विमल थापा
बेलायती साम्राज्यवादको नयाँ शैलीको रुपमा आएको विश्वमा आफ्नो सम्प्रभूत्व कायम राख्ने र सधैझैं आफूलाई मात्रै संसारको राजनैतीक र आर्थिक शक्तिकेन्द्र बनाईराख्ने कुटिल चाल स्वरुप थापिएको टायर फोर नामको भिषा नीतीको बल्छीमा परेर उनीहरुकै साल सन् २००९ को अन्ततिर बेलायती साम्राज्यको भौगोलिक केन्द्र र आर्थिक राजधानी र अझै उनीहरुकै शब्दमा भन्दा विश्व प्रवेश गर्ने ढोका भित्र अध्येताको हैसियतमा प्रथम पाईला टेक्ने सौभाग्य प्राप्त भयो। त्यसो त विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दी र बढ्दो वेरोजगारीपनि यो बल्छी थाप्नुको प्रमुख कारणहरु थिए। विदेश भासिनुमा मूलत आफ्नै देशको राजनैतिक र सामाजिक कारणहरु पनि अनगिन्ती थिए। एक दशक भन्दा बढिको कथित जनयुद्ध, रक्तपात अनि करिब पन्ध्र हजार निर्दोश नेपाली जनताहरुको विभत्श हत्यापछि आएको नयाँ व्यवस्थाले उपहार स्वरुप दिएको संक्रमणकालीन अवस्था, अराजकता, दण्डहिनता, बढ्दो वेरोजगारि, भष्टाचार, मंहगी, असुरक्षा, बन्द, हडताल, हत्या, हिंसा, बलत्कार, अपहरण, चन्दा आतंक आदि प्रमुख राजनैतीक कारणहरु थिए। रुढिवादी परम्परा, अवसरवादी दर्शन, कुण्ठित मानसिकता, लोकाचार, खुट्टा तान्ने प्रवृति, पछौटेपन, नातावाद, कृपावाद र यस्ता अरु थुप्रै वाद र अपवादहरु सामाजिक कारणहरु रहे। इतिहासको कुनै एक कालखण्डमा तीन चौथाई विश्वमा आफ्नो साम्राज्य फैलाएका फिरंगीहरुलाई उनीहरुकै उद्गम थलोमा गएर नजिकैबाट चिन्ने, जान्ने, बुझ्ने र उनीहरुबाट केही सिक्ने अभीप्सा मनभित्र थियो भने उच्च अध्ययन, आत्मनिर्भता, सुनौलो र सुनिश्चीत भविष्य अरु प्रमुख उद्देश्य र अभिलाषा थिए।
मध्य काठमाडौको प्राय हरेक जसो घरहरु र तिनको तल्लैपिच्छे च्याऊ उम्रेसरी खोलिएका शैक्षिक परामर्श केन्द्रहरु मध्यको एक परामर्श दाताको पनि राम्रै भूमिका रह्यो जसले बेलायतमा कलेज खोजेर भिषा लेटर झारिदिने, कागजपत्रहरु मिलाईदिने, भिषा आवेदन फारम भर्न सिकाउने लगायतका कामहरु गरिदिए। बैंक मार्फत गर्नुपर्ने सबै कामहरुमा बैंककै एक कर्मचारी मित्रले सहयोग गरिन। त्यसपछि चुच्चे ढुङ्गो उहि टुङ्गो भनेझैं आफ्ना नागरिकहरुले विश्व बजारमा श्रम बेचेर पठाएको विप्रेषणको रकमले पुरै अर्थतन्त्र धान्न खोज्ने नालायक सरकारको आफ्ना नागरिकहरुलाई स्वईच्छाले जान्छस् भने जा नभए घोक्रे ठ््याक लगाएर भएपनि पठाउछु भन्ने शैलीको नीतीमा चलेको अध्यागमन पारगर्दै करीब दश लाख नेपाली रुपैयाँ र दश हजार किलोमिटर हवाई यात्रा तय गरेर संसारको सबैभन्दा फराकिलो लोकतन्त्र अभ्यास गर्ने वैभवशाली देशमा प्रवेश गरियो। हिथ्रो विमानस्थलमा अध्यागमन अधिकारीले बेलायत आउनुको प्रमुख उद्देश्य सोधेपछि संयुक्त अधिराज्य बेलायतमा तिमीलाई स्वागत छ भनेर शुभकामना दिएपनि बाहिर समग्र यूरोप नै भोको गिद्धलेझैं आर्थिक सिनो लुछ्न तम्तयार बसेको छ भन्ने कुरा मलाई रामैंसँग थाहा थियो। यस अर्थमा यो यात्रा तावाबाट उम्केर भुङ्ग्रोमा परेको माछाजस्तो हुने कुरामा म निश्चिन्त प्रायः थिए। प्रा. डा. तारानाथ शर्मा ज्यूले बेलायततिर बरालिएकै कारण मदन पुरस्कार जितेपनि म तत्कालीन परिदृष्टामा लन्डनतिर लन्ठिन पुग्नुको उद्देश्य भने नितान्तै अलग थियो।
हजारौं नेपाली विद्यार्थीहरु कलेजहरु बन्द हुने र काम नपाउने समस्याले ग्रसित हुँदा मेरो भने बेलायत बसाई र भोगाईको प्रारम्भको समय मेरा आफन्त र स्वजनहरुको आथित्य, स्नेहभाव र न्यानोपनमा बित्यो। नबितोस् पनि कसरी उनीहरु मेरो मातृकूल र बान्धवहरु जो थिए। अझ उनीहरुका नयाँ पुस्तासँगको सामिप्यता र घोलमेलले हामीबिचको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनायो। त्यसपछिको समयपनि पढाई र कामको सन्तुलनकासाथ साथिभाईहरुसँग आत्मीयता, मैत्रीभाव एवं सौहार्दपूर्ण वातावरणमा रमाईलोसँग बित्यो। यस बीचमा काठमाडौंका शैक्षिक परामर्श केन्द्रका परामर्शदाताहरुले दिने परामर्श शैक्षिक नभएर स्वैच्छिक अर्थात आफूलाई जे मनलाग्यो त्यही र जसरी फाईदा हुन्छ त्यसरी पो परामर्श दिने रहेछन् भन्ने कुराको रहस्य खुल्यो। यसरी विद्यार्थीहरुलाई झूठो सूचना र सपना बेचेर बेलायतका नाममात्रका कलेजहरुमा भर्ना गराएबापत उनीहरुलाई मोटो रकम हात पर्दो रहेछ। तर उनीहरुले भनेका कुरा त्यहाँको वास्तविकतासँग एक रत्तिपनि मेल नखाने रहेछ।
पढाईको कुरा गर्दा लन्डनको शानको रुपमा रहेको आधुनीक सुविधा सम्पन्न र सहज यात्रा गराउने दुईतले रातो बस चढेर कलेजजाँदा बसमा हाच्छिउँ गर्दा आफूसँगै छेऊको सिटमा बसेको गोरेले गड ब्लेस यू (God bless you) भन्दा र आफूसँगै बसेको सिटबाट अन्यत्र खालि सिटमा बस्न जाँदापनि विनम्रतापूर्वक अनुमति मागेबाट यि तिनै फिरंगीका सन्तान हुन् जसले ईतिहासमा चर्चित नालापानीको युद्धमा तोप, गोला, बारुद, बन्दुक र त्यसबेलाका आधुनिक हातहतियारले सुसज्जित उनीहरुको सेनाको बलले नसकेर छलकपटद्धारा किल्लामा जाने पानीको मुहान थुनेर भोक र तीर्खाले आलशतालश हाम्रा वीर र साहासी योद्धाहरुमाथि कायरतापूर्वक धावा बोलेका थिए भन्ने कुरामा मेरो आफ्नै मत बाझियो। अझ बसका भित्तामा टाँसिएका सार्वजनिक हितका सन्देश र शिक्षामुलक लेखोटहरुले मलाई उनीहरुको सोचाईको स्तरप्रति अनुग्रहित बनायो। त्यसमध्ये एउटा सन्देश यस्तो थियो– हाम्रो देशमा पछिल्ला दिनहरुमा मुटुरोगीहरुको संख्यामा अत्याधिक बृद्धि भएको देखियो त्यसकारण तिमीहरु जाँहा पुग्नुपर्ने हो त्योभन्दा एक स्टप अगाडिनै उत्रेर हिंड्ने बानी गर है। यसबाट पनि सजिलै थाहा हुन्छ कि उनीहरु आफ्ना नागरिकहरुको स्वास्थप्रति कति संवेदनशील छन्। हामीकहाँ त मरेपछि ओखतीमूलो भन्ने उखान अझै जीवीतै छ।
अरु देशहरुमा जस्तै बेलायतमापनि राज्यले आफ्ना नागरिकहरुलाई विभिन्न किसिमका आर्थिक सहायता दिने गर्दछ। जस्तै बेरोजगारी भत्ता, ज्येष्ठ नागरिक भत्ता, प्रसूति भत्ता, अशक्त–अपाङ्ग भत्ता आदि। यसरी राज्यले दिने आर्थिक सहायताहरुको दुरुपयोग गर्नेहरु त्यहाँपनि थुप्रै रहेछन्। त्यसमध्यको एक प्रसूति भत्ताको लोभमा परि किशोरीहरु आमा बन्ने समस्या सरकारको ठूलै टाउको दुखाईको कारण रहेछ। बाटोमा हिंड्दै गर्दा गोराको छाउरोले साथी तिमीसँग जगेडा चुरोट छ(Mate! Do you have a spare cigarette)? भनेबाट उनीहरुका नयाँ पुस्तापनि अभाव ग्रस्त र कूलतमा रहेछन् भन्ने कुरा बुझ्न गाह्रो भएन। अझ लण्डनको आवासीय घरहरुको अर्को टाउको दुखाई उडुसको प्रकोपबाट बच्न पटकपटक घर सर्नुपर्ने बाध्यता परेपनि फरक–फरक समूदायका मानिसहरुसँग सान्निध्यता र हार्दिकता साट्न पाउदा केही राहतको महसुश भयो यद्यपि उडुसको टोकाई र फिरंगीहरुको विद्यार्थी चुसाई नीतीमा भने तात्वीक भिन्नता केही थिएन।
कलेजमा गोराहरुसँग संगत बढाउने र उनीहरुको हामी पूर्वीयाहरुलाई हेर्ने दृष्टिकोण जान्ने मेरो मनसुबामाथि त्यतिखेर वज्रपात भयो जब कलेजमा पढाउने ट्युटर र पढ्ने विद्यार्थीहरु अधिकांश हाम्रै छिमेकी मित्रराष्ट्रहरुका भेटिए। अति नगन्य मात्रामा अफ्रिकी महादेश र पूर्वी युरोपकाहरुपनि थिए। त्यसो त बेलायतमा अक्सफोर्ड र क्याम्ब्रीज जस्ता विश्वविख्यात शैक्षिक संस्थाहरु पनि नभएका भने होईनन् जसले गुणस्तरीय र सर्वोत्कृष्ट शिक्षा प्रदान गर्छन् तर त्यस्ता विश्वकै उत्कृष्ट र विख्यात शैक्षिक संस्थाहरुमा हाम्रो पहुँच कहाँबाट पुग्थ्यो। टायर फोर भिषा नीति आएपछि खुलेका अधिकाँश निजी शैक्षिक संस्थाहरुले भने शिक्षणजस्तो पवित्र कर्मलाई फगत व्यापार नै ठनेका रहेछन् । काममा भेटिएका एकाध गोराहरुपनि सकेसम्म आफ्नो समुदायभन्दा बाहिरका मानिसहरुसंग खासै खुल्न नचाहने रहेछन्।
संसारनै ताररहित विद्युतिय संचार माध्यमहरुद्धारा सूचना, सन्देश र विचारहरु आदानप्रदान गरिरहदा हरेक घरहरुलाई दिईएको एकअर्कासँग मेल नखाने युनिक पोष्ट कोडका आधारमा कुनै प्रकारको ढिलासुस्ती बिनानै घरहरुका ढोकाढोकामा चिठ्ठिपत्रहरु खसाल्ने बेलायती हुलाक सेवाले मलाई पत्र पठाउने मान्छे स्वयमं आईपुगेको महिनौसम्मपनि चिठ्ठिपत्रहरु नआईपुग्ने हाम्रो देशको एकमात्र हुलाक सेवा गोश्वारा हुलाकको नमिठो याद दिलायो। त्यसो त कलम र नोटबुकमात्र भिरेर असामाजिक गतिविधिहरुको टिपोट गर्दै हिंड्ने लन्डन प्रहरी र लन्डनका ट्याक्सी चालकहरुको सहयोगी, सालीन र मित्रवत व्यवहार देख्दा माओवादीको सशस्त्र द्वन्द्वताका गोठालाको लठ्ठीसरी राईफल र समुदायलाईनै भयभीत तुल्याउने सैनिक बन्दोबस्तीका सामानहरु खुल्लमखुल्ला बोकेर हिंड्ने सत्य, सेवा र सुरक्षणमंको मर्म बोकेको नेपाल प्रहरीका सकल दर्जा र मिटरमा अनेक जालझेल गरी यात्रु ठग्न पल्केका र भनेजति भाडा नदिए पाखुरा सुर्कन समेत पछि नहट्ने नेपाली ट्याक्सी चालकहरु मेरो आँखा वरपर घुमिरहे। मध्य लन्डनका विभिन्न ठाउँहरुमा बनाइएका सार्वजनिक शौचालयहरुले लन्डन शहरको सौन्दर्यता कायम राख्ने मात्र नभई वातावरणीय प्रदूषण राक्ने र पिसाब फेर्ने शिघ्रतामा पनि उपयुक्त ठाउँको अभावमा पिसाब नर्फेदा मुत्राशयमा दवाब बढ्न गई कालान्तरमा हुने मुत्राशयको क्यान्सरजस्तो जटिल रोगलाई समेत घटाउन मद्दत गर्नेरहेछ। तर हाम्रामा त मध्य शहरका खुल्ला क्षेत्रलाई नै सार्वजनिक शौचालय बनाएर निशंकोच लघुशङ्का र दीर्घशङ्का गर्नेहरुको जमातलाई हेर्दा कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान चरितार्थ हुन्छ।
लन्डनमा काम लगाईदिने एजेन्सीहरुको प्रवेशद्धारमै लेखिएको समान अवसर क्षेत्र(Equal Opportunity Area) भन्ने भाव र्दशाउने गरि राखिएका वोर्डले मनमा काम पाउने आशा जगाएपनि त्यहाँ कामका लागि फारममा भर्नुपर्ने वैयत्तिक विवरणमा दिईएको विकल्पहरुले मलाई संसारकै सर्वोत्तम मध्यको एक लोकतन्त्र अभ्यास गर्ने देशमा नातावाद र जातिवादको नमिठो गन्धको आभास भयो। उदाहरणका लागि फारमको उद्गम(Origin) शिर्षकमा दिईएका विकल्पहरुमा हामी त उनीहरुका लागि अन्यवर्ग(Others) अन्र्तगत पो पर्ने रहेछौं। जुन गोर्खालीहरु उनीहरुका लागि प्रथम विश्वयुद्धदेखि लिएर आजसम्मपनि इराक र अफ्गानीस्तानमा युद्धका सबैभन्दा अघिल्ला मोर्चाहरु समालेर बसेका छन् तिनीहरुका सन्ततीहरुलाई उपेक्षा गरेको देख्दा एकचोटि त मेरोपनि गोर्खे रगत उम्लियो। त्यसो त वषौं देखि एउटै तहमा काम गरिरहेको एसियाली र काम थालेको छ महिनाभित्रमा सुपरभाइजर हुँदै म्यानेजर हुने गोरालाई हेरेरपनि यो कुरा अनुमान लगाउन गाह्रो भएन। बेलायती सरकारले नियोजित षडयन्त्रद्धारा लाखौं विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरी आफ्नो खस्कदो अर्थतन्त्रमा गुणानात्मक सुधार गरेपनि विद्यार्थीहरुको लागि भने यो नीती शैक्षिक र आर्थिक दुवै हिसाबले घटाऊ सावित भयो। अरुका लागि जोड, घटाऊ, गुणान, भाग जे सावित भएतापनि मलाई भने बेलायती शिक्षाले अन्धाहरुको देशमा दर्पणको(ऐना) व्यापार कसरी गरिन्छ भन्ने पाठ पढायो। वर्तमान विश्व शिक्षा प्रणालीले दिने प्रमाणपत्र भन्दा यही दिव्य ज्ञान मेरो खोज र सोधको मुलभूत विषयवस्तु पनि थियो। यदि कुरा देख्ने, बुझ्ने, सिक्ने र त्यसबाट पाठ लिने हो भने बेलायत पुगेपछि त्यहाँको औपचारिक शिक्षाका कक्षा लिईरहन आवश्यक पर्दैन। त्यस देशको भूगोलभित्र देखिने र भोगीने जीवनशैलीको गतिशीलता, व्यवहारिकता र वातावरणबाट नै हामीजस्ता तेस्रो विश्वका अविकसित राष्ट्रका अनागरिकहरुको जीवन धन्य हुने दिव्य ज्ञान पाईन्छ तर यिनै कुराहरु हाम्रो देशको शासन व्यवस्था चालाउनेहरुको घैटोमा भने अझैसम्मपनि घाम लाग्न सकेको छैन। यदि त्यसो होईन भने बेलायत र अमेरिकाका विभिन्न शहरहरु, प्रसिद्ध व्यक्ति र फुटबल क्लबहरुका नाममा काठमाडौंका गल्लीगल्लीमा खोलिएका कलेजहरु र तिनले संचारमाध्यमहरुबाट बजाउने र पत्रपत्रिकामार्फत छपाउने अब नेपालमै बसीवसी बेलायती र अन्तराष्ट्र्रिय विश्वविद्यालयका डिग्री भन्ने व्यहोराका विज्ञापनहरुबाट जो कसैले सहजै अनुमान लगाउन सक्छन् कि उनीहरु अब हाम्रै देशभित्र पसेर शिक्षाको व्यापार गर्दैछन। यसले तत्कालका लागि विद्यार्थीहरुको नेपालमै अन्तराष्र्टि«य स्तरको शिक्षा आर्जन गर्ने ईच्छालाई सम्बोधन गरेजस्तो देखिएतापनि कालान्तरमा संस्कार सहितको नेपाली मौलिक शिक्षाको जगलाई नै हल्लाईदिन्छ। किनभने उनीहरुको आफूले ग्रहण गर्ने शिक्षा र हामीलाई बेच्ने शिक्षामा आकाश र जमीनको फरक हुन्छ। यदि संसारभरका मानिसहरुलाई शिक्षित, दीक्षित र सभ्य बनाउने र संसारबाटै भोक, गरीबी र अशिक्षा हटाउने पश्चिमाहरुको अभिप्राय हो भने अफ्रिकाका गृहयुद्धग्रस्त क्षेत्रहरु जहाँ पाउरोटी, सिटामोल र एबिसीडी पुग्न सकेको छैन त्यहाँ कोकाकोला र एम–१६(अमेरिकी राईफल) कसरी पुग्यो। त्यसो त विदेशमै पढेर डिग्री हाँसिल गरि आफ्नै देशमा केही गर्ने पवित्र लक्ष्य बोकि स्वदेश फर्केका युवा जनशक्तिहरुपनि उचित अवसर र सरकारको आफूहरु लक्षित क्रार्यक्रमको अभावमा कुहिरोका काग भएका प्रशस्त उदाहरणहरु हाम्रा सामु छन्।
मध्य लन्डनको जमीन मुनीमुनी मध्यरातमा अबेरसम्म र बिहान सबेरै देखि कुद्ने भूमिगत विद्युतीय रेल सेवा(ट्युब), चौबिसै घण्टा सहज र सजिलो यात्रा गराउन तल्लीन दुईतले रातो बस, फराकिला सडक, फ्लाई ओभर, सब वे, ट्राफिक संकेत, पार्किङ्ग स्थल, मध्यरातमापनि मध्ये दिनको उज्यालो अनुभव गराउने सडक बत्ति, व्यापारिक, औद्योगीक र आवासीय क्षेत्रको समुचित दुरी, बाहिर हेर्दा छाप्रोजस्तो देखिएपनि भित्र भौतिक सुखसुविधाहरुले सम्पन्न हार मिलेका र आफ्नो पुरानो मौलिक स्वरुप जोगाउन सफल घरहरु, प्रचीन सम्पदाहरु, पार्कहरु, रंगविरंगका फूल फुलाईएका बगैंचाहरु, अपाङ्गमैत्री संरचनाहरु, बिश्राम स्थलहरु, बिश्राम गृहहरु, संसारभरिका परीकारहरु पाईने भोजनगृहहरु, सपिङ्ग मलहरु, डिपार्टमेन्टल स्टोरहरु, सरसफाई, द्रुत गतिको ताररहित इन्टरनेट सेवा, शिक्षा, स्वास्थ, मनोरञ्जन, संञ्चार, विज्ञान, प्रविधि, संसारभरिका बहुसांस्कृतिक र बहुभाषिक मानिसहरुको जमघट, कामप्रतिको सम्मान र व्यवसायिकता, बैंकिङ्ग, हुलाक र यातायत सेवा, वस्तु बिक्रीउत्तर सेवा, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनैतीक सुरक्षा, मानवअधिकारको उच्चत्तम अभ्यास, कानुनी राज्य, विधिको शासन, अनुशासित जनता, जिम्मेवार नेतृत्ववर्ग, शान्ति, स्थायित्व, सुशासन, जवाफदेहिता, परदर्शीता र समतामूलक दीगो विकास हेर्दा बेलायत आधुनिक विश्वको एक शक्ति र वैभवशाली सम्पन्न राष्ट्रको रुपमा चिनिएता पनि मलाई भने यो देश अप्राकृतिकताको सन्तुलित व्यवस्थापनभन्दा बढी केही लागेन।
जेहोस, बेलायत संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था अबलम्वन गरेको र वर्तमान विश्वमा सर्वोत्तम मानिएको मध्यको एक फराकिलो लोकतन्त्र अभ्यास गर्ने र हामीजस्ता तेस्रो विश्वका शिक्षित मूर्खमनुवाहरुको सपनाका देश हो। त्यो देश संसारको एक वैभवशाली, शक्तिशाली, पूर्ण विकसित र सम्पन्न राष्ट्र यसकारण छ कि त्यहाँको राज्यसत्ता र शासन व्यवस्थालाई श्रीपेच, गद्दी वा पदको मर्म, भावना र महत्व र तिनसँगै आउने उत्तरदायित्व र जिम्मेवारीको राम्रो वोध छ। तर हाम्रो देशका नेतृत्व वर्ग र शासन व्यवस्थालाई त्यसको ठिक विपरीत पद र सत्ताको मात्र लालच छ। त्यही श्रीपेचको पेच ढिला हुँदा शासन व्यवस्था नै उल्टिएको तातो र तितो ईतिहास हाम्रो मस्तिष्कमा ताजै छ र वर्तमान नेतृत्वपनि त्यसकै हाराहारीमा पुगेको यर्थाथ हाम्रा सामु छदैनैछ। अनि कसरी जोगाउन सकिन्छ त यो देशलाई वैदेशिक हस्तक्षेप र लगभग एक असफल राष्ट्रको सुचीमा सुचीकृत हुनबाट। त्यसैले त हामीजस्ता युवा पुस्ताले बाध्यतावश भन्नुपर्छ– जय होस् यो नवीन शैलीको बेलायती साम्राज्यवादको।
comments पढ्दा लाग्छ सबै जान्ने सबै सुन्ने । बिचरो लेखक आफूले देखे भोगेका कुरा आफ्नै भाषामा share गर्दै छन् । commenters चै दादा गिरि गर्दै छन् ।
साथी आफ्नो जग्गा बेचेर विदेश जादा त सबैलाइ दुख नै लाग्छा तर पनि एस्तो पिडा त भन्नु भयन नि मेरो त ७ आना जग्गा सकियो बेलायत जादा तिम्रो त कति सकियो ४ आना हो र
के गर्नु साथी हो नेपाल मा बढ्दो बेरोजगारी समस्या ले गर्दा एस्तो भाको हो नि….पढ्न जाने त एउटा इन्ट्री हुने सजिलो उपाए हो ..जाने त काम गर्न कै लागि हो नि….नेपाल को बारेमा अनि नेपाली जनता को बारेमा बेलायेत सरकार ले राम्रो संग पढेर बुझेर visa दिएको …हामी भन्दा कति वर्ष अगाडी बाट बिकसित देश …थाहा छैन र कसरि बोरा मा हाल्नु पर्छ भन्ने …तेइ माथि ल ल t u ले तेह को भन्दा राम्रो शिक्षा दियो रे आउछ त कोइ विदेश बाट पढ्न नेपाल…आउदैन किन भने नेपाल मा काम पौदैना ……तेसैले कि त विदेश जादै नजानु गयो भने दुख सुख सबै गर्नु पर्यो……..खाडी मुलुक मा ५० डिग्री को तातो घाम मा त काम गर्छ ……सबै आत्मा संतुस्ती गर्नु पर्यो..
Writer is senseless, he is very talkative.. What is topic and what is the content..uff. I guess, he needs psycho therapy. Who wants to go to UK should have more knowledge in English, good knowledge about the Universities, plan, aim blah blah!!. He says.. he has very near and dear in UK but he didn’t ask them anything..There is Google to help you man. Learn something. If you couldn’t do anything, and just went to Putalisadak, gave the money, asked your mother to pack your bag .. and plane took you to UK.. what else do you expect? Its never too late.. just change your attitude and do your work.
बेलयेत गएर नेपाल फर्किनु परेको पिडा मात्रै हो यो लेख .
पागल बकबास लेख मा युरोप को धेरै देश बसे घुमे डेनमार्क ,जर्मन ,नर्वे ,स्वीडेन आदि आदि देश मा २१ भन्दा one twenty जस्तरी बोल६.
लेखको पहिलो १० लाएन पढे, अनि आल्ची लाग्यो..
कमेन्ट चाही सबै साथीहरु को पढे …. लेखभन्दा कमेन्ट रमाइलो
“……………..बाटोमा हिंड्दै गर्दा गोराको छाउरोले साथी तिमीसँग जगेडा चुरोट छ(Mate! Do you have a spare cigarette)? भनेबाट उनीहरुका नयाँ पुस्तापनि अभाव ग्रस्त र कूलतमा रहेछन् भन्ने कुरा बुझ्न गाह्रो भएन। ”
अरुलाइ छाउरो भन्ने तिम्रै जस्तै बुद्दिले हो “सुपरभाइजर हुँदै म्यानेजर हुने” मौका नमिलेको , तिमि काम गर न , अनि तिमि “सुपरभाइजर हुँदै म्यानेजर हुने” अवसर पाउछौ कि पाउदैनौ हेर. आफ्नो भैसी हेर अनि अरुको जुम्रोको कुरा गर .
फेरी कुरै नबुझी चुरोट मागेको कुरा लाई बढ़ाइ चढाई लेखेछौ तर बेलायतमा चुरोट किन्न १८ वर्ष हुनु पर्छ र १८ नपुगेकाहरुले त्यसरी नै चुरोट खान्छन भन्ने थाहा पाएनछौ?
फेरी “अप्राकृतिकताको सन्तुलित व्यवस्थापन” रे !! के भन्या त्यो?
तै पनि लेखाई त ठिकै हो तर शब्दहरुको छेरपट्टि लगाउनु भन्दा कुरा बुझेर मात्र लेखे पटविद्वानको पगरी गुथ्न पर्दैनथ्योहोला कि ?
१८ बर्ष भन्दा माथि का ले चुरोट रक्सि किन्न नपाउने हुन ले अरु संग माग्ने वा आफु ले पैसा दिएर किन्न लगाउने पनि हुन् सक्छ. तर मगन्ते पनि केहि त भै हाल्दछ नि. पूर्ण समानता भनेको कहाँ छ? हामि ले कल्पना गरेको स्वर्ग मा पनि कोहि अप्सरा लाइ नचाएर मोजमस्ती गर्छन कोहि त्यो गर्न सक्देनन. तर पनि जीवन को आधारभूत आबश्यकता लाइ हेर्ने हो भने (आवास, शिक्षा औषधि उपचार, खाना) बेलायत लाइ समाजबादी भन्दा अन्यथा हुदेन.
अर्को कुरा बेलायत को शिक्षा को प्रतिनिधित्व ठग गोपाल पौडेल ले खोलेको बोस्टन कलेज जस्तो दुइ कोठा को ” कलेज ” ले होइन, अक्सफोर्ड, क्याम्ब्रिज, इम्पेरिअल साइन्स कलेज,SOAS ,यूनिवर्सिटी कलेज, इटन, ब्रुनेल यूनिवर्सिटी, आदि ले गर्दछ. तेस्ता अब्बल कलेज मा जान नसक्ने वा नजाने, बेपार को निम्ति under slc तर dr . प्रोफेसर लेख्ने ठग गोपाल पौडेल,जस्ता भारतीय र पाकिस्तानी ले खोलेको कलेज मा जाने अनि बेलायती शिक्षा को धज्जी उदाउन खोज्ने?
यो लेख नेपाली परिवेश को झर्रो शैली मा आधारित छ. नचाहिने कुरा गर्यो भने आफ्नै छोरा छोरि लै नि छाउरा छाउरी भन्ने चलन छ . तेसैले लेखक को प्रस्तुति ठिक नै लाग्यो.
The lesson taught by the British Education System: TWO INTO SIXTEEN GOES EIGHT. That’s absolutely true! In summary, the causes and effects and the plight depicted in this article have close association with our almost failed state. In that sense, the writer chants the slogan, “Up with this new style of British imperialism!” Those who cannot draw the main idea of this article definitely misinterpret his objective. Hence, the article is challenging if you have not developed that skill, guys! जे होस् जय नै होस् !!!
माथि उल्लेखित कमेन्टहरु पढ्दा लाग्छ लेखकले अल्पविकसित ज्ञाताहरुको दिमाख कसरि भुटेका छन् !
ससंक लामाको कमेन्ट पढ्दा त झनै दया लगेर आयो बुढो ताक्छ मुधो बन्चरो ताक्छ घुँदो भन्या जस्तो ! बिमल ले जसरि लेखे पनि यो एउटा बिस्वो मानचित्र को बिचित्र कथा लेखेका छन्, बेलायतको हाल र नेपालको बेहाल यसरी बुझे हुन्छ !!
कुरोको चुरो नबुझ्ने उदासिनज्युले अरुलाई ‘बिचरा’ भन्नु भन्दा आफ्नो दृष्टिकोणलाई तिखार्ने कि ? अमेरीका नै सर्वोपरी हो भन्ठान्ने अभिभावकलाई मैले सचेत गराएको कुरोलाई कसरि नजरान्दाज गरेको ? जुन देशमा बसे पनि आफ्नो त सफासफी भन्ने बानी छ | झेली र शाब्दिक जाल रचेर साधारण जनतालाई अल्मल्याउने मेरो नियत छैन| अमेरिकाबारे फूलबुट्टा भरेर लेख्न पनि त सक्थें नि ! जे देख्दैछु,त्यहि लेख्छु क्या ! विमलले के लेखेको छ, त्यो हामी बुझ्दैनौ र ? लेखाइ औसत छ | त्यसमा यसो थपथाप पो गरेको त !
थापाजी, म त बकवास लेखाइ भन्छु है, माफ गर्नुहोला!
पोस्ट्कोडको बारेमा अलिकति सच्च्याउ है,
“हरेक घरहरुलाई दिईएको एकअर्कासँग मेल नखाने युनिक पोष्ट कोडका आधारमा कुनै प्रकारको ढिलासुस्ती बिनानै घरहरुका ढोकाढोकामा चिठ्ठिपत्रहरु खसाल्ने बेलायती हुलाक सेवाले …..”
हरेक घरलाई एक अर्कोसँग मेल नखाने होइन सडकको एउटा पाटोतिरको निश्चित दुरी वा संख्याको घरलाई एउटा पोस्टकोड दियको हुन्छ!
“ढिलासुस्ती बिनानै घरहरुका ढोकाढोकामा चिठ्ठिपत्रहरु खसाल्ने बेलायती हुलाक सेवाले…”
भन्याजस्तै त होइन तर थुप्रै पटक छेउको घरको पत्र आफ़्नोघरमा खसेको पाउदा पुन: हल्काराको कार्य निर्बाह गरेको मात्र नभयर कति पटक त अन्यत्र पुग्नुपर्ने पत्रहरु आफ्नो घरमा खस्दा फेरी पुन हुलाकको रातो ढ्वनगमा खसालेको अनुभबको भुक्तभोगी हुँ मा आफै, तेसरी आफ्नो पत्र अन्त पुगेको छैन भनेर भन्न सक्दिन! तरपनि हाम्रो देशको हुलाक भन्दा निकै बिश्वाशिलो र स्तरिय भने छ है!
तेरो देशमा पढ्न आउछु, पढ्न सक्छु भनेर फुर्ति झिकेर आउने अनि आयर प्लेनबाट निस्कने बित्तिकै सिधै काम ताक्ने! अनि तेस्तोलाई नियन्त्रण गर्न नपाउने?
कलेज खोल्ने शिक्षाको भन्दा भिषाको ब्यापार गर्ने अनि तेस्तोलाई नियन्त्रण गर्न नपाउने?
तेसो त म देशबाट अलखेटेको मान्छेहू! मेरो देश छैन, मा देश फर्कन सक्दिन वा दिदैंन! मा अनागरिक हुँ भनेर भन्ने ढाट्नेहरुलाई ज्वाई जसरि पनि त पालिराख्या छनी!
कुरो अरुपनि छ गर्दै गरौला तर लेखको शिर्षक जसरि सान्दर्भिकता र प्रसंग हरायको छ है! गरुन पुराण भन्छु भन्दा खन्दे पुराण बाँया जस्तो भो!
ताई न तुइ! भन्छ क्यारे यसलाई!
शुरुमा शब्दहरुको उठान शब्दकोश बाटै थुपारेर लेख भित्रै परिचय दिएका यी व्यक्तित्व’ले बेलायतको देखे, सुने, भेटेसम्म गीत भने गाएकै हुन्/ गीतमा डान्स भने निक्कै कमजोरी पाएँ! किनकि यसको नून मैले पनि खादै बस्दा, करिब २ दशकको यात्रा अनुभव छ/ आफ्नो घर, देश-नेपाल, मुहार, बानी थाहा हुदाहुदै बिदेशिनु, हल्ला गर्नु, अरुलाई चै यो भएन, त्यो भएन भन्नु एउटा शिक्षित, सम्पन्न’ले ओकल्नु समय, ठाउँ, काम अनुसार सुहाएन!
जे भए पनि यो लेख मा Nepal माया जीवित छ, साथी हरुले एति कुरा मान्दिए कति सुन्दर हुने थियो होला
मलाई त थापाजीको लेख एकदम स्तरिय अनि बस्तुपरक लाग्यो/ हजारौ नेपाली बिद्यार्थी बेलायेती अनि तिनका दलाल हरु जो काठमान्डूभरि छताछुल्ल छन्, बाट अकल्पनीय ढंगले ठगिएका छन्/ नेपालमा त लुटाहा अनि फटाहाहरुको राज्य चलिराकोछ, उनीहरुबाट यो लूटतन्त्रको बिरुद्ध कुनै कानुन बनाउने र लागु गर्ने कुरा सोच्न पनि सकिन्न/ विदेश पढ्न जाने नेपाली विद्यार्थीका लागि सरकारले मन्त्रालय स्तर मै एउटा बिभाग खोलि जानकारी दिने अनि लुटाहा consultancy हरुलाई कडा निगरानीमा राखी बेबस्थित गर्नु जरुरि छ/ नेपालमै रोजगारी सिर्जना गर्ने अनि राम्रो स्तरिय पढाई सुनिस्चित गर्न सके देशले ठुलै फड्को मार्ने छ / नत्र भने फिरंगिको लुटतन्त्र अनि नेपाली समाज भाँड्ने प्रक्रिया अझै बढ्ने छ/ नेपालको अस्तित्व अनि गौरबमय इतिहास जोगाउन युवा पुस्ता सजग हुनु अनिबार्य छ/ आफ्नो अनुभव बाड्नु भएकोमा थापाजीलाइ धन्येबाद!
बकवास लेख । बेलायतको गुणगान अनि नेपाल र नेपालीलाई गाली गरेको लेखले समयको मात्रै बर्बादी भयो ।
बेलायतले जालमा पार्यो, शोषण गर्यो त घरी गरी भन्नुभयो तर लेख चाहिँ पुरै बेलायतको गुणगाण गाएर र नेपालको उछितो काटेर भर्नुभयो । के कसरी जालमा परियो, त्यो चाहिँ खै भनेको ?
हामीजस्ता नेपालीहरूलाई लुटेर खान पल्केकाहरूलाई केको साम्राज्यवादी भन्नु !
साम्राज्यवादी त अमेरिका हो, जो बेलायतमा (अनि अरू देशमा) लुटिएकाहरूलाई तन-मनदेखि नै लुट्न पल्किएको छ ।
हामीलाई उल्लु बनाउन सफल भारतलाई नै उल्लु बनाउनेहरूको के कुरा गर्नु !
भारतबाटै खेदिएकाहरूलाई त झन् के को साम्राज्यवादी भन्नु !
बेलायेती हरु को सकारात्मक र नकारात्मक दुवै कुराहरुलाई मिठो सैली मा प्रस्तुत गर्नु भएको मा धन्यवाद. तपैले उठाउनु भएको कुरा सहि हो .
“अर्काको आंगमा जुम्रो देख्ने तर आफ्नो आंगमा डाइनोसर नदेख्ने” भन्या यहि हो /
*******************************************
# बेलायतमा पढे विद्वान हुने, नेपालाँ पढे पटमुर्ख
# बिदेशां पैसो रुखां फलेको हुन्छ, टिप्न पनि पर्दैन, रुखां फेदाँ गएर झोलो थाप्यो भने फुत्-फुत्ती आफै झोलां झर्छ
भन्ने मानसिकताले गर्दा धेरै टाठा-बाठाहरुले हण्डर खान्छन /
बेलायतीहरु साम्राज्यबादी हुन् /होलान तर त्यो भन्दा बढी हामी दाश मानसिकताले ग्रषित छौ / त्येसैले अरुको जुम्रो तिर होइन आफ्नै आंगको डाइनोसर तिर ध्यान दिऔ /
………………………………….जदौ !!!!!
विलकूल ठीक!
” बेलायतमा पढे विद्वान हुने, नेपालाँ पढे पटमुर्ख” हाहा यो कुरा मलाई घत लाग्यो! तर राम्रो संग पढ्ने र राम्ररि डिग्री हासिल गर्ने उद्देस्य राखेर मात्र जाने भन्दा “बिदेशिन”को लागि मात्र विदेश जानेहरुको संख्या बढेको जस्तो मैले मानेको छु है – यहाहरुलाई कस्तो लाग्छ?
लेखमा सामान्य व्यक्तिको सामान्य अनुभव झल्केको छ / विदेश पढ्न जाने हो भने पढ्ने तयारीका साथ जानु पर्ने हैन र ? पढाइ सुरु भएको छैन डलर र पाउण्ड कमाउने शुर शुरु भए पछि कहाँ हुन्छ |
देश भित्र गुरु भन्दा जान्ने हुनु पर्ने ,
छिमेकी रास्ट्रको सस्तो पढाइलाई चिन्न नसक्ने ,
युरोप र अमेरिकाको नाम मात्रको कलेजमा पढेर गतिलो जागिर खाने सपना देख्ने |
अनि गल्ति कसको ?
नेपालमै पनि रसियन ईन्जीनियर र चाइनिज डाक्टर भन्दा देश भित्र कै उत्तम भन्ने धारणा पाइन्छ , हैन र ?
सही कुरा…..बर्सेनि लाखौँ बिधार्थिहरु बैदेशिक सिक्षा आर्जनको लागि विदेश, बिसेस्गारी अमेरिका, अस्ट्रेलिया, युरोपमा अपलाई गर्छन – यी मध्ये केहि प्रतिशतले सफलता यानी पाउछन अनि तेता तिर उड्छन | किन विदेश जानुपर्यो भनि सोध्दा सबैको एउतै तर्क हुन्छ – नेपाल मा राम्रो पढाइ हुदैन, यहाँको बन्द हड्तालले परिक्ष कैले हुने अनि डिग्री कैले सकिने केहि ठेगान हुदैन, बाध्यताले जानु परेको इत्यादि…..तर यी मध्ये कोहि मात्र राम्रो ग्र्याजुएट वा अन्डरग्र्याजुएट कोर्स को राम्रो युनिभर्सिटिमा अफर पाएर जाने हरु हुन्छन , अधिकांस रहरले जान्छन – सकी नसकी लाखौ पैसा खर्च गरेर जान्चन जुन पैसामा यहाँ मजाले डिग्री/ डिप्लोमा गर्न पुग्छ….किनकि उनीहरुको विदेश जानुको पछाडी एउटा निश्चीत योजना लिएर ( भविस्यमा एस्तो गर्छु भन्ने गोल नभैकन ) विदेश टेक्ने, त्यहाको चमक दमकमा रम्ने, फ्री लाइफ़्स्टाइल/ स्वछन्द भएर बाच्ने र सकेसम्म उतै सेटल भएर बस्ने आदि पर्दछन….त्यहि भएर उनीहरु कलेज छान्न, कोर्सको बारे बुझ्न, स्कोलार्शीपको सम्भावना अध्ययन गर्न समय खर्च गर्दैनन्….सिर्फ जानुको हतारो हुन्छ – अनि त जान साथै पढ्नु भन्दा काम खोज्नु को चिन्ता! त्यसपछि के, पढाइको मतलब हुदैन, पढाइ त खालि टिक्न को लागि मात्र गर्ने भन्ने हुन्छ…जुन ठाउमा काम पाउन सजिलो भो तेइ ठाउमा गयो इत्यादि !
के यो सब दुख झेलेर पढाइ पनि नसक्नु अनि लाखौ को सत्यानास गर्नु भन्दा बरु १ २ वर्ष ढिलै किन नहोस नेपाल मै पढ्न सकिन्न र? मैले बैदेशिक अध्ययनको बिरोध गरेको हैन फेरी- बैदेशिक अध्ययन को आफ्नै फाइदाहरु पनि धेरै छन्….र क्षमतावनहरुको लागि यो एउटा राम्रो अवसर पनि हो ….तर देखासिकीमा लागेर, फगत चमक दमक वा स्वतन्त्रताको लागि ( विसेस युवतीहरुको हकमा…) बुझ्दै नबुझी विदेश होमिने ट्रेण्ड चाही किन हो चित्त बुझ्दैन!!! खै, मैले बुझ्न नसकेका अरु पाटाहरु पनि छन् कि?
पढ्ने बेला चिनियाँ नानी हरु र रसियन भोड्काको पछाडी लागे पछि नेपालकै पढाइ राम्रो हुने भयो नि, होइन भने चिनियाँ पढाई नेपाली भन्दा राम्रो छ है !!! युरोप अमेरिकामा त्येहाँका नानीहरुले घाँस हाल्दैनन नेपालीलाई त्येहीं भएर २/४ जना नेपाली राम्रो पड्छन होला तेता तिर हाहा हाहा !!!
लेखकको intent र लेखको weight “average” लाग्यो । यदी लेखकज्युलाई शब्द्को Diarrhoea नलागेको भए लेख above par हुने थियो ।
Thapa ji, you have written common experience average of Nepalese who enter into developed countries. I m pretty sure you have hidden your struggle to find and keep continue a job. You might still have hesitation to tell what kind of work you actually did there;). Anyway, You have a good presentation and sense of humour. Liked.
यो बकवास लेख! आफु केहि गर्न सक्नु छैन साम्राज्यवाद भन्दै गाली गर्छन..यो लेखक पक्कै पनि कम्युनिष्ट हुनु पर्छ, फ़ोकटमा खान पल्केको!!
अजय Bro UK भन्दा अर्को कम्युनिस्ट देश संसारमा कुन चाही होला र?!! north कोरिया मा पनि त्यति सरो हुदैन जति uk छ….
अजय जी
he just wrote his normal and first experience, being down to earth, and the way of normal southeast asien.
Dont say BAKWAS LEKH, i don’t think that he deserve ur komment.
Actually i do not support communism and communist at all, my eyes doesnt see that, he wrote like communist.
its my neutral opinion, u dont need to be angry.
घुमाइ फिराइ बिमलजीले राजतन्त्र गुल्टेकोमा गुनासो पोख्नु भएको छ | बेलायती पारामा बस भनेर दिएकै हुन् नि ! “म दाज्यु जस्तो होइन” भनेर जान्ने हुनु खोज्दा खेरी न तिन बल्ड्याङ्ग खाएका हुन्| समय नबुझेर तुलसी गिरि जस्ता असान्दर्भिक व्यक्तिमा भर परेपछि यो भन्दा बढि के पो होस् | अब शिक्षा कै कुरा गर्ने हो भने अमेरिकामा बर्षको ६०००० डलर तिरेर पढने ठाउँ ‘हार्वार्ड’ बिश्वबिधालयदेखी लिएर बर्षको ४००० डलर तिरेर पढने सामुदायीक कलेजहरु पनि छन् | यस्तो संसारभरी नै हुन्छ | बेलायत र अमेरीकाका सबै शिक्षण संस्थाहरु राम्रा छन् भनेर पटक्क भन्न मिल्दैन| अल इन्डिया मेडिकल इन्स्टिच्युट र दरभंगा मेडिकल कलेजमा के भिन्नता हुन्छ, त्यहि हो भन्न खोजेको मात्र हो| कुरोमा कुरो नि …….
AIIMS = All India Institute of Medical Sciences हो है शशांक जी !! हुनत यो तेती कमेन्ट गर्न पर्ने कुरा त होइन तर पनि येसो हात चिलाएर मात्रै लेखेको हो !! 🙂
बिमलज्युको लेखको अन्तिम पाराग्राफमा लेखियको कुरामा नेपालको जात जातिलाई फुतायर जसरि भय पनि मधेश्बादिलाई क्रमश नेपालको किङ्ग मेकर कन्ट्री ब्रेकर बनाउन तम्सेको मधेसिमावोबादीहरुको अबधारणा पढे पछि मात्रै प्रतिक्रिया गर्नु पर्ला/
एस लेखमा केहि कुरा राम्रो भए पनि सरल शैल्ली मा लेखिएको भए राम्रो हुन्थियो. यो त पपेर हरु पढेको जस्तो स्किप गर्नु पर्ने ….सारै आल्छी लाग्दो भयो …. तर पनि प्रयास राम्रो छ
बिमलजीले बिद्यार्थीका रुपमा बेलायत पुगेर आफुले गर्नु भएको अनुभव बाट्नु भएको रमाइलो लाग्यो| बिकसित देशमा नियम कानुन बनेपछि ठुला साना, धनि गरिब, काला गोरा सबैले त्यसको पालना गर्छन र कुनै व्यक्तिबाट चमत्कारिक बिकासको अपेक्षा गर्दैनन् उनीहरु| हामीकहाँ त्यसको ठिक बिपरित हुन्छ| कुनै एकजना व्यक्तिले चमत्कार गरेर हामीलाई बिकसित बनाईदेउन भन्ने जस्तो सपना देख्ने बानी परेको छ हामीलाई| कुनै व्यक्तिले नियम कानुन मिच्यो भने उसलाई सजाय दिलाउन मद्दत गर्नु भन्दा पनि हामी उसलाई बलियो मान्न थाल्छौं र उ झन् झन् नियम कानुन नमान्न प्रोत्साहित हुन थाल्छ|
बर्तमान नेपालमा जन चेतनाको जुन हिसाबले विकास भएको छ त्यो सार्है सकारात्मक कुरो हो| यसले नेपालको सामाजिक र राजनैतिक क्षेत्रमा भएका विकृतिलाई हटाएर देशलाई बिकासको बाटोमा चाडैनै डोर्याउने छ र बिमलजीले उल्लेख गरे बमोजिम बिदेशीको हस्तक्षेप पनि प्रभाबहीन हुनेछ नेपालमा|
बेलायत तिर आएर कोरल प्याड़ीपावर जस्ता जुवा अखडामा बसेर चुरोट तान्दै करोड रुपिया देख्ने हुतिहारा नेपालिले लेखेको लेख रहेछ यो
लेख अतिनै उत्कृष्ठ एबम यथार्तवादी छ . त्यो भन्दा पनि महत्वपुर्ण कुरा त अत्यन्त शुन्दर शैलीमा मेरो आफ्नै भाषाको राम्रै इज्जत रहने गरि सम्पूर्ण समय पस्केर लेखिएको छ . यसको लागि लेखकज्युलाई धेरै धेरै धन्यवाद छ .
why positive comments get too many,,मन नपरे रातो ”
i think it shows negative and jealousness , when i notice so many ,मन नपरे रातो ”
जानकार हरु लै त पहिला नै ज्ञान भैसकेको स्थिति थियो, पढ्न आउने बिद्यार्थी हरु ले आवस्यक अनुसन्धान गरेर आएको भए पनि छिडी मा सुत्नुपर्ने र यूरोप को अरु मुलुक हरु मा गैरकानुनी तरिका ले लोप हुनुपर्ने अवस्था आउने थिएन होला /
Labour पार्टी को हार र एन्टी-इमिग्रेशन एजेन्डा बोकेको Conservative पार्टी को जित लगभग निश्चित थियो / अंतराष्ट्रीय बिद्यार्थी हरु लाई पोलिटिकल फूटबल बनाउने परम्परा बेलायत मा लामो छ /
आफुले हासिल गरेको ज्ञान लाई आफ्नो सिप विकास र देश को उन्नति र शान्ति निर्माण गर्न मा लगाउन सक्नुलाई नै उप्लप्धिमुलक मान्नु पर्छ / पश्चिमी राष्ट्रहरु बाट निरन्तर हालिने पासो बाट बच्न सक्नु ले नै हाम्रो भविस्य निर्धारण गर्नेछ /
तेस्तो know – all मान्छे किन जानु पर्या हो तेस्तो साम्राज्यबादी को अखडा मा ???? सबै पहिल्येइ थाहा रैछ त !! अनि जबर्दस्ती तानेर लग्या त हैन होला बेलायतले.
ur reaction is and comment is 100% correct.
seeing and experiencing corrupted land, suffocated in ktm and nepal,every young people searches their future, in certain age people decide to fly somewhere/anywhere.. …..just out of country thats all…..(in that phase)
तानेर कसैले लाग्दैन , ठिक १००% कुरा …….,
जब सम्म हाम्रो नेपाल मा सिस्टम ठिक बन्दैन, भ्रस्टाचार रोकिदैन , एस्तो कथाहरु को अन्त हुन् सक्दैन , चाहे कोहि जुम्ला हुम्ला बाट काठमाडौँ मा अनुभव जम्मा गरुन , या अरब र खाडी मुलुक मा नया अनुभव जम्मा गरुन, या कुनै अति बिकसित देश अमेरिका युरोप मा ……….