Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पैसाको पहुँच

Posted on June 13, 2013June 13, 2013 by Salokya

upendra
मंगलबार एकाबिहानै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ थोरोङ्गला पास काटेर मुक्तिनाथ झर्दा मन्दिर नजिकैको हेलिप्याडमा दुई वटा हेलिकप्टर अडिएका थिए। ६ जना जति पुलिसले पनि हेलिकप्टर नजिकै पहरा दिइरहेका थिए। हामीले सोच्यौँ कुनै मन्त्री सन्त्री आएको हुनुपर्छ मुक्तिनाथ घुम्न। हामीले मन्दिर बाहिर पूजाका सामान बेच्नेलाई पनि सोध्यौँ। “खै, ठूलो मान्छे आएको रे” भनिन्। को रैछ त आएको ? कतै मन्त्रिपरिषद् अध्यक्ष रेग्मी त आएका हैनन् ! नत्र यत्रो सुरक्षा !!
upendra1


मन्दिर बाहिर एक जना प्रहरी थिए। उनलाई सोध्यौँ- को आउनुभएको ?
‘खै एनआरएनको रे’ उनले जवाफ दिए।
“अध्यक्ष जीवा लामिछाने ?” हामीले सोध्यौँ।
“हैन”
“त्यसो भए को त ?”
upendra2

उनले भन्न सकेनन्। एकछिन पछि पो थाहा भयो, उपेन्द्र महतो आफ्नी पत्नी र केही विदेशी साथीहरुसहित आएका रहेछन्। महतो एनआरएनका संस्थापक अध्यक्ष हुन्। अहिले एनआरएनका अध्यक्ष जीवा लामिछाने छन्। फोर्ब्स पत्रिकाको सूचि अनुसार आधिकारिक रुपमा विनोद चौधरी नेपालका सबभन्दा धनी व्यक्ति भए पनि उपेन्द्र महतो नेपालका धनीमध्येका पनि धनी हुन्। उनले मन्त्रीहरु जतिको सम्मान र सुरक्षा कुनै पदका कारण नभई पैसाको प्रभावका कारण पाएका हुन्।

upendra3

सम्मान पाउन पदै नचाहिने रैछ। महतो कुनै पदमा छैनन्। तर उनी मुक्तिनाथमा हेलिकप्टर चार्टर गरेर पुग्दा त्यहाँका सिडिओले चाकरीकै लागि आधा दर्जनभन्दा बढी प्रहरी पठाइदिए। केही प्रहरी हेलिकप्टर नजिकै सुरक्षा दिएर बसे भने केहीले चाहिँ उनलाई एस्कोर्ट गरे।

मन्दिर दर्शन गरेर हेलिकप्टर चढेर फर्कँदै गर्दा उनलाई त्यहाँका भिक्षुणी र अन्य स्थानीय बासिन्दाले हात हल्लाएर विदाइ गरे। सामाजिक कल्याणका काममा करोडौँ खर्च गर्ने महतोले मुक्तिनाथमा पनि केही गर्लान् कि भन्ने आशा उनीहरुले गरेको देखियो।

के फोर्ब्सका अनुसार नेपालका सबैभन्दा धनी अनि अरु धनीहरुलाई पनि कतै बाहिर जाँदा यस्तै सुरक्षा दिइन्छ होला त ? मैले त पहिलो पटक यस्तो देखेँ। कि कल्याणकारी काममा बढी संलग्न भएकोले सामाजिक रुपमा समेत उपेन्द्र महतोको प्रभाव बढी भएकोले यस्तो भएको ? यो प्रश्नको जवाफ चाहिँ पाउन सकिनँ।
upendra4

upendra5

upendra6

upendra7

64 thoughts on “पैसाको पहुँच”

  1. Sonam says:
    June 16, 2013 at 2:01 pm

    यी एन आर एन बनाउदाहरु तारे होटेलमा गएर ठुला ठुला गफ चुट्न बाहेक के छ र उही किरिया पुत्री बनाएर कति न गफ दिन्छन यार, यिनीहरु चरो नभएको ठाउको चमेरो मात्र हुन् यस्ता बुर्जुवा पनि हुनुहुन्न . यिनीहरुको अघिपछि दौडनु नै बेकार छ अहिले भन्या

