नहुने, कति पए पन्ना दोहरिने , कुनै पन्ना च्यातिएको हुने , राम्रो प्रिन्ट नहुनाले पदन गार्हो हुने आदि समस्या पनि हुन्छन .. हो तेस्तो भएको खण्ड मा त्यो किताब साट्न पर्ने हुन्छ र धेरै जसोले तेस्तो किताब साटी दिन्छन पनि …
      “Goods Once Sold Will not Be Taken Back / returned ” This does not mean that the books once sold will not be exchanged.. They will and they have to exchange in-case of publishing errors. One cannot pay for faulty products.
      Like in medicine most of the books have profit margin of more than 30% in MRP so its the costumers to ask for some discount.10-20% discount is very common. Happy reading.
      अन्त्य मा नेपाल एक्स्पो भनेर गरिने एस्ता प्रदर्सनी एस्क्पो भन्दा पनि बिक्रेताको हाट मेला हुन् जहाँ थोरै समयमा धेरै आम्दानी गर्न सकिन्छ ..By no meaning this is expo(exposition / exhibition). This is purely a “sale” market. See below the oxford online dictionary link for its meaning
      http://oxforddictionaries.com/definition/english/exhibition
      http://oxforddictionaries.com/definition/english/exposition

      Reply
  3. bibek dhakal says:
    June 1, 2013 at 9:03 pm

    मैले त यो “एडू फेयर” बिधार्थिहरुको लागि होला भन्ठानेर गइन…साझा को प्रदर्शनीमा चाही पुगिएको थियो! साझा पुस्तक मेला त्यहाँ आउने हरुको चाप अनुसार व्यवस्थित नै भएको मान्छु है म- मेरो अनुभव….कुनै पुस्तक भेटिएन भने त्यहाँ भएका स्वयंसेवकले आफै त्यो किताब कहाँ छ देखाइदिन्थे….
    सन्तोष जी को कुरा पढ्दा झुक्केरै नगएको भएपनि राम्रै गरेछु जस्तो लाग्यो अब!

    Reply
  4. suzee says:
    June 1, 2013 at 8:48 pm

    अंग्रेजी मा एति लामो कमेन्ट मैले बुझिन , xyz जी कृपया नेपाली मा कमेन्ट लेख्नु भएदेखि हामी पश्चिम युरोप तिर बस्ने नेपाली जनता ले नि तपाइको कमेन्ट बुझ्ने थियोउ कि ? कसो?

    Reply
  5. Gaurav says:
    June 1, 2013 at 7:54 pm

    बिनोद चौधरी को किताब चै किन किन्ने रैछ मान्छे हरु ले? नक्कली भ्याट बिल कसरि बनाउने भन्ने तरिका सिकाएको छ भन्ने लागेको होला?? मान्छे हरु बिहारीले नेपाली नागरिकता लियो भनेर कोलाहाल गर्छन तर बिनोद चौधरी संबिधान सभा मा पुगेको थाहा नै पाएनन् अब कुन दिन मन्त्रि अनि राष्ट्रपति हुन बेर छैन ……. अरु भन्दा हासो लाग्ने कुरा त हाम्रो राज(अ?)नैतिक पार्टी हरु देश लाइ फलानोले फिजीकरण गर्न लाग्यो भन्ने अनि आफै बिनोद चौधरी राजेन्द्र खेतान जस्तो लाइ संबिधान बनाउन पठाउने, चोर हरु को नौटंकी

    Reply
  6. योगेश आदी says:
    June 1, 2013 at 7:09 pm

    शिक्षित, बिद्धत, बिद्ध्वानहरुको जमघट जस्तो देखिने ब्यापारीहरुको जमात !!

    Reply
  7. Tanka Kafle says:
    June 1, 2013 at 3:19 pm

    मलाई नि त्यस्तै भो. नाम मात्रको book fair . ठगे जस्तो अनुभव भो. बाहिर एउटा board मा खगेन्द्र संग्रौला को पुस्तक रु ९९ भनेर लेखिएको थियो ,भित्र Pairavi को stall मा सोध्दा भनियो त्यो पुस्तक त् हिजै सकियो ,तर पैरवी को stall मा अझै त्यो पुस्तक थियो. अनि कुनै पुस्तक मा कहिँ १५ त कहिँ २०% छुट दिएको अवस्था हो. Education Book House को stall मा बस्ने हरु त सारै गैर जिम्मेवार लाग्थे . यो book fair खसी को खुट्टा देखाएर बाख्री को मासु बेच्ने ठाउँ भाको छ.

    Reply
  8. pramod says:
    June 1, 2013 at 10:52 am

    discount र समयमा नखुलेको कुरा चै राम्रै point उठाउनु भएछ . अरु तर्कमा चै दम छैन है चौरेलजी . हाम्रो नराम्रो कुरो मात्रै कोट्याएर राम्रो कामकालागि उत्साह मार्ने खराब आदतलाई अनुसरण गर्नु भएन नि सधै भरि . लेखक र पाठक दुवै लाइ उत्प्रेरणा जगाउने, पाठकले विभिन्न किताबहरु किन्नलाइ kathmanduको जाममा चारतिर धाउनु नपर्ने जस्ता अन्य बिबिध राम्रा पक्षको पनि कुरा गरौ न .

    Reply
  9. tulsi says:
    June 1, 2013 at 10:15 am

    तपाइँले भन्नु भएको बिल्कुल ठिक हो;सायद धेरै वटा
    पब्लिकेशन को संयुक्त मेला भएकोले एस्तो असजिलो महसुश गरिएको होला/

    Reply
  10. xyz says:
    June 1, 2013 at 7:16 am

    I suppose the major grudge of the writer is with the non-availability of discount. Keeping this thing aside, Sajha book exhibition was horrible, literally, you have to push amongst the crowd while browsing the books. The writer is praising that the central payment system at Sajha to be far better than the decentralized system at Bhrikutimandap/ He failed to take note of the logn standing queue. If there is anything problem with this exhibition, I would say, it is with Rs30 entrance fee. If the exhibitors wanted to attract people, such fee should be waived in future. I do not know why mysansar is posting such a useless biased material.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme