अपडेट (मे २२) : नबिल बैँक ग्राहकप्रति गैर जिम्मेवार हुँदा मैले आफ्नो ५ सय रुपियाँ ठगिएको महसूस गरेको थिएँ। तर हिजो मैले त्यो रकम फिर्ता पाएँ। म ठगिन बाट जोगिएँ। कसरी फिर्ता पाएँ त्यो बारे विस्तृत विवरण पढ्न यहाँ क्लिक गर्नुस्। ______________________________ अपडेट (मे २१) : यो विषयमा सामाजिक सञ्जाल र ब्लगमा भएका बहसको कारण… Continue reading
पाँच ‘डन’- फँस्लान् कि बच्लान् ?
कहलिएका पाँच ‘डन’हरु- गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध अन्ततः स्रोत नखुलेको अवैध सम्पति राखेको भन्दै मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता हुनु एउटा सकारात्मक पक्ष हो। तर कारबाहीको लामो प्रक्रिया बाँकी छ र त्यसमाथि यी डनहरुको टाउकोमा भएका राजनीतिक नेताहरुको हातले यिनीहरु जेलभित्र फँस्लान् हैन बच्लान् भन्ने डर हुन्छ।… Continue reading
कि तलब रोज कि जागिर !
नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गत सञ्चालनमा आएको न्यूज २४ र ई २४ टेलिभिजनमा कार्यरत कर्मचारीले आन्दोलन रोकिएसँगै धमाधम जागिर छोड्न थालेका छन्। नियमित तलबका लागि भएको आन्दोलनको १० औँ दिन कर्मचारीलाई सम्बोधन गर्दै टेलिभिजनका सञ्चालक अनिल जोशीले आफूले नियमित तलब दिन नसक्ने भएकोले “जागिर खाने वा छोड्ने” निर्णय गर्न दवाब दिएका थिए। सम्बोधनपछि स्थापनाकालदेखि नै संलग्न… Continue reading
कस्ता निर्दयी चालक पनि हुँदा रैछन् छि !
–हरिराम पौडेल– कतिपय अवस्थामा प्रत्यक्षदर्शी हुनु पनि दुःखदायी क्षण बन्दोरहेछ। देश दर्शन र अन्य संस्थाले आयोजना गरेको नेत्र शिविर सकाएर शनिबार अपराह्न भक्तपुरबाट मित्र उत्तम भट्टराईसँगै मोटरसाइकलमा फर्कँदै थियौँ। उत्तम जी कोटेश्वरमा झरेर अर्को माइक्रोमा चढ्नु भो। म बानेश्वर हुँदै फर्कँदै थिएँ। कान्तिपुर पब्लिकेशनको ठीक सामुन्ने आइपुग्दा एउटा पल्सर मोटरसाइकल डिभाइडरको तारमा अल्झिन पुग्यो र… Continue reading
लघुकथा: भ्यागुताको धार्नी
-सुषमा पाठक थापा- “हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।” “मर्निङ वाक जाने गर न” “यसो एक्सरसाइज गर्नु नि” “डाइटिङ गर डाइटिङ” चिनेजानेका जतिले भेटेपिच्छे भन्ने यस्तै यस्तै वाक्यहरुले दिक्क भएकी छु म। शरीरमा हर्मोनको गडबडी भएर अस्वभाविक रुपमा मोटाउन थालेपछि मभन्दा चिन्तित अरु को नै होला र। तैपनि आफन्त र… Continue reading
ठमेल जलेपछि कर्ण शाक्यको होटलतर्फ उठेका औँला
ठमेलमा बिहीबार रातभर दन्किएको भिषण आगो र त्यसले खरानी पारेको करोडौँ मूल्य बराबरको सम्पति! आगो सेलाइसक्यो, शनिबार परेको पानीले सडकका खरानी पनि पखालिसक्यो। तर काठमाडौँमा यो अग्निकान्डको चर्चा अझै सेलाएको छैन। प्रविधिका कारण आगोभन्दा छिटो यो खबर विश्वभर फैलिइसक्यो। लोन्ली प्लानेट जस्ता साइटका फोरममा यो आगोले खरानी पारेको पिल्ग्रिम्स पुस्तक पसलको चर्चा भइरहेको छ। विभिन्न… Continue reading
ठमेल आगलागीमा लोडसेडिङ कारण?
ठमेलमा बिहीबार रातिदेखि लागेको आगो शुक्रबार बिहान बल्ल नियन्त्रणमा आयो। करोडौँको क्षति भयो। नौ घण्टाभन्दा बढी लाग्यो खतरनाक किसिमले फैलिएको आगो रोक्न। यति भिषण आगो कसरी लागेको रहेछ त ? कारण के रहेछ ? लोडसेडिङ! हो, एउटा कारण लोडसेडिङ हो। आगोको स्रोत जेनेरेटर चलाउँदा भएको लाइन सर्ट रहेछ। काठमाडौ गेष्टहाउसको दायाँपट्टी रहेको तीन तल्ले घरको… Continue reading
गल्ती पत्ता लगाउनुस्
नेपालको विशेष अदालतले निकालेको यो सूचना हेर्नुस् र गल्ती पत्ता लगाउनुस्। गल्ती पत्ता लगाएवापत् तपाईँलाई अदालतको मानहानी मुद्दा पक्कै लाग्दैन होला। बरु प्रुफ हेरिदिए वापत् धन्यवाद पो दिन्छन् कि
जोमसोममा टुक्रा भयो थोत्रो जहाज
बायाँको फोटो जोमसोम विमानस्थलमा सन् २००१ मा Guido E. Buehlmann ले खिचेका हुन्। दायाँको फोटो सुनील रावलले आज बिहान खिचेका हुन्। दुवै फोटोमा रहेको विमान एउटै हो। नेपालमा उड्ने थोत्रा विमान मध्येको एउटा हो यो नेपाल एयरलाइन्सको De Havilland Canada DHC-6-300 Twin Otter विमान। ४० वर्ष नाघेको यो विमान आज बिहान विमानस्थलमा अवतरण गरिसकेपछि पनि… Continue reading
रातोपुलमा दिउँसै त्यस्तो हुँदा नि कसैलाई पत्तै छैन
माथिको फोटो गुगल अर्थबाट लिइएको हो। यसमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३३, रातोपुल क्षेत्र देखिन्छ। यो फोटोमा देखिन्छ त्यहाँ कति घनाबस्ती रहेको छ। सोमबार दिउँसो त्यहाँ एउटा ठूलै घटना भयो। के तपाईँले थाहा पाउनु भयो ? यत्रा विधि न्युज च्यानल, यत्रा विधि पत्रिका, यति धेरै एफएमहरु छन्। राजधानीको घना बस्तीमा भएको यो घटनाबारे मैले भोलिपल्ट… Continue reading
खिरारे र लोसिंका नियुक्ति पछाडिका षड्यन्त्र
[हामी नेपालीहरु षड्यन्त्र सिद्धान्त रच्न ज्यादै खप्पिस छौँ। दरबार हत्याकान्डदेखि मदन भण्डारीको दुर्घटनासम्मका षड्यन्त्र सिद्धान्त कसले बिर्सेको होला र। ठूला घटनामा मात्र हैन, साना घटनामा पनि षड्यन्त्र देख्छौँ हामी। लोकमान सिंह कार्कीबारेको ब्लगमा मदन बज्राचार्यले त्यस्तै एउटा षड्यन्त्र सिद्धान्तबारे तर्कपूर्ण कमेन्ट लेख्नुभयो। थप बहसका लागि उचित होला कि ठानेर त्यही कमेन्टलाई मूल ब्लगमा तानिएको हो]… Continue reading
लोकमानविरुद्ध परेको मुद्दा यस्तो छ
मिति २०७०।१।१६ को संयुक्त इजलासको आदेशमा संविधानको धारा ११९(५) तथा ऐनको दफा ५ मा उल्लेख भए अनुरुप अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त हुने व्यक्तिको उच्च नैतिक चरित्र कायम भएको हुनुपर्ने र निजको सामाजिक प्रतिष्ठा, निजको इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई विचार गर्नु पर्ने भनी सिफारिस गर्ने निकाय संवैधानिक… Continue reading
कान्तिपुरविरुद्ध मुद्दा : नियत प्रचारको
पत्रकार विजयकुमार पाण्डेले आफ्नो शनिबारे साप्ताहिक स्तम्भमा लेखेको एउटा लेखले अदालतको मानहानी गरेको भन्दै कान्तिपुरका सम्पादक, प्रकाशक, निर्देशक र स्वयं लेखक गरी चार जनाविरुद्ध मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। जुन लेखको विरुद्ध मुद्दा परेको छ, त्यो पढ्ने हो भने त्यहाँ त्यसरी मुद्दै हाल्नु पर्ने गरी केही लेखिएको देखिन्न। मुद्दा दर्ताको समाचार फैलिएसँगै मुद्दा हाल्ने… Continue reading
उहिले र अहिले
५४ वर्ष इतिहासका लागि लामो समय हैन। तर यति वर्षमै पनि ठाउँ र मान्छे कति परिवर्तन भइसक्दो रहेछ। माथिका दुई फोटोले यस्तै अन्तर देखाउँछ। दुवै फोटो स्वयम्भु डाँडाबाट देखिएको काठमाडौँको हो।
लोकमानविरुद्ध दुवै बन्द असफल
लोकमानसिंह कार्की जति खुशी अहिले कोही पनि छैनन् होला। आफूलाई देशको नम्बर वन भन्ने मिडियादेखि सोसल मिडियासम्म अनि नागरिक समाजका नम्बर वन नेताहरुले धुँवाधार विरोध गरे पनि अन्ततः उनले अख्तियार प्रमुखको नियुक्ति पाइहाले। त्यसको विरोधमा नेपाल बन्द गर्न भनी लागिपरेकाहरु समेत बन्द फिर्ता लिन बाध्य हुनपुगे। पुर्पुरोमा लेख्यो भन्दै डोकोमा दूध अड्दैन भन्ने उखानसमेत परिमार्जन… Continue reading
कथाः नियति
-जलेश्वरी श्रेष्ठ- आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए। श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको बास्ना चारैतिर फैलिरहेको थियो। त्यो फोटो रामदेवीका लोग्ने श्यामदासले भर्खर विवाह हुँदा आफूले दिएका भएभरका… Continue reading
विश्व रेकर्डमा नाम राख्ने न्युज २४ को हरिबिजोग, छैटौँ दिनसम्म पनि आन्दोलन जारी
‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ रवि लामिछानेको ६२ घण्टा लामो टक शो प्रसारण गरी विश्व रेकर्ड राखेको न्युज २४ टेलिभिजनको अहिले हरिबिजोग भएको छ। महिनौँदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार र कर्मचारीहरु नियमित रिपोर्टिङमा गएका छैनन्। नियमित कार्यक्रम नै रद्द गरिएका छन्। व्यवस्थापनले अरु टिभीबाट भिजुअल सापटी मागेर प्रसारण गरिरहेको छ। ‘निरन्तर न्युजमा’ ट्यागलाइन… Continue reading
पतिका आठ प्रकार, तपाईँ कस्तो ?
भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न।… Continue reading
बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !
संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने… Continue reading
रातारात बन्यो लोकमानलाई शपथ खुवाउने कार्यक्रम
जतिसुकै विरोधका आवाज उठे पनि अख्तियार जस्तो विवादमा पर्नै नहुने भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक अंगका प्रमुखका रुपमा लोकमानसिंह कार्कीले शपथ लिएका छन् आज बिहान। लोकमानसिंह कार्कीले अख्तियार प्रमुखका रुपमा शपथ मात्रै खाएनन्, सदस्यका रुपमा केशव बराललाई समेत शपथ खुवाए आज। पूर्व एआइजी बराललाई माधव नेपाल सरकारले नियुक्त गरेको थियो। तर प्रमुख आयुक्त नभएपछि अदालतले आदेश… Continue reading