    Reply
  2. Bimala GHIMIRE says:
    June 15, 2013 at 1:45 pm

    एनआरएन भित्रका थुप्रै मान्छेको पैसा उठाएर ब्याज तिरौँला भन्दै पैसा खाए रे भन्ने सुनिन्छ । तर पनि इनलाई रसियाको सरकारले ठाडो पुच्छरलाएर खेदेकोले यिनले त्यहाँ हुँदा कमाएको पैसा नेपाल र अष्ट्ेलियाको बैँकमा राखेका छन् भन्ने पनि सुनेको हो । त्यसैले यिनिसँग कुस्त पैसा छ । सबै राजनीतिक पार्टीहरु यिनलाई आफ्नो मान्छे ठान्छन् र सरकाले पनि ठान्छ त्यसो हुनाले सरकारबाट यति सुबिधा पाकोलाई नराम्रो नभनौँ ।

    Reply
    1. yubaraj doha says:
      June 16, 2013 at 8:19 pm

      बोट को अंगुर टिपेर खान नसकेपछि अंगुर अमिलो हुन्छ / अरुले भनेको कुरा मा के विश्वास
      कि बिमला जी ले देख्नु भाको छ र ?

      Reply
  3. chabi says:
    June 15, 2013 at 11:53 am

    होइन देशलाई केहि गर्न खोज्ने राम्रो ब्यक्ति लाई सुरक्षा दिन के भो सम्पूर्ण नेपाली हरुले रुचाईएका ब्याक्ति मध्यका एक हुन् उनलाई सुरक्षा दिनु सरकारको दाईत्व हो..भ्रष्ट नेतालाई सुरक्षा दिनु भन्दा यिनलाई दिनु राम्रो

    Reply
  4. Upreti,Lila. says:
    June 15, 2013 at 4:58 am

    भ्रस्ट राजनीतिक दलका नेतालाई सुरक्षा दिनु भन्दा त उपेन्द्र महतो जस्तो समाज सेवी लाइ सुरक्षा दिनु धेरै राम्रो कुरा हो plus उनि VIP मान्छे पनि हुन् त्यसैले उनको सुरक्षा को बारेमा मेडिया मा ठुलो चासो लिनु राम्रो हो जस्तो मलाई लाग्दैन.

    Reply
  5. Govinda,KTM says:
    June 15, 2013 at 12:55 am

    उपेन्द महतो भनेको “चिन्हे लाई श्रीखण्ड नाचिने लाई खुर्पाको बीड” हो यीनेकी येनी मन र धनका धनी हुन् / मेरो करीब ३५ वर्ष को मेत्रता हो पुल्चोव्क मा पढदा देखि धेरै वर्ष भेट भएको थ्येन / बर्षो पछि भेटमा पनी तेही मित्रता दर्साए / तर मुख्य कुरा के भने उनी हरसमय देसको बारेमा सोच्दा रहेछन कसरि देशलाई सम्रिध गर्न सकिन्छ/ भथॆ गरीब देसको धनी होऎन की धनी देसको गरीब भएर बाच्न मन छ /हेर्नु हो ला यीनका सबॆ सम्पती पछी देशलाई दिन्छां आसल सासन यायेमा /

    Reply
  6. रबिन says:
    June 14, 2013 at 8:13 pm

    उपेन्द्र महतो जस्तो चर्चित धनाढ्यलार्इ सुरक्षा दिनु नराम्रो होइन किनकी हत्या, अपरण, र फिरैाती जस्ता घट्नाहरू नेपालमा सामान्य बन्दै गइरहेको बेलामा तर VVIP सुरक्षा भने अनुचित नै हो मेरो विचारमा कारण उनी VVIP होइन ।

    Reply
  7. saurav ojha says:
    June 14, 2013 at 7:26 pm

    VIP ब्यक्तीहरुलाई त सुरक्षा दिनै पर्छ नि सालोक्य सर, एउटा पागल आएर केई नराम्रो काम गरी दियो भने देश नराम्रो बदनाम हुन्छ नि !! यो त पक्कै राम्रै काम हो|

    Reply
    1. Nima says:
      June 15, 2013 at 1:22 am

      उपेन्द्र र जीवा,कालो धनलाइ सेतो बनाउन एनआरएन भएको मात्र हो/नत्र उनीहरु “एनआर आइएम” हो यानेकि “नेपलिज रेसिडेन्ट इन्टरनेसनल माफिया”चाहिं पक्कै हो/

      Reply
  8. पवन पौडेल says:
    June 14, 2013 at 7:24 pm

    शालोक्य जी यत्तिको कुरामा सारै टाउको नदुखाएको भए हुने । तपाईंलाई राम्रो जानकारी हुनुपर्छ हेलीकोप्टर लगायतका वायुयान जुनसुकै क्षेत्रमा गएपनि नजिकका शुरक्षाकर्मिले शुरक्षा दिनुपर्छ । अर्को कुरा राज्यले आम नागरिकको शुरक्षा दिनुपर्छ,उसको कर्तव्य हो । उसमाथि ठुलो व्यवसायि भएको नाताले त्यति शुरक्षा दिएको मैले त बढी देखिन । भोली महतोलाई त्यहाँ केही भएको भए तपाईं हामीले नै राज्यले शुरक्षा दिन नसकेर महतोमाथि आक्रमण वा यस्तै हेडलाईन हाँक्थ्यौं । जे भा पनि सार्वजनिक व्यक्ति त हुन नी उनी ।

    Reply
  9. रविन says:
    June 14, 2013 at 1:03 pm

    अन्य भ्रष्ट नेता तथा मन्त्रीका सुरक्षामा मात्र कति खटिनु? एउटा नेपाली सपुत जो हरदम राष्ट्रको उन्नति कसरि हुन्छ ? बिदेशी लगानी भित्र्याई युवा स्वरोजगार राष्ट्रको सम्रिद्दीको लागि हरदम प्रयासरत छ भने तेस्तो व्यक्तिलाई सुरक्षा र सम्मान गर्नु राज्यको दायित्व हो.
    यसमा अनौठो मान्नु पर्ने केहि कुरो छैन.

    Reply
  10. krishna says:
    June 14, 2013 at 1:03 pm

    It is not a matter of not priority for discussion. He is good man who invested much money in the welfare of society. He is also Nepali, security is equally important whether he is people, leader or foreigner.

    Reply
  11. dil bogati says:
    June 14, 2013 at 9:40 am

    उपेन्द्र महतो जस्तो मेहनत र पसिना बगयर सम्पति कमाउने र समाजसेवा गर्ने धेरै लाई रोजगारी दिने सामाजिक महोत्वो बुझ्ने व्यक्ति लाई राज्यले सुरक्षा दिनु राज्य को कर्त्यब्य पनि हो नेता चोर गुण्डा देशको ढुकुटी सिध्याउने हत्यारा आतंकारी देश द्रोही लाई त भी इ पी मानेर पालेको छ भने महतो त मेहनती नेपाली आमाको संथान हो उसको सुरक्ष्य गर्नु पर्छ , ऋष गरेर हुदैन ,

    Reply
    1. samrat~ says:
      June 15, 2013 at 11:13 am

      ह्याआआअ ! ब्रो ! आफ्नै कमाइ को पैसा ले चढ्यओ त ! के को ख्यास ख्यास ! म बिलेनेर भएको भए म पनि चद्ठे ..तिमि संग पैसा भएको भए तिमि पनि चध्थियोउ . येस्मा येत्रो टाउको दुखाइ गर्नु पर्ने केहि छैन.

      त्यो नालाएक पाजी नेता एक पैसा काम न लाग्ने भारतीय हरु संग भिख माग्ने भिकारी , जनता को कर अहुली वाट मस्ती गर्ने डाका हरु भन्दा आफ्नै कर्म ले कमाएको यो समाज सेबी उपेन्द्र महतो ले चढ्यो ..छोडी दिउ येस्ता वाइह्यात कुरा हरु.

      बरु त्यो भिखारी जिब्रो कट्टा देउवा ले सोनिया को साडी मुनि वाट के के हात थापेर ल्याएछ तेस्को कुरा गरम न. धोत्ति हरु ले एस्तो election को electronic मेसिन पठाउदै छ कि तेस्को software पनि made in इंडिया हार्ड ware पनि made इन् इंडिया तेस्को remote control पनि मेड इन् इंडिया भने पछि साले हरु ले जसलाई नया खेलौना बनाउन चाहन्छ तेसै लाइ जिताउने पक्का. नेपाली हरु fare election होला भनेर न चितायेनी हुन्छ हेर्दै जानु.

      येसो हेर्दा तेही जिब्रो कट्टा को पार्टी ले आसिर्बाद पाउला जस्तो छ अब लास्ट मा आएर . सोनिया ले जडी बुटी सुन्घायेर पठाई सक्यो त्यो भिखारी लाइ. हेर्दै जानु हो हेर्दै जानु.

      Reply
  12. Raj Sharma -AUS says:
    June 14, 2013 at 9:31 am

    हे उमेश जी यो पैसा को प्रवाब होइन की उपेन्द्र ले देस को लागि गरेको केही योगदान को प्रतिफल हो!!!! He can deserved it. Be possitive think possitive.

    Reply
  13. योगेश आदी says:
    June 14, 2013 at 6:40 am

    बकम्फुस्से गफ हानेर, राज्यको ढुकुटीको दुरुपयोग गरेर, देशलाई अन्धकारमा धकेल्ने प्रचंडे जस्तोले त सुरक्षा, सेवा र सान पाएका छन्… भने देशमा अरबौको लगानी भित्र्याउने, बिदेशमा कमाएको रकम देशमा ल्याउनु पर्छ भनेर संदेश छर्ने, नेपालीको छोरोले सुरक्षाको दृष्टिकोणले यति गर्नु के ठुलो कुरो भो र ?! त्यो पनि आफ्नै खर्चमा !!
    बिल गेट्सले भनेका छन्; – “गरिब जन्मनु पाप होइन तर गरिबी मर्नु ठुलो पाप हो /” गरेर देखाउनु पर्यो नि सक्नेले महतोले जस्तो….

    Reply
  14. Shree... says:
    June 14, 2013 at 2:18 am

    एकदम ठिक काम नेपाल प्रहरीको… बल्ल अलिक भएपनि आम्दानी हुने काम गरेको देखियो. बरु सेकुरिटी दिए बापत कति आम्दानी भयो अनि कसको खल्ती मा गयो, यो पो खोजबिन गर्नु पर्यो नि सालोक्य जी… सिर निहुराएर घुस खानु भन्दा येस्तै काम गरेर माम खाको राम्रो नेपाल प्रहरीले ….

    Reply
  15. Krishna says:
    June 14, 2013 at 12:03 am

    देशको पूर्व राजा मुलुक भित्र भ्रमणमा सुरक्ष्या दिदा बिरोध गर्ने प्रसासन, राजनीति, भने कुनै पनि देशमा दर्ता नभएको अबैधानिक NGO को पूर्व अध्यक्ष लाई VIP security, यो जनता को कर को चरम दुरुपयोग हो, के देश को ब्यबस्था पैसा कै भरमा चल्ने हो, हो भने यो असिम पुजिबाद को संकेत हो

    Reply
    1. Shree... says:
      June 15, 2013 at 8:21 pm

      के हो यो असिम पुजीबादी, हँ , येसो मेसो पाउन.. नेपाल पुजीबादी तिर लम्केको हो भनेमात्रै पनि ठुलै कुरा हो.. खै कता छ हुँ यो पुजी भन्ने? कृपया नहिच्कैकन भनि दिनु हुन अनुरोध गर्दछु?

      Reply
    2. madan bajrachaary says:
      June 16, 2013 at 12:00 pm

      कृष्णज्यु/
      महतोले बिदेशमा कमायो/ केहि नेपालमा पनि लगानी गर्यो/ उ प्रति नकारत्मक हुनु पर्ने कुनै कारण नै छैन/ आलोचानानै गर्ने हो भने महतो जस्तोलाई बिदेसी बन्नु नपर्ने ब्यबस्था गर्न नसकेका महा पुन्जिबादी बनेका हाम्रा साम्यवादी नेताको नेताको पनि नेताको आलोचना गर्नु पर्छ/

      Reply
  16. T Dhakal says:
    June 13, 2013 at 10:18 pm

    सुरक्षाको लागि आवश्यक रकम सुरक्षा निकायलाई उपलब्ध गराउछ भने सुरक्षा किन नदिने?

    Reply
  17. jash says:
    June 13, 2013 at 7:27 pm

    उपेन्द्र महतो धन र मन भएका ब्यक्ति हुन् | जे होस् यो देशमा उपेन्द्र महतो जस्ता नागरिक पनि छन् र यो देशको शक्ति, भबिष्य,गर्ब र प्रेरणा तिनै हुन् | जसले यो देशका लागि हाम्रा अधिकांस भ्रस्ट,घुसखोरी देशका धमिरा राजनीतिज्ञको भन्दा हजारौं गुण बढी योगदान छ |

    Reply
    1. prabesh says:
      June 14, 2013 at 1:15 am

      धनि देश र जनताको लागि रहेछ बेक्तिको स्वर्थको लागि हैन भन्ने कुरा यहाँ प्रमाणित भयो ऊपन्द्र महतो बट्टा………………..

      Reply
  18. neerose says:
    June 13, 2013 at 7:21 pm

    “….. अरु धनीहरुलाई पनि कतै बाहिर जाँदा यस्तै सुरक्षा दिइन्छ होला त ? मैले त पहिलो पटक यस्तो देखेँ।”
    ल बधाई छ महासयालाई कमसेकम पहिलो पटक भने पनि देख्नु त भयछ!
    हाम्ले त आजसम्म यत्तिपानी देख्ने मौका पायका छैनौ बाबै!

    Reply
  19. bibash says:
    June 13, 2013 at 7:21 pm

    I think its a good decision to provide security to Mr. Mahato, definitely a wealthy person like him is at higher risk. For superstars, top athletes every country provides security to prevent any incidents which may arise question to country’s security system. I remember one incident in sydney’s Airport last year ,there was a huge security arrangement for one Famous model arriving from USA.

    Reply
  20. siddhartha says:
    June 13, 2013 at 4:59 pm

    काम सिर्जना गर्ने बेक्ती लाई राज्य ले सुरक्छा दिनु परेन त ? येस्ता बेक्तिलाई प्रेरित गरेर केई उद्योगधन्दा खोलाये केई रोजगार सिर्जना हुन्थ्यो !

    Reply
  21. Nabin Adhikari says:
    June 13, 2013 at 4:31 pm

    VIP लाई सुरक्षा दिनै पर्यो नी नत्र जंगलीहरु बाटो छेक्न पुगी हल्छन ?

    Reply
  22. Tenzing Gaba says:
    June 13, 2013 at 4:30 pm

    सन्त, महात्मा, साहू, महाजनहरुलाई त परापुर्ब कालदेखि नै राजा-महाराजाहरुले पनि सम्मान सत्कार गरिआएको कुरो त् हाम्रो सस्कार-शास्त्रहरुमा नै छ नि, त्येसैले अन्यथा नलिदा हुन्छ उमेस जी /
    हाम्रो मात्र सस्कारमा होइन विदेश तिर त् आर्थिक नेताहरुलाई त् झन् बिशेष आदर महत्व दिने गरेको मैले महसुस गरेको / देखेको छु /
    Tony Blair बेलायतको बहालवाला प्रधान मन्त्री भएकै समयमा HONG KONG आएका थिए र त्यो भ्रमणमा उनले hong kong को कुनै पनि नेता पदाधिकारीहरुलाई चाही भेटे भेटेनन त्यो त हेक्का रहेन तर HONG KONG को सबै भन्दा धनि व्यक्ति (संसारको पनि top १५ मा पर्ने ली का सिंग) लाई चाही घरमा नै गएर भेटेको थिए , यो कुरो लाई यता तिर सामान्य रुपमा नै लिईदो रहेछ ।

    Reply
  23. Binde Maharjan says:
    June 13, 2013 at 3:10 pm

    पैसा हुनेले त् चद्छन हेलिकोप्टर
    पैसा नहुनेले त् चद्छन ट्याकतर
    उनले त जे जति गरे आफ्नै धनले
    धर्म कर्ममा पनि गरेको छ रे आफ्नै मनले
    यसरि नि नेपाल र नेपालीको हुनु पर्छ विकास
    नेताहरुले अब जसरि लेउनु पर्यो निकाश

    Reply
    1. kumar says:
      June 13, 2013 at 3:31 pm

      १ )उनि आफ्नो पैसा भएको ले आफ्नै पैसा खर्च गरेर हेलिकप्टर चढे र उनि र सालोक्य जी मा तेती भिन्नता मात्र भिन्नता हुन् सक्छ जति एउटा गरिब दिन भरि काम गरेर एक किलो चामल किन्न सक्देन तर सालोक्य जी अध्यन वा घुमफिर को लागि कम्ति मा पनि १०००० खर्च गरेर मनंग, मुस्तांग घुम्ने सामर्थ्य राख्दछ. एउटा गरिब जो दुइ साझ हातमुख जोडन संघर्ष गरि रहेको छ तेस्को नजर मा सालोक्य जी को यो भ्रमण , उहा को नजर मा उपेन्द्र महतो को भ्रमण भन्दा कम बैभवशाली छ?
      २)जति धनि भयो तेती नै रिस्क पनि छ, तेसकारण उपेन्द्र महतो माथि हामि माथि भन्दा धेरै बढी रिस्क छ. तेसकारण सुरक्षा गर्नु राज्य को कर्तब्य हो. एस्लाई चाकडी भन्ने हो र?

      Reply
      1. Nirmal B. says:
        June 13, 2013 at 11:09 pm

        कुरा ठिकै हो जस्तो लाग्यो साइकल हुनेले मोटर साइकल देखेर चिन्ता गर्छ मोटर साइकल हुनेले कार देखेर चिन्ता गर्छ

        Reply
  24. Ajaya Shrestha says:
    June 13, 2013 at 2:54 pm

    कल्याणकारी काममा बढी संलग्न भएकोले सामाजिक रुपमा समेत उपेन्द्र महतोको प्रभाव बढी भएकोले यस्तो भएको हुन सक्छ.

    Reply
  25. SARJAN says:
    June 13, 2013 at 2:50 pm

    जनताले पसिना बगाए तिरेको करको दुरउपयोग गरेर हवाई एम्बुलेन्स प्रयोग गर्ने नेता भन्दा आफ्नो महेनत को खर्चले हेलिकोप्टर चद्नुलाई इस्सु बनाएर आलोचना गर्नु ठीक होइन, यस्ता ब्यापारी भएपनि समाजसेवा गर्नेलाई सुरक्षा झन् चाहिन्छ /

    Reply
  26. sunil khadka (Bangkok) says:
    June 13, 2013 at 2:47 pm

    उपेन्द्र महतो लाई प्रहरी ले सुरक्षा दियो भनेर टाउको दुखाउने काम नगरौ मित्र ! ८०००० हजार नेपाली रुपिया मा सभासद को ज्यान मार्ने मुलुक मा पैसा को लागि जसले जे पनि गर्न सक्छ , उपेन्द्र जी लाइ कसैले पैसाको कारण कुनै घटना घटायो भने तपाइँ हरु फेरी के लेख्नु हुन्छ होला ? सुरक्षा को प्रत्याभूति गराउने काम लाइ उल्टो देखाउनु बस्ताब मा इर्ष्य गर्नु जस्तो देखियो उनि नेपाल का लागि चाहिने र सुरक्षा दिन लायक नेपाली नागरिक हुन्

    Reply
  27. Bibek says:
    June 13, 2013 at 2:39 pm

    It’s always risky for multi millionaire to go around without any precaution considering that some people murder or abduct businessman just for few hundred thousands. So if he is spending few thousands for his own safety then I have no comments. I think such a wealthy person should get protection from government as well.

    Reply
  28. binay says:
    June 13, 2013 at 2:39 pm

    If he can afford the helicopter for muktinath its ok and he is also one of the person who has invested so much money for social welfare, so if local administration gave some police man for protection…. it also seems to be ok…. I don’t think we should comment in negative way in this issue ……

    Reply
  29. anil pun says:
    June 13, 2013 at 1:35 pm

    धनि या गरिब जो सुकै होस,समाजको कल्याण हुने काम गर्ने ब्यक्तिलाई सम्माण दिँदा फरक पर्दैन।नेतालाई मात्रै प्रहरीले सुरक्षा दिनु पर्छ भन्ने पनि छैन नि।

    Reply
  30. पारंगत राई says:
    June 13, 2013 at 1:32 pm

    उमेशजी, छ जना प्रहरी त चाहिंदैन, तर जहाँ जहाँ प्रहरी छन्, त्यहाँ हेलिकप्टरलाई नेपाल प्रहरीले सुरक्षा त दिनैपर्छ।

    Reply
  31. Tika Karki says:
    June 13, 2013 at 1:30 pm

    नेपालका सबभन्दा धनी व्यक्ति उपेन्द्र महतोले कमसेकम देशलाई दान भय पनि त दियका छन् ,उनि धनी भयको नेपालका नेताले जस्तै देश लुटेर भयका होइनन देशको ढुकुटी सबै लडाकु अनि सहिद को नाममा सिद्ध्याउने ज्यानमारा लै त त्यति धेरै सुरक्षा दिने हाम्रो नालायक कानुन, सरकार को बिरोध नगरेर उपेन्द्र जस्ता दाता को सुरक्षाको बिसय मा यो लेख अलि सान्दर्भिक लागेन जे जसो भय पनि फोटा हरु भने निकै मन पर्यो उमेशजी !!!!!

    Reply
  32. SURENDRA hongkong says:
    June 13, 2013 at 1:13 pm

    जे होस् पद न हुने सित पैसा भो भने सम्मान पाइने रहेछ भन्ने प्रस्ट ज्ञान भो मलाई पनि/तर पैसा पो कसरि कमाउने हो?बडो समस्या मा पो परे म?

    Reply
  33. राम चन्द्र says:
    June 13, 2013 at 1:13 pm

    एन्कै बाउ ले हैन घरमा काम गर्न बसेकी बालिका लाई के जाती गरेका ? बलत्कारी का छोरा न परे पैसो खर्चा गरे पाप पखल्ना लाई त के भो । यस्तै लाई त हो पुलिस ले चाकडी गर्ने ……..
    हात्ती आयो हात्ती आयो फुस्सा बनाएर उडेछ ।

    Reply
  34. Gautam Manandhar says:
    June 13, 2013 at 1:12 pm

    He deserves the VIP status because his contribution towards Nepali community is not less than any politicians or social workers.

    Reply
  35. abhisek says:
    June 13, 2013 at 1:11 pm

    आफु बुस को भाडा नभएर घर जना पाको छैन . मेरो तिर महतोको हेलिकोप्टर आइदे पनि हुन्थ्यो . एकछिन रुगेर १००० रुपय मग्नेठे

    Reply
  36. Rajendra Adhikiar says:
    June 13, 2013 at 12:53 pm

    सबै जनताको तथा आगन्तुक पर्यटकको शुरक्षा गर्नु राज्यको दायित्व हो । विशिष्ट व्यक्तिहरूको जय जय गर्ने जति हुन्छन्, तेस्तै दुश्मन पनि प्रशष्त हुन्छन् । त्यसैले खतरालाई मध्यनजर गरि सुरक्षा दिएको हुनुपर्छ ।
    यो चाहिँ Theoretical कुरा भयो । Practical कुरा चाहिँ तपाईले भनेजस्तै चाकडी पनि हुन सक्छ । या, Paid Security हो कि ।

    Reply
  37. Sisir says:
    June 13, 2013 at 12:40 pm

    मलाई त केहि नौलो लागेन … राष्ट्र ले आफ्ना बिसिस्त नागरिक लाई संसार भरिनै एस्तो सुरक्ष्य दिन्छ .. धेरै टाडा जानै पर्दैन भारत मै पनि कुनै सरकारी ओहोदामा नभएका महेन्द्र सिंग धोनी, सचिन (हाल सांसद पनि ), अमिताब लगाएत विभिन्न व्यक्तिले राज्यका मन्त्रिले पौने जतिकै सुरक्ष्य पाएका हुन्छ .. धोनीले त बिसिस्त “Z ” (जेड ) इस्टर कै सुरक्ष्य पाउछन ..
    मेरो बिचारमा नेपालमा त देश र जनताको लागि कुनै सिन्का नभाच्ने नेता भन्दा एस्ता रोजगारदाता र समाजसेवीको सुरक्ष्या गर्नु जरुरत छ ..

    Reply
  38. Maddy says:
    June 13, 2013 at 12:27 pm

    हेलिकप्टर त चार्टर गरे, उनि संग तह लगाइनसक्नु पैसो सो थियो तर तेत्रो बिधि प्रहरी चै किन खटाउनु परेको त

    Reply
  39. Gagan says:
    June 13, 2013 at 12:12 pm

    नेपालका नेताहरुले भन्दा त धेरै राम्रा काम गरेका छन् महतोले, त्यो शहरको ठेक्कापट्टामा गुन्डा लिएर हिड्ने भुस्याहा नेतालाई सुरक्षा स्कर्टिंग दिंदा हुन्छ, यस्ता सामाजिक व्यक्तित्वलाई दिदा हुदैन र? स्थानीयमा भविष्यमा महतोले केहि सहायोग गर्लान भन्ने आशा नै रहेको होला

    Reply
  40. Bibek Dhakal says:
    June 13, 2013 at 12:02 pm

    अनि विस्वको सब भन्दा अग्लो स्थानमा रहेको “पास” थोरंग ला होला र? भारतको जम्मुमा हो कि तिब्बतमा रहेको कुन चाही “ला” हो ( ला चै पक्कै हो) भनेर पढेको थिएँ है मैले त !

    Reply
    1. bibek dhakal says:
      June 13, 2013 at 6:45 pm

      http://en.wikipedia.org/wiki/Gondogoro_Pass
      हो रहेछ….तर कुन कुन पर्सनल साइतमा थोरान्ग्ला लेखेको रहेछ तेइ भएर कन्फ्युजन भाको होला!

      Reply
  41. Bibek Dhakal says:
    June 13, 2013 at 11:55 am

    देशलाई एकथोपा फाइदा गर्नु त परे जाओस बरु भएको श्रोत , सम्पदा र प्रशाशनको दुरूपयोग गर्ने केहि पुर्व मन्त्रि वा प्रधानमन्त्रीहरूलाई त तिनीहरु पान खान जादा समेत प्रहरी र गाडी उपलब्ध गराउने देशमा यत्तिका वर्ष देखि धेरै क्षेत्रमा समाजसेवा गरेका महतो जस्तो व्यक्तिलाई सुरक्षा प्रधान गरेकोमा मलाइ खै केहि कमेन्ट गर्न आएन है! बरु मलाइ लाग्छ उनले यहाँ पनि केहि सहयोग अवस्य गर्नेछन!! यो पुर्व मन्त्रि, प्रधानमन्त्री, सभासदहरु हेरिकन त महतो साचो अर्थमा कता VIP VIP!!!

    Reply
  42. Sam says:
    June 13, 2013 at 11:44 am

    उपेन्द्र जी ठुला मान्छे हुन् , ठुला मान्छे लाई सुरक्षा दिनु कुनै नौलो कुरा होइन र नराम्रो कुरा पनि होइन | तपाई हामीलाई किन चाहियो सुरक्षा , कसैले लुट्ला भनौ भने खल्तीमा सुक्कॊ छैन (तपाई हामी भनेर म जस्तै समस्त निम्न आय भएकाहरु लाई भन्न खोजेको फेरी कसैले “त” संग सुक्को छैन भन्दै मा हामी संग पनि छैन भनेर धक्कु लगाउने संग माफी चाहन्छु ) | अब धेरै हुनेहरुलाई धेरै किसिम का डर, सरकार ले सुरक्षा नदिएर भयो ??

    यसमा टिप्पणी गर्नु उचित नहोला |

    Reply
  43. raj kunwar LONDON says:
    June 13, 2013 at 11:20 am

    यी नेता हरु लाई शुरक्षा दिनु भन्दा त यिनी लाई दिनु राम्रो हो नि , केहिन , के हि , विदेश मा कमायको नेपालमा लगानी गरेका छन् , अनि शुरक्षा को ग्यारेन्टी देउ हामी लगानी गर्छौ भनेकै छन्, यो राम्रै हो यिन लाई शुरक्षा दिनु !

    Reply
  44. yukta says:
    June 13, 2013 at 11:19 am

    मलाई त एउटा हिन्दी गित याद आयो जसको बोल थियो ” ना बिवि ना बच्चा ना बाप बडा ना मैया ,The whole thing is that के भैया सबसे बडा रुपैया “

    Reply
  45. हरि गौतम says:
    June 13, 2013 at 11:15 am

    अब ओत लाग्दा पनि ठुलो रुखको मुनि लाग्नु भन्छन ||| केहि आशा त हुन्छ नि सायद उपेन्द्र महतो ले मुक्तिनाथ विकास मा केहि पो गरिहाल्छन कि ?

    Reply
  46. Raju Rana - Mahendra says:
    June 13, 2013 at 11:05 am

    लौ साथी हरु गरि खाने को भन्दा पनि खायर गर्ने को देश –हाम्रो नेपाल

    Reply
  47. Pratik says:
    June 13, 2013 at 10:27 am

    यहाँ कसै कसैलाई महतोको status देखि दाह लग्यो जस्तो छ / उनले मेहनत नगरी त्यो status पाएका हैनन् क्यारे //!!!!

    Reply
  48. Deepak says:
    June 13, 2013 at 10:08 am

    VVIP को सुरछ्या हुनु पर्छ, भोलि केहि भएर कसैले अपहरणमा परे भने पुलिश को मान मर्दन गर्ने आखिर तपाई हरु नै हो क्यार….

    Reply
  49. पुष्प says:
    June 13, 2013 at 9:41 am

    लाग्छ हामी नेपालीलाई ‘दान’ लिने बानी परिसकेछ । केही देला कि, केही गर्देला कि भन्ने मनशाय हुँदो हो प्रहरी र स्थानीयहरूको ।

    Reply
    1. sanjiv says:
      June 13, 2013 at 2:18 pm

      आफु पनि नेपाली नै हो भन्ने नबिर्सौ है पुष्प जी

      Reply
    2. lorke says:
      June 13, 2013 at 4:02 pm

      तपाइँ हरुकै सिफारिस मा बनेको रेग्मी सरकार ले गन्जी कट्टु टोपी अनि कापी कलम र मसि चुनाव को लागि को संग र कति माग्ने भनेर लिस्ट बनाको पढ्नु भाको छैन ? छैन भने यसै लाइ समाचार मान्नोस अनि बिचार गर्नोस /

      लोर्के

      Reply
    3. रविन says:
      June 14, 2013 at 12:59 pm

      माओबादी जस्तो लुतुरा संग हैन बिकाश प्रेमी राष्ट्र प्रेमी र सहृदयी भएका उपेन्द्र महतो प्रति सम्मान र अपेक्षा गर्नु अपराध होइन

      Reply
  50. शशांक लामा, न्युयोर्क says:
    June 13, 2013 at 9:23 am

    VIP भने जस्तै उपेन्द्र महत्तो CIP होला | मतलब commercially important person कुनै कुनै देशमा यस्तो स्टाटस राज्यले कसैकसैलाई दिन्छ भनेर सुनेको जस्तो लाग्छ |

    Reply
  51. harka shrestha says:
    June 13, 2013 at 9:06 am

    आफ्नै पैसा को खोलो नै लौचा भने कहिँ भन्नु छैन सुरछा चै धनि मान्छे लिए धरै कुरा को डर हुन्छ नै सुरछा दिनु पुलिस को काम नै हो /यसमा टिप्पणी गर्नु उचित लागेन मलाई त .

    Reply
  52. द्रोण says:
    June 13, 2013 at 8:59 am

    नेपाल मा कोइ गरि खाने ,कोइ झरी खाने भएर एस्तो भएको |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme